२०८३ असार २२ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २२ सोमबार

यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उहाँको भनाइ छ ।

शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका गर्न उहाँको सुझाव पनि छ । यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ ।

यसपालिको तिहार पर्सिदेखि सुरु हुँदैछ । यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।

पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणीसमेत गर्नुभयो ।

कानुन मन्त्रीले यस समस्या समाधान गर्न सक्दैनन् भन्दै पूर्वराष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँ¥याएको बताउनु भयो ।

उहाँले सारा न्यायाधीशहरू, नेपाल बार, कानुनविद्हरू एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्नँ भनेर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरूमाथि प्रश्नसमेत तेर्स्याउनुभयो । पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाउनुभएको छ ।

उहाँले संविधानमा नभएको संसद् भङ्ग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

पूर्वराष्ट्रपति यादवले संविधानको कार्यान्वयन गर्न दलहरू गम्भीर नभएकोमा चिन्तासमेत व्यक्त गर्नुभयो ।

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले माओवादी परिवर्तनको संवाहक भएको उल्लेख गर्दै यसमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ ।

आइतबार मकवानपुरको हेटौँडामा भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

उहाँले नेपालको संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतका परिवर्तन माओवादी आन्दोलनले सम्भव भएको भन्दै माओवादी सधैँ परिवर्तनको संवाहक भएको जिकीर गर्नुभयो । त्यही परिवर्तनको संवाहकमाथि अहिले निरन्तर प्रहार भइरहेको भन्दै त्यसको सामना डटेर गर्नसमेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।

‘परिवर्तनको संवाहक माओवादी पार्टी हो, त्यसको नेता नायक प्रचण्ड हुन्’, उहाँले भन्नुभयो, ‘अहिले परिवर्तनको संवाहक माओवादीलाई नढालेसम्म प्रतिक्रान्ति गर्न सकिँदैन भनेर उनीहरूले बुझेका छन् । त्यसैले निरन्तर आक्रमण गरिरहेका छन् ।’ त्यस्तो प्रतिक्रान्तिलाई परास्त गर्न माओवादी पंक्ति एक जुट भएर जनतामा जानुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । साता दिनअघि पूर्वअर्थसचिव रामेश्वर खनालको भनाइप्रति लक्षित गर्दै उहाँले त्यसलाई आक्रमणको निरन्तरता भएको बताउनुभयो ।

‘प्रतिगमनकारीले मान्छे प्रयोग गरेर माओवादीको पानी छामेको हो त्यो’, उहाँले भन्नुभयो, ‘त्यस किसिमको प्रतितिगमनकारी तत्वलाई सामना र परास्त गर्न माओवादी सक्षम छ ।’

मन्त्री शर्माले इतिहास र वर्तमानलाई बुझ्ने तथा भविष्यलाई मूर्त आँकलन गरेर मात्र परिवर्तन सम्भव हुने पनि बताउनुभयो । यी विषयलाई आत्मसात गरे माओवादीलाई बुझ्न सकिने उहाँको भनाइ रहेको छ ।

वाईसीएलको हेटौँडा उपमहानगर कमिटीको सो पहिलो सम्मेलनमा सयौँको संख्यामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनीहरूलाई पार्टीका संगठन विभाग प्रमुख समेत रहनुभएका मन्त्री शर्माले खादा ओढाएर स्वागत गर्नुभएको थियो ।

भारत र चीनको सीमाबाट अवैध रुपमा अवाञ्छित व्यक्तिहरु नेपाल प्रवेश गर्न थालेपछि गृह मन्त्रालयले सीमा क्षेत्रमा सीसीटीभी जडान गर्ने तयारी सुरु गरको छ ।

सीमा सुरक्षाको जिम्मा दिएको सशस्त्र प्रहरी बलले प्रभावकारी काम गर्न नसकेपछि गृह मन्त्रालयले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न यस्तो प्रयास थालेको हो । गृह मन्त्रालयले सीमाबाट हुने अवाञ्छित गतिविधि रोक्न सीसीटीभी राख्ने निर्णय गरेको हो ।

भारतसँग सीमा जोडिएका क्षेत्रबाट रोहिन्ज्या, अफगानी र चीनसँग सीमा जोडिएका क्षेत्रबाट तिब्बतीहरु अवैध रुपमा नेपाल प्रवेश गर्दै आएका छन् ।

केही दिन अघि गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा देखिएका आपराधिक गतिविधि नियन्त्रणमा लिन प्रभावकारी ढंगले सुरक्षा रणनीति बनाउनु पर्ने निष्कर्ष निकालेको थियो ।

भारतीय सीमा क्षेत्रबाट अवाञ्छित व्यक्तिहरु नेपाल प्रवेश गर्न थालेपछि भारतीय नागरिकहरु नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र देखाउनु पर्ने व्यवस्था समेत लागु गर्ने तयारी गृह मन्त्रालयले गरेको छ ।

मौलिक रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीले जितेका छन् ।

पोखरामा भएको प्रतियोगिताको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको जोडीलाई भोटिङमा पराजित गर्दै प्रकाश र मीनाले उपाधि जितेका हुन् ।

‘दोहोरी च्याम्पियन’ बनेका प्रकाश र मीनाले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेका छन् । दोस्रो हुने समूहले १० लाख रुपैयाँको साथमा ५० लाख रुपैयाँ बराबरको जीवन बीमा पाएका छन् ।

प्रतियोगिताको तेस्रो स्थान सविन आचार्य र रिता रावतको जोडीले हात पार्दा मिना नेपाल र राजेन्द्र पाठकले सान्त्वना पुरस्कार पाएका छन् ।

तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।

लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढि संख्यामा विभिन्न पदमा आवेदन खुलाएको छ ।

आयोगले वरिष्ठ प्रबन्धक सहित विभिन्न पदमा आठ सय ३५ जनाका लागि आज आवेदन खुलाएको हो । सोमबार देखि अनलाइन आवेदन भर्न सकिन्छ ।

बरिष्ठ प्रबन्धक दुई जना, प्रबन्धक आठ जना र उपप्रबन्धक लगायत् अन्य विभिन्न पदमा गरी आठ सय ३५ जना आयोगले मागेको छ । मंसिर पाँच गते भित्र फारम भरिसक्नु पर्नेछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले राजनीतिले कृषि क्षेत्र बिग्रेको बताएका छन् ।

४१ औं विश्व खाद्य दिवसको अवसरमा कृषि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले भने, पार्टीअपिच्छै किसानका संगठनहरु रहेकाले त्यसले किसानलाई विभाजित गरेको उनले बताए ।

किसानको समृद्धि बिना कृषिमा आत्मनिर्भर हुन नसक्ने भन्दै सबैभन्दा पहिले किसानको समृद्धिमा जोड दिनुपर्ने मन्त्री यादवले बताए ।

उनले भने, सोही कारण बेमौसी वर्षाबाट प्रभावित किसानको लागि सरकारले पाँच अर्व रुपैयाँभन्दा बढीको राहत प्याकेज घोषणा गरेको उनले जनाए ।

“हाम्रो पहल: उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि” भन्ने नाराका साथ ४१ औं विश्व खाद्य दिवस शुक्रबार मनाइएको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले शुक्रवार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो ।

निगमका अनुसार गएराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो ।

जसअनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि भएको छ ।

योसँगै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय पुगेको निगमले जनाएको छ ।

त्यस्तै आन्तरिक तथा बाह्य हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पुर्याउने निर्णय भएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर ८५३ पुगेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेतीले मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्वपूर्ण रहेको बताउनु भएको छ । शुक्रवार ललितपुरमा १४ औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्नुहुँदै उहाँले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताउनुभएको हो ।

फूलमा मुलुक आत्मनिर्भर उन्मुख भएको बताउनु हुँदै मन्त्री शर्माले अर्को वर्षदेखि आयात नगर्नुपर्ने गरी संकल्प गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले केही प्रतिशत अन्य मुलुकबाट बर्सेनि फूल भित्रिरहेकाले आगामी वर्षदेखि आत्मनिर्भर हुने गरी पुष्प कृषक, व्यवसायी तथा सरोकारवालालाई संकल्प गर्न आग्रह गर्नुभएको हो ।

मन्त्री शर्माले फूल नेपालीको संस्कृतिसँग पनि जोडिएकाले निकै महत्वपूर्ण रहेको बताउनु भएको छ । फ्लोरिकल्चर एशोसिएसनले बर्सेनि प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष शुक्रवारबाट सोमबारसम्म चल्ने बताइएको छ ।

प्रदर्शनीमा गोदावरी पुष्पसँगै विश्वभर चलेका फुलहरू, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत राखिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले बताउनुभयो । अध्यक्ष तामाङले प्रदर्शनीको अवलोकन ३५ हजार बराबरले गर्ने अनुमान गरिएको जानकारी दिनुभयो । त्यस्तै ५० लाखभन्दा बढीको व्यापार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष तामाङका अनुसार आर्थिक वर्ष २०७६/०७७ को प्रदर्शनीमा ७३ लाखको व्यापार भएको थियो ।

अघिल्लो वर्ष भने कोरोना महामारीका कारण प्रदर्शनी स्थगित भएको थियो ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली शनिवार सर्लाही सदरमुकाम मलंगवा आउने भएका छन ।

मलंगवामा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र मधेशवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेशनबीचको एकता कार्यक्रममा सहभागी हुन प्रचण्ड मलंगवा आउन लागेका हुन ।

बरिष्ठ नेता आउने भएपछि माओवादी केन्द्रका जिल्ला स्थित नेता कार्यकर्ताले ब्यवस्थापन र तयारि तिब्र पारेका छन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।