काठमाण्डौँ | सोमबार सिंहदरबार स्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सभाहलमा आयोजित प्रेस ब्रीफिङ्गमा संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, देशलाई कृषिमा आत्मनिर्भर तथा निर्यातमुलक बनाउनका लागि सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुका साथै बजेटमा वृद्धि गर्नुपर्ने उनले बताएका छन् ।
पत्रकारहरुको प्रश्नको जवाफ दिदै मन्त्री यादवले भने, मलखादको समस्या परम्परागत समस्या रहेको छ । करिब ४ हजार मेट्रीक टन रासायनिक मल अहिले पनि मौज्दात रहेको र थप २० हजार मेट्रीक टन युरिया मल ७ देखि १० दिनभित्र आउने उनले बताए । नेपाल सरकारले विगतका वर्षहरुको तुलनामा यसवर्ष अनुदानको रासायनिक मल आपूर्ति, वितरण र व्यवस्थाकालागि आवश्यक पर्ने वजेटमा उल्लेखनीय वृद्धि गरेको छ ।
तर, कोभिड-१९ को महामारी तथा ईन्धन समस्याको कारणले गर्दा विश्वव्यापी रुपमा मलखादको उत्पादनमा कटौति हुन जाँदा अन्तरार्ष्ट्रिय बजारमा मलको मूल्य समेत निरन्तर रुपले वढ्दै गएको उनले जनाए ।
आ.व.२०७७/७८ मा रासायनिक मल खरिदका लागि विनियोजित वजेट रु १२ अर्ववाट ४ लाख २ हजार मे. टन मल खरिद गरी विक्री वितरण गरिएकोमा यस वर्ष अन्तर्राष्ट्रिय वजारमा रासायनिक मलको मूल्य भारी मात्रामा वढेको हुदा चालु आ.व. मा रासायनिक मल खरिदका लागि नियमित वजेटमा विनियोजित १५ अर्वको अतिरिक्त रु १२ अर्व ७१ करोड रुपैयाँ थप गरिएको मन्त्री यादवले बताए ।
उनले भने, माग बमोजिम आपूर्ति हुन नसकेकोले मौज्दात मलको सन्तुलित वितरण कार्य भइरहेको छ । र यस समस्याको ठोस निकास भनेको “मल कारखानाको स्थापना नै हो” । ठेक्का प्रणाली, कार्यविधि, ऐन र नियमावली किसानमुखि नभएको कारणले पनि मलखादको समस्या बढेको उनले बताए ।
रासायनिक मलको व्यवस्थापनमा मन्त्रालयको विशेष ध्यान केन्द्रित रहको बताउदै मन्त्री यादवले भने, G to G मार्फत मल आयात गर्दा सहज रुपमा व्यवस्थापन गर्न सकिने तर यस सम्बन्धमा अख्तियारबाट G to G का लागि निर्धारित भनिएको कोटा ३० प्रतिशत मात्र रहेकोले G to G को परिमाण बढाउन तत्काल आवश्यक पहल थाल्ने उनले बताए । चैतसम्ममा मल आपूर्तिका लागि कुनै कसर बाकी नरहेको समेत उनि बताउछन् । बेमौसमी बर्षाका कारण धानबालीमा भएको क्षतिको राहत स्वरुप तत्काललाई ३१ जिल्लाका लागि १ अर्व रुपैया अर्थ मन्त्रालयबाट निकासा भएको मन्त्री यादव बताउँछन् ।
उनले किसानको वर्गीकरण आवश्यक भएकोले राहत वितरण कार्यमा पनि किसानलाई वर्गीकरण गरिएको बताए । विभिन्न जिल्लाहरुमा वर्गीकरणकै आधारमा किसानहरुको सुची दर्ता भएको र सोहि अनुरुप किसान परिचय पत्र वितरण गरिने उनले जनाएका छन् । उखु उत्पादन घट्नुको मुख्य कारण नस्ल सुधार आवश्यक रहेको उनले बताए ।
खेती योग्य जमिनमा बसोबास बढिरहेको प्रति मन्त्री यादवले चिन्ता व्यक्त गर्दै भने, अब खेतीयोग्य र बस्तीयोग्य जमिन वर्गीकरण गर्न आवश्यक रहेको जनाए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले लक्षित गरेको उपलब्धि नदेखिएकोले तत्काल समिक्षा गर्न आवश्यक रहेको उनले औल्याएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले पदभार सम्हाले देखी १ सय दिनको अवधिमा उनको नेतृत्वमा मन्त्रालयले सम्पादन गरेका महत्वपूर्ण एवं मुख्य मुख्य कार्यहरुको बारेमा प्रेस ब्रीफिङ्गमै जानकारी गराइएको थियो । जस अनुसार, बेमौसमी वर्षाका कारण प्रभावित कृषकहरुलाई राहत कार्यको समन्वय, रासायनिक मलको आयात र बिक्री वितरण, विभिन्न बालिहरुको न्यूनतम समर्थन मूल्य तोकिएको, उखु किसानलाई अनुदान रकम भुक्तानी सम्बन्धमा पहल, नयाँ नीतिहरुको निर्माण, परिमार्जन र नयाँ विधेयक निर्माण, नयाँ नियमावली, कार्यबिधि, मापदण्ड तयारी र हस्तान्तरण, खाद्य स्वच्छ्ता तथा गुणस्तर कार्यक्रम, नयाँ जोन तथा पकेट स्थापना तथा संचालन, कृषि ईन्टर्न तथा कृषि स्नातक परिचालन, प्रविधि प्रसारण कार्यक्रम, पशु नस्ल सुधार, मत्स्य विज उत्पादन कार्यक्रम, खोप उत्पादन तथा व्यवस्थापन, नमुना संकलन तथा परिक्षण, पशुपन्छी, मत्स्य तथा बालि बिमा लगायतका महत्वपूर्ण कार्यहरु रहेको छ ।
सर्लाही | नेपाली कांग्रेस मधेस प्रदेश समितिका सदस्य ध्रुव रिजालले शनिवार सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरमा १५३ परिवारलाई चामल वितरण गर्नुभएको छ ।
लालबन्दी नगरपालिका–५, रन्जितपुर निवासी रिजालले वडा नं. -९ का अतिविपन्न १५३ परिवारलाई प्रती परिवार २० किलो चामल प्रदान गर्नु भएको हो ।
मेधस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा विपन्न परिवारलाई चामल वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मधेस प्रदेश उपसभापति समेत रहेका सिंहले विपन्न र गरिबलाई माया गर्ने एक मात्रै पार्टी कांग्रेस मात्रै भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गरेर बिजयी गराउन आग्रह गर्नुभयो ।
देशमा संकट आएका बखत नेपाली कांग्रेस फलामझैं भएर खडाहुने गरेको बताउँदै मन्त्री सिंहले बामपंथी र मधेसवादी दलका कारण देश दलदलमा फसेको बताउनु भयो । उहाँले ४ वर्ष अघि बामपंथीहरूकाे भुलभुलैयामा परेर जनताले उनिहरूलाई दिएको बहुमत त्यसै खेर गएकाे बताउनुभयो ।
उहाँले आउदै गरेको स्थानीय निकाय लगायतका चुनावमा जनताले बिचार गरेर मतदान गर्नुपर्ने र कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने उहाँको तर्क थियो ।
कांग्रेस नेता रिजालले केही साताअघि आफ्नै गाउँ लालबन्दी–५, मा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गर्नुभएको थियो । उहाँलेे आर्थिक अवस्था कमजोर रहेका दिवंगत व्यक्तिका परिवारलाई आर्थिक सहयोग समेत गर्दै आउनुभएको छ । आगामी दिनमा पनि आफ्नो सहयोगका कार्यक्रम निरन्तर रिजालले बताउनुभयो ।
पहिलो चरणमा लालबन्दीको वडा नंं. १ देखि १७ सम्म नै यस्ता सहयोगका कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो । नेपाली कांग्रेसका स्वतन्त्रता सेनानी तथा वयोवृद्ध नेता देवराज पाैडेलकाे अध्यक्षतामा भएको खाध्यान्न वितरण कार्यक्रममा कांग्रेस सर्लाहीका नेता कार्यकर्ताहरूकाे उल्लेख्य सहभागिता रहेको थियोे ।
क्षितिज बिश्वकर्मा | सर्लाहीमा शसस्त्र प्रहरीको स्क्वाड टोलिले करिव साँडे १६ लाख बराबरको अवैध समान बरामद गरेको छ ।
शनिवार जिल्ला सदरमुकाम मलंगवाट उत्तर नवलपुरतर्फ आउँदै गरेको बा३ख ७३३६ नम्बरको मिनि ट्रकमा पिउने पानीको कार्टुन तथा जारमुनि अवैध रुपमा लुकाएर ल्याउँदै गरेको अवस्थामा चिनि, रातो र निलो रंगको रेडबुल, ललिपप चकलेट फेला परेको शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाँले जानकारि दिनुभयो ।

उहाँका अनुसार कबिलासि ८ गौरमा बिशेष सुचनाको आधारमा ट्रक चेकजाँच गर्दा १७ बोरा चिनि, रेडबुल १२ कार्टुन, ललिपप ५ बोरा गरि अन्दाजी १६ लाख २१ हजार ७८० मुल्य बराबरको अवैध समान बरामद भएको हो । ट्रक चेकजाँच गर्ने क्रममा चालक फरार भएका र उनको खोजी भईरहेको बताईएको छ ।
बरामद समान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।

सर्लाही | वागमती नगरपालिकामा नेकपा एकीकृत समाजवादीको अध्यक्षमा जय गोले चयन हुनु भएको छ ।
शनिवार कर्मैयामा भएको नगर भेलाले गोलेको अध्यक्षतामा ६१ सदस्यीय नगर कमिटी चयन गरेको जिल्ला प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
कमिटीका उपाध्याक्षमा कमला पोखरेल एवं रामप्रसाद महतो, सचिव राजकुमार विश्वकर्मा र सहसचिव राजकुमार खड्का एवं रमेश खपांगी रहनु भएको छ ।
पार्टीका पोलिटव्युरो सदस्य लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टी नेताहरु अन्जु पौडेल, वसन्तराज भट्टराई, पुष्प राजभण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो ।
एकीकृत समाजवादीले सर्लाहीका विभिन्न पालिकामा आफ्ना कमिटीहरु विस्तार गर्ने क्रममा आज (शनिवार) वागमतीमा भेला गरिएको जनाएको छ ।
सर्लाही | लामो समयदेखि शान्तिको शन्देसले भरिएको रेडियो कार्यक्रम उमङ्ग प्रशारण गर्दै आएका सर्लाहीका ३ ओटा रेडियोलाई शनिवार सम्मान गरिएको छ ।
प्रेम रावतको शान्ति सन्देश प्रशारण गर्ने लालबन्दीका ढुकढुकी एफ.एम. र रेडियो एकता र रेडियो दर्शन बागमतीलाई आत्मज्ञान प्रचार संघ लालबन्दीले सम्मान गरेको हो ।
केन्द्रको आफ्नै भवनमा भएको सम्मान कार्यक्रममा रेडियोका म्यानेजरहरुलाई खादा ओडाएर सम्मान गर्दै प्रेम रावतद्वारा लिखित ‘हिअर योर सेल्फ’ नामक पुस्तक समेत बितरण गरिएको केन्द्रका मदन नेपालले जानकारि दिनुभयो ।

कार्यक्रममार्फत लालबन्दी केन्द्रलाई संचालन गर्नका लागी महत्वपुर्ण योगदान दिएको भन्दै केन्द्र प्रमुख शारदा प्रसाद दंगाल र लामो समयदेखि केन्द्रको सरसफाई लगाएतको कार्यमा सेवा गर्दै आएको भन्दै सन्सरीमाया रानालाई समेत खादा ओढाएर सम्मान गरिएको केन्द्रका नेपालले बताउनुभयो ।
हाल आत्मिकी शान्ति कसरी प्राप्त गर्ने, आफुलाई कसरि चिन्ने लगाएतको शन्देस समेटिएको प्रेम रावतको उमङ्ग कार्यक्रम देश भरका रेडियोबाट प्रशारण हुन्छ भने बिश्वका धेरै देशबाट बिभिन्न भाषामा अनुवाद गरेर बजाईने र देखाईने गरिन्छ ।
क्षितिज बिश्वकर्मा | सर्लाहीको नवलपुरबाट प्रहरीले ड्रममा लुकाएर ल्याउँदै गरेको १२६ केजि लागुऔषध गाँजा सहित शनिवार बिहान २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ सिदुलेख गाउँपालिका ६ बस्ने बर्ष २२ का सुरेन्द्र बिश्वकर्मा र मकवानपुर कैलास गाउँपालिका २ बस्ने बर्ष ४८ का भिमलाल मोक्तान रहेका छन ।
पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने योद्दा पिकअपमा माछा राख्ने २ ओटा ड्रम भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा लालबन्दी १ नवलपुरस्थित भवानी हेल्थ केयर अगाडिबाट उक्त परिमाणमा गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
उनिहरुको साथबाट ८५ हजार नगद र २ थान मोबाईल समेत बरामद भएको र उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारि दिनुभयो ।
सर्लाही | कांग्रेस नेताको निधन प्रति कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख ब्यक्त गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा कार्कीको निधनप्रति देउवाले गहिरो दुःख व्यक्त गरेको उल्लेख छ ।
कांग्रेस नेता एवं प्रजातन्त्र सेनानी खड्गबहादुर कार्कीको ७१ वर्षको उमेरमा बिहीबार राति हरिवन नगरपालिका–११ स्थित आफ्नै निवासमा निधन भएको छ ।
देउवाले कार्कीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । प्रजातन्त्रका लागि भएका विभिन्न आन्दोलनमा अग्रपंक्तिमा लडेका कार्कीको छवि असल नेताको रुपमा स्थापित थियो ।
कार्कीको शुक्रबार वागमती नदी किनारमा दाहासंस्कार गरिएको छ । दाहसंस्कार अघि कार्कीको पार्थिव शरीररमा नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।

सर्लाही | सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् ।
यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् ।
उनी यसअघि भक्तपुर जिल्लाको सहायक सीडीओ थिइन् ।
Nearly six months after they left Kabul, Sayed* and his family are starting a new life in Pittsburgh, Pennsylvania.
Their journey involved repeated attempts to get through Taliban checkpoints and reach the airport in the Afghan capital, a flight to Qatar, another flight to Germany, and then more than five months on a US military base in Wisconsin.
Sayed, who worked with Afghan security forces, says that arduous process offered him a lifeline – and he is now looking to build a future in the United States.
“My number one priority is to take care of my immigration paperwork because we have no place in Afghanistan; we were informally sentenced to death there,” he told Al Jazeera in a phone interview.
Sayed is one of more than 74,000 Afghans now living across the US after being housed on military bases for months following the chaotic Kabul evacuation in August last year.
But while Americans have been welcoming, advocates say efforts to make the Afghan newcomers feel at home are dotted with challenges, from immediate, logistical ones such as finding affordable housing, to structural ones like resolving their immigration status.
“It feels like a milestone, but it’s really just the beginning for people,” said Melanie Nezer, senior vice president for public affairs at HIAS, a refugee resettlement agency.
सर्लाही : वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका चुरे क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका–१२ कालिञ्जोरवासीको घरघरमै पानीको धारा पुगेपछि दंग परेका छन्। सधैं खानेपानीको अभाव हुने कालिञ्जोरको सुकेपुर गाउँमा खानेपानीको सुविधा पुगेको हो।
स्थानीय तिलकबहादुर थापाका अनुसार ईश्वरपुर नगरपालिकाको सुख्खा क्षेत्र मानिने साबिकको कालिञ्जोर गाविसको ७ र ८ सुकेपुर क्षेत्रका २०० भन्दा बढी घरधुरीलाई खानेपानीको समस्या टरेको छ। बाँके खोलाबाट गाउँसम्म पानी ल्याउनका लागि नगरपालिकाले पाइप उपलब्ध गराएको हो। पाइप बिछ्याउन गाउँले श्रमदान गरेको थापाले बताए।
घरघरमै खानेपानी आएपछि पिउने पानीको समस्या हट्नुका साथै सरसफाइ गर्न र पशुचौपायलाई पानी खुवाउन पनि सहज भएको सुकेपुरका भीमबहादुर चौहानले बताए।
पूर्व–पश्चिम राजमार्गको फूलजोर चोकबाट नौ किलोमिटर उत्तरमा पर्ने सुकेपुरका स्थानीयवासी यसअघि गाउँमा रहेको तीन/चार वटा धारामा घण्टौं लाइनमा बसेर पानी भर्न बाध्य थिए। अहिले उक्त समस्याबाट मुक्ति पाएको स्थानीयवासीले बताएका छन्।
सुक्खा याम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे क्षेत्रमा खानेपानीको हाहाकार हुन्छ। पछिल्ला वर्षहरुमा नगरपालिकाले चुरेक्षेत्रका विकट बस्तीहरुमा समेत खानेपानी पुर्याउन थालेपछि त्यस क्षेत्रका नागरिकलाई केही सहज हुन थालेको छ। घनश्याम बलम्पाकी/थाहा