२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

बागमती नगरपालीकाका एक हजार त्रिचालीस जना बिद्यार्थीका लागी ट्रान्सफर्म नेपालले शैक्षिक सामाग्री वितरण गरेको छ । सर्लाहीको बागमती नगरपालीका अन्तर्गतका बिद्यार्थीहरुका लागी द चाईना फाउण्डेशन फर पोभर्टि एलिअभेसन र राष्ट्रिय अपांग पुनस्र्थापना समाजको सहकार्यमा ट्रान्सफर्म नेपालले शैक्षिक सामाग्री बितरण गरेको हो ।

नगरभित्रका बिभिन्न बिद्यालयका बिपन्न बिद्यार्थीका लागी संस्थाले स्कुल ब्याग, स्टेशनरि सामाग्री, हाईजिन किट र प्राथमिक उपचार बक्स प्रदान गरेको हो ।

आईतवार चाईना फाउण्डेशनका नेपाल प्रमुख जो, ट्रान्सफर्म नेपालका रबिन्द्र दास, बागमती नगर शिक्षा शाखाका मिन प्रसाद उपाध्याय, राष्ट्रिय अपांग पुनस्र्थापना समाजका शुरेस प्याकुरेल, शिक्षक अभिभावक संघका केदार कार्कि तथा बिद्यार्थी एवं अभिभावककोे उपस्थितीमा शैक्षिक सामाग्री बितरण गरिएको हो ।

बर्दिबास नगरपालीकामा जातिय भेदभावको कानुनि ब्यवस्थाका बारेमा लेखिएको बोर्ड राखिएको छ ।

महोत्तरिको बर्दिवास नगरपालीकाका १४ वटै वडा कार्यालय तथा प्रहरि कार्यालयमा समेत जातिय भेदभाव बिरुद्धको बोर्ड राखिएको हो । नगरको आयोजनामा भएको एक कार्यक्रमका बिच बोर्ड राखिएको नेपाल दलित मुक्ति अभियानको केन्द्रिय सचिवालय सदस्य सरोज गजमेरले जानकारी दिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बिदुर कार्किले संबिधान र कानुनमा लेखिएका कुराहरु लागु गराउने, योजना बनाउने तथा ब्यवहारमा लागु गर्ने प्रमुख कार्यभार स्थानिय सरकारको भएको भन्दै नगरलाई जातिय भेदभावमुक्त नगर निर्माणमा जुट्ने प्रतिज्ञा गरे । साथै उनले यो अभियानमा नगरपालीकाको कार्यालय मात्रै नभई सिंगो नगरवासि, बिभिन्न राजनितिक दल तथा आम नगरवासि नै जुट्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै स्थानिय समाजसेवी शंकर फुयाँलले ईतिहाँसलाई सम्झेर बस्ने तथा ब्यवहारमा लागु गर्ने भन्दा मानवले मानवलाई गर्ने भेदभाव सदाका लागी अन्त्य गर्न तर्फ सम्पुर्ण नगरवासि एक जुट हुनुपर्नेमा जोड दिए । त्यस्तै नगरको न्यायीक समीतीका सदस्य चन्द्र बहादुर कालीकोटेले संबिधानले जातीय भेदभाव अन्त्य भएको भने पनी ब्यवहारबाट नहट्नु दुःखद भएको बताए ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै संयुक्त दलित संजालका अध्यक्ष मकरलाल बिश्वकर्माले जातीय भेदभाव जस्तो जघन्य अपराध समाजमा आधुनिक रूपमा बढ्दै गईरहेको र कथित दलित समुदाय पिडामा रहेको भन्दै जातिय भेदभाव कानुनी रुपमा मात्रै नभई ब्यवहारिक रुपमै हट्नुपर्ने बताए । अध्यक्ष बिश्वकर्माल भेदभाव अन्त्य गरि समतामूलक समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–२, बाट हतियारसहित तीन युवक पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा २ नम्वर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रम्हपुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ब्रम्हपुरी–मोहनपुर सडक खण्डमा हतियारसहित तीन युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ब्रम्हपुरी गाउँपालिका–४, त्रिभुवननगरका २३ वर्षीय रमेश मण्डल, सोही ठाउँका २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेका छन् । उनीहरुको साथबाट म्याग्जिनसहितको मेड ईन इटाली लेखिएको दुई थान पेस्तोल, छुट्टै दुई थान म्याग्जिन, १७ राउण्ड गोली, बीआर ३० एक्स ६०११ नम्वरको २२० सी.सी. को एक थान पल्सर मोटरसाइकल र तीन थान मोवाइल सेट बरामद् भएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार रमेश मण्डलले मोटरसाइकल चलाएको र अरु दुई जना पछाडि बसेर हिँडिरहेको अवस्थामा हतियारसहित पक्राउ गरिएको हो । अस्ती सुक्रवार साँझ साँढे ५ बजेतिरै पक्राउ परेका उनीहरुलाई आज दिउँसो सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी सार्वजनिक गरिएको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध अनुसन्धानका लागि अदालतले सात दिनको म्याद प्रदान गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव प्रसाद बुढाथोकीले बताए । कुन प्रयोजनका लागि हतियार बोकेर हिँडिएको थियो भन्ने सम्वन्धमा अनुसन्धान जारी रहेको डीएसपी बुढाथोकीको भनाई छ ।

आज लायन्स क्लब अफ निजगढ सिटीको आयोजनामा निजगढ नगरपालिकाको विभिन्न ठाउँमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

निजगढ नगरपालिकाको वडा नं ८ मा रहेको शसस्त्र बेस क्याम्प, श्री सार्वजनिक मा. वि. वडा नं ५ र वडा नं १० को शहीद पार्कमा कपूर,धुपी,अशोक,जामुन लगायतको बिरुवा बृक्षारोपण गरिएको लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट मणि घिमिरेले बताउनु भयो । शसस्त्र बेस क्याम्पको कार्यक्रमका प्रमुख अतिथि डी एस पी श्याम पौडेलले लायन्स क्लबको यस वृक्षारोपण कार्यक्रमलाई हौसला दिँदै शसस्त्रको “एक जवान एक वृक्ष” भन्ने कार्यक्रमलाई सहयोग पुगेको र यस्ता कार्यक्रम मा सधैं साथ दिने समेत बताउनुभयो । त्यसै गरी निजगढ नगरपालिका वडा नं ५ मा रहेको वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि वडा नं ५ का वडा अध्यक्ष थल प्रसाद गौतमले वातावरण संरक्षण गर्न निजगढ नगरपालिकाले अभियान ल्याउने र हरियाली निजगढ बनाउने सोच भएपनि विशेष बाटोघाटो मै केन्द्रित रहेको र रुख र मानिस बीचको सम्बन्ध परिपूरक भएकोले यो अभियानमा जुट्नुहुने अन्तराष्ट्रिय संस्था लायन्स क्लबलाई विशेष धन्यवाद दिनुभयो । सार्वजनिक माविका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमले बोल्नुहुँदै धेरै अगाडि देखि नै लायन्स क्लबले यस विद्यालयलाई माया गरेको र अहिले पनि यस विद्यालयलाई छनौट गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो र यस बिरुवालाई विद्यालयले संरक्षण गरी हुर्काउने समेत प्रतिबध्दता व्यक्त गर्नु भयो। सोही कार्यक्रममा रिजन चियार पर्सन महेश न्यौपाने ले लायन्स को बारेमा जानकारी गराउनु भएको थियो।

बाग्देव दुग्ध उत्पादक संस्था निजगढ ६ मा रहेको सहकारीका अध्यक्ष थानेश्वर सापकोटालाई संस्थाको हाताभित्र बिरुवा हस्तान्तरण समेत गरिएको थियो। निजगढ नगपालिका वडा नं १० लालमा रहेको सहिद पार्कमा स्थानियहरुको रोहबरमा बृक्षा रोपण गरी समापन गरिएको थियो ।

कार्यक्रमको सभाध्यक्ष लायन्स क्लव अफ निजगढ सिटी का अध्यक्ष मणि घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा पास्ट प्रेसिडेन्ट मनोज रेग्मी, भाइस प्रेसिडेन्ट विष्णु गोपाल रिसाल, सेकेन्ड भाइस प्रेसिडेन्ट राजेन्द्र सापकोटा, सेक्रेटरी मोहन राउत लगायत सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जोन चियर्स पर्सन खड्ग प्रसाद उप्रेती ले गर्नुभएको थियो ।

सर्लाही सदरमुकाम मलंगवामा शनिवार बिहान करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मलंगवा नगरपालिका वडा नं. ८ का ५५ वर्षीय जयनारायण महतोको ज्यान गएको हो ।

घरमा मोटर जडान गर्नेक्रममा करेन्ट लागेर गम्भीर घाईते भएका महतोलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।

मृतक जयनारायण जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महताेका साँढुभाई भएको बुझिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौन-जन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।

प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु ‘रंगेहात’ पक्राउ परेका थिए । प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको स्रोतले बतायो ।

गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेका थिए । गाडी चालक मन्त्रालयकै कर्मचारी भएको स्रोतको भनाइ छ ।

काठमाण्डाै – ​हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमा गरिएकाे आक्रमणमा उहाँकाे ज्यान गएकाे बीबीसीले जनाएको छ ।

केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले गर्‍याे भन्ने खुलिसकेको छैन ।

आक्रमणममा राष्ट्रपति मोइसेकी श्रीमती घाइते हुनुभएको छ ।

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइसेले सन् २०१७ को फेब्रुअरी महिनादेखि सत्ता सम्हाल्नुभएकाे थियाे । 

भ्रष्टाचारका अभियोगहरूका माझ मोइसेको कार्यकाल सहज थिएन र उहाँले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गर्नु परिरहेको थियो ।

यसै वर्ष केही समयअघि राजधानी र देशका अन्य सहरमा पनि मानिसहरूले उहाँको राजीनामा माग्दै व्यापक रूपमा विरोध प्रदर्शन गरेका थिए । 

काठमाडौं : नेकपा एमालेले पार्टीका २३ सांसदले कांग्रेस सभापति नियुक्त गर्न सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता दिएको समय साँझ ५ बजे सकिएको छ। सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुने संविधान र पार्टीको विधान विपरित भएको ठहर गर्दै एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सोमबार साँझसम्मको अल्टिमेटम दिएको थियो।

शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदलाई निर्देशन दिदै अनधिकृत हस्ताक्षरले वैधता स्थापित हुन नसक्ने र ती हस्ताक्षर मान्य नहुने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 
‘आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हाम्रो पार्टीका कतिपय सांसदहरु हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रस्तुत हुनु र तीमध्ये केही विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ती गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु नेपालको संविधानको मर्म, भावना, लोकतान्त्रिक पद्धति र पार्टीको विधान विपरीत विषय हो’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यो बैठक त्यसरी हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदलाई आगामी सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन गर्दछ। यस्ता अनधिकृत हस्ताक्षरको वैधता स्थापित हुन नसक्ने र यी हस्ताक्षरहरु मान्य हुन नसक्नेतर्फ पनि हाम्रो पार्टी सम्बद्ध सबैमा स्पष्ट पार्न चाहन्छ।’ 

सोमबार साँझसम्म अल्टिमेटम दिएपनि अदालतको फैसला अगाडिसम्म फिर्ता गराउन संस्थापन पक्षको दौडधुप जारी छ। यसबीचमा पनि एमालेले २३ सांसदको हस्ताक्षर फिर्ता गराउने प्रयास जारी छ। पार्टी अध्यक्ष केपीशर्मा ओलीलाई २०७५ जेठ २ मा फर्काएपछि दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ। योसँगै नेपालसहित ११ जनालाई गरिएको निष्कासनको कारबाही निष्प्रभावी भयो। 

अध्यक्ष ओली लचिलो बने। वरिष्ठ नेपालले भने ओलीसँग भेट गर्न अस्वीकार गरिरहेका छन्। उपमहासचिव विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन्। प्रधानमन्त्री ओलीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेपालले रुचि नदेखाएको नेता पौडेलको भनाइ छ। पौडेल आइतबार बिहान नेता नेपालको निवास कोटेश्वर पुगेका थिए। यता आइतबार राति नेपालपक्षका नेता भीम रावललाई बालुवाटार बोलाएर ओलीले हस्ताक्षर फिर्ताका लागि नेपाललाई मनाउन आग्रह गरेको थिए।

उपाध्यक्ष वामदेव गौतमले ओली र नेपालबीचको रिसइबी गहिरो रहेको बताएका छन्। राष्ट्रियसभा बैठकपछि उपाध्यक्ष गौतमले ओली र नेपालको रिस शिथिल नभएसम्म पार्टी एकता नहुने बताएका हुन्। दुई शीर्ष नेताको रिस उनीहरू मातहत रहेका नेताको चिन्ताले घटाउन नसक्ने गौतमको भनाइ छ। ओली र नेपाललाई मिलाउन दौडथुप गरिराखेका दुवै गुटका युवा नेतातर्फ लक्ष्य गर्दै गौतमले मातहतका नेताको चिन्ताले काम नगर्ने प्रस्ट पारे। 

पाल प्रहरीले ४५ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका १ व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले ४५ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका ललितपुर महानगरपालिका–१ कुपण्डोलका ५० वर्षीय शिशिरशम्शेर जबरालाई सोमवार पक्राउ गरेको हो । 



ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विक्रम संवत् २०७७ माघ २६ गतेको फैसलापछि १० दिन कैद र बिगो बमोजिम ४५ लाख रुपैयाँ जरिवानापछि फरार रहेका जबरालाई सोमवार काठमाडौंको बिजुली बजारबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका उनले आफ्नो नविल बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बंैकिङ कसूर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । 

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि सोमवार ललितपुर जिल्ला अदालतमा पेश गरिएको  प्रवक्ता महतोले बताए ।

बारा/निजगढ
     योगदानमा आधारित सामाजिक सुरक्षा बाध्यात्मक बनाइएको भन्दै निजगढ नगरपालिकामा बैंकका कर्मचारीहरुले विरोध जुलुस गरेका छन् ।
    विरोध जुलुस निजगढ नगरपालिकाको शहीद चोकबाट शुरू भई बजार क्षेत्र परिक्रमा गरि पुनः शहीद चोकमा समापन भएको  थियो । सिटिजन बैंक,प्राइम बैंक,ग्लोबल बैंक, इन्भेष्टमेण्ट बैंक,कुमारी बैंक,बैंक अफ काठमाण्डू,प्रभु बैंक,माछापुछ्रे बैंक, एन सी सी बैंक,युनाइटेड फाइनान्स लगायतका वि एम लगायत कर्मचारीहरुको सहभागी रहेको थियो “सामाजिक सुरक्षा कोष पछाडि हट” भन्दै ब्यानर र प्ले कार्ड लिई  नारा लगाइएको थियो I


  आफूले खाइ पाई आएको सेवा सुविधा कटौती गरिएको र सामाजिक सुरक्षा कोष कर्मचारी हित विपरित भएको हुनाले विरोध जुलुस गरिएको हो र देशका धेरै ठाउँमा विरोधका कार्यक्रम रहेको एक बैकका कर्मचारी ले लीड न्यूजलाई बताएका  छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।