निजगढ । बारा जिल्लाको निजगढकै पहिलो साझा सहकारी संस्था अन्तत पुनः सञ्चालनमा आउने भएको छ । निजगढ सहकारी सस्था लिमिटेड (साझा सहकारी सस्था लिमिटेड ) प्रजातन्त्र आउनु साझा सहकारी सस्था लिमिटेड रहेकोमा पछि निजगढ सहकारी सस्था लिमिटेड बनाईएको सस्था स्थापना भएर बिगत तीन दशक देखि बन्द अबस्थामा रहेको छ ।
२्र८२ शेयर सदस्य रहेको यो सहकारी पञ्चायत कालदेखिनै निजगढको तीन गाबिसका किसानहरुलाई मलखाद, बिउ बिजन लगायतका कृषी सामाग्रीहरु सहुलियत दरमा बिक्री बितरण गर्दै आएको भएपनि अम्बिका चौलागाई अध्यक्ष भएपछि यति लामो समय पुर्णरुपमा निसृय रहेको हो । सो सहकारीका अध्यक्ष चौलागाई निस्कृय भएपछि उपाध्यक्ष ज्ञानेन्द्र चौलागाई र एकिकृत नेकपा माओबादीका नगर अध्यक्ष सन्तोष दङगाल ले नगरपालिकामा पटक पटक ज्ञापनपत्र दिदै सञ्चालनका लागि अगुवाई गर्न नगरपालिकालाई अनुरोध गरेपछि आज नगरपालिकामा भएको समिति सहितको सर्वदलिय छलफलले सहकारी सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्कीले बताउनु भयो । किसानहरुको समस्या समाधान गर्न पहिलो सहकारी साझा सस्थालाई नियम सगत अघि बढाउने र आवश्यक पर्ने आर्थिक भौतिक सबै सहयोग गर्न नगरपालिका तयार रहेको नगर प्रमुख शुरेश कुमार खनालले बताए । सर्वदलिय छलफलले आज २०७८।११।६ गतेको मितिले एक हप्ताभित्र साझा सहकारीको शेयर सदस्यता खोल्ने निर्णय गरेको छ । त्यसैगरी चैत्र मसान्त भित्र साधारण सभा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । सो अघि लेखा परिक्षण लगायतको आवश्यक कानुनी प्रकृया पुरा गरी चैत्र मसान्तभित्र साधारण सभा गरेर नगरपालिकालाई प्रतिबेदन बुझाउने निर्णय भएको उपाध्यक्ष ज्ञानेन्द्र चौलागाईले बताए । उनले पटक पटक आफुले सहकारी सञ्चालन गर्न पहल गरेपनि अध्यक्ष निस्कृय हुदा नसकेको बताए । उनले नगरपालिकामा आफुले दुई पटक ज्ञापन पत्र दिएको बताए ।
पञ्चायतकालदेखि सञ्चालनमा आएको सस्था यसरी निसृय हुन दुर्भाग्य भएको भएपनि पुन नगरले पहल गरी सञ्चालनमा आउन लागेकाले खुशी लागेको राप्रपा निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीले बताए । आ–आफनो सहकारी चलेर राम्रो बनाउन सक्ने पदाधिकारी हुदा पनि तीन दशक एउटा संस्था निस्कृय हुनु उहाहरुको नियतमा खोट देखिन्छ, त्यसमा पनि सहकारीको नियम विपरित एक ब्यक्ती दुई सहकारीको अध्यक्ष हुदा सहकारीको नियम समेत पालना नभएको उप्रेतीले बताए ।
सर्लाही | नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट पत्रकारहरुको सर्लाही जिल्ला कमिटि गठन भएको छ ।
बुधवार लालबन्दी नगरपालिका ७ स्थित उद्योग वाणिज्य संघ लालबन्दीको सभाहलमा बसेको जिल्ला भेलाले पत्रकार क्षितिज बिश्वकर्माको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपाल शाखा सर्लाहीको कार्यसमिती गठन गरेको हो ।
नवगठित १७ सदस्यिय कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा रिना आले, उपाध्यक्षमा अनिता साह, सचिबमा बिप्लब पोखरेल, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सह–सचिबद्वयमा कौसिला दर्नाल र रञ्जना राई सहित अन्य सदस्य चयन भएका छन ।
त्यस्तै भेलाले कश्यप बरालको संयोजकत्वमा राघब शर्मा, मुकुन्द ढुङ्गेल, ढुण्डी राज पोखरेल र प्रेम राज दाहाल रहेको सल्लाहकार समिती चयन गरेको छ ।
पार्टीका सर्लाही जिल्ला प्रचार बिभाग प्रमुख चुडामणि वाग्लेको बिशेष सक्रियता एवं केन्द्रिय सदस्य तथा प्रदेशसभा सांसद बेचि लुंगेलीको प्रमुख आतिथ्यतामा बसेको भेलामा जिल्ला कमिटि सचिव गोबिन्द अधिकारि, सह–सचिव नवराज मिश्र लगाएत नगर कमिटिका पदाधिकारि, क्याम्पस कमिटिका पदाधिकारि लगाएतको सहभागीता रहेको थियो ।
सर्लाही | पौष शुक्ल पुर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार विधिपूर्वक समापन गरिँदै छ ।
पौष शुक्ल पुर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले बुधबार व्रत समापन गर्दैछन् ।
पौष शुक्ल पुर्णिमादेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने क्रम पनि बुधबार पूराहुन्छ ।
एक महिने व्रत गरेकाहरुले माघ शुक्ल पुर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल , १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिने गर्दछन् ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रतको विधि छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।
आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।
व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनःमिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ
बुधबार मध्याह्नकालपछि विधिपूर्वक पूजालगाई व्रत समापनगरि रातीमा जागराम बसी बिहिबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुनेछ ।
सर्लाही | भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ।
बुधबार बिहान मुम्बईस्थित सिटी केयर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ७० वर्षीया लहरी भारतीय संगीतका चर्चित हस्ती हुन्।
भारतको गीत संगीतमा ‘बप्पी दा’ को नामले परिचित लहरीको जन्म सन् १९५२ मा कलकत्तामा भएको थियो।
सांगीतिक माहौल भएको परिवारमा उनको जन्म भएको थियो। बप्पीका पिता अपरेश लहरी प्रसिद्ध बंगाली गायक थिए भने आमा बनसरी प्रसिद्ध शास्त्रीय संगीतकार हुन्।
१९ वर्षको उमेरदेखि नै संगीत निर्देशकको काम सुरु गरेका बप्पी दाले सन् १९७२ मा बंगली फिल्म ‘दादू’ मा पहिलो पटक संगीत दिएका थिए।
बलिउडका सयौं फिल्मका चर्चित गीतहरुमा संगीत दिएका लहरीलाई भारतको डिस्को बादशाह समेत भनिन्थ्यो।
सार्वजनिक कार्यक्रमहरुमा प्रस्तुत हुँदा गला र हातमा सुनका ठूल्ठूला सिक्री लगाएर प्रस्तुत हुने बप्पी दा गहना र नगद बाँड्ने कामका लागि पनि चर्चित थिए।
सर्लाही | मंगलवार दिउँसो सर्लाही प्रहरीले १० किलो लागुऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कौडेना गाउँपालिका २ बस्ने बर्ष २४ का बिकास राउत रहेका छन ।
राउतलाई नेपालबाट भारततर्फ बिआर ३० डब्ल्यु ५४६४ नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाईकलको पछाडि सेतो बोरामा लुकिछिपि गाँजा लिएर जाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिष्णु गाउँपालिका २ स्थित नदिया पकडी जाने बाटोमा खटिएको प्रहरीटोलीले चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
पक्राउ परेका राउतलाई मोटरसाईकल, गाँजा सहित हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सर्लाही | जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमवारबाट बिद्युतिय राहदानी (ई–पासपोर्ट) बितरण सुरु गरेको छ ।
तीन जना सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पासपोर्ट वितरण कार्यको शुभारम्भ गर्नुभयो । इ–पासपोर्ट बितरण कार्यको शुभारम्भ गर्दै प्रजिअ गौतमले आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीहरुलाई इ–पासपोर्ट वितरण उपलब्ध गराईने जानकारि दिनुभयो ।

करिव एक महिना अघिदेखि इ–पासपोर्टका लागि सेवाग्राहीहरुको फर्म भर्ने र आवश्यक कागजात संकलन गर्ने काम थालेको प्रशासन कार्यालयले राहदानी विभाग काठमाडौंबाट पहिलो पटक १५६ जना सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि वितरण सुरु गरेको जनाएको छ ।
विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुन्छ । एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने बताइएको छ ।
इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीहरुले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिएर जान सक्ने प्रजिअ गौतमले बताउनुभयो ।
सर्लाही | जिल्लाको हरिवनमा २ दिने पोषणसम्बन्धी पालिका स्तरीय समीक्षा गोष्ठी सम्पन्न भएको छ । नगर स्वास्थ्य समितिका संयोजक एवम् वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञविनोद ढुंगेलको अध्यक्षतामा प्रमुख अतिथि नगरप्रमुख गणेश प्रसाद प्रसाईंले आइतबार उद्घाटन गरेको गोष्ठी सोमबार सकिएको हो ।
गोष्ठीको उद्घाटन कार्यक्रममा उपमेयर रेणुका कुमारी पौडेल, प्रमुख प्रशासकीय अधिकृत उपसचिव नवराज निरौला, वडा नम्बर ५ का अध्यक्ष नागेन्द्र कुमार साह, ६ का वडा अध्यक्ष प्रह्लाद बुढाथोकी, १० का वडा अध्यक्ष शम्भु मैनाली, स्वास्थ्य शाखा संयोजक शशीकान्त सिंह, नगरका चारओटै हेल्थपोष्टका इन्चार्जहरु, पोषण कार्यक्रमका फोकल पर्सनहरुको उपस्थिति रहेको थियो ।
गोष्ठीका अवसरमा हरिवनमा पोषण कार्यक्रमको अवस्था कस्तो छ भनेर समीक्षा गरिएको थियो । सो अवसरमा नगरको पोषण स्वास्थ्यको अवस्थाका बारेमा स्वास्थ्यकर्मीहरुले सहभागिहरुलाई जानकारी गराएका थिए ।
पोषण कार्यक्रम अन्तर्गत नगरभित्रका २ वर्षमुनिका बच्चाहरुको वृद्धिको अवस्थाको बारेमा भएका अनुगमन, कुपोषण र रक्तअल्पता भएका बच्चाहरुको खोज पड्ताल र उपचारको अवस्था, जुकाको औषधी र १८० ट्याव आईरन चक्की खाएका गर्भवती महिला, भिटामिन ए र जुकाको औषधी खाएका ५ वर्षमुनिका बालबालिका, भिटामिन ए र ४५ ट्याव आइरन चक्की खाएका सुत्केरी महिलाहरु र बालभिटा खाएका ६ महिनादेखि २३ महिना सम्मका शिशुहरुको अवस्थाको बारेमा समीक्षा गरिएको थियो ।
समीक्षा गोष्ठीमा नगरमा सञ्चालित पोषण कार्यक्रम अन्यत्र भन्दा हरिवनमा प्रभावकारी भएको भन्दै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने स्वास्थ्यकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । स्वास्थ्यकर्मीहरुले २ वर्ष मुनिका बच्चाहरुको प्रत्येक महिना नियमित तौल जाँच गर्नुपर्ने खाँचो औंल्याएका छन् ।
नगर स्वास्थ्य शाखाका सह संयोजक रामबाबु चौधरीका अनुसार हरिवन हेल्थ पोष्टले ५५ प्रतिशत, अत्रौली हेल्थपोष्टले ३८ प्रतिशत, घुर्कौली हेल्थपोष्टले ३९ प्रतिशत र सासापुर हेल्थपोष्टले ६१ प्रतिशत २ वर्षमुनिका बच्चाहरुको प्रत्येक महिना नियमित तौल जाँच गर्ने गरेका छन् ।
त्यस्तै गोष्ठीकै अवसरमा सहभागि स्वास्थ्यकर्मीहरुले गर्भवती महिलालाई नियमित १८० आईरन ट्यावलेट खान, टिडी खोपसहित गर्भअवस्थाभरीमा कम्तीमा चारपटक स्वास्थ्य जाँच गराउन पहल गर्नु पर्ने विषयमा जोड दिएका छन् ।
उनीहरुले यस विषयमा गर्भवती महिलाहरुको सम्पर्क नम्बर राखि नियमित आइरन चक्की सेवन गरेनगरेको र नियमित स्वास्थ्य जाँच गरेनगरेको बुझ्ने र आमा समूहरुहरुको छलफल तथा बैठकमा समेत यस्ता विषयमा जानकारी गराउने विषयमा जोड दिनु पर्नेमा जोड दिएका नगर स्वास्थ्य शाखाका सह संयोजक चौधरीले बताए ।
सर्लाही | वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज मस्तिष्काघातबाट निधन भएको छ । उनी ताना शर्माका नामबाट लोकप्रिय थिए । विसं १९९१ असार ९ गते इलामको बरबोटेमा जन्मिएका उनी ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् ।
डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए । उनी पाठ्यपुस्तक लेखक पनि थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।
उनको पहिलो रचना २००८ सालमा साथी साप्ताहिकमा प्रकाशित रहेको थियो । दिवङगत शर्माका श्रीमती शान्ता शर्मा, छोराहरु अनलनाथ र सलिन छन् । । यसैगरी उनका भाइहरु पुष्पनाथ, लक्ष्मीनाथ, स्व. दुर्गानाथ, सागरनाथ, तेजनाथ र भुपेन्द्रनाथ तथा बहिनीहरु खेमकुमारी गड्तौला, रन्जना शर्मा, झुना शर्मा र मुना शर्मां हुन् ।
सर्लाही | जनपत्रकार संगठन नेपाल सर्लाही जिल्ला समितिले पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघलाई मर्यादित, व्यवस्थीत र जिम्मेवार बनाउन भन्दै संगठनले ज्ञापनपत्र बुझाएको हो । संगठनको केन्द्रीय नीति अनुसार संगठनका जिल्ला संयोजक राजेश पाठक नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएका हो ।
‘नेपाली पत्रकारहरुको साझा संस्थाको रुपमा चिनिने नेपाल पत्रकार महासंघलाई पनि साझा, मयादित, अनुशासित र जिम्मेवार सस्थाको रुपमा हेर्न चाहान्छ ।’
महासंघलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस कदम चालि कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुनस्थापना गहत र स्वास्थ्य उपचारका लागि पहल गरियोस।’संगठनले पत्रकारको बीमा अनिवार्य गर्न माग गरेको छ ।

‘नेपाल सरकारद्वारा विमाङ्क रकम हाल्ने गरि श्रमजीवी पत्रकारहरुको निशुल्क ५ लाख वरावरको स्वास्थ्य विमा गर्न सम्बन्धित ठाउँमा पहल गरिहोस र त्यस्तो विमा गर्दा सहज र सजिलो प्रक्रियावाट हुने गरि सवै पत्रकारहरुमा पूर्ण रुपमा कार्यान्वय गरिहोस् ।’ ज्ञापन पत्रमा भनिएको छ ।सदस्यता सुद्धिकरण गर्न संगठनले विशेष जोड दिएको छ ।
‘महासंघका सदस्यहरूको सुद्धिकरण गर्दै सवै पत्रकार संगठन र पत्रकारहरुको महासंघमा सहभागिताका लागि थप मर्यादित र जिम्मेवारी हुदै पत्रकारिता गरिरहेका पत्रकारलाई सहज र निश्पक्ष रूपमा सदस्यता प्राप्त हुने सुनिश्चित वातावरण गरिहोस् ।’ ज्ञापनपत्रमा भनिएको छ ।‘नेपाल पत्रकार महासंघले परिचालन गर्ने आर्थिक कारोवार पारदर्शि गरिहोस् ।’
ज्ञापनपत्रमा भनिएको छ, ‘केन्द्र, प्रदेश र स्थानिय सरकारबाट प्राप्त हुने विज्ञापनहरु महासंघ मार्फत समानुपातिक प्राणालीबाट सवै मिडियाहरुले पाउने वातावरण गरिहास् ।’पत्रकारहरुको क्षमता वृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गर्ने समेत संगठनले माग गरेको छ ।
सर्लाही | सशस्त्र प्रहरी २ नम्बर प्रदेश मुख्यालय बर्दिबासबाट खटिएकाे स्क्वार्ड टाेलीले ठूलाे मात्रामा लागू औषध समात्न सफल भएकाे छ ।
काराेबारीले भारतीय सीमावर्ती शहरबाट माेटटरसाइकलकाे पछाडि बाेरामा राखेर नेपालतर्फ ल्याउँदै गरेकाे १२ हजार पिस नाइट्राेभेट इन्जेक्शन बरामद गर्न सफल भएकाे प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरले बताउनु भएकाे छ ।

विशेष सुराकिकाे आधारमा सुक्रवार दिउँसाे सर्लाहीकाे बरहथवा नगरपालिका १७ स्थित नहर सडक खण्डबाट चेकजाँच गर्दा बा ५५ प ९२८ नम्बरकाे कालाे रंगकाे पल्सर माेटरसाइकलसहित ठूलाे परिमाणमा प्रतिवन्धित नाइट्राेभेट बरामद गरिएकाे हाे ।
चेकजाँच गर्ने क्रममा माेटरसाइकल छाेडेर भागेका चालक र सवारी धनीकाे खाेजी भईरहेकाे ठाडा मगरले बताउनुभयाे । बरामद गरिएकाे नाइट्राेभेट सर्लाहीकाे १० नम्बर गणमा ल्याई आवश्यक कार्यबाहीका लागि प्रहरीलाई बुझाईएकाे छ ।
यति ठूलाे मात्रामा प्रतिबन्धित नाइट्राेभेट इन्जेक्शन बरामद गरेकाे सम्भवत पहिलाे पटक भएकाे प्रहरीकाे भनाइ छ ।