सिन्धुली – राजनीतिक दलहरु स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन् ।
यसरी कार्यक्रम गरिरहँदा विशेषगरी माओवादी केन्द्र र राप्रपाको हैसियतमा फेरबदल आएको देखिन थालेको छ । माओवादी केन्द्रको कार्यक्रममा भन्दा राप्रपाका कार्यक्रममा नागरिकको साथ देखिएको छ । दुवै दलले दैनिकजसो कार्यक्रम गरिरहेका छन् । तर, माओवादीको कार्यक्रममा भन्दा राप्रपाका कार्यक्रममा बढी जनताको सहभागिता देखिएको हो ।
साविक नेकपा र एमाले विभाजनले माओवादीलाई नकारात्मक प्रभाव पर्दा नयाँ नेतृत्व पाएको राप्रपाप्रति जनताको विश्वास बढेको देखिन्छ । गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेपछि राप्रपाप्रति जनताको विश्वास र भरोसा बढेको देखिन्छ ।
यता साविक नेकपा र एमाले विभाजनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका रहेको आरोप खेपेको माओवादीले जनमत गुमाउँदै गएको शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमले एकहदसम्म पुष्टि गर्छ ।
शनिबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा माओवादी केन्द्र र राप्रपाले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको थियो । तर, माओवादीलाई भन्दा राप्रपालाई सिन्धुलीवासीले साथ दिएको देखियो । सिन्धुलीमा हरिबोल गजुरेलजस्ता नेता पाएको माओवादीले अध्यक्ष प्रचण्डको प्रमुख उपस्थितिमा सदरमुकाममा आयोजना गरेको कार्यक्रम एउटा हलमा सीमित हुनुले उसको हैसियत प्रष्ट भएको हो ।
सोही समयमा राप्रपाले भने सिन्धुलीमाडीकै खुलामञ्चमा कार्यक्रम ग¥यो । खुलामञ्चमा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आयोजित राप्रपाको कार्यक्रममा जनताको ठूलो सहभागिता रहँदा एउटा हलमा आयोजित प्रचण्ड सहभागी कार्यक्रम सुनसानझैँ देखिन्थ्यो । माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् ।कार्यक्रममा अधिकांश माओबादीका कार्यकर्ताहरु माओबादी परित्याग गरि राप्रपा प्रवेश गरेका छन् |कायक्रमको बिचमा सिन्धुलीमा माओबादीका पुर्ब कमान्डर आत्माराम बिक माओबादी प्रबेश गरेका छन् |
राप्रपाकी केन्द्रीय सदस्य बिन्दा गिरीले बताए अनुसार राप्रपाको सिन्धुलीमा आयोजित कार्यक्रमले राप्रपालाई थापा उर्जा थपेको छ | उनले भनेकी छिन् – ” प्रचण्ड यहाँ आएकै दिन सिमित संख्यामा हाल भित्र रहे , तर राप्रपाले भने हजारौंको संख्यामा खुल्लाचौरमा बिशाल जनसभा गर्यो , कांग्रेस र कम्युनिस्ट परित्याग गरि सयौं जना राप्रपा प्रबेश गर्नुभयो | यसले पनि राप्रपाप्रती नागरिकको बिश्वास र आस्था बढ्दो छ भन्ने कुरालाई प्रमाणित गर्दछ जुन कुरालाई हामी आगामी निर्बाचनमा शक्तिको रुपमा प्रयोग गर्दछौं |
सर्लाही | विश्वको सबै भन्दा खुशी देशहरुको सूची सार्वजनिक भएको छ ।
विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड छ भने दक्षिण एसियामा नेपाल रहेकाे छ । सूचीअनुसार अफगानिस्तान विश्वकै सबै भन्दा दुःखी देश बनेको छ । विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड परेको छ ।
https://worldhappiness.report/ed/2022/happiness-benevolence-and-trust-during-covid-19-and-beyond/
वल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित गरेको हो । वल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबै भन्दा खुशी देश बन्न सफल भएको हो।
प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणा जस्ता विभिन्न तत्वका आधारमा विश्व खुशी प्रतिवेदनले १ सय ५० देशलाई क्रमबद्ध गर्दछ । सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् ।
स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने न्युजिल्यान्ड दशौँ स्थानमा छ। दक्षिण एसियामा नेपाल खुशी हुने देशको शीर्ष स्थानमा रहेको छ । नेपाल सूचीको ८४ औँ स्थानमा छ ।
भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६ औँ स्थानमा छ भने भारत १३६ औँ स्थानमा छ।
चीन भने नेपाल भन्दा खुशी देशमा परेको छ। चीन ८२ औँ नम्बरमा रहेको छ ।
सर्लाही | बिवादका कारण करिव ५ बर्षदेखि नयाँ कार्यसमिती चयन हुन नसकेको पत्थरकोटमा रहेको एक सामुदायिक बनमा आज (शनिवार) नयाँ कार्यसमिती चयन गरिएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका १३ मा रहेको पञ्चकन्या सामुदायिक बन उपभोक्ता समुहको कार्यसमिती चयन गरिएको हो ।
वडाध्यक्ष शिवकृष्ण बैद्यको अध्यक्षता एवं सव डिभिजन बन कार्यालय लालबन्दी अन्तरगत रहेको पत्थरकोट ईकाइ बन कार्यालयका ईन्चार्ज (बन प्राबिधिक) अमृत सापकोटाको प्रमुख आतिथ्यतामा पत्थरकोटको बर पीपल चौतारीमा बसेको भेलाले नयाँ कार्यसमिती चयन गरेको हो ।
भेलाले लाल बहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यिय कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा चन्द्रदेव श्रेष्ठ, सचिवमा गोपिलाल श्रेष्ठ, सह–सचिवमा अर्जुन बिश्वकर्मा, कोषाध्यक्षमा भुवनेश्वरी रखाल सहित अन्यलाई सदस्यमा चयन भएका छन ।

प्रहरी चौकी पत्थरकोटका हवल्दार उत्तम न्यौपाने, मदन आश्रीत सामुदायीक बनका अध्यक्ष उदय बहादुर श्रेष्ठसहित स्थानिय उपभोक्ता, पुर्व पदाधिकारी लगाएतको उपस्थितीमा बिवादका बिच सफलतापुर्वक नयाँ कार्यसमिती चयन गरिएको डाध्यक्ष बैद्यले बताउनुभयो ।
सर्लाही | प्रेम र सद्भावको रङ्गिन पर्व होलि तथा मुस्लिम समुदायको शबे-बारात पर्वको शुभ अवसरमा बिहीबार ब्रह्मपुरी गापाको वडा नं. १, २ र वडा नं. ७ मोहनगंजमा जनता समाजवादी पार्टी, नेपालद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका शिर्ष नेता एवं संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले जसपा पार्टी जनताको जनअधिकार प्राप्ति, रक्षा, जनताको विकास र समृद्धिको लागी निर्माण भएको देशकै ठुलो वैकल्पिक पार्टी भएको बताउनु भएको छ ।
उहाँले तोकिएकै मितिमा स्थानीय तहको चुनाव हुने र त्यसका लागि तत्काल तयारीमा जुट्न स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । पार्टी एकढिक्का भएर चुनावमा होमिएको समेत उहाँको भनाइ छ ।
फरक प्रशंगमा मन्त्री यादवले मलखादको समस्या अन्तर्राष्ट्रिय समस्या भएको बताउँदै रसायनिक मल आपूर्तिका लागि नेपाल सरकार र भारत सरकारवीच आगामी पाँच वर्षका लागि जि टु जि विधिवाट मल खरिदका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको र थप प्रकृयालाई मन्त्रालयले प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनुभयो ।
भाइचारा, मेलमिलाप, प्रेम र सद्भावको रङ्गिन पर्व होलि तथा मुस्लिम समुदायको शबे-बारात पर्वको अवसरमा सम्पुर्ण जनसमुदायमा शुभकामना व्यक्त गर्दै मन्त्री यादवले सामाजिक सद्भावमा कुनै प्रकारले खलल नपुग्ने गरि सौहार्द्पुर्ण वातावरणमा पर्व मनाउन स्थानीय जनताहरुसँग अपिल गर्नुभयो ।
मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता जसपा नेता सुनिल साहले गरेका थिए । कार्यक्रममा मधेस प्रदेशका पुर्व उध्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, पार्टीका जिल्ला अध्यक्ष बिरेन्द्र राय, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, पत्रकार र आम जनसमुदायको उपस्थिती रहेको थियो ।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्थानीय तहको निर्वाचनकेन्द्रित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले यो निर्णय गरेको छ । जसअनुसार जनजागरण, आफ्नो टोलमा पुगौँ, घरदैलो अभियान र जनताको माझमा राप्रपा कार्यक्रम छन् ।

चैत २८ गते देशका सबै जिल्लाका सदरमुकाममा एकैदिन जनताको माझमा राप्रपा, घरदैलो अभियानको शुभारम्भ गरिनेछ ।
त्यस्तै, बैठकले पार्टीको स्थानीय तह निर्वाचन निर्देशिका २०७८ पारित गरेको छ ।
केन्द्रीय तहमा र प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा स्थानीयतह निर्वाचन परिचालन समिति गठन गर्ने पनि निर्णय गरिएको छ ।
राप्रपाले स्थानीय तहको निर्वाचनका उमेदवार छनौट गर्दा सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिकचरित्र भएको, सामाजिक क्षेत्रमाक्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको, विगतका निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारका पक्षमा सक्रियतापूर्वक कार्य गरेको, पार्टीद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रम, अभियान र आन्दोलनलगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिबद्धता हुनुपर्ने मापदण्ड तय गरेको छ ।
राप्रपाले विभिन्न जिल्लाको केन्द्रीय प्रतिनिधि पनि तोकेको छ ।
जसअनुसार विक्रम पाण्डे झापा, राजेन्द्र गुरुङ्ग उदयपुर, रविन चाम्लिङ्ग सोलुखुम्बु, अर्जुन राई ओखलढुङ्गा, राम थापा मोरङ्ग, भक्ति प्रसाद सिटौला इलाम, गोपाल प्रसाद पौडेल पाँचथर, हरि प्रसाद घिमिरे तेर्हथुम, सगुनसुन्दर लावती ताप्लेजुङ्ग, गोपाल दाहाल धनकुटा, प्रल्हाद प्रसाद साह सुनसरी, पदम बहादुर तामाङ भोजपुर, दिनेशकुमार साह संखुवासभा, मोहनप्रसाद यादव धनुषा, शत्रुघन महासेठ सप्तरी, रामप्रताप साह (भोला) रौतहट, मनोज मल्ल ठकुरी महोत्तरी, भरत गिरी सर्लाही, विरेन्द्रप्रसाद लाल कर्ण सिराह, राजनारायण प्रसादसाह पर्सा, किशोर बहादु कार्की बारा, बुद्धिमान तामाङ नुवाकोट, रोशन कार्की काठमाडौं, भुवन पाठक भक्तपुर, प्रकास रिमाल धादिङ्ग, विक्रम बहादुर थापा ललितपुर र रविन्द्रप्रताप शाह सिन्धुपाल्चोक छन् ।
त्यस्तै, दिपककुमार राई रसुवा, भरतप्रसाद पाठक दोलखा, रेखा थापा चितवन, रिना गुरुङ्ग मकवानपुर, प्रविणकुमार थोकर रामेछाप, हेमजंग गुरुङ्ग नवलपुर, डा. महेन्द्र बहादुर कार्की गोरखा, मोहन श्रेष्ठ तनहुँ, भिम प्रसाद गौचन बाग्लुङ्ग, रामराजा कोइराला लमजुङ्ग, पञ्चराम गुरुङ्ग कास्की, हिक्मतजंग कार्की अर्घाखाँची, ध्रुब बहादुर रायमाझी गुल्मी, निलकण्ठ काफ्ले नवलपरासी, प्रदिप कुमार उदय कपिलवस्तु, मेनुका खाँड के.सी. स्याङजा, प्रेम बहादुर भण्डारी बर्दिया, डा. धवल शम्शेर राणा दाङ, गीता बस्नेत बाँके, दिपक कुवँर क्षेत्री म्याग्दी, धन बहादुर बुढा जुम्ला, ज्ञानेन्द्र शाही कालिकोट, मुकुन्द श्याम गिरी दैलेख, कुन्ती कुमारी शाही सुर्खेत, धनसुर शाही जाजरकोट, जनक बहादुर सिंह रुकुम पश्चिम, धर्मराज जोशी कैलालाी, जयन्त चन्द कञ्चनपुर, तीर्थराज चटौत दार्चुला, पूर्ण बहादुर चन्द बैतडी, बसन्ती शाही अछाम, प्रेम बलायर डडेल्धुरा, गोविन्द खडायत डोटी, विजय खडका सिन्धुली, उदय पोखरेल पर्वत, ऋषिराज देवकोटा सल्लान, मिना स्वर्णकार रुकुम पूर्व, दामोदर भण्डारी रोल्पा, ध्रुब बहादुर प्रधान रुपन्देही, भरत चन्द पाल्पा, देवी पौडेल घिमिरे प्यूठान, जेम्स हिराचन मुस्ताङ र भुजुङ गुरुङ्ग मनाङ छन् ।
बलिउड अभिनेता अक्षय कुमारले आउँदो शुक्रवारबाट प्रदर्शन आउने आफ्नो फिल्म ‘बच्चन पाण्डे’ हेरेर मनोरञ्जन लिन नेपाली दर्शकलाई अपील गरेका छन्।
अक्षयकुमार फ्यान्डम नेपाल नामक फेसबुक पेजबाट विहान सार्वजनिक भिडियो सन्देशमा अक्षयले आउँदो फिल्मले भरपुर मनोरञ्जन प्रदान गर्ने उल्लेख गरेका छन्।
मेरो यो फिल्मलाई तपाई आफू आफ्ना साथी तथा परिवारहरूसँग हेर्न आग्रह गर्दछु। यो फिल्म राम्रो बनेको छ। पूर्णरुपमा कमर्सियल छ। तपाईलाई भरपुर मनोरञ्जन दिनेछ। धन्यवाद नेपाल।’
फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याक्लिन फर्नान्डेज, अर्शद वार्सी, बबी देबल, रितेश देशमुखलगायत कलाकारको अभिनय रहेको छ।
‘बच्चन पाण्डे’ १८ मार्च (भोलि) नेपालका हलहरूमा लाग्दैछ।
सर्लाही | लालबन्दी नगरपालिकाले बुधवार एक सुचना जारी गर्दै भोली बिहिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले आफ्नो अधिकार प्रयोग गरी बर्षमा ३ दिन बिदा दिन पाउने नियम अन्तर्गत भोली (बिहीबार) बिदा दिने निर्णय गरेको नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनुभयो ।
पर्सि ४ गते (शुक्रबार ) तराई होलीका दिन प्रदेश बिदा अन्तर्गतको बिदा परेकोले भोली मात्रै नगरपालिकाले बिदा दिएको हो ।
यसैबीच नगर प्रमुख खड्काले फागु पुर्णिामा अर्थात होलीको अवसरमा शुभकामना दिनु भएको छ । उहाँले रंगिन पर्व होलीको अवसरमा सम्पुर्ण लालबन्दी नगरवासी सङ्गै सबै नेपालीलाई शुभकामना दिनुभएको हो ।

उहाँले होली मनाउने नाउँमा उछृङ्खल गतिविधि नगर्न र सभ्य भएर होली मनाउन आग्रह गर्नुभयो ।
नगर प्रमुख खड्काले कसैको इच्छा बिपरित रंग नदल्न र जबर्जस्ती नगर्न अनुरोध गर्नुभयो ।
सर्लाही | सरकारले १ लाख जना म्यादी प्रहरी माग गरेको छ । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो ।
जसमा माग पद संख्या १ लाख जना रहेको जनाइएको छ । चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले सूचनामा जनाएको छ । तोकिएको मितिभित्र विहान १० बजेदेखि ५ बजेसम्म दरखास्त दिन सकिने छ ।
त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ।

एजेन्सी | सलादको सेवनले शरीरलाई धेरै फाइदा हुन्छ । यो भिटामिन, खनिज र फाइबर जस्ता आवश्यक पोषक तत्वहरूले भरिएको हुन्छ । यसलाई खाएमा तपाई स्वस्थ रहनुहुन्छ । आज हामी हरियो सलादको बारेमा कुरा गर्दैछौं । यसलाई बनाउनको लागि हरियो पातहरू पालक, बन्दागोभी, काँक्रो जस्ता तरकारीहरू प्रयोग गरिन्छ । यसमा क्याप्सिकम, गाजर, टमाटर र प्याज पनि मिसाइन्छ । तपाईं सजावटको लागि धनिया पातहरू पनि थप्न सक्नुहुन्छ । कसरी बनाउने हरियो सलाद ? आज हामीले यहाँ चर्चा गरेका छौँ ।
हरियो सलाद खानुका फाइदाहरू
पेटको लागी राम्रो : हरियो सलादमा काँक्रो पनि पर्दछ। यसमा भिटामिन ए, बी१, बी६, सी, आइरन र पोटासियम पाइन्छ । साथै, ९० प्रतिशत पानी पाइन्छ । यसलाई हरियो सलादको भाग बनाउनुहोस् । यसले पेटको समस्याबाट राहत दिन्छ र शरीरमा पानीको कमी हुन दिँदैन ।
थकान हटाउन : बन्दागोभी, पालकजस्ता पातदार तरकारीबाट बनेको सलादको सेवनले थकान हटाउँछ । यसमा भिटामिन बी १२ को गुण प्रशस्त हुन्छ, जसले थकान हटाउनुको साथसाथै तपाईको मुडलाई पनि राम्रो बनाउँछ ।
कब्जियतबाट छुटकारा : हरियो सलादमा पाइने फाइबरले कब्जियत हटाउन मद्दत गर्छ । यसले पेट राम्रोसँग सफा गर्छ र ग्यासको समस्या पनि झेल्नु पर्दैन ।
आँखाका लागि फाइदाजनक : गाजरलाई सलादको भाग बनाउनुहोस् । यसमा बिटा क्यारोटिन नामक भिटामिन हुन्छ । यसले दृष्टि सुधार गर्छ । यसमा एन्टिअक्सिडेन्ट गुण पनि प्रशस्त हुन्छ जसले मधुमेह, क्यान्सर जस्ता गम्भीर रोगबाट बचाउँछ ।
हरियो सलाद कसरी बनाउने ?
आवश्यक सामग्री :
१. बन्दगोबी, पालक (मसिनो काटिएको)
२. शिमला मिर्च (लामो काटिएको)
३. गाजर (मसिनो काटिएको)
४. काँक्रो (मसिनो काटिएको)
५. ब्रोकाउली
६. टमाटर र प्याज (साना टुक्रामा काटिएको)
७. हरियो धनिया (मसिनो काटिएको)
८. नुन (आफ्नो स्वाद अनुसार)
९. कालो मिर्च र दही
हरियो सलाद बनाउने तरिका
हरियो सागसब्जी र अन्य तरकारीहरू सफा पानीले राम्ररी धुनुहोस् । माथि वर्णन गरे अनुसार तिनीहरूलाई काट्नुहोस् । कालो मिर्च, नुन, मह, दही र भिनेगरलाई मिक्सरमा पिस्नुहोस् । यसो गरेपछि काटेको गाजर, ब्रोकाउली, सिमी, बन्दागोभी, पालक, टमाटर, प्याज, काँक्रो र क्याप्सिकमलाई फ्रिजमा राख्नुहोस् । अब कालो मिर्च, नुन, मह, दहीको पेस्टमा सबै तरकारीहरू मिलाउनुहोस् । अब मसिनो पारेर काटेको धनियाँ राखेर मिक्स गर्नुहोस् | वेबटिभिखबरको सहयोगमा …
युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ । राती बिहीबारदेखि ३५ घन्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानाकारी दिएका छन् ।
रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु घोषणा गरिएको हो ।
सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ । मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।