बाराकाे निजगढ नगरपालिकामा गठबन्धनका मेयर पदका उम्मेदवार सुरेश खनालले सुरुवाती अग्रता लिएका छन् । ११४१मत गन्दासम्म मेयर सुरेश कुमार खनाल ५९५, एमालेका सुरथ पुरीले ५४६ मत सहित पछ्याइ रहेका छन् ।
त्यस्तै उपमेयर तर्फ गठबन्धन( माओवादी केन्द्र ) तर्फका रविराज दङ्गालले ५९५ र एमाले तर्फका सोममाया थिङ्गले ५४५मत हात पारेका छन ।
वडा नं १३ अध्यक्षमा कांग्रेसका ज्ञान बहादुरकाे ५९५ मत र एमालेकाे युवक मोत्तानले ५४६ मतसहित पछ्याउँदै छन् ।
भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा एमालेका उम्मेदवार विचारी थापा विजयी भएका छन्।
आइतवार बिहान साढे ३ बजे सम्पन्न मतगणनामा ६४० मत सहित थापा वडाध्यक्षमा प्यानलसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारद राईले ४७८ मत प्राप्त गरेका छन्।
वडा नम्बर २ मा ११६२ कुल मत खसेको थियो। जसमा नेकपा एमालेका उम्मेदवारहरू प्यानलै विजयी भएका हुन्।
बाराकाे निजगढमा गठबन्धनले खाता खोलेकाे छ ।
निजगढ नगरपालिका वडा नं. १३ बाट वडा अध्यक्षमा कांग्रेसका सुर्य घलान निर्वाचित भएका हुन् ।
नेकपा एमालेका कमानसिह थिङलाई पराजित गर्दै घलान निर्वाचित भएका हुन् ।
उनी २०७४ काे स्थानीय तह निर्वाचनमा झिनाे मतान्तरले निर्वाचित भएका थिए । एमालेका तिलक घलानसंग ४२ मतले उनी निर्वाचित भएका थिए ।

जनप्रतिनिधिका रुपमा पहिलो कार्यकाल पूरा गरेका घलानले याे वर्ष माओवादीकाे समेत साथ पाएका छन् । वडामा गठबन्धन नभएपनि नगरस्तरिय गठबन्धनकाे कारण उम्मेदवारी दिएकाे थिएन । माओवादीका नेता साेमबहादुर गाेलेले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले पार्टीको आग्रहमा उम्मेदवारी फिर्ता लिदै घलानलाइ समर्थन गरेका थिए ।






कसकाे कति मत ?
वडा नं. १३ मा कसले कति ल्याए मत हेर्नुस्
स्थानिय निर्वाचन २०७९, निजगढ नगरपालिका वडा नं १३ को मतगणना अन्तिम नतिजा सार्वजनिक
कुल १४०५ मा सम्पुर्ण मतगणना गरिएको…
मेयर:
(सुरेश खनाल) गठबन्धन:- ७५१
(सुरथ पुरी) नेकपा एमाले:- ५८३
उपमेयर:
(सोममाया थिङ) नेकपा एमाले:- ५९९
(रविराज दंगाल) गठबन्धन:- ५८९
वडा अध्यक्ष:
(सुर्य घलान) गठबन्धन:- ७७९
(कमानसिह थिङ) नेकपा एमाले:- ५८६
मेयर:
(सावित्री देवि भारती) राप्रपा:- २

रुपन्देहीको ओमसतिया गाउँपालिका बडा नम्बर एकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बराल सहित प्यानल नै बिजयी भएको छ।

बरालले १ हजार ७३८ मत ल्याएर बडा अध्यक्षमा बिजयी भएका हुन्। उनको प्रतिष्पर्धी एमालेको तर्फबाट एमालेको वडा अध्यक्षका उम्मेदवारले ६६६ मत ल्याएका छन्।
त्यसैगरी सदस्यहरुमा पनि राप्रपाका उम्मेदवार बिजयी भएका छन्। महिला सदस्यले १ हजार ५२२, दलित महिला सदस्यले १ हजार ७३८ र अन्य दुई सदस्यमा १ हजार ४३७ र १ हजार २५५ मत ल्याएर बिजयी भएका छन्।
बराल यस अघि पनि राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

निजगढ नगरपालिका वडा नम्बर १२ को मतगणना सुरु भएको छ । वडा नम्बर १३ को मतगणना सकिए लगतै वडा नम्बर १२ को मतगणना सुरु भएको हो ।
यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर १२ मा नेपाली काँग्रेसका ज्ञान बहादुर गोले ६ सय ३९ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका सिताराम प्रसाद खतिवडले ३ सय ७० मत प्राप्त गरेका थिए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का धन बहादुर खुलालले ५६ मत, नयाँ शक्ति पार्टी, नेपालका बिनोद लामा थिङले १० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका मान बहादुर गोलेले २ मत प्राप्त गरेका थिए ।
हाल यस वडाको वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञान बहादुर गोले र नेकपा एमालेका उम्मेदवार युवक मुक्तन, राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) मान बहादुर गोले बिच प्रतिस्पर्धा रहेको छ ।
निजगढ नगरपालिका–१३ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुर्य घलान विजयी भएका छन् । उनी यसअघि २०७४ मा समेत विजयी भएका थिए ।
बाराको निजगढ नगरपालिकामा मतगणना जारी रहेको छ । निजगढ वडा नंं १३ को मतगणना सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । ९ सय मत गणना गर्ने क्रममा एमालेको तफबाट मेयरमा सुरथ पुरी र उपमेयरमा सोममाया थिङ्गको अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।
एमालेका पुरीले ४ सय ६८ मत र उपमेयरमा सोममाया थिङ्गले ४ सय ६९ मत प्राप्त भएको छ भने गठबन्धनको तर्फको मेयर पदमा उम्मेदवार सुरेश कुमार खनालको ४ सय २४ र उपमेयर उम्मेदवार रविराज दंगालको ४ सय २२ मत प्राप्त गरेका छन ।
वडा नं १३ अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले ४ सय ६७ मत प्राप्त गर्नुका साथै गठबन्धकका उम्मेदवार सुर्य घलानले ४ सय २९ मत प्राप्त गरेका छन् ।
निजगढमा हाल प्यानल मतको गणना भईरहेको छ । एक सय गठबन्धनको र एक सय एमालेको मत पालैपालो गणना भएको हो । प्यानल मत सकियपछि मिस्त्रित मत गणना हुने छ ।
हेटौंडा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीको अग्रता कायमै छ । गठबन्धनबाट एकीकृत समाजवादीकी मीना लामा एमालेका अनन्त पौडेलभन्दा १९ मतले अगाडी छिन् ।
लामाले ६१९ मत प्राप्त गरेकी छन् । एमालेका उम्मेद्वार पौडेलले ६०० मत ल्याएका छन् ।
राप्रपाका दीपक सिंहले ५७० मत ल्याएका छन् ।
त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाले ९०३ मत पाएका छन् । एमालेकी सुमित्रा काफ्लेले ७२४ मत ल्याकी छन् भने राप्रपाकी इन्दिरा न्यौपानेले १५४ मत पाएकी छन् ।
निजगढ नगरपालिकामा ७ सय मतगणना गर्दा नेकपा एमालेका मेयरका उम्मेदवार सुरथ पुरीको अग्रता रहेको छ । पुरीले ३६८ मत हासिल गरि अग्रता कायम गरेका हुन् । यस्तै उपमेयर सोममाया थिडले ३६९ मतले अगाडी रहेकी छिन् ।
गठबन्धनबाट (नेपाली काँग्रस) तर्फका मेयर पदका उम्मेदवार सुरेश कुमार खनाल ३२४ मत, त्यस्तै उपमेयर तर्फ गठबन्धन (माओवादी केन्द्र) का रविराज दङ्गाल ३२२ मत हासिल गरेको छ ।
वडा नं १३ अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले ३६७ मत प्राप्त गर्नुका साथै गठबन्धकका उम्मेदवार सुर्य घलानले ३२९ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ वर्षपछि पहिलोपटक जुम्लामा चुनावी जित हासिल गरेको छ ।



जिल्लाको कनकासुन्दरी गाउँपालिका–१ मा राप्रपाबाट दुई वडा सदस्य विजयी भएका हुन् । पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले दिएको जानकारीअनुसार राप्रपाबाट मानबहादुर कठायत र बिजुली बुढा वडा सदस्य निर्वाचित भएका छन् ।
उनीहरु दुवैले समान ३६८ भोट ल्याए । राप्रपाले जुम्लामा २०५४ सालदेखि यता कुनै चुनाव जितेको थिएन । अघिल्लो स्थानीय चुनावमा पार्टीले जिल्लाभरिबाट ८६३ भोट ल्याएको थियो ।