सर्लाही | मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकार सङ्घीयताको पहरेदार बनिरहेको बताउनुभएको छ । सोमबार सर्लाहीको बरहथवा नगरपालिका– १७, श्रीपुरमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । मुख्यमन्त्री राउतले सङ्घीयता समाप्त पार्ने मनसाय बोकेकाहरुले सङ्घीयताको पहरेदार बनिरहेको प्रदेश सरकारविरुद्ध अनेक षड्यन्त्र भइरहेको आरोप समेत लगाउनुभयो ।
प्रदेश सरकारको अधिकार कुण्ठित हुन नदिन सङ्घीय सरकारसँग निरन्तर सङ्घर्ष गरिरहेको मुख्यमन्त्री राउतले चर्चा गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफ्नो पार्टी जसपा र प्रदेश २ सरकार सदैव तत्पर रहेको उहाँको भनाई छ ।

मुख्यमन्त्री राउतले उत्पीडित वर्गको उत्थानका लागि प्रदेश सरकारले प्रदेशमा बसोवास गर्ने महिला, दलित, मुुस्लिम, मधेसी, आदिवासी जनजातिलगायत समुदायको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो । कोरोनाका कारण अवरुद्ध भएको छोरी शिक्षा बीमा कार्यक्रम पुनः सूचारु हुने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बरहथवा नगरपालिका १७ का वडाध्यक्ष रामविश्वास रायको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा प्रदेश सभा सभा सदस्यद्वय अशोक यादव र सञ्जयकुमार यादव, बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो लगायतको आतिथ्यता रहेको थियो ।
बरहथवा नगरपालिकाको ४० लाख र वडाको ६ लाख बजेट गरी ४६ लाख रुपियाँ लागतमा बरहथवा नगरपालिका–१७, श्रीपुर नयाँटोल कटानी बजारमा एक तले वडा कार्यालय भवन निर्माण गरिएको हो । यसअघि वडा कार्यालयको बेग्लै भवन नहुँदा स्वास्थ्य चौकीको पुरानो भवनबाट कार्यालय सञ्चालन हुँदैआएको थियो । गोरखापत्र
राजेश पाठक, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वमा आठ दलिय मोर्चाले एमसीएको कार्यालय घेराउ गरेको छ । संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार दरबारमार्गस्थित एमसीएको कार्यालय घेराउ गरिरहेका हो ।
घेराउ कार्यक्रमको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले गरेका थिए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल लगायत संयुक्त मोर्चामा आबद्ध विभिन्न राजनीतिक पार्टीका नेताकार्यकर्ताहरु घेराउ कार्यक्रममा सहभागी भएका थिए । सहभागीहरु ‘एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, देशभक्त शक्तिहरु एक हौँ, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु लगाउदै प्रदर्शनसहित एमसीए कार्यालयमा पुगेका थिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सीपी मैनालीको नेकपा माले, ऋषि कट्टेलको नेकपा, आहुतीको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा नेपालले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
तीन तिरबाट आएको ¥यालीलाई सम्बोधन गर्दै नेकपा सचिवलय सदस्य कन्चनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जसरी पनि खारेज हुनुपर्ने बताए ।
एमसीएको कार्यालय पाँच तारे होटल याक एण्ड यतिमा छ । उसले महिनाको ४ लाख भाडा मात्रै तिर्दै आएको छ । संयुक्त मोर्चाले मंगलबार बानेश्वरस्थित संसद भवन घेराउ गर्ने जनाएको छ ।
लक्ष्मि गुरुङ, लालबन्दी | सर्लाहीको लालबन्दीमा भएको एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले महिला हिंसा न्युनिकरणका लागी महिलालाई आर्थिक रुपले सबल बनाउनुपर्ने धारणा राखेका छन ।
लालबन्दी नगरपालीका ६ स्थित ढुकढुकी एफ.एम.९५.२ मेगाहर्जले शनिवार आयोजना गरेको महिला हिंसा बिरुद्ध सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले हिंसा अन्त्यका लागी आर्थीक रुपमा सबलीकरणमा जोड दिएका हुन ।

लालबन्दी मिडिया प्रा.लिका अध्यक्ष एवं लालबन्दी नगरपालीका वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका उज्वल कुमार कार्किको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद बेचि लुंगेली, लालबन्दी नगरपालीकाकी उप–प्रमुख शान्ति लामा, मेचि महाकाली बुहारि संयुक्त आवाजकी संर्लाही संयोजक रमा काफ्ले, सर्लाही साहित्य समाजकी मिना देवकोटा, लालबन्दी जेसिज बर्ष २०२१ का अध्यक्ष श्याम खड्का, हरिवन नगरपालीकाको कार्यपालीका सदस्य एवं मेचि महाकाली बुहारि संयुक्त आवाजकी हरिवन नगर संयोजक गीता राउत, बागमती संयोजक सर्मिला बानियाँ, मानव अधिकारका लागी महिला तथा एकल महिला संघकि अध्यक्ष झम्का धिताल, बाल संरक्षण संस्थाकी जमुना आचार्य, संयुक्त महिला संजालकी सानु पाख्रिन, लालबन्दी नगरपालीका वडा नम्बर ५ का वडाध्यक्ष मोहन भण्डारि, कानुनबिज्ञ भरत कुमार घिमिरे, गाउँ सुधार बिकाश संस्थाकी गीता बिश्वकर्मा लगाएको आतिथ्यता रहेको थियो ।
लैंगीक बिभेद बिरुद्धको १६ दिने अभियान सक्किएको भोलीपल्ट ढुकढुकी एफ.एम.ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम मार्फत १६ दिन मात्रै नभएर ३६५ दिन नै सबैखाले हिंसा न्युनिकरणका लागी ढुकढुकी एफ.एम.प्रतिबद्ध रहेको दर्शाउनका लागी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको ढुकढुकी एफ.एम.९५.२ मेगाहर्जका प्रबन्ध निर्देशक क्षितिज बिश्वकर्माले जानकारि दिनुभयो ।
प्रबन्ध निर्देशक बिश्वकर्माको संचालन रहेको कार्यक्रमलाई ढुकढुकी एफ.एम.९५.२ मेगाहर्जबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।
काठमाण्डौं | इजरायल दूतावास र अवसर फाउण्डेशनद्वारा नक्साल स्थित होटेल मैरिएटमा बिहीवार आयोजित “दोस्रो कृषि तारा” अवार्ड २०२१ प्रदान समारोहका प्रमुख अतिथि संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले विजेतालाई अवार्ड हस्तान्तरण गरेका हुन् ।
“दोस्रो कृषि तारा” अवार्ड समारोहमा मन्त्री यादवले भने, इजरायलले आधुनिक प्रविधिको प्रयोग मार्फत कृषि क्षेत्रमा फड्को मार्न स्थापित भएको र सो प्रविधिलाई नेपालमा पनि भित्र्याउन सरकारले आवश्यक पहल गर्ने बताए । उनले भने, इजरायलले नेपाली किसान प्रति गर्दै आएको योगदान सराहनीय भएको र कृषिमा आत्मनिर्भर हुनका लागि नेपाली किसानहरूलाई “सिक्नुहोस् र कमाउनुहोस् कार्यक्रम” अन्तर्गत इजरायलमा लगेर उन्नत कृषि तालिम दिदै आएकोले इजरायली राजदुत लगायत दूतावासका सम्पुर्ण टिमलाई उनले धन्यवाद दिए ।
“दोस्रो कृषि तारा” अवार्डका उत्कृष्ट १० जनालाई बधाई दिदै मन्त्री यादवले भने, तपाईहरुको मिहिनेतले गरिबी न्यूनीकरणमा ठुलो टेवा पुग्ने र देश आर्थिक समृद्धि तर्फ जाने उनले बताए । इजरायल दूतावास र अवसर फाउण्डेशनले इजरायलबाट कृषि प्रशिक्षण लिएर फर्किएकाहरु मध्येबाट एक जनालाई उत्कृष्ट “कृषि तारा” अवार्ड दिने गरेको छ ।
आयोजित “दोस्रो कृषि तारा” अवार्ड समारोहमा “सिक्नुहोस् र कमाउनुहोस् कार्यक्रम” अन्तर्गत इजरायलमा उन्नत कृषि तालिम लिएर फर्केका विद्यार्थीहरू मध्ये योग्य किसान र कृषि उद्यमीहरूको समूहलाई वार्षिक राष्ट्रिय स्तरको अवार्ड प्रदान गर्दै आएको छ । इजरायलमा सिकेका प्रविधि, नवीनता र सीपको प्रयोग गरेर समाजमा परिवर्तन ल्याउने उदेश्यका साथ “सिक्नुहोस् र कमाउनुहोस् कार्यक्रम” लाई इजरायल दूतावासले प्राथमिकतामा राखेको छ ।
उत्कृष्ट “दोस्रो कृषि तारा” अवार्ड धादिङ जिल्लाका किसान उद्ध प्रसाद न्यौपानेले पाएका हुन् । अवार्ड समारोहमा छनोट भएका १० जनामध्ये न्यौपानेले अवार्ड सहित नगद ५ लाख जितेका हुन् । “दोस्रो कृषि तारा” अवार्ड समारोहका प्रमुख अतिथि मन्त्री यादव र इजरायली राजदूत हानान गोडर लगायतले अवार्ड विजेतालाई नगद हस्तान्तरण गरेका थिए ।
उत्कृष्ट १० जनाहरुमा उद्घ प्रसाद न्यौपाने, नविन जोशि, दिप नारायण राउत, शशिन कर्माचार्य, शंकर सिलवाल, बाबुराम केसि, अनिल दनै, विजय गाउलि, प्रविन राजवंशी र रामहरि रैला रहेका थिए । उनीहरुले तरकारी खेती तथा पशुपन्छी पालन गर्दै आएका थिए ।
अवार्ड छनौट समितीमा इजरायल दूतावासका राजदुत हानान गोडार, डा. महाविर पुन र कृषि विज्ञ डा. विष्णु प्रसाद चापागाईं रहेका थिए ।
सर्लाही | क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा भारी मतले जितेका सांसद अमरेश सिंह मंगलबार राति भएको पार्टीको अधिवेशनमा भने महाधिवेशन प्रतिनिधि चुनिन सकेनन् । उनीविरुद्ध गठबन्धन बनाएको अर्को पक्षसँग उनको टिम नै पराजित भयो ।
प्रतिनिधिसभा चुनावमा भारी मतले जितेका सिंह पार्टीको आन्तरीक चुनावमा भने गुटबन्दीका कारण पराजित भएका हुन् । सिंह शेखर कोइराला पक्षका भएकाले उनलाई चुनाव जित्न नदिन शेरबहादुर देउवा र बिमलेन्द्र निधि पक्ष एक भएको थियो ।
सोही क्षेत्रका दुईजना प्रदेश सांसदहरु उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह अमरेशविरुद्ध एक भएका थिए । अमरेशको पकड भएको तीन वटा वडामा अधिवेशनसमेत हुन नदिइएपछि उनी हार्ने आंकलन पहिले नै गरिएको थियो । अमरेसविरुद्ध बनेको गठबन्धन क्षेत्रीय सभापतिदेखि महाविधेशन प्रतिनिधिसम्म सबै पदमा एकलौटी विजयी भएको छ ।
अमरेशले पार्टीको केन्द्र र सरकारसमेत आफूलाई हराउन लागि परेको आरोप लगाएका थिए । संस्थापनइतर पक्षलाई कमजोर बनाउन शक्तिको दुरुपयोग गरिएपछि सर्लाहीमा विवाद बढेर वडा अधिवेशनसमेत हुन सकेको थिएन । तीन जना निर्वाचन अधिकृतले चुनाव गराउने नसक्नेभन्दै राजीनामा दिएका थिए ।
अहिले सर्लाहीमा अधिवेशन गराउन अरुण ज्ञवालीलाई चौथो निर्वाचन अधिकृतको रुपमा खटाइएको छ । उनी पनि सुरक्षाका लागि सिडियो क्वाटरमा बसेका छन् ।
काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदभार ग्रहण गरेका छन् ।
पार्टीको एकता महाधिवेशनमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित लिङ्देनले सोमबार पार्टी कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
आइतबार बिहान परिणाम आएसँगै दिउँसो निर्वाचन समितिका संयोजकमा हरिबहादुर बस्नेतबाट पद तथा गोपनीयताको शपथ लिएका लिङ्देनले सोमबार पदभार ग्रहण गरेका हुन् ।
शपथ ग्रहण कार्यक्रममा उनले निवर्तमान अध्यक्षत्रय थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी अभिभावकको रूपमा मात्र नभएर सक्रिय राजनीति राप्रपालाई आवश्यक पर्ने बताएका थिए ।
लिङ्देनको विजयीमा पूर्वराजा ज्ञानेन्द्र शाहको षड्यन्त्र रहेको सार्वजनिक रूपमा प्रतिक्रिया दिएका थापा आयोजित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् ।
काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । अध्यक्षले लिएपछि बाँकी पदाधिकारीले पनि शपथ लिएका हुन् । उनीहरूले पनि संयोजक बस्नेतबाट शपथ लिएका हुन् । पार्टी, देश र ईश्वरको नाममा उनीहरूले शपथ लिएका हुन् । नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिएका छन् । सो शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भए।शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई यो समाचार तयार पर्दासम्म थापा अनुपस्थित भएका छन् । कार्यक्रमबारे उहाँ (कमल थापा)लाई पनि जानकारी गराइएको थियो । तर, उहाँ आउनु भएको छैन’, राप्रपा नेता तथा अधिवक्ता सुजित केसीले भने, ‘उहाँ आउनुहुन्न कि जस्तो लाग्यो । कार्यक्रम भइरहेको छ । अहिलेसम्म आउनु भएको छैन ।’ लिङ्देनको विजयमा पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरिरहेका थापा कार्यक्रममा सहभागी नभएका हुन् । थापा अनुपस्थित भए पनि बाँकी निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा सहभागी भएका छन् ।
नेकपा माओवादी केन्द्र सर्लाहीको २ वटा नगरमा आज शनिवार नगर कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लालबन्दी नगरपालीकास्थित सभाहलमा र बागमतीमा बृहत कार्यक्रमका बिच सपथ ग्रहण सम्पन्न भएको हो ।
माओवादीका बरिष्ट नेता नारायणकाजी श्रेष्ठको बिशेष उपस्थितीमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको माओवादी निकट युवा संगठन वाईसियलका केन्द्रिय सदस्य समिर बराईलीले जानकारि दिनुभयो ।
उहाँका अनुसार लालबन्दीमा अर्जुन जर्गा मगरको अध्यक्षतामा गठित ६५ सदस्यीय कमिटि र बागमतीमा कुमार तुम्सिङको अध्यक्षतामा गठित ६५ जनाको कमिटिीका पदाधिकारिलाई सपथ ग्रहण गराईएको हो ।
सर्लाहीको नारायणखोलामा आज(शनिवार) नेकपा एकीकृत समाजवादीको वडा भेला सम्पन्न भएको छ । लालबन्दी नगरपालीका १४ मा समाजवादीको भेला सम्पन्न भएको हो ।
प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सत्रुधन महतोको बिशेष उपस्थितीमा वडा भेला गरिएको हो । वडा नम्बर १४ स्थित मोटरदोभान स्कुलमा भएको भेलाबाट श्यामबहादुर कल्तानको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी र चक्रबहादुर ब्लोनको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ गठन गरिएको त्यहाँबाट प्रेम बहादुर तामाङ्गले जानकारि दिनुभयो ।
पार्टीका नगर कमिटी अध्यक्ष राजन काफ्लेको अध्यक्षता तथा मन्त्री महतोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य लक्ष्मण पौडेल, केन्द्रीय सदस्य बेची लुंगेली, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, जिल्ला सचिव गोविन्द अधिकारी, जिल्ला कमिटी सदस्य एवं हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले, अर्का जिल्ला कमिटी सदस्य सुक्र थिङ, प्रेम लो लगायतको उपस्थिती रहेको थियो ।
मन्त्री महतोले कार्यक्रमलाई सम्वोधन गर्दै विकट क्षेत्रमा पर्ने नारायणखोलावासीको जनजीविकालाई सहज बनाउन प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
वडा भेलाको अवशर पारेर प्रदेश सभा सदस्य तथा पार्टीकी केन्द्रीय सदस्य लुंगेलीले आगलागीमा परेर बिचल्लीमा परेको नारायणखोला मोटरदोभानका टेकबहादुर मगरको परिवारलाई सोलार सहयोग गर्नुभएको छ ।
सर्लाही | चन्द्रनगरमा ३० औँ अन्तराष्ट्रिय दिवशको अवशरमा शुक्रवार कार्यक्रम गरिएको छ । अपाङ्गता समावेशी विकास केन्द्र नेपाल चन्द्रनगरको आयोजनामा ‘हाम्रो प्राथमिकताको आधार, अपाङगता भएका व्यक्तिको अधिकार’ भन्ने मुल नाराको साथ भव्य कार्यक्रम गर्दै दिवश मनाईएको हो ।

चन्द्रनगर गाउँपालिकामा काम गर्ने अपाङ्गता समावेशी विकास केन्द्र नेपालले ग्रामीण नारी उत्थान हरीपुर र रास्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र नेपाल, मलङ्गवा सङ्गको सहकार्यमा नाडिमनताल स्थित चन्द्रनगर गाउँपालिकाको प्राङ्गणमा कार्यक्रम गरेको हो । कार्यक्रममा गाउँपालिका भरीका ३०० जना अपाङ्गता भएको ब्यक्तिहरुको उपस्तिथि रहेको थियो ।
उक्त कार्यक्रम मार्फत २५ जना अपङ्गता भएका स्थानिय विद्यार्थीलाई शैक्षिक सामग्री र ३० जना अपाङ्गता भएका ब्यक्तिलाइ सम्मान लगायत अन्तरक्रिया कार्यक्रम गरिएको त्यहाँबाट शिवनाथ राउतले जानकारी गराउनु भएको छ ।

अपाङ्गता समावेशी विकास केन्द्र नेपाल चन्द्रनगरका अध्यक्ष शिवनाथ राउतको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रमुख महेन्द्र महतो प्रमुख अतिथी रहेका थिए । त्यस्तै विशिस्ट अतिथिमा उप–प्रमुख बिनादेवी साह सहित शिक्षा प्रमुख हरिकान्तलाल कर्ण, वडाध्यक्षहरु, क्ल्ख्(ल्भउब िको जिल्ला प्रतिनिधि अम्बिका यादव लगाएतका ब्यक्तिहरु अतिथी रहेका थिए ।