निजगढ वडा नंं ९ को ८ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।
वडा नं ९ को मतगणना गर्ने क्रममा ८ सय मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका रामचन्द्र कटुवालले ४ सय ७१ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार गणेश राजभण्डारीले २ सय ८५ मत ल्याई पछ्याईनै रहेका छन ।
यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ९ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले ४ सय १७ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले ३ सय २० मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले ४ सय १७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सोममाया थिङ्गले २ सय ६० मत प्राप्त गरेकी छन् ।
निजगढ नगरपालिका वडा नम्बर ८ को मतगणना सुरु भएको छ । वडा नं ८ को मतगणना गर्ने क्रममा ५ सय १ मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका स्वर्ण लामाले २ सय ८२ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार भोला प्रसाद गौतमले १ सय ६९ मत ल्याई पछ्याईनै रहेका छन ।
यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ८ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले २ सय ८ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले १ सय ९७ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले २ सय ४२ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले १ सय ६८ मत प्राप्त गरेका छन् ।
यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर ८ मा नेपाली काँग्रेसका टेक बहादुर लामाले ६ सय ५५ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नकपा एमालेका दिनेश खतिवडाले ५ सय ९ मत प्राप्त गरेका थिए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का बसन्त लामा तामाङ्गले २ सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरनाथ गौतमले १२ मत र राष्ट्रिय जनता पार्टी नेपालका अरमान मियांले ६ मत प्राप्त गरेका थिए ।
झापा हल्दिबारीस्थित आफ्नो वडामा राप्रपा विजयी भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन विजय जुलुसमा सहभागी भएका छन्।
हल्दिबारी, वडा नम्बर १ मा राप्रपाका उम्मेदवार विजयी भएका छन्। वडा अध्यक्षमा देवी बहादुर थापा प्यानलसहित नै निर्वाचित भएका हुन्। हल्दिबारी लिङ्देनको वडा हो।
यस्तै, गाउँपालिका अध्यक्षमा राजेन्द्र लिङदेनका सहोदर भाई रवीन्द्र लिङ्देनको अग्रता कायमै छ।

निजगढ वडा नंं १० को ६ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं १० को मतगणना गर्ने क्रममा वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार आशाकाजी श्रेष्ठले ३ सय २४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धकका पदम बहादुर मोक्तनले २ सय ६० मत ल्याई पछ्याईरहेका छन ।
यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर १० मा नगरप्रमुखमा नेकपा एमालेको अग्रता कायम छ ।
नगर प्रमुखका उम्मेदवार नेकपा एमालेका सुरथ पुरीले ३ सय ९ मत प्राप्त गरेका छन् सुरेश खनालले २ सय ५२ मत प्राप्त गरेका छन् ।
यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले २ सय ५७ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले २ सय ८७ मत प्राप्त गरेकी छन् ।
निजगढ नगरपालिका–११ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सैहइया गुरो थारु विजयी भएका छन् । उनी ६ सय ९० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बाबुराम स्याङ्गतानले ६ सय ८२ मत प्राप्त गरेका छन् । स्याङ्गतानलाई ८ मतको झिनोफरकले पराजित गर्दै थारु वडा अध्यक्षमा निर्वाचित भएका हुन ।
वडा अध्यक्षसहित एक सदस्य गठबन्धनकाका बिजयी भएका छन भने नेकपा एमालेबाट ३ जना वडा सदस्य विजयी भएका छन् ।
निजगढ वडा नंं १० को ३ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं १० को मतगणना गर्ने क्रममा वडा अध्यक्षमा गठबन्धकका पदम बहादुर मोक्तनले १ सय ७८ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार आशाकाजी श्रेष्ठले १ सय ११ मत ल्याई पछ्याईनै रहेका छन ।
यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर १० मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले १ सय ७९ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले ९७ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले १ सय ८० मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले ८६ मत प्राप्त गरेका छन् ।
निजगढ नगरपालिका वडा नम्बर ८ को मतगणना सुरु भएको छ । वडा नं ८ को मतगणना गर्ने क्रममा वडा अध्यक्षमा गठबन्धकका स्वर्ण लामाले १ सय ५९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार भोला प्रसाद गौतमले १ सय २४ मत ल्याई पछ्याईनै रहेका छन ।
यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर ८ मा नेपाली काँग्रेसका टेक बहादुर लामाले ६ सय ५५ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नकपा एमालेका दिनेश खतिवडाले ५ सय ९ मत प्राप्त गरेका थिए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का बसन्त लामा तामाङ्गले २ सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरनाथ गौतमले १२ मत र राष्ट्रिय जनता पार्टी नेपालका अरमान मियांले ६ मत प्राप्त गरेका थिए ।
निजगढ नगरपालिका–१२ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञान बहादुर गोले विजयी भएका छन् । उनी ८ सय ७१ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार युवक मुक्तनले ६ सय २२ मत प्राप्त गरेका छन् । मुक्तनलाई २ सय ४९ मतले पराजित गर्दै गोले विजयी भएका हुन ।
वडा अध्यक्षसहित सबै सदस्य विजयी भएका छन् । यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा २ सय ६९ फराकिलो मतान्तरण सहित विजयी भएका उनी यसपटक पनि फराकिलो मतान्तरणले बिजयी भएका हुन ।
२०७४ को स्थानिय निर्वाचनमा वडा नम्बर १२ मा नेपाली काँग्रेसका ज्ञान बहादुर गोले ६ सय ३९ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका सिताराम प्रसाद खतिवडले ३ सय ७० मत प्राप्त गरेका थिए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का धन बहादुर खुलालले ५६ मत, नयाँ शक्ति पार्टी, नेपालका बिनोद लामा थिङले १० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका मान बहादुर गोलेले २ मत प्राप्त गरेका थिए ।




यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले २ हजार १ सय ६७ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले १ हजार ७ सय ५२ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले १ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले १ हजार ८ सय ३५ मत प्राप्त गरेका छन् ।
स्थानीय तह निर्वाचनको सुरुवाती परिणामबाट राष्ट्रिय प्रजातन्त्र पार्टी उत्साहित भएको छ । अधिकांशमा एक्लै र केहीमा तालमेल गरेर प्रतिस्पर्धामा उत्रिएको राप्रपाले परिणामलाई उत्साहप्रद भनेको छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले प्रारम्भिक रुझानमा आफ्नो दलले सोचेभन्दा राम्रो परिणाम हासिल गरिरहेको बताएका छन् ।

शाहीका अनुसार, स्थानीय तहको २.२५ प्रतिशत मत परिणाम सार्वजनिक हुँदा राप्रापाले ११ वटा वडामा वडाध्यक्ष जितेको छ । कपिलवस्तुको कृष्णनगर–१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१, रूपन्देहीको रोहिणी गाउँपालिका–१, चितवनको माडी नगरपालिका–१, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ र नवलपरासीको रामग्राम–१ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार विजयी भएका हुन् । त्यस्तै, डोटीको के.आई सिंह गाउँपालिका–७, बैतडीको सुर्नया गाउँपालिका–२, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७, धादिङको खनियाबास गाउँपालिका–१ र कञ्चनपुरको दोधारा चाँदनी १ को वडाध्यक्षमा पनि राप्रपाका उम्मेदवार विजयी भएका छन् ।
१३ स्थानीय तहमा अग्रता
प्रवक्ता शाहीका अनुसार, राप्रपाले अहिलेसम्म १३ गाउँपालिका र नगरपालिकामा लिड गरिरहेको छ । देशका अन्य स्थानीय तहमा पनि राप्रपाले दोस्रो र तेस्रो स्थानमा रहेर विपक्षी दलका उम्मेदवारलाई टक्कर दिइरहेको उनले बताए ।
२०० भन्दा बढी वडा जित्ने प्रक्षेपण
कम मतदाता रहेका स्थानीय तहको परिणाम आइसकेका छन् भने बढी मतदाता भएका स्थानमा मतगणना जारी छ ।
मतगणना निकै धिमा गतिमा अघि बढिरहेकाले अन्तिम परिणाम आउन भने समय लाग्नेछ । तथापि, वडागत नतिजा भने धमाधम सार्वजनिक भइरहेका छन् ।
मतगणनाको सुरुवाती नतिजाबाट उत्साहित राप्रपाले मत विश्लेषण गर्दै ३० भन्दा स्थानीय तहको प्रमुख र अध्यक्ष जित्ने दाबी गरेको छ । शाहीले मतगणनाको रुझान यस्तै रहेमा २०० भन्दा बढी वडाको वडाध्यक्ष राप्रपाले जित्ने दाबी गरे ।
राप्रप्राले ११ वटा वडा अध्यक्ष मा बिजय र १३ वटा पालिका र नगरपालिका प्रमुखमा अग्रस्थानमा र देशैभरि दोस्रो र तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेको छ,’ शाहीले भने, ‘यही परिमाण आउने हो भने करिब २०० भन्दा बढी वडा र ३० भन्दा बढी पालिका–नगरपालिका प्रमुखमा राप्रपाले जित्ने सम्भावना देखिन्छ ।’
निजगढ नगरपालिका वडा नम्बर ११ को मतगणना सुरु भएको छ ।

