२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

क्षितिज बिश्वकर्मा, लालबन्दी : पछिल्लो समय स्थानिय खोला खोल्साहरुमा बिषादि प्रयोग र करेन्ट लगाएर माछा मार्नेको बिगबिगी भएपछि सर्लाहीको उत्तरि भेगका सामुदायिक बन समुहले कमिटि बनाएर नियन्त्रणको प्रयास थालेका छन ।

सर्लाहीको लालबन्दी नगरपालीका १४ मा रहेको हात्तिसुँडे सामुदायिक बन उपभोक्ता समुहको संयोजकत्वमा आसपासका ७ ओटा बन समुहको उपस्थितीमा बुधवार बसेको बैठकले बिभिन्न निर्णय गर्दै कमिटि गठन गरेको हो । स्थानिय नारायणखोला, मटरखोला तथा खहरेहरुमा बिषादिको प्रयोग अत्यधिक बढेको र यसले मानव जिवनमा दिर्घकालिन हानि गर्नुका साथै अप्रिय घट्ना घट्न सक्ने भन्दै ७ ओटा बन समुहका पदाधिकारिहरुले त्यस्तो कार्य नियन्त्रणका लागी समिती गठन गरेका हुन ।

सब डिभिजन बन कार्यालय लालबन्दी सर्लाहीका बन प्राबिधिक अमृत कुमार सापकोटा बिश्वकर्माको प्रमुख आतिथ्यतामा हात्तिसुँडे सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष सुवलाल ब्लोनको अध्यक्षतामा बसेको आसपासका ७ ओटा सामुदायिक बन समुहका पदाधिकारिहरुको बैठकले राजदेवि सामुदायिक बन समुहका अध्यक्ष दिल बहादुर स्याङ्गतानको संयोजकत्वमा ९ सदशिय समिती गठन गरेको हो ।

भेलाले जलचर बिनास रोकथाम, दण्ड, जरिवाना, जनचेतना एवं प्रचार प्रसारका सम्बन्धमा समेत बिबिध निर्णय गरेको छ । वडा नम्बर १४ का वडा सदस्य बिर बहादुर वाईबाको समेत आतिथ्यता रहेको बैठकले खोला तथा खहरेहरुमा प्रतिबन्धित बिषादि प्रयोग र करेन्टको प्रयोग गरि माछा मारेको खण्डमा पक्राउ गरि डिभिजन बन कार्यालय, प्रहरि कार्यालय बुझाई बन ऐन २०७३, बन ऐन २०५३ र मुलुकी संहिता जलचर ऐन अन्तर्गत हदै सम्मको कारवाही गर्ने निर्णय गरेको हात्तिसुँडे सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष सुवलाल ब्लोनले जानकारि दिनुभयो ।

राजमार्गबाट उत्तरतर्फका खोला तथा खहरेहरुमा बिषाधि प्रयोग गरि र करेन्ट लगाएर माछा मार्नेहरुको भिड नै लाग्ने गरेको वडा नम्बर १५ का कालुसिंह वाईबाले बताए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उत्पीडनमा परेका समुदायले संविधान आफ्नो नठानेसम्‍म संघर्ष जारी रहने बताएका छन् ।

वीरगञ्ज घण्टाघरस्थित शहीद पार्कका ०६२-६३ र ०७२ सालको मधेस आन्दोलनमा ज्यान गुमाएका शहीदहरु तथा बाबा रामजनम तिवारीको प्रतिमामा माल्यार्पण गर्न पुगेका उनले सो कुरा बताएका हुन् ।

‘सबैको संविधान नभएसम्म, उत्पीडनमा रहेका समुदायले आफ्नो संविधान हो भनेर महशुस गर्दैनन, तबसम्म हाम्रो संघर्ष जारी रहन्छ ।’ उनले भने ‘ बाँकी अधिकारका लागि पार्टीले आन्दोलनमा नै छ ।’

प्राप्त भएका उपलब्धिको संस्थागत नभएसम्‍म जनता समाजवादी पार्टीले संविधान संशोधनको माग नछोड्ने उनको भनाइ छ ।

संविधान मार्फत प्राप्त भएका उपलब्धिको संस्थागत गर्दै बाँकी अधिकार प्राप्तिका लागि संघर्ष जारी रहेको उनको भनाई छ ।

उनले प्रहरी दमनको शिकार भई घाइते भएकाहरुलाई पनि आफूले नभुलेको बताए। यस्तै सांसद प्रदीप यादवले पनि शहीदहरुको प्रतिमामा माल्यार्पण गरेका थिए ।

असोज ३ गते संविधान जारी भएका दिन वीरगञ्जमा विरोध प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर शत्रुधन पटेलको मृत्यु भएको थियो भने बगहीका मन्सी पटेल र बैरियाविर्ताका विजय यादव घाइते भएका थिए ।

प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ११ स्थित तामागढी सडक खण्डबाट २ लाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बिहीवार ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका ११ रतनपुर तामागढी सडकखण्डस्थित जङगलबाट प्रहरिले २ जनालाई र कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिट्रकैयामा रहेको चिनि मेल नजिकै गाँजा किन्न तयार रहेको ३ जना गरि ५ जनालाई पक्राउ गरेको हो ।

रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसार पसार तथा खरिद बिक्रि भईरहेको विशेष सूचनाको पाए लगतै ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चोधरीको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जादै गरेको प्रदेश–२–०३–००४प ८४४९ नम्बरको मोटरसाईकललाई रोकी चेकजाच गदा सो मोटरसाईकलका चालर जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवाका ३७ वर्षीय ठाडा बहादुर दर्लामी मगर र मोटरसाईकलमा सवार निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका २६ वर्षीय बुद्घिलाल पाख्रिनले पिठ्युमा बोकेको कालो रङको झोला खानतलाशी गर्दा ५ किलो गाजा बरामद भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चोधरीले जानकारी दिए ।

पछिल्लो समयमा युट्युबको अकाउन्ट खोल्ने, भिडियो राख्ने र त्यसैलाई पेसा व्यवसाय बनाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्तिकै मौलाएको छ ।

राम्रै आम्दानी हुने भए पनि यो क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले हिजो प्रतिनिधि सभामा पेस गर्नुभएको चालु आर्थिक वर्षको बजेटमा युट्युबलाई समेत करको दायरामा ल्याइएको छ । 

नेपालभित्र पनि युट्युबमार्फत आम्दानी गर्नेको सङ्ख्या बढ्दै गएको सन्दर्भमा त्यसलाई करको दायरामा ल्याइएको हो । यसबाट थोरै भए पनि सरकारको राजश्वमा योगदान पुग्नेछ । युट्युबबाट प्राप्त हुने रकमको एक प्रतिशतको दरले अग्रिम कर तिर्नुपर्ने व्यवस्था प्रतिस्थापन विधेयकमा गरिएको छ ।

विधेयकमा भनिएको छ,’व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्ने व्यवस्था गरिएको छ ।’

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अहिले संशोधन गर्न नसकिने बताएको छ ।

नेपालको हीतमा हुने गरी एमसीसी सम्झौताका केही बुँदाहरु संशोधन गरेर मात्र लागू गर्नुपर्ने लगायतका विषयमा आवाज उठिरहेका बेला अमेरिकाले हस्ताक्षर सम्पन्न भइसकेको सम्झौता अहिले संशोधन गर्न नसकिने बताएको हो ।

एमसीसीले नेपाललाई पठाएको जवाफमा नेपाल सरकारसँग भएको एमसीसी सम्झौता संशोधन हुन नसक्‍ने जनाएको छ ।

सम्झौतामाथि उठेका प्रश्‍नहरूलाई समेटेर नेपाल सरकारले पठाएको प्रश्‍नको जवाफमा एमसीसीले सम्झौताको मूल अंश संशोधन हुन नसक्‍ने स्पष्ट पारेको हो ।

विहीबार नेपाल भ्रमणमा आउन लागिकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई लेखेको जवाफमा हस्ताक्षर भइसकेको एमसीसी सम्झौता अहिले संशोधन हुन नसक्ने उल्लेख गरेकी छन् ।

नेपाल सरकारले अमेरिकालाई पठाएको संशोधनको कुरा संसद्‌बाट किन अनुमोदन हुन नसक्‍ने भन्दै सोधेको प्रश्‍नको जवाफ दिँदै सुमारले भनेकी छन्,’हस्ताक्षर भइसकेको एमसीसी नेपाल कम्प्याक्ट अहिले संशोधन गर्न सकिँदैन ।’

नेपाललाई पठाइएको जवाफमा सीमित परिस्थितहरुमा कम्याक्टहरुको अनुसूचिका केही पक्षहरु आपसी सहमतिमा परिमार्जन गर्न सकिने व्यवस्था भए पनि हस्ताक्षर सम्पन्न भइसकेको एमसीसी नेपाल कम्प्याक्टलाई अहिले संशोधन गर्न नसकिने उल्खेछ ।

जवाफमा भनिएको छ, ‘एमसीसी नेपाल कम्प्याक्ट, एमसीसी र नेपाल सरकारका अन्य निकाय लगायत कानून, न्याय संसदीय मामिला मन्त्रालयसहितको वृहत छलफलपश्चात सन् २०१७ सेप्टेमबर मा सम्पन्न भएको हो । कम्याक्टको दफा ६.२(ख)ले सीमित परिस्थितहरुमा कम्याक्टहरुको अनुसूचिका केही पक्षहरु आपसी सहमतिमा परिमार्जन सकिने व्यवस्था गरेको छ, जुन कुरा परियोजनाका बदिलिँदा वास्तविकता तथा परिस्थितिमा पर्तिबिम्वित गर्न समय-समयमा आवश्यक पर्न सक्छन् । दफा ६.२ (ग) ले किटानीका साथ त्यस्ता कुनै परिमार्जन ‘शंशोधन’ होइनन् र तिनको संसदीय अनुमोदन आवश्यक नहुने भन्ने व्यवस्था गरेको छ । संशोधनहरु ती परिवर्तन हुन् जसले यस कम्याक्ट सम्झौताका मुख्य अंशमा प्रभाव पार्छन् वा रकम विनियोजन, कार्यान्वयन ढाँचा, अनुगमन तथा मुल्याकंन ढाँचा अथवा कर मिनाहाका प्राबधानहरुमा हेरफेर गर्छन् । हस्ताक्षर सम्पन्न भइसकेको एमसीसी नेपाल कम्प्याक्टलाइ अहिले संशोधन गर्न सकिँदैन ।’

नेपाल सरकारले सम्झौताको संसदीय अनुमोदन भए पछि सम्झौताका अंश वा क्रार्यान्वयन सम्झौता वा परियोजनामा हुने संशोधनलाई संसदीय अनुमोदन किन आवश्यक नपर्ने हो ? सम्झोताका अन्तरवस्तुलाई आफ्नो मनोमानीपूर्वक हेरफेर गरेर लागू गर्न, दबाब सृष्टि गर्न यस्तो प्रावधानलाई कानूनी हैसियत दिन खोजिएको हो । यसको मुख्य कारण हो भू-मण्डलीय राजनीतिक द्वन्द्वमा नेपालको रणनैतिक अवस्थिति र त्यसको प्रयोगको मनशाय होइन भनेर कसरी विश्वस्त हुन सकिन्छ ? भन्ने प्रश्नको जवाफमा अमेरिकाले यस्तो लेखेको हो ।

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका हुन् । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो ।

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए । 

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

कोइरालाको साहित्यिक व्यक्तित्व

क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवम् ‘बाब,ु आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छन् । 

वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । 

बिपीले लेखेका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिए । 

प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण अन्तिम चरणमा पुर्याइएको छ । 

सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले विसं २०३० जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ ।

बिपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । कांग्रेसले १४ महाधिवेशनसँगै बिपी जयन्ती मनाउने भएको छ । यस अवसरमा बिपी सङ्ग्रहालयले कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरेको छ ।

यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका कारण भौतिक दूरी कायम गरी मास्क लगाएर वा जुम प्रविधिका माध्यमबाट कार्यक्रम गर्न कांग्रेसले आह्वान गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिनुभएको छ ।

भाद्र शुक्ल पक्ष तृतीयाका दिन पर्ने हरितालिका तीज भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै पारिवारिक सुस्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासका साथ मनाउने गरिन्छ ।

कोभिड–१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ मनाउन नपाए पनि महामारीको यस अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन प्रधानमन्त्री देउवाले सबैमा अनुरोध गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा उपचार गराउँदा ८१ लाख रुपैयाँ खर्च भएको छ । सरकारले उपचारमा लाग्ने सम्पूर्ण खर्च राज्यकोषबाट व्यहोर्ने निर्णय गरेको छ । मृगौला प्रत्यारोपण गराउने क्रममा खनाल अस्पतालमा ७६ दिन बसेका थिए ।

एपोलो अस्पतालले ५० लाख ८८ हजार ६ सय २४ भारतीय रुपैयाँ (नेपाली ८१ लाख ४१ हजार ७ सय ९८ रुपैयाँ) को बिल दिल्लीस्थित नेपाली दूतावासलाई दिएको छ ।

बिलमा कोठा शुल्क, चिकित्सक परामर्श, शल्यक्रिया शुल्क, प्याकेज रकम, औषधिलगायत २० प्रकारका शीर्षकमा खर्च उल्लेख छ । असार २ (१६ जुन) मा भर्ना भएका खनाल भदौ १४ (३० अगस्ट) मा डिस्चार्ज भएका थिए । दूतावासले अस्पतालबाट प्राप्त बिल, भुक्तानी गरिएको र बाँकी रकमबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ ।

स्रोतका अनुसार दूतावासले भारु ४५ लाख ७९ हजार ८ सय १८ रुपैयाँ अस्पताललाई भुक्तानी गरिसकेको छ । भारु ५ लाख ८८ हजार ६ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यो रकम परराष्ट्र मन्त्रालयसँग माग गरिएको छ । दूतावासले अस्पताललाई पत्र लेखेर बक्यौता तिर्ने जिम्मेवारी लिएर खनाललाई डिस्चार्ज गराएको थियो । खनालको उपचारका लागि परराष्ट्रले एक पटक नेपाली ५० लाख रुपैयाँ दूतावासलाई पठाएको छ । अरू रकम दूतावासले आफ्नै स्रोतबाट तिरेर सोधभर्ना माग गरेको छ । ‘केही रकम बाँकी हुन सक्छ, काठमाडौंबाट माग गरिएको छ, आएपछि अस्पताललाई भुक्तानी गरिनेछ,’ दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले भने ।

केपी शर्मा ओली नेतृत्वको सरकारले खनालको उपचार खर्च राज्यकोषबाट बेहोर्ने निर्णय गरेको थियो । पछि शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यसलाई कार्यान्वयन गरेको हो । ऐन, नियमविपरीत खनालको उपचार खर्च राज्यकोषबाट बेहोरिएकामा चौतर्फी आलोचनासमेत भएको छ । यस विषयमा सर्वोच्च अदालतमा मुद्दा नै परेको छ । अस्पतालले खनाल बसेको कोठाकै शुल्क नेपाली २१ लाख ६८ हजार ४ सय ८० रुपैयाँ (भारु १३ लाख ५५ हजार ३ सय) लिएको छ ।

त्यसअनुसार कोठाको शुल्क प्रतिदिन २८ हजार ५ सय ३२ रुपैयाँ पर्छ । खनाल अस्पतालको टी ३, भवनको तेस्रो तल्लामा रहेको ४३४२ नम्बरको सुइट रुममा ७६ दिन बसेका थिए । ठूलो बैठक कोठासहितको उक्त कोठा सुविधा सम्पन्न मानिन्छ । उनको उपचारमा डा. सन्दीप गुलेरियासहितको टिम संलग्न थियो । अस्पतालले चिकित्सकको परामर्श शुल्क मात्रै नेपाली १० लाख रुपैयाँ हाराहारी लिएको छ । मृगौला प्रत्यारोपणका लागि प्याकेज चार्ज भनेर नेपाली १० लाख ६७ हजार शुल्क तोकिएको छ । अस्पतालको फार्मेसीका नाममा नेपाली ११ लाख रुपैयाँभन्दा बढीको बिल छ ।

अस्पतालबाट डिस्चार्ज हुने बेला खनालले उपचारका लागि आफूसँग स्रोत नरहेको र सरकारले उपचार नगराइदिएको भए आफू बाँच्न मुस्किल हुने प्रतिक्रिया दिएका थिए । ‘मेरो उपचारमा सरकारले खर्च गरेको विषयको विरोध गर्नु भनेको झलनाथ खनालले जुन महिनामै मर्नुपर्छ भन्या हो । म कहाँबाट ल्याएर तिरुँ । म जागिरदार पनि होइन, व्यापारी पनि होइन, उद्योगपति होइन,’ उनको भनाइ थियो । : कान्तिपुर…

सर्लाहीको परवानीपुरमा ग्रीन आर्मि नेपाल नामक संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १६ को परवानीपुर चोकमा ग्रीन आर्मी नेपाल सर्लाही शाखाले कार्यक्रमको आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष सुदिप कार्किको अध्यक्षता एवं १६ नम्बर वडाका वडाध्यक्ष गणेश थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४२ जनाले रक्तदान गरेका आयोजकले बताएको छ ।

कार्यक्रममा पुर्व गाबिस अध्यक्ष तथा नेपाली कांग्रेसका नेता जतन बुडाथोकी, नेवि संघ जनज्योती क्याम्पका पुर्व सभापती योगराज देवकोटा, अस्थायी प्रहरि चौकी परवानीपुरका असई बाबुराम भारती सहित स्थानिय शिक्षक, समाजसेवी, राजनितिज्ञ लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमा ग्रीन आर्मि नेपालका अध्यक्ष कार्किले रक्तदान गरेसँगै रक्तदानको शिलशिला अगाडि बढेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस जनकपुर र लायन्स क्लव अफ लालबन्दी सिटिको सहकार्य रहेको थियो ।

सर्लाहीको मलंगवा नगरपालिकामा नेपाल निजामती कर्मचारी युनियनले आफनो स्थापना दिवसको अवसर पारेर फलफुल तथा मास्क वितरण गरेको छ ।

सर्लाही अस्पताल मलंगवाको अस्पताल प्रमुख नवल किशोर झाको प्रमुख आतिथ्यता तथा निजामती कर्मचारी युनियनको जिल्ला कार्यसमितिका अध्यक्ष कपिल देव साहको अध्यक्षतामा अस्पतालमा भर्ना भएका सम्पूर्ण बिरामीहरुलाई फलफुल वितरण गरिएको आयोजकले जनाएको छ ।

नेपाल निजामती कर्मचारी युनियनले प्रत्येक वर्ष नौलो कार्य गरेर स्थापना दिवस मनाउने गरेकोले यस वर्ष पनि आफनो ३१ औँ स्थापना दिवसको अवसरमा सर्लाही अस्पताल मलंगवामा भर्ना भएका सम्पूर्ण विरामीहरूलाई फलफुल तथा मास्क वितरण गरि स्थापना दिवस मनाएको निजामती कर्मचारी युनियनको सर्लाही जिल्ला कार्य समिति सदस्य शैलेन्द्र कुमार महतोले बताए ।

फलफुल तथा मास्क वितरण कार्यक्रममा निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य राम किशोर साह, उपाध्यक्ष मीन बहादुर चौधरी, रामदुलार साह, सचिव युगल किशोर साह कोषाध्यक्ष प्रमोद चौधरी, सहसचिव संजित कुमार राय लगायत युनियनका अन्य कर्मचारीहरूको समेत सहभागिता रहेको निजामती कर्मचारी युनियनको सर्लाही जिल्ला कार्य समिति सदस्य महतोले जानकारि दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।