सर्लाही | जिल्लामा मतदाताको संख्या बढेको छ । आगामी चुनावमा सर्लाहीमा पौनो ५ लाख बढीले मतदान गर्न पाउने छन् । २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सर्लाहीबाट ४ लाख ७५ हजार ९७१ जनाले मतदान गर्न पाउने भएका हुन् ।
मतदाता नामावली अध्यावधिक पछि सो संख्यामा केही तलमाथि भएपनि सामान्यतया यही संख्या कामय रहन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २०७४ मा भएको निर्वाचनका बेला सर्लाहीमा मतदाताको संख्या तीन लाख ८५ हजार थियो ।
९ ओटा गाउँपालिका र ११ ओटा नगरपालिका गरी सर्लाहीमा देशमै सबैभन्दा बढी २० ओटा स्थानीय तह रहेका छन् । जिल्लामा यस पटक पनि साविकको ३१८ मतदान स्थल नै कायम हुनेछ । तर मतदान केन्द्र भने साविकभन्दा केहीमा संख्या थप हुनेछ । गएको निर्वाचनमा ५१६ मतदान केन्द्र रहेको सर्लाहीमा यस पटक सो संख्या बढेर ५४३(निर्वाचन आयोगले तोक्न बाँकी) हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिकको कार्य फागुन १९ गते देखि २६ गतेसम्ममा गरिसक्ने जनाएको छ ।
जसअन्तर्गत फागुन १९ गते जिल्लाका २ सय ओटै वडा कार्यालयहरुमा अहिले सम्मको अन्तिम नामावली पठाईने छ । फागुन २० गते मतदाता नामावलीमा भएको त्रुटी सच्याउने, नामावलीमा कसैले झुट्टा विवरण दिएको भए सो को विरुद्ध उजुरी गर्ने, कुनै एक मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए त्यसलाई सच्याउने, मृत्यु भई सकेका मतदाताको नाम हटाउन सूचना दिने, मतदाताको मृत्यु भएको हो होईन प्रमाणित गराउने, झुट्टा विवरणका सम्बन्धमा उजुरी परेको भए त्यसको सफाई दिने र नागरीकता त्याग गरेका व्यक्तिहरुको नाम समेत नामावलीबाट हटाउने लगायतका काम गरी २५ गते अन्तिम नामावली प्रकाशन गर्ने र २६ गते सो नामावली निर्वाचन आयोगमा पठाउने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निमित्त निर्वाचन अधिकारी दिवाकर भुजेलले बताए ।
‘फागुन १९ देखि २६ गते सम्ममा मतदाताको अन्तिम नामावली आयोगमा पठाई सक्ने कार्यक्रम छ । सामान्यतया मृत्युभएकाहरुको स्थानीय पञ्जीकाधिकारीहरुबाट प्रमाणित गराउने, नामवलीमा नाम ठेगाना त्रुटी भएको भए, बसाईँ सरेको भए त्यसलाई सच्याउने काम गरिन्छ ।’, निमिति निर्वाचन अधिकारी भुजेलले भने,‘कसैको दाबी विरोध परेमा त्यसको सफाई दिने काम समेत गरिन्छ, अध्यावधिकका क्रममा हाल कायम रहेको संख्यामा केही तलमाथि हुन सक्छ ।’
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तिनै सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधि, जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सर्लाही | मानवताका लागि सामाजिक सेवामा सकृय लालबन्दी जेसीजले शुक्रवार साँझ एक कार्यक्रमका विच खाद्यान्न हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ७ डुमडुमे मन्दिर देवालय परिसरमा रहेको लालबन्दी गुरुकुलमका लागि १८० केजी चामल, ५० केजी आलु, १० लिटर खानेतेल, १० केजी दाल, १० केजी नुन लगायतका खाद्य सामाग्री हस्तान्तरण गरिएको लालबन्दी जेसिजका महासचिव मनोज बख्रेलले जानकारी दिनुभयो ।

जेसिजका उपाध्यक्ष सुमन थापाको संयोजकत्वमा खाद्यान्न हस्तान्तरण गरिएको हो । उक्त समारोहमा संस्थाका अध्यक्ष सन्तोष पौडेल, निवर्तमान अध्यक्ष श्याम कुमार खड्का, सस्थापक अध्यक्ष किरण घिमिरे एवं लालबन्दी जेसीज बर्ष २०२१ र २०२२ का अधिकांस पदाधिकारीको उपस्थिति रहेको कार्यक्रम संचालक संस्थाका कानुनि सल्लाहकार सरोजबाबु न्यौपानेले बताउनु भयो ।
संस्थापक अध्यक्ष घिमिरेको प्रमुख आतिथ्यतामा समपन्न कार्यकममा दाताहरुलाई गुरुकुलमका प्रधानाचार्य, मुख्य ब्यबस्थापक देविबन्धु थापा, ब्यबस्थापक तथा ब्यबस्थापन समितिका सकृय व्यक्तित्व ऋषि प्रसाद सुवेदी लगायतले खादा तथा रामनामी ओढाएर स्वागत एवं सम्मान गरेका थिए ।
कार्यक्रमको सुरुवातमा शिक्षारत बटुकहरुबाट स्वस्ति वाचन गरिएको संस्थाका कोमलहरी गौतमले बताउनुभयो ।
सर्लाही | घारीबथानमा रहेको एक बिद्यालयका ५० जना बिद्यार्थीलाई बिहिवार स्कुल ब्याग बितरण गरिएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारिबथानमा रहेको राष्ट्रिय जनता प्राथमिक बिद्यालयका बिद्यार्थीलाई स्कुल ब्याग बितरण गरिएको हो ।
बैदेशिक रोजगारिको शिलशिलामा जापानमा बस्दै आएका लालबन्दीका गौरव दाहाल र शान्ति दाहालले आफ्नो छोरा बिहान दाहालको जन्मदिनको उपलक्ष्यमा बिद्यार्थीलाई स्कुल ब्याग प्रदान गरेका हुन । दाहाल दम्पतिले लायन्स क्लव अफ लालबन्दी सिटि मार्फत घारिबथानमा रहेको बिद्यालयमा स्कुल ब्याग बितरण गरेका हुन ।

लायन्स क्लव ईन्टरनेशनलका जोन चेयर पर्सन राजकुमार न्यौपानेको उपस्थितिमा बिद्यालयका प्रधानाध्यापक, लेखा प्रमुख, वडासदस्यहरु लगाएतको उपस्थिीमा ५० ओटा स्कुल ब्याग बितरण गरिएको पर्वत दाहालले जानकारि दिनुभयो ।
सर्लाही | नेपाल सरकारले संवाद र कूटनीतिका माध्यमबाट युक्रेन सङ्कटको समाधान खोज्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।
युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै सरकारले त्यहाँ तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह पनि गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर संयुक्त राष्ट्रसङ्घको सदस्यको हैसियतमा नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू सर्वमान्य रहेका तथा सबै सदस्य राष्ट्रले तिनको पूर्णरूपमा सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।
युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र संस्थाका रूपमा मान्यता दिनु संयुक्त राष्ट्रसङ्घको बडापत्रको प्रावधानका विपरीत भएको जनाउँदै विज्ञप्तिमा “नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ”, भनिएको छ ।
बारा | प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ ।
बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक गाजा तस्करको मृत्यु भएको बताइएको छ ।
पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापाले जानकारी दिनुभयो ।
काठमाडौं | लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए ।
श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।
उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।
उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।
सर्लाही | नेकपा एकिकृत समाजवादी सर्लाही जिल्ला कमिटीको विस्तारित वैठकले अमेरिकन सहयोग परियोजना एमसीसी राष्ट्रघाती रहेको भन्दै बिरोध गरेको छ ।
मंगलवार लालवन्दीमा भएको बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
बैठकलाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका मन्त्री सत्रुघन महतोले एमसीसी सम्झौताको विपक्षमा आफ्नो पार्टी रहेको प्रष्ट पार्नु भयो । उहाँले एमाले अध्यक्ष केपि ओलीलाई लक्ष्य गर्दै एमसीसी जस्तो देश बिरोधी सम्झौतालाई गलत भन्ने शाहस सम्म नभएको नेतालाई सबैले चिनेको आरोप लगाउनु भयो ।

बैठकमा पार्टी नेताहरु लक्ष्मण पौडेल, रबिन्द्र बैठा, बेची लुङेली, देबेन्द्र राय, आरती लामा, अन्जु पौडेल, गोबिन्द अधिकारी लगाएतले मन्तव्य राख्नु भएको थियो ।
बैठकले आगामी स्थानीय निर्वाचनको तयारी, संगठन विस्तार, सदस्यता प्रदान, पालीकाको अवस्था अध्ययन लगायतका निर्णय गरेको प्रचार प्रमुख वाग्लेले बताउनु भयो ।
बैठकले पार्टी नीतिवारे थप प्रष्ट पारेको र अब सर्लाही जिल्लाभर नेकपा एकीकृत समाजबादीको अभियान तिब्र हुने प्रचार विभाग प्रमुख वाग्लेको दावी छ ।
काठमाण्डौँ | सोमबार सिंहदरबार स्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सभाहलमा आयोजित प्रेस ब्रीफिङ्गमा संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, देशलाई कृषिमा आत्मनिर्भर तथा निर्यातमुलक बनाउनका लागि सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुका साथै बजेटमा वृद्धि गर्नुपर्ने उनले बताएका छन् ।
पत्रकारहरुको प्रश्नको जवाफ दिदै मन्त्री यादवले भने, मलखादको समस्या परम्परागत समस्या रहेको छ । करिब ४ हजार मेट्रीक टन रासायनिक मल अहिले पनि मौज्दात रहेको र थप २० हजार मेट्रीक टन युरिया मल ७ देखि १० दिनभित्र आउने उनले बताए । नेपाल सरकारले विगतका वर्षहरुको तुलनामा यसवर्ष अनुदानको रासायनिक मल आपूर्ति, वितरण र व्यवस्थाकालागि आवश्यक पर्ने वजेटमा उल्लेखनीय वृद्धि गरेको छ ।
तर, कोभिड-१९ को महामारी तथा ईन्धन समस्याको कारणले गर्दा विश्वव्यापी रुपमा मलखादको उत्पादनमा कटौति हुन जाँदा अन्तरार्ष्ट्रिय बजारमा मलको मूल्य समेत निरन्तर रुपले वढ्दै गएको उनले जनाए ।
आ.व.२०७७/७८ मा रासायनिक मल खरिदका लागि विनियोजित वजेट रु १२ अर्ववाट ४ लाख २ हजार मे. टन मल खरिद गरी विक्री वितरण गरिएकोमा यस वर्ष अन्तर्राष्ट्रिय वजारमा रासायनिक मलको मूल्य भारी मात्रामा वढेको हुदा चालु आ.व. मा रासायनिक मल खरिदका लागि नियमित वजेटमा विनियोजित १५ अर्वको अतिरिक्त रु १२ अर्व ७१ करोड रुपैयाँ थप गरिएको मन्त्री यादवले बताए ।
उनले भने, माग बमोजिम आपूर्ति हुन नसकेकोले मौज्दात मलको सन्तुलित वितरण कार्य भइरहेको छ । र यस समस्याको ठोस निकास भनेको “मल कारखानाको स्थापना नै हो” । ठेक्का प्रणाली, कार्यविधि, ऐन र नियमावली किसानमुखि नभएको कारणले पनि मलखादको समस्या बढेको उनले बताए ।
रासायनिक मलको व्यवस्थापनमा मन्त्रालयको विशेष ध्यान केन्द्रित रहको बताउदै मन्त्री यादवले भने, G to G मार्फत मल आयात गर्दा सहज रुपमा व्यवस्थापन गर्न सकिने तर यस सम्बन्धमा अख्तियारबाट G to G का लागि निर्धारित भनिएको कोटा ३० प्रतिशत मात्र रहेकोले G to G को परिमाण बढाउन तत्काल आवश्यक पहल थाल्ने उनले बताए । चैतसम्ममा मल आपूर्तिका लागि कुनै कसर बाकी नरहेको समेत उनि बताउछन् । बेमौसमी बर्षाका कारण धानबालीमा भएको क्षतिको राहत स्वरुप तत्काललाई ३१ जिल्लाका लागि १ अर्व रुपैया अर्थ मन्त्रालयबाट निकासा भएको मन्त्री यादव बताउँछन् ।
उनले किसानको वर्गीकरण आवश्यक भएकोले राहत वितरण कार्यमा पनि किसानलाई वर्गीकरण गरिएको बताए । विभिन्न जिल्लाहरुमा वर्गीकरणकै आधारमा किसानहरुको सुची दर्ता भएको र सोहि अनुरुप किसान परिचय पत्र वितरण गरिने उनले जनाएका छन् । उखु उत्पादन घट्नुको मुख्य कारण नस्ल सुधार आवश्यक रहेको उनले बताए ।
खेती योग्य जमिनमा बसोबास बढिरहेको प्रति मन्त्री यादवले चिन्ता व्यक्त गर्दै भने, अब खेतीयोग्य र बस्तीयोग्य जमिन वर्गीकरण गर्न आवश्यक रहेको जनाए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले लक्षित गरेको उपलब्धि नदेखिएकोले तत्काल समिक्षा गर्न आवश्यक रहेको उनले औल्याएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले पदभार सम्हाले देखी १ सय दिनको अवधिमा उनको नेतृत्वमा मन्त्रालयले सम्पादन गरेका महत्वपूर्ण एवं मुख्य मुख्य कार्यहरुको बारेमा प्रेस ब्रीफिङ्गमै जानकारी गराइएको थियो । जस अनुसार, बेमौसमी वर्षाका कारण प्रभावित कृषकहरुलाई राहत कार्यको समन्वय, रासायनिक मलको आयात र बिक्री वितरण, विभिन्न बालिहरुको न्यूनतम समर्थन मूल्य तोकिएको, उखु किसानलाई अनुदान रकम भुक्तानी सम्बन्धमा पहल, नयाँ नीतिहरुको निर्माण, परिमार्जन र नयाँ विधेयक निर्माण, नयाँ नियमावली, कार्यबिधि, मापदण्ड तयारी र हस्तान्तरण, खाद्य स्वच्छ्ता तथा गुणस्तर कार्यक्रम, नयाँ जोन तथा पकेट स्थापना तथा संचालन, कृषि ईन्टर्न तथा कृषि स्नातक परिचालन, प्रविधि प्रसारण कार्यक्रम, पशु नस्ल सुधार, मत्स्य विज उत्पादन कार्यक्रम, खोप उत्पादन तथा व्यवस्थापन, नमुना संकलन तथा परिक्षण, पशुपन्छी, मत्स्य तथा बालि बिमा लगायतका महत्वपूर्ण कार्यहरु रहेको छ ।
सर्लाही | नेपाली कांग्रेस मधेस प्रदेश समितिका सदस्य ध्रुव रिजालले शनिवार सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरमा १५३ परिवारलाई चामल वितरण गर्नुभएको छ ।
लालबन्दी नगरपालिका–५, रन्जितपुर निवासी रिजालले वडा नं. -९ का अतिविपन्न १५३ परिवारलाई प्रती परिवार २० किलो चामल प्रदान गर्नु भएको हो ।
मेधस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा विपन्न परिवारलाई चामल वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मधेस प्रदेश उपसभापति समेत रहेका सिंहले विपन्न र गरिबलाई माया गर्ने एक मात्रै पार्टी कांग्रेस मात्रै भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गरेर बिजयी गराउन आग्रह गर्नुभयो ।
देशमा संकट आएका बखत नेपाली कांग्रेस फलामझैं भएर खडाहुने गरेको बताउँदै मन्त्री सिंहले बामपंथी र मधेसवादी दलका कारण देश दलदलमा फसेको बताउनु भयो । उहाँले ४ वर्ष अघि बामपंथीहरूकाे भुलभुलैयामा परेर जनताले उनिहरूलाई दिएको बहुमत त्यसै खेर गएकाे बताउनुभयो ।
उहाँले आउदै गरेको स्थानीय निकाय लगायतका चुनावमा जनताले बिचार गरेर मतदान गर्नुपर्ने र कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने उहाँको तर्क थियो ।
कांग्रेस नेता रिजालले केही साताअघि आफ्नै गाउँ लालबन्दी–५, मा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गर्नुभएको थियो । उहाँलेे आर्थिक अवस्था कमजोर रहेका दिवंगत व्यक्तिका परिवारलाई आर्थिक सहयोग समेत गर्दै आउनुभएको छ । आगामी दिनमा पनि आफ्नो सहयोगका कार्यक्रम निरन्तर रिजालले बताउनुभयो ।
पहिलो चरणमा लालबन्दीको वडा नंं. १ देखि १७ सम्म नै यस्ता सहयोगका कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो । नेपाली कांग्रेसका स्वतन्त्रता सेनानी तथा वयोवृद्ध नेता देवराज पाैडेलकाे अध्यक्षतामा भएको खाध्यान्न वितरण कार्यक्रममा कांग्रेस सर्लाहीका नेता कार्यकर्ताहरूकाे उल्लेख्य सहभागिता रहेको थियोे ।
क्षितिज बिश्वकर्मा | सर्लाहीमा शसस्त्र प्रहरीको स्क्वाड टोलिले करिव साँडे १६ लाख बराबरको अवैध समान बरामद गरेको छ ।
शनिवार जिल्ला सदरमुकाम मलंगवाट उत्तर नवलपुरतर्फ आउँदै गरेको बा३ख ७३३६ नम्बरको मिनि ट्रकमा पिउने पानीको कार्टुन तथा जारमुनि अवैध रुपमा लुकाएर ल्याउँदै गरेको अवस्थामा चिनि, रातो र निलो रंगको रेडबुल, ललिपप चकलेट फेला परेको शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाँले जानकारि दिनुभयो ।

उहाँका अनुसार कबिलासि ८ गौरमा बिशेष सुचनाको आधारमा ट्रक चेकजाँच गर्दा १७ बोरा चिनि, रेडबुल १२ कार्टुन, ललिपप ५ बोरा गरि अन्दाजी १६ लाख २१ हजार ७८० मुल्य बराबरको अवैध समान बरामद भएको हो । ट्रक चेकजाँच गर्ने क्रममा चालक फरार भएका र उनको खोजी भईरहेको बताईएको छ ।
बरामद समान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
