बाराको निजगढ–८ मा गौरीशंकर बहुउदेश्य सहकारी संस्था गठन भएको छ । निजगढ ८ को गौरीशंकर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको अगुवाईमा संस्था गठन भएको हो । वि.स. २०३६ देखि २०७३ सम्मका ३८ वटा ब्याचबाट एक/एक जना संस्था दर्ता सदस्यमा समेटिएका छन् । संस्था दर्ता सदस्यहरुमा २०४६ व्यजी बाट निजगढ नगरपालिका का मेयर शुरेश खनाल, २०३८ बाट गौरी शंकर मा.वि. का पूर्व प्रद्यापक रामकुमार शर्मा दाहाल , २०४२ व्याजीबाट विनोद कुमार भारती,२०४३ व्यजीबाट उद्योग वाणिज्य संघ का अध्यक्ष रामकृष्ण नेपाल, २०४१ बाट वडा नं ८ का वडा अध्यक्ष तथा वाणिज्य संघ निजगढ शाखाका पूर्व अध्यक्ष टेक बहादुर लामा,२०३७ बाट उद्योग वाणिज्य संघ निजगढ शाखाका पूर्व अध्यक्ष ज्ञानेन्द्र चौलागाई, सहकारीका पूर्व अध्यक्षहरु केदार खरेल ३९ बाट, सुशील खनाल ४०बाट, प्रमोद सिग्देल ४४ बाट समेटिएको संयोजक खड्गराज मैनालीले जानकारी दिनुभयो ।
संस्था दर्ताका लागि २०५७ व्याचका खड्गराज मैनालीको संयोजत्वमा ९ सदस्य समितिले काम गरेको थियो । समितिको सदस्यमा प्रमोद सिग्देल, होमप्रसाद न्यौपाने महेश, सागर तमाङ्ग, गंगामाया श्रेष्ठ, समुन्द्र नेपाल, रामकृष्ण घिमिरे, अस्मिता आर्चाय, श्याम साह रहेका थिए ।
सहकारी निजगढ नगरपालिकामा दर्ता भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले संस्था दर्ता प्रमाणपत्र संस्थाका संयोजकलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नगरपालिकाका सहकारी संयोजक पद्मराज तिमल्सिना, प्रशासन अधिकृत रविन घिमिरे लगायतको सहभागि थिए । संस्थागत सेयर आह्वान गर्ने तयारी भईरहेको संयोजक मैनालीले जानकारी दिए । उनका अनुसार सदस्यले न्यूनतम २५१ कित्तादेखि एक हजार कित्तासम्म सेयर खरिद गर्न सक्नेछन् । ४ हजार सदस्य पुर्याएर १० करोड चुक्ता पुँजी संकलन गर्ने उद्देश्यले संस्था अघि बढाईने संयोजक मैनालीले बताए । संस्थाको सेयर वन्न गौरीशंकरमा नपढेकालाई पनि समेट्ने उनले जानकारी दिए ।
इन्टरनेटको माध्यमबाट नगदरहित कारोबारको विकास गर्ने र निजगढको केरा खेतीबाट रोजगारी र अवसर सृजना गर्न कच्चा पदार्थलाई समेत प्रयोगमा ल्याउने सहकारीले लगानी केन्द्रित गर्ने बताए ।
संस्थाले मुख्य राजमार्गसंगै जोडिएको निजगढ ८ शहीदचोकस्थित प्राईम बैंक रहेको भवनमा कार्यालय स्थापना गरेको छ ।
सर्लाहीको परवानीपुरमा सर्वसाधारणलाई मास्क बितरण गरिएको छ । कोरोना भाईरस कोभिडको तेश्रो लहरलाई मध्यनजर गर्दै स्थानिय सर्वसाधारणलाई मास्क बितरण गरिएको हो ।
अस्थाई प्रहरि चौकी परवानीपुरका प्रमुख (असई) बाबुराम भारतीले सर्वसाधारणलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्दै मास्क बितरण गर्नुभएको हो । लालबन्दी नगरपालीका १६ मा असई भारतीले ‘तपाईको मास्क खै’ भन्ने अभियान अन्तर्गत सर्वसाधारणलाई मास्क बितरण गरिएको बताउनुभएको छ । अभियान अवधीभर मास्क बितरण गर्ने आफ्नो लक्ष्य रहेको असई भारतीले बताउनुभयो ।
उहाँले सवारि चेकजाँचलाई पनी तिब्रता दिएको बताए । बिना हेल्मेट मोटरसाईकल चलाउने, कागजपत्र नबोक्ने चालकलाई चेकजाँच गरिएको भारतीको दाबि छ ।
निजगढ /बारा : किवानिज ईन्टरनेशनल निजगढको एक समारोह बिच परिचयात्मक तथा सपथग्रहण समारोह तारा इन होटल निजगढमा सम्पन्न भएको छ ।
सपथ ग्रहण कार्यक्रमको अध्यक्षता होस्ट क्लव निलगिरी क्लबका प्रेसिडेन्ट भरत ढुङेलले गर्नु भएको थियो भने शपथ ग्रहण पछि नवनियुक्त चार्टर प्रेसिडेन्ट विनोद भारतीले अध्यक्षता गर्नुभएको थियो कार्यक्रमका प्रमुख अतिथि कीवानिज नेपालका वर्तमान गर्भनर मोहन लम्सालले बालबालिकाको क्षेत्रमा सामाजिक कार्य गर्ने तथा सहयोग पुग्ने बताउनु भयो ।कीवनिज़ अफ निलगिरी का प्रेसिडेन्ट भरत ढुंगेल ले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विगत देखि नै निजगढ संग अत्यन्तै निकट रहेको र आउँदा दिनमा किवनिज़ मार्फत अझ सामिप्यता रहने बताउनुभयो ।

कार्यक्रममा कीवनीज़ डिस्ट्रिक नेपालका मास्टर ट्रेनर संजीव पाण्डेले ओरेन्टेशन क्लास दिनुभएको थियो। किवनीज़ संस्थाको बारेमा बताउँदै यसले विशेष गरी बालबालिका को क्षेत्रमा काम गर्ने बताउनु भयो । कार्यक्रममा कीवनिजको उद्देश्य क्लबका सेक्रेटरी पवन श्रेष्ठ ले बुँदागत रुपमा पढेर सुनाउनु भएको थियो।कार्यक्रममा अध्यक्ष तथा पदाधिकारी सदस्यहरुलाई गर्भनर मोहन लम्सालले पिन हस्तान्तरण तथा सपथ ग्रहण समेत गराउनु भएको थियो ।

किवानिज ईन्टरनेशनल निजगढको अध्यक्षमा विनोद भारती, प्रेसिडेन्ट ईलेक्ट प्रेसिडेन्ट दिपेन्द्र श्रेष्ठ, सचिब पवन श्रेष्ठ, कोषध्यक्ष खड्ग प्रसाद उप्रेती रहेका छन् । त्यसैगरी सदस्यहरु भरत ढुंगेल (लालबन्दी),प्रकाश रिमाल (काठमाण्डौ),रामचन्द्र जैसवाल, बिनोद कु. खरेल,निर्मला भारती,बिदुर खड्का,विकास लामा,खड्गराज मैनाली, रन्जन लामिछाने , नवराज लामा, नबराज गौतम, सुदिप तिमल्सिना,आकृति गौतम, सुस्मा भण्डारी , विकल्प भारती, बिराज भारती, र सविना राउत रहेका छन् ।
किवानिज ईन्टरनेशनलको नेपालमा ८६ क्लबका २००० भन्दा बढी सदस्य रहेको कार्यक्रममा बताईएको थियो । कार्यक्रमको सहजिकरण क्लवका कोषाध्यक्ष खडग प्रसाद उप्रेतीले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका निजगढ नगर सभापती महेशी कुमर, नेपाल पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम , फोटो पत्रकार महासंघका बारा अध्यक्ष जीतलाल श्रेष्ठ,जनता टेलिभिजन बाराका समाचारदाता उमेश सुनार ,एभिन्यूजका बारा समाचारदाता ईन्दिप कोईराला लगायतको उपस्थिति रहेको थियो ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका त्रिभुवननगर स्थित प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन भएको छ । शुक्रवार एक समरोहका बीच प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन गरिएको उक्त भवनको २०७६ साल जेष्ठ ६ गतेबाट निर्माणकार्य सुरु गरिएको थियो । २ करोड ७० लाख रुपैयाँको लागतमा निर्माणकार्य सम्पन भएको भवन निर्माणको जिम्मा लामा कन्स्ट्रक्सन प्रालिले लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दियो ।
उक्त भवनमा कार्यालय, आवास गृह तथा मेशका लागि आवश्यकता अनुसारको कोठाको व्यवस्था गरिएको साथै खानेपानीको समेत समुचित व्यवस्था गरिएको सर्लाही प्रहरिले जनाएको छ ।
नेपाल भारत सिमा नजिकै रहेको उक्त चौकीको उद्घाटन गर्दै प्र.ना.म. रंजितकारले प्रहरीप्रति आमनागरिकको आस्था, विश्वास र भरोसाको साथै राष्ट्रको प्रतिष्ठा समेत जोडिएकाले प्रहरी कर्मचारीले आफ्नो व्यवसायीकता प्रदर्शन गर्दै सदैव ईमान्दार, कर्तव्यनिष्ठ र उच्च मनोबलका साथ कार्य गर्नुपर्ने बताए । सर्वसाधारणहरुको जिउ धन को सुरक्षाका लागि नै नेपाल प्रहरी खटिएको उनले बताए ।
कार्यक्रममा सर्लाही प्रहरी प्रमुख एसपी संतोष सिंह राठौर, सशस्त्र प्रहरी प्रमुख गंगाराम श्रेष्ठ, ब्रह्मपुरी गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय समाजसेवी, भद्रभलादमी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
रौतहटमा मानव अधिकार अनुगमन समिति गठन गरिएको छ । जिल्लामा पछिलो समय मानव अधिकार उल्लंघनका घटना बढेको र दोषी उन्मुक्ति पाउन थालेपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि ७ (सात) सदसीय जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन गरिएको छ ।
रास्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि अर्थात मानव अधिकार अधिकृत मनमाया राणाको विशेष उपस्थितीमा नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालय गौरमा शुक्रवार बसेको बैठकले उक्त समिति गठन गर्ने तथा पदाधिकारी चएन गर्ने निर्णय गरेको हो । बैठकबाट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई चएन गरिएको छ । अध्यक्ष झाको संयोजकत्वमा गठित मानव अधिकार अनुगमन समितिको सदस्यहरुमा नेपाल वार एसोसिएसनका जिल्ला अध्यक्ष राजाराम यादव, गैर सरकारी संस्था महासंघका अध्यक्ष रामपुकार यादव लगाएतलाई सर्वसहमतिले चएन गरिएको छ ।
जिल्लामा केही दिनयता घरेलु हिंसा, बलात्कार, यौन दुव्र्यवहार, वालविवाह, गालीगलौज, कुटपिट लगाएतका घटनामा वृद्धि भएको छ । यस्ता घटनाका दोषी कार्यवाहीको भागिदार हुनुपर्नेको सट्टा उन्मुक्ति पाउने गरेको र पिडितले न्याय नपाउने प्रवृति बढेको छ । तर अब कुनै पनि घटनाका पिडितलाई जसरी पनि न्याय दिलाउने र पिडक अर्थात दोषीलाई कानुनी कार्यवाही गर्नका लागि दवाव सृजना गर्ने काम यो गठित समितिले गर्ने नवगठित समितिका संयोजक एवं पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले बताए ।
जिल्लामा अब कुनै पनि घटना भए घटनास्थल पुगेर अनुगमन गर्ने र सत्य तथ्य पता लगाउने, पैरवी गर्ने, त्यसको पुर्ण विवरण सहितको प्रतिवेदन सम्बन्धित ठाउँमा पठाउने काम आफुहरु गर्ने मानव अधिकार अनुगमन समितिका संयोजक झाले बताए ।
कुनै पनि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कार्यवाही र पिडितलाई न्याय दिलाउनका लागि दवाव सृजना गर्ने काम आफुहरु गर्ने भएको हुँदा अबदेखी कुनै पनि अपराधीले अपराध गरेर उन्मुक्ति पाउन नसक्ने उनले बताए ।
राष्ट्रिय शक्ति नेपाल जिल्ला शाखा सर्लाहीले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा लागू हुनु नहुने भन्दै त्यसको विरोधमा लालबन्दीमा बिहीबार दिउँसो बिरोध जुलुस निकालेको छ ।
‘एमसिसि धोका हो, देश बेच्ने पक्का हो’ लगाएतको एमसिसिको विरुद्धमा बिभिन्न किसिमका नाराहरु लेखिएका प्लेकार्ड सहित निस्किएको ¥याली लालबन्दी बजारको साझा संस्थादेखि डुमडुमे मन्दिरसम्म पुगेको थियो । जिल्ला शाखाका पदाधिकारी लगायत महिला समितिका सदस्य तथा अन्य जिल्लाका प्रतिनिधिहरु सम्मलित जुलुस अकलेश्वर महादेव मन्दिर (डुमडुमे) परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो ।
विरोध जुलुसमा सहभागी भएका बक्ताहरुले एमसिसि को बारेमा आ–आफ्नो धारणा राख्दै त्यसको विरोध गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ताहरु अन्जु कुमारी थपलिया, शंकर चौरसिया लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको महिला अभियानको महिला समिती सदस्य संगीता दाहालले जानकारि दिनुभयो ।
बारा : बाराको जितपुर सिमरा उपमहानगरपलिका–२२ की ११ वर्षीया बालिका सुनिता सुनार ३ दिनदेखि बेपत्ता छिन्।
घरमा आएकी एक अन्जान महिलाले पसल लैजान्छु भन्दै लगेर सुनारलाई बेपत्ता बनाएको सिमरा प्रहरीले जनाएको छ।
घटनामा संलग्नको आरोपमा सिमरा प्रहरीले बालिकाको मामाको छोरा पर्ने गणेश विकलाई पक्राउ गरेको छ।
विकले विवाह गर्न भनेर लिएर गएको महिलाले बालिकालाई बेपत्ता बनाएकोले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।
अनुसन्धानको क्रममा हेटौंडा–११ ठेगाना खुलेको अन्दाजी १८-१९ वर्षकी विमला मगर नाम बताउने किशोरीले साउन १९ गते मंगलबारबाट बालिकालाई बेपत्ता बनाएको डिएसपी कुँवरले बताए।
उनले हेटौंडा लगायत विभिन्न स्थानमा बालिकाको खोजी भइरहेको बताएका छन्।
कसरी हराइन् बालिका ?
प्रहरीले पक्राउ गरेको गणेश विक पेसाले सहचालकको काम गर्छन्। सोही क्रममा उनले केही दिनअघि चितवनको मुग्लिनमा खाना खाने क्रममा ती महिलालाई भेटेका थिए।
आफूले दुई दिनदेखि खाना नखाएको भन्दै ती महिलाले खाना मागेपछि विकले आफूले पकाएको खाना ती महिलालाई पनि दिएका थिए। खाना खाएपछि ती महिलाले अमलेखगञ्ज जान हिँडेका विकलाई आफू पनि त्यतै जाने भन्दै साथ लागेकी थिइन्।
डिएसपी कुँवरको अनुसार दुईदिनसम्म ती महिला र विकसँगै बसेका थिए। त्यसपछि विकले ती महिलासँग विवाह गर्ने भन्दै साउन १८ गते बालिकाको घरसँगै रहेको बालिकाको ठूलीआमा पर्नेको घर महिलालाई लिएर गएका थिए। सो दिन उनीहरु बालिकाकै घरमा बसेको प्रहरी नायव उपरिक्षक कुँवरको भनाइ छ। भोलिपल्ट अर्थात १९ गते मंगलबार बिहान ११ बजेतिर महिलाले बालिकालाई पसल लैजान्छु भन्दै लिएर गएकी थिइन्।
तर हालसम्म उनले बालिकालाई घर नफर्काएको र उनी आफैँ पनि बेपत्ता भएको कुँवरले बताए। महिलालाई लिएर गएका विक भने सिमरा प्रहरीको थुनामा छन्।
बालिका बेपत्ता भएकै दिन ती महिलालाई बालिकासँगै उनको छिमेकीले हेटौंडाको बसपार्कमा पनि देखेको हुनाले मकवानपुर प्रहरी र सिमराको प्रहरी टोलीले बालिकाको खोजी गरिरहेको छ।
भुमि ब्यवस्था आयोग खारेजीको बिरुद्धमा वडाध्यक्ष सहितका लालबन्दीका भुमिहिनहरुले रिले अनसन सुरु गरेका छन ।
सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर ६ का वडाध्यक्ष एवं युवा समाजसेवि उज्वल कुमार कार्कि सहितका वडावासि रिले अनसनमा बसेका हुन । वडा नम्बर ६ मा रहेको जनवादी चोकमा ऐलानी जग्गाबाट माटो लगी हिन्दु परम्परा अनुसार भुमि पुजन गरि अनसन सुरु गरिएको अनसनमा बसेका सरोज खतिवडाले बताउनुभयो ।
यसै सेरोफेरामो वडाध्यक्ष एवं जुझारु युवा समाजसेवी उज्वल कुमार कार्किसँग अनसनका बिषयमा पत्रकार क्षितिज बिश्वकर्माले गर्नुभएको कुराकानी :
तपाईँहरुको अनसन के का लागी हो ?
बिसौँ बर्षदेखि नेपाली जनताहरु देशैभरि अब्यवस्थित ऐलानी, पर्ति जग्गामा भुमिहिन सुकुम्वासिहरु थुप्रै हुनुहुन्छ, उनिहरुलाई ब्यवस्थापन गर्न भनेर नेपालमा पटक पटक कहिले सुकुम्वासि आयोग, कहिले भुमी ब्यवस्था आयोग, कहिले के, कहिले भनेर आयोगहरु बनिरह्यो । तर यो पटक दुई तिहाईको सरकारको पालामा देवि ज्ञवालीको नेतृत्वमा बनेको जुन शक्तिशाली आयोग थियो, जुन आयोगले हाम्रो सर्लाही जिल्ला र लालबन्दी नगरपालीकामा पनी आएर लगत संकलन गरेको र अब कम्प्युटर ईन्ट्रि हुने अवस्था र लगभग अब बारिमा गएर नाप जाँच गरेर पुर्जा बितरण गर्ने अन्तिम चरणको काम भनौँ ८० प्रतिशतको काम सक्किएर २० प्रतिशतको काम मात्रै बाँकी रहकोे अवस्थामा नेपाली कांग्रेसको सरकार जो माओवादी केन्द्रसँगको गठबन्धनबाट बन्यो यसपश्चात हाम्रो आशा भनेको एमाले सम्बद्ध साथीहरु जो भुमि आयोगमा प्रतिनिधित्व गर्नुहुन्छ, उहाँहरुको ठाउँ खाली गरेर उहाँहरुले आफ्नै कार्यकर्ता राखेर भएपनी नेपाली जनताको समस्या हल गर्दिएको भए हुने भन्ने हाम्रो आशय हो ।
०६२/६३ को आन्दोलनमा तेत्रो लाखौँ भारतीय नागरिकलाई डोकोमा हालेर नागरिकता बाँडियो, तर आज लगभग सय बर्ष हुन लागीसक्यो नेपाली जनता भुमिहिन भएर बसेको, पुर्जा बिहिन जनता, लालपुर्जा बिहिन जनतालाई एउटा लालपुर्जा दिने काम भईरहँदा त्यो लगभग अन्तिम चरणमा पुगेको कामलाई पुरै ध्वस्त पारेको हुनाले त्यसको बिरुद्धमा हामि रिले अनसनमा बसेका हौँ ।
हामि भनेको ?
हामि भनेको खासगरि लक्षित बर्ग भनौँ न, जो चैँ ऐलानी जग्गावालाहरु नै हो । त्यसमा पनी वडा नम्बर ६ को सन्दर्भमा जहाँ ८० प्रतिशत जग्गाहरु ऐलानी छ, त्यसको सुरुवाती आन्दोलनको काम चैँ वडा नम्बर ६ ले ग¥यो भनेर बुझौँ । तर यो कुरालाई चैँ हामिले अब देशभरिबाटै ऐक्यवद्धता जुटाउँदै बृहत आन्दोलनको रुपमा लैजान्छौँ ।
केहि समय अगाडि थालीएको हस्ताक्षर संकलन अभियान ?
हस्ताक्षर संकलन अभियान मार्फत संकलीत हस्ताक्षर सिडियो कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय पठाउने कुरा थियो तर हस्ताक्षर अभियानकै बिचमा लाखौँ भुमिहिनको भावना बिपरित सरकारले आयोग नै खारेज गरेपछि हामि अनसनमा बसेका हौँ ।
नेपालमा लालबन्दी नगरपालीका मलाई लाग्छ सर्लाही जिल्लामा सबैभन्दा बढि सुकुम्वासि बसोवास गर्ने नगरपालीका हो । हजारौँ जनताहरुले पाउनुपर्ने जुन जग्गाधनी पुर्जा हो, त्यो पाउने पाउने अवस्थामा पुगी सकेको अवस्थामा सरकारले आयोगनै खारेजी गरेपछि सबैभन्दा चोट परेको ठाउँ चै लालबन्दी हो भन्ने मलाई लाग्छ ।
तपाईँहरुको माग खारेज गरिएको आयोगको पुनःस्थापना मात्रै हो ?
हाम्रो माग चाहिँ खासगरि हामिलाई लालपुर्जा चाहिएको हो । आयोग खारेज गरोस अथवा आयोग पुनःस्थापना गरोस अवथा एमालेको देवि ज्ञवालीको नेतृत्वमा जग्गा नापोस्, वा पुर्जा बितरण गरोस अथवा कांग्रेको कोहि मान्छेको नेतृत्वमा पुर्जा वितरण गरोस तर हाम्रो काम होस्, भईरहेको कामलाई ध्वस्त पार्नु भएन । के अब फेरि गाउँमा जाने ?, जग्गाको फोटो खिच्ने ?, जग्गा नाप्ने ? यसरि जनताले पटक पटक दुःख पाएको हुनाले पनी हामिले अनसन बस्नु परेको हो ।
जनप्रतिनिधि भएर पनी किन त सडकमा ?
जनताको पक्षमा, जनताको अधिकारका लागी लोकतान्त्रिक बिधि पद्धतीबाट जनताको पक्षमा वकालत गर्नै प¥यो । सबैले डोजर किनेर मात्रै पनी त भएन नि फेरि ।
पछिल्ला दिनहरुमा वडा, नगर तथा देशमा भईरहेको सार्वजनिक चासो र सरोकारका मुद्धाहरुमा वडाध्यक्ष कार्कि जनता सँगै सडमा उत्रिने गरेका छन् ।
मंगलवार दिउँसो लालबन्दीका युवाहरुले डिभिजन बन कार्यालय सर्लाहीमा बिरोधको कार्यक्रम सहित ज्ञापनपत्र बुझाएका छन ।
सर्लाहीको लालबन्दी नगरपालीकामा पर्ने लालबन्दी साझेदारि बनको केहि समय अघि गठन गरिएको समिती अवैधानीक भन्दै युवाहरुले खारेजीको माग गरेका हुन । लालबन्दीका कुनै पनी ब्यक्तिलाई जानकारि नै नदिई कबिलासि गाउँपालीकाको कुनै कोठामा समिती गठन गरिएको भन्दै युवाहरुले डिभिजन बन कार्यालय लालबन्दीको गेटमा केहि समय नारावाजी गर्नुका साथै त्यहाँका प्रमुख माधव प्रसाद देवलाई बिभिन्न माग सहितको ज्ञापनपत्र बुझाएका थिए ।
लालबन्दी नगरपालीका वडा नम्बर ६ का वडाध्यक्ष एवं लालबन्दीका सक्रिय युवा समाजसेवी उज्वल कुमार कार्किको नेतृत्वमा पुगेका युवाहरुले अध्याँरो कोठामा झ्याल ढोका बन्द गरेर केहि सिमित व्यक्तिलाई मात्र राखी वनसङ्ग तालुक राख्ने व्यक्ति तथा स्थानीयलाइ जानकारी नै नगराइ कबिलासी गाउँपालिकामा कथोकथित भेलाबाट समिति गठन गरिएको प्रति आक्रोश पोखेका थिए । उनिहरुले ‘लालबन्दी साझेदारि बनको संरक्षण गर्ने हामि, भेल, बाढि र डढेलोको चपेटामा पर्ने हामि, बन्यजन्तुको प्रकोपमा परेर पनी जंगल जोगाउने हामि तर हामिलाई नै जानकारि नदिई समिती गठन किन गरियो’ भन्दै प्रश्न उठाएका थिए ।

युवाहरुले नवगठित अवैधानिक व्यवस्थापन समिति खारेजी तथा जङ्गल श्रेत्रमा रहेका किसानहरुको वालिनाली संरक्षणको माग सहित डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख देवलाई ज्ञापन पत्र बुझाएका छन ।
यहि साउन १३ गत्ते बुधवार कविलासि नगरपालीका ७ मा रहेको गैर माविमा बसेको भेलाले जनता समाजवादी पार्टीका युवा नेता अजय यादवलाई लालबन्दी साझेदारि बन ब्यवस्थापन समितीको अध्यक्षमा निर्विरोध चुनेको थियो । उक्त भेलामा प्रदेश नं २ का मामिला सभापती तथा प्रदेश नं २ का प्रदेश सभा सदस्य अशोक यादव, डिभिजन वन कार्यलय प्रमुख माधव प्रसाद देव लगायत साझेदारी वन व्यवस्थापनका सदस्यहरूको उपस्थिती रहेको बताईएको छ ।
नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हरिपुर्वा नगरपालीकामा प्रथम भेला सम्पन भएको छ । हरिपुर्वा नगर सेक्रेटरि शम्भु साहको संयोजकत्वमा भेला सम्पन्न भएको हो । भेलाले ३० सदसिय नयाँ नगर कमिटि गठन गरेको छ ।
भेलाको प्रमुअ अतिथी मिसन साही र बिशिस्ट कमल शुस्लिङ, किसान महासंघका केन्द्रिय सदस्य किशनदेव सर्मा, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य एवं हरिपुर्वा नगरपालीका ईन्चार्ज राम पुकार राम, ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष राम प्रसाद महतो, उमेश कुमार महतो, चन्द्रनगर गाउँपालीकाका सेक्रेटरि जुमराती मन्सुरि, जनपत्रकार संगठनका सर्लाही जिल्ला संयोजक राजे पाठक, अखिल क्रान्तिकारि रौतहट संयोजक अभिशेक साही, महिला नेतृ सिकिलीयादेवि, नेकपा नेता बलराम सहित स्थानियको उल्लेख्य उपस्थिती रहेको थियो ।
त्यसैगरि भारतीय एस.एस.बि.द्वारा दार्चुलाका नागरिकको हत्याको बिरोधमा बिप्लव नेतृत्वको नेकपाले बशतपुरमा बिरोध कार्यक्रम गरेको छ ।
नेकपाको जिल्ला कमिटिको आयोजनामा २ किलोमिटर सम्म ¥याली निकाली बशतपुर बजारमा पुगेर बिरोध ¥याली कोण सभामा परिणत भएको जनपत्रकार संगठन नेपाल सर्लाहीका संयोजक राजेश पाठकले जानकारि दिनुभयो ।