वीरगन्जको मत गणनास्थल बाहिर हुलदंगा भएको छ । मतगणनास्थल बाहिर जनता समाजवादी पार्टीका नेता तथा संघीय सांसद प्रदिप यादवविरुध्द अरु पार्टीका नेता (कार्यकर्ताले नारावाजी गरेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको हो ।
महानगरपालिका(१४ स्थित नृसिंह माध्यमिक विद्यालयको मत गणनास्थलमा बसेका यादवसहित प्रदेश सांसद जन्नत अन्सारीविरुध्द नारावाजी भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले साइकल चोर, देश छोड, प्रदीप यादव मूर्दावाद, मतदान स्थलबाट प्रदीप यादवलाई निकाल्नु पर्यो जस्ता नारावाजी गरेका थिए ।
प्रहरीका अनुसार अहिले त्यहाँको अवस्था तनावपूर्ण छ । जसपाका नेताविरुद्ध किन नारावाजी भएको हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
गोकुलगंगा गाउँपालिका-१मा कांग्रेसको प्यानलै विजयी भएको छ। चुचुरेको वडा अध्यक्षमा कांग्रेसका छत्र बहादुर बस्नेत विजयी भएका हुन्। उनले ७१५ मत प्राप्त गरेका छन्।

यसैगरी सदस्यमा दीर्गमाया खत्रि, विमला खाती, दुर्गाबहादुर थापा र टोपबहादुर खत्री निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ।
बाराकाे निजगढ नगरपालिकामा गठबन्धनका मेयर पदका उम्मेदवार सुरेश खनालले सुरुवाती अग्रता लिएका छन् ।४०० मत गन्दासम्म मेयर सुरेश कुमार खनाल २२४, एमालेका सुरथ पुरीले १६८ मत सहित पछ्याइ रहेका छन् ।
त्यस्तै उपमेयर तर्फ गठबन्धन( माओवादी केन्द्र ) तर्फका रविराज दङ्गालले २२२ र एमाले तर्फका सोममाया थिङ्गले १६९ मत हात पारेका छन ।
वडा नं १३ अध्यक्षमा कांग्रेसका सुर्य घलानकाे २२३ मत र एमालेकाे कमान सिंहले १६७ मतसहित पछ्याउँदै छन् ।
कपिलवस्तुको शिवराज नगरपालिकामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

वडा नम्बर १ को ६०० मतगणना हुँदा मेयरमा राप्रपाले २३४ मत ल्याएको छ ।
उसलाई पछ्याइरहेको नेकपा एमालेले २११ मत ल्याएको छ । त्यस्तै, नेपाली कांग्रेसले ३४ मतका साथ तेस्रो स्थानमा छ ।
हेटौडा उपमहानगरपालिकामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका उम्मेदवारले सुरूआती अग्रता लिएका छन्।
सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी मिनाकुमारी लामाले १०९ मत पाएकी छन्। उनलाई राप्रपा नेपालकोसमेत समर्थन रहेको नेकपा एमालेका अनन्त प्रसाद पौडेलले १०४ मतसहित पछ्याइरहेका छन्।
यस्तै राप्रपाका दीपकबहादुर सिंहले ५४ मत पाएका छन्।
उपमेयरमा पनि गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। नेपाली कांग्रेसका राजेश बानियाँले १३४ मत पाउँदा एमालेका सुमित्रा काफ्लेले १२४ मत पाएकी छन्। यस्तै राप्रपाकी ईन्दिरा न्यौपानेले १७ मत पाएकी छन्।
हेटौंडामा यसअघि नेकपा एमालेले मेयरमा जितेको थियो।
वीरगञ्ज महानगरपालिकामा राजनीतिक दलका प्रतिनिधि समयमा नआउँदा मतगणनामा ढिलाइ भएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि मतगणना सुरु हुन सकेको छैन ।
वीरगञ्ज महानगरपालिकामा ३२ वटा वडाको मत गणना गर्नुपर्नेछ । शुक्रबार सम्पन्न निर्वाचनमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको छ ।



मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधि आउन ढिलो गरेका कारण मतगणना कार्य सुरु गर्न नसकिएको जानकारी दिएको छ । दलका प्रतिनिधिहरु ढिलोगरी आउँदा बिहान ८ बजे राखिएको सर्वदलीय बैठक पनि डेढ घण्टा पछि सुरु भएको थियो ।
सर्वदलीय बैठकले मतगणनामा आउन सक्ने विवाद समाधानका लागि २२ बुँदे निर्णय गरेको थियो । र मतगणना ११ बजेदेखि गर्नेगरी सहमति भएको थियो । तर राजनीतिक दलका प्रतिनिधि नआउँदा मतगणना सुरु गर्न नसकिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

‘बिहान ८ बजे राखिएको सर्बदलीय बैठक पनि साढे ९ बजे मात्रै सुरु गर्न सकियो’ उनले भने, ‘ राजनीतिक दलका प्रतिनिधि साथीहरु आउन ढिलाइ भएकोले मतगणना कार्य सुरु गर्न सकिएको छैन । यसले गर्दा हामीलाई अप्ठेरो भइरहेको छ ।’
दलका प्रतिनिधि आइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना प्रारम्भ भएको सूचना जारी गरेर मतगणना सुरु गर्नेछ । ढिलोमा साढे १२ बजेबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।
राप्रपाले निजगढ नगरपालिकाको मयेर पदमा सावित्री भारतीलाई उम्मेदवार बनाउने भएको छ । उपमेयर पदमा भने सो पार्टीबाट बासु तिमल्सिना उम्मेदवार बन्नु हुने भएको छ ।

त्यसैगरी गरी वडा नम्बर १ बाट प्रकास केसी, २ मा भक्त दर्लामी, ३ सन्तोष कुमार राउत, ४ शेषा सापकोटा, ५ शिव प्रधान, ६ काजीबहादुर अधिकारी, ७ बमबहादुर थापा, ८ मा नरनाथ गौतम, ९ मा पद्मबहादुर श्रेष्ठ, १० मा गोपीलाल जिम्बा, ११ मा तिर्थबहादुर श्रेष्ठ (शंकर), १२ मा मानबादुर गोले, १३ मा ठुलीमाया घलानलाई उम्मेदवार बनाउने निर्णय भएको नगर अध्यक्ष खडकप्रसाद उप्रेतीले बताउनुभयो । पार्टीले वडा नम्बर ९ को दलित महिला सदस्यमा भावना सुनारलाई दलित महिला सदस्यमा उम्मेदवार बनाउने भएको छ । टिकट आइसकेको र कागजपत्र तयार पारेर आईतबार उम्मेदवारी दर्ताको कागजपत्र तयार पारिने र मनोनयन पत्र दर्ता गरिने उहाँले बताउनुभयो ।
यसैबीच राप्रपाले निजगढ ९ मा चुनाव प्रचार सम्पर्क कार्यालयको पनि उद्धाटन गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका पूर्वसदस्य विनोद भारतीले कार्यालयको उद्धाटन गर्नुभएको हो । सोही कार्यक्रममा नेकपा मालेका जिल्ला कमिटीका सदस्य पद्मबहादुर, नेपाली कांग्रेशका काजी बहादुर अधिकारी, संचारकर्मी भावना सुनार, निजगढ ९ की गिता भट्टराई, निजगढ ७ की सरस्वती थापा मगर र निजगढ ११ का तीर्थ बहादुर श्रेष्ठ, जुगु कुँवर लगायत २० जना विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन । नवप्रवेशीलाई नेता विनोद भारती, सावित्री भारती, खडक उप्रेती, बासु तिमल्सिना लगायतले पार्टीमा स्वागत गर्नुभएको छ ।
नजिकिँदै गरेको स्थानीय तहको चुनावसँगै त्यसभन्दा पछाडि हुने संघ र प्रदेशको चुनावका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाबीच छलफल भएको छ।
कर्णालीबाट फर्किने क्रममा एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच बिहीबार राति नेपालगन्जमा भेटघाट भएको हो। उक्त भेटमा समग्र राजनीतिक परिस्थितिसँगै चुनावका विषयमा छलफल भएको थियो।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पाँच दलीय गठबन्धन निर्माण भएपछि एमाले र राप्रपाबीच हुन सक्ने चुनावी तालमेलका विषयमा छलफल भएको राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटाले जनाए।
‘एमाले र राप्रपाबीच चुनावी तालमेलका विषयमा प्रारम्भिक छलफल सुरु भएको छ,’ उनले भने, ‘छलफल सकारात्मक भयो।’ कुनै ठाउँ र क्षेत्र विशेषमात्रै भन्दा पनि देशभरि कसरी चुनावी तालमेल गरेर जान सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भयो।’
उनका अनुसार स्थानीय तहको चुनावमात्र नभइ संघ र प्रदेशको चुनावमा समेत सँगै जाने विषयमा छलफल केन्द्रित थियो। यसभन्दा पहिला पनि एमाले र राप्रपाका दोस्रो तहका नेताहरुबीच चुनावी तालमेलका विषयमा छलफल भइसकेको उनी बताउँछन्।
तर, अध्यक्षसँग यस विषयमा पहिलोपटक छलफल भएको उनले जनाए। ‘एमाले र राप्रपाबीच अब छलफल प्रारम्भिक भएको छ। यसलाई निरन्तरता पाउने छ,’ उनी भन्छन्, ‘सरकार बाहिर रहेका दलहरुबीच चुनावी तालमेल हुनु अस्वभाविक होइन।’
छलफलका क्रममा एमाले अध्यक्षले यस विषयमा पार्टीमा जानकारी गराउने बताएका थिए भने राप्रपा महामन्त्री राणाले पनि चुनावी तालमेलका विषयमा निरन्तर संवाद हुनुपर्ने बताएका थिए। राप्रपाका सहायक महामन्त्री देवकोटाका अनुसार बाँकेका एमालेका नेताहरुले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग राणालाई आग्रह गरेका थिए।
राणा नेपालगन्जका मेयरसमेत हुन्। पाँच दलीय गठबन्धन हुने भएपछि एमाले र राप्रपा एक्लाएक्लै चुनावमा जाँदा कमजोर हुने भित्री मानसिकता छ। गठबन्धनलाई धक्का दिन पनि यी चुनावी तालमेल अपरिहार्य भएको यी दलको बुझाइ छ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा समान विचारधारा भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीबीच एकताको तयारी तीव्र बनेको छ । पछिल्लो केही सातायता दुई पक्षबीच वार्ताको क्रम बाक्लिएको छ ।
राप्रपा उच्च स्रोतका अनुसार छिट्टै एकता घोषणा गर्ने गरी दुई पक्षीय छलफल अघि बढेको छ । जसअनुसार राप्रपाले अन्य पार्टीसँग एकताका लागि बनाएको वार्ता टोलीका संयोजक तथा महामन्त्री डा. धवल शमशेर राणाले विवेकशील साझाका नेताहरूसँग विभिन्न चरणको छलफलमार्फत एकताको मोडालिटीमा मोटामोटी सहमति जुटाइसकेका छन् । यस्तै अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रबीचसमेतको वार्ताले पनि एकतालाई मूर्तरूप दिएको नेताहरूको भनाइ छ ।

दुई पार्टीबीच एजेण्डाको हिसाबले मतभिन्नता नरहेकाले नेतृत्व र संगठनात्मक विषय मिलाएर एकता गर्ने मोटामोटी सहमति भएको छ । पार्टीको नामबारे भने अन्तिम रूप दिन बाँकी रहेको छ । राप्रपा पक्षले अहिलेकै नाम स्वीकारेर एकतामा आउन मिश्रलाई प्रस्ताव गरेको छ । तर, मिश्रले आफूहरूको अपनत्व रहने गरी पार्टी एकता हुनुपर्ने भन्दै राप्रपा साझा वा साझा राप्रपा नाम हुनुपर्ने प्रस्ताव गरेका छन् । तर, चुनाव चिन्ह भने हलो नै स्वीकार्न मिश्र राजी भएका छन् । मिश्रले पार्टीको झण्डामा चाहिँ तराजु हुनुपर्ने माग राखेका छन् । नेतृत्वको विषयमा लिङ्देन मूल अध्यक्ष रहने भए पनि मिश्रको कसरी व्यवस्थापन हुने भन्नेबारे छलफल भइरहेको छ ।

राप्रपाका महामन्त्री भुवन पाठकले दुई पार्टीबीच एकताका लागि छलफल चलिरहेको पुष्टि गरे । उनले पार्टीले बनाएको वार्ता टोली र नेतृत्व तहबीच नै चरणबद्ध रूपमा छलफल भइरहेकाले छिट्टै नतिजा निस्कने रातोपाटीलाई बताए । ‘एकताका लागि वार्ता भइरहेको छ । अहिले यति भनौँ, सकारात्मक छलफल अघि बढिरहेको छ’, पाठकले भने, ‘प्राविधिक विषय मिलाएर हामी छिट्टै अन्तिम रूप दिन्छौँ ।’

वैकल्पिक राजनीतिको लक्ष्यसहित तत्कालीन साझा पार्टी रवीन्द्र मिश्रको नेतृत्वमा उदय भएको थियो । पछि विवेकशील नेपाली दलसँग एकतापछि विवेकशील साझा पार्टीका रूपमा मिश्रको पार्टी सक्रिय रहेको छ ।

यही बीचमा मिश्रले ‘विचारभन्दा माथि देश’ एजेण्डा अघि सारेपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । मिश्रको ल्याएको सो प्रस्ताव अहिले पार्टीमा लागू भएको छ । गत कात्तिकमा बसेको विवेकशील साझा पार्टीको केन्द्रीय कमिटी बैठकले मिश्रको दस्ताबेज ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गरेको थियो ।

जसअनुसार स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग गरिएको छ । सोही बैठकले नै पार्टीलाई बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने निर्णय पनि गरेको थियो । राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने गरी मिश्रले निर्णय गराएका थिए ।

मिश्रको दस्ताबेज पार्टीमा लागू भएपछि पार्टी संयोजक मिलन पाण्डेले विद्रोह गर्दै दुई लाइन संघर्ष चलाएका थिए । एक पक्षले अर्कालाई स्पष्टीकरण सोध्नेसम्मको तहमा पुगेको दुई लाइन संघर्ष हाल पनि कायम छ । तर, बहुमतको बलमा मिश्रले पाण्डेलाई केही महिनापहिले नै साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिसकेका छन् भने अघिल्लो सातामात्रै थप २६ जना केन्द्रीय सदस्यलाई बर्खास्त गरेका थिए । बर्खास्तीमा पर्नेमा बागमती प्रदेश सभा सदस्यसमेत रहेका पार्टीका नेता रमेश पौड्याल समेत रहेका छन् ।
सो पार्टीको जानकारी अनुसार पार्टीका कुनै पनि कार्यक्रममा सरिक नहुने, केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित हुने र कतिपयले समानान्तर गतिविधि र लेबीसमेत नतिरेकोले हटाइएको दाबी गरेको छ। यसरी पदमुक्त हुनेमा प्रदेश सांसद रमेश पौड्यालसहितथ केशव दाहाल, अनुषा थापा, आशुतोष तिवारी, पुकार बम, हरिशप्रसाद भट्ट, रविना अम्गाईं, सुरेश भट्ट र सुदन मानन्धर रहेका छन् ।
यस्तै नेताहरू सुरेश अर्याल, सिर्जना खड्का, सरोज गौतम, शिशिर बन्जारा, विमल तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, कमलेश्वर पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, भरतराज पन्त, धर्म मानन्धर, मनिष खनाल, मुना अधिकारी, भुपदेव शाह पनि बर्खास्तीमा परेका छन् ।
बर्खास्तीमा पर्नेहरू गणतन्त्र पक्षधर हुन् भने अधिकांश पूर्व विवेकशील पृष्ठभूमिका हुन् । यस्तै पार्टीभित्र अन्तर्विरोध चर्किँदा चर्चित नेतृ रञ्जु दर्शनाले पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।
हाल पार्टीमा रवीन्द्र मिश्र निकटस्थहरू मात्र बाँकी रहेको सो पार्टीले अन्ततः राप्रपासँग चुनावअघि एकता गर्ने गरी तयारी गरेको हो । यस विषयमा मिश्रको प्रतिक्रिया लिन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । केही दिनअघि सञ्चारमाध्यममा मिश्र राप्रपा प्रवेश गर्ने समाचार आएको थियो । जसलाई उनले खण्डन गरेका थिए । वैकल्पिक राजनीति गर्ने उद्घोषका साथ सञ्चारकर्मबाट राजनीति कर्ममा होमिएका उनी विभिन्न उतारचढाव झेल्दै अहिलेको ठाउँमा आइपुगेका हुन् ।
यता गत फागुनमा महाधिवेशन गरेको राप्रपा पार्टीबाट कमल थापा बाहिरिएसँगै मिश्रलाई पार्टीमा भित्र्याउँदै त्यसको क्षतिपूर्ति गर्ने रणनीतिमा छ । महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै कमल थापाले पार्टी परित्याग गरेर हाल राप्रपा नेपाल बनाएका छन् । कतिपय नेता कार्यकर्ता कमल थापाको पछि लागेसँगै अध्यक्ष राजेन्द्र लिङ्देन जनमत आफूतिरै कायम राख्न प्रयासरत रहेका छन् । त्यसैले लिङ्देनले समानविचारधारा भएका दल तथा संघसंस्थासँग एकता गर्ने नीति नै लिएका छन् भने पार्टीको पहिलो केन्द्रीय समिति बैठकबाट महामन्त्री राणाको संयोजकत्वमा वार्ता समिति बनाएका थिए । सोही समितिले भ्रष्टाचार विरोधी छवि बनाएका ज्ञानेन्द्र शाहीलगायतलाई पार्टीमा भित्र्याएको थियो ।
गत पुस १६ मै राप्रपा र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकता वार्ताको थालनी भएको थियो । त्यतिबेला अध्यक्ष लिङ्देनलगायतका नेताहरू मिश्रलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यतिबेला दुवै नेता थप छलफल गरेर अघि बढ्ने विषयमा सहमत भएका थिए ।
पछिल्लो पटक भने दुई पक्षबीच गत आइतबार वार्ता भएको थियो । सोही वार्ताबाट दुवै पक्ष एकता नजिक पुगेका हुन् । अब केही प्राविधिक विषय टुङ्ग्याएर एकता हुने बताइएको छ । ‘दुई पार्टीबीच एकता छिट्टै हुन्छ । स्थानीय तहको चुनावमा दुई पार्टी एउटै पार्टी भएर चुनावमा जाने निश्चित जस्तै छ’, राप्रपाका एक नेताले भने ।
सबल र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ राप्रपाले सनातन हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उदारवादलाई मुख्य एजेण्डा बनाउँदै आएको छ ।
सर्लाही | लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवा आश्रममा आश्रीतहरुलाई आज आईतवार पनि मिष्ठान्न भोजन खुवाईएको छ ।
स्वर्गिय माता भक्त कुमारी नेपालको ४६ औँ बार्षिक पुण्य तिथीको अवशरमा छोरा बुहारीहरु कृष्ण प्रसाद नेपाल, राधादेवी नेपाल, मदन नेपाल र साबित्रा नेपालले आश्रममा मिष्ठान्न भोजन खुवाएका हुन ।

आत्मज्ञान प्रचार संघको जिल्ला सह–संयोजक एवं संचारकर्मि समेत रहनुभएका मदन नेपालले आमाको बार्षिक श्राद्धको पुण्य तिथीमा पुण्य आर्जन गर्ने उद्देश्यले आश्रममा आश्रीत बृद्ध बृद्धा एवं केटाकेटिलाई एक छाक भोजन गराईएको बताउनुभयो ।
यसैबिच शान्तिदुत प्रेम रावतको शन्देस प्रचार प्रशार गर्ने संस्था आत्मज्ञान प्रचार संघ लालबन्दीको तर्फबाट आश्रमका संरक्षक समेत रहनुभएका वासुदेव कोईरालालाई पुस्तक हस्तान्तरण गरीएको छ । भोजन ग्रहण पश्चात भिडियो प्रदर्शनी कार्यक्रम गरि पुस्तक हस्तान्तरण समेत गरिएको हो ।

प्रेम रावतद्वारा लिखित हिअर योरसेल्फ नामक पुस्तक हस्तारण गरिएको सह–संयोजक नेपालले बताउनुभयो । पुस्तक ग्रहण गर्दै कोईरालाले लामो समयदेखि प्रेम रावतको बारेमा सुन्दै आएको र ४ बर्षकै उमेरदेखि ज्ञान बाँड्न थाल्नुभएका ब्यक्तिद्वारा लिखित पुस्तक प्राप्त गरेकोमा खुसि ब्यक्त गर्नुभएको थियो ।
हाल ४८ जना आश्रीत रहेका बृद्धसेवाश्रममा हरेक दिनजसो बिभिन्न ब्यक्ति तथा संस्थाले कार्यक्रम गर्ने र भोजन खुवाउँदै आएका छन ।