२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

हिन्दुहरुको दोश्रो ठुलो चाड तिहार नजिँकीँदै गर्दा सर्लाही प्रहरिले करिव ५२ हजार बराबरको पटका बरामद गरेको जनाएको छ ।

जिल्लाका बिभिन्न युनिटरुबाट खटिएको प्रहरिले पटाका बरामद गरेको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ । त्यसैगरि जिल्ला प्रहरिले करिव ६५ हजार बराबरको अवैध रुपमा भन्सार छल गरि नेपाल भित्र्याउँदै गरेको बिभिन्न किसिमको समान बरामद गरेको जानकारि दिएको छ ।

गएको शनिवार फुलजोर प्रहरिले ईश्वरपुर १२ बाँके चोकबाट १४ ओटा मसला पिस्ने मिक्सर करिव ५० हजार रुपैँयाको र मोहनपुरबाट खटिएको प्रहरिले लसुन, पासता, राजनिवास लगाएतका गरि करिव १५ हजार बराबरको भन्सार छलिका समान बरामद गरेको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।

बरामद समानहरु आवश्यक अनुसन्धानका लागी भन्सार कार्यालय मलंगवा पठाईएको छ ।

त्यस्तै जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रहरि निरिक्षक जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरिको टोलीले मलंगवा ५ भाँडसरका बिभिन्न टोलहरुबाट अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

प्रहरि टोलीले भाँडसरका बिभिन्न ६ ओटा भट्टिबाट करिव ४ हजार ५०० लिटर तयारि मदिरा र करिव २ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ ।

प्रहरिले बिभिन्न मितीमा १२ कार्टुन सोफि र १५० लिटर घरेलु मदिरा समेत बरामद गरि नष्ट गरेको जनाएको छ ।।

हिजोआज नेपाली दम्पतीहरू यौन विचलनका कारण सम्बन्धविच्छेदको अवस्थासम्म पुग्ने गरेका छन् । दम्पतीमा हुने गलत बुझाइ वा यौनमा हुने असन्तुष्टिको कारणले पनि धेरै दम्पतीको विग्रह भएको देखिन्छ ।

यौनको जीवन र यसले निम्त्याउने समस्याको बारेमा मनोविद् करुणा कुँवर विष्टसँग गरिएको कुराकानीको सम्पादित अंश :

मान्छेको यौन रूचिमा मौसमको कुनै प्रभाव हुन्छ कि हुँदैन ? अर्थात्, जाडो महिना र गर्मी महिनाले यौन इच्छामा कुनै परिवर्तन हुन्छ कि हुँदैन ?

अवश्य पनि हुन्छ । मान्छेको यौन व्यवहारलाई मौसमले असर गर्छ । मान्छेको यौन आकांक्षालाई भौगोलिक अवस्था र वातावरणले निर्देशित गरेको हुन्छ । विभिन्न अध्ययनले देखाएको छ कि हरदम चिसो भइरहने, पानी परिरहने ठाउँमा पुग्दा मान्छेमा यौनको मुड चल्छ । नेपालको भौगोलिक अवस्थाले पनि फरक फरक वातावरणमा भिन्दाभिन्दै खाले यौनइच्छा जागृत गराउने गर्छ । लामो समय बादल लागिरहने र पानी परिरहने ठाउँमा पनि यौन इच्छा बढी जागृत हुन्छ ।

जनावरको यौन व्यवहार हेर्दा उनीहरू कुनै निश्चित समयमा मात्र यौन भोग गर्छन्, त्यस्तो मान्छेमा पनि हुन्छ ?

जनावरमा जस्तै निश्चित समयमा मात्रै यौन भोगको इच्छा मान्छेमा हुँदैन । मान्छेमध्ये पनि पुरुषहरूमा प्राकृतिक रूपमा सधैंभरि यौन इच्छा जागृत हुन्छ । तर, महिलाहरूमा महिनावारी भएपछि १५ दिनसम्म बढी यौन इच्छा जाग्छ । महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक–फरक हुन सक्छ ।

नेपाली दम्पती आफ्ना यौन जीवनबाट कति सन्तुष्ट होलान् ? यसबारे कुनै खोज अध्ययन भएको छ ?

व्यवस्थित रुपमा त्यस्तो खोजी भएको त छैन । तर विभिन्न मनोवैज्ञानिक समस्या लिएर आउनेहरुले सुनाएको समस्यालाई विश्लेषण गर्दा गलत बुझाइ र अलिअलि यौन असन्तुष्टि भेटिए पनि त्यसको स्थिति धेरै भने छैन । सामाजिक सांस्कृतिक कारणले गर्दा यौनमा पूर्ण सन्तुष्टि लिन नसकेका कुरा आए पनि एक अर्काको कारणले यौन असन्तुष्टि भएको घटना भने धेरै छैन ।

प्रायः नेपाली दम्पतीको कलह शयन कक्ष अर्थात् ओछ्यानबाट हुन्छ भनिन्छ, के यो सत्य हो ?

यो सत्य हो । तर सबै कलहलाई यौनसँग त जोड्न नसकिएला । दुई जनाको व्यवहार बारे हुने बुझाइ, एक अर्काेको सोच र रोजाइ आदिमा हुने फरकपन पनि कलहको कारण बन्ने गर्छ । मनोवैज्ञानिक परामर्शको लागि आउने महिलाहरुमध्ये कतिपयले आफ्नो घरायसी कलहको कारण अरू बताए पनि गहिरिएर कुरा गर्दै जाँदा यसको कारणमा कतै न कतै यौन जोडिएको पाइन्छ । महिलाको र पुरुषको बीचमा यौनका बारेमा बुझाइ फरक हुन्छ । त्यही फरकपनाले समस्या बढाउँछ ।

अक्सर महिलाहरू यौनका लागि अग्रसर हुँदैनन् र आफ्नो इच्छा पनि जाहेर गर्दैनन् । तुलनात्मक रूपमा पुरुष सरह उनीहरूमा यौन रूचि हुँदैन ?

महिलामा यौन रूचि कम हुन्छ भन्ने त होइन । यो मान्छेपिच्छे फरक हुने कुरा हो । हरेक व्यवहारहरु पुरुष र महिलामा यस्तै पाइन्छ भन्ने हुँदैन । जुन मान्छे अनुसार व्यवहार फरक हुने गर्छ । जुनसुकै मान्छेको पनि सानैदेखि मौलिक बुझाइ शैली हुन्छ । त्यही शैलीले पनि यौन रुचि कस्तो हुने भन्ने निर्धारण हुन्छ ।

कतिपय विवाहित पुरुषहरु एक्स्ट्रा म्यारिटल अफेयरमा हुन्छन्, के उनीहरु आफ्ना श्रीमतीबाट सन्तुष्ट भएका हुँदैनन् होला ?

यस्तो होइन, एक्स्ट्रा म्यारिटल अफेयरमा लागेका सबै केटाहरु यौनका कारण नै अरू महिलासँग आकर्षित हुन्छन् भन्न मिल्दैन । यसमा केटामान्छेले आफ्नी श्रीमतीबाट कस्तो व्यवहार खोजीरहेको छ त्यो श्रीमतीबाट नपाएर पनि अर्की महिलासँग नजिकिएको हुन सक्छ । भावनात्मक सम्बन्ध होस् या अरू आवश्यकता पूर्तिको लागि पनि पुरुषहरुले एक्स्ट्रा म्यारिटल अफेयरमा लागेका हुन्छन् ।

अहिलेको व्यस्त दैनिकीमा दम्पतीहरु यौनसुखबाट विमुख त भएका छैनन् ?

त्यसबारेमा अध्ययन भएको छैन । त्यसैले सिधा भन्न त कठिन हुन्छ । तर विगतका ५ वर्षमा आएका यस्ता घटनालाई विश्लेषण गर्ने हो भने वैदेशिक रोजगारीमा जाने चलनले गर्दा दम्पतीमा यौनसुख लिन नसकेको कुरा भने यथार्थ हो । यसबाहेक धेरै अध्ययन भएको छैन ।

यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उहाँको भनाइ छ ।

शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका गर्न उहाँको सुझाव पनि छ । यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ ।

यसपालिको तिहार पर्सिदेखि सुरु हुँदैछ । यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।

पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणीसमेत गर्नुभयो ।

कानुन मन्त्रीले यस समस्या समाधान गर्न सक्दैनन् भन्दै पूर्वराष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँ¥याएको बताउनु भयो ।

उहाँले सारा न्यायाधीशहरू, नेपाल बार, कानुनविद्हरू एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्नँ भनेर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरूमाथि प्रश्नसमेत तेर्स्याउनुभयो । पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनुभएको छ ।

उहाँले संविधानमा नभएको संसद् भङ्ग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

पूर्वराष्ट्रपति यादवले संविधानको कार्यान्वयन गर्न दलहरू गम्भीर नभएकोमा चिन्तासमेत व्यक्त गर्नुभयो ।

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले माओवादी परिवर्तनको संवाहक भएको उल्लेख गर्दै यसमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ ।

आइतबार मकवानपुरको हेटौँडामा भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

उहाँले नेपालको संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतका परिवर्तन माओवादी आन्दोलनले सम्भव भएको भन्दै माओवादी सधैँ परिवर्तनको संवाहक भएको जिकीर गर्नुभयो । त्यही परिवर्तनको संवाहकमाथि अहिले निरन्तर प्रहार भइरहेको भन्दै त्यसको सामना डटेर गर्नसमेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।

‘परिवर्तनको संवाहक माओवादी पार्टी हो, त्यसको नेता नायक प्रचण्ड हुन्’, उहाँले भन्नुभयो, ‘अहिले परिवर्तनको संवाहक माओवादीलाई नढालेसम्म प्रतिक्रान्ति गर्न सकिँदैन भनेर उनीहरूले बुझेका छन् । त्यसैले निरन्तर आक्रमण गरिरहेका छन् ।’ त्यस्तो प्रतिक्रान्तिलाई परास्त गर्न माओवादी पंक्ति एक जुट भएर जनतामा जानुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । साता दिनअघि पूर्वअर्थसचिव रामेश्वर खनालको भनाइप्रति लक्षित गर्दै उहाँले त्यसलाई आक्रमणको निरन्तरता भएको बताउनुभयो ।

‘प्रतिगमनकारीले मान्छे प्रयोग गरेर माओवादीको पानी छामेको हो त्यो’, उहाँले भन्नुभयो, ‘त्यस किसिमको प्रतितिगमनकारी तत्वलाई सामना र परास्त गर्न माओवादी सक्षम छ ।’

मन्त्री शर्माले इतिहास र वर्तमानलाई बुझ्ने तथा भविष्यलाई मूर्त आँकलन गरेर मात्र परिवर्तन सम्भव हुने पनि बताउनुभयो । यी विषयलाई आत्मसात गरे माओवादीलाई बुझ्न सकिने उहाँको भनाइ रहेको छ ।

वाईसीएलको हेटौँडा उपमहानगर कमिटीको सो पहिलो सम्मेलनमा सयौँको संख्यामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनीहरूलाई पार्टीका संगठन विभाग प्रमुख समेत रहनुभएका मन्त्री शर्माले खादा ओढाएर स्वागत गर्नुभएको थियो ।

भारत र चीनको सीमाबाट अवैध रुपमा अवाञ्छित व्यक्तिहरु नेपाल प्रवेश गर्न थालेपछि गृह मन्त्रालयले सीमा क्षेत्रमा सीसीटीभी जडान गर्ने तयारी सुरु गरको छ ।

सीमा सुरक्षाको जिम्मा दिएको सशस्त्र प्रहरी बलले प्रभावकारी काम गर्न नसकेपछि गृह मन्त्रालयले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न यस्तो प्रयास थालेको हो । गृह मन्त्रालयले सीमाबाट हुने अवाञ्छित गतिविधि रोक्न सीसीटीभी राख्ने निर्णय गरेको हो ।

भारतसँग सीमा जोडिएका क्षेत्रबाट रोहिन्ज्या, अफगानी र चीनसँग सीमा जोडिएका क्षेत्रबाट तिब्बतीहरु अवैध रुपमा नेपाल प्रवेश गर्दै आएका छन् ।

केही दिन अघि गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा देखिएका आपराधिक गतिविधि नियन्त्रणमा लिन प्रभावकारी ढंगले सुरक्षा रणनीति बनाउनु पर्ने निष्कर्ष निकालेको थियो ।

भारतीय सीमा क्षेत्रबाट अवाञ्छित व्यक्तिहरु नेपाल प्रवेश गर्न थालेपछि भारतीय नागरिकहरु नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र देखाउनु पर्ने व्यवस्था समेत लागु गर्ने तयारी गृह मन्त्रालयले गरेको छ ।

मौलिक रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीले जितेका छन् ।

पोखरामा भएको प्रतियोगिताको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको जोडीलाई भोटिङमा पराजित गर्दै प्रकाश र मीनाले उपाधि जितेका हुन् ।

‘दोहोरी च्याम्पियन’ बनेका प्रकाश र मीनाले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेका छन् । दोस्रो हुने समूहले १० लाख रुपैयाँको साथमा ५० लाख रुपैयाँ बराबरको जीवन बीमा पाएका छन् ।

प्रतियोगिताको तेस्रो स्थान सविन आचार्य र रिता रावतको जोडीले हात पार्दा मिना नेपाल र राजेन्द्र पाठकले सान्त्वना पुरस्कार पाएका छन् ।

तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।

लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढि संख्यामा विभिन्न पदमा आवेदन खुलाएको छ ।

आयोगले वरिष्ठ प्रबन्धक सहित विभिन्न पदमा आठ सय ३५ जनाका लागि आज आवेदन खुलाएको हो । सोमबार देखि अनलाइन आवेदन भर्न सकिन्छ ।

बरिष्ठ प्रबन्धक दुई जना, प्रबन्धक आठ जना र उपप्रबन्धक लगायत् अन्य विभिन्न पदमा गरी आठ सय ३५ जना आयोगले मागेको छ । मंसिर पाँच गते भित्र फारम भरिसक्नु पर्नेछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले राजनीतिले कृषि क्षेत्र बिग्रेको बताएका छन् ।

४१ औं विश्व खाद्य दिवसको अवसरमा कृषि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले भने, पार्टीअपिच्छै किसानका संगठनहरु रहेकाले त्यसले किसानलाई विभाजित गरेको उनले बताए ।

किसानको समृद्धि बिना कृषिमा आत्मनिर्भर हुन नसक्ने भन्दै सबैभन्दा पहिले किसानको समृद्धिमा जोड दिनुपर्ने मन्त्री यादवले बताए ।

उनले भने, सोही कारण बेमौसी वर्षाबाट प्रभावित किसानको लागि सरकारले पाँच अर्व रुपैयाँभन्दा बढीको राहत प्याकेज घोषणा गरेको उनले जनाए ।

“हाम्रो पहल: उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि” भन्ने नाराका साथ ४१ औं विश्व खाद्य दिवस शुक्रबार मनाइएको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले शुक्रवार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो ।

निगमका अनुसार गएराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो ।

जसअनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि भएको छ ।

योसँगै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय पुगेको निगमले जनाएको छ ।

त्यस्तै आन्तरिक तथा बाह्य हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पुर्याउने निर्णय भएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर ८५३ पुगेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।