२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

क्षितिज बिश्वकर्मा, लालबन्दी : प्रकृतिले शीतलता छर्ने महिना श्रावण । हुस्सुको पातलो आवरण हरिया जंगलहरुमा हावाको तालसँगै रंगमगाउँदा सुन्दर संगीत ध्वनित हुन्छ । यसै महिनामा सत्यम् शिवम् सुन्दरम्को भाव छचल्किन्छ नेपालका पहाडी पाखाहरुमा । अनि प्रकृतिको सौन्दर्यसँगै गुञ्जन्छ एक प्रकारको शालीन मौनता । अनि साउन रंगिन्छ मानवका सुकुमार भावहरुसँगै बतासिएर ।

हो, प्रकृतिले नै सुन्दर अनि शीतल तुल्याएको साउन देवाधिदेव महादेव शिवको समेत प्रिय महिना हो । संस्कृतको श्रावण महिना अपभ्रंश भएर नेपालीमा साउन भएको हो । शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ ।

श्रावण महिना धार्मिक सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको छ । सूर्यको दक्षिणायन आरम्भ हुने, वर्षा ऋतु सुरु हुने र सूर्य कर्कट राशिमा विचरण गर्ने यस महिनाका प्राकृतिक विशेषता हुन् । मानवजीवन र प्रकृतिबीच घनिष्ट सम्बन्ध भएकाले सबै मानवका लागि यस महिनाको महत्व छ । त्यसमा पनि कृषिनिर्भर जीवन भएका र सनातन धर्मावलम्बी हामी नेपालीलाई श्रावण महिनाको महत्व बढी नै रहेको छ ।

यहि महिना हो देशका धेरै शिव मन्दिरहरु मध्ये रौतहटको पर्यटकिय क्षेत्र नुन्थरमा लाखौँ भक्तजन पुग्ने महिना । पूर्व–पश्चिम राजमार्गको बागमती खण्डबाट झण्डै २ किलोमिटर उत्तर थोरै पहाड चढेपछि नुनथर क्षेत्र पुगिन्छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका १ स्थित १६ हेक्टर क्षेत्रमा फैलिएको यो स्थानको दक्षिण खण्डको कुवाको पानी नुनिलो छ । चुरेफेदको पानीका मूलहरूमध्ये नुन मिसिएको मिठासयुक्त अन्यत्र पाइएको छैन । १ सय वर्षभन्दा बढी पुरानो शिव मन्दिर र त्यँहाको नुनिलो पानीका कारण यो क्षेत्र धार्मिक र पर्यटकीय महत्त्वले प्रख्यात छ । यही पानी नबिराई दुई वर्षसम्म खाएमा कुष्ठरोग चर्म रोग निको हुने जनविश्वास छ ।

आफ्नै किसिमको मान्यता बोकेको विषयवस्तुले गर्दा निकै प्रसद्धि छ नुन्थर । छिमेकी जिल्लाहरु सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, मकवानपुरका मानिसहरू यहाँ घुम्न आउछन । उनीहरू दिनभर घुमफिरमा व्यस्त हुन्छन । विवाह, ब्रतवन्ध, नयाँ वर्ष मनाउन, पिकनिक, तथा मनोरह दृश्यका लागि प्रख्यात रहेको छ नुनथर । पछिल्लो समय नुनथरमा पुगेर बर्थ डे मनाउनेहरु बाक्लै भेटिन्छन ।

नुनथरमा झोलुंगे पुल निर्माण गरिएपछि यसको रौनक झनै बढेको छ । पुलले सर्लाहीलाई समेत जोडेको छ । तस्बिर खिच्न मात्र पनि पुलमा पुग्नेहरु धेरै छन । यहाँबाट बागमती नदीको रमाइलो दृश्य देख्न सकिन्छ । चुरेको काखमा रहेको नुनथर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बनिरहेको छ । यहाँ आउने जो कोही रमाउँछन् ।

यो क्षेत्र साँच्चिकै पर्यटकीय गन्तव्य बन्न सक्ने भौगोलिक बनावटले पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । भगौलिक बनावटले पनि नुनथर पर्यटकका लागि चर्चित बनेकोले यहाँ आउने सबैलाई यस क्षेत्रले लोभ्याएको छ ।

यो बर्ष कोभिड १९ संक्रमणका कारण नुनथरमा भक्तजनहरुको आगमन आँकलन गर्न नसकिने बताउँछन १२ बर्षदेखि नुनथरको मन्दिरमा पुजारि रहँदै आएका कृष्णनन्द गीरि । तथापी यस बर्षको साउनमा चारवटा सोमवार परेकाले पनी बढि भिड हुने अनुमान गरिएको छ ।

साउन महिना लाग्नु अगावै रंग रोगन तथा टायल्स बिछ्याउने लगाएतका कामहरु सक्ने गरि निर्माणका कामहरु गरिएको थियो भने निर्माण र सौन्दर्यकरणका लागी प्रदेशबाट प्राप्त बजेटमा काम भईरहेको निर्माण समितीले बतायो ।

रौतहटमा शनिबार विभिन्न प्रहरी पोष्टका प्रमुखहरुबिच छलफल तथा ब्रिफिङ कार्यक्रम भएको छ ।

पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा अवैद्य चोरी निकासी तथा अराजक कृयाकलाप भईरहेको सन्दर्भमा प्रहरि प्रमुखहरु बिच छलफल भएको हो । आम नागरिकले अमन चयनको अनुभुति पाउने गरि जिल्लाका विभिन्न युनिट, बोर्डर तथा चौकीका प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धिविक्रम साहले प्रशिक्षण दिनुभएको हो ।

जिल्लाका १८ स्थानिय तहहरुमा भइरहेको सिमा अपराध, चोरी तस्करी नियन्त्रण तथा शान्ति सुरक्षा एवं अमन चयन कायम गराउन अपनाउनु पर्ने उपायहरु बारे छलफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रदेश २ सरकारमा सहभागी भएका नेकपा माओवादी केन्द्रका दुई जना सांसदले मन्त्री पदको सपथ लिएका छन् ।

मन्त्री बनेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेश प्रमुख डा. राजेश अहिराजबाट र राज्यमन्त्री रुवी कुमारी कर्णले मुख्यमन्त्री लालबाबु राउतसँग सपथ लिएकी छन् । साहले आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका छन भने कर्णलाइ आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन ।

सपथ ग्रहण लगत्तै नवनियुक्त आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले मातृभाषामा सपथ सम्बन्धि अध्यादेश ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्रीद्वयले प्रदेश प्रमुख डाक्टर रोजेश झा अहिराजलाई मैथिली भाषामा प्रतिकात्मक सपथको पत्र समेत बुझाएका थिए ।नवनियुक्त मन्त्री साह महोत्तरी क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने कर्ण सप्तरी निवासी समानुपातिक सांसद हुन ।

जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षका मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पार्टीको निर्देशनानुसार राजीनामा दिएपछि मुख्यमन्त्री लालबाबु राउतले प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका दुईजना सांसदलाई मन्त्री बनाएका हुन् ।

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद् गुट परिवर्तन गर्दै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा गएका छन् ।

पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको जसपा उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा ठाकुर पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी हुनुभएको हो । त्यस्तै सांसद रुही नाजले पनि आफु यादव पक्षमा नै रहेको र उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी हुन नसकेको जानकारी गराउनुभएको जसपा सांसद मृगेन्द्र कुमार सिंह यादवले जानकारी दिनुभयो ।

संसदीय दलको अनौपचारिक बैठकमा संसदमा निर्वाह गर्ने भूमिका बारेमा छलफल भएको यादवले बताउनुभयो । त्यस्तै उहाले निर्वाचन आयोगले पार्टीका बिषयमा निर्णय गरेपछि संसदीय दलको नेता चयन लगाएतको प्रक्रिया सुरु गर्ने पनि बताउनुभयो ।

जसपाका दुवै पक्षले निर्वाचन आयोगलाई आफूहरूलाई अलग गराइदिन आग्रह गरिसकेका छन् । पाँच सांसद यादव समूहमा लागेपछि अब यादव समूह झन् बलियो हुने देखिएको छ । ३२ सांसदमध्ये अव यादव पक्षमा १७ सांसद रहेका छन् भने ठाकुर पक्षमा १५ सांसद रहनेछन् ।

 

 १० वाणिज्य बैंकहरूले निक्षेप तथा कर्जामा नयाँ ब्याजदर तोकेका छन् । जसअनुसार बैंकले तोकेको नयाँ ब्याजदर यस्तो रहेको छ । 

नबिल बैंक लिमिटेडले निक्षेप तथा कर्जामा नयाँ ब्याजदर तोकेको छ । जस अनुसार निक्षेप तर्फ न्यूनतम १.५१ प्रतिशत देखि ६.५१ प्रतिशत सम्म ब्याजदर तोकेको छ । त्यस्तै अमेरिकी डलरमा ०.५० ब्याज बैंकले प्रदान गर्ने छ । यसैगरी कर्जा तर्फ बेस रेटमा न्यनतम २ प्रतिशत देखि अधिकतम ६ प्रतिशत तोकेको छ भने कर्जामा फिक्स ब्याजदर ११.५० प्रतिशत ब्याजदर तोकेको छ । 

यस्तै लक्ष्मी बैंकले पनि कर्जा तथा निक्षेपमा नयाँ ब्याज तोकेको छ । जस अन्तरगत निक्षेपमा न्यनतम २.५ प्रतिशत र अधिकतम ७.५ प्रतिशत सम्म ब्याज दिने छ । उता कर्जाको सन्दर्भमा बेस रेटमा ५ प्रतिशतमा ब्याज तोकेको छ भने फिक्स ब्याजदर तर्फ कर्जामा १४.४९ प्रतिशत ब्यादजर बैंकले तोकेको छ । 

उता एभरेष्ट बैंक लिमिटेडले पनि नयाँ ब्याजदर लागु गर्ने भएको छ । कम्पनीले निक्षेपमा न्यूनतम २ प्रतिशत र अधिकतम ७.५० प्रतिशत ब्याजदर दिने छ । यस्तै कर्जा तर्फ बेस रेटमा न्यनतम १.२५ देखि अधिकतम ५ प्रतिशत र फिक्स ब्याजदरमा १३.०२ प्रतिशत ब्याजदर तोकेको छ । 

यसैगरी हिमालयन बैंकले पनि साउन १ गते देखि लागू हुने गरि नयाँ ब्याजदर तोकेको छ । जसअनुसार बैंकले बचत तर्फ न्यूनतम २ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत सम्म ब्याज दिने छ । बैंकले कर्जा तर्फ पनि नयाँ ब्याज तोकेको छ । बैंक कर्जामा बेस रेटमा ५ प्रतिशत सम्म ब्याजदर तोकेको छ भने लामो समयको कर्जाको फिक्स ब्याज १०.९९ प्रतिशत ब्याज तोकेको छ । 

यता कुमारी बैंकले पनि नयाँ ब्याजदर लागू गर्ने भएको छ । बैंकको निक्षेपमा न्यनतम ३.१५ देखि अधिकतम ८.१५ प्रतिशत सम्म ब्याजदर तोकेको छ । त्यस्तै बैंकले कर्जा तर्फ पनि नयाँ ब्याजदर कायम गरेको छ । बैंकले तोकेको नयाँ ब्याजदर अनुसार बेस रेटमा ७ प्रतिशत तथा फिक्स ब्याजदर तर्फ ११ प्रतिशत सम्म ब्याज तोकेको छ । 

उता माछापुच्छ्रे बैंक लिमिटेडको निक्षेपमा न्यूनतम २.०५ प्रतिशत र अधिकतम ७.०५ प्रतिशत ब्याज तोकेको छ । बैंकले कर्जा तर्फ बेस रेटमा ७ प्रतिशत र कर्जाको फिक्स ब्याजदरमा १२.२४ प्रतिशत ब्याज तोकेको छ । 

यस्तै मेगा बैंकले तोकेको नयाँ ब्याजदर अनुसार बचतमा न्यूनतम २.२५ र अधिकतम ७.२५ प्रतिशत ब्याज प्रदान गर्न छ । यता कर्जामा बेस रेटमा ७ प्रतिशत ब्याज तोकेको छ । 

नेपाल बङ्गालादेश बैंकले निक्षेपमा न्यूनतम २.५० प्रतिशत र अधिकतम ७.५० प्रतिशत ब्याज तोकेको छ । बैंकले तोकेको कर्जाको नयाँ ब्याजदर अनुसार बेस रेटमा अधिकतम ५ प्रतिशत तथा स्थिर ब्याजमा १२.९९ प्रतिशत ब्याज लागू गर्ने छ ।

यसैगरी एनआईसी एशिया बैङ्कले पनि निक्षेप तथा कर्जामा नयाँ ब्याजदर तोकेको छ । जसअनुसार निक्षेप तर्फ न्यूनतम २.५६ प्रतिशत र अधिकतम ७.५६ प्रतिशत ब्याज तोकेको छ । बैंकले तोकेको कर्जा तर्फको ब्याजमा भने बेस रेटमा ६ प्रतिशत ब्याज छ भने स्थिर ब्याजमा १२.७७ प्रतिशत सम्म ब्याजदर रहेको छ ।

उता प्राइम कमर्सियल बैंकले निक्षेप तर्फ न्यूनतम २.७६ प्रतिशत देखि अधिकतम ७.७६ प्रतिशत सम्म ब्याज प्रदान गर्ने छ । बैंकले तोकेको कर्जा तर्फको नयाँ ब्याजदर अनुसार बेस रेटमा न्यूनतम २ प्रतिशत र अधिकतम ६.९९ प्रतिशत सम्म ब्याजदर रहेको छ भने स्थिर (फिक्स) ब्याजदरमा ११ प्रतिशत सम्म ब्याज रहेको छ । 

बैंकहरूले तोकेको नयाँ ब्याजदर साउन १ गते देखि लागू हुने छ । 

काठमाडौं : विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग १० लाख धरौटी माग गरेको छ।
    
विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बुधबार थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने आदेश गरेको हो।
    
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार नेता गच्छदारलाई अदालतले बुधबार उक्त विवादमा बयान लिएर थुनछेक बहसपछि १० लाख धरौटी माग गरेको थियो। उनले बुधबार नै १० लाख धरौटी बुझाएका छन्। 
    
बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नेता गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार बिगो माग गरिएको थियो। रासस

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १३ मा मंगलवार बिभिन्न जातका बिरुवा रोपिएका छन । वडा नम्बर १३ पत्थरकोटको उत्तरि किनारामा रहेको करिव १ हेक्टरको सुनौलो नर्सरिमा बृक्षारोपण गरिएको हो ।

स्थानिय समाजसेवि एवं नेपाली सेनाका भुपु क्याप्टेन चन्द्रदेव श्रेष्ठका अनुसार नर्सरिका खाली ठाउँमा बाँस, टिक, खमारि, मलेसियन साल लगाएतका बिरुवा रोपिएका हुन । उक्त बिरुवाहरु डिभिजन बन कार्यालय सर्लाहीबाट समन्वय गरि ल्याईएको उहाँले बताउनुभयो ।

वडा नम्बर १२ र १३ मा पर्ने लखन्देहि खोलाको पुर्ब पटिको किनारमा पञ्चकन्या सामुदायीक बनको खाली चौरमा निर्मित नर्सरिको खाली जमिनमा २०७१ सालमा नै भुक्षय नियन्त्रणका लागी केहि बिरुवाहरु रोपिएका थिए भने मंगलवार करिव ७०० बिरुवा रोपिएको बताईएको छ ।

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) आज सरकारमा सहभागी नहुने भएको छ । मंगलबार बसेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबारे निर्णय लिन नसकेको हो ।

‘पार्टी आधिकारिकताको विषय निर्वाचन आयोगमा साउन ३ गते पेसी छ । त्यसलाई मध्यनगर गरेर हामीले सरकारमा जाने/नजाने विषय निर्णय लिइसकेका छैनौं,’ अध्यक्ष उपेन्द्र यादवले भने, ‘कानुनी प्रक्रियाबारे कानुनविदहरुसँग बुझ्‍छौं । त्यस्तो समस्या नहुने भए साउन ३ अघि पनि सरकारमा जान सकिने अवस्था हुनसक्छ ।’

देउवाले अहिले केहीबेरमा प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्दैछन् । कांग्रेसले ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण र माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरिसकेका छन् ।

सर्वोच्च अदालतको परमादेश बमोजिम देउवा मंगलबार राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

२०८ औँ भानु जयन्तीको अवसरमा अर्किड ईन्टरनेशनल अङ्ग्रेजी विद्यालयमा भर्चुअल मिटिङमार्फत कार्यक्रम सम्पन्न भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको विद्यालयको आयोजनामा जुम मिटिङमार्फत भानुजयन्ती विशेष कार्यक्रम गरिएको हो । विद्यालयका संस्थापक प्रिन्सिपल पशुपति दाहालको अध्यक्षतामा भएको कार्यक्रममार्फत श्रष्टाको रचना वाचन तथा गजल र कविता प्रतियोगिता गरिएको थियो ।

कार्यक्रममा लालबन्दी नगर वाङ्मय परिषदका सचिव सुमन घिमिरे ‘अग्रिम’, कोषाध्यक्ष विवश पौडेल, कबि÷गजलकार कुमार दाहाल ‘कुशुम’, कवि/गजलकार एवं एलिट अङ्ग्रेजी विद्यालयका संस्थापक कृष्ण दाहाल, गजलकार भाष्कर काजी लगायतले मन्तब्य सहित रचना वाचन गर्नुभएको थियो । प्रतियोगिताको नतिजा सार्वजनिक गर्न भने १/२ दिन लाग्ने लालबन्दी नगर वाङ्मय परिषदका कोषाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमका अध्यक्ष दाहालले भानुभक्तको योगदानमाथि चर्चा गर्दै भानुभक्तको रामायणका कारण नै आमा दिदी बहिनीहरू शिक्षित भएको बताउनुभएको थियो ।

एक सय बढि श्रष्टाको सहभागितामा भएको भर्चुअल कार्यक्रमको अष्ट्रेलियाबाट अमित श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।

संसद पुनःस्थापना र पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भएको आदेशको स्वागतमा कांग्रेसका नेता कार्यकर्ताहरुले सोमवार साँझ सर्लाहीको लालबन्दी सहित विभिन्न स्थानमा दीपावली गरेका छन ।

लालबन्दीमा नेपाली कांग्रेसका नगर सभापती प्रशान्त आचार्य सहितका कांग्रेस कार्यकर्ताले पश्चिम बसपार्कमा भेला भएर दिप प्रज्वलन गरेका हुन ।

त्यस्तै हरिवन, बयलवास सहितका स्थानमा पनी दिप प्रज्वलन गरिएको छ भने सदरमुकाम मलगंवामा ¥याली निकालिएको छ । नेपाली कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र सिंहको अध्यक्षतामा आयोजना गरिएको स्वागत कार्यक्रममा स्थानिय नेता, कार्यकर्ता, विद्यार्थी नेताहरु लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरु मलंगवा नगरपालिका क्षेत्रको परिक्रमा गर्दै जिल्ला विकास चोक स्थित सहिद पार्कमा कोणसभाको आयोजना गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दलका सांसदहरूलाई पार्टीले ह्विप लगाउन नसक्ने ठहर गरेको छ ।

एमालेका २३ जना सांसदले पार्टीको निर्णय नमान्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई ह्विप नमानेको भन्दै कारबाही गर्दै आउनुभएको छ । तर सर्वोच्चले भने धारा ७६ को उपधारा ५ अनुसार ह्विप नलाग्ने भएकाले देउवालाई समर्थन गर्ने एमालेका सांसदहरूलाई कारबाही गर्न नमिल्ने स्पष्ट पारेको हो ।

सर्वोच्चले देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै यस्तो आदेश दिएको हो। प्रतिनिधिसभा पुनस्स्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो। सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनस्स्थापित भएको छ। सर्वोच्चले ७ दिन भित्र प्रतिनिध सभा बैठक बोलाउनसमेत आदेश जारी गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।