२०८३ आश्विन १६ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १६ शुक्रबार

सर्लाही, १२ भदौ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल मधेश प्रदेशका अध्यक्ष रुद्रशेन विश्वकर्माले मधेशबाट रसुवा पहिरो प्रभावित क्षेत्रमा राहत सामाग्री ढुवानीका लागी निशुल्क ट्रक दिने भएका छन । उनले फेसबुकमा एउटा स्टाटस लेख्दै बिपतको कठिन घडिमा आफ्नो कम्पनीको ट्रक निशुल्क दिने घोषणा गरेका हुन । उनले बिपतको समयमा पिडित परिवारको साथमा उभिनु हाम्रो साझा दायित्व भएको बताउँदै आफुले निशुल्न राहत सामाग्री ढुवानीको ब्यवस्था गरिदिने प्रतिवद्धता जनाएका हुन ।

विश्वकर्माले निशुल्क राहत सामाग्री ढुवानीका लागी आफ्नो श्री बाबा विश्वकर्मा ढुवानी सेवा, मनको राजा कम्पनीका ट्रक आवश्यक परे सम्पर्क गर्न अनुरोध गरे । उनले आफ्नो सम्पर्क नम्बर समेत सार्वजनिक गर्दै आवश्यक परे जुनसुकै बेला मिथिला १० लालगढ धनुषामा सम्पर्क गर्न अनुरोध गरे ।

भोटेकोशीमा आएको अकल्पनीय बाढीका कारण सम्पर्कविहीन रहेका मधेश प्रदेशका १० जना सम्पर्कमा आएका छन् । यो खबर तयार पार्दासम्म अझै ११६ जना भने सम्पर्कविहीन छन् । उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन ।

यसअघि प्रहरीले १२० जना पुरुष, पाँच जना महिला र एक जना बालक सम्पर्कविहीन रहेको बताएको थियो प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार यसअघि सम्पर्कविहीन रहेका १० जना परिवारको सम्पर्कमा आएका छन् ।

लालबन्दी, ९ भदौ । सर्लाहीका ७२ जना एम्बुलेन्स चालकहरुलाई आधारभूत जिवनरक्षा तालिम प्रदान गरिएको छ । ग्रुप फर टेक्निकल एसिस्टेन्स (जिटिए) फाउण्डेसनको आयोजनामा चालकहरुलाई तालिम प्रदान गरिएको हो ।

सोमबार सदरमुकाम मलंगवा र मंगलबार लालबन्दी र हरिपुरमा तालिम आयोजना गरि एम्बुलेन्स चालकहरुलाई आधारभूत जिवनरक्षा तालिम प्रदान गरिएको हो । प्रादेशिक अस्पताल मलंगवामा भएको तालिममा २९, लालबन्दीमा १८ र हरिपुरमा भएको तालिममा २५ जना गरि ७२ जना चालकलाई तालिम प्रदान गरिएको फाउण्डेसनकी प्रशिक्षक एवम् Intervention Research and Development Officer ललिता अवालले जानकारी दिनुभयो ।

बिरामीसम्म पुग्ने पहिलो ब्यक्ति नै एम्बुलेन्स चालकहरु हुने भएकोले उनिहरुलाई सुरुमै गर्न सकिने केहि आधारभूत जिवनरक्षा तालिम र ब्यवहारिक विधिको बारेमा जानकारी गराउने उद्देश्यले चालकहरुलाई तालिम प्रदान गरिएको भन्दै अवालले भन्नुभयाे ‘एम्बुलेन्स चालकहरू दुर्घटना, हृदयघात, श्वासप्रश्वासमा समस्या, बेहोस हुने वा अन्य गम्भीर स्वास्थ्य अवस्थाका बिरामीसँग सबैभन्दा पहिले सम्पर्कमा आउने व्यक्तिमध्ये पर्छन् । अस्पताल पुग्नुअघि बिरामीलाई आवश्यक प्राथमिक जीवनरक्षक सेवा उपलब्ध गराउन सकेमा बिरामीको जीवन बचाउने सम्भावना बढ्न सक्छ ।’

एम्बुलेन्स चालकहरू दुर्घटना, हृदयघात, श्वासप्रश्वासमा समस्या, बेहोस हुने वा अन्य गम्भीर स्वास्थ्य अवस्थाका बिरामीसँग सबैभन्दा पहिले सम्पर्कमा आउने व्यक्तिमध्ये पर्छन् । अस्पताल पुग्नुअघि बिरामीलाई आवश्यक प्राथमिक जीवनरक्षक सेवा उपलब्ध गराउन सकेमा बिरामीको जीवन बचाउने सम्भावना बढ्न सक्छ।

तालिममा एम्बुलेन्स चालकहरूलाई हृदयघात (Cardiac Arrest) पहिचान गर्ने, बिरामीको अवस्था जाँच गर्ने, तुरुन्त सहयोगका लागि सम्पर्क गर्ने, प्रभावकारी CPR (Cardiopulmonary Resuscitation) गर्ने, AED (Automated External Defibrillator) प्रयोग गर्ने तथा घाँटीमा खाना वा अन्य वस्तु अड्किएर श्वासप्रश्वासमा समस्या भएको अवस्थामा प्राथमिक उपचार गर्ने जस्ता महत्वपूर्ण जीवनरक्षक सीपहरू सिकाइएकाे नगर अस्पताल लालबन्दीकाे एम्बुलेन्स चालक गुणबिक्रम कार्किले बताउनुभयाे ।

याे तालिमले धेरै एम्बुलेन्स चालकहरूलाई स्थानीय स्तरमै BLS सीप सिकाउन तथा भविष्यमा पनि यस्तो तालिमलाई निरन्तरता दिन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

याे कार्यक्रमले एम्बुलेन्स चालकहरूको BLS ज्ञान, CPR गर्ने व्यावहारिक क्षमता र आपत्कालीन अवस्थामा छिटो तथा प्रभावकारी रूपमा प्रतिक्रिया दिने क्षमता सुधार गर्ने लक्ष्य राखेको छ। यसबाट अस्पताल पुग्नुअघि नै बिरामीलाई आवश्यक जीवनरक्षक सेवा प्रदान गर्न सहयोग पुग्ने र नेपालमा pre-hospital emergency care को गुणस्तर सुधार गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो तालिम गोरखा, पर्सा, रौतहट र सर्लाहीका एम्बुलेन्स चालकहरुलाई प्रदान गरिएको छ ।

सर्लाही, ९ भदौ । मिथिला नगरपालिका–९, लालगढ स्थित माता दुर्गा भगवती मन्दिरको उदघाटन गरिएको छ । नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवरको प्रहरी उपरीक्षक भुवनेश्वर प्रसाद साहद्वारा दुर्गा मन्दिरको उदघाटन गरिएको हो ।

प्रहरी कर्मचारी लगायत स्थानीयको सहभागीतामा कलश यात्रा सहित प्राण–प्रतिष्ठा पूजा सम्पन्न गरी विधिवत् रूपमा मन्दिरको उद्घाटन गरिएको प्रहरी उपरीक्षकले बताए ।

पवित्र धार्मिक तथा पुण्य कार्यमा मन्दिर निर्माणका लागि सहयोग, समर्पण तथा योगदान गर्नु हुने सम्पूर्ण सहयोगी दाताहरूलाई प्रहरी उपरीक्षक साहले धन्यवाद व्यक्त गरेका थिए ।

लालबन्दी, ९ भदौ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान, सर्लाही शाखा लालबन्दीको आयोजनामा विद्यार्थीहरुका लागी मुटु बचाउसम्बन्धी एकदिने सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ । जिल्लाको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको श्री नवजीवन विद्याश्रम माध्यमिक विद्यालयमा मुटु बचाउसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम गरिएको हो ।

प्रतिष्ठानको नियमित मासिक सचेतनामूलक कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, तथा शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका सर्लाही शाखा सभापति शिवप्रसाद न्यौपानेले संस्थाको परिचय तथा हालसम्म गर्दै आएका गतिविधिबारे जानकारी गराउँदै मुटु स्वस्थ राख्न खानपान तथा जीवनशैलीमा अपनाउनुपर्ने सावधानीबारे प्रकाश पार्नुभएको थियो ।

त्यस्तै, प्रतिष्ठानका कार्यसमिति सदस्य एवं योगगुरु माधवप्रसाद खरेलले मुटु स्वस्थ राख्न उपयोगी विभिन्न योगाभ्यास गराउनुभएको थियो । प्रतिष्ठानका कार्यसमिति सदस्य लक्ष्मीनारायण चौधरीले मुटुरोगबाट बच्न अपनाउनुपर्ने स्वस्थ खानपान, नियमित व्यायाम तथा शारीरिक सक्रियताका विषयमा प्रशिक्षण दिनुभयो ।

सो अवसरमा प्रतिष्ठानका सर्लाही शाखा सभापति न्यौपानेले विद्यालयलाई स्मरणपत्रसहित मुटु बचाउसम्बन्धी विभिन्न सचेतनामूलक सामग्री विद्यालयका निमित्त प्रधानाध्यापक दाहाललाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपसभापति विक्रम भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रम प्रतिष्ठानका कार्यक्रम संयोजक तथा कोषाध्यक्ष भीमबहादुर जर्गा मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

९ भदौ, जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका छन् ।

मधेश प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आव २०८२/८३ मा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका एक हजार ११७ गरी एक हजार ९३८उद्योग व्यवसायको लगत कट्टा भएका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशमा पाँच हजार ६८ वटा नयाँ उद्योग दत्र्ता भएको छ । सो अवधिमा पर्सामा एक हजार १०१ , धनुषामा ७७७ , बारामा ६३९ , सर्लाहीमा ६३६ , सिरहामा ५५४ , रौतहटमा ५३३ , महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोले बताए । गत आव २०८२/८३ मा सात हजार ५४० वटा उद्योगको नवीकरण भएको छ ।

सूचना अधिकारी महतोका अनुसार गत आव २०८२/८३ मा वाणिज्यतर्फ प्राइभेट फर्म छ हजार १२२ वटा र साझेदारी फर्म १८ नयाँ दर्ता हुदाँ ११ हजार १४४ नवीकरण भएको छ ।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतका शीर्षकबाट पाँच करोड २६ लाख ४९ हजार ५६२  रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी महतोले बताए ।

विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पूँजीको अभाव तथा स्थानीय तहमा पनि उद्योग दर्ता गराउने क्रम बढ्नुलगायतका कारणले उद्योगहरूको लगत कट्टा हुने सङ्ख्या बढेको सूचना अधिकारी महतोको भनाइ छ ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो ।

पूर्वसभापति शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले महाधिवेशन रोक्न माग गर्दै अदालत जाने निर्णय भएको जानकारी दिए । अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनः सुनुवाइ हुने भएपछि महाधिवेशन प्रक्रिया अगाडि बढाउन नहुने इतर समूहको भनाइ छ ।

तर, पार्टीले भने महाधिवेशन प्रक्रिया अगाडि बढाइसकेको छ । केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार पार्टीको वडा अधिवेशन २४ भदौमा हुने भएको छ । कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ ।

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने भ्रमणको सिलसिलामा काठमाडौँ आएका छन्। 

पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छिन् । आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनीहरूलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसी र उनकी धर्मपत्नीले स्वागत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

सन् १९५० देखि नै दुई देशका सेनाबिच मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन छ । 

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन् । गत मङ्सिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहबिच भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई उक्त मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्। . 

दुवै देशका प्रधानसेनापति नियुक्त भएपछि एक अर्काको देशमा भ्रमण गर्ने चलन पनि रहिआएको छ। मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ।

मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच साउन पहिलो साता भएको तीनबुँदे सहमति अनुसार आज कोशी प्रदेश सरकार विस्तार गरिँदैछ। 

सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्राप्त हुनासाथ सरकार विस्तार गर्ने तयारी मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन्। दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ।

सहमति अनुसार नेकपाले चारवटा मन्त्रालय पाउने निश्चित भइसके पनि कुन-कुन मन्त्रालय दिइने भन्ने विषय भने गोप्य राखिएको छ। स्रोतका अनुसार नेकपाले पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पर्यटन मन्त्रालय र स्वास्थ्य वा कृषिमध्ये एउटा मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ।

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले साउन २५ गते राजीनामा दिएर बाहिरिएपछि कांग्रेसले सम्हालेका मन्त्रालयहरू अहिले मुख्यमन्त्री कार्की आफैँले राखेका छन्।

नेकपाको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अहिलेसम्म अन्तिम टुङ्गो लागिसकेको छैन। यद्यपि नेकपाबाट जीवन आचार्य, गोम्बु शेर्पा, खिनु लिम्बू तथा राजन किराँती र दुर्गा चापागाईं मान्छेमध्ये एक जना सरकारमा जाने सम्भावना रहेको स्रोतले जनाएको छ।

काठमाडौं, ३१ साउन । कलंकीबाट एक युवकलाई ट्याक्सीमा राखेर अपरहण गरी बन्धक बनाइएको पाइएको छ । अपहरण गरी एउटा घरमा लगेर बन्धक बनाई कुटपिट गर्दै गरेको अवस्थामा प्रहरीले ती युवकलाईको उद्धार गरेको छ ।

यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुन्सन्धान कार्यालयको टोलीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुर बागमती गाउँपालिका–५ का २० वर्षीय निशान रुम्बा तामाङ, सर्लाही लालबन्दी नगरपालिका–४ का २२ वर्षीय जेनिश चौधरी, ओखलढुंगा लिखु गाउँपालिका–५ का २४ वर्षीय निमेश कार्की, चितवन राप्ती नगरपालिका–२ का २४ वर्षीय अमित ओली, अर्घाखाँची मालारानी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप पोखरेल र काभ्रे भुम्लु गाउँपालिका–८ का २३ वर्षीय देवकुमार श्रेष्ठ छन् ।

पक्राउ परेका सातै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकका कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

अपहरणमा परेका नवीन रायलाई प्रहरीले घटनास्थलबाट उद्धार गरेको थियो । रायलाई कुटिपट गर्न प्रयोग भएको पाइप, नाइलनको डोरी, चक्कुसमेत बरामद गरिएको प्रहरीले बताएको छ ।

सामाजिक सञ्जालमा कुराकानी, भेट्न बोलाएर अपहरण

अपहरणको घटना २८ साउन दिउँसोको हो । अपहरणका मुख्य योजनाका मनोज बुढाथोकी हुन् । बुढाथोकी र रोहित नाम गरेका भारतीय नागरिकबीच सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्क भएको थियो । प्रहरी स्रोतका अनुसार रोहित नाम गरेका ती व्यक्तिले डलर कार्डमा लोड गर्ने भन्दै सामाजिक सञ्जालमा एड राखेका थिए ।

उनै रोहितले डलरको भाउ बढी दिन्छु भन्दै बुढाथोकीसँग कुराकानी गरेको बताइन्छ । त्यसका लागि बुढाथोकीलाई सहयोग गर्न एक जना व्यक्ति पठाउँछु भन्दै नवीन रायलाई पठाइएको थियो । उनै रायलाई पछि बुढाथोकीको समूहले अपहरण गरेको हो ।

कलंकीको भेटघाट क्याफेमा पुगेका रायलाई ट्याक्सीमा राखेर नागार्जुन नगरपालिका–५ स्थित छेग्डोलस्थित रेनुका महर्जनको घरको भुइँतलामा बन्धक बनाएर राखिएको थियो ।

यो सूचना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएपछि अपरहण तथा गुण्डागर्दीको अनुसन्धान गर्ने जिम्मा पाएको ४ नम्बर पिलरले उद्धार गर्नुका साथै ७ जनालाई पक्राउ गरेको हो ।

ट्याक्सीमा राखेर अपहरण, मोटरसाइकलमार्फत स्कर्टिङ

ट्रस्ट वालेट एपमा डलर लोड गर्न सहयोग गर्ने भन्दै मनोज बुढाथोकीलाई भेट्न क्याफेमा पुगेका राय एकाएक फिल्मी शैलीमा अपहरणमा परेका थिए । राय आउँदैछन् भन्ने थाहा पाएपछि बुढाथोकीले मान्छे आएको छ कि छैन भन्दै निगरानी गर्न टोली नै खटाएको पाइएको छ ।

राय आएको भन्ने सूचना पाएपछि बुढाथोकी आफैं उक्त क्याफेमा पुगेका थिए । त्यसपछि धारिलो हतियार देखाउँदै ट्याक्सीमा राखेर अहपरण गरी लगिएको थियो । केही व्यक्तिले भने मोटरसाइकलमार्फत उक्त ट्याक्सीलाई स्कर्टिङ गरेको एक अनुसन्धान अधिकारी बताउँछन् ।

अपहरण गरी बन्धक बनाएर कुटपिट गर्र्दै रायको परिवारसँग १८ लाख फिरौती माग गरिएको थियो । त्यसपछि यो सूचना प्रहरीेमा पुगेको थियो । तत्कालै अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरबाट खटिएको टोलीले उद्धार गर्नुका साथै ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरी टोली बन्धक बनाएर राखिएको घरमा पुग्दा रायलाई कुट्टु मात्रै लगाउन दिएर हातखुट्टा नाइलनको डोरीले बाँधिएको थियो । उनको शरीरमा प्लास्टिकको पाइपले पिटिएको थियो । शरीरभरि निलडाम थिए ।

रोहितले भनेअनुसार सहयोग गर्न भने पुगेका रायलाई क्रिप्टोको कारोबार गरेको हुन सक्ने भन्दै त्यसको पासवर्ड माग्दै यातना दिइएको प्रहरी अधिकारीहरू बताउँछन् । दिउँसो २ बजेतिर अपहरणमा परेका रायलाई अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले टेक्निल एनालाइसिस र इन्टेलीजेन्सको सहयोगमा साँझ साढे ६ बजे उद्धार गरेको थियो ।

कसको भूमिका के ?

प्रहरीका अनुसार अपहरणको मुख्य योजनाकार मनोज बुढाथोकी हुन् । अपहरण गरेर बन्धक बनाइएको घरसमेत उनीहरूले अनलाइन बिजनेस गर्ने भनेर भाडामा लिएको पाइएको छ । बुढाथोकीले रोहित नाम गरेका भारतीयसँग सम्पर्क गरेको र उनैले पठाएका रायलाई अपहरण गरेका थिए ।

त्यसका लागि मान्छे आएको छ कि छैन भनेर निगरानीका लागि प्रदीप पोखरेललाई मोटरसाइकलमा पठाएका थिए । मान्छे आएको भन्ने जानकारी आएपछि बुढाथोकी आफैं क्याफेमा गएर अपहरण गरेका थिए । थप मद्दतका लागि निमेश कार्की र देवकुमार श्रेष्ठलाईसमेत बुढाथोकीले क्याफेमा बोलाएका थिए ।

रायलाई जबरजस्ती ट्याक्सीमा राखेर बुढाथोकीसमेत उक्त ट्याक्सीमा चढेका थिए । रायलाई ट्याक्सीमा राख्न सहयोग गर्ने व्यक्ति प्रदीप पोखरेल पनि हुन् । ट्याक्सीमा राखेपछि मोटसाइकलबाट स्कर्टिङ गर्दै घटनास्थलसम्म लैजाने र कुटपिट गर्नेमा पनि उनको भूमिका देखिएको प्रहरीले बताएको छ ।

रायलाई राखिएको ट्याक्सीमा निमेश कार्की पनि चढेका थिए । जेनिश चौधरी र निशान रुम्बा तामाङ भने मनोज बुढाथोकीको अफिसमा काम गर्ने व्यक्ति हुन् । मनोजले भाडामा लिएको उक्त घरमा उनीहरू बस्थे । जहाँ अपहरण गरेर रायलाई राखिएको थियो । पक्राउ परेका सातै जनाको मिलेमतोमा अपहरण गरी बन्धक बनाई कुटपिट भएको प्रहरीले बताएको छ । Onlinekhabar बाट

नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेको छ ।

सोसाइटीका महासचिव बोधराज त्रिपाठीले बिहीबार विज्ञप्ति जारी गर्दै समाचार प्रकाशनको विषयलाई लिएर कुनै कानुनी प्रश्न वा आपत्ति भए त्यसको समाधान पक्राउ गरेर नभई प्रचलित कानुनी प्रक्रिया र प्रेससम्बन्धी स्थापित संयन्त्रबाट खोजिनुपर्ने बताएका हुन् । ‘पत्रकारले प्रकाशित गरेको समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत हो’, विज्ञप्तिमा छ ।

सोसाइटीले पत्रकारले प्रकाशित गरेको समाचारप्रति असहमति भए प्रेस काउन्सिलबाट स्थापित प्रक्रियामार्फत कानुनी उपचार खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै सोसाइटीले पत्रकारलाई समाचार प्रकाशनकै कारण त्रसित बनाउने गतिविधिप्रति आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल मिडिया सोसाइटी पत्रकार तथा सञ्चारमाध्यमले प्रचलित कानुनको पालना गर्नुपर्ने विषयमा स्पष्ट छ । तर पत्रकारिता तथा प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार तथा प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान हुनुपर्छ ।’

स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनविरुद्ध निरन्तर खबरदारी गर्ने प्रतिबद्धता पनि सोसाइटीले जनाएको छ ।

प्रहरीले श्रेष्ठलाई बुधबार वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरेको थियो ।

श्रेष्ठ पक्राउ परेको भोलिपल्ट बिहीबार प्रहरीले जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो । उनको पक्राउ र कार्यालयमा गरिएको खानतलासीको नेपाल पत्रकार महासंघले पनि विरोध जनाएको छ ।

महासंघको अगुवाइमा पत्रकारहरूले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाण्डु अगाडि प्रदर्शन तथा धर्ना दिँदै श्रेष्ठलाई विनाशर्त रिहा गर्न माग गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।