२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

      बारा/निजगढ       
आज निजगढ नगरपालिकामा वडा नं ८ मा रहेको समुन्नत महिला बहुउद्देश्य सहकारी संस्थाको प्रथम साधारण सभा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।
      साधारण सभाका सभाध्यक्ष समुन्नत महिला बहुउद्देश्य सहकारी की अध्यक्ष कल्पना खरेलले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रमुख अथिति निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बोल्दै शुभकामना व्यक्त गर्दै आउँदा दिनमा साथ सहयोग रहने बताउनु भयो। विशिष्ट अतिथि तेक्वान्दो संघका प्रदेश प्रमुख पेमासिद्धि लामाले विशेष महिलाहरुको  नजिकिदै गरेको तीजको शुभकामना दिँदै हौसला प्रदान गर्नुभयो।अतिथि माला लामा,वडा अध्यक्षहरु टेक बहादुर लामा ,ज्ञान बहादुर गोले,मंगले लोप्चन रहनु भएको थियो भने श्री सप्तरेखि महिला पशुपालन सहकारीका सञ्चालक सदस्य खड्ग प्रसाद उप्रेतीले शुभकामना मन्तव्य राख्दै महिलाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, समृद्ध समाजमा महिला विशेष भूमिका निभाउन समुन्नत महिला बहुउद्देश्य सहकारी संस्थाले विशेष भूमिका खेल्नुपर्ने छ भन्दै शेर सदस्य बढाउनु पर्ने सुझाव समेत दिनुभयो । स्वागत मन्तव्य संस्थाकी सदस्य सुनमाया लोप्चन ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन द्वय संस्थाका सचिव उषा थापामगर र व्यवस्थापक बलराम खड्काले गर्नुभएको थियो।
कार्यक्रममा लेखा प्रतिवेदन लेखा सदस्य पिता माया पराजुलीले पढेर प्रस्तुत गर्नुभएको थियो । २०७७ साल माघ महिना बाट मात्रै खुलेको १९ लाख पूँजीबाट शुरू गरेको यो साउन मसान्त सम्ममा कुल पूँजी १ करोड १५ लाख पुर्याएको छ ।  आगामी आर्थिक वर्षमा २ करोड ५० लाख पुराउने लक्ष रहेको समुन्नत महिला बहुउद्देश्य सहकारी अध्यक्ष कल्पना खरेलले जानकारी गराउनु भयो। 
   कार्यक्रमको समापन पछि हिन्दुमहिलाहरुको हरितालिका तीजको शुभकामना आदानप्रदान गर्दै दर खाने कार्यक्रम पनि सम्पन्न भएको थियो ।

क्षितिज बिश्वकर्मा, लालबन्दी | जङ्गली हात्तिले घर भत्काएर घर भित्र भएको खाने अन्न समेतमा क्षति पु¥याएपछि समस्यामा परेको परिवारलाई वडा कार्यालयले सहयोग गरेको छ । लालबन्दी नगरपालीका १६ भोर्लेनीको पुछार जंगल छेउको धान खेत सँगै रहेको हिरा तामाङ्गको फुसको घरको बाँसको टाटी बार भत्काई जंगली हात्तिले क्षति पु¥याएको हो ।

तामाङ्गको घर भित्र रहेको २ बोरा मकै, १ बोरा चामल ३ ओटा हात्तिको समुहले बार भत्काएर खाईदिएको पिडित तामाङ्गले बताए । अन्य ठाउँबाट आएर ज्याला मजदुरि गरि खाई बसेका तामाङ्गको घर भत्काएर अन्न समेतमा क्षति पु¥याएपछि वडा नम्बर १६ को कार्यालयले तत्कालका लागी १ बोरा चामल, १ लिटर तेल, १ केजी दाल सहयोग गरेको हो ।

तस्विर : राजेश पाठक/लालबन्दी पोस्ट

वडा कार्यालयको तर्फबाट वडासदस्यहरु तिलक घलान र ईन्द्र बहादुर बस्नेतले पिडितलाई घरमै राहत स्वरुप खाद्यान्न पु¥याईदिनुभएको हो । पिडितलाई खाद्यान्न हस्तान्तरण पश्चात वडासदस्य घलानले लालबन्दी पोस्टसँग भने ‘राज्यले पछि के गर्ला त्यो थाहा भएन तर बिपन्न २ जनाको परिवारलाई समस्या परेपछि हामिले तत्काल सहयोग गर्ने निर्णय गरेका हौँ ।’

अस्थायी प्रहरि पोस्ट परवानीपुरका असई बाबुराम भारतीका अनुसार हात्तिले करिव २० हजार बराबरको धनमालमा क्षति पु¥याएको छ ।

आईतबार आएको जंगली हात्तिको समुहले पिडितको बाँसको टाटीबाट बनेको बार भत्काउनुका साथै मकै, गहुँ र तरकारिका साथै धानबालीमा समेत क्षति पु¥याएको छ ।

बारा/निजगढ

निजगढ नगरपालिकामा रहेको लायन्स क्लव निजगढ सिटी को कार्यालय वडा नं ९ लायन्स क्लव अफ निजगढ सिटीको कार्यालय गभर्नर केशव पाण्डेद्वारा समुद्घाटन गर्नुभएको छ

समुद्घाटन कार्यक्रमका सभाध्यक्ष लायन्स क्लव अफ निजगढ सिटी का प्रेसिडेन्ट मणि घिमिरेले आफ्नो निवासमा रहेको उक्त कार्यालयको आफू लायन्स रहँदा सम्म भाडा नलिने प्रण गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक गभर्नर केशव पाण्डे ले लायन्स सर्वप्रथम आफूले बुझ्नुपर्ने र लायन्सका सेवामा कसरी समर्पित गर्ने , सेवालाई आफ्नो तह र तप्कामा बसेर आफ्नो-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै सम्पूर्ण लायन्स लाई निर्देशन दिँदै सक्रिय रहन आग्रह गर्नुभयो । आफू लायन्स मा फ्रन्ट लाइनमा रहेर कार्य गरेदेखि अहिले गभर्नर रहँदासम्म निजगढका सम्पूर्ण लायन्ससंग निकटबाट हेरिरहेको र माया गरिरहेको र आउँदा दिनमा पनि यथासक्य सहयोग गर्ने र अभिभावकीय भूमिकामा रहिरहने प्रण गर्नुभएको छ । कार्यक्रममा अथिति डिस्ट्रिक DST कोअर्डिनेटर दिपक कृष्ण प्रजापति, एरिया कोअर्डिनेटर भरत प्रसाई, अड्रीसनल सेक्रेटरी मोहन अर्याल, रिजन चियर्स पर्सन महेश न्यौपाने, लायन्स क्लव अफ निजगढ का प्रेसिडेन्ट दीपेन्द्र श्रेष्ठ, लायन्स क्लव अफ निजगढ पिसका प्रेसिडेन्ट रंजन लामिछाने, पाष्ट प्रेसिडेन्ट पवन श्रेष्ठ, पाष्ट प्रेसिडेन्ट मनोज रेग्मी लगायत लायन्स सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य रिजन चियर्स पर्सन महेश न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रम संचालन जोन चियर्स पर्सन खड्ग प्रसाद उप्रेती ले गर्नुभएको थियो ।

सहारा विकास बैंक लिमिटेडले एकैपटक ३ वर्षको वार्षिक साधारणसभा गरेको छ । बैंक सञ्चालक समितिको साउन २२ गते बसेको बैठकको निर्णयले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको आठौँ, नवौँ र दसौँ वार्षिक साधारणसभा एकसाथ सम्पन्न गरेको हो ।

कार्यक्रम सनिवार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न–८ स्थित कुसुम पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको हो । सहारा विकासका अध्यक्ष संजय कुमार गुप्ताको सभापतित्व तथा संस्थाका संस्थापक शेयरधनी नागेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सभामा सहारा विकास बैंक, गरिमा विकास बैंकमा प्राप्ति हुने विशेष प्रस्ताव अनुमोदन गरेको छ । सोही सभाले प्राप्ति प्रयोजनाका लागि तोकिएको १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गरेको छ । साधारणसभाले संस्थापक अध्यक्ष संजय कुमार गुप्तालाई सर्वसम्मतिले संचालक समितिको अध्यक्षमा पुनः चयन गरेको छ । उनको नेतृत्वमा सुवोध कुमार लुइँटेल, ओम बहादुर थापा, अस्मिता देवी अग्रवाल र प्रेम किशोर गुप्ता चुनिएका छन ।

साधारणसभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष गुप्ताले सभाले प्राप्तिपछि बैंकको नाम गरिमा विकास बैंक लिमिटेड रहने विशेष प्रस्ताव पारित गरेको जानकारी गराए । जिल्लामा एउटा पनि विकास बैंक नरहेको अवस्थाम आर्थिक कारोबार संचालन गर्न जिल्लाबासीहरुले भोग्दै आएको समस्याहरुलाई मध्यनजर गर्दै संस्थाको स्थापना गरेको जानकारी गराउँदै अध्यक्ष गुप्ताले संस्थालाई सफल बनाउन सहयोग तथा योगदान पुर्याउने संचालक समिति, संस्थापक सदस्य, शेयरधनी, संस्थासँग आर्थिक लगायत अन्य कारोबारमा संलग्न लगायतका सुवेच्छुकहरुलाई धन्यवाद लिए ।

कार्यक्रममा संचालक समिति सदस्य बाल कृष्ण साह, अस्मिता देवी अग्रवाल, राम नरेश साह, गरिमा विकास बैंक लिमिटेडका संचालक सदस्य बिमल पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय, हिमालय पंथी, चमेली बचतका अध्यक्ष भरत साह, सहारा विकासका संस्थापक सदस्य संजु प्रसाद जयसवाल, सल्लाहकार राजेन्द्र कुमार अग्रवाल, समाजसेवी रजनीकांत झा, नागरिक समाजका उग्र कांत झा, शिवचन्द्र चौधरी, उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह, चेम्बर अफ कमर्श मलंगवाका अध्यक्ष अमीत कुमार अग्रवाल लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संचालक समितिका सदस्य महेश प्रसाद काफ्लेले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रमका संचालक संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दयाकांत साहले कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागी हुन नसकेका संस्थाका शेयर धनीहरुले जुम मार्फत सहभागीता देखाएको जानकारि दिए ।

सर्लाहीको लालबन्दीमा शनिवार नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नगरभेला सम्पन्न भएको छ । भेलाले नयाँ नेतृत्व चयन सँगै विविध कार्यक्रम गरेको छ ।

भेलाले कार्यक्रममा लालबन्दी नगरबाट १० वर्षे जनयुद्धमा आफ्नो ज्यान क्रान्तिमा अर्पण गर्नुभएका महान सहिद कमल माझी, गौरव, विक्रम सरकार र माधवका परिवारलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको छ ।

भेलामा नेपाल कम्युनिष्ट पार्टीका सर्लाही रौतहट जिल्ला इन्चार्ज समर शाहीको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरुमा सर्लाही जिल्ला सेक्रेटरी हिमाल, पूर्व सेक्रेटरी जनक राउत, महोत्तरी जिल्ला सेक्रेटरी पवन महतो, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य किशुन देव शर्मा क्रान्तिकारी, ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य पदम मगर, अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रमिला राउत लामा, ट्रेड युनियन महासंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष रामप्रसाद, अखिल (क्रान्तिकारी) जिल्ला संयोजक अर्पण पौडेल, लगायत जिल्ला भित्रका विभिन्न नगरका नगर सेक्रेटरीहरु रहेका थिए ।

कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि शाहीले माकर््स, माओसम्मको क्रान्तिबारे संक्षिप्त बयान गरी सो महान् हस्तीका सिद्धान्तलाई नविकरण गरेर एकिकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद ल्याउने बताए । कार्यक्रमको सञ्चालन जनस्वास्थ्यकर्मी महाहंघका पूर्व महासचिव मनर बहादुर थापाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य जनक राउतले राखेका थिए भने अन्य जिल्ला कमिटी सदस्यहरुले क्रमश आफ्नो मन्तव्य राखेका थिए । नगर भेलाले शरण विकको नेतृत्वमा सारदा सुस्लीङ, कुमार राउत, गणेश लगायत २१ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

क्षितिज बिश्वकर्मा, लालबन्दी | सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगन्ज डाँडाटोल घर भएकी १४ वर्षीया बालिका प्रियंका भुजेलको हत्यामा संलग्न भनिएका मुख्य दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । स्थानिय १८ वर्षका किसन साह र १९ वर्षका अनिस दाहाललाई प्रहरीले सोमवार साँझ जिल्ला प्रहरि कार्यालयमै पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

दुवैले भुजेललाई हत्या गरेको प्रहरीसमक्ष बयान दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । उनीहरू भदौ १ गते पक्राउ परेका थिए ।

यता भुजेल हत्याका प्रकरणलाई लिएर परिवार, छरछिमेकी सँगै विभिन्न राजनीतिक दलका भातृ संगठन, अधिकारकर्मीहरुले हत्या प्रकरणका दोषीलाई पक्राउ गरि सत्य तथ्य सार्वजनिक गर्न दवाव मुलक कार्यक्रमहरु गरिरहेका छन, तथापी सर्लाही प्रहरीले हत्याका अभियुक्तलाई सार्वजनिक गरेको छ ।

अनुसन्धानको क्रममा अभियुक्तहरुले बालीकासँग साउन ३१ गते राति साढे ११ बजे भेट्न गएको र घर पछाडी तीनैजना कुरा कुरागरेको आवाज घरपरिवारले थाहा पाएर हो–हल्ला गरेपछि उनिहरु भागरेर जंगल पुगको प्रहरी सँग बताएका प्रहरी उपरीक्षक राठौरले जानकारी दिएका छन । प्रहरीका अनुसार दुई अभियुक्तसंगै भागेर जंगलमा पुगेकी प्रियंकालाई युवाहरुले घर जान दबाब दिएका थिए ।

प्रहरिका अनुसार यसरि भएको थियो घटना :
राती घरबाट निस्किएर गएपछि घर परिवारको डर र लोकलाजको कारण प्रियंकाले फर्किएर घर जान अस्विकार गरेको र यस अघि पटकपटक शारिरिक सम्वन्ध समेत भईसकेको अभियुक्त अनिससँगै लिएर जान प्रियंकाले अडान लिएको पाईन्छ । उनले अनिसले नलगे आत्म हत्या गर्छु भन्दै खोलाको केही अग्लो ठाउँबाट हामफालेर घुक्र्याएको पाईन्छ ।’

‘प्रहरीका अनुसार त्यहाँबाट हाम फाल्दा मान्छेको ज्यान जाने कुनै सम्भावना थिएन, । त्यस क्रममा अभियुक्त कृष्ण साहले ‘तँ मर्ने हो भने म मारिदिन्छु’ भन्दै घाँटी थिची मार्न खोजेका थिए । सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले पत्रकार सम्मेलनमा भने, ‘अभियुक्तहरुले खहरे खोला भएपनि वर्षाकोकारण बगिरहेको पानीमा मुख थिचि कर्तव्य गरी शवलाई घटनास्थलभन्दा २ सय मिटर उत्तरमा खाल्डो भएको ठाउँमा हातले खनेरै पुरेका थिए ।’

प्रहरीले दुबैजनाको मोबाइल कल डिटेल चेक गर्दा पहिलेदेखि नै दुबैजनाको कुरा हुनेगरेको पाईएको छ । अभियुक्त अनिसले यस अघि प्रियंकासंग पटकपटक सारिरिक सम्बन्ध रहेको अनुसन्धानको क्रममा बताएका छन् ।

साउन ३१ गते राति साढे ११ बजेदेखि वालीका घरबाट हराएकी थिइन् । प्रियंकाको बुबा राजेश भुजेलले ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा छोरी हराएको भन्दै खोजी दिनका लागि उजुरी दिएका थिए । ईलाका प्रहरि लालबन्दी उजुरी प्राप्त भएकै मितिबाट प्रियंकाको खोजिमा जुटेको थियो । त्यस क्रममा प्रहरीले गाउँका विभिन्न मानिससँग सोधपुछ गरि सोही दिनदेखि गाउँको दुईजना युवा पनि वेपत्ता भएको पत्तालगाएको थियो ।

त्यसपछि प्रहरीले शंकाको आधारमा गाउँकै दुई युवा १९ वर्षीय कृष्ण साह र अन्दाजी १८ वर्षीय अनिष दाहाललाई भदौ १ गते पक्राउ गरि सोधपुछ गर्दा उनिहरुले नै प्रहरीलाई प्रियंकाको शव उनको घरबाट ३ किलोमिटर पश्चिम-उत्तर लालबन्दी ६ स्थित कालिन्जोर खोला पुल भन्दा २ सय मिटर दक्षिणको बगरमा गाडेर राखेको बताएका थिए ।

प्रहरीले जनप्रतिनिधि, स्थानीय, प्रियंकाको बुबा र अभियुक्तलाई साथमा लिएर जाँदा अभियुक्तहरुले भनेकै स्थानमा शव फेला परेपछि घटनामा उनीहरुको संलग्नता रहेको आशंकामा अनुसन्धान थालेको थियो ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन अर्थात जनै पूर्णिमा पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै छ । रक्षा बन्धनमा तराई मधेशमा राखी बाँध्ने परम्परा छ ।

पूर्णिमाका दिन बिहानै वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गर्ने प्रचलन छ । रक्षासुत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

पशुपतिनाथ मूल मन्दिरलगायत देशभरका महत्वपूर्ण मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । मन्दिरमा नित्य पूजाबाहेकका कर्म निषेध गरिएको छ । पशुपतिनाथलगायत मन्दिर परिसरको बाहिरी क्षेत्रमा भने जनै फेर्ने र डोरो बाँध्ने भक्तजनको गत वर्ष पनि भीड लागेको थियो ।

क्वाँटीको परम्परा
जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकी जस्ता रोग पनि निको हुने चिकित्सक बताउँछन् ।

तराई क्षेत्रमा राखी बाँधिदै
नेपालको तराईमधेश क्षेत्रमा आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँध्ने परम्परा छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

काठमाडाँंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोना जोखिमका कारण धेरै स्थानका मेला स्थगित गरिएको छ ।

यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विगत वर्षमा सरकारले आजको बिदा कटौती गरेको थियो । तर, जनस्तरबाट व्यापक विरोध भएपछि यस वर्ष सरकारले सार्वजनिक बिदा दिएको हो । 

राजेश पाठक, लालबन्दी | नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्लाहीको बरहथवामा नगरभेला सम्पन्न भएको छ । नगरपालीका स्थित उद्योग वाणिज्य संघको सभाहलमा नगरभेला भएको हो ।

पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मिसन साहीको प्रमुख आतिथ्यतामा नगरभेला भएको हो । भेलामा जिल्ला सेक्रेटरी कमल सुस्लीङ, मिथिला स्वायत्त जनपरिषद् नेपाल तथा महोत्तरी जिल्ला सेक्रेटरी पवन महतो, सर्लाही जिल्ला पूर्व सेक्रेटरी जनक राउत, अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा बरहथवा नगर इन्चार्ज पदम मगर, किसान महासंघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य किशुनदेव शर्मा, जिल्ला सदस्य ठगाराम र अखिल (क्रान्तिकारी) रौतहट जिल्ला संयोजक अभिषेक शाहि लगाएतको आतिथ्यता रहेको थियो ।

भेलाले रामनाथ यादबको अध्यक्षतामा १९ सदस्य नगर कमिटि गठन गरेको पार्टिका जिल्ला सेक्रेटरि कमल सुस्लिङले जानकारि दिनुभयो । कार्यक्रमलाई अखिल (क्रान्तिकारी) सर्लाही संयोजक अर्पण पौडेलले संचालन गर्नुभएको थियो ।

आफ्नै दाजुसँग झगडा गरिरहेका युवक हतियारसहित पक्राउ परेका छन् । सर्लाहीको मलगंवा नगरपालिका–११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिवार बिहान झै–झगडा भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले समसुद्दिनलाई हतियारसहित पक्राउ गरेको हो ।

दुबै दाजुभाइको झै–झगडा छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरि कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

हरिवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा ट्रकले ठक्कर दिँदा स्थानिय एक युवकको ज्यान गएको हो ।

सुखेपोखरी आँखा अस्पताल अगाडि भएको दुर्घटनामा हरिवन नगरपालिका–११, बस्ने मोहम्मद फुदिन राईनका छोरा १८ वर्षीय जुमराती राईनको ज्यान गएको छ । राईनलाई उपचारका लागि नमूना अस्पताल हरिवन लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ईलाका प्रहरी कार्यालय हरिवनले जनाए अनुसार शनिवार दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ आइरहेको सिमेन्ट लोड भएको ना ५ ख ८४९३ नम्वरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५६ प ७२०८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।