२०८३ असार २१ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २१ आईतवार

जिल्लामा १ महिनासम्म भएको शिविरबाट २५ हजार बढि नयाँ मतदाता थपिएका छन । जिल्लाका बिभिन्न पालिकामा गएको मंसिर १ गत्तेदेखि संचालन भएको मतदाता नामावली संकलन शिविरबाट २५ हजार २५४ नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारि दिनुभयो ।

जिल्लामा दुई चरणमा मतदाता नामावली संकलन शिबिर राखिएको थियो । पहिलो चरणमा मंसिर १७ बाट पौष २ सम्म ८ ओटा स्थानीय तहमा र पौष ४ गत्तेबाट १८ गत्तेसम्म ९ ओटा स्थानीय तहमा मतदाता नामावली संकलन शिविर संचालन गरिएको थियो ।

जिल्लामा संचालित दुई चरणको शिविरमा पनि धेरैले नाम दर्ता गर्न नपाएको गुनासो गरेका छन । शिविरमा नाम दर्ता गराउन छुटेकाहरुको हकमा भने सदरमुकाम मंलगवामा रहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय तथा हरिवन र बरहथवा नगरपालिकामा रहेका इलाका प्रशासन कार्यालयबाट चुनावको मिति घोषणा नभएसम्म नियमित रुपमा मतदाता नामावली संकलन गराउन सकिने जिल्ला निर्वाचन अधिकृत भुजेलले बताउनुभयो ।

अहिले पनि जिल्लाका ४ स्थानबाट भईरहेको नामावली संकलन केन्द्रबाट मासिक रुपमा ८ देखि १० हजारको हाराहारिमा नामावली संकलन भईरहेको उहाँको भनाई छ ।

समग्रमा हालसम्मको मतदाता नामावली संकलनको तथ्यांक हेर्ने हो भने जिल्लामा ६० हजार भन्दा माथी मतदाता थपिएका निर्वाचन अधिकृत भुजेलको भनाई छ । अधिकृत भुजेलका अनुसार जिल्लामा २०७४ को चुनावपछि १ लाखको हाराहारिमा नयाँ मतदाता थपिने अनुमान गरिएको छ ।

यसैबिच निर्वाचन अधिकृत भुजेलले आगामि माघ ७ गत्तेपछि अनिवार्य रुपमा कोरोना बिरुद्धको खोपकार्ड देखाए पछि मात्रै नामावली संकलन गरिने बताउनुभएको छ । नेपाल सरकारले गरेको निर्णय बमोजिम कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै त्यस्तो निर्णय गर्न लागीएका भुजेलको भनाई छ ।

एजेन्सी | उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । उत्तर कोरियाले समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले मंगलबार बिहान सो दाबी गरेका छन् । उनले पूर्वी समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएका हुन् ।

यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने बताइएको छ । जापानिज कोस्ट गार्ड (जेसीएस) ले यो क्षेप्यास्त्र मिसाइल हुन सक्ने बताएका हुन् । यसबारेमा अझै पनि यकिन भने हुन सकेको छैन । उत्तर कोरियाले गरेको यस क्षेप्यास्त्रको बारेमा दक्षिण कोरिया र जापानले आवश्यक अनुसन्धान थालेका बताएका छन् ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । मंगलबारको यस प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकी गुप्तचरहरूले अनुसन्धान गरिरहेका बताइएको छ । उत्तर कोरियाले छ दिनमात्र अघि पनि यहाँ यस्तै प्रकारको क्षेप्यास्त्र हानेको थियो । यसै हप्ता उत्तर कोरियाले दुई वटा क्षेप्यास्त्र हानेको छ ।

काठमाडाैं | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएकाे काेराेना परीक्षणमा पाेजेटिभ देखिएकाे उहाँकाे निजी सचिवालयले जानकारी दिएको हाे ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नै निवासमा स्वास्थ्य लाभ लिइरहनुभएकाे सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिनुभएकाे थियाे ।

सर्लाही | प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कोरोना संक्रमित भएका छन । सिडियो थानेश्वर गौतम र एसपी कृष्ण प्रसाईंमा संक्रमण पुष्टि भएको हो ।

आईतबार जिल्ला अस्पताल मलंगवामा स्वाब परिक्षण गरिएकोमा सामेवार साँझ दुबैको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पोजेटिभ आएपछि अहिले दुबैजना होम आईसोलेसनमा बसेका छन ।

संक्रमण पुष्टि हुनुअघि दुबैजना नियमितजसो सार्वजनिक कार्यक्रममा सरिक हुँदै आईरहेका थिए । सिडियो गौतमले रुघाखोकी लागेपछि कोरोना परिक्षण गराएका हुन भने एसपी प्रसाईंले आफु प्रायः सिडियोको साथमै हुने भएको भन्दै कोरोना परिक्षण गराएका थिए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादव पनि कोरोना संक्रमित भएका छन । जिल्ला अस्पतालमा गरिएको स्वाव परिक्षणमा यादवमा पनि संक्रमण पुष्टी भएको हो ।

सर्लाही | प्रदेश २ सरकारले विभिन्न समयमा भएका मधेस आन्दोलनमा शहीद भएकाको परिवारलाई ३ लाख उपलब्ध गराउने भएको छ ।

आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने भएको हो । यसपटक प्रदेश सरकारले राजविराजमा बलिदानी दिवस मनाउँदैछ ।

यो दिवसमा मधेस आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले प्रदान गरिने प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए । त्यस्तै, मधेस आन्दोलनका घाइतेलाई पनि रकम प्रदान गरिने छ ।

उनले घाइतेको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको जानकारी दिएका छन ।

सर्लाही सहित तराईका जिल्लामा बिहानै देखि बाक्लो हुस्सु लागेको छ ।

आईतवार (आज) पनि बिहानैबाट हुस्सु लागेपछि दैनिक ज्याला मजदुरि गर्ने, वालवालीका, बृद्धबृद्धा तथा राजमार्गमा सवारिचालकहरुलाई समस्या परेको छ ।

हुस्सु लागेको बेला भिजिबिलिटि कम हुने भएकोले सवारि साधन गुडाउन समस्या पर्ने लालबन्दीका म्याजिक चालक उमेस अधिकारिले बताउनु भयो ।

यस्तो समयमा सवारि दुर्घटनाको जोखिम बढ्ने जिल्ला ट्राफिक प्रहरि कार्यालय सर्लाहीका प्रमुख प्रहरि निरिक्षक केदारमान दोङले जानकारि दिनुभयो । हुस्सु लागेको बेला सवारि चलाउँदा र सडक पार गर्दा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

यता चिकित्सकहरुले चिसोबाट बच्न आग्रह गरेका हुन । चिकित्सकका अनुसार शरिरको पुरै भाग छोप्ने कपडा लगाउने, तातो झोलिलो पदार्थ खाने र अनावश्यक रुपमा घर बाहिर निस्किनु हुँदैन ।

बालबालिका र बृद्धबृद्धालाई चिसोबाट बचाउन बिशेष ध्यान दिन डाक्टरहरुले सुझाव दिएका छन ।

सर्लाही | करिब १६ महिनादेखि थन्किएको रेलेको दोस्रो परीक्षण गरिएको छ। धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनर्वा स्टेशनमा उक्त रेल डेढ वर्षदेखि त्रिपालमुनि रहेको थियो। 

रेल्वे ट्रयाक्क र रेलको इन्जिनको अवस्था बुझ्न इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल गुडाइएको हो। यसअघि सरकारले भारती रेल्वे कम्पनी कर्पोरेसनबाट (कोंकण)बाट किनेर पहिलो परीक्षण गरेको थियो। 

गत वर्ष ३ असोजमा उक्त रेलले नेपाली भूमी टेकेको थियो। कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए। 

नेपाली रेलको ट्रयाक्क निर्माण भए पनि उक्त रेल अझैसम्म सञ्चालन हुन सकेको छैन। नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले रेल गुडाउने सम्पूर्ण तयारी पूरा भएको बताए। उनले सबै कुरा मिले १० फेब्रुअरीदेखि रेल गुडाउने तयारी रहेको बताए | अन्नपुर्णबाट…

सर्लाही | भारतमा कोभिडको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। 

देउवा यही पुस २५ गते भारत जाने तयारी थिए। देउवा सहभागी हुने भनिएको भारतको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएसँगै अब तत्काललाई दिल्ली यात्रा रोकिएको हो। 

गुजरातमा कोभिड–१९ को संक्रमण बढेको भन्दै यो सम्मेलन स्थगित गरिएसँगै प्रधानमन्त्री भारत भ्रमणमा नजाने उनका स्वकीय सचिव भानु देउवाले बताए। 

काठमाण्ठौँ | काँग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा) ले बतास समूहसँग आफ्नो कुनै आबद्धता नरहेको बताएकी छन् ।

सञ्चारमाध्यममा आरजुको पनि बतास समूहमा संलग्नता रहेको सार्वजनिक भएपछि उनले सो संस्थामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएकी हुन् ।

उनले आफू विभिन्न ६ वटा संस्थामा बाहेक अन्यत्र कतैपनि आबद्ध नभएको दावी गरेकी छिन् ।

काठमाडौं | नेकपा माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो । 

कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइर संक्रमण भएपछि  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजैबाट भेटघाट बन्द गरेका छन् । 

कार्यालयका सबैलाई कर्मचारीलाई कोरोना भएपछि प्रचण्डले भेटघाट बन्द गरेर आईसोलेशनमा बस्न लागेका हुन् ।

विज्ञप्ति :

आदरणीय कमरेडहरु तथा शुभेच्छुक मित्रहरू,

पार्टीको ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन सफलतापुर्वक सम्पन्न भएको र अध्यक्ष कमरेड प्रचण्ड पुनः अध्यक्ष निर्वाचित हुनुभएकोमा सम्पुर्ण राजनैतिक शक्ति, स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, सम्पुर्ण पार्टीपंक्ति तथा शुभेच्छुकहरुद्वारा व्यक्त गरिएको बधाई तथा शुभकामनाको लागि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।

राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं । यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ। 

हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजिकरण गर्नेछौं। केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरुलाई समेत कोभिड संक्रमण पुष्टि भएकोले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं।

– स्वकीय सचिवालय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।