२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

राप्रपाले निजगढ नगरपालिकाको मयेर पदमा सावित्री भारतीलाई उम्मेदवार बनाउने भएको छ । उपमेयर पदमा भने सो पार्टीबाट बासु तिमल्सिना उम्मेदवार बन्नु हुने भएको छ ।

त्यसैगरी गरी वडा नम्बर १ बाट प्रकास केसी, २ मा भक्त दर्लामी, ३ सन्तोष कुमार राउत, ४ शेषा सापकोटा, ५ शिव प्रधान, ६ काजीबहादुर अधिकारी, ७ बमबहादुर थापा, ८ मा नरनाथ गौतम, ९ मा पद्मबहादुर श्रेष्ठ, १० मा गोपीलाल जिम्बा, ११ मा तिर्थबहादुर श्रेष्ठ (शंकर), १२ मा मानबादुर गोले, १३ मा ठुलीमाया घलानलाई उम्मेदवार बनाउने निर्णय भएको नगर अध्यक्ष खडकप्रसाद उप्रेतीले बताउनुभयो । पार्टीले वडा नम्बर ९ को दलित महिला सदस्यमा भावना सुनारलाई दलित महिला सदस्यमा उम्मेदवार बनाउने भएको छ । टिकट आइसकेको र कागजपत्र तयार पारेर आईतबार उम्मेदवारी दर्ताको कागजपत्र तयार पारिने र मनोनयन पत्र दर्ता गरिने उहाँले बताउनुभयो ।


यसैबीच राप्रपाले निजगढ ९ मा चुनाव प्रचार सम्पर्क कार्यालयको पनि उद्धाटन गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका पूर्वसदस्य विनोद भारतीले कार्यालयको उद्धाटन गर्नुभएको हो । सोही कार्यक्रममा नेकपा मालेका जिल्ला कमिटीका सदस्य पद्मबहादुर, नेपाली कांग्रेशका काजी बहादुर अधिकारी, संचारकर्मी भावना सुनार, निजगढ ९ की गिता भट्टराई, निजगढ ७ की सरस्वती थापा मगर र निजगढ ११ का तीर्थ बहादुर श्रेष्ठ, जुगु कुँवर लगायत २० जना विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन । नवप्रवेशीलाई नेता विनोद भारती, सावित्री भारती, खडक उप्रेती, बासु तिमल्सिना लगायतले पार्टीमा स्वागत गर्नुभएको छ ।

नजिकिँदै गरेको स्थानीय तहको चुनावसँगै त्यसभन्दा पछाडि हुने संघ र प्रदेशको चुनावका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाबीच छलफल भएको छ।

कर्णालीबाट फर्किने क्रममा एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच बिहीबार राति नेपालगन्जमा भेटघाट भएको हो। उक्त भेटमा समग्र राजनीतिक परिस्थितिसँगै चुनावका विषयमा छलफल भएको थियो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पाँच दलीय गठबन्धन निर्माण भएपछि एमाले र राप्रपाबीच हुन सक्ने चुनावी तालमेलका विषयमा छलफल भएको राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटाले जनाए।

‘एमाले र राप्रपाबीच चुनावी तालमेलका विषयमा प्रारम्भिक छलफल सुरु भएको छ,’ उनले भने, ‘छलफल सकारात्मक भयो।’ कुनै ठाउँ र क्षेत्र विशेषमात्रै भन्दा पनि देशभरि कसरी चुनावी तालमेल गरेर जान सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भयो।’

उनका अनुसार स्थानीय तहको चुनावमात्र नभइ संघ र प्रदेशको चुनावमा समेत सँगै जाने विषयमा छलफल केन्द्रित थियो। यसभन्दा पहिला पनि एमाले र राप्रपाका दोस्रो तहका नेताहरुबीच चुनावी तालमेलका विषयमा छलफल भइसकेको उनी बताउँछन्।

तर, अध्यक्षसँग यस विषयमा पहिलोपटक छलफल भएको उनले जनाए। ‘एमाले र राप्रपाबीच अब छलफल प्रारम्भिक भएको छ। यसलाई निरन्तरता पाउने छ,’ उनी भन्छन्, ‘सरकार बाहिर रहेका दलहरुबीच चुनावी तालमेल हुनु अस्वभाविक होइन।’

छलफलका क्रममा एमाले अध्यक्षले यस विषयमा पार्टीमा जानकारी गराउने बताएका थिए भने राप्रपा महामन्त्री राणाले पनि चुनावी तालमेलका विषयमा निरन्तर संवाद हुनुपर्ने बताएका थिए। राप्रपाका सहायक महामन्त्री देवकोटाका अनुसार बाँकेका एमालेका नेताहरुले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग राणालाई आग्रह गरेका थिए।

राणा नेपालगन्जका मेयरसमेत हुन्। पाँच दलीय गठबन्धन हुने भएपछि एमाले र राप्रपा एक्लाएक्लै चुनावमा जाँदा कमजोर हुने भित्री मानसिकता छ। गठबन्धनलाई धक्का दिन पनि यी चुनावी तालमेल अपरिहार्य भएको यी दलको बुझाइ छ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा समान विचारधारा भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीबीच एकताको तयारी तीव्र बनेको छ । पछिल्लो केही सातायता दुई पक्षबीच वार्ताको क्रम बाक्लिएको छ ।


राप्रपा उच्च स्रोतका अनुसार छिट्टै एकता घोषणा गर्ने गरी दुई पक्षीय छलफल अघि बढेको छ । जसअनुसार राप्रपाले अन्य पार्टीसँग एकताका लागि बनाएको वार्ता टोलीका संयोजक तथा महामन्त्री डा. धवल शमशेर राणाले विवेकशील साझाका नेताहरूसँग विभिन्न चरणको छलफलमार्फत एकताको मोडालिटीमा मोटामोटी सहमति जुटाइसकेका छन् । यस्तै अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रबीचसमेतको वार्ताले पनि एकतालाई मूर्तरूप दिएको नेताहरूको भनाइ छ ।



दुई पार्टीबीच एजेण्डाको हिसाबले मतभिन्नता नरहेकाले नेतृत्व र संगठनात्मक विषय मिलाएर एकता गर्ने मोटामोटी सहमति भएको छ । पार्टीको नामबारे भने अन्तिम रूप दिन बाँकी रहेको छ । राप्रपा पक्षले अहिलेकै नाम स्वीकारेर एकतामा आउन मिश्रलाई प्रस्ताव गरेको छ । तर, मिश्रले आफूहरूको अपनत्व रहने गरी पार्टी एकता हुनुपर्ने भन्दै राप्रपा साझा वा साझा राप्रपा नाम हुनुपर्ने प्रस्ताव गरेका छन् । तर, चुनाव चिन्ह भने हलो नै स्वीकार्न मिश्र राजी भएका छन् । मिश्रले पार्टीको झण्डामा चाहिँ तराजु हुनुपर्ने माग राखेका छन् । नेतृत्वको विषयमा लिङ्देन मूल अध्यक्ष रहने भए पनि मिश्रको कसरी व्यवस्थापन हुने भन्नेबारे छलफल भइरहेको छ ।



राप्रपाका महामन्त्री भुवन पाठकले दुई पार्टीबीच एकताका लागि छलफल चलिरहेको पुष्टि गरे । उनले पार्टीले बनाएको वार्ता टोली र नेतृत्व तहबीच नै चरणबद्ध रूपमा छलफल भइरहेकाले छिट्टै नतिजा निस्कने रातोपाटीलाई बताए । ‘एकताका लागि वार्ता भइरहेको छ । अहिले यति भनौँ, सकारात्मक छलफल अघि बढिरहेको छ’, पाठकले भने, ‘प्राविधिक विषय मिलाएर हामी छिट्टै अन्तिम रूप दिन्छौँ ।’



वैकल्पिक राजनीतिको लक्ष्यसहित तत्कालीन साझा पार्टी रवीन्द्र मिश्रको नेतृत्वमा उदय भएको थियो । पछि विवेकशील नेपाली दलसँग एकतापछि विवेकशील साझा पार्टीका रूपमा मिश्रको पार्टी सक्रिय रहेको छ ।



यही बीचमा मिश्रले ‘विचारभन्दा माथि देश’ एजेण्डा अघि सारेपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । मिश्रको ल्याएको सो प्रस्ताव अहिले पार्टीमा लागू भएको छ । गत कात्तिकमा बसेको विवेकशील साझा पार्टीको केन्द्रीय कमिटी बैठकले मिश्रको दस्ताबेज ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गरेको थियो ।



जसअनुसार स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग गरिएको छ । सोही बैठकले नै पार्टीलाई बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने निर्णय पनि गरेको थियो । राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने गरी मिश्रले निर्णय गराएका थिए ।



मिश्रको दस्ताबेज पार्टीमा लागू भएपछि पार्टी संयोजक मिलन पाण्डेले विद्रोह गर्दै दुई लाइन संघर्ष चलाएका थिए । एक पक्षले अर्कालाई स्पष्टीकरण सोध्नेसम्मको तहमा पुगेको दुई लाइन संघर्ष हाल पनि कायम छ । तर, बहुमतको बलमा मिश्रले पाण्डेलाई केही महिनापहिले नै साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिसकेका छन् भने अघिल्लो सातामात्रै थप २६ जना केन्द्रीय सदस्यलाई बर्खास्त गरेका थिए । बर्खास्तीमा पर्नेमा बागमती प्रदेश सभा सदस्यसमेत रहेका पार्टीका नेता रमेश पौड्याल समेत रहेका छन् ।  

सो पार्टीको जानकारी अनुसार पार्टीका कुनै पनि कार्यक्रममा सरिक नहुने, केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित हुने र कतिपयले समानान्तर गतिविधि र लेबीसमेत नतिरेकोले हटाइएको दाबी गरेको छ।  यसरी पदमुक्त हुनेमा प्रदेश सांसद रमेश पौड्यालसहितथ केशव दाहाल, अनुषा थापा, आशुतोष तिवारी, पुकार बम, हरिशप्रसाद भट्ट, रविना अम्गाईं, सुरेश भट्ट र सुदन मानन्धर रहेका छन् ।

यस्तै नेताहरू सुरेश अर्याल, सिर्जना खड्का, सरोज गौतम, शिशिर बन्जारा, विमल तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, कमलेश्वर पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, भरतराज पन्त, धर्म मानन्धर, मनिष खनाल, मुना अधिकारी, भुपदेव शाह पनि बर्खास्तीमा परेका छन् ।

बर्खास्तीमा पर्नेहरू गणतन्त्र पक्षधर हुन् भने अधिकांश पूर्व विवेकशील पृष्ठभूमिका हुन् । यस्तै पार्टीभित्र अन्तर्विरोध चर्किँदा चर्चित नेतृ रञ्जु दर्शनाले पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।

हाल पार्टीमा रवीन्द्र मिश्र निकटस्थहरू मात्र बाँकी रहेको सो पार्टीले अन्ततः राप्रपासँग चुनावअघि एकता गर्ने गरी तयारी गरेको हो । यस विषयमा मिश्रको प्रतिक्रिया लिन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । केही दिनअघि सञ्चारमाध्यममा मिश्र राप्रपा प्रवेश गर्ने समाचार आएको थियो । जसलाई उनले खण्डन गरेका थिए । वैकल्पिक राजनीति गर्ने उद्घोषका साथ सञ्चारकर्मबाट राजनीति कर्ममा होमिएका उनी विभिन्न उतारचढाव झेल्दै अहिलेको ठाउँमा आइपुगेका हुन् । 

यता गत फागुनमा महाधिवेशन गरेको राप्रपा पार्टीबाट कमल थापा बाहिरिएसँगै मिश्रलाई पार्टीमा भित्र्याउँदै त्यसको क्षतिपूर्ति गर्ने रणनीतिमा छ । महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै कमल थापाले पार्टी परित्याग गरेर हाल राप्रपा नेपाल बनाएका छन् । कतिपय नेता कार्यकर्ता कमल थापाको पछि लागेसँगै अध्यक्ष राजेन्द्र लिङ्देन जनमत आफूतिरै कायम राख्न प्रयासरत रहेका छन् । त्यसैले लिङ्देनले समानविचारधारा भएका दल तथा संघसंस्थासँग एकता गर्ने नीति नै लिएका छन् भने पार्टीको पहिलो केन्द्रीय समिति बैठकबाट महामन्त्री राणाको संयोजकत्वमा वार्ता समिति बनाएका थिए । सोही समितिले भ्रष्टाचार विरोधी छवि बनाएका ज्ञानेन्द्र शाहीलगायतलाई पार्टीमा भित्र्याएको थियो ।

गत पुस १६ मै राप्रपा र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकता वार्ताको थालनी भएको थियो । त्यतिबेला अध्यक्ष लिङ्देनलगायतका नेताहरू मिश्रलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यतिबेला दुवै नेता थप छलफल गरेर अघि बढ्ने विषयमा सहमत भएका थिए ।

पछिल्लो पटक भने दुई पक्षबीच गत आइतबार वार्ता भएको थियो । सोही वार्ताबाट दुवै पक्ष एकता नजिक पुगेका हुन् । अब केही प्राविधिक विषय टुङ्ग्याएर एकता हुने बताइएको छ । ‘दुई पार्टीबीच एकता छिट्टै हुन्छ । स्थानीय तहको चुनावमा दुई पार्टी एउटै पार्टी भएर चुनावमा जाने निश्चित जस्तै छ’, राप्रपाका एक नेताले भने ।

सबल र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ राप्रपाले सनातन हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उदारवादलाई मुख्य एजेण्डा बनाउँदै आएको छ । 

सर्लाही | लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवा आश्रममा आश्रीतहरुलाई आज आईतवार पनि मिष्ठान्न भोजन खुवाईएको छ ।

स्वर्गिय माता भक्त कुमारी नेपालको ४६ औँ बार्षिक पुण्य तिथीको अवशरमा छोरा बुहारीहरु कृष्ण प्रसाद नेपाल, राधादेवी नेपाल, मदन नेपाल र साबित्रा नेपालले आश्रममा मिष्ठान्न भोजन खुवाएका हुन ।

आत्मज्ञान प्रचार संघको जिल्ला सह–संयोजक एवं संचारकर्मि समेत रहनुभएका मदन नेपालले आमाको बार्षिक श्राद्धको पुण्य तिथीमा पुण्य आर्जन गर्ने उद्देश्यले आश्रममा आश्रीत बृद्ध बृद्धा एवं केटाकेटिलाई एक छाक भोजन गराईएको बताउनुभयो ।

यसैबिच शान्तिदुत प्रेम रावतको शन्देस प्रचार प्रशार गर्ने संस्था आत्मज्ञान प्रचार संघ लालबन्दीको तर्फबाट आश्रमका संरक्षक समेत रहनुभएका वासुदेव कोईरालालाई पुस्तक हस्तान्तरण गरीएको छ । भोजन ग्रहण पश्चात भिडियो प्रदर्शनी कार्यक्रम गरि पुस्तक हस्तान्तरण समेत गरिएको हो ।

प्रेम रावतद्वारा लिखित हिअर योरसेल्फ नामक पुस्तक हस्तारण गरिएको सह–संयोजक नेपालले बताउनुभयो । पुस्तक ग्रहण गर्दै कोईरालाले लामो समयदेखि प्रेम रावतको बारेमा सुन्दै आएको र ४ बर्षकै उमेरदेखि ज्ञान बाँड्न थाल्नुभएका ब्यक्तिद्वारा लिखित पुस्तक प्राप्त गरेकोमा खुसि ब्यक्त गर्नुभएको थियो ।

हाल ४८ जना आश्रीत रहेका बृद्धसेवाश्रममा हरेक दिनजसो बिभिन्न ब्यक्ति तथा संस्थाले कार्यक्रम गर्ने र भोजन खुवाउँदै आएका छन ।

सिन्धुली – राजनीतिक दलहरु स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन् ।

यसरी कार्यक्रम गरिरहँदा विशेषगरी माओवादी केन्द्र र राप्रपाको हैसियतमा फेरबदल आएको देखिन थालेको छ । माओवादी केन्द्रको कार्यक्रममा भन्दा राप्रपाका कार्यक्रममा नागरिकको साथ देखिएको छ । दुवै दलले दैनिकजसो कार्यक्रम गरिरहेका छन् । तर, माओवादीको कार्यक्रममा भन्दा राप्रपाका कार्यक्रममा बढी जनताको सहभागिता देखिएको हो ।

साविक नेकपा र एमाले विभाजनले माओवादीलाई नकारात्मक प्रभाव पर्दा नयाँ नेतृत्व पाएको राप्रपाप्रति जनताको विश्वास बढेको देखिन्छ । गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेपछि राप्रपाप्रति जनताको विश्वास र भरोसा बढेको देखिन्छ ।

यता साविक नेकपा र एमाले विभाजनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका रहेको आरोप खेपेको माओवादीले जनमत गुमाउँदै गएको शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमले एकहदसम्म पुष्टि गर्छ ।

शनिबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा माओवादी केन्द्र र राप्रपाले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको थियो । तर, माओवादीलाई भन्दा राप्रपालाई सिन्धुलीवासीले साथ दिएको देखियो । सिन्धुलीमा हरिबोल गजुरेलजस्ता नेता पाएको माओवादीले अध्यक्ष प्रचण्डको प्रमुख उपस्थितिमा सदरमुकाममा आयोजना गरेको कार्यक्रम एउटा हलमा सीमित हुनुले उसको हैसियत प्रष्ट भएको हो ।

सोही समयमा राप्रपाले भने सिन्धुलीमाडीकै खुलामञ्चमा कार्यक्रम ग¥यो । खुलामञ्चमा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आयोजित राप्रपाको कार्यक्रममा जनताको ठूलो सहभागिता रहँदा एउटा हलमा आयोजित प्रचण्ड सहभागी कार्यक्रम सुनसानझैँ देखिन्थ्यो । माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् ।कार्यक्रममा अधिकांश माओबादीका कार्यकर्ताहरु माओबादी परित्याग गरि राप्रपा प्रवेश गरेका छन् |कायक्रमको बिचमा सिन्धुलीमा माओबादीका पुर्ब कमान्डर आत्माराम बिक माओबादी प्रबेश गरेका छन् | 

राप्रपाकी केन्द्रीय सदस्य बिन्दा गिरीले बताए अनुसार राप्रपाको सिन्धुलीमा आयोजित कार्यक्रमले राप्रपालाई थापा उर्जा थपेको छ | उनले भनेकी छिन् – ” प्रचण्ड यहाँ आएकै दिन  सिमित संख्यामा हाल भित्र रहे , तर राप्रपाले भने हजारौंको संख्यामा खुल्लाचौरमा बिशाल जनसभा गर्यो , कांग्रेस र कम्युनिस्ट परित्याग गरि सयौं जना राप्रपा प्रबेश गर्नुभयो | यसले पनि राप्रपाप्रती नागरिकको बिश्वास र आस्था बढ्दो छ भन्ने कुरालाई प्रमाणित गर्दछ जुन कुरालाई हामी आगामी निर्बाचनमा शक्तिको रुपमा प्रयोग गर्दछौं | 

सर्लाही | विश्वको सबै भन्दा खुशी देशहरुको सूची सार्वजनिक भएको छ ।

विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड छ भने दक्षिण एसियामा नेपाल रहेकाे छ । सूचीअनुसार अफगानिस्तान विश्वकै सबै भन्दा दुःखी देश बनेको छ । विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड परेको छ ।

https://worldhappiness.report/ed/2022/happiness-benevolence-and-trust-during-covid-19-and-beyond/

वल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित गरेको हो । वल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबै भन्दा खुशी देश बन्न सफल भएको हो।

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणा जस्ता विभिन्न तत्वका आधारमा विश्व खुशी प्रतिवेदनले १ सय ५० देशलाई क्रमबद्ध गर्दछ । सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् ।

स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने न्युजिल्यान्ड दशौँ स्थानमा छ। दक्षिण एसियामा नेपाल खुशी हुने देशको शीर्ष स्थानमा रहेको छ । नेपाल सूचीको ८४ औँ स्थानमा छ ।

भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६ औँ स्थानमा छ भने भारत १३६ औँ स्थानमा छ।

चीन भने नेपाल भन्दा खुशी देशमा परेको छ। चीन ८२ औँ नम्बरमा रहेको छ ।

सर्लाही | बिवादका कारण करिव ५ बर्षदेखि नयाँ कार्यसमिती चयन हुन नसकेको पत्थरकोटमा रहेको एक सामुदायिक बनमा आज (शनिवार) नयाँ कार्यसमिती चयन गरिएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका १३ मा रहेको पञ्चकन्या सामुदायिक बन उपभोक्ता समुहको कार्यसमिती चयन गरिएको हो ।

वडाध्यक्ष शिवकृष्ण बैद्यको अध्यक्षता एवं सव डिभिजन बन कार्यालय लालबन्दी अन्तरगत रहेको पत्थरकोट ईकाइ बन कार्यालयका ईन्चार्ज (बन प्राबिधिक) अमृत सापकोटाको प्रमुख आतिथ्यतामा पत्थरकोटको बर पीपल चौतारीमा बसेको भेलाले नयाँ कार्यसमिती चयन गरेको हो ।

भेलाले लाल बहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यिय कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा चन्द्रदेव श्रेष्ठ, सचिवमा गोपिलाल श्रेष्ठ, सह–सचिवमा अर्जुन बिश्वकर्मा, कोषाध्यक्षमा भुवनेश्वरी रखाल सहित अन्यलाई सदस्यमा चयन भएका छन ।

प्रहरी चौकी पत्थरकोटका हवल्दार उत्तम न्यौपाने, मदन आश्रीत सामुदायीक बनका अध्यक्ष उदय बहादुर श्रेष्ठसहित स्थानिय उपभोक्ता, पुर्व पदाधिकारी लगाएतको उपस्थितीमा बिवादका बिच सफलतापुर्वक नयाँ कार्यसमिती चयन गरिएको डाध्यक्ष बैद्यले बताउनुभयो ।

सर्लाही | प्रेम र सद्भावको रङ्गिन पर्व होलि तथा मुस्लिम समुदायको शबे-बारात पर्वको शुभ अवसरमा बिहीबार ब्रह्मपुरी गापाको वडा नं. १, २ र  वडा नं. ७ मोहनगंजमा जनता समाजवादी पार्टी, नेपालद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका शिर्ष नेता एवं संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले जसपा पार्टी जनताको जनअधिकार प्राप्ति, रक्षा, जनताको विकास र समृद्धिको लागी निर्माण भएको देशकै ठुलो वैकल्पिक पार्टी भएको बताउनु भएको छ ।

उहाँले तोकिएकै मितिमा स्थानीय तहको चुनाव हुने र त्यसका लागि तत्काल तयारीमा जुट्न स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । पार्टी एकढिक्का भएर चुनावमा होमिएको समेत उहाँको भनाइ छ ।

फरक प्रशंगमा मन्त्री यादवले मलखादको समस्या अन्तर्राष्ट्रिय समस्या भएको बताउँदै रसायनिक मल आपूर्तिका लागि नेपाल सरकार र भारत सरकारवीच आगामी पाँच वर्षका लागि जि टु जि विधिवाट मल खरिदका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको र थप प्रकृयालाई मन्त्रालयले प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनुभयो ।

भाइचारा, मेलमिलाप, प्रेम र सद्भावको रङ्गिन पर्व होलि तथा मुस्लिम समुदायको शबे-बारात पर्वको अवसरमा सम्पुर्ण जनसमुदायमा शुभकामना व्यक्त गर्दै मन्त्री यादवले सामाजिक सद्भावमा कुनै प्रकारले खलल नपुग्ने गरि सौहार्द्पुर्ण वातावरणमा पर्व मनाउन स्थानीय जनताहरुसँग अपिल गर्नुभयो ।

मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता जसपा नेता सुनिल साहले गरेका थिए । कार्यक्रममा मधेस प्रदेशका पुर्व उध्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, पार्टीका जिल्ला अध्यक्ष बिरेन्द्र राय, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, पत्रकार र आम जनसमुदायको उपस्थिती रहेको थियो ।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्थानीय तहको निर्वाचनकेन्द्रित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले यो निर्णय गरेको छ । जसअनुसार जनजागरण, आफ्नो टोलमा पुगौँ, घरदैलो अभियान र जनताको माझमा राप्रपा कार्यक्रम छन् ।

चैत २८ गते देशका सबै जिल्लाका सदरमुकाममा एकैदिन जनताको माझमा राप्रपा, घरदैलो अभियानको शुभारम्भ गरिनेछ ।

त्यस्तै, बैठकले पार्टीको स्थानीय तह निर्वाचन निर्देशिका २०७८ पारित गरेको छ ।

केन्द्रीय तहमा र प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा स्थानीयतह निर्वाचन परिचालन समिति गठन गर्ने पनि निर्णय गरिएको छ ।

राप्रपाले स्थानीय तहको निर्वाचनका उमेदवार छनौट गर्दा सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिकचरित्र भएको, सामाजिक क्षेत्रमाक्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको, विगतका निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारका पक्षमा सक्रियतापूर्वक कार्य गरेको, पार्टीद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रम, अभियान र आन्दोलनलगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिबद्धता हुनुपर्ने मापदण्ड तय गरेको छ ।

राप्रपाले विभिन्न जिल्लाको केन्द्रीय प्रतिनिधि पनि तोकेको छ ।

जसअनुसार विक्रम पाण्डे झापा, राजेन्द्र गुरुङ्ग उदयपुर, रविन चाम्लिङ्ग सोलुखुम्बु, अर्जुन राई ओखलढुङ्गा, राम थापा मोरङ्ग, भक्ति प्रसाद सिटौला इलाम, गोपाल प्रसाद पौडेल पाँचथर, हरि प्रसाद घिमिरे तेर्‍हथुम, सगुनसुन्दर लावती ताप्लेजुङ्ग, गोपाल दाहाल धनकुटा, प्रल्हाद प्रसाद साह सुनसरी, पदम बहादुर तामाङ भोजपुर, दिनेशकुमार साह संखुवासभा, मोहनप्रसाद यादव धनुषा, शत्रुघन महासेठ सप्तरी, रामप्रताप साह (भोला) रौतहट, मनोज मल्ल ठकुरी महोत्तरी, भरत गिरी सर्लाही, विरेन्द्रप्रसाद लाल कर्ण सिराह, राजनारायण प्रसादसाह पर्सा, किशोर बहादु कार्की बारा, बुद्धिमान तामाङ नुवाकोट, रोशन कार्की काठमाडौं, भुवन पाठक भक्तपुर, प्रकास रिमाल धादिङ्ग, विक्रम बहादुर थापा ललितपुर र रविन्द्रप्रताप शाह सिन्धुपाल्चोक छन् ।

त्यस्तै, दिपककुमार राई रसुवा, भरतप्रसाद पाठक दोलखा, रेखा थापा चितवन, रिना गुरुङ्ग मकवानपुर, प्रविणकुमार थोकर रामेछाप, हेमजंग गुरुङ्ग नवलपुर, डा. महेन्द्र बहादुर कार्की गोरखा, मोहन श्रेष्ठ तनहुँ, भिम प्रसाद गौचन बाग्लुङ्ग, रामराजा कोइराला लमजुङ्ग, पञ्चराम गुरुङ्ग कास्की, हिक्मतजंग कार्की अर्घाखाँची, ध्रुब बहादुर रायमाझी गुल्मी, निलकण्ठ काफ्ले नवलपरासी, प्रदिप कुमार उदय कपिलवस्तु, मेनुका खाँड के.सी. स्याङजा, प्रेम बहादुर भण्डारी बर्दिया, डा. धवल शम्शेर राणा दाङ, गीता बस्नेत बाँके, दिपक कुवँर क्षेत्री म्याग्दी, धन बहादुर बुढा जुम्ला, ज्ञानेन्द्र शाही कालिकोट, मुकुन्द श्याम गिरी दैलेख, कुन्ती कुमारी शाही सुर्खेत, धनसुर शाही जाजरकोट, जनक बहादुर सिंह रुकुम पश्चिम, धर्मराज जोशी कैलालाी, जयन्त चन्द कञ्चनपुर, तीर्थराज चटौत दार्चुला, पूर्ण बहादुर चन्द बैतडी, बसन्ती शाही अछाम, प्रेम बलायर डडेल्धुरा, गोविन्द खडायत डोटी, विजय खडका सिन्धुली, उदय पोखरेल पर्वत, ऋषिराज देवकोटा सल्लान, मिना स्वर्णकार रुकुम पूर्व, दामोदर भण्डारी रोल्पा, ध्रुब बहादुर प्रधान रुपन्देही, भरत चन्द पाल्पा, देवी पौडेल घिमिरे प्यूठान, जेम्स हिराचन मुस्ताङ र भुजुङ गुरुङ्ग मनाङ छन् ।

बलिउड अभिनेता अक्षय कुमारले आउँदो शुक्रवारबाट प्रदर्शन आउने आफ्नो फिल्म ‘बच्चन पाण्डे’ हेरेर मनोरञ्जन लिन नेपाली दर्शकलाई अपील गरेका छन्। 

अक्षयकुमार फ्यान्डम नेपाल नामक फेसबुक पेजबाट विहान सार्वजनिक भिडियो सन्देशमा अक्षयले आउँदो फिल्मले भरपुर मनोरञ्जन प्रदान गर्ने उल्लेख गरेका छन्।

मेरो यो फिल्मलाई तपाई आफू आफ्ना साथी तथा परिवारहरूसँग हेर्न आग्रह गर्दछु। यो फिल्म राम्रो बनेको छ। पूर्णरुपमा कमर्सियल छ। तपाईलाई भरपुर मनोरञ्जन दिनेछ। धन्यवाद नेपाल।’

फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याक्लिन फर्नान्डेज, अर्शद वार्सी, बबी देबल, रितेश देशमुखलगायत कलाकारको अभिनय रहेको छ।

‘बच्चन पाण्डे’ १८ मार्च (भोलि) नेपालका हलहरूमा लाग्दैछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।