काठमाडौं | आईसीसी विश्वकप लिग टु क्रिकेट अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दै छ।
युएईमा नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ।
नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको छ। दुबै खेलमा नेपालले जित निकालेको छ। जसको कारण पनि नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ। लिग टु मा नेपालले ८ खेलमा ८ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ।
नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ। यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ। नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ।
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीमा विभिन्न दल परित्याग गरी प्रवेश गर्ने क्रम बढ्दो छ। पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा एक कार्यक्रमका बिचमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ७ का नेकपा माओवादी केन्द्र स्थानिय चुनाब वडा अध्यक्ष उम्मेदवार श्याम कृष्ण श्रेष्ठ ‘नायजु’सहित २० जना राप्रपामा प्रवेश गरे।

नवप्रवेशीहरुलाई स्वागत गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ” हामी सबै मिलेर देश बनाउने, बचाउने जिम्मेवारी पुरा गर्नुछ । यसमा तपाइहरुको सक्रिय सहभागिता रहने बिश्वाश लिएको छु। तपाइहरुको यो बिश्वास मर्न दिने छैन, कुठाराघात गर्ने छैन। तपाइहरुले सहज ढंगबाट काम गर्न पाउने बातावरण बनाउनेछु।”
श्रेष्ठसंगै माओवादीबाट प्रवेश गर्नेमा माओवादी केन्द्र वडा सल्लाहकार गौतम काफ्ले, वडा पार्टी सचिब भरत प्रसाद काफ्ले, सानो भाइ गुरुङ, घनश्याम काफ्ले छन। यस्तै दिनेश खड्का, बिदुर लामिछाने, राम गुरुङ, कर्म गुरुङ रहेका छन।
पार्टी प्रवेश गर्नेहरुमा कांग्रेस तरुण दल वडा सचिब सबिन कार्की र एमालेबाट उमा कार्की, रमा कार्की, कल्पना गिरि रहेका छन।
काठमाण्डाै | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्नु नपर्ने बताउनु भएको छ ।
आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले आफूले पूरै गीत हेर्न नभ्याए पनि मिडियाबाट थाहा पाएको भन्दै गीतलाई लिएर कोही आवेगमा आउन नपर्ने बताउनु भएको हो ।
शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भनियो भने गलत हुने तर सशस्त्र द्वन्द्वका विषयमा केही टिप्पणी भने गर्न सकिने उहाँको भनाइ छ ।
सशस्त्र द्वन्द्वका विषयमा बहस भइरहने भएकाले यसबारे हुने तर्क/वितर्क, पक्ष/विपक्षलाई स्वाभाविक रूपले लिनुपर्ने प्रचण्डको भनाइ छ । प्रकाश सपुतको गीतले जनयुद्धको अवमूल्यन गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले विरोध गरिरहेको बेला प्रचण्डको यो भनाइ आएको हो ।
सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति आपत्ति जनाउँदै माओवादीका जनवर्गीय सङ्गठनका केही नेताले गीतको म्युजिक भिडियो युट्युबबाट हटाउन चेतावनी पनि दिएका छन् ।
शपुतको बहुचर्चित र युट्युवको ट्रेन्डिङ १ मा रहेको गीत हेर्नुस् त
सर्लाही | अमेरिका र फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको छ । कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरेको छ ।
‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् । गत मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यहि भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको थियो ।
हालसम्म दुई अमेरिकी नागरिकमा डेल्टाक्रोन संक्रमण देखिएको र अन्य धेरैमा योसँग मिल्दोजुल्दो लक्षण देखिएको स्काई न्युजले लेखेको छ ।
गत महिना बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले एक जना बेलायती नागरिकमा डेल्टा र ओमिक्रोन दुवैको लक्षण देखिएको बताएको थियो । ईकान्तिपुरबाट…
सर्लाही | रौतहटका पत्रकार संजय मिश्रा प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा चयन हुनु भएको छ ।
चौतारीको पोखरामा सम्पन्न नवौँ अधिवेशनबाट मिश्रा केन्द्रिय सदस्यमा चयन हुनु भएको हो । मिश्रा कटहरिया नगरपालिकामा रहेको कटहरिया एफ.एम.का प्रमुख सँगै रातोपाटी डट कम, टुडे एक्सप्रेस राष्ट्रिय दैनिक लगायतमा आबद्ध हुनुहुन्छ ।
पत्रकार मिश्रा निडर र हक्कि पत्रकारका रुपमा परिचित हुनुहुन्छ ।
काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।
स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको हो । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको हो ।
योसँगै २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि प्रहारी प्रधान कार्यालयले ४० दिनका लागी म्यादी प्रहरीलाई भर्ना गर्ने तयारी गरेको छ । चैतको पहिलो साता दरखास्त आह्वान गर्नेगरी तयारी भइरहेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताउनुभयो । म्यादी प्रहरीले जवान सरह तलव र रासन बापत थप ७ हजार पाउँने उहाँले जानकारी दिनुभयो ।
एसएसपी केसीका अनुसार चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २ सय ८० रुपैयाँ तलब पाउँछन् । रासन बापत उनीहरुलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । उनीहरुले ६ हजार बराबरको लत्ता कपडा र १ हजार गाडी भाडा पाउँछन् । दुई जोर जुत्ता, मोजा, झुल र स्ल्पिङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । रासन र कपडा सहित एकजना म्यादी प्रहरीका लागी राज्य कोषको ४४ हजार ४ सय ८० रुपैयाँ खर्च हुन्छ ।
म्यादी नियुक्ति गर्ने मापदण्ड गृह मन्त्रालयबाट स्विकृत हुन भने बाँकी छ । सो मापदण्ड स्विकृत भएपछि दरखास्त लिएर चैत २८ बाट म्यादी नियुक्त गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादी प्रहरी २०७९ वैशाख ३० मा चुनाव भएपछि थप एक साता सेवामा रहन्छन् ।
सर्लाही | नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी हुनुभएको छ ।
आइतवार राति अबेर सम्पन्न मतगणनामा सिंहले १ हजार ७५८ मत ल्याउनुभएको छ । उहाँका प्रत्यासी संस्थापनइतरका लक्ष्मण रायले रायले १ हजार ३७८ मत पाएका प्राप्त गर्नुभयो ।
उपसभापतिमा संस्थापन पक्षका डा. सरोज कुमार ‘राजु’ १ हजार ७६४ र संस्थापनइतरका नवीन अधिकारी १ हजार ४९३ मतका साथ विजयी हुनुभएको छ । उपसभापतिमा पराजित संस्थापन पक्षका शेख सदुल्लाहले १ हजार ४७४ र इतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गर्नुभयो ।
त्यस्तै‚ सचिवमा संस्थापन पक्षका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी हुनुभएको छ । संस्थापनइतरबाट सचिवका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र पाउनुभएको थियो ।
सहसचिवमा संस्थापन पक्षकै इन्द्रबहादुर योञ्जन १ हजार ७११ र सुनिलकुमार कुशवाहा १ हजार ५७९ मतसहित विजयी हुनुभयो । इतरका सूर्यबहादुर खड्का १ हजार ३६५ र दिनेश मिश्रले १ हजार २३७ मत पाउनुभएको छ ।
आइतबार राति नै जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले विजयी सभापति सिंहसहित पदाधिकारीलाई बधाइ दिनुभएको थियो ।
नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुटउपगुट तथा कसैलाई काखा र कसैलाई पाखा नगरी एकढिक्का बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चुनावमा जम्मा ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो ।
सर्लाही | स्थानिय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकासका लागी शनिवारबाट हरिवनमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
आइफीएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग, अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा माण्डवीको आयोजनामा हरिवन स्थित सम्राट होटलको सभाहलमा प्रशिक्षण सूरु भएको हो । प्रशिक्षणमा बागमती नगरपालिकाका १८ जना निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।
माण्डवी सर्लाही शाखाका कार्यक्रम अधिकृत मनिल क्षेष्ठको अध्यक्षतामा सुरु कार्यक्रममा महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमताको विकास गर्दै अझ बढि आत्मविश्वासी महशुस गराउन र आफ्नो भुमिकालाई प्रभावकारी ढंगबाट निवार्ह गर्न टेवा पुर्याउने उद्देश्य रहेको बताईको छ ।
चैत्र १ गत्तेसम्म चल्ने प्रशिक्षणको सहजिकरण माण्डवीकी प्रशिक्षकद्वय बनिता कार्की र समिर कुमार यादवले गर्नेछन् ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहले आफुहरु जिम्मेवारीको नेतृत्वमा रहँदा र आउँदो स्थानिय निर्वाचनमा महिलाको समान पहुच स्थापित गर्न तालिम अर्थपुर्ण हुने भन्दै खुशी प्रकट गरेका छन् ।
यसअघि पनि संस्थाले हरिवन नगरपालिकाका महिला जनप्रतिनिधिहरुका लागी पनि यो तालीम प्रदान गरिसकेको छ ।
सर्लाही | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सर्लाहीको लालवन्दी नगरपालिका वडा नम्वर १५ र १६ को लागि पार्टी कार्यालय संचालन गरेको छ ।
वडा नम्बर १६ स्थित परवानीपुरमा कार्यालय उद्घाटन गरि संचालन सुरु गरिएको पार्टी जिल्ला प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
पार्टी कार्यालयको उद्घाटन पार्टीका जिल्ला सचिव गोविन्द अधिकारीले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा पार्टी सहसचिव उद्धव पाठक एवं लिलादेवी कोइराला, नगर अध्यक्ष राजन काफ्ले, सचिव राज तमाङ, वार्ड कमिटी अध्यक्षहरु जग वहादुर कार्की एवं लोकवहादुर खड्का, चन्द्र वहादुर वाईवा लगायतको उपस्थिती थियो ।
क्षितिज बिश्वकर्मा, सर्लाही | बागमतीमा हुने छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिता चैत्र पहिलो साताबाट सुरु हुने भएको छ । मधेश प्रदेशकै ठूलो धनराशीको राजर्षि जनककप फूटवल प्रतियोगिता बागमती नगरपालिका– ११ कर्मैया स्थित स्वर्गीय संतोष स्मृति खेल मैदानमा आउँदो चैत्र २ गतेबाट सुरु हुने बिहिवार पत्रकार सम्मेलनमार्फत जानकारी गराईयो ।
प्रतियोगितामा आयोजक बागमती नगरपालिका र बागमती युवा क्लब समेत गरी १२ वटा क्लबले सहभागिता जनाउने छन् । जसमा एक विदेशी क्लब समेत रहेका क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा आयोजक बागमती युवा क्लबको एउटा टिमसँगै नेपाल पुलिस क्लब, एपिएफ, हिमालयन शेर्पा, एन.आर.टी., सुदूरपश्चिम–११, धनगढी, बिएफसि–११ चितवन, मनाङ्ग मस्र्याङ्दी क्लब, मच्छिन्द्र फूटवल क्लब, अभेनिएर फूटबल कलव क्यामेरुन, जन जागृति युवा क्लब सीमरा र पिप्ले यूथ क्लब हेटौंडाले सहभागिता जनाउँदै छन् ।
८० लाख रुपैंया बढी लागत अनुमान गरिएको प्रतियोगिताको बिजेता टिमले नगद १० लाख प्राप्त गर्नेछ, भने उपबिजेताले ५ लाख हात पार्नेछ ।
हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैंया प्रदान गरिने आयोजक क्लबले जनाएको छ ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने बागमती नगर भित्रका एक खेलाडीलाई प्रोत्साहन स्वरुप ‘बागमती राईजीङ अफदि ईयर प्लेयर्स’ घोषणा सहित एक थान मोटरसाईकल प्रदान गरिने समेत प्रतियोगिता आयोजकले जानकारी दिएको छ ।

फूटबल प्रतियोगिताका लागि प्रथम पुरस्कार प्रायोजकको खोजि भईरहेको र द्धितिय पुरस्कार भने धुलिखेल निर्माण सेवा प्रालीबाट प्रदान गरिने क्लवका अध्यक्ष मैनालीले बताउनुभयो ।
त्यस्तै प्रतियोगितालाई सफल पार्नका लागि बागमति नगरपालिका सहित स्थानीय तह, विभिन्न संघ संस्था, उद्योगी व्यापारीहरुसँग सहयोग संकलन गरिएको र विभिन्न व्यापारिक हाउसहरुको प्रायोजन रहने क्लबको दाबी छ ।
पत्रकार सम्मेलनमा आयोजक समेत रहेको बागमती नगरपालिकाकि उप–प्रमुख लीला कुमारी मोक्तानले प्रतियोगिता सफल रुपमा सम्पन्न पार्न नगरपालिकाको तर्फबाट सक्दो सहयोग गरिने बताउँदै मधेस प्रदेशकै प्रतिष्ठित प्रतियोगिता सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रतियोगिता सुरक्षित रुपले सम्पन्न गर्नका लागि सम्पूर्ण पुर्वाधार तयार भइसकेकोे आयोजकले बताएको छ ।