राप्रपाकाे आगामी अध्यक्षमा राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन्।
केहीबेरअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लिङ्देनले अध्यक्षमा उम्मेदवारीमा घोषणा गरेका हुन् ।
उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिएकाे छ । ‘बिहीबार अध्यक्षमा राजेन्द्र लिङ्देन र महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा भएकाे छ’, राप्रपाका युवा नेता अधिवक्ता सुजित केसीले भने, ‘बाँकी पदमा पछि घोषणा गरिनेछ ।’
अध्यक्षमा उम्मेदवारी दिने घाेषणा गरेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा र लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए ।
लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् ।
पछिल्लो समय थापा, राणा र प्रकाशचन्द्र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् । यो समूहले पुरानै व्यक्ति राप्रपाको नेतृत्वमा दोहोरिए पार्टीको अस्तित्व संकटमा पर्न सक्ने आंकलन गरेका छन् ।
राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।
रमेश भट्टराई ‘सहृदयी’ | बहुसङ्ख्यकले प्रयोग गर्ने ‘विद्युतीय लिपि’ प्रीति नै हो तर सबैतिर यही ‘विद्युतीय लिपि’ प्रयोगको अभ्यास नहुँदा समस्या पनि झेल्नुपरेका उदाहरण भेटिरहिन्छन् । आजको वैज्ञानिक विद्युतीय सामग्रीलाई समुचित प्रयोग गर्न कुन ‘विद्युतीय लिपि’ को प्रयोगलाई सरकारी मान्यता दिने भन्ने विषयमा चर्चा, छलफल र बहस भएको पाइँदैन ।
नेपाली भाषा प्रयोगको सन्दर्भलाई नेपाल प्रज्ञा-प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश २०७५ लाई मोबाइल ‘एप’ का रूपमा विकसित गरेदेखि धेरै कुरामा सहज भएको देखिन्छ । प्रयोगकर्तामा यस्ता कार्यले सकारात्मक सन्देश प्रवाह गर्छन् । यद्यपि नेपाली भाषा संविधानतः नेपालको माध्यम भाषा हुँदाहुँदै पनि यसको प्रयोगमा कतिपय प्राविधिक समस्यालाई भोगिरहेका हुन्छौँ ।
कार्यालयका आधिकारिक कागजातमा भाषा
धेरैजसो सरकारी कार्यालयका आधिकारिक कागजातमा नेपाली भाषालाई शाब्दिक तथा वाक्यगत रूपमा साह्रै धेरै अशुद्ध तवरमा प्रयोग गरिएको देखिन्छ । ‘भाषा भनेको त भाव बुझे भइहाल्यो नि’ भन्दै पन्छिन चाहनेको सङ्ख्या धेरै हुँदा नेपाली भाषा साँच्चै कुरूप बन्दै छ । विडम्बना, नेपालकै सरकारी कर्मचारीले अप्ठ्यारो नमानी भन्ने गर्छन् ‘मलाई नेपाली आउँदैन ।’ यसो भनिरहँदा सबैले भाषा नजान्लान् तर भाषिक प्रेमकै अवमूल्यन हुनु पीडादायी विषय हो ।
एउटा कोणबाट हेर्दा यो पलायनवादी मान्यताको प्रोत्साहन पनि हो । यसर्थ अब त कमसेकम कार्यालयमा नेपालीमा शुद्ध लेख्न सक्ने नेपाली भाषी कर्मचारी भएमा राम्रो हुन्थ्यो कि ? हरेक देशले आफ्नो भाषा र संस्कृतिप्रति सद्भाव राख्छ, प्रेम गर्छ तर नेपाल त यस्तो देश बन्दै छ जहाँ आफ्नै देशको माध्यम भाषामा पनि राजनीतिको खोल ओढाएर अनकौँ जटिलता सिर्जना भइरहन्छन् ।
कुन ‘फन्ट’ आधिकारिक हो त ?
हुनलाई यहाँ ‘फन्ट’ शब्द नै अङ्ग्रेजी शब्द हो । यसलाई ‘विद्युतीय लिपि’ अर्थात् ‘विद्युतीय लेखन लिपि’ भन्न पनि सकिएला । नेपाली भाषालाई शुद्ध र मानक प्रयोग गर्नका लागि प्रविधिको ज्ञान आवश्यक छ । बहुसङ्ख्यकले प्रयोग गर्ने ‘विद्युतीय लिपि’ प्रीति नै हो तर सबैतिर यही ‘विद्युतीय लिपि’ प्रयोगको अभ्यास नहुँदा समस्या पनि झेल्नुपरेका उदाहरण भेटिरहिन्छन् ।
आजको वैज्ञानिक विद्युतीय सामग्रीलाई समुचित प्रयोग गर्न कुन ‘विद्युतीय लिपि’ को प्रयोगलाई सरकारी मान्यता दिने भन्ने विषयमा चर्चा, छलफल र बहस भएको पाइँदैन । कतिपय प्राविधिक पक्षको अभाव त्यहाँ छ जहाँ ‘सिम्बोल’ मा गएर खोज्दा पनि खोजेको वर्ण, चिन्ह पाइँदैनन् । मूलतः त्रिवितिर शोधअध्ययन तयार पार्न या अन्य कार्यविधिमा प्रीति फन्टको प्रयोग गर्नुपर्ने मान्यता रहेको पाइन्छ । धेरै कार्यालयमा आआफ्नै तरिकाका फन्ट प्रयोग गरिन्छन् । कतिपयले कुनै एउटा फन्टलाई मान्यता दिएर आफ्नो कार्यालयमा एउटै फन्टको एकतन्त्री शैली अपनाएका हुन्छन् । यसको अर्थ अन्य फन्टले त्यहाँ मान्यता पाउँदैन । अतः अब आधिकारिक रूपमा बहुसङ्ख्यकले प्रयोगमा ल्याएको प्रीति ‘विद्युतीय लिपि’ प्रयोग गर्ने नीतिका साथमा यसभित्रका अभावलाई पूरा गर्ने गरी प्राविधिक व्यवस्थापन पो गर्ने हो कि !
भाषा प्रयोगको चरम लापर्बाहीलाई नियमन कसले गर्ने ?
आज भाषाको प्रयोग जथाभावी हुन्छ । सञ्चार क्षेत्रमा अङ्ग्रेजी मिश्रित खिचडीयुक्त भाषा हाबी बन्दै गएको छ । मौलिक प्रयोगमा बेपर्बाह मिश्रण हुँदा आधा अङ्ग्रेजी आधा नेपाली मिसाएर बोल्ने खिचडी शैली पाइन्छ । न आफ्नो जान्यो न अर्कोमा पूणर्ता भयो । आखिर यसरी मिश्रित शैलीको बडप्पन देखाउनुभन्दा कमसेकम एउटा भाषा, अर्को भाषा जुन प्रयोग गरिन्छ त्यो सबल र स्पष्ट भए राम्रो हुँदो हो ।
आज त जबरजस्ती लादिन्छ । नेपाली माध्यमको शिक्षामा निरुत्साहित गर्ने शिक्षालाई बोकेर सरकार स्वयं पनि ‘नेपाली जानेर के काम’ भन्ने सोचमा प्रोत्साहन त गर्दै छैन, सोचनीय पक्ष छ । यदि हामी आफू र आफ्नोपनामा कमजोर र असक्षमता देखिरहन्छौँ भने हामी सबैको लक्ष्य विदेश पलायनमै ठोकिएको त होइन ? स्वदेशको आत्मनिर्भरता, स्वदेशको विकास, स्वाभिमान रक्षाको कुरो कहाँ गएर ठोकिएला ? हिन्दी चलचित्र मन पर्ला, अङ्ग्रेजी भाषा राम्रो लाग्ला नै तर हाम्रा आफ्ना शैलीमा आफ्नोपना छैन र ! विज्ञानको चमत्कारलाई देखेर पश्चिमीकृत हुँदै जाँदा हामी नै पलायनवादी भइरहेका छौँ कि ! हामीले सञ्चार माध्यममा कुनै एउटा शुद्ध र स्पष्ट भाषाको प्रयोग गरौँ न ।
कमसेकम अङ्ग्रेजी प्रयोग गरिन्छ भने शुद्ध अङ्ग्रेजी अर्थात् नेपाली प्रयोगमा शुद्ध नेपाली भाषाको प्रयोग होस् । यसको अर्थ भाषा अपरिवर्तनशील हुन्छ भन्ने विशेषतामा गलत अर्थबोध नहोओस् । परिवर्तन हुँदै भाषा समयअनुसार अघि बढ्छ तर भाषाको अप्रत्यासित अपसारणशीलता बढ्दा आज अपक्षयीकरण भइरहेको छ । सक्षम नेपाली भाषा पनि कुरूप र बेढङ्गको बन्दै छ । यसको मूल कारण सरकारको भाषानीति र भाषायोजनासँग गएर जोडिन्छ । सञ्चार, शिक्षाको माध्यम, विद्युतीय सूचना प्रविधि, लेख्य मानकीकरण र आधुनिकीकरणको व्यवस्थापन लगायतका क्षेत्र र विषयमा सरोकारवाला के गर्दै छन् । यहाँ त उल्टो वणर्विन्यासमा नयाँ र पुरानो शैली अपनाउनेको राजनीतिगत खेमाबन्दी कायम छँदै छ । नेपाली भाषाको वणर्विन्यासका विषयमा एकजुट हुनुपर्नेमा दुई धारका विचारकहरूका कारण अनुसन्धाता, लेखक, अध्येतामा समेत अन्योलको अवस्था सिर्जना नभएका होइनन् ।
सूचना पाटी (होर्डिङ बोर्ड) मा शुद्ध लेखे के बिग्रन्छ ?
हुन त ‘होर्डिङ बोर्ड’ शब्द आफैँमा अङ्ग्रेजी हो । भाषामा कथ्यमा भन्दा पनि व्यावहारिक प्रयोगमा झनै शुद्धता हुनु आवश्यक हुन्छ । सर्वसाधारण जनताले बुझ्नेसम्मका विषयमा सामान्यीकरण भए पनि कमसेकम जानाजान लाद्ने शैलीलाई बदल्न सूचनापाटीमा लेखिने भाषामा शुद्धता आवश्यक छ । मूलतः सबै टाँगिएका पसलका विज्ञापन र नामलाई शुद्ध लेख्ने अभियानको खाँचो छ । अङ्ग्रेजीमा लेख्ने हो भने रोमन लिपिमै लेखियोस् । नेपालीमा लेख्ने भए देवनागरीमा नै र तलपट्टि माध्यम भाषा तथा अन्तमा अङ्ग्रेजी भाषामा लेखिनु राम्रो हुन्छ । यसमा त्रिभाषिक नीति आवश्यक देखिन्छ ।
प्रदेशले प्रादेशिक भाषालाई प्राथमिकतामा राखेर नेपाली र अङ्ग्रेजीलाई कोष्ठकभित्र प्रयोग गर्नु सान्दर्भिक देखिन्छ । सवारी साधनमा प्रयोग हुने यातायात सूचना पाटीदेखि यातयात साहित्यमा प्रयोग भएका भाषामा समेत शुद्धता हुनु आवश्यक छ । यस कार्यमा मुलुकले अभियान चलाउन सक्नुपर्छ । सम्बन्धित सरोकारवालाले शुद्धतामा सप्रेम ध्यान दिने गरी भाषिक गरिमा कायम गर्ने नीति नहुँदा भाषाप्रतिको सचेतता भएको देखिँदैन । यदि अङ्ग्रेजी प्रयोग गरिन्छ भने त्यहाँ पनि शुद्ध प्रयोग गरियोस् । नेपाली भाषाको प्रयोग गर्ने हो भने त्यो पनि शुद्ध होओस् साथै प्रादेशिक वा मातृभाषा पनि शुद्ध लेखियोस् ।
निष्कर्ष
कोरिया, जापान, चीन, फ्रान्स, अरबी मुलुक, साउदी अरेबिया लगायतका मुलुकले आफ्नै देशको भाषालाई प्रोत्साहन गर्ने कानुनी प्रावधानलाई अपनाइरहँदा हामी भने नेपाली भाषामा राम्रोसँग एउटा निवेदन लेख्न जान्दैनौँ । एक अनुच्छेद नेपाली भाषामा लेखेर प्रस्तुत गर्न आजको शिक्षित नवपुस्ताले जान्दैन । निमन्त्रण कार्ड, तमसुक, चिठी लगायतका दैनिक व्यावहारिक कागजात लेखनमा नेपाली भाषा प्रायोगिक विषय हो । यसर्थ भाव पोख्ने सबैभन्दा सुलभ वस्तु भाषा हो । भाषा नै सबै जाति, संस्कृति, धर्म, परम्पराको सम्बन्ध गाँस्ने सेतु हो ।
साहित्य, वाङ्मय, शब्दकोश, लिपि, वर्ण, व्याकरणजस्ता भाषा बाँच्न चाहिने पूर्वाधारलाई समृद्ध तुल्याउनु मुलुकका आम नागरिकको दायित्व हो । विश्वमा व्यापकता पाएको अर्थात् विश्वव्यापीकरणमा गति लिइरहेको नेपालको सक्षम भाषा नेपाली भएकाले यस विषयमा सबैले चासो राख्नु आवश्यक देखिन्छ । यसो भनिरहँदा हामी हिन्दी भाषाको प्रचुर प्रयोग, अङ्ग्रेजी मोह र मिश्रित भाषा प्रयोगमा लहसिँदा आफ्नोपन धरापमा परिरहेको छ । अङ्ग्रेजीमा अलिकति पनि गल्ती नहुने गरी सच्याइन्छ तर नेपाली भाषालाई जथाभावी प्रयोग गरेर कुरूप बनाउँदा मन पोल्नु आवश्यक छ किनभने यो भावनासँग गाँसिएको विषय हो ।
-साहित्यपोस्टबाट साभार
काठमाडौं | अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नुहुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको हो ।
‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुप¥यो । विद्यालय उद्योग हुनुप¥यो’, मन्त्री शर्माले भन्नुभयो, ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुप¥यो ।’ उहाँले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताउनुभयो । त्यसका लागि शिक्षक र शिक्षक संगठनले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण हुने भन्नुनुहुँदै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताउनुभयो । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उहाँको भनाइ छ । सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उहाँले बताउनुभयो । ‘विद्यालयको पुँजी भनेको सामुदायिक हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यस्तै किसिमको अरू सामुदायिक पुँजी निर्माण गर्ने समूह/समुदाय बनाउनुपर्छ ।’ त्यसमा व्यक्तिगत सम्पत्ति आर्जन गर्न रोक नहुनेसमेत उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्ने बताउनुभएको छ । उहाँले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको बताउनुहुँदै सो धारणा राख्नुभएको हो । ‘अब ठुलो/मेगा विद्यालय बनाउनुपर्छ र त्यहीँ शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसो गर्दा शिक्षा क्षेत्रमा गुणात्मक असर पार्छ ।’ उहाँले एकै ठाउँ हजारौँ विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सोअनुसार केन्द्रिकृत गर्नुपर्ने बताउनुभएको हो । पछिल्लो समय केही स्थानबाहेक सडक पूर्वाधार विकास भएकाले त्यो सम्भव हुने उहाँको भनाइ छ ।
शिक्षकहरूको विभिन्न मागका सम्बन्धमा शिक्षा मन्त्रालयबाट पूरा हुने र कतिपय माग आगामी बजेटमा सम्बोधन गरिने आश्वासन दिनुभयो ।
यसैगरी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री शर्माले पार्टीले ‘प्रचण्डपथ’ त्यागेर ठूलो गल्ती गरेको बताउनुभयो ।
प्रचण्डपथ त्यागेकै कारण पार्टी विचलित र फुटको स्थितिमा पुगेको बताउनुभयो । ‘शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डपथलाई निर्णय गरेर हटायौँ’, उहाँले भन्नुभयो, ‘त्यो ठूलो गल्ती थियो । मैले त्यतिबेला नै यो गल्ती हुँदैछ भनेको थिएँ ।’प्रचण्डपथले नै त्याग, बलिदान, विचार तथा संगठनलाई केन्द्रिकरण गरेको बताउनुहुँदै उहाँले त्यो त्याग्नासाथ पार्टीमा विभाजन भएको बताउनुभयो ।
क्षितिज बिश्वकर्मा, लालबन्दी | सर्लाहीको बागमतीमा सवारि दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । मगंलवार साँझ टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार हरिवनका दुई युवकको ज्यान गएको हो ।
जिल्ला प्रहरि कार्यालय मलंगवा सर्लाहीका अनुसार बागमती नगरपालिका–१०, केराबारीमा कर्मैयाबाट बरहथवातर्फ गइरहेको BR 05 PA 7199 नम्वरको टाटासुमोले ज १२ प ९९०७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिवन नगरपालिका–७, का २५ वर्षीय देव मोक्तान र सोही ठाउँका २३ वर्षीय मिलन ब्लोनको ज्यान गएको हो ।
उनिहरुलाई उपचारका लागी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परेको टाटासुमो, त्यसका चालक र मोटरसाइकल ईलाका प्रहरि कार्यालय बरहथवाको नियन्त्रणमा रहेको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि नायव निरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । नेता धवलशम्शेर राणाको समर्थन पाउने टुंगो लागेपछि लिङ्देनले बिहीबार अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका हुन् ।
राप्रपामा नयाँ पुस्ताबाट राणा र लिङ्देनमध्ये एक जनाले अध्यक्षमा उठ्ने तयारी गरेका थिए । त्यसबीच राणा र लिङ्देनबीच भएको छलफलबाट लिङ्देनलाई राणाले सहयोग गर्ने टुंगो लागेको एक नेताले बताए ।
लिङ्देनका अनुसार बिहीबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्ने तयारी छ । उनी निकट एक नेता चाहिँ पत्रकार सम्मेलनमा उम्मेदवारीभन्दा पनि राणाको साथ लिङ्देनलाई रहने घोषणा हुनेछ । ‘प्यालनको टुंगो लागिसकेको छैन’ ती नेताले भने, ‘अहिलेलाई अध्यक्षको उम्मेदवारी घोषणा हुन्छ, महामन्त्रीको विषयमा पनि छलफल भइरहेको छ ।’
नेता लिङ्देन पार्टीमा अध्यक्ष कमल थापा निकट नेताका रुपमा चिनिन्थे । पार्टीको कार्यदिशामा मतभेद भएर कमल थापाले राप्रपा नेपाल गठन गर्दा उनले थापालाई साथ दिएका थिए । २०७४ सालको प्रतिनिधिसभासभा निर्वाचनमा उनी राप्रपाबाट निर्वाचित एक्लो सांसद हुन् ।
राप्रपामा कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षमा दाबी गरिरहेका छन् । तर उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।
राप्रपाको अधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।
बारा जिल्लाको निजगढ स्थित होटल राजमार्गमा आज लायन्स क्लब अफ निजगढ युथले एक कार्यक्रम गरी २१ सदस्यीय संचालक समिति चयन गरेको छ ।

उक्त कार्यक्रममा लायन्स क्लव अफ निजगढ युथको चार्टर प्रेसिडेन्टमा निजगढ नगरपालिका ८ का इराज कोइराला नियुक्त भएका छन् ।
सोही कार्यक्रमले क्लबको फस्ट भाइस प्रेसिडेन्टमा जनक श्रेष्ठ, सेकेन्ड भाइस प्रेसिडेन्टमा सुदर्शन दंगाल, सेक्रेटरीहरुमा युवराज न्यौपाने, वडा नं. ४ का वडा अध्यक्ष जयराम कुमर, भाइकाजी श्रेष्ठ लगायत २१ जनाको समिति सर्वसम्मत चयन गरेको हो ।
उक्त कार्यक्रम रिजन चियर्स पर्सन महेश न्यौपाने , जोन चियर्स पर्सन खड्ग प्रसाद उप्रेती, लायन्स क्लब अफ निजगढ का प्रेसिडेन्ट दीपेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट रंजन लामिछाने र लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट मणि घिमिरे लगायतको उपस्थिति रहेको थियो । 
निजगढ नगरपालिकामा चार वटा लायन्स क्लब भएको र लायन्स क्लब सामाजिक सेवामा सक्रिय रहेकोले यस नयाँ क्लबले पनि निजगढमा हुने सामाजिक काममा तिब्रता, व्यक्तित्व विकास र नेतृत्व विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिकामा रहन सहयोग पुग्ने जोन चियर्स पर्सन खड्ग प्रसाद उप्रेतीले जानकारी गराएका छन् । 
सर्लाही | गरिमा विकास बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सबको अवसर पारेर सर्लाही सदरमुकाम मलंगवामा रक्तदान कार्यक्रम गरेको छ ।
बैंकको मलंगवा शाखाले आज आफ्नै मलंगवा स्थित कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान जिवनदान भन्ने नाराका साथ बैंकले आयोजना गरेको कार्यक्रममा दुई दर्जनभन्दा बढी रगत दान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी मलंगवाको सहकार्यमा भएको कार्यक्रममा सहारा विकास बैंकका निवर्तमान अध्यक्ष एवं समाजसेवी संजय गुप्ता तथा गरिमा विकास बैंक लिमिटेड मलंगवा शाखाका शाखा प्रबन्धक पुष्प श्रेष्ठले रगत दान गरेर रक्तदानको सुभारम्भ गरेका थिए ।
लक्ष्मी गुरुङ, लालबन्दी | गएको भदौमा एक महिलामाथी जबरजस्ती करणी प्रयास गरेको आरोपमा फरार सर्लाहीको ब्रम्हपुरि ७ नोकेल्वाका श्याम सुन्दर यादवलाई प्रहरिले पक्राउ गरेको छ । जिल्ला प्रहरि कार्यालय सर्लाहीका अनुसार लुकी छिपी बस्दै आएका यादवलाई प्रहरिले खोजतलास गरि पक्राउ गरेको हो ।
यादवलाई पक्राउ गरि जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरि कार्यालय मलंगवाका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।
त्यस्तै सर्लाही प्रहरिले करिव ३ लाखको भन्सार छलिका कपडा बरामद गरेको छ ।
सोमबार करिव साँडे ८ बजेको समयमा लालबन्दी नगरपालीका ५ स्थित मेजरगञ्जबाट ब्रम्हपुरी १ का २५ बर्षका बिमल कुमार राय र मलंगवा ११ बस्ने मनी कुमार यादवलाई भारतीय बजारबाट भन्सार छल गरि मोटरसाईकलमा बिभिन्न किसिमका कपडा नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
बरामद कपडाको मुल्य २ लाख ९५ हजार ४०० रुपैँया रहेको प्रहरि नायव उपरिक्षक बुडाथोकीले जानकारि दिनुभयो ।
उनिहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागी भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
सर्लाही | लालबन्दीमा जाडोयामलाई मध्यनजर गर्दै पुनः कपडा बैंक संचालनमा ल्याइएको छ । कोरोना संक्रमणका कारण बन्द भएको कपडा बैंक पुनः संचालनमा ल्याइएको हो ।
सारथी युवा क्लबको व्यवस्थापनमा लालबन्दी नगरपालिका–७, स्थित डुमडुमे मन्दिर अगाडि निःशुल्क कपडा बैंक संचालनमा ल्याइएको छ।
गरिव तथा विपन्नलाई जाडोमा न्यानो कपडा प्रदान गर्ने उद्देश्यले संचालित कपडा बैंक शनिवार र सार्वजनिक बिदाको दिन दिउँसो २ बजेदेखि साँझसम्म खुला हुने सारथि युवा क्लवका अध्यक्ष राजेश आचार्यले जानकारी दिनु भयो ।
सक्ने, मनकारी व्यत्तिहरु र संघ सस्थाले प्रयोग गर्न मिल्ने कपडा दिने, गरिब र विपन्न परिवारले प्रयोग गर्ने उद्देश्यले सो कपडा बैंक खोलिएको युवाहरुले बताए ।
युवाहरुले घरमा प्रयोग गर्न मिल्ने कपडा थन्क्याएर राखेको भए तथा ब्यवसायीहरुसँग भएको प्रयोग गर्न मिल्ने पुराना कपडा बैंकमा ल्याएर दिन पनि आग्रह गरेका छन् ।
उपभोक्ताले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक (मोबाइल नम्बर)लाई अर्को सेवा प्रदायकको नेटवर्क (सिम)मा बदल्न सकिने गरी सरकारले ‘मोबाइल नम्बर पोर्टिबलिटी’ कानुनी प्रस्ताव गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीलाई लाभ हुने गरी नम्बर परिवर्तन नगरी अर्को सेवा प्रदायक नेटवर्कबाट सेवा लिन सक्ने गरी नियमावलीको मस्यौदा तयार गरेको छ ।
प्राधिकरणले सुझावका लागि सार्वजनिक गरेको ‘मोबाइल नम्बर पोर्टिबलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ मा आवश्यक पर्दा आफ्नो एउटा कम्पनीको नम्बरबाट अर्को नेटवर्कमा बदलेर सेवा लिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।
यो व्यवस्था लागु भएमा नेपाल टेलिकम, एनसेल वा स्मार्टका सेवाग्राहीले आफ्नै नम्बरबाट अर्को नेटवर्कमा बदलेर सेवा लिन सक्ने छन् । अर्थात् नेपाल टेकिलमका प्रयोगकर्ताले एनसेल वा स्मार्ट, एनसेलका प्रयोगकर्ताले टेलिकम वा स्मार्ट र स्मार्टका प्रयोगकर्ताले टेलिकम वा एनसेलको नेटवर्कमा स्विच गरेर सेवा लिन सक्ने छन् । यो व्यवस्थापछि पुरानो सिमकार्डकै नम्बरबाट नयाँ सेवा प्रदायकको नम्बर लिने पाइनेछ ।
सरकारले यो सेवा दिने गरी कुनै एक कम्पनीलाई नम्बर पोर्टिबिलिटी क्लियरिङ हाउसका रुपमा अनुमतिपत्र दिने छ ।