२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् ।

कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् ।

गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मा दिएको छ ।

सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ पनि जिम्मेवारीबाट हटाइएका छन् । श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

पर्सा प्रहरिले भन्सार छली ल्याएको कस्मेटिक सामान सहित पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

शनिवार बेलुकी पौने ६ बजेको समयमा BR05GB 2166 नम्बरको बोलेरो पिकअप गाडीमा चुराको मात्र भन्सार कटाई अन्य विभिन्न किसिमका कस्मेटिकका सामानहरू भन्सार छली ल्याइरहेको सूचना प्राप्त भएपछि प्रहरिले पिकअपलाई नियन्त्रणमा लिएको थियो ।

पर्सा प्रहरिका अनुसार सुचना पाएपछि खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.७ स्थित रेल्वे सडकखण्डमा उल्लेखित नम्बरको पिकअपलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न कस्मेटिक सामानहरू फेला परेको बताएको छ ।

प्रहरिले उक्त पिकअप तथा भारत विहार रक्सौल वडा नं.१३ बस्ने वर्ष ४० को चालक पुनदेव प्रसाद यादवलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी आईतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

बरामद समानको रू.१०,००,०००।–(दश लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज पथलैयामा पठाईएको जिल्ला प्रहरि कार्यालय पर्साका प्रवक्ता, सुचना अधिकारि प्रहरि नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारि दिनुभयो ।

क्षितिज बिश्वकर्मा : सर्लाहीको लालबन्दी नगरपालीका १६ परवानीपुरमा आईतवार नेकपा एमालेको वडा कमिटि गठन भएको छ ।

एमालेको स्थानिय नेता एवं वडासदस्य समेत रहेका ईन्द्र बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटि सदस्य एवं लालबन्दी नगरपालीका प्रमुख मान बहादुर खड्का, प्रदेश कमिटि सदस्य रेवती पन्त, लालबन्दी नगर उप–प्रमुख शान्ती लामा, आभुषण चौलागाईं, प्रकाश थापा, पबित्रा घिमिरे, भरत गौतम, बलराम खड्का लगाएत अतिथी रहेका थिए ।

भेलाले ईन्द्र बहादुर बस्नेतको अध्यक्षतामा ३५ सदस्यिय वडा कमिटी गठन गरेको छ । करिव ३०० जना एमाले नेता कार्यकर्ता उपस्थित कार्यक्रममा २५ जना एकल महिला तथा ३६ जना अपांग एवं बृद्धबृद्धा गरि ६१ जनालाई सम्मान गरिएको नेकपा एमालेको जिल्ला कमिटि सचिवालय सदस्य भरत गौतमले जानकारि दिनुभयो ।

भोर्लेनीस्थित सिद्धेश्वर मन्दिरको प्रांगणमा भएको कार्यक्रम मार्फत सर्वसम्मत चयन गरिएको वडा कमिटिले भोली सोमवारदेखि नै पार्टीको सुद्धिकरण र सुधिृढिकरणको काम थाल्ने श्रोतले बताएको छ ।

कार्यक्रमको संचालन एवं संयोजन समेत गरेका जिल्ला कमिटि सचिवालय सदस्य गौतमले आईतवार हुने कार्यक्रमलाई बिथोल्नका लागी नेकपा एकिकृत समाजवादी पार्टीका स्थानिय नेता कार्यकर्ताहरु हात धोएर लागीपरेका बताएका छन । शनिवार रातभरि गाउँ गाउँ पसेर एमालेका नेता कार्यकर्तालाई भाँड्नका निम्ति नेकपा (एस)का जिल्ला सचिव लगाएतका ब्यक्तिहरुले असफल प्रयास गरेको गौतमले जानकारि दिए ।

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत Nicola Pollitt  बिच शिष्टाचार भेट भएको छ ।

आइतवार मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भयो । भेटमा सुदुर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जन, धन र पूर्वाधार क्षतीका सम्बन्धमा समेत कुराकानी भएको छ ।

साथै पुनःस्र्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ । यसको लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

भेटमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ (COP 26) मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ एसपी आउने भएका छन । हालका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरको पुलिस एकेडेमी महाराजगन्जमा सरुवा भएपछि जिल्लामा नयाँ एसपी आउन लागेका हुन ।

जिल्लामा यस अघि डीएसपी हुँदा काम गरिसकेका एसपी कृष्ण प्रसाई आउने भएका छन । उनी २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत थिए । एसपी राठौरको काज सरुवा भएको हो ।

केहि दिन अगाडि प्रहरी प्रमुख एसपी सन्तोष सिंहलगाएतका सर्लाहीका उच्च पदस्थ अधिकारीहरु सार्वजनिकस्थलमै तास खेलिरहेको भिडिओ सार्वजनिक भएपछि प्रहरिवृत्तमा यो हलचल भएको बुझिएको छ ।

प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख(एसपी) प्रकाश राणभाट्टको पनी काज सरुवा गरेको छ।

गएको बिहीबार जनकपुरमा खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहालाई सिके राउतको जनमत पार्टीका कार्यकर्ताले बन्धक बनाएर नगर घुमाउँदा प्रहरी रमिते बनेका थिए। त्यस घटनामा प्रहरीको कमजोरी औल्याउँदै धनुषा प्रहरी प्रमुख एसपी राणभाट्टलाई परिवर्तन गरिएको प्रहरी स्रोतले बतायो।

सर्लाहीको परवानीपुरमा निर्मित पुष्पलालको शालिक अनावरण हुने भएको छ । निर्माण सम्पन्न भएको लामो समय भईसकेको शालिकको यहि १० गत्ते एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालबाटै अनावरण हुने भएको हो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपाल कात्तिक ९ गते सर्लाही आउने र २ दिन जिल्लाभित्र हुने बिविध कार्यक्रममा सरिक हुने एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटि सचिव गोबिन्द अधिकारिले जानकारि दिनुभयो ।

पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले प्रेस वक्तव्य निकालेर नेता नेपालको दुई दिने कार्यक्रमबारे जानकारी गराएका हुन् ।

नेता नेपालले १० गत्ते बिहान ११ बजे लालबन्दी नगरपालिका–१५ र १६ परवानिपुरस्थित बोहोरे डाँडामा पुष्पलालको शालिक अनावरण र जिल्ला कमिटीको घोषणा समारोहलाई सम्वोधन गर्ने, सोहीदिन दिउँसो ३ बजे लालबन्दी नगरपालिका–५, शान्ति टोलमा प्रदेश सांसद बेचि लुंगेलीको संसदिय बिकाश कोषको रकमबाट निर्मित महिला संरक्षण गृहको उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला कमिटि सचिव अधिकारिले बताउनुभएको छ ।

त्यस अघि ९ गत्ते बिहान ९ बजे हरिवनस्थित नगर पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने, बिहान १० बजे हरिपुरमा बैवाहिक कार्यक्रममा सरिक हुने, दिउँसो १ बजे हरिवन नगरपालिका–५, घुर्कौलीमा वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने र साँझ ६ बजे द्वन्द्वपीडित बालगृह घुर्कौलीका बालबालिकासँग भेट गर्ने कार्यक्रम रहेकोे नेकपा (एकीकृत समाजवादी) पार्टीका सर्लाही जिल्ला अध्यक्ष सुरेन्द्र लामाले जानकारि दिनुभयो ।

उहाँले नेता नेपालको सर्लाही आगमनलाई ब्यवस्थापन गर्न जिल्ला भित्र तिब्र रुपमा बिबिध गतिबिधिहरु भईरहेको समेत बताउनुभएको छ ।

राधेश्याम कुशवाह : सर्लाहीको गोडैता नगरपालिकामा मानव जिवन कल्याण हेतु दुई दिने सद् गुरु कबिर ज्ञान महायज्ञ सम्पन्न भएको छ । गोडैता नगरपालिका वार्ड न. ३ सिमरा भगवतिपुर स्थित महत्मा विजय साहेब को निवासमा ग्राम संत समाजको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

वि.स. २००५ देखि प्रत्येक बर्ष आशिवन पुर्णिामाको अवसरमा निरन्तर हुदै आएको महायज्ञ प्रवचन कर्ता रामस्वरुप साहेबको प्रमुख अतिथ्यतामा पहिलो दिन सतसंग, प्रवचन आरती भजन र दोस्रो दिन नगरपरिक्रमा, भजन र सतसंग भएको महत्मा विजय साहेब ले जानकारी दिनुभयो ।

महायक्षको दोस्रो दिन मास मदिरा छोडदो, प्रभुसे नाता जोरलो नहि पिएंगे नही पिएंगे, ईन्सानोके तरह जिएंगे, तन मनका करता कौन खराब, मास मछली अण्डा और शराब र तनमनके करता कौन भलाई, साग सब्जी दुध और मलाही लगायत धार्मिक मुल नारा प्रयोग गरी नगर परिक्रममा गरिएको छ । सद् गुरु कबिर सम्पूर्ण मानव जातिको एकताको प्रतिक रहेको महत्मा विजय साहेब बताउनुभयो । उहाँको ज्ञान, उपदेश सम्पुर्ण मानव कल्याण लागि अपरिहार्य रहेका छन, उनले भने ।

गलत कर्म, बैमानी, कसैप्रति गलत कदम, नियत र द्रोहले कहिल्यै शान्ति र मुक्ति नपाउने हुदाँ जिव हत्या, हिंसा, माछ, मछली, अण्डा र दारु शराब छोडी मानवता धर्मको पालना गर्न आव्हान गरे । सबै धर्मको मूल सार सम्पूर्ण मानव कल्याण र एक रहेपनि धर्मगुरु र धर्मका ठेकेदारले आफनो व्यक्तिगत स्वास्र्थ परिपूर्तिका लागि धर्ममाथि राजनितिक गरेको आरोप समेत लगाए । फलस्वरुप विश्वमा समयमा धर्म र मजहबको नाममा विध्वसंक हिंसा, झडप हुने गरेका छन, र त्यसमा परेर हजारौं निर्दाेष नागरिकले ज्यान गुमाउन पुगेका छन ।

धर्मको नाममा मानवता नै नाश हुने चलखेल भईरहेका छन, मानव नरहे धर्म आफैं लुप्त हुने भएकाले मानव र मानवता रक्षाको लागि जोडदिनुभयो । मानव कल्याण र मानवताको मार्गमा हिडँने व्यक्ति स्वयमा भगवान तुल्य हुने जिकिर समेत गर्नुभयो । कबिर धर्म सभा जिल्ला अध्यक्ष महत्मा विजय साहेबको सान्ध्यिमा सम्पन्न भएको महायक्षमा संत कुमार महतो, राम ईश्वर महतो, रामसोगारथ महतो, कैलास महतो, सुरेश महतो, नरेश महतो, चौधरी राय, अरुण राय, धुरण साह, सिताराम महरा, सतलाल पासवान लगायत सम्पूर्ण ग्रामवासीले सहयोग गरेका थिए ।

प्रमुख अतिथि प्रवचनकर्ता भारतको सितामढी जिल्ला कुथैया मठ निवासी महत्मा रामस्वरुप साहेब, अतिथि मुजफरपुर निवासी महत्मा देवलाल साहेब, मधुवनी जिल्ला निवासी गायिका कुनी दासी, बरहथवा निवासी महत्मा गुपा नंद साहेब, मेजरगंज मलाही निवासी संत शिक्षक ओपेन्द्र साहेब, डा. सुरेन्द्र साहेब, मलंगवा निवासी संत राजुकमार साहेब लगायत देश विदेशका महत्मा संतहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

कबिर उपदेश : हिन्दु मुस्लिम सिख ईसाई, हम सब है भाई भाई ! कविरा यह संसारमे पाँच रत्न है सार, दया, सेवा बन्धनी, प्रेम सदा उपकार ! विणु पावनके पन्थ है, विण वस्ती वह देश विना देशके पुरुष है कह कविर यह संदेश !

हिन्दु कहु तो है नही, मुस्लमान कोई नाए, पाँच तत्वके पुत्ला गैवी खेले माए ! आए एक हि देशसे उतरे एक हि घाट, हवा लगे संसारके हो गए बारह बाट !

गीत संगीतमा रुचि राख्नेहरुका लागी सर्लाही जिल्लामा पहिलोपटक ‘सर्लाही आइडल नोबेल पुरस्कार २०७८’ नामको सांगीतिक रियालिटी शो हुने भएको छ ।

जिल्लाका २० वटै स्थानीय तहमा छरिएका स्थानीय प्रतिभालाई चिनाउने र उनीहरूमा लुकेर रहेको गायन कलालाई उजागर गर्ने उद्देश्यले प्रतियोगीता हुन लागेको हो ।

‘विसेस सर्लाही’ नामक संस्थाले यही कात्तिक १३ गतेदेखि अडिसन राउन्ड गर्ने छ ।

https://www.youtube.com/watch?v=ougeOxxO1ic

प्रतियोगितामा जिल्ला भित्रका महिला तथा पुरुषले भाग लिन पाउने छन् । प्रतियोगितामा प्रतियोगीहरुले नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषाको गित गाउन पाउने छन् ।

अडिसन जिल्लाको २० वटै पालिकामा छुट्टाछुट्टै हुने बताईएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगिहरुलाई क्रमशः नगद रु ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँको साथै पदक तथा शिल्ड प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

परवानीपुरमा स्थानिय र अटोरिक्सा चालकबिचको भाडा बिवाद समाधानका लागी शनिवार बिहान गरिएको प्रयास बिफल भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ र १६ को वडा कार्यालयमा शनिवार बिहान भएको छलफलमा अटोरिक्साको भाडा निर्धारण गर्न नसकिएको हो ।

वडाध्यक्षहरु १५ का गोरख बल १६ का गणेश थापा, वडा सदस्यहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु, स्थानिय भद्रभलाद्मी, स्थानियवासि तथा अटोरिक्सा चालकहरुको संयुक्त छलफल भएको थियो । १ घण्टा बढि समय भएको छलफलका क्रममा अटोरिक्सा चालकहरुलाई आफसमा छलफल गरि एउटा निष्कर्ष निकाल्ने २ दिनको समय तोकेर सोमवारको लागी पुनः छलफलका लागी बोलाईएको वडा नम्बर १६ का वडाध्यक्ष थापाले जानकारि दिनुभयो ।

अटोरिक्सा चालकहरुले भने अहिलेसम्म ४ पटक छलफल गरि सकिएको र निष्कर्ष निकाल्न असफल भएको बताएका थिए । अटो चालक बेचु मगरले सम्बन्धित निकायले हालसम्म यो समस्या समाधानका लागी ठोस कदम नचालेको गुनासो गरे । अर्का चालक सुरज बस्नेतले कोहि एक जनाले बद्मासि गर्दा समग्र अटो चालकहरुकै बद्नाम भएको र बिवाद सृजना भएको दुःखेसो पोखे ।

हाल परवानीपुरबाट रानिगञ्जसम्मको भाडा ६० रुपैँया र लालबन्दी सम्मको भाडा ८० रुपैँया लिँदै आईएको अटो चालक लोक मगरले बताए । तर स्थानिय राम बहादुर खत्री चापागाईंले भने आफुले १ सय रुपैयाँ तिरेको बताए भने अर्का एकले आफुले लालबन्दीबाट परवानीपुर आउँदा नै ४ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो सुनाए ।

अटोरिक्साले भाडा धेरै लिएको भन्दै स्थानियले असन्तुष्टि जनाएपछि अटोरिक्सा चालकहरुले शुक्रवार अटो चलाएका थिएनन् । लालबन्दी नगरपालीकाको वडा नम्बर १६ परवानीपुरबाट लालबन्दी नगरपालीका ७ बजारसम्मको अटो भाडा मनपरि भएको भन्दै स्थानियले बिवाद निकालेपछि अटो चालकहरुले स्थानिय निकायले भाडा निर्धारण गरिदिनुपर्ने भन्दै शुक्रवार अटो नचलाएको बताए ।

परवानीपुरका स्थानिय तथा वडा कार्यालयले समेत परवानीपुरबाट रानिगञ्जसम्मको ५० रुपैँया र परवानीपुरदेखि लालबन्दीसम्मको ६० रुपैँया अटोभाडा तिर्दा ठिक हुने धारणा राखेका छन ।

यता अटोवालाहरुले भने रानिगञ्जसम्मको ६० र लालबन्दीसम्मको ८० रुपैँया भाडा ठिकै रहेको दाबि गरे । अस्थायी प्रहरि चौकी परवानीपुरका प्रमुख असई पंकज कुमार सिंह भने लगानी र मेहनतको आधारमा हालको भाडादर कायम गर्दा उचित हुने बताउँछन ।

स्थानिय ब्यवसायी अर्थ बहादुर थिङले प्रहरिले अटोरिक्सा चालकहरुको पनी समय समयमा लाईसेन्स, ब्लु बुक, ईन्स्योरेन्स पेपर लगाएतका कागजातहरु चेकजाँच गर्नुपर्ने धारणा राखे । नियमबद्ध तवरबाट अटोरिक्सा चलाउने हो भने हालको जस्तो कुनैपनी समस्या नआउने थिङको भनाई छ ।

रौतहट प्रहरिले श्रोत नखुलेको भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ ।

बुधवार दिउँसो सिमा प्रहरि चौकी बन्जरहावाबाट खटिएको प्रहरि गस्ति टोलीले नेपालतर्फ आउँदै गरेका एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पंचायत वेलवाघाट वडा नं. ५ वस्ने २२ बर्षका सुशिल कुमार साह रहेका जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

साहलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ईशनाथ १ बन्जरहा स्थित बकैया खोलाको बाँधमा रोकेर चेकजाँच गर्ने क्रममा उनको साथबाट १ लाख ८० हजार भारतीय रुपैँया बरामद गरिएको हो ।

पक्राउ परेका साहलाई बरामद रकमसहित थप अनुसन्धानको लागी शुक्रवार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको रौतहट प्रहरिले बताएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।