आफ्नै दाजुसँग झगडा गरिरहेका युवक हतियारसहित पक्राउ परेका छन् । सर्लाहीको मलगंवा नगरपालिका–११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिवार बिहान झै–झगडा भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले समसुद्दिनलाई हतियारसहित पक्राउ गरेको हो ।
दुबै दाजुभाइको झै–झगडा छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरि कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
हरिवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा ट्रकले ठक्कर दिँदा स्थानिय एक युवकको ज्यान गएको हो ।
सुखेपोखरी आँखा अस्पताल अगाडि भएको दुर्घटनामा हरिवन नगरपालिका–११, बस्ने मोहम्मद फुदिन राईनका छोरा १८ वर्षीय जुमराती राईनको ज्यान गएको छ । राईनलाई उपचारका लागि नमूना अस्पताल हरिवन लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ईलाका प्रहरी कार्यालय हरिवनले जनाए अनुसार शनिवार दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ आइरहेको सिमेन्ट लोड भएको ना ५ ख ८४९३ नम्वरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५६ प ७२०८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले बताए ।
बारा/निजगढ
किवानीज कल्ब अफ निजगढको आयोजनामा निजगढ नगरपालिकामा जनचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रो. डा. राजेन्द्र बरालद्वारा क्यान्सर सम्बन्धि विविध विषयमा जानकारी गराइएको थियो ।
निजगढको वडा नं ८ मा रहेको पार्टी प्यालेसमा भएको कार्यक्रममा सभाध्यक्ष किवनीज क्लव अफ निजगढका प्रेसिडेन्ट विनोद कुमार भारती ले कार्यक्रमको बारेमा प्रकाश पार्दै अब छिट्टै नै क्यान्सरको टेस्ट गर्ने कार्यक्रमको धोषणा समेत गरेका थिए भने प्रमुख अतिथि लायन्स क्लव अफ इन्टरनेसनल ३२५ ए २ का पूर्व गभर्नर तथा कीवनिज अफ निलगिरी क्लबका प्रेसिडेन्ट भरत ढुंगेल ले यस्ता कार्यक्रम विशेष महिलाहरुको लागि महत्व पूर्ण रहेको बताउनुभयो। विशिष्ट प्रो. डा. राजेन्द्र बराल, अतिथि पूर्व जिल्ला प्रशासन प्रमुख (सिडिओ), सशत्र डी एस पी श्याम पौडेल,जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक विपिन ओझा, नेकपा माओवादी नेता रवि दंगाल, राप्रपाका नेता वाशुदेव तिमल्सिना,वडा नं १ का वडा अध्यक्ष मंगले लोप्चन, लायन्स क्लव अफ निजगढ का प्रेसिडेन्ट दीपेन्द्र श्रेष्ठ, लायन्स क्लव अफ निजगढ पीस का प्रेसिडेन्ट रंजन लामिछाने ,लायन्स क्लब अफ निजगढ सिटी का प्रेसिडेन्ट मणि घिमिरे, मेचीमहाकाली बुहारी आवाज बारा जिल्ला अध्यक्ष सावित्री बराल, तरकारी तथा फलफुल सकोस् कि अध्यक्ष विष्णु नेपाल, सम्मुनत बहुउद्देश्य सकोस् कल्पना खरेल, निजगढ महिला बचत तथा ऋण सहकारी कि अध्यक्ष शोभा राउत लगायत विभिन्न सघसंस्थाका प्रतिनिधि , पत्रकारहरु, महिला तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन जिवनीज़ क्लब अफ निजगढ का कोषाध्यक्ष खड्ग प्रसाद उप्रेती ले गरेका थिए ।
कार्यक्रममा क्यान्सर विशेषज्ञ प्रो. डा. राजेन्द्र बराल बाट क्यान्सर हाम्रो देशमा भयाभय रूपमा देखिनु खानपान र समयमा चेक जाँच नगरिएको कारणले भएको बताउनु भयो । खोकी लागिरहेमा, धोत्रो स्वर एक्कासी भएमा,एक्कासी तौल घटेमा, शरीरमा एक्कासी गिर्खा देखिएमा क्यान्सर हुनसक्ने र तुरुन्त जाँच गरिएमा यसबाट निको हुनसक्ने समेत बताउनुभयो।
सबैभन्दा बढी फोक्सोमा क्यान्सर हुने,दोस्रोमा स्तन र तेस्रोमा पाठेघरमा देखिने समेत बताउनुभयो । नियमित परीक्षण गरिएमा यसबाट बच्न सकिने र लागिसके पछि निकै खर्चिलो समेत रहेको बताउनुभयो । विश्वमा १३ प्रतिशत मानिस क्यान्सरबाट मृत्यु हुने र १०० थरीका क्यान्सर विश्व स्वास्थ्य संगठनले जनाइसकेको जानकारी गराउनुभयो ।
राष्ट्रपति अशरफ गानीले देश छाडेपछि तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । रोएटर्सलाई उदृत गर्दै बीबीसीले तालिवान विद्रोहीबाट राष्ट्रपति भवन कब्जा भएको जनाएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि हुन नसकेको समाचारमा जनाइएको छ ।
देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो भने वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा गानी देश छाडेर विदेश भागेका थिए ।
स्थानीय पत्रकार विलाल सरवरीले तालिवानसँग वार्तामा संलग्न दुई सरकारी अधिकारीलाई उदृत गर्दै गानी सत्ता हस्तान्तरण गर्न राजी भएको बताएका छन् । सम्झौताअनुसार सत्ता हस्तान्तरण कार्यक्रम राष्ट्रपति भवनमा आयोजना गर्ने तय पनि भएको थियो भने जुन समारोहमा गानी सहभागी हुने तय भएको थियो । तर उनी एकाएक विदेश भागेका हुन् ।
रिपोर्टहरुका अनुसार काबुलको केही स्थानमा गोलाबारीको आवाज समेत सुनिएको छ ।
क्षितिज बिश्वकर्मा, लालबन्दी | राजा सहितको हिन्दु राष्ट्रको आवाज उठाउँदै आएको राष्ट्रिय शक्ति नेपालको जिल्ला कमिटि शनिवार पुनःगठन गरिएको छ । केशर बहादुर बिष्ट नेतृत्वको अभियानले सर्लाही जिल्लामा गठन गरेको प्रकाश चन्द्र भट्ट नेतृत्वको ऐतिहासिक जिल्ला कमिटिलाई शनिवारको भेलाले पुनर्गठन गरेको हो ।
भेलाले गोपाल ढकालको नेतृत्वमा १७ सदशिय कमिटि गठन गरेको केन्द्रिय अभियन्ता फोटो पत्रकार रोहित प्रसाद पौडेलले बताउनुभयो । नवगठित कमिटिको उपाध्यक्षद्वयमा जलेश्वर साह र संगीता दाहाल(खतिवडा) छन । सचिवमा केशव बहादुर महत लगाएत आवश्यकता अनुसार बिस्तार गर्न सकिने गरि चयन गरि १७ सदशिय कमिटि गठन गरिएको पौडेलको भनाई छ ।

कार्यक्रममा नवगठित जिल्ला कार्य समितीलाई केन्द्रिय अभियन्ता एवं प्रदेश २ प्रमुख अञ्जु थपलिया, केन्द्रिय अभियन्ता फोटो पत्रकार पौडेल, पुर्व अध्यक्ष भट्ट लगाएतले शुभकामना सँगै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
शुभकामना मन्तब्यवको क्रममा केन्द्रिय अभियन्ता थपलियाले आफु कमल थापा नेतृत्वको राप्रपा निकट भएर समेत काम गरेको तर कमल थापा पार्टीको सिद्धान्त भन्दा पनी पदको लोभमा पर्ने गरेका कारण आफु यो अभियानमा सक्रिय भएर लागेको बताउनुभएको थियो । हाम्रो एक मात्र अभियान भनेको हिन्दु राज्य सहितको राजा भएको बताउँदै अभियन्ता थपलियाले नव गठित जिल्ला कमिटिका सम्पुर्ण पदाधिकारि तथा अभियानमा सक्रिय अभियन्ताहरुलाई ढुक्क भएर अगाडि बढ्न सुझाव तथा निर्देशन दिँदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
त्यसैगरिफोटो पत्रकार पौडेलले राजा भगवान बिष्णुको अवतार भएको र भगवान जस्ता राजा हटाउनु नेपाली जनताको ठुलो भुल भएको भन्दै आजको दिनमा राजा अत्यावश्यक भएको बताउनुभएको थियो । ढिलो चाँडो देशमा राजा आउने तर्फ ईंगित गर्दै फोटो पत्रकार पौडेलले अभियन्ताहरुलाई ढुक्क भएर संगठनको निति र निर्देशन अनुसार काम गर्न सुझाव दिनुभएको थियो ।
राजेश पाठक, परवानीपुर | नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको ईश्वरपुरमा प्रथम नगरभेला सम्पन्न भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालीका स्थित बयलवासमा नेकपाको प्रथम भेला सम्पन्न भएको छ ।
भेलाले सुनितादेवि झाको संयोजकत्वमा १५ सदशिय कमिटी समेत गठन गरेको छ ।
नेकपाको केन्द्रिय सदस्य एवं सर्लाही–रौतहट जिल्ला इन्चार्ज मिसन शाहीको प्रमुख आतिथ्यतामा भएको भेलामा सर्लाही सेक्रेटरि कमल सुस्लिङ, अखिल क्रान्तिकारिका जिल्ला संयोजक अर्पण पौडेल, रौतहट संयोजक अबिशेक बिक्रम शाहि, महिला नेतृ प्रमिला, किसान नेता किशुनदेव शर्मा, मजदुर नेता राम प्रसाद महतो लगाएको उपस्थिती रहेको थियो ।
कार्यक्रम जनक राउतले सञ्चालन गरेका थिए ।
प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्ने तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ गठन भएको ‘आई टी आर्मी’को सर्लाही जिल्ला भेला सम्पन्न भएको छ । बुधवार सर्लाहीको ईश्वरपुर नगरपालिका–६, वयलबास बजारस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित आईटी आर्मीको जिल्ला भेला सम्पन्न भएको हो ।
आर्मीका केन्द्रिय संयोजक चन्द्रभुषण साहको अध्यक्षता, पुर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यता तथा निवर्तमान प्रदेश सभा सदस्य कुन्दन कुशवाहको बिशिष्ट आतिथ्यतामा भेला गरिएको थियो ।

भेलाले बलराम खडकाको संयोजकत्वमा आईटी आर्मीको १०७ सदशिय सर्लाही जिल्ला कमिटी गठन गरेको छ । भेलामा जिल्लाभरका वामपन्थी नेताहरुको सहभागिता रहेको आर्मीका केन्द्रिय संयोजक साहले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले आईटी आर्मी गठन हुनु एक ऐतिहासिक सुरुवात भएको बताए थिए । उनले युवा पुस्ताको सक्रियताले मात्र देश समृद्ध बन्ने भएकोले हार नमानी अगाडि बढ्न आर्मिलाई निर्देशन समेत दिए ।
पूर्वमन्त्री प्रभु साह माओवादी केन्द्रबाट भर्खरै एमालेको केपी ओली समूहमा गएका हुन भने ओली समूह सर्लाहीका अध्यक्ष राजनारायण साहले केही दिनअघि नै प्रेस विज्ञप्ती निकालेर वुधवारको भेला पार्टीको आधिकारिक कार्यक्रम नभएको समेत उल्लेख गरेका नेकपाको ओली समुह निकट श्रोतले बताएको छ ।
भागनारायण गुप्ता, बबरगञ्ज | सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरियाटोलमा निर्माण भएको रामजानकी मन्दिरमा शालिग्राम स्थापना गरिएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत ११ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको रामजानकी मन्दिरमा सर्लाही क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य उपेन्द्र महतोले बुधवार शालिग्राम स्थापना गर्नुभएको हो । मन्दिरमा शालिग्राम स्थापना अघी बालिकाहरू सम्मिलीत कलश यात्रा निकालिएको थियो ।
मन्दिर निर्माण समितिका अध्यक्ष किशोरी महतोका अनुसार मन्दिर प्रांगणबाट सुरू भएको कलश यात्रा फुलजोर पुगी झिम नदीबाट कलश भरी पुनः मन्दिर प्रांगणमा पुगेको थियो । कलश यात्रामा स्थानिय भक्तजन र महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कलश यात्रा पश्चात बिशेष पुजा सहित प्रदेश सभा सदस्य महतोले मन्दिरमा शालिग्राम स्थापना गर्नुभएको थियो ।
एक जनाको हत्या गरि १० बर्षदेखि फरार अभियुक्तलाई रौतहट प्रहरिले पक्राउ गरेको छ ।
जिल्लाको गौर नगरपालीका वडा नम्बर ८ मा उपेन्द्र यादवलाई गोली हानी हत्या गरेर फरार देवाही गोनाही नगरपालीका ७ बस्ने सोनफी हजरालाई प्रहरिले बुधवार पक्राउ गरेको हो । २०६८ साल जेठ २३ गत्ते राती साँडे ८ बजेको समयमा गौर ८ का उपेन्द्र दास बैरागी भन्ने उपेन्द्र यादवलाई सोनफी पासवान भन्ने सोनफी हजराले गोली हानेका थिए ।
प्रहरिले करिव १० बर्षदेखि फरार हजरालाई गौर नगरपालीका ५ स्थित सडकमा हिडिरहेको अवस्थामा पक्राउ गरि जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।
हत्या गरिएका यादव अन्तराष्ट्रिय कुस्ति खेलाडि रहेको श्रोतले जनाएको छ ।
सर्लाहीको दुई ओटा पालीकाका जनप्रतिनिधिहरुका लागी बाल अधिकार सम्बन्धि ३ दिने तालीमको आयोजना भएको छ । जिल्लाको हरिपुर्वा नगरपालीका र पर्सा गाउँपालीकाका जनप्रतिनिधिहरुका लागी बागमती सेवा समाज नामक संस्थाको आयोजनामा मंगलवारबाट तालीम सुरु भएको हो ।
तालीमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । तालीमको उद्घाटन सत्रमा बोल्दै हरिपुर्वा नगरपालीकाका प्रमुख सियाराम रायले बालबालिकाको अधिकार संरक्षण र संवद्र्धनका लागि प्रतिवद्ध भएर लाग्ने सँगै आवश्यक नीति नियमहरु तयार गर्दै अगाडि बढ्ने बताए ।
त्यस्तै पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले बालबालिकाको संरक्षण हामी सबैको पहिलो कर्तब्य भएकोले बाल अधिकार कार्यविधि लगायतका ऐन, नियम तयार पारेर बाल अधिकारको सुनिश्चिता गर्ने प्रतिबद्धता जनाए ।
बागमती सेवा समाज नेपालद्वारा वल्र्डभिजन इन्टरनेसनलको सहयोग तथा राष्ट्रिय बाल अधिकार परिषद्सँगको समन्वयमा आयोजना गरिएको तालिममा बाल अधिकारको संस्थागत विकास र प्रणाली सबलीकरणलाई स्थानीय तहमा कसरी सँगै लैजाने भन्ने विषयहरुमा छलफल भइरहेको आयोजक संस्थाका अध्यक्ष भरतकुमार कार्कीले जानकारि दिए ।
भोली बिहिवारसम्म चल्ने तालिमको सहजीकरण राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश नं. २ का समन्वय अधिकारी संजिव महतोले गरिरहेका छन । तालिममा हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, बालअधिकार समितिका पदाधिकारी लगायतको सहभागिता रहेको छ ।