२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

बारा- राष्ट्रिय प्रजातन्त्र पार्टी को जिल्ला अधिवेशनबाट गिरिधारी चौधरी सर्वसम्मतबाट चयन भएका छन् । कार्यक्रममा सभाध्यक्ष द्वय जिल्ला अध्यक्ष राज नारायण शाह र भरत मल्ल रहेका थिए भने प्रमुख अतिथि विशेष समितिका सदस्य तथा पूर्व मन्त्री भुवन पाठकले श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाह को तस्बिरमा माल्यार्पण गरी उद्घाटन गरिएको थियो ।

विशिष्ठ अतिथि केन्द्रीय निर्देशन समितिका सदस्य मोहन यादव, कार्यसम्पादन समितिको सदस्यहरुमा राम बहादुर थापा, गिरिधारी चौधरी,विनोद कुमार भारती अतिथिमा जिल्ला उपाध्यक्ष शिव प्रसाद तिमल्सिना , क्षेत्रीय अध्यक्ष जलील देवान, प्रदेश अध्यक्ष भक्त दर्लामी,नगर अध्यक्ष माधव त्रिपाठी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीले गरेका थिए ।

सोमबार शुरू भएको अधिवेशनमा ११ जना को उम्मेदवारी परेपछि अध्यक्ष चयन गर्न नसकेपछि मंगलबार सर्वसमत चौधरी चयन भएका हुन ।

मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीको लागि वडा,नगर,प्रदेश,क्षेत्र,जिल्ला अधिवेशन गर्नुपर्ने भएकोले त्यसै अन्तर्गत जिल्ला अधिवेशन गरिएको र यही २८ गते २ नं. प्रदेशको अधिवेशन जनकपुरमा हुने जिल्ला निर्वाचन समिति सदस्य वासुदेव तिमल्सिनाले बताउनु भयो ।

युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान सतप्रतिशत जितसहित समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

आइतबार राति भएको समूह दुईको अन्तिम तथा पाँचौं खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गरेपछि पाकिस्तानले १० अंक जोडेको थियो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानका क्याप्टेन बाबर अजाम र शोएब मलिकको अर्धशतक मद्दतमा १९० रनको लक्ष्य लिएको थियो । तर स्कटल्याण्डले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।


पाकिस्तानसँगै यो समूहबाट न्यु जिल्याण्ड पनि सेमिफाइनल पुगिसकेको छ । ८ अंकका साथ न्यु जिल्याण्ड समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

भारत भने एक खेल बाँकी हुँदै समूह चरणबाटै बाहिरिसकेको छ । दुई खेल जितेको भारतको ४ अंक रहेको छ । यो समूहमा अफगानिस्तानको पनि ४ अंक नै रहेको छ । नामिबियाको दुई अंक छ भने स्कटल्याण्ड अंकविहीन हुँदै बाहिरिएको छ ।

भारत र नामिबियाको अन्तिक खेल आज हुँदैछ ।

सेमिफाइनल खेल २४ र २५ गते हुँदैछ । पहिलो खेल न्यु जिल्याण्ड र इंग्ल्याण्डबीच हुनेछ भने पाकिस्तानले २५ गते अष्ट्रेलियासँग खेल्ने छ । दुई खेलका विजेताबीच यही कात्तिक २८ गते फाइनल प्रतिस्पर्धा हुनेछ ।

सर्वेक्षणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एकपटक विश्वको सबैभन्दा लोकप्रिय नेता चुनिएका छन्।

अमेरिकी कम्पनी द मर्निङ कन्सल्टको अनुमोदन रेटिङमा प्रधानमन्त्री मोदी ७० प्रतिशतका साथ सबैभन्दा लोकप्रिय नेता चुनिएका हुन्।

यसपटक प्रधानमन्त्री मोदीको अनुमोदन रेटिङ जुनमा जारी गरिएको अप्रुभल रेटिङभन्दा उत्कृष्ट देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

यो रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं नम्बरमा छन् भने बेलायती प्रधानमन्त्री बोरिस जोन्सन १० नम्बरमा छन्। मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोर प्रधानमन्त्री मोदीपछि दोस्रो नम्बरमा छन्।

विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ। कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो। यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ। 

छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ। यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ। यस दिन एक छाक मात्र खाइन्छ। व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन्। यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन्। कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ। देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ। छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ। छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ।

यो पर्व तराई मधेशसहित पछिल्लो दशकदेखि काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ। नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ। अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ।

परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ। त्रेतायुगमा रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ। त्यस्तै द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ।

कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको व्रतलाई समापन गरिन्छ।

सर्लाही | मलंगवामा चोरि भएको मोटरसाईकल प्रहरिले २ घण्टाभित्र चोरि गर्ने ब्यक्ति सहित नियन्त्रणमा लिएको छ ।

सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालको प्रांगणमा रहेको रातो रंगको प्यासन प्रो मोटरसाईकल शनिवार राती पौने ८ बजेको समयमा चोरि भएको थियो ।

मोटरसाईकल चोरि भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरि कार्यालय तथा मातहतका सबै प्रहरि युनिटलाई खबर गरि खोजतलासलाई तिब्र पारिएको र मोटरसाईकल र चोरि गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रहरी निरिक्षक कृष्ण गीरिले जानकारि दिए ।

खोजतलासका क्रममा बिश्वकर्मा चोकमा मोटरसाईकल देखिएपछि प्रहरिले रोक्न खोजेको थियो । सो क्रममा मोटरसाईकलले प्रहरिलाई ठक्कर दिई भागेको थियो । प्रहरिले ५०० मिटरसम्म लखेटेर सो मोटरसाईकल र चोरि गर्ने मलंगवा नगरपालीका ३ बस्ने १९ बर्षिय बोसिम अन्सारिलाई नियन्त्रणमा लिन सफल भएको प्रहरि निरिक्षक गीरिले बताए ।

मोटरसाईकल नियन्त्रणमा लिने क्रममा ड्युटिमा खटिएका प्रहरि जवानको खुट्टामा सामान्य चोट लागेको थियो ।

मोटरसाईकल र चोरि गर्ने अन्सारिलाई प्रहरिले नियन्त्रणमा लिएर राखेको छ ।

नेकपा एमालेका नेता प्रभु साहले एमसीसी सम्झौता राष्ट्रघाती भएको जिकिर गर्दै त्यसलाई कुनैपनि हालतमा रोक्नुपर्ने बताउनुभएको छ ।

दीपावली तथा छठको अवसरमा गृह जिल्ला रौतहटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरे देशमा द्वन्द्व उत्पन्न हुने जिकिर गर्नुभयो ।

माओवादी केन्द्र र एकीकृत समाजवादी समेतको सहयोगमा काँग्रेस नेतृत्वको सरकारले एमसीसी पास गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै नेत साहले यसविरुद्ध जनता एकजुट हुनुपर्ने बताउनुभयो ।

सर्लाही | नेपालीको दोस्रो ठूलो चाड तिहारको आज मुख्य दिन अर्थात् भाइटीका । आज दिदीबहिनीले आ–आफ्ना दाजुभाईलाई निधारमा सप्तरंगी टीका लगाइदिँदै दीर्घायुको कामना गर्दछन् ।

भाइटीकामा साइत पर्खनेहरुका लागि बिहान ११ बजेर ०२ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तर आफ्ना दाजुभाई र दिदीबहिनीबीच तिहारको टीका लगाउन साइत नै पर्खन नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । राज्य सञ्चालकहरुले साइतमै टीका लगाउनुपर्ने भए पनि सर्वसाधारणलाई भने सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको उहाँको भनाइ छ ।

यसअघि, कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपञ्चक मंगलबारबाट शुरु भएको थियो ।

उता, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले पनि नेपालसहित विभिन्न देशमा रहने नेपालीले टीका लगाउने साइत पनि सार्वजनिक गरेको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उहाँले भन्नुभयो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गर्नुभएकोे थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौंमा अझै छ ।

म्हः (आत्म) पूजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउनुहुन्छ ।

आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशिर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

हली एवं गोरु पूजा
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ ।

गोवर्द्धन पूजा
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धनपर्वतको पूजा गर्ने प्रचलन बसेको हो । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको समितिले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका विषयमा नेताहरू बोल्न थालेका छन् । राप्रपाको केन्द्रीय महाधिवेशन ११–१३ मंसिरमा काठमाडौंमा हुनेछ ।

महाधिवेशन लक्षित नेताहरूको भेटघाट र भेला हुन थालेका छन् । सोमबार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य, उपत्यकाका स्थानीय तह, प्रदेशसभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अध्यक्ष र अगुवा कार्यकर्ताको भेला भएको थियो ।

विशेषगरी सो भेलाले अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीलाई अभिभावकको रूपमा रहेर नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएको छ ।
सो भेलालाई सम्बोधन गर्ने क्रममा राजेन्द्र लिङ्देन र डा. धवल शमशेर राणाले राप्रपा बचाउन र नवीन राप्रपा निर्माण गर्न नयाँ नेतृत्वको आवश्यक रहेको बताए । राप्रपाको आगामी नेतृत्व लिन आफू तयार रहेको लिङ्देनको उद्घोष छ ।

राप्रपा र देशको राष्ट्रवादी आन्दोलनलाई नयाँ शिराबाट उठाउन आगामी महाधिवेशन मै नेतृत्व परिवर्तन अपरिहार्य रहेको लिङ्देनको भनाइ छ ।

एकतापछि पार्टीले गति लिने अपेक्षामाथि वर्तमान नेतृत्वको कारणबाट तुषारापात भएको भन्दै लिङ्देनले पार्टीको एजेन्डाको रक्षा गर्न महाधिवेशन प्रतिनिधि र शुभेच्छुकले विवेक प्रयोग गरेर नेतृत्व चयन गर्नुपर्ने बताए ।

डा. धवलशमशेर राणाले जनताले खोजेको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता पूरा गर्न यथास्थितिको निरन्तरताभन्दा नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।