सर्लाही | छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
ईश्वरपुर नगरपालिका १२ बाँके जंगलस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको चार चक्के सवारी साधनले विपरीत दिशातर्फ आउँदै गरेको ना३४प ७०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु र अर्काे एक जना घाइते भएका छन् ।
शनिबार राति १० बजेतिर भएको उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार लालबन्दी नगरपालिका ३ बस्ने भीम गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पठाए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका ३ बस्ने ४२ वर्षीय जितन चौधरी घाइते भएका छन् । उनको लालबन्दीमा उपचार भइरहेको छ ।
यस्तै, हरिपुर नगरपालिका ६ लक्ष्मीपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा साइकलले ठक्कर दिँदा ए कजना महिलाको मृत्यु भभएको छ । मृत्यु हुनेमा स्थानीय अहमदजा मियाँकी ५५ वर्षीया पत्नी सैफुल खातुन छन् ।
बाटो क्रस गर्ने क्रममा साइकलको ठक्करबाट घाइते भएकी उनको प्रादेशिक अस्पाताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार ठक्कर दिने साइकल चालकलाई नियन्त्रणमा लिइएको छ ।
सर्लाही | गहुँ र हिउँदेवालीको लागि पकेट क्षेत्र मानिने सर्लाही जिल्लामा अहिले मल नपाएर किसानहरूले लगाएको वाली बिग्रिन थालेको बताएका छन् ।
कतिपयले लगाइसकेको गहुँबालीमा मल हाल्न पाएका छैनन् भने कतिपयले मल खाद उपलब्ध नहुँदा बाली लगाउने कि न लगाउने भन्ने अन्यौलमा परेका छन् । मल नपाएर किसानहरुलाई बाली कसरी सप्रिन्छ भन्ने चिन्ताले सताएको छ तर डिलरवालाहरुले भने बल्याकमा रसायनिक मल बेचेर राम्रै आम्दानि गरीरहेका छन ।
कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय सर्लाहीका अनुसार सर्लाहीमा युरिया १ हजार बोरा र डिएपी ८ सय बोरा आयात भएकोमा युरिया प्रती बोरा ८ सय १५ रुपैया र डिएपी मल २२ सय ६५ रुपैयामा सहकारी संस्था मार्फत बिक्री बितरण भएको छ ।
आयात भएका सबै मल जिल्लाका पालिकाहरूको सिफारिसमा सम्बन्धित डिलरलाई बिक्री वितरण गरिसकेको कार्यालयले जनाएको छ । सरकारी अनुदान सहितको दर रेट अनुसारनै युरिया मल ८ सय १५ रूपैयाँ र डिएपी मल २२ सय ६५ रूपैयाँ कायम गरि बिक्री वितरण गरेको कार्यालयले जानकारी दिएको छ । तर किसानहरुले भने डिलरवालाहरुले सरकारी अनुदानको मल ब्ल्याकमा बिक्री गरिरहेको आरोप लगाएका छन् ।
सरकारी अनुदानको मल जिल्लाका ग्रामीण भेगमा रहेका किराना पसलदेखि औषधि पसलहरूमा समेत खुलेआम ब्ल्याकमा बिक्री भईरहेको किसानहरुले गुनासो गरेका छन ।
सर्लाही | पेशागत सुरक्षाको लागि संघर्षरत् नेपाल राहत शिक्षक सर्लाहीको दोस्रो अधिवेसनबाट बरुण कुमार सिंहको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन भएको छ ।
सदरमुकाम मलंगवा नगरपालिका स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा सिंहसँगै बरिष्ट उपाध्यक्षमा राम प्रसाद दहाल, उपाध्यक्षमा मोहन राय, महिला उपाध्यक्षमा गिता चालिसे, कोषाध्यक्षमा राज किशोर सिंह, सचिवमा उपेन्द्र साह, सह–सचिवमा सिकेन्द्र राय यादव लगाएत चयन भएका छन ।
कार्यक्रममा प्रदेश नं. २ का अध्यक्ष गंगा यादव, उप-महासचिव धर्मेन्द्र कुमार यादव, धनुषा जिल्ला अध्यक्ष लक्ष्मन यादव, महोत्तरी अध्यक्ष युगल किशोर यादव, सप्तरी जिल्ला अध्यक्ष खुशीलाल यादव लगायत जिल्लाका २० ओटै स्थानिय तहमा कार्यरत राहत शिक्षक शिक्षिकाहरुको बाक्लो उपस्थिती रहेको आयोजक नेपाल राहत शिक्षक जिल्ला समिति सर्लाहीले जनाएको छ ।
सर्लाही | हरिवनमा आईतवार नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एक कार्यक्रमको आयोजना गरि १२९ औँ माओ दिवश मनाएको छ ।
हरिवन नगरपालीकाको वडा नम्बर ६ मा पार्टीले एक कार्यक्रमको आयोजना गरि दिवश मनाएको अखिल नेपाल क्रान्तिकारि ट्रेड युनियन महासंघ २ नम्बर प्रदेशका ईन्चार्ज पदम मगरले जानकारि दिनुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरि कमल सुस्लिङ, जिल्ला सदस्य एन.बि.थापा, अखिल नेपाल क्रान्तिकारि ट्रेड युनियन महासंघका जिल्ला संयोजक सर्मिला तामाङ, युवा संगठन सर्लाहीका अध्यक्ष तारा लामा लगाएतको आतिथ्यता रहेको थियो ।

बारा | गौरी शंकर फाउन्डेशन ब्याच २०५७ बाट शनिवार निजगढ नगर पालिका वडा नं ४ मा रहेको जनकल्याण आधारभूत विद्यालयमा २५२ थान स्कूल ब्याग वितरण गरिएको छ ।

ब्याग वितरण कार्यक्रममा सभाध्यक्ष गौरीशंकर फाउण्डेशनका अध्यक्ष खड्ग राज मैनाली रहनुभएको थियो भने प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष जयराम कुमर, अथिति एमाले निजगढ नगर अध्यक्ष दिल बहादुर लामा, नेपाली कांग्रेस निजगढ सभापति नवराज तिमल्सिना, राप्रपा निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेती, नेकपा समाजवादी निजगढ अध्यक्ष भीमसेन सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्याल,ससस्त्र डिएसपी डम्बर राना, जिल्ला ट्राफिक बारा प्रमुख इनिस्पेक्टर विपिन ओझा, इलाका प्रहरी कार्यालय निजगढका प्रमुख इनिस्पेक्टर शंकर चौधरी, प्र.अ. मधुसुधन अधिकारी,तेक्वान्दोका राष्ट्रिय खेलाडी यान कुमारी चौलागाई, लायन्स क्लब निजगढ निजगढका संस्थापक प्रभात सिग्देल, लायन्स पिसका सेकेन्ड भाइस प्रेसिडेन्ट सुदिप तिमल्सिना, लायन्स सिटीका सेकेन्ड भाइस प्रेसिडेन्ट राजेन्द्र सापकोटा , मेचीकाली बुहारी संयुक्त आवाजकी उषा लामा, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

गौरी शंकर फाउन्डेशन ले यसभन्दा अगाडि पनि विभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।
निजगढ को वडा नं ९ मा रहेको आर्य घाटमा ४ लाख पचास हजार लागतमा मलामीहरू बस्ने प्रतिक्षालय सम्पन्न गरेको र मोहोरीमा निर्माणाधीन १ करोड भन्दा बढी लागतको बुद्धको मूर्ति अधुरो अवस्थामा रहेको छ त्यस निर्माणमा नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा, नेकपा समाजवादी पार्टीहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् । कार्यक्रम सञ्चालन गौरीशंकर फाउण्डेशनका सदस्य मुक्ति अधिकारीले गरेका थिए ।
मनोज बख्रेल/लालबन्दी | दुर्घटना भन्ने बित्तिकै आकस्मिक वा अप्रत्यासित ढंगबाट हुने/घट्ने घट्ना बुझिन्छ । भबितब्य ढंगले घटना हुनुनै दुर्घटना हो । तर हामीले यहि अर्थ लगायर मात्रै दुर्घटनाको बारे बतायौँ भने गलत हुन्छ भन्ने पंतिकारको बुझाइ छ । स्थानीय सरोकार राख्ने पक्ष विच गम्भीर ढंगले दुर्घटना न्यूनीकरणका विषयमा छलफल नहुनु, गर्न सकिने सडक व्यवस्थापन पनि नगरिनु वा भनौँ त्यस तर्फ ध्यान नदिनु नै यस क्षेत्रमा दुर्घटना निमन्त्रणा भैरहनु हो । त्यसैले यस क्षेत्रमा पहिलो दृष्टि स्थानीय नागरिकको पर्न जरुरी छ । बढ्दो जनघनत्व, अव्यवस्थित शहरीकरण, बेलगाम पशु चौपाया र सडक प्रयोगकर्ता, अस्तव्यस्त लोकमार्ग, साँघुरो र बिग्रिएको सडक, झारा टार्ने निर्माण, मर्मत र योजना विहिन स्थानीय तह पनि दुर्घटना निम्त्याउने कारक तत्व हुन् । लालबन्दी पछिल्लो डेढ दशक देखी अतिनै चल्तीको बस्न योग्य क्षेत्र हो । बार्षिक ५ सय भन्दा बढी परिवारबाट बसाइसराइ मार्फत बस्ति र जनसंख्या थप हुने बिभिन्न तथ्यांकले स्पष्ट गर्दछ । यस्तो माइग्रेसन भैरहेको लालबन्दीमा बस्ति ब्यबस्थापन तथा शहरीकरणको योजना नहुनु, नगरको बृहत्तर विकासका लागि गुरु योजना नबनाइनु दुर्घटनाको तयारी गर्नु जस्तै हो । बिषेशतः शैक्षिक क्षेत्रमा अघि बढिरहेको लालबन्दी पछिल्लो समय प्रदेश नम्बर २ कै शैक्षिक हबको रुपमा परिचित छ । यो परिचयलाई स्थापित गर्दै गर्दा हाम्रो क्षेत्रमा बढी मात्रामा सडक दुर्घटना हुन्छ भन्ने संदेश दिनु पंक्तिकारको उदेश्य होइन तर यस्ता दुर्घटना किन भैरहेको छ भन्ने सवाल माथिको गम्भीर प्रश्नको उत्तर खोज्ने प्रयास हो । सडकपेटीमा निर्माण सामाग्रीहरु राखिनु, फुटपाथ वा सडक किनारा खुल्ला नहुनु, सडक संकेत र सडक लाइन क्लियर नगरिनु, आवाश्यक सचेतना पनि प्रवाह गर्न समेत नसक्नु जस्ता सामान्य कारणले बढी भन्दा बढी दुर्घटना भएका छन् । त्यसका अलावा सडक प्रयोगकर्ता पैदल यात्री एवं सवारी चालकको लापरवाही, सवारी संचालनको उचित नियमन हुन नसक्नु पनि सडक दुर्घटनाका कारण हुन् । सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो । यसको ब्यबस्थापनमा राज्यले बिशेष ध्यान दिनुनै पर्दछ । राज्यले सडकबाट उठाएको कर तथा राजस्वको अलिकति हिस्सा मात्रै सडक दुर्घटना न्यूनीकरणका लागि खर्चिने, नियमित निर्माण मर्मत गरि सडक सफा राख्ने, बढ्दो मानिसको आवात जावत हुने ठाउमा जेब्रा क्रसिंग, सडक पेटीको ब्यबस्था वा साना सवारी साइकल यात्री र पैदल यात्रीलाई रेलिङ्ग सहितको फुटपाथको ब्यबस्था गर्ने हो भने दुर्घटना घटेर जान्छ । यो फेरी कुनै ठुलो लागत लाग्ने वा स्थानीय तहले गर्न नसक्ने कुरा पनि होइन । सडकको छेउछाउ खालि गरेर निश्चित स्थानबाट मात्रै बाटो काट्ने ब्यबस्था गरेर, सडकमा सामान्य फुटपाथ निर्माण गर्न, रेलिङ्ग बनाउन इच्छाशक्ति भएपुग्छ, स्रोत खासै खर्च हुन्न भन्ने बुझाइ हो ।
त्यसै पनि आर्थिक रुपमा बलियो शैक्षिक धरोरहरहरु छन् । यसबाट अलिकति बजेट ब्यबस्था गर्ने, स्थानीय सरकार र वडाहरु आफ्ना बालबालिका वा स्थानीय नागरिकको सुरक्षा बारे सोँची–सम्झी खर्च गर्न पछि नपर्ने र सडक बिभागसँग उचित समन्वय राखी कार्य गर्ने हो भने यो सडक सुरक्षा व्यबस्था टाढाको कुरा होइन । यस बारेमा सबै सचेत, जागरुक र प्रतिबध्य बनाँै भन्नका खातिर यो पंतिकार उपस्थित छ । यस सन्दर्भमा छलफल गरिरहँदा दुर्घटना आदिका सम्बन्धमा केहि जानकारी पेश गरि लालबन्दीको दुर्घटनाको क्रमागत इतिहासमा पछिल्लो समय घटेको सडक दुर्घटना र दुर्घटनाबाट ज्यान गुमाउन पुगेका कक्षा –९, मा अध्यनरत लगनसिल छात्र दिपेन्द्र रायको मृत्युको घटनाले अत्यन्तै पिडा बोध भयो ।
सडक यातायात असुरक्षित बन्दै गईरहेको छ । सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । दुर्घटनामा निर्दोष नेपालीहरुले अकाल मृत्युवरण गर्नु परेको छ । अपांङ्ग भएर बांच्न बाध्य छन, धनको क्षति त्यतीकै छ दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षती भईरहेको छ । यस्तो अवस्थामा एक पक्षले अर्कालाई दोषारोपण गरिरहने भन्दा पनि सडक दुर्घटनाका पक्षहरु को–को हुन्, न्युनीकरणका लागि के गर्नु पर्छ ? नीतिगत रुपमा के परिवर्तन गर्नु पर्छ ?भन्ने बारेमा सवैको ध्यान आकृष्ट हुन जरुरी छ । यसरी सबै पक्षबाट सडक दुर्घटना किन भैरहेको छ ? भन्ने बारेमा सानो भन्दा सानो कारणबारे अध्यनगरि न्यूनीकरणका लागि गम्भीर बन्नेहो भने आधा भन्दा बढी दुर्घटना कम गर्न सकिन्छ । काबु बाहिरको घटना, दुई वा दुई भन्दा बढी पक्षहरुको कमजोरीका कारणले हुने घटना, कल्पना भन्दा दूरको अथवा नसोचेको घटना दुर्घटना हो । अर्थात, कुनैपनि दुर्घटनामा दुई वा दुई भन्दा बढी पक्षको हेलचेक्र्याई (बेवास्ता, उपेक्षा, ध्यान नदिने) वा लापरवाह (असावधान, होसियारी नभएको) बाट मात्र निम्तिने गर्छ । तर सर्लाहीको पुर्व पश्चिम लोकमार्ग र आसपासका सडकमा भने दुर्घटना आव्हान गरिरहेको जस्तो देख्न सकिन्छ । यसबारे सबै निकाय र जनताको प्रतिनिधि थलो नगरपालिका र वडा हरुपनि बेप्रवाह देखिनु दुखद पक्ष हो ।
जनताका सेवाका लागि यातायातको साधनको आयातमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको काम वैज्ञानिक र व्यवहारिक देखिएन । सर्वसाधारणको सेवा दिने ठुला सवारी साधनहरु थोरै आयातले यात्रुहरुले कोचिएर यात्रा गर्नु पर्ने अवस्था भयो । निजी सवारी साधनहरु मोटरसाइकल, कार आयात भने अनियन्त्रीत भित्रिनाले सडकमा भिड सिर्जना गरिदियो जसले दुर्घटनालाई निम्त्यायो । यो कारण प्रमुख त छदै त छ नि तर लालबन्दीमा जाबो सडक पेटीमा रेलिङ्ग राखेर कम्तिमा दुइलाइन आवतजावत ब्यबस्थापन गर्ने हो भने बजार बाट बढी आवत जावत हुने, बिधालय, अस्पताल आदि स्थान केन्द्रित गरेर सडक छेउ मात्रै ब्यबस्थित गर्ने हो भने दुर्घटना कम हुने गर्दछ । बजारको विचमा सडक सूचकका भासीएर धल्किएका पोलहरु, ठाउँ ठाउमा बिग्रिएर बसिरहेका सवारी साधन, मापदण्ड विपरित गरिरहेका बिभिन्न पेशा र ब्यबसाय यस भेगमा यत्र–तत्र देखिन्छन के यी कारण लाइ हामी सधै नजर अन्दाज गरि बस्ने हो कि त्यसलाई हटाउन बनाउन लाग्ने हो जनसरोकार राख्ने सबैले दवाब दिदै स्थानीय देखि संघिय सरकार सम्म पहल गर्नु पर्दछ ।
सडकहरु रेखा मात्र कोरिएका छन् । केही स्थानका बाहेक अधिकांश सडकहरु भत्किएका, खाल्डा परेका, साईड दिनै नसकिने सांघुरा छन् भने पुर्वपस्चिम लोकमार्ग सर्लाही जिल्लै भरिनेैे अस्तव्यस्त छ । खोला तथा खहरेमा बनेका पुलहरु एकतर्फि खालका, पानी जम्ने, बाढी बग्ने खालका र प्राय म्याद सकिएका प्रयोग गर्न नहुने प्रक्रितिका छन् । यसरी नेपालको पुर्वपस्चिम लोकमार्गमा मात्रै यात्रा गर्दा खोलाको यात्रा, हिलाम्मे धानखेतको यात्रा, चट्टाने गग्रेटोको यात्रा, मरुभूमि जस्तो धुलाम्मे यात्रा आदिले पनि नेपालको सडकको एकमुस्ट अनुभव संगाल्न पाईनछ । यी त भए अनुभव र अभावका कुरा तर सडक ब्यबस्थापनकै लागि उठेको राजस्व र कर समेत दुरुपयोग भैरहेको पाइन्छ । सडक बोर्डले वार्षिक ४ अर्ब बढी रकम सवारी साधनबाट सडक मर्मतका लागि उठाउने गर्छ । यातायात व्यवस्था विभाग मार्फत मातहत कार्यालयहरुबाट आर्थिक वर्ष २०६९÷०७० मा मात्र ७ अर्ब ७१ करोड ३८ लाख ५३ हजार ५ सय ६८ रुपैया राजश्व संकलन गरेको तथ्यांक अध्यन गर्दा अहिले यसको दुइगुना असुल बढेको अनुमान गर्न सकिन्छ । यसका अलावा महानगरपालीका, नगरपालीका र गाँउपालिकाले सवारी साधनहरुबाट वार्षिक कर असुल्ने गर्छ । तर संकलित रकम सदुपयोग नहुनु दुर्घटनाको कारण हो ।
सार्वजनिक यातायात सेवाको सञ्चालन तथा व्यवस्थापन यातायात व्यवसायी तथा यातायात श्रमिकहरुले गरिरहेका छन् । यसरी ब्यबस्थापनको क्षेत्रमा उच्च स्तरीय निकायको ध्यान कम पुगेको देखिन्छ । सार्वजनिक यातायात सेवामा निजी लगानीका कारण सेवामुखी भन्दा नाफामुखी भएको छ । धेरै कमाउन क्षमता भन्दा बढी यात्रु चढाउने, प्राविधिक तथा यान्त्रिक रुपमा ठिक नभएका सवारी मर्मत नगरी कुदाउने, मिस्त्रीले सामान फेर्न सल्लाह दिएपनि जवरजस्ती त्यस्ैर अवस्थामा चलाउने, कलेक्शन (पैसा) थोरै हुंदा रिसाउने, सेवामुखि समयसारिणी बनाउनु भन्दा पैसामुखि, समाजसेवा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रीत हुँदै कमाउ मानसिकताका कारण सडक दुर्घटना निम्तीएको छ । साथै पेशाप्रति गैर जिम्मेवार, ठेक्कामा जिम्मा लगाउने प्रवृतिले पनि दुर्घटना बढेको छ । भने सवारी संचालनका लागि संघ र संगठनहरु ठेकेदार बनिदिनु, सामान्य कारवाही नीति हुनु ,सरकारको पनि नीति फितलो हुनु पनि थुप्रै कारण हरु छन् । यसमा थपिने अर्को महत्वपूर्ण कारण हो यातायात श्रमिक (चालक)ः यिनीहरुले तीव्र गतिमा सवारी चलाउने, अनावश्यक प्रतिष्पर्धा, प्राविधिक तथा यान्त्रिक खरावी भएको सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु चढाउने, जोखिम मोलेर नयां र अप्ठ्यारो सडकमा सवारी चलाउने, हेलचेक्र्याई तथा रिसाएर सवारी चलाउने, कम उमेरमा ठुला सवारी चलाउनु, सडक प्रयोगबारे ऐन कानुन बारे चेतना नहुनु दुर्घटनाका कारण हुन् । पुराना र पाका चालकहरु सुरक्षित भविश्य र राम्रो ज्यालाको खोजीमा खाडी मुलुक तर्फ लर्को लागेर जाने गरेका छन् । अहिले नयां चालकहरुको प्रवेश कार्यथलोमा बढेको छ । अहिलेका चालकहरु प्राय युवा भएकाले पनि दुर्घटना बढेको छ । यसरी हेर्दा यातायात मजदुर हरुमाथि निगरानी र नियमन गर्नु अपरिहार्य देखिन्छ । कतिपय दुर्घटना हरु चेतनाको अभावका कारणले पनि हुने गर्दछन जुन पैदल यात्री मा देखिन्छ , कसरी सडक पार गर्ने, भन्ने चेतना नहुनु, कुदिरहेको सवारीलाई रोक्न कति लामो ठाउं चाहिन्छ भन्ने नबुझी अटेर गरि सडक पार गर्न खोज्नु, यान्त्रिक गडबडी हुंदा तत्काल ब्रेक लाग्दैन भन्ने नबुझ्नु, झुण्डिएर, कोचिएर यात्रा गर्नु हुदैन भन्ने ज्ञान नहुनु, अनावश्यक रुपमा सडक वारपार गरिरहनु, सवारीको हर्न नसुनिने म्युजिक सुन्दै हिड्नु पनि अर्को दुर्घटनाको कारण हो । फुटपाथ मा हिड्नु पर्छ , सडक सवारी गुड्ने ठाउं हो भन्ने नबुझ्नु दुर्घटनाको कारण हो । तर यस भेगमा भने फुटपाथको राम्रो ब्यबस्था नहुनु सबैभन्दा गम्भीर सवाल बनेर रहेको छ । तत्कालै यस्ता समस्या समाधानका लागि नगरपालिकाले पहल कदमी गरोस र नागरिक संग साथ र सहयोग मागोस भन्ने चाहना पत्तिकर र आम पिडित नागरिकको चाहाना र माग रहेको छ । सडकप्रयोगकर्ता चार पाङग्रे, दुई पाङग्रे भएभरका सवै सवारी साधन तथा मानिसले प्रयोग गर्ने सडक नै हो । सडक साझा सम्पति हो तर त्यसलाई प्रयोग गर्नेहरुले कहिलेकाहीं त्यो कुरा विर्सने गरेका छन्, आफुलाई सहज खोज्दै अरुको सडक प्रयोग गर्ने अधिकारलाई हनन् गर्ने गर्दछन् जसका कारण दुर्घटना हुने गरेको छ । राजनीतिक दलहरु राजनीतिक दलहरुले योजना बनाएर गाउंमा सडक विस्तार गरेका छन् । त्यसलाई विकासका हिसावले राम्रै मान्नु पर्छ तर सडकको गुणस्तर तथा त्यसको प्राविधिक परिक्षण नै नगरी तिनै दलहरुले गाउँसम्म चाडै सवारी लैजाने र राजनीतिक जस लिने होडका कारण सडक दुर्घटना हुने गरेको छ ।
अर्को सबैभन्दा जिम्मेवार पक्ष भनेको ट्राफिक र ट्राफिक प्रहरी ट्राफिक भन्नाले सडकमा सवारी साधनको चाप, त्यसको चलायमानता र आवतजावतमा त्यसले उत्पन्न गराउने असहजता हो । ट्राफिक प्रहरीः सडकको असहजतालाई व्यवस्थापन तथा आवागमनलाई सहजीकरण गर्ने निकाय प्रहरी हो । जसलाई आवागमनमा प्रतिकुल असर पार्ने र अक्षम्य नियम उलंघन गर्नेलाई नियमन गर्न ऐनले विशेष अधिकार समेत दिईएको छ । यस्तो भद्रगोल अवस्थामा ट्राफिक प्रहरीलाई ऐनले दिएको जिम्मेवारी पुरा गर्नु सम्भव छैन । सडकमा उत्पन्न हुने ट्राफिक समस्याका विषयलाई भुलेर सडकमा गुड्ने सवारी साधन र चालकबाट मात्र सबै कुराको अपेक्षा गरेर कारवाही, हप्कीदप्की, गालीगलौज, जरिवानाका नाममा आर्थिक शोषण, चालकलाई बदनाम हुनेगरी सार्वजनिक अभिव्यक्ति र व्यवहारले पनि दुर्घटनालाई मलजल गरेको छ । मुस्कान सहितको सेवा भन्ने नेपाल प्रहरीको मुल स्लोगान विपरित मुद्रा केन्द्रीत रुखो व्यवहारले श्रमिकहरुमा उत्पन्न प्रतिशोधको आवेगले दुर्घटना निम्त्याएको छ । भने त्यसको प्रत्यक्ष सिकार सर्वसाधारण, बिधालय गैरहेका बालबालिका, ठुल ठुला सपना सजाय घरबाट निस्केका र घर्फर्किन नपाएका नौजवान र मानवीय जीवन बन्न पुगेकाछन त्यस तर्फ हाम्रो ध्यान जान जरुरी छैन र ? त्यसैले हामीले ट्राफिक प्रहरी संग दुर्घटनाका कारण के–के हन्, न्युनिकरणका उपायहरु के के हुन सक्छ र कसले के भुमिका निर्वाह गर्नु पर्छ ? भन्ने सुझाव ट्राफिक प्रहरीले दिनु पर्छ । यातायात व्यवस्थापन, सञ्चालन, परिचालन र सार्वजनिक यातायातलाई सहज बनाउने विषयमा राज्यलाई योजना बनाउन सुझाउनुहोस् भन्ने अपेक्षा राख्दछौ । त्यसैगरि दुर्घटनामा ८६ प्रतिशत दोषी चालक, चालकलाई दश हजार जरीवाना गरिनु पर्छ, घटनास्थलमै सवारी चालक अनुमति पत्र खारेज गर्नु पर्छ । तर ट्राफिक प्रहरीलाई अधिकार कम भयो, सडक र सवारीको अनुपातमा ट्राफिक थोरै भयो । दुर्घटनाका विषयमा यस्ता भनाईहरु ट्राफिक प्रहरीबाट आएका छन् । हाम्रो भनाई नेपाल प्रहरीले तथ्य र प्रमाणका आधारमा बोल्नु पर्छ, सुधारका लागि सुझाव दिनु पर्छ । कुनै पनि दुर्घटनाको वैज्ञानिक अनुसन्धान विना दोषको प्रतिशत खुट्याउन सकिदैन । अहिलेसम्म भएका सवारी दुर्घटनाको अनुसन्धान भएका छैना् । अध्ययन विनाको तर्क पूर्वाग्रहपूर्ण छ । पूर्वाधार, विधि र संयन्त्र नबनेसम्म चर्को जरीवानाले मात्रै दुर्घटना टर्दैन । सबै नेपालीलाई ट्राफिक प्रहरीमा भर्ती गरेपनि दुर्घटना कम हुदैन । तर बिभिन्न संघ संस्था र यातायात क्षेत्रका प्रभावशाली व्यत्तिको दवाबका कारण नियत्था नागरिक र पैदल यात्रीको ज्यानै सम्म जादापनि कहिले काही प्रशासन एकपक्षिय बन्ने गरेको पाइन्छ । यस्तो प्रवित्ति लाइ निरुत्साहीत् पार्दै अनुसन्धान र प्रमाणका आधारमा हदै सम्मको कारवाही गर्ने नीति अघि सार्नु पर्दछ ।
राज्यको प्रशासनिक अंग, कानुनको पालक ट्राफिक प्रहरीलाई नटेर्नु, अविश्वास गर्नुमा ट्राफिक प्रहरीकै व्यवहारले हो । ट्राफिक प्रहरी अधिकार सम्पन्न हुनु पर्छ तर आर्थिक लोभ त्याग्नु पर्छ, आफुलाई सुधार्नु पर्छ । अधिकारको डण्डा निमुखा श्रमिकहरुको टाउकोमा पर्नु हुदैन । र डण्डा चलाउने हरुले श्रमिक र ब्यबसायिक संगठनको आडमा वा प्रलोभनमा पिडित माथि दमन गर्नु पनि हुदैन यो झन् जघन्य अपराध हुने छ । यसरि सवारी दुर्घटनाको सन्दर्भमा अध्यन गर्दै बिचार राख्दा पंतिकार अलिक गहिराइमा पुग्ने प्रयास गर्दै गर्दा लेख तयार गर्न सुरुगरेदेखी पछिल्लो समय सर्लाहीको लालबन्दी नगरपालिकामा एक विधार्थीलाई ट्रकले ठक्कर दिदा भएको दुखद निधनको लाइ आधार मान्दै केहि सुझावहरु संकलन गरि राख्ने प्रयासमा छ ।
प्राविधिक पक्ष तर्फ सवारी साधनको जांच तथा गति नाप्ने (स्पीड कन्ट्रोलर) उपकरणको व्यवस्था गर्नु पर्छ । सवारी साधनहरुमा पहेंलो उज्यालो रंगको प्रयोगलाई प्रोत्साहित गर्नु पर्छ । रातको लागि विशेष ट्राफिक संकेत बोर्डहरु राखिनु पर्छ । सवारी साधनको अवस्थाको जांच भेहिकल फिटनेस केन्द्रहरु स्थापना गरिनु पर्छ । रुट तथा सवारी क्षमता अनुसार सञ्चालन अनुमति दिईनु पर्छ । सडकको लगत राखि प्राविधिक परिक्षण गर्नु पद्र्धछ । सडकको प्राविधिक परिक्षण नगरी सवारी सञ्चालनको अनुमति दिईनु हुन्न । सवै प्रकारका सवारीको आयु निश्चित तोकिनु पर्छ र नष्ट गरिनु पर्छ । भौतिक पुर्वाधार तर्फ सडक विस्तार कार्य तीव्र बनाइनु पर्छ । सडकलाई बलियो र फराकिलो बनाउनु पर्छ । सडक मर्मत २४ सैं घण्टा, सडक विस्तार ३ सय ६५ दिन निरन्तर हुनु पर्दछ । पैदल यात्री तथा दुई पाङग्रे सवारीका लागि छुट्टै सडक लेन बनाउनु पर्छ । हाई वे भनिएका सडकलाई हाई वे को मापदण्ड अनुसार तत्काल व्यवस्थित गरिनु पर्छ । पार्किङ, यात्रु चढाउने ओराल्ने सडक आसपासका घुम्तीहरु, ढाटहरु, जिकज्याकहरु हटाईनु पर्दछ । फास्ट ट्याक रोडको निर्माण गरी सोको वरपर बस्ती बसाउन निषेध गरिनु पर्छ । सवारी संचालनलागि आवश्यक सवै पूर्वाधार भएपछि मात्र सडक खुल्ला गरिनु पर्छ । शैक्षिक सवारी चालक अनुमति पत्र लिनु अघि वा लिईसकेपछि सिटिईभिटि वा नेपाल सरकारको मान्यता प्राप्त सस्थाबाट तालिम लिनु पर्ने र त्यस्ता तालिम लिएपछि मात्र व्वसायिक रुपमा सवारी चलाउन योग्य मानिने व्यवस्था गरिनु पर्छ । चेतना विकास र अन्य क्षेत्रमा सडक सुरक्षा बारे जनचेतनामुलक सामग्रीहरु सञ्चारमाध्यमहरुबाट प्रकाशन तथा प्रशारण गरिनु पर्छ । सडक सुरक्षाका विषय, दुर्घटना न्युनिकरणको विषयमा प्रशिक्षण सामग्री बनाई यातायात मजदुरहरु, पैदल यात्री तथा अन्य सडक प्रयोगकर्ता सवैलाई सरोकारवालाहरु मार्फत शिक्षा दिनु पर्छ । ट्रेड युनियनहरुले सडक सुरक्षाको विषयलाई शैक्षिक अभियानसंगै लाने व्यवस्था ऐनमा गरिनु पर्छ । बाध्यकरण सवारी चालक अनुमति पत्र सम्बन्धमा मोटरसाईकल तथा स्कुटरका लागि १८ वर्ष, साना तथा मझौलाका लागि २१ वर्ष र ठुला सवारीका लागि २५ वर्ष उमेर अनिवार्य गरिनु पर्छ । सवारी चालक अनुमति पत्र लिदा व्यवसायिक र गैर व्यवसायीक प्रयोजन स्पष्ट खुलाउनु पर्दछ । सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परिक्षा विधिलाई कडाई गर्दै भौगौलिक बनाबटका आधारमा परिक्षा प्रणाली कायम गरिनु पर्छ । सडक आसपास लाग्ने हाट बजार सडकबाट निश्चित दुरी ऐनमै ताकिनु पर्छ । सडक आसपास मदिरा सेवन, विक्रिवितरण प्रतिवन्ध गर्नु पर्छ । सडक अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउनु पर्छ ।
सडक तथा सडक छेउमा निर्माण सामग्री थुपार्ने, सवारी पार्किङ गर्नेलाई कारबाही गर्नु पर्छ । सहरी तथा पहाडी रुटमा सिट क्षमता भन्दा बढी कतिसम्म यात्रु बोक्न पाईने भन्ने किटान गरिनु पर्छ । यातायात श्रमिकहरुको लगत राख्नु पर्छ । परिचालक अनुमति पत्रको अनिवार्य व्यवस्था गरि काम गराउद विवरण सहितको कागजात दुवै पक्षसंग रहनु पर्छ । घरपालुवा चौपाया, जस्तै–कुकुर, सुंगुर, गाई बाख्रा, कुखुरालगायतलाई सडकमा छाड्ने धनीलाई कारवाही गर्नु पर्छ । बालबालिकाहरुलाई साईकल चलाएर सडकमा जान निषेध गरिनु पर्छ । सडक छेउमा राखिएका विज्ञापनका होर्डिङबोर्डहरुलाई तत्काल हटाईनु पर्छ । समय समयमा सवारी चालकको निशुल्क आंखा लगायत स्वास्थ्य परिक्षणको व्यवस्था गर्नु पर्छ । स्टेयरिङमा चालकसंग वादविवाद गर्ने, चालकलाई हातपात गर्नेलाई कारवाही गरिनु पर्छ । हिंउद वर्षाका समय वातावरणीय अवस्थालाई वैज्ञानिक परिक्षणका आधारमा सवारी चल्न दिने नदिने अनुमति दिनु पर्छ ।
सवारी साधनहरुबाट उत्पन्न हुने अवाजलाई साउण्ड प्रुफ गर्ने व्यवस्था गरिनु पर्छ । यातायात श्रमिकहरुलाई आधारभुत पारिश्रमिक तोकिनु पर्छ र त्यस्ता पारिश्रमिक पाए नपाएको अनुगमन गरिनु पर्छ । दुर्घटनामा दोषी देखिएका चालक, गाडी धनी, पैदल यात्री, अन्य सवारी साधन, सडक प्रयोगकर्ता, सडक विभागलाई कसुरका आधारमा कारवाहीको व्यवस्था गर्नु पर्छ । दुर्घटनामा लापरवाह, हेलचेक्र्याई, सडक सुरक्षा नियम उलंघन भएको प्रमाणित भए दोषका आधारमा चालकलाई कारबाही गर्नु पर्छ । तर दुर्घटनाको बैज्ञानिक, निश्पक्ष, आग्रह र पूर्वाग्रह रहित अनुसन्धान हुनु पर्दछ । दुर्घटनाका कारण र दोषीहरुको पहिचान गर्न सरोकारवाला संलग्न रहेको न्यायीक छानबिन आयोग गठन गरिनु पर्छ । उद्धारका लागि दुर्घटना उद्धार समिति र घाईतेको तत्काल उपचारका लागि उपचार केन्द्रको व्यवस्था गरिनु पर्छ । सवारी साधन आयात तथा दर्ता गर्दा यात्रुको चाप, आवश्यक्ता, रुटको अध्ययनपछि मात्र गरिनु पर्छ । रुट ईजाजत पत्र नलिई सवारी साधनलाई चल्न दिनु हुदैन । रुट निर्धारण, समयसारिणी व्यवस्थापनमा राज्यको स्विकृति हुने नीति बनाईनु पर्छ । जुन प्रयोजनका लागि सवारी ल्याईएको हो त्यही प्रयोजनमा मात्र प्रयोग गरिनु पर्छ । सडक सुरक्षा परिषद सरोकारवाला तथा विशेषज्ञहरुको सहभागीतामा गठन गरिनु पर्दछ । सार्वजनिक यातायातका क्षेत्रमा क्रियाशिल सस्थाहरुबीच समन्वयकारी भूमिकाका लागि स्थायी प्रकृतिको निकायको व्यवस्था गरिनु पर्छ । सार्वजनिक यातायातमा राज्यको उपस्थिति हुने गरी कानूनी व्यवस्था गर्नु पर्दछ । यातायात प्राधिकरणको व्यवस्था गनु पर्दछ । सवै जिल्लामा स्थानिय यातायात व्यवस्थापन समिति गठन गरी स्थानीय सडकमा रुट निर्धारणको पूर्ण जिम्मेवारी र यातायात व्यवस्थापनको जिम्मेवारी स्थानीय यातायात व्यवस्थापन समितिलाई दिनु पर्छ । उल्लेखित कार्यकालागि जिम्मेवार पक्षहरू रुपमा निम्नानुसार निकायलाई औल्याउन सकिन्छ भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका,र गाउपालिकाका हरु यातायात व्यवसायी सम्बध संघ तथा महासंघहरु, यातायात श्रमिक सम्बध संगठनहरु, यात्रु (सार्वजनिक सवारी साधन उपभोक्ताहरु), पैदल यात्री तथा सडक प्रयोगकर्ताहरु, ट्राफिक प्रहरी र राजनीतिक दलहरु हो ।
यसरी हेर्दा र सरोकारवाला जिम्मेवार निकाय आदिका विषयमा समेत छलफल गर्दा निष्कर्ष भन्न सकिन्छ कि सडक दुर्घटना हुनुमा प्रतिशतको मात्रा फरक हुनसक्ला तर दोष सबै पक्षको छ । कुनै एक पक्षलाई मात्र दोष लगाएर आफु पन्छिन खोज्नु कि त पानीमाथीको ओभानो हुन खोज्नु हो कि त जो होचो उसैको मुखमा घोचो भन्ने उखान जस्तै मात्र हो । सार्वजनिक सवारी उपभोक्ता, पैदल यात्री तथा सर्वसाधारणले लगाउने आरोपलाई अन्यथा मान्न नसकिएला तर भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउपलिका यातायात व्यवसायी संघ तथा महासंघहरु, यातायात श्रमिक सम्बध संगठनहरु तथा राजनीतिक दलहरुले गम्भीरता पुर्वक लिनु पर्दछ यति अध्यन पछि हामी भन्न सक्छाँै कि पछिल्ला सवारी दुर्घटनाका प्रकृति हेर्दा सबैभन्दा दोषी को छ त ? पंतिकारको आलेख सुरुवातमै पछिल्लो समय लालबन्दीको सवारी दुर्घटनामा बिधार्थीको मृत्यु जोडिएको प्रसंग हेर्दा र एक बर्ष सम्म लालबन्दी र आसपासमा भएका दुर्घटना हेर्दा घटना समान –समान वा एकै प्रकृतिका देखिन्छन, घटनाले सडक संरचना र आवतजावत ब्यबस्थापन र पैदल तथा साइकल यात्री ब्यबस्थापनको जरुरी र अपरिहार्यता जायर गर्दछ यस अर्थ स्थानीय सरकार, सेवादिने शैक्षिक संस्था लगायत सार्वजनिक महत्व र बढी भिड भाड हुने कार्यालयको यातायात ब्यबस्थापनका लागि एक संकल्प, बलियो इच्छा शक्ति, दिर्घकालिन सोँच, आपसी समन्वय, कार्य सम्पादन प्रति दरिलो प्रतिबध्यता जरुरी छ । भने पंतिकार प्रसंगमा प्रमुख रहेका जनज्योति मावि लालबन्दीमा कक्षा ९ मा अध्यनरत अकालमा ज्यान गुमाउन पुगेका दिपेन्द्र राय प्रति हार्दिक श्रदान्जली अर्पण गर्दछ परिवारलाई उचित क्षतिपुर्ति, बिधालयमा अक्षयकोष निर्माण गरि सडक दुर्घटनामा परेका बिधार्थी लाइ छात्रबिद्धी र स्थानीय तहबाट गर्न सकिने सामान्य देखि सामान्य कार्य तत्कालै गर्नका लागि ध्यानाकर्षण गराउँदछ ।
सर्लाही | सदरमुकाम मलंगवामा बिहिवार ‘भ्रष्टाचार नियन्त्रण तथा शुसासन प्रबर्धन’ बिषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरिको आयोजनामा मलंगवास्थित जानकी पार्टि प्यालेसमा कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्लाका २० ओटै पालीकाका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगाएतका कर्मचारिहरुको सहभागीता रहेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दको बिशेष उपस्थितीमा जिल्लाका प्रमुख जिल्ला अधिकारि बाबुराम खतिवडा, जिल्ला समन्वय समितीका संयोजक मेथुर चौधरि, जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाई, शसस्त्रका जिल्ला प्रमुख लगाएतको समेत सहभागीता रहेको कार्यक्रममा अख्तियार दुरुपयोग आयोगको काम, कर्तब्य र अधिकार सँगै जिल्लाबाट अख्तियारमा परेका उजुरिको संख्या, कुन पालीकाबाट कति, कुन कुन शिर्षकका उजुरि धेरै लगाएतका तथ्यांक प्रस्तुत गरिएको थियो ।

ट्रान्सपरेन्सि ईन्टरनेशनलले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्यांकको बारेमा जानकारि सँगै भ्रष्टाचारभित्र पर्ने बिभिन्न सुचकहरुको बारेमा समेत जानकारि गराईएको थियो ।
भ्रष्टाचार नियन्त्रण तथा शुसासन प्रबर्धन सम्बन्धि चेतना अभिबृद्धि गर्ने कार्यक्रमका बिभिन्न पालीकाका सहभागीहरुले आ–आफ्नो जिज्ञासा, गुनासो राख्दै अख्यिारलाई सुझाव समेत दिएका थिए ।
सर्लाही | सिन्धुलीमा बोलेरो दुर्घना हुँदा लालबन्दीका एकजनाको मृत्यु भएको छ । गएराती भएको दुर्घटनामा परि लालबन्दी नगरपालीका १५ का २० बर्षिय कुन्थाङ मोक्तानको ज्यान गएको हो ।
महोत्तरिको बर्दिवासबाट काठमाण्डौँ जाँदै गरेको प्रदेश २–०२–००१च४०८ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडि बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशि गाउँपालीका ६ रिट्ठे भिर नजिक सडकबाट २०० मिटर तल खसेको सिन्धुली प्रहरिले बताएको छ ।
दुर्घटनामा परि ३० बर्षिय चालक आईतसिङ बम्जन र २१ बर्षिय मनिष परियार गम्भिर घाईते भएका छन ।
घाईतेहरुको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचार भईरहेको र चालक आईतसिंह डिस्चार्ज भईसकेका जिल्ला प्रहरि कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरि नायव उपरिक्षक मनोज कुमार लामाले जानकारि दिनुभयो ।
सर्लाही | नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सर्लाही क्याम्पस मलंगवाको क्याम्पस सम्मेलन सम्पन्न गरेको छ ।
बुधवार सम्पन्न अनेरास्ववियुको दोस्रो क्याम्पस सम्मेलनबाट अध्यक्षमा धर्मेन्द्र यादव, उपाध्यक्षमा सुभाष यादव, सचिवमा अभिषेक झा, सह–सचिवमा चन्दन यादव, कोषाध्यक्षमा मनीषा मिश्रा लगायत ५१ सदस्य चयन भएका छन ।
अनेरास्ववियु जिल्ला कमिटी सर्लाहीका अध्यक्ष शमिमबाबु खानका अनुसार कार्यक्रममा प्रमुख अतिथी अनेरास्ववियु स्थाई कमिटि सदस्य उज्ज्वल कुमार कार्की, विशिष्ट अतिथी अनेरास्ववियू प्रदेश कमिटि अध्यक्ष अञ्जना शिवाकोटी र अतिथीहरमा कमिटी इन्चार्ज सरोज चौधरी लगाएत रहेका थिए ।
सर्लाही | ईश्वरपुरमा बुधवार रुपान्तर नेपालको सामाजिक लेखापरिक्षण सम्पन्न भएको छ ।
नगरपालीकास्थित बयलवास बजारमा रहेको फुडस्पार्क होटलमा लेखापरिक्षण गरिएको हो । संस्थाका कार्यक्रम निर्देशक जोयल तामाङको अध्यक्षतामा भएको लेखापरिक्षण कार्यक्रममा ईश्वरपुर नगरपालीकाका प्रमुख मनोज देवकोटा, उप–प्रमुख एकावती चौधरि सहित बिभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।
संस्थाले बिगत केहि बर्षदेखि ईश्वरपुर नगरपालीकाको बिभिन्न बिद्यालयमा स्वायध्ययन पुस्तक बितरण, कम्प्युटरसेट बितरण, शौचालय निर्माण एवं सुधार लगाएत बिद्यालयस्तरिय बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको संस्थाका कार्यक्रम निर्देशक तामाङ्गले जानकारि दिनुभयो ।