२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

क्षितिज बिश्वकर्मा, लालबन्दी – कृषक आर्थिक रुपले सबल र समृद्ध नभई प्रदेश समृद्ध नबन्ने भएकोले प्रदेश २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री सैलेन्द्र प्रसाद साहले बताएका छन ।

विहीबार सर्लाहीको लालबन्दी नगरपालिका स्थित डुमडुमे महादेव मन्दिर अगाडी रहेको कृषि थोक बजार व्यवस्थापन समितिको प्रवेशद्वारको उद्घाटन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् । प्रदेश नम्बर २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउन प्रदेश २ सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर निति, कार्यक्रम तथा बजेट विनियोजन गरेको उनको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यहाँका किसानलाई जिल्ला बाहिरबाट बीउ ल्याएर खेती गर्नुपर्ने बाध्यता रहँदै आएको प्रदेश सरकारले महसुस गरेको र त्यस्तो अवस्थाबाट किसानहरुलाई छुटकारा दिलाउन अब चाँडै सर्लाही जिल्लामै बीउ उत्पादन तथा भण्डारण गर्ने व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले गरिरहेको समेत उनले बताए ।

प्रदेश सरकारको २५ लाख रुपैयाँ र बजार व्यवस्थापन समितिको १५ प्रतिशतको लगानीमा प्रवेशद्वार निर्माण गरिएको हो ।

कृषि ज्ञान केन्द्र सर्लाही मलंगवाले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर २ का सांसद सञ्चमाया मोक्तान, बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका नगरप्रमुख मानबहादुर खडका, कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव कुशवाहा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

सर्लाहीको परवानीपुरमा बुधवार साँझ बृहत बिरोध जुलुस निकालीएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको जनबर्गिय संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनले परवानीपुरमा सरकारको बिरोधमा राँके जुलुस निकालेको हो ।

अखिलका पुर्व केन्द्रिय सदस्य एवं हाल लाबन्दी नगरपालीका वडा नम्बर ६ का वडाअध्यक्ष उज्वल कुमार कार्किको संयोजकत्वमा भेला भएका करिव २०० जनाको समुहले परवानीपुरमा मसाल जुलुस निकालेको हो । सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १६ को बोहोरे डाँडा उक्लने फेदिमा जम्मा भएका बिद्यार्थी नेता तथा कार्यकर्ताहरुले माकुने चोर:देश छोड, माकुनेको पाराले : दुःख पायो साराले लगाएतका नारा लगाएका थिए ।

हातमा राँको लिएर परवानीपुर चोक बाट दक्षिण लागेको मसाल जुलुसलाई केहि समयमै अस्थायी प्रहरि पोस्ट परवानीपुरका असई बाबुराम भारती नेतृत्वको टोलीले बल प्रयोग गरि डिम जनता माबिको गेटमै रोकेको थियो । नेता माधव कुमार नेपालको सांकेतिक शवयात्रा सहित अगाडि बढेको जुलुसलाई प्रहरिले रोकेपछि शवको रुपमा बोकिएको पुत्ला जलाउँदै नारा जुलुस पश्चात कोणसभामा परिणत भएको थियो ।

अखिलको लालबन्दी कमिटिको आयोजनामा भएको जुलुसमा परवानीपुर, घारिबथान, लालबन्दी, मलंगवा लगाएतका स्थानबाट युवाहरुले सहभागीता जनाएका थिए । परवानीपुरको बोहोरेडाँडामा निर्मित शहिद पुष्पलालको शालिक बिहिवार नेता नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेकोले त्यसको बिरोधमा कार्यक्रम गरिएको बिद्यार्थी नेताहरुले बताएका छन ।

कम्युनिष्टको जन्मदाता एवं महान नेता पुष्पलालको शालिकलाई माकुने जस्तो अपवित्र र दलालहरुको सरदार, नेकपाको लागी कालो मान्छेले अनावरण गर्न आउन लागेको बिरोधमा तथा दलालहरुको सरकार गठबन्धनको बिरुद्धमा बृहत् मसाल जुलुस निकालीएको जुलुसका संयोजक एवं वडा नम्बर ६ का अध्यक्ष कार्किले बताउनुभयो । बिजय कुमार गच्छधार जस्ता भ्रष्टाचारि, आलम जस्ता ज्यानमारा अपराधी लगाएतको सपोर्टमा रहेको सरकारको बिरोधमा प्रदर्शन गरिएको कार्किको भनाई छ ।

https://www.youtube.com/watch?v=w9m4UUOSffI&t=90s

सर्लाहीको हरैयामा पोखरिमा डुबेर ३० बर्षका भुरकुर माझिको ज्यान गएको छ । मंगलवार राती करिव पौने ९ बजेको समयमा उनी पोखरिमा डुबि बेपत्ता भएका थिए ।

हरिपुर नगरपालीका ५ मा रहेको सार्वजनीक पोखरिमा स्थानिय रामपृत माझिका छोरा डुबेर बेपत्ता भएको भन्ने खबर पाएपछि ईलाका प्रहरि कार्यालय हरिपुरबाट र नेपाली सेनाको अगर्वा गणबाट गएको टोलीले जाल हानी शव निकालेका थिए । हरिपुरबाट गएको १५ जना प्रहरि र १९ जना नेपाली सेनाको टोलीले बुधवार करिव ११ बजेको समयमा पोखरिमा जाल हानी खोजतलास गर्ने क्रममा मृतकको शव भेटिएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि निरिक्षक कृष्ण गिरीले बताए ।

मृतकको मानसिक सन्तुलन ठिक नभएको परिवारले बताएका छन ।

सर्लाहीको परवानीपुरमा रहेको श्री डिम जनता माध्यमिक बिद्यालयका ३० जना छात्रालाई बुधवार साईकल बितरण गरिएको छ । प्रदेश २ को बेटि पढाउ, बेटि बचाउ अभियान अन्तर्गत ३० जना छात्राहरुलाई साईकल बितरण गरिएको हो ।

बिद्यालयका ८ कक्षा उतिर्ण गरेका र हाल कक्षा ९ मा अध्ययन गर्दै गरेका छात्राहरुका लागी साईकल बितरण गरिएको हो । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजु कुमार बुडाथोकीको सभापतीत्व एवं लालबन्दी नगरपालीका वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापाको प्रमुख आतिथ्यतामा स्थानिय समाजसेवी, बुद्धिजिवी, शिक्षा प्रेमि, राजनितीक दलका प्रतिनिधिहरु तथा बिद्यार्थी, अभिभावकको उपस्थितीमा ३० थान साइकल बितरण गरिएको हो ।

कार्यक्रमको संचालन शिक्षक चक्र बिश्वकर्माले गर्नुभएको प्रधानाध्यापक ध्रुव भण्डारिले जानकारि दिनुभयो ।

खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लालबन्दीको वुधवार छेठौं स्थापना दिवस सम्पन्न भएको छ ।

संस्थाको बाहुनी दोभान प्लान्ट लालबन्दी–१३ मा संस्थाका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १३ मा बाहुनी दोभान प्लान्टमा रहेको प्लान्टमा स्थापना दिवस पारेर बिभिन्न जातका वृक्षारोपण कार्यक्रम समेत गरिएको छ ।

खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष अधिकारिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यस क्षेत्रका पुर्व सांसद तथा बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु संगै उपभोक्ताहरुको सहभागीता रहेको थियो ।

लालबन्दीका ३० घर बिपन्न परिवारलाई बुधवार बाख्रा बितरण गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १३ र १७ का ३० घर बिपन्न परिवारका लागी बाख्रा बितरण गरिएको हो । लायन्स क्लब अफ लालबन्दी सिटी, लायन्स क्लब अफ लालबन्दी र लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको संयुक्त आयोजना ति दुई वडाका बिपन्न परिवारका लागी बाख्रा बितरण गरिएको हो ।

न्युन आर्जन भएका १३ र १७ नम्बर वडाका १५/१५ परिवारका लागी दुबै वडाको संयोजनमा १/१ ओटाका दरले बाख्रा बितरण गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका जोन चियर पर्सन राज कुमार न्यौपानेले जानकारी दिनुभयो ।

लायन्स क्लब इन्टरनेस्नलका पाष्ट काउन्सिल चियर पर्सन (पिएमसिसि) भरत प्रसाद ढुंगेलको विशेष पहलमा तथा वडा नम्बर १३ का वडाध्यक्ष शिवकृष्ण वैद्य र १७ का नवराज अधिकारीको रोहबरमा न्युन आय भएका बिपन्न परिवारको जिवनस्तर उकास्नका निम्ति बाख्रा बितरण गरिएको हो । बितरित बाख्राबाट उत्पादन भएको पहिलो बच्चा लायन्स क्लबमार्फत सोही स्थानका अन्य विपन्न परिवारलाई वितरण गरिने छ ।

हाललाई २ ओटा वडामा बाख्रा बितरण गरिएको भएपनी आगामि दिनमा अन्य वडाका बिपन्न परिवारका लागी पनि बाख्रा बितरण गर्ने योजना रहेको लायन्स क्लब अफ लालबन्दी सिटीका चार्टर प्रेसिडेन्ट दिपेन्द्र अधिकारी बताउँछन । उनका अनुसार लायन्स क्लबले वितरण गरेका बाख्राको बिमा गरिएको छ भने सम्बन्धीत वडा कार्यालयबाट पशु सेवा चिकित्सकको समेत व्यवस्था गरिएको छ ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मतदान गर्ने प्रक्रिया शुरु हुँदा राप्रपा भने तटस्थ बसेको छ ।

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले आफ्नो पार्टी तटस्थ बस्ने जानकारी दिएका हुन्। उनले अनुहार परिवर्तनले देशलाई निकास दिन्छ भन्ने विश्वास नभएको उल्लेख गर्दै सत्तासंघर्षको यो कुरुप दृश्यमा राप्रपा तटस्थ बस्ने बताएका हुन्।

लिङदेनले सत्तासंघर्षको राजनीतिले संविधान असफल भएको पुष्टि भएको बताएका छन् । ‘विश्वकै उत्कृष्ट संविधान भने पनि योझुट रहेछ, संविधानभित्र त छिद्रैछिद्र रहेछ, यसले संविधान असफल भएको प्रमाणित भएको छ, संविधानमात्रै होइन, ३० वर्षदेखि नेतृत्व गर्दै आएको पुस्तासमेत असफल भएको छ,’ उनले भने। उनले बालुवाटारलाई क्याटरिङ हाउस नबनाउन आग्रहसमेत गरे। प्रधान मन्त्री देउवा प्रति नेपाली जनताको कुनै ठूलो आकांक्षा नरहेको र गर्न सके राम्रो गर्नुहोस् नसके नराम्रो चाहिँ नगर्न आग्रह गर्दै बधाई समेत लिङ्देनले दिएका थिए ।

अदालत नपुग्न नै हामी काम गरिरहेका थियौँ। राष्ट्रपतिको आह्वान अनुरुप हस्ताक्षर लिएर गएका हौँ । तर त्यसमा अनेक बाहना र प्रतिनिधि सभा भंग गर्दै एक व्यक्तिलाई बचाउन अनेकन गर्छ भने त्यो क्षणिक हुन्छ भन्ने स्पष्ट छ’, उनले भने, ‘पाँच दलको गठबन्धनले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। राजनीतिक गम्भीर मतभेद छ। उज्जवल प्रकारको ऐतिहासिक परम्परा छ । जव प्रतिगमन र अन्य कुनै निर्दलिय कार्य हुन्छ भने यसमा हामी सहकार्य हुन्छ।’

आइतबार सर्लाहीको परवानीपुरका दलितहरुले राहत सामग्री प्राप्त गरेका छन ।

लालबन्दी नगरपालिका वडा नम्बर १६ का १३९ घर दलित परिवारले राहत स्वरुप खाध्यान्न सहयोग प्राप्त गरेका हुन । कोभिड १९ को माहामारिबाट प्रभावित दलित परिवारलाई चुजी फाउन्डेसन अफ ताईवानले चामल, दाल, मैदा लगायतको खाध्यान्न सामाग्री सहयोग गरेको हो ।

फाउन्डेसनको तर्फबाट अभियन्ता राजाराम पाश्वान्ले वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापा, अस्थायी प्रहरी पोस्ट परवानीपुरका असई बाबुराम भारती, शिक्षक चक्र बिश्वकर्मा लगायत स्थानिय राजनीतिज्ञ समाजसेवी लगायतको उपस्थितिमा राहत सामाग्री बितरण गरेका हुन ।

फाउन्डेसनले प्रती परिवारलाई ४१ किलोका दरले खाध्यान्न सामाग्री बितरण गरेको हो ।

समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो ।

प्रजातान्त्रिक उद्यौगीक कारखाना श्रीमक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोलेलगायत प्रजातान्त्रिक औद्योगीक श्रमिक संगठनको केन्द्रीय कमिटिको संयोजकत्वमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

समाजवादी ट्रेडयुनियन महासंघ नेपाल स्वतन्त्रको केन्द्रीय अध्यक्ष नवराज दाहालसहित अन्य पदधिकारीहरूको उपस्थिति स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

सो अवसरमा श्रमिकहरूको पनि हक र हित र श्रमिकको निमित सदैव खटेर डटेर सेवा गरिरहने अध्यक्ष गोलेले बताउनुभयो ।उहाँले देशैभरिका श्रमिकहरूको निमित राम्रो भूमिका खेल्नेका लागि वर्तमान सरकारले समन्वय गर्न उहाँले आग्रह गर्नुभयो । देशैभरिका लाखौ श्रमिकहरूको आवाजलाई वेवस्ता गरिए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि उहाँले दिनुभयो ।

लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण आज हुँदैछ । रेल खरिद गरी ल्याइएको १० महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि रेल्वे ट्रयाकमा आइतवार ‘ट्रयाक स्पीड’ परीक्षण गरिने जानकारी दिनुभयो ।

उहाँकाअनुसार भारतको इस्ट–सेन्ट्रल रेल्वे कम्पनीको डिजल लोकोमोटिभ रेल आज प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट जनकपुर आइपुग्ने छ र जनकपुरबाट प्रतिघण्टा १२० किलोमिटरको गतिमा जयनगर फर्किने छ ।

रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न सबैलाई सार्वजनिक सूचना गर्नुका साथै जनकपुरदेखि भारतको सिमानासम्मको रेल्वे लिकको वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।