२०८३ असार २२ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २२ सोमबार

दशैँको टीकाको आज दोस्रो दिन, हिजो अर्थात विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् ।

साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरू कहाँ पुग्ने गर्दछन् ।

आफ्नो घरमा भ्याएर हिजो देखि नै सर्लाही सहित देशैभरि टाढाका आफन्तसँग टीका थाप्न जानेहरुको लहर छ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।

राजमार्ग देखि गाउँघरका सडकहरुमा कोशेली सहित रातो टिका जमरा लगाएर हिँडिरेकाहरु बाक्लै भेटिन्छन ।

आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रही आएको छ ।

ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज शनिवार भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा हुनेछ ।

आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । 

नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो । 

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो ।  आजको फाइनल खेल जिते नेपालले इतिहास रच्ने छ ।

नेपालले आज भारतसँग यस अघिको खेलमा गरेको गल्ती सुधार्नु पर्ने हुन्छ । आजको खेल नेपाललाई भारतसँग बदला लिने अवसर समेत हुनेछ । 

यस अघि समूह चरणको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल जितेर इतिहास रच्ने सुनौलो अवसर खेर जान नदिने बताएका छन् । 

उनले आजको खेल आफूहरुका लागि ठूलो खेल भएको भन्दै ऐतिहासिक लक्ष्य प्राप्तिमा मात्र एक जित टाढा रहेको बताएका छन् । उनले आजको खेलमा समूह चरणमा भारतसँगको खेलमा गरेको गल्ती पनि सुधार्ने बताएका छन् ।

धन कमाउन हिँडे म लाहुर, रुँदै बाटो नछेक मयाले…
हिनेउ मुटु पारेर आधा, मै कसरि बिदा दिउँ मयालाई …

यी मुटु छुने शब्दहरु हुन हेमन्त कान्छा रसाईली र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको ‘धन कमाउन हिँडे म लाहुर’ बोलको गीतको । यो गीत अहिले युट्युब ट्रेन्डिङको १ नम्बरमा परेको छ । मुटु छुने शब्द संगीत सँगै मनै रुवाउने म्युजिक भिडियो सहित सार्वजनिक गीतलाई अहिले दर्शक श्रोताले अत्यधिक रुचाएका छन ।

गीत संगीत मार्फत दर्शक श्रोताको मुटुसँग खेल्न सफल सर्जक हेमन्त कान्छा रसाईली र सुनिता बुढा क्षेत्रीका लागी चर्चित गीतहरुका सर्जक राजकुमार बगरले शब्द सिर्जना गर्नुभएको हो ।

हेमन्त कान्छा रसाईली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गितको म्युजिक भिडियोमा सारिका केसी र गोविन्द पोखरेलले अभिनय गरेका छन् । भिडियोको निर्देशन भने विनोद भण्डारीले गरेका हुन ।

म्युजिक भिडियो मार्फत आफ्नी मयालुलाई छोडेर पल्टन जान लागेका बेला बाख्रा चराईरहेकी मयाले देखेपछिको कारुणिक दृश्य प्रस्तु गरिएको छ ।

बडादशैंको नवौं दिन विहीवार महानवमी पर्व दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ ।

महानवमीका दिन दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैंघर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गर्ने परम्परा छ ।

पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस चढाउने गर्दछन् ।

कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । आजको दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारीका साधनको समेत पूजा गरिन्छ ।

यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दश वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ । 

नेपाल साफ च्याम्पियनशिपको फुटबलको फाइनलमा पुगेको छ । बुधवार भएको खेलमा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो ।

बुधवार मालेको राष्ट्रिय रङ्गशालामा भएको खेल एक–एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । योसँगै नेपालले २८ वर्षको पर्खाइ भङ्ग गरेको हो ।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनशिपमा नेपाल १३ औँ संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलमा पुग्यो । खेलको नवौँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

जितसँगै नेपाल चार खेलमा सात अङ्कसहित फाइनलमा पुगेको हो । चार खेल खेलेको नेपालले दुईमा जित, एकमा हार र एकमा बराबरी खेलेको छ ।

बुधवार हारेको बङ्गलादेश चार खेलमा पाँच अङ्कसहित प्रतियोगिताबाटै बाहिरिएको छ ।

अब नेपालले शनिवार फाइनलमा भारतसँग खेल्नेछ ।

अष्ट्रेलियाको म्यान फिजिक्स २०२१ को उपाधि नेपालका बिजयसिङ तामाङ्गले जितेका छन । उपाधि जितेसँगै तामाङ अष्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बने ।

तामाङ धरानका हुन । भोजपुरमा जन्मिएर धरानमा हुर्किएका तामाङ हाल धरान १४ बिजयपुरमा बस्छन ।

कामको शिलशिलामा अष्ट्रेलिया बस्दै आएका तामाङले त्यहाँको ब्यस्तताका बाबजुद आफ्नो ट्रेनिङलाई समेत बिशेष ध्यान दिईरहेका छन ।

यसअघि बि.सं.२०७३ सालमा मिस्टर कोसी मा समेत द्वितिय बन्न सफल तामाङ अष्ट्रेलिया जानु पूर्व धरानमा रहेको माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरको ट्रेनर समेत थिए । म्यान फिजिक्समा वल्र्ड च्याम्पियन बनिसकेका सुजन सिल्पकारले उनलाई विशेष ट्रेनिङ दिएका थिए ।

अष्ट्रेलियाको म्यान फिजिक्स २०२१ अक्टोवर ३ मा सम्पन्न भएको थियो ।

सर्लाहीका किसानलाई यतिखेर धान भित्र्याउने चटारो परेको छ । उत्तरी क्षेत्रमा रहेका ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा नगरपालिकाको विभिन्न क्षेत्रमा धान पाकेर भित्र्याउन थालिएको किसानहरुले बताएका छन् ।

लालबन्दी १६ परवानीपुरकी जानुका पाठक भन्नुहुन्छ ‘बर्षभरि खाने अन्न समयमै नभित्र्याए खान पाईंदैन ।’

जिल्लाको उत्तरि भेगका किसानले असार १५/२० सम्म रोपाईं सक्ने गर्दछन । दक्षिणी भेगमा साउनमा रोपिएको धान भने दशैंपछि भित्र्याउने किसानहरुको तयारी छ । सर्लाहीका २० वटै स्थानीय तहमा धान खेती हुन्छ ।

यो वर्ष बेलैमा पर्याप्त वर्षा भएकाले किसानहरुले असार लाग्नासाथ धान रोपेका थिए । कृषि ज्ञान केन्द्र मलंगवाले कतैकतै गवारो र लाही किरा जस्ता सामान्य रोगको प्रकोप देखिए पनि यसबर्ष धान राम्रै फलेको बताएको छ । केन्दका प्रमुख कमलदेव प्रसाद कुशवाहाले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको बताए । केही दिन आकाशे वर्षा नभए किसानले धान धमाधम भित्र्याउन थाल्नेछन ।

सर्लाहीमा ४६ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।।

बागमतीमा मंगलवार नेपाल फोटो पत्रकार महासंघ सर्लाही शाखाको बार्षिक साधारणसभा गरिएको छ ।

सर्लाहीको बागमती नगरपालीका स्थित पुलतीचोकमा रहेको ह्यारिसन होटल एण्ड पार्टी प्यालेसको हलमा बार्षिक साधारणसभा गरिएको हो । शाखाका जिल्ला अध्यक्ष श्रवण थापाको अध्यक्षतामा भएको साधारण सभामा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्री लगायत अन्य संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सोही अवसरमा महान पर्वहरुको शुभकामना साटसाट समेत गरिएको नेपाल फोटो पत्रकार महासंघ सर्लाही शाखाका कोषाध्यक्ष प्रकाश मैनालीले जानकारि दिए ।

हरिवनमा मंगलवार नेकपा एमालेको नगर पार्टी कार्यालयको उद्घाटन भएको छ ।

सर्लाहीको हरिवन नगरपालीका ११ स्थित बजारमा एमालेको प्रदेश कमिटीका सदस्य राजकुमार उप्रेतीको अध्यक्षता तथा पार्टीका प्रदेश २ सह–इन्चार्ज अच्यूत मैनालीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्य एवं पूर्वमन्त्री बद्री न्यौपाने, संविधान सभा सदस्य हरि उप्रेती, प्रदेश कमिटी सदस्य तारा पोखरेल, हरिवनका नगरप्रमुख गणेश प्रसाद प्रसाई, ईश्वरपुरका नगरप्रमुख मनोज कुमार देवकोटा, पार्टीका जिल्ला अध्यक्ष राजनारायण साह, एमाले नेता विदुर कुमार प्याकुरेल लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख चाडबाडको शुभकामना आदानप्रदान समेत गरिएको हरिवन नगरपालीकाका नगरप्रमुख गणेश प्रसाईंले बताउनुभएको छ ।

सर्लाहीको लालबन्दीस्थित लालबन्दी नगर वाङ्मय परिषद्ले बडा दसैँ, दीपावली तथा छठ पर्व २०७८ को अवसरमा शुभकामना आदानप्रदान, कृति समीक्षा तथा चियापान कार्यक्रम गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीको सभापतित्वमा मंगलवार लालबन्दी नगरपालीकाको सभाहलमा कार्यक्रम भएको हो ।

कार्यक्रममा समाजसेवी तथा बुद्धिजीवी बलराम पोखरेल, शिक्षाविद् विप्रहरि दहाल, लालबन्दी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपाने, जनज्योति बहुमुखी क्याम्पसका निवर्तमान उपाध्यक्ष आभूषण चौलागाईँ, नेपाल शिक्षक सङ्घ लालबन्दी नगर अध्यक्ष भीमबहादुर जर्गा मगर, नारायण बहुमुखी क्याम्पस ईश्वरपुरका क्याम्पस प्रमुख हिरण्यप्रसाद बराल, नेपाल शिक्षक महासङ्घ लालबन्दी नगर अध्यक्ष केदारप्रसाद घिमिरे, सेवा निवृत्त शिक्षक राजन तिमल्सिना लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सर्लाहीका ५२ जना गजलकारका गजलहरू संग्रहित ‘सर्लाहीका प्रतिनिधि गजलकार’, कुमार दाहाल कुसुमको ‘मनुमञ्जरी’ खण्डकाव्य तथा उत्तम दाहालको ‘निपाती त’ कृतिको पनि समीक्षा गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बलराम पोखरेलले साहित्यको समृद्धिमा सर्लाहीका प्रतिनिधि गजलकार नामक कृतिले अत्यन्त महत्वपूर्ण काम गरेको बताउँदै नगरको सर्वाङ्गीण विकासका लागि एक बौद्धिक मञ्चको आवश्यकता रहेको बताउनुभएको थियो ।

कार्यक्रममा बलराम पोखरेल र विप्रहरि दाहालले ‘सर्लाहीका प्रतिनिधि गजलकार’ कृतिको समीक्षा गर्नुभएको थियो भने हिरण्यप्रसाद बरालले ‘निपाती त’ र केदारप्रसाद घिमिरेले ‘मनुमञ्जरी’ खण्डकाव्यको समीक्षा गर्नुभएको परिषदका अध्यक्ष अधिकारिले जानकारि दिनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।