काठमाण्डौँ | सिंहदरबार स्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सभाहलमा आइतबार मन्त्रालयद्वारा आयोजित प्रेस ब्रीफिङ्ग कार्यक्रममा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, मलखाद राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या भएकोले मौज्दात मलको सन्तुलित वितरण कार्य भइरहेको छ ।
यस समस्याको निराकरण गर्नका लागि मल कारखानाको स्थापना गर्न आवश्यक रहेको उनले जनाए । ठेक्का प्रणाली, कार्यविधि, ऐन र नियमावली किसानमुखि नभएको कारणले पनि मलखादको समस्या बढेको उनले बताए । विगतका वर्षहरुको तुलनामा यसवर्ष अनुदानको रासायनिक मल आपूर्ति र वितरण व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटमा नेपाल सरकारले उल्लेखनीय वृद्धि गरेको उनले जानकारी गराएका छन् ।
आ. व. २०७७/०७८ मा रासायनिक मल खरिदका लागि विनियोजित बजेट १२ अर्व रुपैयाँबाट ४ लाख २ हजार मेट्रीक टन मल खरिद गरि बिक्रि वितरण गरिएकोमा यस वर्ष अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मुल्य भारि मात्रामा बढेको हुदा चालु आ. व. मा रासायनिक मल खरिदका लागि नियमित बजेटमा विनियोजित १५ अर्व रुपैयाँ अतिरिक्त १२ अर्व ७१ करोड रुपैयाँ थप गरिएको मन्त्री यादवले जनाएका छन् । मलखाद खरिदका लागि सरकारबाट व्यहोरिने अनुदान रकम गत वर्षको भन्दा यस वर्षमा वृद्धि गरिएको बताउदै मन्त्री यादवले भने, गत वर्ष युरियामा प्रति के. जी. अनुदान २९ रुपैयाँ ५५ पैसा रहेकोमा यस वर्ष अनुदानको भार बढेर १ सय १३ पैसा पुगेको छ । त्यस्तै डिएपि मा गत वर्ष प्रति के. जी. अनुदान ११ रुपैयाँ ९० पैसा रहेकोमा यस वर्ष बढेर ६७ रुपैयाँ ७१ पैसा रहेको र पोटासमा गत वर्ष प्रति के. जी. अनुदान ६ रुपैयाँ ८३ पैसा रहेकोमा यस वर्ष ७० रुपैयाँ ४१ पैसा पुगेको उनले जनाए ।

अन्तर्राष्ट्रिय बजारमा मलको मुल्यमा भएको अत्यधिक वृद्धिको कारणले गर्दा सरकारले व्यहोर्ने अनुदानको भार युरियामा सरदर ३ गुणा, डिएपिमा ६ गुणा र पोटासमा १० गुणा भन्दा बढि हुन गएको मन्त्री यादव बताउँछन् । मन्त्री यादवका अनुसार, कोभिड- १९ को महामारी तथा इन्धन समस्याको कारणले गर्दा विश्वव्यापी रुपमा मलखादको उत्पादनमा कटौती हुन जादा अन्तर्राष्ट्रिय बजारमा मलको मुल्य समेत निरन्तर रुपले बढ्दै गएको उनले बताए ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले अनुदानको रासायनिक मल आयात र वितरणको कार्यमा लागेको र दुबै कम्पनीका गोदाममा गरि हाल १० हजार ५ सय मेट्रीक टन युरिया, १ हजार २ सय मेट्रीक टन डिएपि र करिब ५ सय मेट्रीक टन पोटास गरि जम्मा १२ हजार २ सय मेट्रीक टन मल मौज्दात रहेको उनले जनाएका छन् । तर उक्त परिमाणको मौज्दातले अगामि दिनमा हुने मलको नियमित मागको चाप धान्न सक्ने अवस्था नरहेको समेत मन्त्री यादवले जनाएका छन् ।
मन्त्री यादवले भने, मन्त्रालयको आकलनमा आगामि ३ महिनाका लागि मात्र कम्तीमा ७५ हाजार मेट्रीक टन मल आवश्यक पर्ने देखिन्छ । दुबै कम्पनीबाट भएका ग्लोबल टेण्डर र खरिद सम्झौता मार्फत हालसम्म आपूर्ति भइसक्नु पर्ने करिब १ लाख ५० हजार मेट्रीक टन मलखाद अन्तर्राष्ट्रिय बजारमा देखिएको विषम परिस्थितिका कारणले आयात हुन नसकेकोले उनले बताए ।
रासायनिक मल आपूर्ति तथा वितरणको विधमान अवस्थाका सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अपिल जारी गर्दै वर्तमान समस्याको निराकरण गर्न मन्त्रालयले हरसम्भव पहल गरिरहेको र मल खरिद तथा आपूर्तिका वैकल्पिक उपाय खासगरी जि टु जि खरिदका बारेमा समेत निरन्तर प्रयास गर्दै आएको अपिल मार्फत जनाएको छ । यस विषम परिस्थितिमा उपलब्ध मलखादहरुलाई किफायति र सन्तुलित रुपमा प्रयोग गर्न र जैविक तथा प्राङ्गारिक पदार्थहरुको समेत प्रयोग बढाएर बालि उत्पादन गर्ने उपाय अवलम्बन गर्नुहुन मन्त्रालयले सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेको छ ।
साथै प्रदेश र स्थानीय सरकारबाट समेत प्राङ्गारिक तथा जैविक मल प्रयोगमा बढाबा दिने खालका कार्यक्रममा जोड दिन समेत मन्त्रालयले अपिल गरेको छ । ब्रीफिङ्गमा रासायनिक मलको अवस्था, आपूर्ति, मलको मौज्दात, वितरण र व्यवस्थापन, उखुको मुल्य निर्धारण र धानबालीको राहत लगायतका विषयहरुमा सञ्चारकर्मीहरु संग छलफल भएको हो ।
क्षितिज बिश्वकर्मा | सर्लाही
जिल्लाको सागरनाथ जंगलमा मोटरसाइकल अनियन्त्रित भएर भएको दुर्घटनामा परि मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको छ ।
इश्वरपुर नगरपालिका–३ बयलबास– भक्तिपुर सडकखण्डस्थित सागरनाथ जंगलमा ईश्वरपुर ६ बयलबास तर्फ जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोकिएर बाटो भन्दा १० मिटर तल खसेको थियो । दुर्घटनामा ईश्वरपुर नगरपालिका–१० दसबिघा बस्ने २२ वर्षिय अरुण सिंह, २० वर्षिय श्रगम बिश्वकर्मा र रोहन सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलसहित तीनजना लडेको अवस्थामा देखेपछि स्थानीयले आइतवार विहान प्रहरीलाई खबर गरेका थिए । दुर्घटनाको समय र कारण खुल्न नसकेपनि मादक प्रदार्थ सेवन अथवा बाक्लु हुस्सुले मोटरसाइकल अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक तीनैजनाको शव जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।
सर्लाही | लालबन्दीमा शनिवार भएको जेसीजको तेश्रो बार्षिक साधारणसभाबाट जेसिज बर्ष २०२२ को अध्यक्षमा सन्तोष पौडेल निर्वाचित भएका छन ।
त्यस्तै जेसिज लालबन्दी शाखाको कार्यकारीणी उपाध्यक्षमा कोमल प्रसाद गौतम र राजकुमार सिह, उपाध्यक्षहरुमा कुल प्रसाद गौतम, उपेन्द्र महतो, सुमन थापा र सुनिता खरेल थपलिया निर्वाचित भएका शाखाका जेसिज बर्ष २०२१ का अध्यक्ष श्याम खड्काले जानकारि दिनुभयो ।

कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष किरण घिमिरे, मातृ शाखा चन्द्रनिगापुर सिटिका निवर्तमान अध्यक्ष दिलिप सापकोटा, वर्तमान अध्यक्ष लोकेन्द्र खड्कालगायतले नवनिर्वाचित टिमलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
- लक्ष्मी गुरुङ | सर्लाही
उखुको मूल्य तय नभए पनि सर्लाहीका चिनी उद्योग भने चल्न थालेका छन् । काट्न ढिला हुँदा खेतमै सुक्ने डर तथा अर्को बाली लगाउन पनि ढिला हुने भएकाले उखुको मूल्य नै तय नभए पनि किसान चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन् ।
यसैक्रममा सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ सुरु गरेको छ । बिहीबार दिउँसो २ बजेदेखि उद्योग संचालनमा आएको उद्योगका प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले जानकारी दिए।
किसानको उखु बोकेका ट्रक र ट्रयाक्टरले उद्योगको यार्ड भरिभराउ भइसकेको छ। टायरगाढाको यार्ड भने खाली नै छ । दैनिक ५० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको इन्दुशंकरले गत वर्ष २२ लाख १६ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो। उखुको मूल्य तय भइनसके पनि किसानकै आग्रहमा उद्योग संचालनमा ल्याइएको प्रशासकीय अधिकृत नेपालले जानकारी दिए ।
जिल्लाकै दक्षिणी क्षेत्रमा रहेको गोडैता नगरपालिकाको बगदहस्थित महालक्ष्मी सुगर मिल पनि सञ्चालनको अन्तिम तयारीमा रहेको बताइएको छ । उक्त उद्योग शुक्रबार दिउँसोबाट संचालनमा आएको प्रसाशनले जनाएको छ ।
त्यस्तै, जिल्लाको दक्षिण–पश्चिम क्षेत्र धनकौल स्थित अन्नपूर्ण सुगर मिल भने यसवर्ष पनि संचालनमा नआउने सम्भावना बढेको छ । उद्योगका संचालक राकेशकुमार अग्रवालसँग ज्ञानप्रसाद भट्टराई लगायतको समूहले यसै वर्षदेखि उद्योग सञ्चालन गर्नेगरी चिनिमिल खरिद गरेको भए पनि अहिलेसम्म नामसारी हुन नसकेको लगायत समस्याका कारण उक्त उद्योग यसवर्ष संचालनमा नआउने सम्भावना रहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।
उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले उखुको मूल्य तोक्ने काममा सरकार र उद्योगपतिले ढिलासुस्ती गरिरहेको आरोप लगाएका छन् ।
गतवर्ष उखुको मूल्य ५३६ रुपैयाँ ५६ पैसा तोकिएको थियो । जसमा उद्योगपतिले ४७१ रुपैयाँ २८ पैसा तथा सरकारले ६५ रुपैयाँ २८ पैसा किसानलाई उपलब्ध गराएको हो ।
मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाही जिल्लामा यसवर्ष २५ हजार हेक्टर हाराहारीमा उखु खेती भएको अनुमान गरिएको छ ।
सर्लाही | ईश्वरपुर नगरपालिका १२ स्थित बाँके चोकबाट प्रहरिले बिहिवा दिउँसो लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरि जिल्लाको सुन्दरपुर गाउँपालिका २ बस्ने २२ बर्षका पप्पु राम रहेका छन । प्रहरिले चेकजाँच गर्ने क्रममा रामले ज्याकेटभित्र लुकाएर राखेको ५०० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । रामलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालय मलंगवा सर्लाहीले जानकारि दिएको छ ।
त्यस्तै भेडहियाटोलमा आगलागीबाट ३० बर्षकी जयलसदेवी मण्डल घाईते भएकी छिन । मलंगवाको वडा नम्बर १ भेडहियाकी मण्डलले खाना पकाउनका लागी बालेको आगो उनको कपडामा सल्किएको थियो । उनको मलंगवास्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
त्यसैगरि बिष्णु गाउँपालीकामा रहेको जनता प्राथमिक बिद्यालय सिमराको एक कोठाभित्र आगलागी हुँदा १२१ बोरा सेनेटरि प्याड जलेको छ । एक्कासि लागेको आगोबाट बिद्यालयमा स्टोर गरि राखिएको करिव ६ लाख बराबरको प्याड जलेको हो ।
बिहिवार राती भएको आगो स्थानिय र प्रहरिले करिव आधा घण्टा पछि नियन्त्रणमा लिएका जिल्ला प्रहरि कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।
क्षितिज बिश्वकर्मा, सर्लाही । जिल्लामा शुक्रवार बिहानैबाट बाक्लो हुस्सु सँगै शितलहर सुरु भएको छ । मध्य पुसबाट बढेको चिसोले जिल्लाका बिपन्न, दलित परिवार प्रभावित भएका छन ।
जिल्लाका अतिविपन्न, मुसहर, डोम, चमार लगायतका पिछडिएका समुदायलाई चिसोले समस्यामा पारेको छ । दैनिक ज्याला मजदुरीबाट गुजारा चलाउने प्रायः बिपन्न परिवार शरीर ढाक्ने न्यानो कपडा र राती सुत्दा ओढ्ने ओछ्याउने समेत नरहेको बताउँछन ।
कठ्याङ्ग्रिदो जाडो र शितलहरसँगै चल्ने चिसो स्याँठले साना साना स्कुले केटाकेटी र बृद्धबृद्धालाई समेत सताएको छ । चोक र बजारमा मानिसहरुको चहलपहल पातलो भएको छ ।
जिल्लाका स्थानीय तह र अन्य सरोकारवाला निकायहरुले अहिलेसम्म सर्वसाधारण नागरिकलाई चिसोबाट जोगाउन कुनै पहल गरेका छैनन् । अघिल्ला वर्षहरुमा गाउँपालिका तथा नगरपालिकाहरुले जिल्ला वन कार्यालयसँग समन्वय गरेर दाउरा वितरण गर्ने गरेको भएपनि यस वर्ष हालसम्म कुनै पनि निकायले त्यस्तो प्रवन्ध मिलाएका छैनन् ।
बाक्लो हुस्सुका कारण राजमार्गमा सवारि दुर्घटनाको जोखिम समेत बढेको छ । शुक्रवार बिहान मात्रै पनी पुर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी ६ मा ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिएको छ । ना ६ ख ५५ नम्बरको मालवाहक ट्रकले समान ओसार्ने म्याजिकलाई ठक्कर दिएको हो । ठक्करबाट म्याजिकको अगाडिको भाग कुच्चिएको छ ।
दुबै सवारिलाई ईलाका प्रहरि कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको छ ।
यता जिल्ला अस्पताल मलङ्गवाका प्रमुख डा. नवलकिशोर झाले चिसो बढ्दै गएकाले यो समयमा पर्याप्त तातो र ताजा खानेकुरा खान, शरीरमा हावा पस्न नदिने गरी न्यानो लुगा लगाउन र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सुझाव दिनुभएको छ ।
क्षितिज बिश्वकर्मा, सर्लाही | लालबन्दीमा गएको मंसिर २८ गत्ते पैदलयात्रीलाई ठक्कर दिई फरार मोटरसाईकल र चालकलाई प्रहरीले १७ दिनपछि पक्राउ गरेको छ ।
पुर्व पश्चिम लोकमार्ग अन्तर्गत लालबन्दीको वडा नम्बर १ मा नम्बर नखुलेको अनटेस्ट मोटरसाईकलले स्थानिय ७८ बर्षिय सितामाया बस्नेतलाई ठक्कर दिएर फरार भएको थियो । दुर्घटनामा संलग्न मोटरसाईकल र चालकको खोजी गर्ने क्रममा बिहिवार दिउँसो ३ बजेको समयमा पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
ठक्कर दिने प्रदेश २–०३–०२० प ३८६७ नम्बरको मोटरसाईकल र चालक बरहथवा नगरपालीका ५ का ४२ बर्षिय रामबाबु महतोलाई पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको ईन्स्पेक्टर थापाले जानकारी दिनुभयो ।

ईन्स्पेक्टर थापाले एड्भान्स टेक्नोलोजीको समयमा पनि राजमार्गमा राम्रो सिसिटिभि क्यामराहरु नहुनु दुःखद भएको बताउनु भएको छ । राजमार्गका कतिपय स्थानमा सिसिटिभि नहुँदा अनुसन्धानमा समेत समस्या हुने गरेको उहाँको दुखेसो छ ।
ईन्स्पेक्टर थापाको सक्रियतामा हालसम्म राजमार्गमा भएका ७ वटा घट्नाको सफल अनुसन्धान भईसकेको छ ।
लक्ष्मी गुरुङ, सर्लाही | गुरुङ समुदायले बिहिवार आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
यसै अवशरमा सर्लाहीमा पनी आज सांस्कृतीक कार्यक्रम गरिएको छ । सर्लाहीको मुर्तियामा एक कार्यक्रमका बिच ‘गुरुङ भाषा सिक्ने किताव’ नामक पुस्तकको समेत बिमोचन गरिएको छ । स्थानिय चित्र बहादुर गुरुङद्वारा लिखित पुस्तक कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका कन्द्रिय सदस्य कल्पना कटुवालले बिमोचन गर्नुभएको हो ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रममा गुरुङ राष्ट्रिय परिषद २ नम्बर प्रदेशका संयोजक एक बादुर गुरुङले गुरुङ जातिको भाषा, संस्कृती र परम्पराको जानकारि गराउनुभएको थियो ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको थियो ।
सर्लाही । लालबन्दीमा बुधवार राती धारिलो हतियार (कट्टि) प्रहारबाट २ जना गम्भिर घाईते भएका छन ।
लालबन्दी नगरपालिका वडा नम्बर ८ का अन्दाजी २५ बर्षका किरण बम्जन र जानकीनगरका बिजय मगर घाईते भएका छन । पुरानो रिसिबिका कारण स्थानिय २ युवाले आक्रमण गरेका ईलाका प्रहरि कार्यालय लालबन्दीले बताएको छ ।

घरमा सुतिरहेको अवस्थामा राती करिव साँडे १२ बजेतिर २ जनाले कट्टि प्रहार गर्दा बम्जन र मगरको टाउको र हातमा गम्भिर चोट लागेको छ ।
घाईतेहरुको बिराटनगरको बिराटनगर हस्पिटलमा उपचार भईरहेको र घट्नामा संलग्नहरुको पहिचान भई खोजी भईरहेको जिल्ला प्रहरि कार्यालय मलंगवाका डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।
बारा, निजगढ
सनराईज बैंक निजगढ शाखाले एक बचत कर्तालाई बुधबार स्वास्थ्य उपचार बीमाको रकम भुक्तानी गरेको छ । बैंकले बचतकर्तालाई डबल बीमा सुविधा अन्तर्गत स्वास्थ्य सुविधा बापतको रकमको चेक बचतकर्ता निजगढ ७ की राप्रपा नेत्री सावित्रीदेवी भारतीलाई २१ हजार ६ सय ५६ रुपैयाको चेक बैंक प्रमुख प्रद्युम्न अचार्यले हस्तान्तरण गरेका हुन् ।बैंकमा बचत शाखाका बचतकर्ताले बचतगरे बापत २५ प्रतिशतको दरले बीमा सुविधा पाउँछन् ।बीमा अन्तर्गत स्वास्थ्य उपचारको लागी मेडिकल खर्च बापत वर्षको तीन पटक पाउने सुविधा पाउने अचार्यले जानकारी दिएको छ ।खाता खोलेर बचत गर्ने बानी पनि हुने र खाता खोलेका दिन देखि नै यो सुविधा पाउन सकिने उनले बताए । योजना अन्तर्गत दुर्घटना बीमा सुविधाको हकमा दुर्घटनामापरि कुनै बचतकर्ताहरुको मृत्यु वा अस्थाई तवरले ब्यक्ति असक्त भएकाहरुले पाँच लाख रुपैया भन्दा नबढ्ने गरी बचत खातामा रहेको मौजातको ४ गुणा सम्म भन्दा बढी दावि गर्न पाउने सुविधा ल्याएकोे प्रमुख अचार्यले जानकारी दिएको छ ।