बारा (निजगढ) : बाराको निजगढ ८ बजारस्थित निजगढ सिटी हस्पीटलमा शनिबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा करिब दुई सय ४० जनाको परीक्षण गरिएको छ ।
शिविरमा भरतपुर तथा वीरगञ्जका जनरल फिजिसियन, जनरल सर्जन, बालरोग विशेषज्ञ, नाक कान घाँटी रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, हाड जोर्नी नसा रोग विशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण र उपचार गरेका हुन् ।शिविरमा फिजिसियन डा. अनिल कुमार साह, सर्जन डा. दिपेन्द्र मल्लिक, हाड जोर्नी नसा रोग विशेषज्ञ रुपेश झा, नाक कान घाँटी रोग विशेषज्ञ डा. विकास पाण्डे, मुटु रोग विशेषज्ञ डा. जीतेन्द्र मिश्रा, बालरोग विशेषज्ञ डा. ब्रजेश चौधरी, डा. एलिस खड्का सहभागि थिए ।
निजगढ सिटी हस्पीटल र कामना सेवा बैंक आयोजक रहेको सह- आयोजक लायन्स क्लव अफ निजगढ सिटी थियो भने पोखरी रिसोर्ट, होटेल रूद्राक्ष, र चङके रेस्टुरेन्ट लगायतले सहयोग गरेका थिए । विहान ११ बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन गरिएको थियो ।बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा नगरवासीले आफ्ना स्वास्थ्य समस्याहरुको परीक्षण गराएर सेवा लिएको बैंकका कामना विकास बैंक निजगढ शाखा प्रमुख प्रविन बर्तौलाले बताए ।
लायन्स क्लव अफ निजगढ सिटीका प्रेसिडेन्ट मणीश्वर घिमिरेले स्वास्थ्य सेवा क्षेत्रमा सेवा दिन क्लबले पनि सहकार्य गर्न पाएको भन्दै आगामी असोजमा बृहत स्वास्थ्य शिविर गर्ने योजना रहेको जानकारी दिए ।नाक कान घाँटी रोग विशेषज्ञ डा. विकास पाण्डेले निजगढमा अझैं पनि स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार र उपकरणको अभाव देखिएकाले निजगढ बाहिर उपचार गराउन जानुपर्ने बाध्ययता रहेको उल्लेख गर्दै त्यसलाई हटाउन आवश्यक रहेको बताए । उनले विरामीलाई सेवा गर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिए ।
लायन्स क्लव अफ निजगढ सिटीका जोन चेयर पर्सन खड्गप्रसाद उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा क्लबले हस्पीटल, होटल र डाक्टरलाई सम्मानपत्रले सम्मान गरेको थियो ।कार्यक्रममा लायन्स क्लव अफ निजगढ सिटीका प्रेसिडेन्ट मणीश्वर घिमिरे,रिजन चियर्स पर्सन महेश न्यौपाने, पाष्ट प्रेसिडेन्ट मनोज रेग्मी, भाइस प्रेसिडेन्ट गोपाल रिसाल, सेकेण्ड भाइस राजेन्द्र सापकोटा, थर्ड प्रेसिडेन्ट दिलिप यादबस, सचिव मोहन राउत, सदस्य दीपा सापकोटा, पुजा सापकोटा, खड्गराज मैनाली, अनिश पोखरेल, नविन खनाल, उमेश खड्का लगायत र पत्रकार महेश्वर अधिकारीको समेत सहभागि थियो । त्यसैगरि कार्यक्रममा लायन्स क्लब अफ चावेलका रिजन चेयर पर्सन महाबीर रिसालको समेत उपस्थिति रहेको थियो ।
शिविरमा सम्पुर्ण प्रकारका स्वास्थ्य परीक्षण सेवा निःशुल्क गरिएको छ । त्यस्तै सिबिसी, आरबिसी प्रयोगशाला जाँच सेवा निशुल्क, डाक्टरको सिफारिसमा भिडियो एक्सरे सेवा निशुल्क, सुगर तथा प्रेसरका औषधिहरु निशुल्क र साथै विविध स्वास्थ्य परामर्श सेवा दिईएको शिविरको सहकार्य गरेको होटल पोखरी रिर्सोटका अनिश खड्काले जानकारी दिए ।
असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे भनाइ नेपाली समाजमा लाेकप्रिय रहेकाे छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलाे पर्वकै रुपमा मनाउने गरिन्छ । अाज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ ।
वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसकाे साँस्कृतिक मात्रै नभर्इ वैज्ञानिक महत्व पनि ठूलाे छ ।
हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा. विष्णु दाहाल बताउछन् ।
साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि दुधबाट बनेको पाेषिलाे खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि याे खाने प्रचलन बसेकाे बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खिर खाने गरेको पाइन्छ ।
हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पाेषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै माैसमी फलफूल र मसला पनि खाने गरिन्छ ।
सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेकाे छ । दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेकाे जानकारहरु बताउँछन् ।
सर्लाहीमा कुटपिट तथा ज्यान मार्ने उद्योगका आरोपी प्रहरीको हिरासतबाटै फरार भएका छन् । फरार हुनेमा जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न-३ सुन्दरपुरका २५ वर्षीय कमलेश यादव रहेका छन् । यादवलाई बुधबार स्थानीय दुईजना युवतीलाई भारत तर्फ भगाएर लाँदै गरेको अवस्थामा युवतीका अविभावकले समातेर प्रहरी चौकी सुन्दरपुरको जिम्मा लगाएका थिए । आरोपी यादव सोही राती करिब ८ बजेको समयमा प्रहरी हिरासतबाट फरार भएका हुन् ।
हिरासतबाट भागेका कमलेश सहित सुन्दरपुरका मुन्ना भन्ने चन्दन यादव, फेकु भन्ने रंजित यादव, संतोष यादव र रौशन यादव बिरुद्ध सुन्दरपुरकै कुन प्रसाद साहको छोरा कृष्ण कुमार साहलाई ज्यान मार्ने मनसायले निर्घात कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मुद्दा दर्ता गरिएको छ । पिडित कृष्ण कुमार साहका दाइ जयनारायण साहका अनुसार २०७७ साल जेष्ठ २६ गते राती करिब १२ बजेको समयमा स्थानीय सुशील साहको घरबाट बिहेको भोज खाएर फर्किरहेको अवस्थामा आरोपित युवकहरु लगायत ८-१० जनाको समूहले पिडित कृष्णलाई बाटोबाटै अपहरण गरि लखनदेही खोला नजिक लगेर मरणासन्न हुने गरि निर्घात कुटपिट गरि सोही खोलामा फालेर भागेका थिए । गाउँकै केही स्थानीयबासीहरुले कुटपिटबाट शरिरभरी गहिरो घाउ लागेको र खुट्टा भाँच्चिएको अवस्थामा पिडितलाई खोलाबाट उद्धार गरि तत्कालै सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पुर्याएको पिडितका दाइ जयनारायणले बताए ।
मुद्दा दर्ता गराएको १२ महिना भन्दाबढी भइसकेको छ। प्रहरीले हालसम्म एकजना आरोपीलाई पनि पक्राउ गर्न सकेको छैन । बल्लबल्ल आरोपीहरु मध्येको एकजना पक्राउ परेपनि प्रहरीकै हिरासतबाट फरार भएका छन् ।
पक्राउ परेका कमलेशलाई भगाउनमा प्रहरी चौकी सुन्दपुरका इन्चार्ज एवं सई नन्दलाल यादवको हात रहेको पिडितका दाइ जयनारायणको आरोप छ ।
बिहिबार दिउँसो सुन्दरपुरबाट मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा आएका पिडित पक्षले डिएसपी माधव प्रसाद बुढाथोकीलाई भेटेर आरोपीहरु अहिले पनि काठमाडौमा बसेर त्यहीँकै पसलमा काम गरिरहेकाले उनीहरूलाई जतिसक्दो चाँडो पक्राउ गर्न र पक्राउ परिसकेका आरोपीलाई भगाउन मद्दत गर्ने सईलाई कार्यवाही गर्न आग्रह गरेका छन् । डिएसपी बुढाथोकीले ती आरोपीहरुलाई यथाशिघ्र पक्राउ गर्ने र पक्राउ परेका आरोपीलाई हिरासतबाट भगाउन मद्दत गर्ने सई बिरुद्ध विभागीय कार्यवाही गर्ने आश्वासन दिएको पिडितका दाजु जयनारायणले बताए ।
हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश र प्रदेश नं २ को सिमानामा रहेको ऐतिहासिक चुरियामाई सुरुङ्गमार्ग पुनर्निर्माणको शिलान्यास गर्नु भएको छ।
१०४ वर्ष लामो इतिहास रहेको सो सुरुङ्गमार्गको इतिहास जोगाउनु र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुनर्निर्माण गर्न लागेको बताउँदै मुख्यमन्त्री पौडेलले सो क्षेत्रलाई पर्यटन गन्तव्यको रुपमा विकास गरिने बताउनुभयो ।
पौडेलले सुरुङमार्ग निर्माण पछि यसले दुई प्रदेशको बीचमा पुलको रुपमा काम गर्ने बताउनुभयो साथै शिलान्यासभन्दा सम्पन्नताले महत्व राख्ने भएकोले आउँदो नववर्षमा हिँड्न पाउने गरी काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नु भएको छ।
बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयालले सरकार सम्पदा संरक्षण गर्न सदैव तयार रहेको र निर्माण काममा पनि सरकारले वातावरण बनाउने भएकोले निर्माण कम्पनीले पनि आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनु भयो ।
मन्त्री फुयालले सुरुङ्ग निर्माणमा प्रदेश २ सरकारको पनि सहकार्य हुने विश्वास व्यक्त गर्नु भएको छ। १९८ मिटर लम्बाई ,२.५ मिटर चौडाई र ३ मिटर उचाइ रहेको सो सुरुङ्गको मर्मत कार्य २०७९ वैशाख १९ सम्म सम्पन्न गर्ने गरी बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय र माउन्टेन इन्फ्रा कम्पनीबीच सम्झौता भएको छ। पुरानो संरचना नबिग्रने गरि पुनर्निर्माण गर्न लागिएको सो सुरुङ्गमार्गमा पुरातात्विक विभागको पनि समन्वय रहेको छ।
बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा सहदेव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जे एन थपलिया , मकवानपुर जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबोल महत, भौतिक सचिव सञ्जीव बराल, संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश युवा परिषद उपाध्यक्ष सन्तोष चौलागाई लगायतको उपस्थिति रहेको थियो।


रौतहटको कटरिया नगरपालीकालाई फ्रि वाईफाई जोन घोषणा गरिएको छ । एउटै कार्यकालमा दोश्रो पटक नगरप्रमुखको कार्यभार सम्हालेका नगरप्रमुख शियाराम कुशवाहले बुधवार नगरलाई फ्रि वाईफाई जोनको रुपमा उद्धोष गरेका हुन ।
एक समारोहका बिच मेयर कुशवाहले आफ्नो मोबाईलबाट ईन्टरनेटको नेटवर्क एक्सेस गर्दै कोभिडको महामारिबाट प्रभावित बिद्यार्थीका लागी लक्षित गर्दै नगरभित्र फ्रि वाईफाई जोनको अवधारणा ल्याइएको बताए ।
फ्रि वाईफाई जोन संचालनमा आएपछि अहिले बिद्यालय जानबाट बञ्चित बिद्यार्थीका लागी अनलाईन कक्षामा सहभागी हुन तथा अन्य उमेर समुहका ब्यक्तिहरुका लागी ईन्टरनेटबाट अन्य विविध काम गर्न सहज हुने छ ।
अहिले नगरको ७ वटा वडामा ५४ ओटा राउटर राखेर ईन्टरनेटको ब्यबस्था गरिएको छ ।
हुम्ला : दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ।
नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो ।तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ गरेको एक सातामै जिल्लाको अदानचुलीबाट यत्रो सङ्ख्यामा तास खेल्नेलाई पक्राउ गरिएको हो।
नियमितरूपमा खेल्ने गरेको सूचनासँगै नियमित गस्ती गएको अवस्थामा श्रीनगरका वर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको श्रीनगर प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले जानकारी दिए।
उनका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्ति नै जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन्। दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो।
उनीहरुलाई केही समय नियन्त्रणमा लिएको भए पनि प्रहरीले सोधपुछ गरी अबका दिनमा यस्तो कार्य नगर्ने कागजसहित जरिवाना तिरेपछि घर पठाएको छ। पक्राउ परेका दुई वडाध्यक्षलाई अबदेखि तास नखेल्ने र नखेलाउने कागजसहित अदानचुली–३ का जनकबहादुर विष्टको जिम्मा लगाइएको छ। थाहा खबरबाट…
क्षितिज बिश्वकर्मा, लालबन्दी – प्रदेश नं. २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले नेपाल कृषि प्रधान देश नभई किसान प्रधान देश रहेको बताएका छन् । मन्त्री साहले गत आर्थिक वर्षको १० महिनामा नेपालीले ३२ अर्बको चामल किनेर खाएको प्रशंग जोड्दै त्यस्तो बताएका हुन ।
नेपाल कृषि प्रधान देश भएको भए सरकारले ३ प्रतिशत मात्र लगानी गथ्र्यो र भन्दै मन्त्री साहले प्रश्न पनी गरेका छन । सोमवार सर्लाहीको बागमती १० शंकरपुरमा आधुनिक कृषि यन्त्र (कष्टम ह्यारिङ्ग सेन्टर) स्थापनाको उद्घाटन गर्दै मन्त्री साहले अहिले पनि प्रदेशका २७ प्रतिशत जमिनमा मात्र सिंञ्चाई सुबिधा पुगेकाले सिंञ्चाईको व्यवस्था गर्नको लागि आफु लागी पर्ने उद्धोष गरे ।
मन्त्री साहले उद्घाटन गर्दै सेन्टरको स्थापनाले किसानको लागत मूल्यमा ३५ देखी ४५ प्रतिशत सम्म कमि आउने बिस्वास व्यक्तगरे । प्रबिधि र प्राविधिकलाई उपयोग गर्न सके मात्र कृषि क्षेत्र सवल बन्न सक्ने बताउँदै मन्त्री साहले यहाँका ८० प्रतिशत नागरिक कृषिमै आश्रीत भएकाले यसको बिकाशमा आफुले काम गरिरहेको बताए । मन्त्री साहले प्रदेश नं. २ मा ७ हजार सहकारी संस्था रहेकाले यसलाई उत्पादनको क्षेत्रमा लगाउन सरकारले लगानी गर्ने समेत बताए ।

किसानको खेतीपातीमा सहुलियत होस् भन्ने उदेश्यले प्रदेश २ सरकार कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाबाट ५० प्रतिशत अनुदानमा १७ ओटा आधुनिक कृषि यन्त्र ल्याएको साना किसान कृषि सहकारकी संस्था अध्यक्ष कमल कुमारी पोख्रेलले बताईन ।
२ करोड ७० लाख २२ हजार ९ सय ८४ रुपैया ७४ पैसाको लागतमा यन्त्र खरिद गरि कष्टम ह्यारिङ्ग सेन्टर स्थापना गरेको अध्यक्ष पोख्रेलको भनाई छ । जसमा निर्देशनालयले १ करोड ४० लाख २३ हजार ३ सय २५ रुपैया ६९ पैसा अनुदान दिएको छ । संस्थाले बाँकी रकम १ करोड २९ लाख ९९ हजार ६ सय ५९ रुपैया ५ पैसा लगानी गरेको अध्यक्ष पोख्रेलको भनाई छ ।
सेन्टरमा ६ थान ट्याक्टर, २ थाल पावर टेलर, २ थान माटो मिलाउने, २ थान मिनी टेलर, ५ थान मकै रोप्ने मेशिन, ५ थान टूली, १ थान कम्बाइन्ड हाबेष्टर, २ थान बोरा सिलाउने मेशिन, ४ थान रोटा भेटर, १ थान एम्बी प्लग, ४ थान डिक्स ड्यारो, ६ थान कल्टी भेटर, १ थान धानको बिउ राख्ने मेशिन, २ हजार थान प्लाष्टिक ट्रे, १ थान स्टार रिपर, १ थान धान रोप्ने मेशिन, १ थान रिपर एक र एउटा मेशिन राख्ने ट्रस्ट छ ।
सहकारी संस्थाले किसानलाई खेतपाती गर्नमा सहयोग पुगोस् भनेर कष्टम ह्यारिङ्ग सेन्टरको स्थापना गरेपछि शंकरपुरका किसान खुसि भएका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चन्द्रनगरमा प्रथम नगरभेला सम्पन्न भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालीकामा शनिवार पार्टिको नगरस्तरिय भेला सम्पन्न भएको हो ।
भेलाले १९ सदशिय नगरकमिटि चयन गरेको छ । जिल्ला सेक्रेटरि कमल सुस्लिङको प्रमुख आतिथ्यतामा भएको भेलाले जुमराती मन्सुरको संयोजकत्वमा कमिटि गठन गरेको हो । कमिटीमा गोबिन्द पासवान, राकेश कुमार महतो, शिवचरण माझि, बलराम महतो, राजकुमार महतो, मरु माझि लगाएत १९ जना छन ।
भेलामा सेक्रेटरि सुस्लिङ सँगै चन्द्रनगर गाउँपालीका ईन्चार्ज किशुनदेव शर्मा, जनपत्रकार संगठनका जिल्ला संयोजक राजेश पाठक लगाएत नगरवासिको उल्लेख्य उपस्थिती रहेको थियो ।
सर्लाहीमा नेकपा एमालेको दुई समूहले बिहिवार बेग्लाबेग्लै कार्यक्रम गरेर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाएका छन् ।
पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहले लालबन्दी नगरपालिका–१५, परवानिपुर बोहोरे डाँडामा निर्मित पुष्पलालको स्मृति पार्क परिसरमा सरसफाई एवं वृक्षारोपण कार्यक्रम गरेको छ भने अध्यक्ष केपी शर्मा ओली समूहले लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित जनज्योति सामुदायिक वन परिसरमा वृक्षारोपण गरेको छ ।
परवानिपुरको कार्यक्रम पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाहीका अध्यक्ष उद्धव पाठकको अध्यक्षता तथा नेपाल–खनाल समूह निकट जिल्ला कमिटी अध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेताहरु केशव ढुङ्गाना, सुरेन्द्र लामा, प्रदेश सभा सदस्य द्वोय बेची लुङ्गेली र डिल्ली प्रसाद उप्रेती, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर लगायतको आतिथ्यता रहेको थियो ।
नेपाल–खनाल समूहले पुष्पलालको स्मृति दिवस सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । सप्ताहव्यापी कार्यक्रमकै अवसरमा वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा बोहोरे डाँडामा निर्मित पुष्पलालको शालिक अनावरण गराइने प्रदेश सभा सदस्य एवं पार्टीकी जिल्ला कमिटी सचिव बेची लुङ्गेलीले जानकारी दिईन् ।

कार्यक्रमकै बिच पुष्पलाल स्मृति प्रतिष्ठानका जिल्ला अध्यक्ष पाठकलाई बिहिवार जन्मदिन परेको भन्दै खनाल नेपाल समुहका जिल्ला अध्यक्ष पन्त लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।
यस्तै, ओली समूहले जिल्ला कमिटीको आयोजनामा वृक्षारोपण कार्यक्रम गरेको छ । सो समूहका जिल्ला कमिटी अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा संविधान सभा सदस्य हरि उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित वृक्षारोपण कार्यक्रममा जिल्ला कमिटीका सचिव केदार खत्री, नेताहरु विदुर प्याकुरेल, राजकुमार उप्रेती, हरिवन नगरपालिकाका उपमेयर रेणुका पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

ओली समूहले पुष्पलालको स्मृति दिवसकै अवसरमा ५ जना वृद्धहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ । सर्लाहीमा एमालेका दुवै समूहले आफ्नो कमिटी नै आधिकारिक रहेको दावी गर्दै आइरहेका छन् । (उज्यालो अभियानसँगको सहकार्यमा)
सर्लाहीको मोहनपुरमा ३ बर्षकी बालीकाको पोखरिमा डुबेर मृत्यु भएको छ ।
भारतको सितामाढि पर्सा टोल घर भई हाल सर्लाहीको चन्द्रनगर गाउँपालीका ५ मोहनपुरमा बस्दै आएकी सकिला खातुनको छोरि अन्दाजी ३ बर्षकी मेहनाज खातुनको पोखरिमा डुबेर मृत्यु भएको हो ।
स्थानिय सोगारथ रायको पोखरिमा नुहाउन र कपडा धुन गएकी खातुनकी छोरिको सोहि क्रममा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।