२०८३ असार २० शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २० शनिबार

हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीज २०७९ को अवसरमा राप्रपा भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन निजगढ नगरको आयोजनमा आज आईतबार तीज कार्यक्रम सम्पन्न भएको छ । निजगढ नगरपालिका वडा नं.८ स्थित बैनक्युट हलको सभाहलका सो कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन की केन्द्रिय अध्यक्ष अन्जना शाह रावलले पानसमा दिप प्रज्वल गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विशिष्टको रुपमा अतिथि राप्रपा केन्द्रिय सह महामन्त्री मोहन यादव, केन्द्रिय सदस्य विनोद भारती, राप्रपा पूर्व केन्द्रिय सदस्य सावित्री भारती, राप्रपा जिल्ला अध्यक्ष गिरीधारी चौधरी लगायत रहनु भएको थियो भने, अतिथिहरुमा मधेश प्रदेश सदस्य वासुदेव तिमल्सिना, राप्रपा किसान केन्द्रिय सदस्य निर्मल खड्का, पर्सा जिल्लाका नेता नरेश साह,क्षेत्र नं.१ (क) प्रदेशका अध्यक्ष भक्त दर्लामी, मेची महाकाली संयुक्त आवजकी बारा जिल्ला अध्यक्ष सावित्रि बराल, राप्रपा निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेती , नगर सचिव राजेन्द्र सापकोटा, युवा संगठनका निजगढ नगर अध्यक्ष क्रान्ति दाहाल, वडा नंवर ६ का राप्रपाका उम्मेदवार निकटतम प्रतिद्वन्दी केशव राउत लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लोकदोहोरी गायकमा बद्री राउत र गायीकाहरुमा रुपमा सिता लम्साल, प्रमिलाका आले मगर, जशु अधिकारी लगायतको प्रस्तुती रहेको थियो ।
कार्यक्रमको सभाध्यक्ष राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन निजगढ नगर की अध्यक्ष गीता भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी बारा जिल्ला सचिव सिता गौतम उप्रेतीले दिनुभएको थियो । लोकदोहोरी कार्यक्रम बेजोड प्रस्तुती रहनुका साथै सयौको संख्यामा महिलाहरुको उपस्थिती रहेको निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीले बताउनुभयो ।
कार्यक्रममा दरखाने कार्यक्रमको समेत आयोजना गरिएको र कार्यक्रम संचालन युवा संगठनकी केन्द्रिय सदस्य सुष्मा बस्नेतले गर्नु भएको थियो ।

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन्।

प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराउँदै सत्ता गठबन्धनबाट साँझा उम्मेदवार भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्। भुसाल नेपाली कांग्रेसको सचेतक थिइन्।

भुसालले १४८ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी एमालेकी भट्टराईले ९३ मत ल्याइन्। १ मत तटस्थ रहेको थियो। उपसभामुखका लागि दुईटा उम्मेदवारी परेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजनमा लगेका थिए।

संविधानसभा सदस्यसमेत रहेकी भुसालले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी छन्। भुसाल कानुनविद् पनि हुन्।  

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त थियो। उपसभामुखका लागि नेपाली कांग्रेसबाट भुसाल र एमालेबाट भट्टराईले बिहीबार उम्मेदवारी दर्ता गराएका थिए।

प्रतिनिधि सभामा अहिले २ सय ७१ सांसद रहेका छन्। उपसभामुखमा निर्वाचित हुनको लागि संसदमा तत्काल कायम रहेको संख्याको बहुमत अर्थात १३६ मत आवश्यक पर्छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४०, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र राष्ट्रिय जनमोर्चाका सांसद गरेर १५४ जना सांसद रहेका छन्। एमालेसँग ९८ जना सांसद रहेका छन्। १ सांसद भएको राप्रपाले एमालेलाई समर्थन गरेको थियो।

काठमाडौँ– देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले राजीनामा दिएका छन् ।

भागेर माल्दिभ्स पुगेर सिंगापुर उडेका गोटाबायाले उतैबाट सभामुखलाई इमेल पठाएर बिहीवार राजीनामा दिएका हुन् ।

श्रीलंका आर्थिक रूपमा टाट पल्टिएपछि त्यहाँ हजारौँ प्रदर्शनकारीले गोटाबायाको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए भने राष्ट्रपतिको निजी निवास समेत कब्जा गरेका थिए ।

श्रीलंकामा ज्यानको जोखिम बढेपछि राष्ट्रपति राजापाक्ष मुलुक छोडेर सैनिकको सुरक्षामा माल्दिभ्स भागेका थिए ।

समाचार संस्था बीबीसीकाअनुसार राजापाक्षको राजीनामाको खबर आएपछि प्रदर्शनकारीहरुले श्रीलंकामा खुसीयाली मनाउन थालेका छन् ।

गोटाबाया भागेपछि प्रधानमन्त्री रनिल बिक्रमासिंघेले कार्यवहाक राष्ट्रपतिको रुपमा काम गर्दै आएका छन् । प्रदर्शनकारीले उनको पनि राजीनामा माग गरेका छन् ।

पोखरा,

पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नेहरु दिनानुदिन बढ्दै गएका छन्। यसै क्रममा विभिन्न पार्टी परित्याग गरि २० भन्दा बढि नेता तथा कार्यकर्ताहरु एकसाथ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका हुन्।

राप्रपा प्रवेश गर्नेहरुमा नेकपा एमाले परित्याग गरि रुपा गाउँपालिका ६ चिसापानीका ध्रुव थापा, रुपा गाउँपालिका ७ माझगाउँका नवराज खनाल, अन्नपुर्ण गाउँपालिका ३ मुलाथरेका भगिरथ पौडेल, पोखरा २९ का हरिप्रसाद उपाध्याय, पोखरा ३१ बेगनासका राजेश कार्की, अन्नपुर्ण गाउँपालिका ७ का प्रकाश भण्डारी लागाएत रहेका राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए।

राप्रपाले उठाउँदै आएको राजसंस्थासहितको प्रजातन्त्र र नेपाललाई हिन्दु राष्ट्र घोषणा हुनुपर्ने लगाएतका पार्टीको मुल्यमान्यतालाई आत्मसाथ गर्दै पार्टी प्रवेश गरेको उनीहरुले बताएका छन्।

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै चार नेतासँग स्पष्टीकरण माग गरेको छ ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले नेताहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने र सञ्चारमाध्यममा जथाभावी समाचार प्रकाशन, प्रशारण गर्ने, गराउने कार्यमा संलग्न भएकालाई उनीहरुलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको उनले बताए ।

बारा । आज राष्ट्रिय प्रजातन्त्र पार्टीले महंगी, भ्रष्ट्राचार, रासायनिक मल अभाव, बेरोजगार लगायतका बिषयमा सरकारको ध्यान आकर्षण गराउन आज बाराको कलैयामा मा जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिएको छ । धर्ना दिने क्रममा जिल्ला पार्टी कार्यालयबाट नारा जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर धर्ना दिइएको थियो। उक्त कार्यक्रम जिल्ला अध्यक्ष गिरिधारी चौधरी को नेतृत्वमा भएको थियो ।

राप्रपाले गत असार १ गते प्रधानमन्त्रीलाई राजनीतिक मागका अतिरिक्त जनजीविकासंग सम्बन्धित विविध २२ बुँदे माग सहितको ज्ञापनपत्र पेश गरेको थियो । उक्त ज्ञापन पत्र लाई लागु गर्न दबाब स्वरूप देशै भरि का जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने पूर्व निर्धारित कार्यक्रम अनुसार गरिएको र अन्य कार्यक्रम पनि रहेको राप्रपा निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीले जानकारी गराउनु भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा पुगेका छन् । उनीहरुलाई गठबन्धनका जिल्ला नेताहरु तथा पालिका प्रमुख उपप्रमुखहरुले स्वागत गरेका छन् ।

निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उद्देश्यले गठबन्धनका शीर्ष नेताहरु सो क्षेत्र पुगेका हुन्।

प्रधानमन्त्रीसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमाकान्त चौधरी लगायतका नेताहरुले सो क्षेत्रका निरीक्षण गरेर आजै काठमाडौ हेलिकप्टर मार्फत फर्किएका छन् ।

लायन्स क्लब अफ निजगढ सिटी द्वारा आज निजगढ नगर पालिकामा दुई स्थानमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ ।

सभाध्यक्ष क्लबका प्रेसिडेन्ट विष्णु गोपाल रिसाल तथा प्रमुख अतिथि निजगढका मेयर सुरथ पूरी,अथिती वडा नं ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल,गौरीशंकर क्यम्पसका प्राचार्य रामप्रसाद गौतम,उद्योग वाणिज्य संघ निजगढका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायत लायन्स पदाधिकारीको उपस्थिति रहेको थियो ।

निजगढ नगरपालिका वडा नं ९ को गौरीशंकर क्याम्पसको प्राङ्गण र निजगढ नगरपालिका वडा नं १० लाल स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा अशोक, धुपी , कटहर, आँप, लिचीका २५० बिरुवा रोपेको छ । वडा नं १० मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्दार्थ लोप्चन लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन पास्ट जोन चियर्स पर्सन खड्ग प्रसाद उप्रेतीले गर्नु भएको थियो ।

लायन्स क्लबको वार्षिक क्यालेण्डर अनुसार कार्यक्रम गरिएको क्लवका पास्ट प्रेसिडेन्ट मणी घिमिरेले जानकारी दिनुभयो ।

बाराको निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न माग गर्दै बारा निजगढका सरोकार व्यक्तिहरु डेलिगेसनका लागि काठमाडौै पुगेका छन्।
सर्वोच्चको फैसलाका कारण निजगढमा विमानस्थल निमार्ण नहुने आशंका व्यक्त गदै उनीहरु विभिन्न मन्त्री र दलका शीर्ष नेताहरूसँग भेटघाट गरेर आफ्ना माग पेस गरेका हुन ।
आज मात्रै उनीहरुले पर्यटन मन्त्री प्रेम आले, अर्थ मन्त्री जनार्थन शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिडदेनलाई ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझ्दै मन्त्री आलेले मन्त्रालय निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न तयार रहेको बताएका छन् । मन्त्री आलेले अर्थ मन्त्रालयले आवश्यक बजेट दिए तत्कालनै निमार्ण प्रक्रियामा जाने बताएको निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए ।
यस्तै अर्थ मन्त्री शर्माले आगामी चुनाव भन्दा अगाडीनै यो सरकारले नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको शिलनायास गर्ने दाबी गरे । पर्यटन मन्त्रालयले चाहेमा तत्काल टेन्डर आवान गर्न सक्ने र रकमको कमी भएमा अर्थ मन्त्रालयले त्यसको आवश्यक बजेटको उपलब्थ गराउने बताए ।
यसैगरी राप्रपाका अध्यक्ष लिडदेनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य कुनै बिकल्प नरहेको बताएका छन् । उनले कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहल प्रचण्डलागाएतका नेताहरुसँग भेट्ने कार्यतालिका रहेको संयोजक श्रेष्ठले बताए ।
डेलिगेसनका निम्ति बाराबाट निजगढ सार्वजनिक सरोकार समिति संयोजक श्रेष्ठ सागै युवा विद्यार्थी, स्वतन्त्र सरोकार समिति संयोजक जयराम कुवर, कोल्हबी सार्वजनिक सरोकार समिति संयोजक ढुण्डिराज उप्रेती, पूर्व मन्त्री तथा एमाले नेता पुरुषोतम पौडेल, एमाले नेता अच्युत मैनाली, निजगढ सार्वजनिक सरोकार समिति उपसंयोजक पदम बहादुर भण्डारी, नेपाली कांग्रेस बाराका जिल्ला सदस्य कृष्ण प्रसाद खरेल, राप्रपाका निजगढ नगर अध्यक्ष खड्क प्रसाद उप्रेती, नेकपा एसका निजगढ नगर अध्यक्ष भिमसोन प्रसाद सापकोटा, लोसपाका निजगढ नगर अध्यक्ष मोजहर मनसुर, निजगढ नगरपालिकाको निवतमान उपप्रमुख लिला देवी लामीछाने खनाल, यम बहुदुर खड्का, अम्बिका चौलागाई, निमल बजगाई, धनश्याम तिमल्सिना लगाएतको टोली काठमाडौं पुगेको हो ।

स्थानीय निर्वाचन २०७९ राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई उपेक्षा गरेर कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेल गर्दा नेकपा एमालेले ठूलो धक्का खानुपरेको स्वयम सोही पार्टीका कार्यकर्ताले स्वीकार गर्न थालेका छन् ।

जारी मतगणनामा धेरै स्थानमा एमालेले आफ्नो पकड गुमाउँदै गएको देखिएको छ । आफूबाट टुक्रिएको समूह सत्तामा गएर चुनौति दिइरहेको बेला एमालेले राजनीतिमा बदनाम भइरहेका कमल थापासँग चुनावी तालमेल नगर्न एमालेकै नेताहरुले आग्रह गर्दा पनि अटेर गर्दै ओलीले तालमेल गरेका थिए । ओलीले अर्को बदनाम पात्र परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई पनि कासी च्यापेका थिए ।

पछिल्लो समयमा निकै लोकप्रिय बनेका नेता राजेन्द्र लिङदेनसँग सहकार्य गर्न आनाकानी गरेका ओलीमा एक्लै गठवन्धनलाई हराउन सक्ने दम्भ निकै बढि देखिन्थ्यो । अघिल्लो स्थानीय निर्वाचनमा जस्तै आफू अहिले पनि लोकप्रिय रहेको भ्रम र कमल थापाको कुटिल राजनीति बुझ्न नसक्नु ओली जस्ता चतुर नेताको ठूलो असफलताको रुपमा हेरिएको छ ।

लिङदेनसँग ओलीले तालमेल गर्नसक्ने डरले थापाले हतार हतार उनीसँग तालमेल गरेर लिङदेनको ढोका बन्द गरिदिएका थिए । सत्ता गठवन्धनका दलहरुसँग चुनावी तालमेल गर्दा कांग्रेसले राम्रो फाइदा लिन सके पनि ओलीलाई भने अहिलेको मतपरिणाम प्रतिउत्पादक र अनपेक्षित भएको छ ।

शहरी जनमतमा राजनीतिक चेतना र जागरुपता आएको काठमाडौंलगायतका केही शहरहरुको मतपरिणामले देखिन्छ । तर ग्रामीण जनमतमा अझै पनि गठवन्धन, पैसा र अरु कुराहरुले प्रभाव पार्नसकिने अवस्था रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसले झण्डै ५० प्रतिशत स्थानमा चुनाव जित्ने देखिएको छ भने एमालेलाई माओवादी केन्द्रले नै पछि पार्ने हो कि रु भन्ने अवस्था सिर्जना भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।