२०८३ असार २१ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २१ आईतवार

सर्लाही | देशभरका गैर सरकारी संस्थाहरुको छाता संगठन ‘सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल’को अध्यक्षमा सर्लाहीका हरि बहादुर थापा चयन भएका छन् ।

हालै भक्तपुरमा सम्पन्न सञ्जालको १४ औं साधारण सभाले सर्लाहीको हरिवन स्थित सहयोगि समाज नेपाल नामक संस्थाका अध्यक्ष समेत रहेका थापालाई सञ्जालको अध्यक्षमा चयन गरेको हो ।

साधारण सभाले थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

हरिवन नगरपालिका–४, पटौना निवासी थापा काठमाडौंमा रहेर वैदेशिक रोजगारमा जानेहरुलाई आईपर्ने समस्या लगायतमा काम गर्दै आईरहेका छन् ।

२०६५ सालमा स्थापित सञ्जालले आप्रवासनलाई सुरक्षित मर्यादित एवं व्यस्थित बनाउने र आप्रवासी श्रमिकहरूको अधिकारलाई स्थापित गर्न स्थापना कालदेखि निरन्तर रुपमा पैरवी गर्ने, सञ्जालीकरण गर्ने तथा सरोकारवाला निकायहररूसँग समन्वय एवं सहकार्य गर्दै आइरहेको छ ।

सञ्जालमा मुलुकभरका २८ वटा गैर सरकारी संस्थाहरु आवद्ध छन् ।

सर्लाही | बरहथा नगरपालिका–१० कि सावित्री महराको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका–१० ताइबान का २७ वर्षका सन्तोष साह, २७ बर्षका मुकेश ब्लोन र २२ बर्षय रोहित हजरा रहेका छन् ।

उनिहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालयका एसपी कृष्ण प्रसाईंले बताएका छन ।

पुस १७ गते उपचारका लागि वीरगञ्ज जान्छु भनी घरबाट हिँडेकी सावित्री घर नफर्किएपछि खोजी शुरु भएको थियो । पुस २३ गतेको विहान १० बजेतिर बरहथवा नगरपालिका–१० स्थित रामछबिला साहको उखु बारीभित्र शव भेटिएको र उक्त शव सावित्रीको भएको पत्ता लागेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार सन्तोष साह हुन् ।

सन्तोष र सावित्रीबीच दुई वर्षअघिदेखि चिनजान थियो । सावित्रीका श्रीमान वैदेशिक रोजगारीमा छन् । श्रीमानले पठाएको रकमबाट जग्गा किन्ने तयारी गरेकी सावित्रीले सन्तोषलाई जग्गा खोजिदिन भन्दै दुई लाख रुपैयाँ दिएकी थिइन् ।

सावित्री र सन्तोषबीच प्रेम सम्बन्ध रहेको र पछिल्लो समय सावित्रीले विवाह गर्न दबाव दिएको अनुसन्धानका क्रममा खुलेको प्रहरि बताउँछ । सन्तोषले विवाह गर्न अस्वीकार गरे, बरु हत्याको योजना बनाए ।

प्रहरीका अनुसार पुस १७ गते सन्तोष साथीहरु मुकेश ब्लोन र रोहित हजारालाई लिएर बरहथवातिर गए । तीनैजना ना ४५ प ५२०७ नम्बरको एउटै मोटरसाइकलमा चढेर बरहथवा–१० इँटा उद्योग नजिकको उखुबारीमा बसे । त्यसपछि सन्तोषले सावित्रीलाई उनको घरबाट लिएर आए र आफू पिसाब गर्ने वहानामा सावित्रीलाई एक्लै बनाइदिए । त्यही बेला ब्लोन र हजरा र साह मिलेर सावित्रीको हत्या गरेको एसपी प्रसाईंले बताए ।

हत्यापछि उनीहरुले सावित्रीको शव जलाएका प्रहरिको अनुसन्धानबाट खुलेको छ ।

लायन्स क्लब अफ निजगढ सिटी र लायन्स क्लब अफ निजगढ युथको आयोजनामा बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १५ सुक्लैया स्थित मेहर सागर कृपा सिन्धु गुरुकुलको प्राङ्गणमा ५४ विपन्न परिवारलाई सिरग वितरण गरिएको छ । यस न्यानो सिरग वितरणमा सहयोगी लायन्स क्लब अफ भक्तपुर होम,लायन्स क्लब अफ काठमाण्डू सेन्ट्रल,लायन्स क्लब अफ काठमाण्डू चाबहिल, लायन्स क्लब अफ काठमाण्डू डाउन टाउन,लायन्स क्लब अफ काठमाण्डू समृद्धि ले गरेको थियो ।

कार्यक्रमको सभाध्यक्ष लायन्स क्लव अफ निजगढ सिटीका प्रेसिडेन्ट मणिश्वर धिमिरे , प्रमुख अतिथि जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रामप्रसाद लामिछाने , विशिष्ठ अतिथि मेहर सागर कृपा सिन्धु गुरुकुलका संस्थापक अध्यक्ष तथा प्रबंधक जनर्धन शास्त्री, रिजन चियर्स पर्सन महेश न्यौपाने, अतिथि प्रणामी सेवा समिति पिलुवा शाखाका अर्जुन खरेल, प्रणामी सेवासमिती पर्सा बाराका सहसचिव विनोद कार्की, लायन्स क्लब अफ निजगढ सिटीका चाटर प्रेसिडेन्ट मनोज रेग्मी,प्रणामी युवा परिषद् का केन्द्रिय सदस्य समुन्द्र नेपाल लगायत को आतिथ्यता रहेको थियो । कार्यक्रममा लायन्स सदस्य, विपन्न परिवार गुरुकुलमा प्रशिक्षण लिने बालबालिका लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष राम प्रसाद लामिछानेले लायन्स क्लब ले यसवडा लाई स्थान चयन गर्नुभएकोमा धन्यवाद दिँदै लायन्स क्लब एउटा सामाजिक संस्थालाई बुझ्ने मौका मिलेको समेत बताउनुभयो। मेहर सागर कृपा सिन्धु गुरुकुलका संस्थापक अध्यक्ष तथा प्रबंधक जनर्धन शास्त्री रिजन चियर्स पर्सन महेश न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लब अफ निजगढ सिटी भाइस प्रेसिडेन्ट गोपाल रिसालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन जोन चियर पर्सन खड्ग प्रसाद उप्रेतीले गर्नुभएको थियो ।

राष्ट्रियगौरवको आयोजना दोस्रो निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल बाग्मती प्रदेशका मुख्यमन्त्री एबम एकीकृत समाजबादी पार्टी का उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे ले स्थलगत अवलोकन भ्रमण गर्नु भएको थियो ।

बिहीबार भएको अवलोकनमा आयोजना प्रमुख बिजय यादव , प्रमुख जिल्ला अधिकारी बारा का कृष्ण बहादुर कटुवाल , निजगढ नगर प्रमुख सुरेस कुमार खनाल, बारा प्रहरी प्रमुख दिलिप सिह देउवा, ससस्र प्रमुख रबिन्द्र कडेल डिभिजन बन कार्यालय बारा सहायक बन अधिकृत अनिल कुमार साह, नेकपा एकीकृत समाजबादी का पोलिट्ब्युरो सदस्य दिनेश राई , समाजबादी प्रेस सगठन केन्द्रिय सदस्य जितलाल श्रेष्ठ, नेपाली कग्रेस नगर सभापति नबराज तिमल्सिना ,एकीकृत समाजबादिका नगर अध्यक्ष भिम सापकोटा, राप्रपा निजगढ नगर अध्यक्ष खडग प्रसाद उप्रेती , समाजसेबि माला लामा पत्रकार नवराज चौलागाईं लगाएत ले आयोजना को स्थलगत अबलोकन गरेका थिए ।

अबलोकन पश्चात् निजगढ नगरपालिको सभा हलमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत सुमन कुमार कार्किले मुख्यमन्त्री लगाएत टोलिमा सहभागीलाई खादा लगाएर सम्मान गर्नु भयो रबिन घिमिरेले शब्द द्वारा स्वागत गर्नु भएको थियो।आयोजना प्रमुखले आयोजना समस्या तथा चुनौतीको बारेमा मुख्यमन्त्री लाई जानकारी गराउनु हुँदै टागिया बस्तिको बस्ती ब्यबस्थापन तत्काल १९१ हेक्टर रुख कटान मुख्य चुनौती रहेको बताउनु भएको थियो । सरोकार वाला हरुले चाडो भन्दा चाडो निर्माणले गति लिनु पर्नेमा जोड दिनु भयो भने जुन सरकार आएपनी आश्वासन मात्र बाडेकाले अहिले नैआयोजनाको काम सुरु हुनेमा ढुक्क हुन नसकिने बताएका थिए । मुख्यमन्त्री पाण्डे ले यो गठबन्धन को सरकार कुरा होइन काममा बिश्वास गर्ने भएकोले चाडै काम थाल्ने र यस आयोजनामा विशेष गरी पूर्व प्रधानमन्त्री माधव नेपालको विशेष चासो रहेको र उहाँकै निर्देशनमा म पनि अवलोकन गर्न आएको हुँ भन्नुभयो। निरास नभई सहभागी सबैमा ढुक्क हुन समेत भन्नू भएको थियो।

सर्लाही | नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सर्लाहीले विद्यार्थी नेता प्रज्वल ढुंगानाको संयोजकत्वमा ३१ सदस्यीय जिल्लाकमिटी चयन गरेको छ ।

बुधबार जिल्लाको लालबन्दी नगरपालिका ६ स्थित मदन आश्रीत भवनमा अनेरास्ववियुको १९ औं जिल्ला अधिवेशन भएको थियो ।

अनेरास्ववियुको केन्द्रिय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिल्लाका एमाले जिल्ला संयोजक राजनारायण साह सहितका नेताहरू सहभागी भएका थिए ।

नवगठित जिल्ला कमिटीको उपाध्यक्षमा सुभास मिश्र, सचिवमा आशिषबाबु दाहाल, सह-सचीवहरुमा रोशन दाहाल, सरोज चौधरी, दिलिप  बुढाथोकी कोषाध्यक्षमा कविता दास लगायत ३१ सदस्यीय चयन भएका छन ।

अधिवेशनका वक्ताहरुले देशको राजनैतिक ईतिहासमा विद्यार्थी आन्दोलनको भुमिका निकै महत्त्वपूर्ण रहेको बताएका थिए ।

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववीयूले सर्लाहीका विपन्न परिवारका वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

सर्लाहीको चन्द्रपुर गाउँपालिका र हरिवन नगरपालिकाका मुसहर, चमार र दनुवार बस्तीमा न्यानो कपडा वितरण गरिएको अनेरास्वीयू उपत्यका विशेष प्रदेश कमिटीका संयोजक प्रदीप थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, अनेरास्ववीयूका महासचिव आरती लामा नेतृत्वको टोलीले चन्द्रपुर मुसहर बस्तीका २०० र हरिवन–३ का चमार र दनुवार बस्तीमा ३०० जनालाई न्यानो कपडा वितरण गरेको हो । शीतलहर र चिसोबाट विपन्न परिवारका वृद्धवृद्धा र बालबालिका जोगाउन न्यानो कपडा वितरण गरिएको थापाले बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा २ नम्बर प्रदेशसभाकी सदस्य बेची लुंगेली र पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा समेत सहभागी भएका थिए ।

सर्लाही | जिल्लाका उच्च ओहदाका ब्यक्तिहरुमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेको छ ।

मंगलबार मात्रै सदरमुकाम मलंगवाका मेयर निरसल साहलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि ज्वरो आएपछि मेयर साहले मंगलबार बिहान जिल्ला अस्पताल पुगेर स्वाब दिएका थिए ।

मंगलबार साँझ आएको रिपोर्टमा उनीमा पनि कोरोना संक्रमण पुष्टी भएको हो । स्वास्थ्य अवस्था सामान्य नै रहेकाले मेयर साह अहिले आफ्नै घरमा होम आईसोलेसनमा बसेका छन ।

यसअघि जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईमा सोमबार कोरोना संक्रमण पुष्टी भएको थियो ।

बाँके | सोमबार नेपालगंज पुगेका संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटेको भनेर विभिन्न सञ्चार माध्यममा आएका समाचार भ्रामक रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा) का बाँके जिल्ला अध्यक्ष कमरुदिन राइले बताएका छन् ।

जिल्ला अध्यक्ष राइका अनुसार, यस्ता भ्रामक र कपोकल्पित समाचार प्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै उनले भने, मन्त्री यादवलाई न कसैले लखेटेको छ, न त कालो झन्डानै देखाएको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्री यादव किसान फिड मिल प्रा. लि. को उद्घाटन समारोहमा सोमबार नेपालगंज पुगेका थिए । मन्त्री यादव उक्त समारोहका प्रमुख अतिथि समेत रहेका थिए ।

मन्त्री यादवले उद्घाटन गरेका किसान फिड मिल प्रा. लि. जसपाका नेता एवं पुर्व शहरी विकास मन्त्री इस्तियाक राइले १ अर्ब ३० करोड रुपैयाँको निजि लगानीमा संचालनमा ल्याएका छन् ।

पार्टी प्रवेश कार्यक्रम

बाके जिल्लाको जानकी गाउँपालिका खजुरामा जनता समाजवादि पार्टी, नेपाल (जसपा) ले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रम मंगलवार भव्यताका साथ सम्पन्न भएको छ ।

विभिन्न पार्टी परित्याग गरि सयौं नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । जसपामा प्रवेश गरेका नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि महेन्द्र राय यादवले फुलमाला र अबिर लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

बारा | मंगलवार देशका विभिन्न ठाउँमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाइएको छ । निजगढ नगरपालिकाको शहीद चोकमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य रुपमा मनाईएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष खड्ग प्रसाद उप्रेती को सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अथिति राप्रपाका पूर्व केन्द्रीय सदस्य सावित्री देवि भारती, विशिष्ठ अतिथि राप्रपाका पूर्व केन्द्रीय कार्यसम्पादन सदस्य तथा राप्रपा निकट भातृ संगठन राप्रयुसं का केन्द्रीय महासचिव विनोद कुमार भारती, अतिथिहरु राप्रपा २ नं. प्रदेश सदस्य वाशुदेव तिमल्सिना, बारा क्षेत्र नं १ क का प्रदेश अध्यक्ष भक्त दर्लामी , राप्रयुसं का केन्द्रीय सदस्य शुष्मा बस्नेत, राष्ट्रिय गायक बद्री राउत, राष्ट्रिय गायक मिना प्रसाई, गायक नवराज राउत जिल्ला सदस्य तथा मगर संगठन छाता संगठन बारा जिल्ला अध्यक्ष एम बहादुर जर्घा मगर, जिल्ला सदस्य बुद्धि राज पाण्डे लगायतको आतिथ्यता साथै शुभकामना मन्तब्य राखेका कार्यक्रम शुरू हुनुभन्दा पहिला नगर परिक्रमा गर्दै बुद्ध चोक पुगी शहीद चोकमा आई सभामा परिणत भएको थियो ।

https://www.youtube.com/watch?v=6zLOUGCCoCw&t=64s

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य वडा नं २ कि वडा अध्यक्ष रमिला वि. क. तथा राप्रपा निजगढ नगर कार्य समितिका सचिव राजेन्द्र सापकोटाले गरेका थिए ।

मंगलवार सर्लाही सहित देशभर पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गतेका दिन पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

३०० औँ दिवसको अवसरमा सर्लाहीको लालबन्दीमा पनि कार्यक्रम गरिएको छ । लालबन्दीमा राजा सहितको हिन्दु राष्ट्रको अभियान लिएर अघि बढिरहेको राष्ट्रिय शक्ति नेपालले कार्यक्रम गरेको हो ।

राष्ट्रिय शक्ति नेपालको जिल्ला संयोजक गोपाल प्रसाद ढकालको संयोजकत्वमा ¥याली सहित पृथ्वी नारायण शाहको फोटोमा माल्यार्पण गरिएको हो । बिभिन्न नारा सहितको ¥यालीले लालबन्दी बजार परिक्रमा गरेको अभियानकी सदस्य संगीता दाहालले जानकारी दिनुभयो ।

राष्ट्रिय शक्ति नेपालले राजा सहितको हिन्दु राष्ट्र आवश्यक रहेको भन्दै जिल्लाका राजसंस्था प्रति आस्था राख्नेहरु समेटेर तिब्र रुपमा संगठन बिस्तार गरिरहेको छ । मंगलवारको कार्यक्रममा पनि जिल्लाका बिभिन्न भागका ब्यक्तिहरुलाई अभियानमा आवद्ध गराईएको छ ।

विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सयऔँ जन्मजयन्ती हो । शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेकोलगायत योगदानको स्मरण गर्ने गरिन्छ ।

https://www.youtube.com/watch?v=6zLOUGCCoCw&t=47s

दिवसका अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारी, पुर्व राजा ज्ञानेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्गदेन र पुर्व अध्यक्ष कमल थापा लगाएतले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गर्नुभएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।