२०८३ असार २० शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २० शनिबार

राप्रपा निजगढ नगर कार्य समिति २०७९ कात्तिक १ गते मंगलबार बसेको बैठकले नगर प्रवक्तामा लीला बहादुर राउत (केशव) सहित सहसचिव चिरञ्जीवी तिमल्सिना, नगर सदस्य भावना सुनार र नगर सदस्य केशव थापालाई मनोनित गरेको छ ।

राप्रपा निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेती को अध्यक्षता मा बसेको बैठकमा राप्रपा केन्द्रिय सदस्य विनोद भारती,पूर्व केंद्रीय सदस्य सावित्री देवी भारती, बारा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेदवार भक्त दर्लामी , १ क का प्रदेश सदस्य उम्मेदवार लक्ष्मी सा कलवार ,राप्रपा किसान संगठन केन्द्रीय सदस्य निर्मल खड्का , नगर सचिव राजेन्द्र सापकोटा लगायत पदाधिकारी सदस्यहरूको उपस्थिति रहेको थियो । उक्त वैठकले केशव राउतको ले १०१ चुनाब प्रचार प्रसार निजगद इस्तरिय समिति गठन गरिको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले तिब्ररुपमा चुनावी अभियान थालेको खड्ग प्रसाद उप्रेती ले बताउनु भयो ।














पञ्चक तीन किसिमका हुन्छन् । नक्षत्रपञ्चक, भीष्मपञ्चक र यमपञ्चक । नक्षत्रपञ्चक र भीष्मपञ्चकको सन्दर्भ अहिले परेन । यमपञ्चक कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइन्छ । यमपञ्चक सुरु हुनु अघिल्लो दिन गाईबस्तुलाई ख्वाउन धान, मकै, गहुँ, जौ आदि अन्न मिसाएर पिँडो भुट्ने चलन पनि कतै कतै छ । भुटेको यो पिँडो गाईपूजा गर्दा ख्वाइन्छ । 

यमपञ्चकको पहिलो दिन अर्थात् त्रयोदशीको बेलुका यमदीपदान सुरु हुन्छ । यस दिनलाई धनत्रयोदशी वा धनतेरस र भाँडाकुँडा किन्ने दिन भएकाले भाण्ड त्रयोदशी पनि भनिन्छ । यम हाम्रो जीवनसँग पनि सम्बन्धित छन् । उनी राम्रो काम गर्नेलाई धर्मराज र नराम्रो काम गर्नेलाई यमराज हुन्छन् । यमसँग बढी सम्बन्धित भएको हुनाले तिहारका पाँच दिनलाई यमपञ्चक भनिएको हो । परिवारमा जति पनि सदस्य छन्, तिनको नाम लिएर दक्षिणतर्पm फर्केर यमदीपदान गर्नुपर्छ । यसो गर्नाले परिवारमा सुख, शान्ति र पारलौकिक सद्गति पनि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । त्रयोदशीकै दिन काग तिहार पर्छ । यसपालि काग तिहार आइतबार मनाइँदै छ । कागलाई यमदूत मानिन्छ । काग यमलोक र मत्र्यलोक दुवै ठाउँमा उडेर पुग्छ भनिन्छ । त्यसैले लोकमा भएको शुभसन्देश लिएर जाओस् भनेर ‘काक बलि’ दिने गरिन्छ । कागलाई दही र भात धेरै मन पर्छ भनिएको छ । 

चतुर्दशीका दिनलाई भने नरक चतुर्दशी भनिन्छ । यस दिन बिहानै नर्के नुहाइन्छ । नर्के नुहाउन धारा, पोखरी, कुवामा गइन्छ । किसिम किसिमका टपरीमा यमराजलाई बत्ती बालिन्छ । विशेषगरी महिलाले नर्के नुहाउने चलन छ । शरीरमा तिलको तेल लगाएर नर्के नुहाउनुपर्छ भनिएको छ । तिलको तेलले स्वास्थ्य ठीक हुन्छ, छालाको रोग लाग्दैन भन्ने मान्यता रहिआएको छ । चतुर्दशीकै दिन कुकुर तिहार पर्छ । कुकुरलाई पूजा गर्नु भनेर त शास्त्रमा लेखिएको छैन तर ‘स्वान बलि’ भनेर कुकुरलाई जे खान मन पर्छ, त्यो चाहिँ दिनु भनिएको छ । यसो किन गरिएको भन्दा श्याम र सबल भन्ने कुकुर यमलोकको द्वारमा दुईतिर बस्छन् । यमलोकमा सबै जीवले जानुपर्छ भन्ने छ । यमराजको सान्निध्यमा जाँदा यी कुकुरले दुःख नदिऊन् भनेर ‘स्वान बलि’ दिइएको हो । त्यसो त कुकुरलाई पनि यमदूत नै मानिएको छ । चतुर्दशीमा यम तर्पणका कुरा पनि छन् । यी सबै शास्त्रीय कुरा हुन् । यमराजलाई प्रसन्न पार्नकै लागि गरिएका हुन् । 

गृहस्थाश्रममा बसेकाहरूलाई शक्ति चहिन्छ, विद्या चहिन्छ र धनसम्पत्ति पनि चाहिन्छ । गृहस्थाश्रममा बसेकालाई यी तीनवटा कुरा नभई हुँदैन । सन्त, महन्त, महात्मालाई यी कुरा चाहिँदैन । उनीहरू परमार्थको चिन्तन मनन गरेर बस्छन् भन्ने छ । धन प्राप्तिका लागि भने लक्ष्मीलाई खुसी पानुपर्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीलाई खुसी पार्न विधिपूर्वक र रामरमिताका साथ लक्ष्मीको पूजा र दीपमालिका गरिन्छ । कहिले चतुर्दशीका दिन त कहिले भोलिपल्ट औँसीका दिन लक्ष्मी पूजा पर्छ । यस पटक सूर्य ग्रहणका कारण चतुर्दशीकै दिन अर्थात् सोमबार नै परेको छ लक्ष्मी पूजा र दीपमालिका । 

लक्ष्मी पूजा गर्न घरआँगन सफा गर्नुपर्छ । रातोमाटो र गाईको गोबरले लिपपोत गर्नुपर्छ । जति राम्रो र रमणीय बनायो, त्यति लक्ष्मी प्रसन्न हुन्छिन् भन्ने छ र यो आर्यावर्त क्षेत्रको चलन पनि हो । त्यसैले लक्ष्मीको पूजा गर, लक्ष्मीको आराधना गर, लक्ष्मीको उपासना गर, लक्ष्मीको वन्दना गर भन्ने शास्त्रीय मान्यता नै हो । मूलढोका बाहिरबाट लक्ष्मीको हिँड्ने पाइला बनाएर लक्ष्मी पूजा गर्ने कोठासम्म लैजाने चलन छ । यसक्रममा आँगनमा कसैले स्वस्तिक बनाएका हुन्छन्, कसैले अष्टदल बनाएका हुन्छन् । अनि बडो श्रद्धा, आस्था, विश्वासका साथ लक्ष्मीको पूजा गरिन्छ । पूजा गर्नुभन्दा पहिले दीपमालिका वा दीपावली गर्नुपर्छ । जति उज्यालो भयो, त्यति लक्ष्मी प्रसन्न हुन्छिन्, घरमा आउँछिन् भन्ने विश्वास छ । लक्ष्मी पूजाको रात जाग्राम बस्नु, लक्ष्मीको गुणगान गाउनु, भजन गाउनु र मध्यरातमा महिलाले ‘सूर्प वादन’ गर्नु भन्ने पनि छ । ‘सूर्प वादन’ भनेको नाङ्लो बजाउनु हो । यसो गर्नाले अलक्ष्मी भाग्छिन् र लक्ष्मी भित्रिन्छिन् भन्ने विश्वास छ । यस दिन धनका मालिक कुबेरको पनि पूजा गरिन्छ । यसै दिन भैलो खेल्ने चलन छ । भैलोको अर्थ 

‘भलो होस्’ भन्ने हो । ‘हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको’, ‘हामी त्यसै आएनौँ बलि राजाले पाठाए, हे औँसी बार गाईतिहार भैलो’ आदि भनी भैलो खेलिन्छ । बलि राजालाई दानवीर राजाका रूपमा चिनिन्छ । यम पञ्चकका पाँच दिन उनी लोकका राजा हुन्छन् भनिन्छ । त्यसैले ‘हामी त्यसै आएनौँ बलि राजाले पठाए’ भनेर भैलो खेलिने गरिएको होला । 

कार्तिक शुक्ल प्रतिपदामा गाई÷गोरु र गोवद्र्धन पूजा हुन्छ । पहिले पहिले सबभन्दा ठूलो धन गोधन मानिन्थ्यो । गाईलाई लक्ष्मीका रूपमा पनि पुजिन्छ । गाईको दूध, दही र घिउ मात्र होइन, गहुँत र गोबर पनि पवित्र मानिन्छ । त्यसैले गाई÷गोरुको रक्षाका लागि गोवद्र्धन पूजा गरिन्छ । औँसीको अन्त्य र प्रतिपदाको आदिमा गाई पूजा गर्नुपर्छ भन्ने शास्त्रीय सिद्धान्त हो । अहिले सहरबजारमा गाई पूजा गर्न गाह्रो छ । कृषिप्रधान देश हो, सहरबजारमा गाई नभए पनि गाउँघरमा गाई÷गोरुको पूजा हुन्छ । गाईको गोठमा मार्गपाली बन्धन टाँग्ने पनि गरिन्छ । गाईगोरुलाई दुःख दिने तìवबाट बचाउन मार्गपाली बन्धन टाँग्ने गरिएको हो । बेलुका देउसी रे खेलिन्छ । 

प्रतिपदाकै दिन जुवातास खेल्नु पनि भनिएको छ । त्यसैले पञ्चक लागेपछि जुवातास फुक्यो भन्ने चलन चलेको हो । अघिअघि यम पञ्चकमा प्राणी क्रीडा र अप्राणी क्रीडा दुई थरी हुन्थ्यो । प्राणी क्रीडा भनेको गोरु जुधाउनु, कुखुरा जुधाउनु, हाँस जुधाउनु हो भने अप्राणी क्रीडा जुवातास खेल्नु हो । यसै दिन नेवार समुदायले म्हः पूजा गर्छन् । म्हः पूजा भनेको आत्मपूजा हो । आत्मा नित्य छ, शाश्वत छ, शुद्ध छ, अजर छ, अमर छ भनेर शास्त्रमा नै उल्लेख गरिएको छ । फेरि आत्मा भनेको ईश्वर पनि हो । ईश्वर दुई किसिमका हुन्छन्– परमात्मा र जीवात्मा । आत्मालाई दुःख दिनु हुँदैन भनिन्छ । त्यसैले म्हः पूजा गर्नु धेरै राम्रो हो । यसै दिन नेपाल संवत्को नयाँ वर्ष पनि फेरिन्छ । 

यमपञ्चकको अन्तिम दिन कात्तिक शुक्ल द्वितीया हो । यस दिनलाई भाइटीका वा यमद्वितीया पनि भनिन्छ । द्वितीयाको देवता नै यमराज हो । यस दिन दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्छन् । दाजुभाइको उन्नति, प्रगति र सुस्वास्थ्यका लागि दिदीबहिनीले पूजा गर्छन् भने दाजुभाइले दिदीबहिनीको अटल सौभाग्यका लागि पूजा गर्छन् । दिदीबहिनी नहुने दाजुभाइले बनाएकी बहिनीसँग भने पनि टीका लगाउनु भन्ने शास्त्रीय मान्यता छ । यस अवसरमा आफ्नो गच्छेअनुसार दाजुभाइले दिदीबहिनीलाई दक्षिणा, वस्त्र आदि दिन्छन् भने दिदीबहिनीले मिष्ठान्न, पक्वान्न र फलपूmल दिन्छन् । यमुनाको घरमा गएर यमराज यमपञ्चकभरि बसेका थिए । यमुनाले दाजु यमराजको पूजाआजा गरिन् भन्ने कथा पनि यससँग जोडिएको छ । दाजुभाइको पूजा गर्नुअघि दिदीबहिनीले अष्टचिरञ्जीवी (मार्कण्डेय, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र अश्वत्थामा), यमराज, चित्रगुप्त तथा नवग्रहको पूजा गर्नुपर्छ ।

झिलिमिली बत्तीको प्रयोग बढ्दो 

तिहार मनाउने क्रममा सहरबजारमा पालामा बत्ती बलेको थोरै मात्र देखिन्छ । यसको ठाउँ बिजुली बत्तीका मालाले लिएको छ । विशेषगरी झिलिमिली बत्तीको प्रयोग बढ्दो छ । आधुनिकता र सजिलोका लागि यस्तो संस्कार चल्दै गएको हो । तेल, घिउको बत्ती बाल भनेर हाम्रो शास्त्रले त भनेको छ । जुन बेलामा बिजुली बत्ती नै थिएन, त्यो बेलामा कसरी बिजुली बत्ती बाल भनेर शास्त्रले भन्नु । त्यसैले थोरै भए पनि पालामा पनि बत्ती बाल्ने संस्कार भने हामीले छाड्नु हुँदैन । यस्तै पूmलका मालाको ठाउँ प्लास्टिकका मालाले लिन थालेको छ । यो बेला पूmल महँगो हुनाले धान्न गाह्रो हुने भएकाले यस्तो भएको होला ।  

यस्तै घरको आँगन तथा चोक विभिन्न रङले सिँगार्न पनि थालिएको छ । यो चलन भारतीय संस्कृतिको देखासिकी हो । भारत आर्यावर्त क्षेत्रमै पर्छ । त्यसैले यो नौलो कुरो होइन । बरु धेरैभन्दा धेरै मानिस अहिले यो पर्वमा सहभागी भएको देख्न पाउँछौँ । यो भने खुसीको कुरो हो । तिहार हाम्रो राष्ट्रिय पर्व हो । एकताको पर्व हो । यसले दाजुभाइ र दिदीबहिनीबीच सौहार्द, सद्भाव र स्नेह बढाउन मद्दत गर्छ । जीवनभर यो सम्बन्ध अटल रहोस् भन्ने कामना पनि यस अवसरमा गरिन्छ । हाम्रो पहिचान के त भन्दा दशैँ, तिहार, तीज, पञ्चमी, विभिन्न समुदायले मनाउने विभिन्न चाडपर्व, जात्रा आदि जति पनि छन्, यी सबै हाम्रो राष्ट्रलाई चिनाउने सांस्कृतिक सम्पत्ति हुन् । यी सबैको संरक्षण हुनुपर्छ । संवद्र्धन हुनुपर्छ ।  

(पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष गौतमसँग पुष्पराज जोशीले गर्नुभएको कुराकानीमा आधारित)

चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् । 


बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ । ‘हिजो उहाँहरुको निवेदन दर्ता भएको थियो । प्रक्रियामा जान कागजात अपुग भएकोले हिजो प्रक्रिया अगाडि बढेन । आज ल्याउने कुरा थियो, आउनु भएको छैन’ अदालत स्रोतले भन्यो ‘आउनु भयो भने आइतबार प्रक्रिया पुरा होला ।’



करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरुको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।


12Shares

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

काठमाडौं – तिहारमा काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय भएको छ। 

NTC
Nic ASia
Marvel ad

जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार सूचना जारी गर्दै आफ्नो चिनजान भएको ठाउँमा मात्र मर्यादित तरिकाले राति ९ बजेसम्म देउसी–भैलो खेल्न आग्रह गरेको हो।

उपत्यकाका तीनवटै अर्थात काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको निर्णय अनुरुप प्रहरीले सूचना जारी गरेको बताइएको छ ।

GBLIME

त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन र जुवा–ताससमेत खेल्न निषेध गरिएको सूचनामा उल्लेख छ।

हेरौं सूचना :

citizen Bank ad
Agni

काठमाडौं : सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा तयारी तीव्र पारेको छ। यसका लागि गाउँदेखि सहरसम्मका हरेक निर्वाचन स्थल र क्षेत्रमा भयरहित वातावरणमा मतदान सम्पन्न गराउन ४ वटै सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना बनाएर कार्यान्यवनमा लैजान देशभरका जिल्ला प्रशाशन कार्यालयमा पत्राचारसमते गरिसकेको छ। सरकारले सीमा नाकामा कडाइ गर्नाका साथै सहर, बजार र गाउँ–गाउँमा पनि सिभिल तथा बर्दीमै सुरक्षाकर्मी खटाएको छ।

annapurna post

१ लाख १५ हजार म्यादी प्रहरी

निर्वाचन सुरक्षालाई लक्षित गर्दे यसपटक १ लाख १५ हजार म्यादी प्रहरी छनौट गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताएका छन्। प्रहरी प्रधान कार्यालयले ४० दिनको कार्यविधि तोकेर म्यादी प्रहरी छनौट गरेको हो। उनीहरूको कात्तिक ८ तालिम सकिएपछि ९ गतेदेखि नै फिल्डमा खटिने भएका छन्। निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीले तलव, भत्ता, रासन, पोशाकसहित एकमुष्ट ५० हजार १६० रुपैयाँ प्राप्त गर्नेछन्।

७५ हजार नेपाली सेना

निर्वाचन सुरक्षाका लागि ७५ हजार नेपाली सेना परिचालन हुने भएका छन्। राष्टपतिबाट निर्देशन भएअनुसार ७७ वटै जिल्लामा खटिने स्टान्डबाई र रिर्जव फौज तयारी अवस्थामा रहेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए। मतपत्र छपाइ, ढुवानी र सुरक्षा तथा बाह्य सुरक्षालगायत विमानस्थल, कारागारको पनि सुरक्षा जिम्मा नेपाली सेनाको छ। ‘७५ वटै जिल्लामा बम डिस्पोजल टोली खटिनेछ। चुनावको मिति एक महिनाअघिबाट अप्रेसन बेस कार्यक्रम छ। चुनावको दिन जुनसुकै मतदान स्थलमा पनि आवश्यक परेको खण्डमा ३० मिनेटमा नै सेना पुग्नेगरी तयारी छ,’ प्रवक्ता सिलवाल भन्छन्, ‘ पैदल, गाडी तथा हवाई माध्यम प्रयोग गरी। ३० मिनेटमा सेना पुग्न सक्नेछ।’ निर्वाचन सुरक्षाको सम्पूर्ण तयारीका लागि सरकारले सेनालाई ९६ करोड बजेट प्रदान गर्ने निर्णय गरेको छ। सेनाले ३ अर्ब २४ करोड बजेटको माग गरेको थियो। बजेट निकासाको प्रक्रियामा छ। सेनाले बाहिरी सुरक्षा र अति संवेदनशील तथा संवेदनशील जिल्लाका मतदानस्थलको सुरक्षा गर्नेछ। विष्फोटक पदार्थ निस्क्रिय पार्ने, सुरक्षा समितिको निर्णयबमोजिम आवश्यक फौज परिचालन गर्नेलगायतको जिम्मेवारीसमेत पाएको छ। त्यस्तै, सेनाले निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर रहेका सबै कमान्ड हेडक्वाटरमा निर्वाचन हुनु १० दिनअघिबाट इटहरी, पोखरा र सुर्खेतमा हेलिकप्टर राख्ने तयारी गरेको छ। 

३५ हजार सशस्त्र प्रहरी बल

म्यादी, सेना खटाए जस्तै सरकारले निर्वाचनमा ३५ हजार सशस्त्र प्रहरी परिचालन गर्ने भएको छ। यसका लागि ७० करोड रुपैयाँसमेत स्वीकृत गरेको र केही रकम आउने पाइपलाइनमा रहेको प्रवक्ता थापाले बताए। निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको सुरक्षाको सम्पूर्ण जिम्मेवारी सशस्त्र प्रहरीलाई छ। जिल्ला निर्वाचन सुरक्षा कार्यालयको सुरक्षाको जिम्मा पनि सशस्त्र प्रहरीले लिने भएको छ। सरकारले सशस्त्र प्रहरीलाई विशेषगरी सीमा सुरक्षामा कडाइ गर्नुका साथै सिमानाकाबाट हातहतियार तथा बम, बारुद भित्रन सक्ने सम्भावनालाई ध्यान राख्न परिचालन गरेको छ। प्रवक्ता थापा भन्छन्, ‘निर्वाचन सुरक्षाका लागि आवश्यक तालिम पनि सम्पन्न भइसकेको छ। हामी तयारी अवस्थामा छौं। चाडपर्व पनि चलिरहेको र नजिकै तिहार आएकाले पनि विशेष निगरानी बढाएको छ।’ स्थानीय निर्वाचनको तुलनामा सुरक्षाका दृष्टीले केही चुनौती रहेको थापाको भनाइ छ। गृहमन्त्रीको अध्यक्षता रहने केन्द्रीय सुरक्षा समितिले सुरक्षा निकायहरूबीच समन्वय गर्नेछ। समितिमा गृह सचिव, रक्षा सचिव, सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका शान्ति सुरक्षा हेर्ने सहसचिव सदस्य सचिव छन्। समितिले सुरक्षा अवस्थाको विश्लेषण गरी सोहीअनुरूप शान्ति, सुरक्षा कायम गर्न निर्देशन दिनेछ। गृह सचिवको संयोजकत्वमा स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै केन्द्रीय कमान्ड पोस्ट रहने छ। कमान्ड पोस्टमा सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहने छन्। केन्द्रीय कमान्ड पोस्टले सुरक्षा निकायले कार्यान्वयन गरेका समग्र सुरक्षा अवस्थाको मूल्यांकन गर्नेछ। त्यस्तै, गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखा प्रमुखको संयोजकत्वमा केन्द्रीय सुरक्षा निर्वाचन सेल रहनेछ। जसको सदस्यहरूमा सेनाका सहायक रथी वा महासेनानी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रथम  श्रेणीका सुरक्षा अधिकारीहरू सदस्य रहने छन्। निर्वाचन सेल २४ सै घण्टा परिचालन हुनेछ। 

७१ हजार ६९३ नेपाल प्रहरी परिचालन

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार निर्वाचन सुरक्षाका लागि ७१ हजार ६९३ नेपाल प्रहरी परिचालन हुनेछन्। निर्वाचन सुरक्षामा खटिने र सम्पूर्ण तयारीका लागि सरकारले प्रहरीलाई ५ अर्ब ९० लाख ९० हजार १६० बजेट स्वीकृत गरेको छ। राई भन्छन्, ‘उम्मेदवारबीच हेट स्पिच, चुनाव प्रचार तथा क्याम्पियनका क्रममा झडप हुने सम्भावना छ। पोस्टर टाँस्ने क्रममा मतदाताबीच झगडा पर्न सक्ने हुन्छ। सादा पोसाकमा पनि प्रहरी खट्नेछन्।’

२९३० मतदान केन्द्र अतिसंवेदनशील

चुनौतीपूर्ण भएका क्षेत्रलाई संवेदनशील, अतिसंवेदनशील र सामान्य गरी छुट्याइएको छ। प्रवक्ता राईका अनुसार २९३० मतदान केन्द्रलाई सरकारले अतिसंवेदनशील स्थानका रूपमा हेरेको छ। २४३८ मतदान केन्द्र संंवेदनशील स्थलका रूपमा छुट्ट्याएको छ। मतदान स्थलको अवस्था हेरिकन सुरक्षा व्यवस्था तयारी गरिएको छ। 

विद्यमान सुरक्षा अवस्था

मुलुकको शान्ति सुरक्षाको पछिल्लो अवस्था सामान्य भए पनि निर्वाचनका समयमा केही सुरक्षा चुनौती हुने सरकारले विश्लेषण गरेको छ। चुनौती रहे पनि गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यो चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले भने, ‘यसका अलावा पनि यसपटक एकै दलमा भएका उम्मेदवार पनि फरक दलमा उम्मेदवार भएको हुँदा असहयोग तथा जिताउने र हराउने क्रममा झडपलगायतका कार्य हुन सक्छन्। अहिलेसम्म निर्वाचन बहिष्कार गर्ने, निर्वाचनविरुद्धमा लाग्ने समूह खुलेआम नदेखिएको हुँदा निर्वाचन शान्तिपूर्ण हुनेमा विश्वास गरिएको छ।’ उनका अनुसार यस्ता गतिविधिमा गतिविधिमा संलग्न व्यक्ति, समूह, संगठनका गतिविधिहरूलाई निस्तेज र निष्प्रभावी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार पहिलेका निर्वाचनभन्दा अहिले सुरक्षा थ्रेट कम देखिएको छ।

विश्व बजारमा यी फोनको आकर्षण पनि अब्बल नै देखिएको छ । पछिल्लो एक तथ्यले चाहिं एप्पलका यी दुई नयाँ आइफोन ब्याट्रीको आयुका दृष्टिले पनि सबैभन्दा अब्बल रहेको देखाएको छ ।

PhoneArena ले आफ्नो युट्युब च्यानलमा गरेको ब्याट्री तुलना परीक्षणमा एप्पलका यी दुई आइफोनले अन्य ब्राण्डका आइफोनलाई पछाडि पारेका हुन् ।

उक्त परीक्षणमा एप्पलका आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सलाई अन्य फ्लागसिप ग्रेड स्मार्टफोनसँग तुलना गरिएको थियो । त्यसमा गुगल पिक्सेल सेभेन प्रो, पिक्सेल सेभेन, पिक्सेल सिक्स प्रो तथा सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा लगायतका स्मार्टफोन सामेल थिए ।

सामसुङको ग्यालेक्सी एस २२ अल्ट्रा स्मार्टफोन आइफोन १४ प्रो सिरिजको सबैभन्दा ठूलो प्रतिस्पर्धीको रुपमा विश्व बजारमा रहेको छ । यद्यपि ब्याट्री लाइफका दृष्टिले आइफोन १४ प्रो र म्याक्स पछाडि तेस्रो स्थानमा पिक्सेल सेभेन प्रो रहेको छ । चौथो स्थानमा पिक्सेल ७ रहेको छ भने पाँचौं स्थानमा ग्यालेक्सी एस २२ अल्ट्रा रहेको छ । त्यस्तै पिक्सेल सिक्स प्रो छैटौं स्थानमा रहेको छ ।

उक्त परीक्षणका क्रममा देखिएको विभिन्न स्मार्टफोनको ब्याट्री लाइफ यस्तो पाइएको छ ।

एप्पलले आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सलाई केही समयअघि मात्रै विश्व बजारमा सार्वजनिक गरेको थियो । यी दुवै एप्पल कम्पनीका सबैभन्दा पछिल्ला फ्लागसिप ग्रेड स्मार्टफोन हुन् ।

विश्व बजारमा यी फोनको आकर्षण पनि अब्बल नै देखिएको छ । पछिल्लो एक तथ्यले चाहिं एप्पलका यी दुई नयाँ आइफोन ब्याट्रीको आयुका दृष्टिले पनि सबैभन्दा अब्बल रहेको देखाएको छ ।

PhoneArena ले आफ्नो युट्युब च्यानलमा गरेको ब्याट्री तुलना परीक्षणमा एप्पलका यी दुई आइफोनले अन्य ब्राण्डका आइफोनलाई पछाडि पारेका हुन् ।

उक्त परीक्षणमा एप्पलका आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सलाई अन्य फ्लागसिप ग्रेड स्मार्टफोनसँग तुलना गरिएको थियो । त्यसमा गुगल पिक्सेल सेभेन प्रो, पिक्सेल सेभेन, पिक्सेल सिक्स प्रो तथा सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा लगायतका स्मार्टफोन सामेल थिए ।

सामसुङको ग्यालेक्सी एस २२ अल्ट्रा स्मार्टफोन आइफोन १४ प्रो सिरिजको सबैभन्दा ठूलो प्रतिस्पर्धीको रुपमा विश्व बजारमा रहेको छ । यद्यपि ब्याट्री लाइफका दृष्टिले आइफोन १४ प्रो र म्याक्स पछाडि तेस्रो स्थानमा पिक्सेल सेभेन प्रो रहेको छ । चौथो स्थानमा पिक्सेल ७ रहेको छ भने पाँचौं स्थानमा ग्यालेक्सी एस २२ अल्ट्रा रहेको छ । त्यस्तै पिक्सेल सिक्स प्रो छैटौं स्थानमा रहेको छ ।

उक्त परीक्षणका क्रममा देखिएको विभिन्न स्मार्टफोनको ब्याट्री लाइफ यस्तो पाइएको छ ।

काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता उलंङ्घन भएकोको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं. ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग २४ घन्टाभित्र स्पष्टीकरण सोधेको छ। आचारसंहिताको उल्लंघन हुने गरी फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने प्रलोभन दिएर प्रचारप्रसार गरेपछि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको हो।

annapurna post

बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएको भन्दै श्रेष्ठलाई निर्वाचन आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफैं वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै आयोगले बारालगायतका जिल्लाबाट युवाहरुलाई जम्मा गरी प्रलोभन देखाएको सम्बन्धमा के कसो भएको हो ? भनी पत्र पठाएको छ।

काठमाडौंमा बुधबार अपराह्न भूकम्पको धक्का महसूस भएको छ।

काठमाडौंबाट १७ किलोमिटर उत्तर-पूर्व कोदारी केन्द्रबिन्दु भएर ५.९९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

अपराह्न ३ः७ बजे गएको भूकम्पको धक्का काठमाडौंसँगै सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा र धादिङ लगायतका आसपासका जिल्लामा महसूस भएको छ।

यससँगै भारत र चीनको पनि नेपालसँग जोडिएको आसपासको क्षेत्रमा धक्का महसुस भएको जनाइएको छ।

लन्डन — बेलायतकी गृहमन्त्री सुएला ब्रेवरम्यानले राजीनामा दिएकी छिन् । प्रधानमन्त्री लिज ट्रसले भारतीय मूलकी सुएला ब्रेवरम्यानलाई गत महिनामात्रै गृहमन्त्री बनाएकी थिइन् ।

बीबीसीका अनुसार प्रधानमन्त्री ट्रस र ब्रेवरम्यानको संसद्‌मा भेट भएको थियो । उनलाई ६ साताअघि मात्रै बेलायतको गृहमन्त्री बनाइएको थियो । ४० दिनअघि मात्रै बेलायतको प्रधानमन्त्री बनेकी ट्रसको कार्यकालको बारेमा पनि विभिन्न अड्कल गर्न थालिएको छ । उनको राजीनामा पनि मागिएको छ ।

सोमबारमात्रै अर्थमन्त्री क्वाजी कार्टेंनले पदबाट राजीनामा दिएका थिए । उनको स्थानमा जेरेमी हन्टलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री हुने प्रतिस्पर्धाको समयमा ट्रसले अर्थव्यवस्थालाई सही बाटोमा ल्याउन जे गर्छु भनेकी थिइन् त्यसबाट पछि हटेकी छिन् । उनको सरकारले कर कटौतीको घोषणा फिर्ता लिएको छ ।

देशभर ट्रसको आलोचना हुँदै गर्दा उनको दल कन्जरभेटिभभित्र पनि विरोध सुरु भएको जनाएको छ ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालको तीन दिने कन्भेन्सन पोखरामा सम्पन्न भएको छ । बिहिबार देखि पोखरामा सुरु सम्मेलन शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा बाल्दै किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष एकराज पन्त र किवानिज इन्टरनेशनलका अध्यक्ष पिटर जे मन्कुसोले कन्भेन्सनको उद्घाटन गरेका थिए ।

अध्यक्ष पन्तले किवानिज इन्टरनेशनल नेपालमा भइरहेको कामको बारेमा जानकारी गराएका थिए । किवानिज इन्टरनेशनलका अध्यक्ष पिटर जे मन्कुसोले ४०० सय बढी सहभागीलाई प्रशिक्षण दिएका थिए । उनले अन्य विकासोन्मुख देशहरु भन्दा नेपालमा किवानिजले बालकालिकाको क्षेत्रमा उत्साहप्रदरुपमा काम गरेकोमा आफू उत्साहित भएको बताए ।

British college

अध्यक्ष एकराज पन्तले हाल नेपाल भित्र ११५ वटा किवानिज क्लबमा २००० भन्दा बढी सदस्य आवद्ध रहेको उल्लेख गरे । ‘हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामग्री लगायतका सामान प्रदान गर्दै आएका छौं । यस्तै बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गदैँ आएका छौ,’ उनले भने ।

किवानिज इन्टरनेशनल नेपालको गर्भनरमा लक्ष्मण लम्साल

किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२२ –२३ का लागी गर्भनरमा लक्ष्मण लम्साल चयन भएका छन । लम्सालले आगामी अक्टोबर १ देखि कार्यभार सम्हाल्ने छ । त्यस्तै किवानिज नेपालको निवर्तमान गर्भनरमा एकराज पन्त , गर्भनर इलेक्टमा तीर्थ कुमार सिंह र भाईस गर्भनरमा कृष्ण प्रसाद ज्ञावाली चयन भएका छन ।

सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले वालवालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा भने सन् २०१५ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।