२०८३ असार २० शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २० शनिबार

सर्लाही | मंगलवार दिउँसो साँडे २ बजे सर्लाहीको हरिवनबाट प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कबिलासी नगरपालिका २ बस्ने बर्ष ३० का संजय कुमार महतो र बर्ष ५४ का अहमद अलि छन ।

महतोले चलाएको ना१४प ७७३० नम्बरको मोटरसाईकल रोकि जाँच गर्ने क्रममा मोटरसाईकलको सिटमुनि कालो प्लास्टिकमा लुकाएर राखेको १५ पत्ता ३०० पिस नाईट्राभेट फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

दुबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।

सर्लाही | हरिवनमा नेकपा एकीकृत समाजबादी निकट अखिल नेपाल महिला सघले १ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवस  र नगर भेला सम्पन्न गरेको छ ।

भेलाले गिता घिसिङ अध्यक्ष रहेको १ सय ५१ सदस्यीय अखिल नेपाल महिला संघको हरिवन नगर कमिटी गठन गरेको  छ ।

कमिटीमा उपाध्यक्षत्रय यसोदा भट्टराई, फुर्ब शेर्पा र मनु आले, सचिब गंगा मैनाली र कोषाध्यक्ष आशा महतो रहनु भएको छ ।

सुकेपोखरी स्थित महादेव मन्दिरमा भएको नगर महिला भेलालाई एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य लक्ष्मण पौडेल, केन्द्रिय सदस्य डिल्ली उप्रेती, जिल्ला उपाध्यक्ष अन्जु पौडेल, अखिल नेपाल महिला संघकि जिल्ला अध्यक्ष रमा पौडेल,  नगर अध्यक्ष चूडामणि वाग्ले लगायतले सम्बोधन गर्नु भएको थियो ।

भेलाले हरिवन नगरपालिकाले राजनैतिक प्रतिसोध साँधेर वडा नम्बर ३ कि सहयोगी कार्यकर्ता भिम कुमारी मोक्तानलाई सेवाबाट हटाएकोमा खेद प्रस्ताव पारित गरेको छ ।

भेलाका बक्ताहरुले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिनु भएको थियो ।

सर्लाही | प्रहरीले बागमतीका २ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका ७ राजघाटका बर्ष २५ का रवि कार्कि र बर्ष ३० का उमेश कुमार साह रहेका छन ।

उनिहरुलाई आईतवार राती सवा नौ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गर्दा मलंगवा ६ खुटौना नहरचौकीमा चेकजाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

पक्राउ परेका कार्किले ना५६प १०६२ नम्बरको मोटरसाईकलमा २ बोरा युरिया मल ल्याउँदै गरेको अवस्थामा र २२० सिसिको अनटेस्ट पल्सर मोटरसाइईकलमा सवार साहले ५० बोतल Cough linctus-100ml, १२ बोतल Codiwell-100ml र K-Rex-100ml ४० बोतल गरि १०२ बोतल लागुऔषध ल्याउँदै गर्दा पक्राउ गरिएको जिल्ला पहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।

त्यसैगरि सोमवार दिउँसो साँडे १ बजेको समयमा ६०० पिस नाईट्राभेट सहित बागमतीकै बर्ष १७ का सुदिप बिश्वकर्मा र बर्ष १९ का मेघ बहादुर मगर पक्राउ परेका छन । उनिहरुलाई मलंगवा ८ बाट भारतबाट पैदल हिँडेर आउँदै गर्दा शंका लागी चेकजाँच गर्दा लागुऔषध भेटिएपछि नियन्त्रण लिइएको प्रहरीले बताएको छ ।

उनिहरु दुबैजनाले १०/१० पत्ता नाईट्राभेट र SPAS TRACAN PLAS नामक लागुऔषध १६ पिस लिएर आएको भेटिएको डिएसपी बुडाथोकीले बताउनुभयो ।

उनीहरुलाई पक्राउ गरि जिल्ला अदालत मलंगवाबाट म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपी बुडाथोकीको भनाई छ ।

लालबन्दी नगरपालिका वडा नम्बर १६ का फुटवल खेलाडिलाई बुधवार पचास हजार रुपैँया आर्थिक सहयोग प्रदान गरिएको छ ।

स्थानिय मिरमिरे युवा क्लवका खेलाडि अविरल बिश्वकर्मालाई उनकै निवासमा पुगेर आर्थीक सहयोग हस्तान्तरण गरिएको हो ।

केहि समय अगाडि लालबन्दी ६ मा भएको जिल्लास्तरिय ए डिभिजन फुटवल प्रतियोगीतामा खेलका क्रममा घाईते भएका खेलाडि बिश्वकर्मालाई अखिल नेपाल फुटवल संघका अध्यक्ष बिष्णु सुस्लिङले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

वडाध्यक्ष गणेश थापाको बिशेष पहलमा संघको तर्फबाट खेलाडि बिश्वकर्मालाई आर्थीक सहयोग प्रदान गरिएको हो ।

त्यहाँका खेलाडि तथा वडावासिले खेलकुद क्षेत्रलाई वडाध्यक्ष थापाले अत्यधिक सहयोग गरिरहेको र खेलाडिहरुलाई पनि माया गर्ने गरेको बताएका छन । त्यसैको फलस्वरुप पछिल्लो समय परवानीपुरले जिल्लामा हुने बिभिन्न फुटवल प्रतियोगीता जितिरहेको उनिहरुको दाबि छ ।

सर्लाही | जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितीको आइतबार बसेको बैठकले पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरेको छ ।

स्थानिय तहको उम्मेदवारको टिकट वितरण प्रणालीमा अध्यक्ष यादवको हस्ताक्षर माथि विश्वास जुट्न नसकेपछि त्यस ठाउँमा पार्टीका वरिष्ठ नेता अशोक राईको हस्ताक्षर चल्ने बैठकले सर्वसहमतबाट निर्णय गरेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । कार्यकारिणी समितीको लगातार ३ दिनको लामो बैठक पश्चात् आइतबारको सो निर्णय गरिएको हो । अध्यक्ष यादवप्रति विगतको अविश्वसनीय क्रियाकलापले बैठक तातेको थियो ।

पार्टीको तर्फबाट सरकारमा कसलाई कुन मन्त्री बनाउने भन्ने विषयमात्रै होइन, नियुक्ति र जिम्मेवारीका सन्दर्भमा कमिटीलाई जानकारी नै नगराउने र एकलौटी निर्णय गर्ने विगतको कार्य शैलीप्रति अध्यक्ष यादवसँग केन्द्रीय नेताहरु असन्तुष्ट छन् ।

‘बोलाई र गराईमा एकरुपता नभएकोले अध्यक्ष उपेन्द्रले पार्टीभित्र विश्वास गुमाउँदै गएका छन् ।

बैठकमा स्थानीय निर्वाचन तथा पार्टी दर्ता सम्बन्धी, एमसीसी सम्बन्धी, देशको वर्तमान राजनीतिक परिस्थीति, संगठनात्मक कार्यको समीक्षा र समायोजन सम्बन्धमा, कार्यकारिणी समितिमा पदपूर्ति, कार्यकारिणी समितिका सदस्यहरुको कार्य विभाजन, पार्टी विधान सम्मेलन सम्बन्धमा, सामूहिक र समानुपातिक नेतृत्व प्रणालीबारे, संगठन सुदृढीकरण तथा जनभेटघाट अभियान सम्बन्धमा, सरकार र सरकारमा सहभागी मन्त्रीहरुको कार्य समीक्षा, केन्द्रीय समीति र संघीय परिषद्को बैठक गरी ११ बुँदे एजेन्डामा छलफल गर्ने तय भएको थियो ।

सर्लाही | धनकौलमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन ।

शनिवार राती साँडे ८ बजेको समयमा धनकौल गाउँपालिका २ मधुवनी नराँरोड सडकखण्डमा बरहथवाबाट कौडेना जाँदै गरेको मोटरसाईकल अनियन्त्रित भई लंगडा पुलमुनी खसेको थियो ।

प्रदेश २–०३–०१९ प ३६०५ नम्बरको मोटरसाईकल पुलमुनी खस्दा कौडेना गाउँपालिका ३ बस्ने बर्ष ३५ का मोटरसाईकल चालक मनोज चौधरिको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको थियो भने पछाडी बसेका सोहि गाउँपालिका ५ नम्बर वडाका बर्ष १८ का दिपेश मुखियाको बाँया हात भाँचिएको अवस्थामा बरहथवास्थित भेनस अस्पतालमा उपचारका लागी लगीएको थियो ।

उपचारका क्रममा चालक चौधरिको राती ९ बजेतिर मृत्यु भएको र अर्का घाईते मुखियाको उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त सुचना अधिकारि प्रहरी निरिक्षक जटाशंकर यादवले जानकारि दिनुभयो ।

त्यसैगरि शनिवार बिहान १ बजेतिर हराएको मोटरसाईकल सहित प्रहरीले बागमतिका २ जनालाई पक्राउ गरेको छ । बागमति नगरपालिका ९ बाट ज ६ प २६०४ नम्बरको मोटरसाईकल हराएको भन्ने सुचना पाएको प्रहरीले खोजतलास गर्ने क्रममा सोहि वडाको जंगलबाट लुकाईराखेको मोटरसाईकल र २ जनालाई बिहान ८ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानिय १९ बर्षिय बिनोद महतो र बर्ष १८ का अनिल कुमार यादन छन । उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै शनिवार राती १० बजेको समयमा करिव साँडे ९ केजी लागुऔषध गाँजा सहित प्रहरीले ब्रम्हपुरी गाउँपालिकाका २० बर्षिय तमने साह र बर्ष १८ का मोहम्मद शेराजलाई पक्राउ गरेको छ ।

उनीहरुलाई नवलपुरबाट मलंगवातर्फ बिआर ३० डब्ल्यु ६५६४ नम्बरको मोटरसाईकलमा चामलको सेतो बोरामा गाँजा लुकाई छिपाई लैजाँदै गर्दा शंका लागी चेकजाँच गर्दा जुटपानी नहरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सुचना अधिकारि ईन्स्पेक्टर यादवले जानकारि दिनुभयो ।

उनीहरुलाई ९ केजी ४०० ग्राम गाँजा, मोटरसाईकल सहित नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ ।

सर्लाही | माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी निकट भुतपूर्व सैनिक तथा प्रहरी संगठनको मधेश प्रदेश तथा सर्लाही भेला सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ ।

लालबन्दी १ स्थित नवलपुरमा रहेको अनमोल पार्टी प्यालेसमा भएको एकिकृत समाजवादी पार्टीमा आवद्ध भूतपूर्व सैनिक तथा प्रहरीहरुको भेलाले ५१/५१ सदस्यीय मधेश प्रदेश कमिटि र सर्लाही जिल्ला कमिटी चयन गरेको नेकपा एकिकृत समाजवादी सर्लाहीका संगठन विभाग प्रमुख भरत कुमार कार्कीले जानकारी दिनुभयो।

संगठन विभाग प्रमुख कार्कीका अनुसार भेला संगठनका नेता राजकुमार खड्काको अध्यक्षता तथा एकिकृत समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य रामचन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको भूतपूर्व सैनिक तथा प्रहरीहरुको भेलाले राजकुमार खड्काकै अध्यक्षतामा ५१ सदस्यीय मधेश प्रदेश कमिटि गठन गरेको छ । प्रदेश कमिटिको उपाध्यक्षमा बृजकिशोर चौधरी र पूर्ण चौधरी चयन भएका छन् भने सचिवमा प्रदेशी नारायण चौधरी, सह–सचिव रबिन्द्र भट्टराई र अन्य सदस्य रहेका छन् ।

त्यस्तै भेलाले कृष्ण कुमार लामा अध्यक्ष रहेको ५१ सदस्यीय सर्लाही जिल्ला कमिटी चयन गरेको छ । नव गठित जिल्ला कमिटीको उपाध्यक्षमा क्रमशः सूर्य फुयाँल र सन्तोष देवकोटा चयन भएका छन् । त्यस्तै सचिवमा प्रेम दाहाल, सह–सचिवमा योगेन्द्र साह र नरेश चौधरीलाई चयन गरेको छ ।

भेलामा संगठनका केन्द्रीय अध्यक्ष धन बहादुर कार्की तथा पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही सह–ईन्चार्ज प्रदेश सांसद बेची लुंगेलीको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका सर्लाही अध्यक्ष सुरेन्द्र लामा, प्रदेश कमिटी सदस्य रबिन्द्र भट्टराई, सचिवन गोबिन्द अधिकारी, पार्टी संगठन बिभाग प्रमुख भरत कुमार कार्की, स्थानीय तह प्रमुख एवं हरिवन ५ का वडा अध्यक्ष नागेन्द्र कुमार साहलगायतका नेता तथा कार्यकर्ता र भूतपूर्व सैनिक तथा प्रहरीहरुको उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथी तथा अतिथिहरुले एकिकृत समाजवादी पार्टीले राष्ट्रको लागि काम गरिरहेकोले फेरी पनि राष्ट्रकै लागि काम गर्ने बताउनुभएको छ । राष्ट्रलाई सबल, सक्षम र सम्मुन्नत बनाउन भूतपूर्व सैनिक तथा प्रहरीहरुको योगदानलाई कहिल्यै बिर्सन नहुने भन्दै वक्ताहरुले संगठनलाई जिम्मेवार बनाउन सहयोग गर्ने बताउनुभयो ।

उनीहरुले एमसीसी राष्ट्रको हितमा नभएकोले आफ्नो पार्टीले यसको विरोध गरेको बताउनुभयो । उनीहरुले एमसीसी कुनै पनि हालतमा पारित हुन नहुने पार्टीको अडान रहेको धारणा व्यक्त गरेको पार्टीका सर्लाही संगठन विभाग प्रमुख कार्कीले जानकारि दिनुभयो ।

सर्लाही | एनएमबि बैंक लालबन्दी शाखाले लालबन्दी –१, नवलपुरमा रहेको लर्ड ब्राईट स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई शुक्रवार वित्तीय साक्षरता तथा डिजिटल सचेतना सम्बन्धि प्रशिक्षण दिएको छ ।

विद्यार्थीहरुलाई विद्यमान बैकिङ्ग प्रणाली सम्बन्धि ज्ञान दिने उद्देश्यले ‘वित्तीय साक्षरता तथा डिजिटल सचेतना कार्यक्रम’ सञ्चालन गरिएको बैंकका शाखा प्रबन्धक अरुण आचार्य बताउनुभयो ।

विद्यार्थीहरूलाई बैंकका अपरेसन इन्चार्ज अमृत अन्सुले बैंक परिसरमै प्रशिक्षण दिएका प्रबन्धक आचार्यले जानकारी दिनुभयो ।

वित्तीय साक्षरता तथा डिजिटल सचेतना प्रशिक्षण कार्यक्रमबाट कक्षा –९ मा अध्ययनरत विद्यार्थीहरु लाभान्वित भएका विद्यालयले जनाएको छ ।

सर्लाही | जिल्लामा मतदाताको संख्या बढेको छ । आगामी चुनावमा सर्लाहीमा पौनो ५ लाख बढीले मतदान गर्न पाउने छन् । २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सर्लाहीबाट ४ लाख ७५ हजार ९७१ जनाले मतदान गर्न पाउने भएका हुन् ।

मतदाता नामावली अध्यावधिक पछि सो संख्यामा केही तलमाथि भएपनि सामान्यतया यही संख्या कामय रहन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २०७४ मा भएको निर्वाचनका बेला सर्लाहीमा मतदाताको संख्या तीन लाख ८५ हजार थियो ।

९ ओटा गाउँपालिका र ११ ओटा नगरपालिका गरी सर्लाहीमा देशमै सबैभन्दा बढी २० ओटा स्थानीय तह रहेका छन् । जिल्लामा यस पटक पनि साविकको ३१८ मतदान स्थल नै कायम हुनेछ । तर मतदान केन्द्र भने साविकभन्दा केहीमा संख्या थप हुनेछ । गएको निर्वाचनमा ५१६ मतदान केन्द्र रहेको सर्लाहीमा यस पटक सो संख्या बढेर ५४३(निर्वाचन आयोगले तोक्न बाँकी) हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिकको कार्य फागुन १९ गते देखि २६ गतेसम्ममा गरिसक्ने जनाएको छ ।

जसअन्तर्गत फागुन १९ गते जिल्लाका २ सय ओटै वडा कार्यालयहरुमा अहिले सम्मको अन्तिम नामावली पठाईने छ । फागुन २० गते मतदाता नामावलीमा भएको त्रुटी सच्याउने, नामावलीमा कसैले झुट्टा विवरण दिएको भए सो को विरुद्ध उजुरी गर्ने, कुनै एक मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए त्यसलाई सच्याउने, मृत्यु भई सकेका मतदाताको नाम हटाउन सूचना दिने, मतदाताको मृत्यु भएको हो होईन प्रमाणित गराउने, झुट्टा विवरणका सम्बन्धमा उजुरी परेको भए त्यसको सफाई दिने र नागरीकता त्याग गरेका व्यक्तिहरुको नाम समेत नामावलीबाट हटाउने लगायतका काम गरी २५ गते अन्तिम नामावली प्रकाशन गर्ने र २६ गते सो नामावली निर्वाचन आयोगमा पठाउने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निमित्त निर्वाचन अधिकारी दिवाकर भुजेलले बताए ।

‘फागुन १९ देखि २६ गते सम्ममा मतदाताको अन्तिम नामावली आयोगमा पठाई सक्ने कार्यक्रम छ । सामान्यतया मृत्युभएकाहरुको स्थानीय पञ्जीकाधिकारीहरुबाट प्रमाणित गराउने, नामवलीमा नाम ठेगाना त्रुटी भएको भए, बसाईँ सरेको भए त्यसलाई सच्याउने काम गरिन्छ ।’, निमिति निर्वाचन अधिकारी भुजेलले भने,‘कसैको दाबी विरोध परेमा त्यसको सफाई दिने काम समेत गरिन्छ, अध्यावधिकका क्रममा हाल कायम रहेको संख्यामा केही तलमाथि हुन सक्छ ।’

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तिनै सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधि, जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सर्लाही | मानवताका लागि सामाजिक सेवामा सकृय लालबन्दी जेसीजले शुक्रवार साँझ एक कार्यक्रमका विच खाद्यान्न हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ७ डुमडुमे मन्दिर देवालय परिसरमा रहेको लालबन्दी गुरुकुलमका लागि १८० केजी चामल, ५० केजी आलु, १० लिटर खानेतेल, १० केजी दाल, १० केजी नुन लगायतका खाद्य सामाग्री हस्तान्तरण गरिएको लालबन्दी जेसिजका महासचिव मनोज बख्रेलले जानकारी दिनुभयो ।

जेसिजका उपाध्यक्ष सुमन थापाको संयोजकत्वमा खाद्यान्न हस्तान्तरण गरिएको हो । उक्त समारोहमा संस्थाका अध्यक्ष सन्तोष पौडेल, निवर्तमान अध्यक्ष श्याम कुमार खड्का, सस्थापक अध्यक्ष किरण घिमिरे एवं लालबन्दी जेसीज बर्ष २०२१ र २०२२ का अधिकांस पदाधिकारीको उपस्थिति रहेको कार्यक्रम संचालक संस्थाका कानुनि सल्लाहकार सरोजबाबु न्यौपानेले बताउनु भयो ।

संस्थापक अध्यक्ष घिमिरेको प्रमुख आतिथ्यतामा समपन्न कार्यकममा दाताहरुलाई गुरुकुलमका प्रधानाचार्य, मुख्य ब्यबस्थापक देविबन्धु थापा, ब्यबस्थापक तथा ब्यबस्थापन समितिका सकृय व्यक्तित्व ऋषि प्रसाद सुवेदी लगायतले खादा तथा रामनामी ओढाएर स्वागत एवं सम्मान गरेका थिए ।

कार्यक्रमको सुरुवातमा शिक्षारत बटुकहरुबाट स्वस्ति वाचन गरिएको संस्थाका कोमलहरी गौतमले बताउनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।