राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले थप ४ वडामा प्यानलसहित जित निकालेको छ । काठमाडौं उपत्यकासहित देशभरका विभिन्न वडा राप्रपाले जित हासिल गरेको हो ।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार, चाँगुनारायण नगरपालिका–६ को अध्यक्षमा धनबहादुर लामा र रूपन्देहीको देवदह नगरपालिका–११ को वडाध्यक्षमा दुधनाथ यादव यादव विजयी भएका छन् । देवदह –१२ मा भने वडाध्यक्षबाहेक चार वडा सदस्य राप्रपाको पोल्टामा परेको छ ।
त्यसैगरी, बाँकेको राप्ती सोनारी गाउपालिका–६ वडाध्यक्षमा लवराज खरेल, र शंखरापुर नगरपालिका–७ को वडाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ प्यानलसहित विजयी बनेका छन् ।
योसँगै राप्रपाले जितेको वडाको संख्या ३७ पुगेको छ ।
प्रवक्ता शाहीका अनुसार, जारी मतगणनामा उपमहानगरपालिकासहित १५ स्थानीय तहमा राप्रपाका उम्मेदवारले लिड गरिरहेका छन् । ८० भन्दा बढी स्थानीय तहमा दोस्रो र २०० भन्दा स्थानीय तहमा तेस्रो स्थानमा रहेर राप्रपाले चुनौती दिइरहेको छ ।
यी हुन् राप्रपाले जितेका स्थान:
१। नवलपरासीको रामग्राम नगरपालिका–९ को वडा अध्यक्षमा भोजबहादुर यादवसहितको प्यानल निर्वाचित
२। पाँचथरको फिदिम–४ मा उपेन्द्र लावती वडा अध्यक्षमा निर्वाचित
३। धनुषा गणेशमान चारनाथ नगरपालिका–२ मा बेचूँ हमालको प्यानल विजयी
४। शंखरापुर नगरपालिका–३ मासूर्य तामाङ विजयी
५। धादिङको रुबिभ्याली–४ को अध्यक्षमा प्रशान्त तामाङसहित प्यानल विजयी
६। नेपालगञ्ज उपमहानगरपालिका–८ वडा अध्यक्षमा रजनीश वाजपेयी ९विवेक० प्यानलसहित विजयी
७। धादिङको खनियाबास–३ को वडा अध्यक्षमा कमानसिंह तामाङ प्यानल विजयी
८। सिद्धार्थनगर नगरपालिका– ३ को वडा अध्यक्षमा नारायणप्रसाद उपाध्याय सापकोटा प्यानलसहित विजयी
९। सिद्धार्थनगर नगरपालिका–४ को अध्यक्षमा मुक्तिनाथ यादव ९भोला० प्यानलसहित विजयी
१०। धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा श्यामकुमार आले प्यानलसहित विजयी
११। लक्ष्मीनिया गाउँपालिका–३ को अध्यक्षमा तेजनारायण ९हिरा० प्यानलसहित विजयी
१२। भद्रपुर नगरपालिका–३ को वडा अध्यक्षमा हेमबहादुर काकी प्यानलसहित विजयी
१३। झापाको हल्दिबारी गाउँपालिका–१ मा देवी थापा प्यानलसहित विजयी
१४। नेपालगन्ज उपमहानगर–२ को अध्यक्षमा मनोज श्रेष्ठ प्यानलसहित विजयी
१५। सर्लाहीको कौडेना गाउँपालिका–७ अध्यक्षमा कुमार यादव प्यानलसहित विजयी
१६। चितवनको माडी नगरपालिका–८ को वडा अध्यक्षमा वीरेन्द्र भण्डारी प्यानलसहित विजयी
१७। नवलपरासीको रामग्राम–३ को वडा अध्यक्षमा उज्ज्वल न्यौपाने प्यानलसहित विजयी
१८। नवलपरासीकै प्रतापपुर–३ को वडा अध्यक्षमा रामनरेश यादव प्यानलसहित विजयी
१९। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ मा अध्यक्ष केशव खत्री प्यानलसहित विजयी
२०। कपिलवस्तुको कृष्णनगर–१ मा अध्यक्ष टुङ्गनाथ चौधरी प्यानलसहित विजयी
२१। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा अध्यक्ष लक्ष्मण मेहता प्यानलसहित विजयी
२२। रुपन्देहीको रोहिणी गाउँपालिका–१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित
२३। चितवनको माडी नगरपालिका वडा न।१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित
२४। सिद्धार्थनगर नगरपालिका वडा नं। २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
२५। नवलपरासी, रामग्राम १ मा रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित
२६। डोटीको के।आई। सिंह गाउँपालिका वार्ड न। ७ को अध्यक्षमा दिलबहादुर बलायर प्यानलसहित विजयी
२७। बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानलसहित विजयी
२८। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी
२९। धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी
३०। रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल प्यानलसहित विजयी
३१। कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द प्यानलसहित विजयी
३२। धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी
३३। रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी
३४। सल्यानको कपुरकोट गाउँपालिकाको वडा नं ६ को अध्यक्षमा श्यामकृष्ण बोहोरा लगायत सदस्यहरू विजयी
३५। चाँगुनारायण नगरपालिका– ६ को वडा अध्यक्षमा धनबहादुर लामा प्यानलसहित विजयी
३६। रुपन्देहीको देवदह नगरपालिकाको वडा नम्बर ११ मा वडा अध्यक्ष दुधनाथ यादव र प्यानल विजयी
३७। बाँकेको राप्ती सोनारी गाउपालिका ६ को वडा अध्यक्षमा लवराज खरेल प्यानलसहित विजयी
३८। शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाबाट वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ र सबै सदस्य निर्वाचित
३९। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नं ५ मा हबिब मियाँ र सबै सदस्य निर्वाचित
४०। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल कोट, वडा नं ४ को वडा अध्यक्षमा कुल बहादुर बस्नेत
४१। नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ५ को वडा अध्यक्षमा राप्रपाका रमेश कानु बनियाँ र सबै सदस्यहरु निर्वाचित
४२। काभ्रेको धुलिखेल नगरपालिका –७ को वडा अध्यक्षमा रोमीप्रसाद श्रेष्ठ प्यानल सहित निर्वाचित
४३। झापाको बाह्रदशी गाउँपालिकाको वडा नं ५ को वडा अध्यक्षमा राप्रपाका वीरबहादुर राजवंशी र प्यानल निर्वाचित ।
बारा । बाराको निजगढ वडा नं. ६ मा एमालेले अग्रता लिएको छ । वडा अध्यक्षका उम्मेदवार घनश्याम तिमल्सिनाले ५६ मतले अग्रता लिएका हुन् ।
तिमल्सिनाले ४२६ मत ल्याउँदा राप्रपाका राउतले ३७० र गठबन्धनका धनमाया लामाले १३२ मत ल्याएकी छिन् । राउत चुनावको मुखमा कांग्रेस सभापति पद त्यागेर राप्रपा प्रवेश गरेका थिए ।
मेयर–उपमेयर पदको अवस्था
मेयर :
सुर्य–५००
गठबन्धन (रुख)– ३६८
हलो –९९
गिटार– १२
उपमेयर:
सुर्य ४२६
हसिँया हथौडा ४०५
हलो–१४१
गिटार–१५
बारा । बाराको निजगढ वडा नं. ६ मा राप्रपाका उम्मेदवारको अग्रता पाएको छ । वडा अध्यक्षका उम्मेदवार लिलाबहादुर राउत ‘केशव’, ले एमालेका उम्मेदवार घनश्याम तिमल्सिनासंग २७ मतले अग्रता लिएका हुन् ।
राउतले ३४२ मत ल्याउँदा एमालेका तिमल्सिनाले ३१५ र गठबन्धनका धनमाया लामाले ११७ मत ल्याएकी छिन् । राउत चुनावको मुखमा कांग्रेस सभापति पद त्यागेर राप्रपा प्रवेश गरेका थिए ।
मेयर–उपमेयर पदको अवस्था
मेयर :
सुर्य–३५८
गठबन्धन (रुख)– ३३१
हलो –९४
उपमेयर
हसिँया हथौडा ३५१
सुर्य ३०४
हलो–१३६
निजगढ वडा नंं ९ मा एमालेलाई उछिन्दै गठबन्धनका रामचन्द्र कटुवाल बिजयी भएका छन । नेकपा एमालेका उम्मेदवार गणेश राजभण्डारीलाई पराजित गर्दै कटुवाल विजयी भएका हुन ।
वडा अध्यक्षमा गठबन्धनका उम्मेदवार कटुवालले १ सय ५५ मतान्तरले विजयी भए । उनले १ हजार ४२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारराजभण्डारीले ८ सय ८७ मत प्राप्त गरे ।
गठबन्धनबाट रामचन्द्र कटुवालले अध्यक्ष जित्दा उनको प्यानल भने आउन सकेन ।
एमालेले अध्यक्ष हार्दैगर्दा एमालेका ४ जना सदस्य निर्वाचित भएका छन् । सदस्यमा चित्रप्रसाद चौलागाई, महिला सदस्य चण्डिका उप्रेती, बविता श्रेष्ठ, ईन्द्रकुमारी सुनार निर्वाचित भएका हुन् ।
बारा : बाराको निजगढको ५ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । वडा नं. ८,१०, ११, १२ र १३ को ८ हजार ८ सय ४७ मतगणना सकिदा गठबन्धका मेयर पदका उम्मेदवार र एमालेका उपमेयर पदका उम्मेदवारले अग्रता लिएका छन् ।
मेयर पदमा गठबन्धनका उम्मेदवार सुरेश कुमार खनालले २ सय ९१ मतले अग्रता लिएका छन् । उनले तीन हजार ७ सय १२ मत ल्याएका छन् भने उनलाई एमालेका उम्मेदवार सुरथ पुरीले तीन हजार ४ सय २१ मतसहित पछ्याई रहेका छन् ।
त्यसैगरि उपमेयर पदमा एमालेकी उम्मेदवार सोममाया थिङ्गले १ सय ६४ मत सहित अग्रता लिएकी छिन् । उनले ३ हजार ४ सय ५ मत ल्याउँदा गठबन्धनका रविराज दंगालले तीन हजार २ सय ३१ मत प्राप्त गरेका छन् ।
निजगढ वडा नंं १० मा गठबन्धनलाई उछिन्दै एमालेका आशाकाजी श्रेष्ठ बिजयी भएका छन । गठबन्धकबाट नेपाली कांग्रेसका उम्मेदवार पदम बहादुर मोक्तनलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन ।
निजगढ वडा नंं १० को १ हजार १ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं १० को ११ सय मतगणनाहुँदा वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार आशाकाजी श्रेष्ठले ५ सय ४३ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धकका पदम बहादुर मोक्तनले ५ सय २४ मत ल्याई पछ्याईरहेका छन ।
निजगढ नगरपालिका वडा नम्बर ८ को मतगणना सुरु भएको छ । वडा नं ८ को मतगणना गर्ने क्रममा ७ सय १ मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका स्वर्ण लामाले ३ सय ९६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार भोला प्रसाद गौतमले २ सय २५ मत ल्याई पछ्याई रहेका छन ।
यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ८ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका गठबन्धकका उम्मेदवार सुरेश खनालले २ सय ८३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सुरथ पुरीले २ सय ७२ मत प्राप्त गरेका छन् ।
यस्तै, नगर उपप्रमुखका गठबन्धकका उम्मेदवार रविराज दंगालले ३ सय ४१ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले २ सय ५ मत प्राप्त गरेकी छन् ।
यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर ८ मा नेपाली काँग्रेसका टेक बहादुर लामाले ६ सय ५५ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नकपा एमालेका दिनेश खतिवडाले ५ सय ९ मत प्राप्त गरेका थिए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का बसन्त लामा तामाङ्गले २ सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरनाथ गौतमले १२ मत र राष्ट्रिय जनता पार्टी नेपालका अरमान मियांले ६ मत प्राप्त गरेका थिए ।
निजगढ वडा नंं ९ को ९ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।
वडा नं ९ को मतगणना गर्ने क्रममा ९ सय मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका रामचन्द्र कटुवालले ४ सय ९५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार गणेश राजभण्डारीले ३ सय ५६ मत ल्याई पछ्याईनै रहेका छन ।
यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ९ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले ४ सय ३६ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले ३ सय ९६ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले ४ सय ४३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सोममाया थिङ्गले ३ सय ४२ मत प्राप्त गरेकी छन् ।
निजगढ वडा नंं १० को ७ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं १० को ७ सय मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका पदम बहादुर मोक्तनले २ सय ४० मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार आशाकाजी श्रेष्ठले ३ सय ३६ मत ल्याई पछ्याईरहेका छन ।
यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर १० मा नगरप्रमुखमा गठबन्धनको अग्रता कायम छ ।
नगर प्रमुखका उम्मेदवार सुरेश खनालले ३ सय ३९ मत प्राप्त गरेका छन् नेकपा एमालेका सुरथ पुरीले ३ सय १६ मत प्राप्त गरेका छन् ।
यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले ३ सय ३९ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले २ सय ९५ मत प्राप्त गरेकी छन् ।