काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । बढीमा तीन मन्त्रालय लिएर सरकारमा जाने तयारीमा पार्टी रहेको पार्टी उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जान लागेको हो । राप्रपाले उपप्रधानसहित बढीमा तीन मन्त्रालयको दाबी गरेको छ ।

“अध्यक्षज्यूकै नेतृत्वमा सरकारमा जाने हो,” स्रोतले भन्यो, “बढीमा तीन मन्त्रालयको दाबी हो । मन्त्रालय त कुन–कुन हो म भन्दिनँ । तर, विकास केन्द्रित मन्त्रालयको माग हाम्रो हो ।” पर्यटन मन्त्रालयमा राप्रपाको दाबी छ ।
राप्रपाले साझा न्यूतम कार्यक्रम आएपछि सत्तामा जाने निर्णय गरेको छ । कार्यक्रममा पृथ्वी जयन्तिमा बिदा दिनुपर्ने, मन्त्रिपरिषद्को निर्णय अख्तियारले छानबिन गर्न पाउनुपर्ने, मल अभाव समाधान गर्न मल प्रशोधन कारखाना स्थापनाको काम यसै आर्थिक वर्षभित्र सुरु गर्नुपर्ने लगायत विषय साझा न्यूनतम कार्यक्रमभित्र पर्नुपर्ने उसको माग छ ।
अध्यक्ष लिङ्देनले साझा न्यूतम कार्यक्रम आएपछि मात्र सरकारमा जाने निर्णय हुने बताए । उनले आफ्ना एजेन्डा कार्यक्रममा सहभागी भएपछि कसको नेतृत्वमा कति मन्त्रालय लिएर सरकारमा जाने निर्णय हुने जानकारी दिए ।
“पहिला न्यूनतम साझा कार्यक्रम आउनुपर्यो । हाम्रो माग सम्बोधन भए पछि मात्र सरकारको विषय निर्णय गर्छौं” लिङ्देनले भने, “अहिले बाहिर आएको हल्ला जस्तो हामीले निर्णय गरिसकेका छैनौं ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरे पछि बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरिसकेको छ ।
गोरखा- ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्धनसँगै इतिहासको जर्गेना गर्ने उद्देश्यले नेपाली सेनाले गोरखाकाठमाण्डौँ पदयात्रा सुरु गरेको छ ।
बिहिवार बिहान गोरखा दरवारदेखि सुरु भएको पद यात्रामा नेपाली सेनाको टोली रहेको छ ।
नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकिकरण पदयात्रा सुरु भएको हो ।
यात्रामा सबुज गण, बर्दबहादुर गण, पुरानो गोरख गण, कालीबक्स गण, श्रीनाथ गण सहभागी छन । गोरखादेखि सुरु भएको पदयात्रा पुस २७ गते पृथ्वी जयन्ती एवं राष्ट्रिय एता दिवसका दिन हनुमान ढोका दरबारमा पुगेर टुङ्गिने रिपुमर्दन गणनका गणपति हेम विष्टले जानकारी दिनुभयो ।
गोरखबाट हिँडेको टोलीले भिमसेन- ८ घाटबेसीमा धादिङको शिवदल गणको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछन् । धादिङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली पुस २७ मा काठमाण्डौँ पुग्ने गरी यात्रा तय भएको छ ।
नेपाल एकिकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले बिगत चार बर्षदेखि एकिकरण पदमार्गको रुपमा विकास गर्दै आएको छ ।
अहिले चौँथो पटक सेनाले औपचारीक कार्यक्रम गरेर पदयात्रा गरेको हो ।
पदयात्रा सुभारम्भ कार्यक्रममा नेपाली सेनाका पश्चिम पृतनापति उपरथी दिपककुमार बानियाँले इतिहासको महत्व आज जति छ भोलिपनि त्यति नै हुने भएकाले यसको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।
इतिहासको जर्गेना गरेर अघि बढ्दा देशलाई पनि फाइदा हुने र केही सिक्ने अवसर मिल्ने भएकाले पदयात्राको ‘रुट’लाई पर्यटकीय पदमार्गको रुपमा बिकास गर्नुपर्ने गोरखा नगरपालिकाका मेयर कृष्णराना मगरले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषाल, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
यात्रामा निस्किएको टोलीलाई ठाउँठाउँमा स्थानीयले फुलमालाले स्वागत गरेका थिए ।।
निजगढ/बारा
लायन्स क्लब अफ निजगढ सिटीद्वारा निजगढ नगर पालिका वडा नं. १२ को मञ्जु श्री आधारभूत विद्यालयका छात्रछात्राहरुलाई ब्याग तथा कपी वितरण गरिएको छ ।
ब्याग तथा स्टेशनरी वितरण कार्यक्रमका सभा अध्यक्ष लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट विस्नुगोपाल रिसाल प्रमुख अतिथि निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञान बहादुर गोले, विशिष्ठ अतिथि डिस्ट्रिक ३२५ H का चियर्स पर्सन खड्ग प्रसाद उप्रेती , विशिष्ठ अतिथि जोन चियर्स पर्सन पवन श्रेष्ठ , अथिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम सिङ गोले, अथिति चार्टर प्रेसिडेन्ट मनोज रेग्मी, अथिति बिद्यालय प्र. अ. मोहन सिंह वाईवा को रहेको थियो भने लायन मान बहादुर सापकोटा, मुकुन्द विष्ट,खड्ग राज मैनाली, नवीन खनाल, डा. एलिस खड्का,अनिश पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
मञ्जु श्री आधारभूत विद्यालय अध्ययन गर्ने २०० विद्यार्थीहरुलाई लायन्स को लोगों भएको ब्याग र कपीहरु वितरण गरिएको थियो । उक्त ब्यागको लागतको ५०% डिस्ट्रिक ३२५ H ले सहयोग गरेको र ५०% क्लबको आन्तरिकबाट सहयोग जुटाईएको क्लबका प्रेसिडेन्ट विस्नुगोपाल रिसालले बताउनुभयो । स्टेसनरी सहयोग कृषि सामग्री खरिद बिक्री सहकारी सस्था र निजगढ स्कील डेभलपमेन्ट प्रालि ले गरेको थियो ।
कार्यक्रम सञ्चालन नवीन खनालले गरेका थिए भने स्वागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम सिङ गोलले गरेका थिए । लायन्स क्लब विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रुपमा रहेको छ ।
काठमाडौं । नेपाल टेलिकमले सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको–बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ ।
प्रयोगकर्ता ग्राहक स्वयंका नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैंकिङ कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्री असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम बढ्दै गएको भन्दै टेलिकमले स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको हो ।
त्यस्तो अवस्थामा प्रयोगकर्ताको मोबाइल बैंकिङको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजकि सञ्जालको अनधकिृत प्रयोग भई सुरक्षाको जोखिमलगायत अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमको भनाइ छ ।
त्यसका साथै मोबाइल नम्बरका माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्याङ्कदेखि कागजात, बचत तथा अन्य मूल्यवान् र दैनिक प्रयोगमा रहने सामग्री र सूचनामा पहुँच पु¥याउनसक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा पनि स्थापति हुन गएको टेलिकमको भनाइ छ ।
आफूले प्रयोग गरिरहेकोरगर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा सम्पूर्ण कार्य सुरक्षित ढङ्गले सम्पन्न गर्न सकिने अवस्था रहेको छ ।
मोबाइल सेवाको परिकल्पना गरी प्रविधि विकास हुँदा मुख्य उद्देश्य कुराकानी गर्ने वा सन्देश पठाउने मात्र रहेको र आर्थिक कारोबारलगायत संवेदनशील गतिविधि हुने परिकल्पना नगरिएकामा समयक्रमसँगै विकसित प्रविधिका कारण हाल यसको प्रयोग जीवनका सबै पक्षसँग जोडिएको छ ।
टेलिकमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “यस्तो अवस्थामा मुख्यतः मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षति र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी ९वन टाइम पासवर्ड० को मात्र भर नपरी टु फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याइदिन पनि टेलिकमले अनुरोध गरेको छ ।
२० पुस काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ले तोकेको सीमाभन्दा बढी कर्जा प्रयोग गर्ने ऋणीलाई उक्त सीमाभित्र ल्याउनका लागि साढे २ वर्षको समय दिएको छ ।
बुधबार चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ लाई संशोधन गर्दै सीमाभन्दा बढी रहेको कर्जालाई आवधिक कर्जामा रुपान्तरण गरी ५ किस्तामा भुक्तानी गर्नसक्ने व्यवस्था गरेको हो ।

‘सीमाभन्दा बढी चालुपूँजी कर्जा प्रयोग गरेका ऋणीलाई सीमाभन्दा बढीको ऋण ५ किस्तामा विभाजन गरेर २०८० असारमा १० प्रतिशत र पुसमा २० प्रतिशत, २०८१ असारमा २० प्रतिशत र पुसमा २० प्रतिशत तथा २०८२ असारमा ३० प्रतिशत भुक्तानी दिनेगरी मार्गदर्शनमा संशोधन भएको छ’ नेपाल राष्ट्र बैंक नियमन विभागका निर्देशक किरण पण्डितले भने ।

यसरी समायोजन गरेको कर्जालाई पुनरसंरचना नहुने र आवाधिक कर्जाको रुपमा गर्नुपर्ने साथै कुनै पनि प्रकारको नोक्सानी व्यवस्था पन गर्नुपर्ने पण्डितले बताए । कुनै ऋणीले साढे २ वर्ष भन्दा अगाडि नै समायोजन गर्छ भने त्यसमा पि्रपेमेन्ट चार्ज नलाग्ने उनले बताए ।

यस्तै बैंकहरुले पनि उक्त व्यवस्थाअनुसार कति पोर्टफोलियो समायोजन भयो भनेर मासिक रुपमा राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने उनले बताए ।

यस्तै राष्ट्र बैंकले १ करोडसम्मको चालुपूँजी कर्जामा चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ ले तोकेको सीमा कार्यान्वयन नहुने व्यवस्था गरेको छ ।

१ कात्तिकदेखि कार्यान्वयनमा आएको मार्गदर्शनमा ५० लाख रुपैयाँसम्मको कर्जामा उक्त सीमा लागु नहुने व्यवस्थालाई संशोधन गर्दै उक्त सीमा बढाएर १ करोड पुर्याएको हो । ‘समग्र बैंकिङ प्रणालीबाट कुल १ करोड वा सोभन्दा कम चालूपूँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा बैंक तथा वित्तीय संस्थाले आˆनो चालूपूँजी कर्जा सम्बन्धी नीतिको अधिनमा रही चालूपूँजी कर्जाको सीमा निर्धारण गर्न सक्नेछन् । तर, चालूपुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनु पर्नेछ’ राष्ट्र बैंकको संशोधित व्यवस्थामा भनिएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाले स्थिर चालुपूँजी कर्जा ‘परमानेन्ट वर्किङ क्यापिटल’ को लागि ५ वर्ष भन्दा माथिको आवाधिक कर्जा प्रदान गर्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै ३ देखि १० वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै स्थिर चालुपूँजी कर्जाको लागि ५ वर्षको अनुमानित वित्तीय विवरण चाहिने व्यवस्थालाई संशोधन गर्दै ३ वर्षको भए हुने व्यवस्था गरेको छ । यस्तै ३ वर्षकै लेखापरीक्षण भएको वित्तीय विवरण चाहिनेछ ।
१ कात्तिक भन्दा अगाडि प्रवाह भएका चालुपूँजी कर्जाहरुलाई चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन अनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरणको सिलसिलामा कर्जा सीमाहरुलाई स्थिर चालुपूँजी कर्जा र घटबढ हुने अन्तर्गतका शीर्षकमा मिलान गर्दा कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकीकरण वा पुनर्संरचना भएको नमानिने राष्ट्र बैंकले जनाएको छ ।
व्यावसायिक कारोबार सुरु भएको ३ वर्षभन्दा कम अवधि भएका वा नयाँ र्फम/संस्था/कम्पनीको लागि अनुमानित सञ्चालन खर्च, एवम् अनुमानित नगद तथा कोष प्रवाहका आधारमा बैंक तथा वित्तीय संस्थाले आˆनो चालूपुँजी कर्जासम्बन्धी नीति बमोजिम सीमा निर्धारण गर्न गरी चालुपूँजी कर्जा मार्गदर्शन २०७९ संशोधन भएको छ । ऋणीको चालूसम्पत्ति र चालु दायित्वको विवरण ५ करोडसम्मको कर्जामा हरेक महिना ग्राहकबाट प्रमाणित विवरण कर्जा फाइलमा अद्यावधिक गर्नुपर्नेमा अब ३ महिनामा मात्रै यस्तो विवरण चाहिने व्यवस्था भएको राष्ट्र बैंकले जनाएको छ ।
५ करोडभन्दा माथिको कर्जामा त्रैमासिक रुपमा आन्तरीक लेखापरीक्षकले अद्यावधिक गरेको विवरण चाहिने व्यवस्थालाई संशोधन गर्दै ६ महिना पुर्याएको राष्ट्र बैंकले जनाएको छ ।
आकस्मिक प्रकृतिको चालुपूँजी कर्जा चाहिएमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरेर मात्रै दिने सक्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको छ । ‘कुनै ऋणीलाई एक वर्षमा एक पटकभन्दा बढी आकस्मिक प्रकृतिको कर्जा आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी यस्तो कर्जा प्रदान गर्न सक्नेछ,’ चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा भनिएको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट मार्गदर्शन कार्यान्वयनमा असहजता र केही अन्यौल देखिएकाले आवश्यक संशोधन भएको बताउँछन् ।
राष्ट्र बैंकले १ कात्तिकबाट कार्यान्वयनमा लगेकोमा मार्गदर्शनमा के कस्तो असहजता छ भनेर मंसिरमा बैंक तथा वित्तीय संस्थाका सुझाव लिएको र विभिन्न सुझावका आधारमा संशोधन भएको बताए ।

शुक्रबार ८ पुस, २०७९


भ्रष्टाचारबारेमा कडा अभिव्यक्ति दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदको शपथ लिने क्रममा फरक व्यहोरा प्रयोग गरेका छन्।

संसद् भवन नयाँ बानेश्वरमा बिहीवार सांसद पदको शपथ लिँदा उनले भ्रष्टाचारबारे पनि छुट्टै व्यहोरा समावेश गरे।

संविधानको व्यवस्था अनुसारको शपथ र आफूले पनि अलग्नै अर्को व्यहोरा थपेर लिङ्देनले शपथ लिएका हुन्।
उनले थप शपथ लिएको व्यहोरा भ्रष्टाचारविरुद्ध रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्। ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरहमानेर काम गर्नेछु’ उनले आफूले थपेको शपथको व्यहोरामा भनिएको छ।
राप्रपाबाट यस पटक उनीसहित १४ सांसदले शपथ लिएका छन्।

‘अघिल्लो कार्यकालझैँ आज पनि निर्धारित शपथका अतिरिक्त थप शपथसहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहणमा सहभागी भइयो’, उनले भनेका छन्, ‘फरक अघिल्लो कार्यकालमा म एक्लै थिएँ, अहिले चौध जना। भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु।’

काठमाडौं– दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी मोडल मौसमी खनालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। रेडियोकर्मी पुरुषोत्तम बस्नेतको गीत जा जा गए जा बोलको गीतमा खनालले अभिनय गरेकी हुन्। उनलाई साथ दिएका छन्, विजयराज भुर्तेल र वसन्त गजुरेलले।
गायक दिनेश गौतमको स्वर तथा पुस्तक प्रसादको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्। अपांगता श्रीमान्को मायालाई लत्याएर सबलांग पुरुषको प्रेममा परेकी एक महिलाको कथालाई धिमाल फिल्मले प्रस्तुत गरेको हो। यसमा देव धिमालको लेखन तथा निर्देशन रहेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन्।
भर्खरै सार्वजनिक मतपरिणाम अनुसार लिङदेनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराएका हुन्।
लिङदेले ४० हजार ६४८ मत प्राप्त गरेका छन्। सिटौलाले ३७ हजार ३७२ मत पाए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दाबी गरेका छन् । उनले समानुपातिक पदमा कसैको नातेदार र नजिक–टाढाको मानिस भनेर आफूहरुले चयन नगरेको जिकीरसमेत गरे ।


शनिवार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । उनले सबैलाई सन्तुलन मिलाएर समानुपातिकतर्फको उम्मेदवार समावेश गरिएको उल्लेख गर्दै सबैलाई न्याय गरेर जाने पार्टी राप्रपा मात्रै भएको दाबी गरे ।
ADVERTISMENT



उनले एउटा पद एकै व्यक्तिले पाउने भएकाले अर्को व्यक्तिले पाउने अवस्था नरहेको बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै उनीहरूको पनि पालो आउने आश्वासनसमेत दिए । अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने उल्लेख गर्दै हिनताबोधबाट माथि उठेर निर्वाचनको प्रचारमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
‘साथीहरू कसको नाम समानुपातिकमा प¥यो, परेन ? कसको नाम लेखियो, लेखिएन ? यतातिर अल्झेको देख्छु । अनुहार अध्यारो लगाएको देख्छु । हिजोअस्तिको कुरा सम्झनुस् । अघिल्लो मंसिर १०÷११ महिनाको अघि सम्झनुहोस् । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव जित्ने कुरा होइन राष्ट्रिय प्रजातन्त्र पार्टीका मान्छे मर्दा मलामी नपाउने अवस्था थियो । पार्टीको झण्डा ओढाउने मान्छे नपाइएलाजस्तो थियो । तपाईंले सांसदको कल्पना गर्नु भएको थियो ? देशको पहिलो पार्टी हुन्छ भनेर कल्पना गर्नु भएको थियो ? आज एउटा नयाँ परिस्थिति बनेको छ’, उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी अहिलेनै देशमा निर्णायक शक्तिको रूपमा देखा परिसक्यो । मैले अघि भनेजस्तो अब राष्ट्रिय प्रजातन्त्र पार्टीको गति यसरी अघि बढिसक्यो कि अब रोक्छु भनेर कसैले कल्पना गर्न सक्दैन । यो गतिलाई कसैले रोक्न सक्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूराना कार्यकर्ताहरु हौं भन्ने त झन गौरवका साथ अघि बढनु पर्दछ । राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै एउटा त्यस्तो पार्टी हो, जसले समानुपातिक पद कसैलाई बेचेको छैन । कसैलाई नातागोता भनेर राखेको छैन । नातागोताको आधारमा राखेको छैन । सबै प्रोफाईल पल्टाएर हेरे हुन्छ । कोही कसैको नातेदार भएको कारणले त्यहाँ परेको छैन । कोही कसैको नजिक र टाढाको आधारमा परेको छैन । हामीले ८२ वर्षको पशुपतिशमेशर राणादेखि लिएर ३० वर्षका बिना लामा, कुमारी स्याङतानजस्ता सबैलाई सन्तुलन मिलाएर राखेका छौँ । ’
ADVERTISMENT



कार्यक्रममा पूर्वअध्यक्ष पशुपति शमशेर राणाले आगामी निर्वाचनपछि आफ्नो पार्टीले ठूला दलहरूलाई मुलुकलाई दूर्भाग्यतिर लैजान नदिने बताए । त्यसका लागि राप्रपाका नेताहरूले एकताबद्ध भएर निर्वाचनमा विजयी हुने गरी प्रचार अभियानलाई तीव्रता दिन उनको आग्रह थियो ।
राणाले भने, ‘काँग्रेस र कम्युनिष्टहरूले मुलुकलाई अब भ्रष्टाचार गरेर बिगार्न पाउँदैन । अब हामी संसदमा गएर खबरदारी गर्छौँ । यिनीहरुलाई साङ्लो लगाएर हामी अघि बढछौँ । यो पवित्र नेपालमा कसैले यसरी भाँडभैलो गर्न पाउँदैन । ठूलो भाग्य भएको मुलुकलाई दूर्भाग्यतिर लैजाने ठूला पार्टीहरुको बेइमानी हो । यो बेइमानीलाई साङ्लोमा बाँधेर राख्ने प्यारा नेपाली जनतालाई अघि बढाउने काममा हामीहरु एकताबद्ध भएर लाग्छौँ ।’
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको प्रतिष्पर्धा एमालेसँग मात्र हुने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित काठमाडौं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन्।
उनले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरु १ सय भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिष्पर्धी भएको जिकिर गरे।
अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा पनि पटकपटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरुलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउने बताए। उनले कांग्रेस र माओवादी लगायतका दलहरुका मतदाताहरु अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै कांग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताए।
उनले आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने दाबी गरे। अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने बताए।
अध्यक्ष लिङदेनले देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरुले यसपटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको बताए। उनले एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हीनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने बताए।
उनले भने, ‘जो नेतृत्व पटकपटकको नेतृत्वमा असफल भइसक्यो, त्यही नेतृत्व र त्यही पार्टीलाई हामीले मेरो पार्टी, पुरानो पार्टी भनेर भोट हालिराख्ने हो भने दुःख हामीले नै पाउँछौँ। यसकारण यसपटक त्यो गल्ती गर्ने छुट कसैलाई छैन। अहिले काँग्रेस, माओवादी पार्टीमा रहेका मतदाताहरु राप्रपाको सक्रियता खोजिरहेका छन्। अहिले काँग्रेस, कम्युनिष्टको झण्डा घरधुरीमा राखेर भए पनि राप्रपालाई भोट दिन मान्छे तयार छन्। यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन।’
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार कुन्तीदेवी पोखरेलले आगामी निर्वाचन राष्ट्रवादीको जित वा हार भन्नेमा नै केन्द्रित हुने बताइन्।
उनले नेपाली काँग्रेसका मतदाताहरुले किसुन जी, गणेशमान सिंह र बिपी कोईरालाको सिद्धान्तलाई पछ्याउने वा प्रचण्डपथमा लाग्ने भन्ने तय गर्ने निर्वाचन भएको पनि बताइन्।