२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

सुबिधा सम्पन्न मानिने तराईका कतिपय ग्रामिण बस्तिहरुमा अझै पनी आयोडिन नुनको सट्टा ढिके नुनको प्रयोग हुने गरेको पाईएको छ । खुला रुपमा पाईने ढिके नुनले मानिसको शरिरलाई हानि गर्छ भन्ने चेतनाको कमिका कारण पनी ढिके नुनको प्रयोग भईरहेको जानकारहरु बताउँछन् ।

सर्लाहीको लालबन्दी नगरपालीका १५ का धन बहादुर थामि भन्छन, ‘बाख्रा बस्तुलाई दानामा मिलाएर खुवाउनका लागी ढिके नुन प्रयोग गरिने भएकोले आफुहरुले समेत सोहि नुन खाँदै आईरहेका छौँ ।’ आयोनुनको तुलनामा स्वादमा केहि भिन्नता हुने भएकोले पनी ढिके नुनको प्रयोग हुने गरेको उनको कथन छ ।

छिमेकी मुलुक भारत सँग सिमा जोडिएका सर्लाही सहित तराईका जिल्लाका सिमावर्ती गाउँमा समेत ढिके नुनको प्रयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको बताईन्छ । गाउँघरमा आयोडिनयुक्त नुनको प्रयोगको चेतनाको अभावले पनी ढिके नुनको प्रयोगमा कमि आउन नसकेको बसबरिया गाउँपालिका धनगढाका प्रदिप यादवले बताए ।

सरकारले ‘दुई बालबालिकाको चिह्न अंकित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनिरहँदा साल्ट  ट्रेडिङ कर्पोरशनद्वारा वितरित आयोडिनयुक्त नुनको प्रयोगमा भने कतिपय बेखवर छन । आयोडिनयुक्त नुनको प्रयोगले आयोडिनको कमीबाट हुने रोगबाट बचाउने काम गर्छ । नुनमा भएका खनिज तत्वले शरीरमा भएको तरल पदार्थको सन्तुलन मिलाउने, नसाको प्रसारण र मांसपेशीको कार्यलाई सघाउ पु¥याउँछन् ।

चिकित्सहरुको भनाई अनुसार दैनिक २३०० मिलिग्राम या त्योभन्दा कम नुनको सेवन गर्नु उपयुक्त हुन्छ । यो भनेको दैनिक एक चम्चा हो । तर विश्वका ९० प्रतिशतभन्दा बढीमानिस त्योभन्दा निकै बढी नुन सेवन गर्छन् । नुनको बढी सेवनले उच्च रक्तचाप बढाउने र त्यसबाट हृदयाघात र स्ट्रोकको समस्या बढाउने पनि खतरा हुन्छ ।

सर्लाहीको लालबन्दी नगरपालीका अन्तर्गतको तिनतले झल्लाचौडिबाट प्रहरिले ८० किलो लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरिले शनिवार राती करिव २ बजेको समयमा सुराकीको आधारमा गाँजा बरामद गरेको जनाएको छ ।

२ नम्बर प्रदेश प्रहरि कार्यालय जनकपुर तथा ईलाका प्रहरि कार्यालय लालबन्दी अन्तर्गतको प्रहरि पोष्ट परवानीपुरको संयुक्त टोलीले करिव ८० किलो गाँजा बरामद गरेको हो । उक्त स्थानबाट गाँजा ओसार पसार हुँदै भन्ने बिशेष सुराकीको आधारमा शुक्रवार राती करिव १० बजे पुगेको प्रहरिको टोलीले गाँजा बोकेर आउँदै गरेका २ जनालाई फाईरिङ गरि नियन्त्रण लिएको थियो भने ३ जना फरार भएका बुझिएको छ ।

अस्थाई प्रहरि पोस्ट परवानीपुरका असई बाबुराम भारती सहितको टोलीले गाँजा ओसार पसारमा संलग्न ईश्वरपुर नगरपालीका १२ बस्ने अन्दाजी बर्ष ३३ को आईत सिंह स्याङ्तान र सोही ठाउँका ५४ बर्षिय मान बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको हो ।

शनिवार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका दिन प्रहरिले भारि मात्रामा लागु औषध गाँजा बरामद गर्न सफल भएको हो । लागु औषध ओसार पसारमा संलग्नहरुलाई नियन्त्रणमा लिएर आबश्यक अनुसन्धाई भईरहेको प्रहरि कार्यालय सर्लाहीले जनाएको छ । साथै सर्लाही प्रहरिले यो आर्थीक बर्षमा २५० किलो गाँजा बरामद भएको जनाएको छ ।

सर्लाहीको परवानीपुरमा रहेको स्वास्थ्य चौकी परवानीपुरलाई एक संस्थाले शनिवार स्वास्थ्य सामाग्री प्रदान गरेको छ । लालबन्दी नगरपालीका १६ परवानीपुरमा रहेको स्वास्थ्य चौकीलाई हिमालयन केयर ह्याण्ड्स नेपालले एक कार्यक्रम मार्फत अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको हो ।

स्वास्थ्य चौकीको प्रांगणमा पुगेको हिमालयन केयर ह्याण्ड्स नेपालका प्रमुख समिर खतिवडा सहितको टोलीले सर्जिकल मास्क ५०० थान, स्यानिटाइजर ५० लिटर, एन ९५ मास्क ९० थान, पल्स अक्सीमिटर १ थान, पी.पी.ई. २ थान, बि.पी.सेट १ थान, फेस शिल्ड १० थान, इन्फ्रारेड थर्मोमिटर १ थान, गाउन २ थान, सोडियम हाइपोक्लोराइट ५० लिटर, बेटाडिन सोलुसन २ थान, पारासिटामोल १०० ट्याब्लेट, बेड म्याट्रेस सहित १ थान, जीवनजल ५० प्याकेट र कटन रोल २ थान प्रदान गरेको हो ।

वडा नम्बर १६ का वडासदस्यहरु तथा स्वास्थ्य शाखाका कर्मचारिहरुको उपस्थितीमा स्वास्थ्य चौकी परवानीपुरका ईन्चार्ज हिमांसु शेखर कर्णले सहयोगी संस्थाका प्रमुख खतिवडा सहितको टोलीलाई खादा ओढाई सम्मान गर्दै आउने दिनमा पनी सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो ।

छोटो औपचारिक कार्यक्रम मार्फत स्वास्थ्य चौकी परवानीपुरका हृदेश कुमार यादवले सहयोगी संस्थाको टोलीलाई स्वागत गर्नुभएको थियो ।

नेपाली कांग्रेसले सर्लाहीको लालबन्दी नगरपालिकाको आज आयोजित छैठौं नगर सभा बहिष्कार गरेको छ । जनताका माग र आवश्यकता सम्वोधन गर्नुको साटो मेयर केन्द्रित बजेट ल्याइएको आरोप लगाउँदै कांग्रेसले नगर सभा बहिष्कार गरेको हो ।

कांग्रेस लालबन्दी नगर समितिले पत्रकार सम्मेलन गरेरै नगर सभा बहिष्कारको घोषणा गरेको हो । कांग्रेस लालबन्दीका नगर सभापति प्रशान्त आचार्यले समुदायको आवश्यकता भन्दा पनि व्यक्तिले कसरी पैसा बचत गर्न सक्छ र आफ्ना कार्यकर्ताले कसरी नाफा कमाउन सक्छन् भन्नेतर्फ केन्द्रित रहेर बजेट ल्याइएकोमा आफूहरुको आपत्ति रहेको बताउनु भएको छ ।

पत्रकार सम्मेलनमा सभापति आचार्यले जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नगरको कुनै पनि किसिमको हरहिसाब, महालेखाको बेरुजु र पेश्की हिसाब सार्वजनिक नगर्नुले शंका उब्जाएको बताउनु भएको छ ।

कांग्रेसले कोरोना महामारीमा भएको खर्च तथा अनुदान सहयोग आदिको पारदर्शी पूणर् सार्वजनिक गर्न, आफैले निर्माण गरेको नियम विपरीत, कार्यकर्ता एवं आफ्ना निकटका विचार समूह र आस्थाका व्यक्ति तथा संस्थालाई कृषि, बीउ बिजन, विषादी एवं मलखादको बिक्री अनुमती तत्कालै खारेज गरी नियम अनुसार बिक्री वितरणको व्यवस्था मिलाउन, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गरिब जनतासँग मेयर, लक्षियत बर्गसँग उपमेयर, आदि कार्यक्रमको उपलब्धी र औचित्यसहित भएको खर्च र आम्दानी सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ । शिक्षा, स्वास्थ्य, नागरिकको जीवन रक्षा, जीविकोपार्जन, स्थानीय सरकारसँगको सहज पहुँच तर्फ ध्यान केन्द्रित गर्न र चुनाव केन्द्रित नभई आवश्यकता केन्द्रित बजेट निर्माण गर्न, स्वेच्छाचारी प्रवृत्तिको अन्त्य गरी जनहितकारी समन्वयात्मक एवं सार्वजनिक महत्वको कार्यमा ध्यान दिन पनि कांग्रेस नगर समितिले नगरपालिकालाई आग्रह गरेको छ ।

यसैगरी, सँगै सुरु गरिएको छिमेकी नगरपालिकाको भवन निर्माण भएर प्रयोगमा आइसके पनि लालबन्दी नगरपालिकाको भने हालसम्म भवन निर्माण नहनु आश्चर्यजनक रहेको भन्दै यसबारेमा आधिकारिक धारणा सार्वजनिक गर्न पनि कांग्रेसले पत्रकार सम्मेलन मार्फत माग गरेको छ ।

पत्रकार सम्मेलनमा पूर्व मन्त्री एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, क्षेत्र नं. १ का क्षेत्रीय सभापति प्रमोद बराल, नगर प्रमुखका प्रत्यासी द्वोय कुवेर आचार्य र इन्द्र योन्जन, कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्षहरु वडा नं. ९ का गोपालप्रसाद घिमिरे, वडा नं. १० का टोपबहादुर श्रेष्ठलगायत पार्टीका अन्य नेताहरुको उपस्थिति रहेको थियो ।

यता लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले नेपाली कांग्रेसले विज्ञप्ती निकालेर राखेका धेरैजसो माग नीति तथा कार्यक्रममा समेटिएको दावी गर्नुभएको छ । उहाँले नगरको ६० प्रतिसत बजेट वडामा पठाएर ४० प्रतिसत मात्रै नगरले राखेकाले बजेटलाई मेयर केन्द्रित भन्न नमिल्ने बताउनु भएको छ । नगर सभामा १ अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

“शान्तिको कुनै बाटो छैन,शान्ति मार्ग हो”
–महात्मा गान्धी
“शान्ति भनेको हामीले खोज्ने टाढाको लक्ष्य मात्र होइन,तर त्यस्तो माध्यमबाट हामी त्यो लक्ष्यमा पुग्छौं ”
–माट्रिन लुथर किङ्ग

माथि उल्लेखित दुवै उदगारहरुले शान्तिको अपरिहार्यताको बारेमा प्रष्ट हुन्छ । महात्मा गान्धी र मार्टिन लुथर किङ्गले व्यक्त गर्नुभएको विचार कुनै भाववेशमा आएर गरिएको होइन ! वषौं वर्षको व्यवहारिक अनुभवबाट सिद्ध गरिएको विचार हो र शान्ति विना लक्ष्यमा पुग्न तथा शान्ति प्राप्त गर्ने बाटो शान्ति नै हो भनेर प्रष्ट गर्नु भएको छ ।

कसैलाई कुनै काम विना अवरोध स्वतन्त्र रुपमा गर्न पाउने वातवरण नै शान्ति हो । कोलाहल आदी रहित अवस्थालाई शान्तिको अवस्था मान्न सकिन्छ । शान्ति निर्माणका लागि वैदिककाल देखि नै प्रयत्न भइरहेको पाइन्छ ।

महाभारतको युद्धमा कृष्णले शान्तिको लागि कौरव र पाण्डव बीच मध्यस्थता गर्नुभएको थियो भने देव र असुर बीच भएका कयौं युद्धहरुमा बृहस्पति, विदुर आदीले शान्तिका लागि पहल गरेको दृष्टान्त धार्मिक ग्रन्थहरुमा वर्णन गरेको पाइन्छ । आधुनिक मानव सभ्यता विकासको पाँच हजार बर्षमा पन्ध्रहजार भन्दा बढि साना ठूला लडाईहरु भए पारिवारिक झैझगडा तथा समुदाय स्तरको विवादको त लेखाजोखा नै छैन ! ति अनगिन्ती झैझगडाहरुको निरुपण अहिले विकशित भएको न्याय सम्पादन गर्ने अदालत, न्यायीक निकाय, प्रहरी प्रशासनहरुबाट मात्रै समाधान भएका होइनन्, अधिकाँश विवादहरु समुदाय स्तरमा नै हुने छलफल वा समाजका अगुवाहरुले दिने निर्णयबाट नै समाधन भएका छन भन्दा फरक नपर्ला ।

यस छोटो आलेखमा शान्तिका लागि संवादको आवश्यकता महत्वको चर्चा र संवादलाई सँस्कृतिको रुपमा विकास गर्न खेल्नुपर्ने भूमिकाको बारेमा केही कुराहरु राख्ने जर्मेको गरिएको छ ।


शान्तिपूर्वक जीवनयापन गर्न सवै चाहन्छन । शान्ति के हो ? शान्तिको आवश्यकता र महत्वको बारेमा धेरै बहस, ब्याख्या विश्लेषण गर्छन तर शान्ति निर्माण कसरी ? भन्ने विषयमा बहस/छलफलहरु अत्यन्तै कम भएका छन । शान्ति निर्माणका लागि सार्थक पहल गर्न हामी कुनै न कुनै रुपमा चुकिरहेका छौं । शान्ति ! शान्ति !! जपेर शान्ति प्राप्त हुने होइन ? शान्तिको लागि संवाद हुन जरुरी छ ।

मानविय स्वाभाव आफ्नो कुरा सुन्ने र प्रशंसा गर्नेहरुसँग मात्र निकटता हुने गर्दछ अझ भनौं मनपरेका मान्छेहरुसँग मात्र कुराकानी गर्ने, मननपरेका अथवा विचारमा थोरै असहमति भयो भने, आफूलाई फाइदा कम हुने भयो भने, आफ्नो आत्मसम्मानमा थोरै मात्र पनी चोट पुगेको जस्तो लाग्यो भने बोलचाल कम गछौं यात बोलचाल नै बन्द गछौं र आफू मात्रै ठिक भएको अनुभूति गर्ने भन्ने र असहमत व्यक्तिहरुको नराम्रा पक्षहरु र उसबाट भएका गल्ती कमजोरीहरुको टिका टिप्पणी गर्ने कुरा काट्ने गर्दछौं । सकेसम्म भेटघाट नै नगर्ने भेटघाट भइहाले पनि नबोल्ने बोली हाले पनि औपचारिकता मात्र निर्वाह गर्ने, घोचपेच गर्ने, राम्रो काम गरेपनि नराम्रो देख्ने, राम्रो बोले पनि नराम्रो सुन्ने हरेक क्रियाकलापहरुप्रति शंका गर्ने बानी हामी सवैमा कुनै न कुनै रुपमा कसैमा अलि बढि कसैमा अलि घटी रहेको छ ।

यो कुनै व्यक्तिगत प्रवृति मात्र नभएर समाजको सँस्कृति नै बनेको छ भने अर्कोतिर नेपाली समाजमा लामो समयदेखि कायम रहेको जातिय, लिङ्गिय, बर्गिय र क्षेत्रिय विभेदको कारण खुलेर आफ्ना कुरा राख्न नसक्ने, राखिहाले पनि नसुन्ने, सुनिहाले पनि सम्बोधन नहुने, सम्बोधन गरे जस्तो गरेपनि व्यबहारमा नदेखिने जस्ता समस्याका कारण शान्ति निर्माण कोरा कल्पना, दिवा–स्वपना बनिरहेको छ भन्दा फरक नपर्ला ?


– संवाद भनेको के हो ?

संवाद भनेको साधारण अर्थमा भन्ने हो भने कुराकानी भन्ने बुझिन्छ । संवाद समस्या समाधानको लागि गरिने अन्र्तक्रिया हो यो दुइतर्फी हुने गर्दछ । हामी कुराकानी नगरी बस्न पनी सक्दैनौं हाम्रा सवै कुराकानी विषय–वस्तुसँग जोडिएका पनि नहुन सक्छन । चाहे गाउँघरका चौक चौतारा या शहर बजारमा होस यातः सरकारी गैरसरकारी कार्यालय, विद्याल, सहकारी, वित्तिय संस्थाहरुका कार्यालयमा नै किन नहोस अधिकांश समय राजनीतिका रोगि बातचित भइरहेको हुन्छ । फलानो नेताले यसो भन्यो, तिलानो नेताले यसो ग¥यो, यसो गर्नुपर्नेमा त्यसो ग¥यो, तेरो दल नराम्रो, मेरो दल राम्रो, यस्तो हुन्छ भनेर मैले पहिले नै भनेको थिए (खासमा उसले पहिले केही नभनेको पनि हुन्छ) आदी जस्ता कुरामा रस्सा–कस्सी गर्दै फरक समूह वा फरक बिचारका मान्छेहरु र मननपरेका मान्छेहरुको झाँको झार्ने एकसरो मेलो सकेपछि कार्यालय वा आफ्नो जिम्मेवारीको काम केही गरे जस्तो गरेर फेरी अहिले धेरैमा लोकप्रिय भएको फेसबुक(थुतुने किताब)मा स्टाटस (अवस्था) दर्शाउने नाममा चाहिने नचहिने अर्ति, गाली–गलौज, अन्धभक्ति स्तुतीगान, थुतुनो विगारेका सेल्फी, मर्केका, फर्केका, बसेका, उठेका, हिडेका, सुतेका, लाएका, खाएका फोटा नामका चित्र–विचित्र र बिभिन्न लिलाका टिक–टक भिडियो अपलोड तथा एप्सहरुको डाउनलोड गर्दै महत्वपूर्ण समय अनहाकमा खर्च गरीरहेका मात्र छैनौं सँगै बसेर छलफल गर्ने अनुभव साट्ने,दुःख सुख बाँड्ने सँस्कृति हराउदै गएको छ ।

छोरा–छोरी, बाउ–आमा मात्रै नभएर हजुरवा–हजुरआमा समेत चस्माको साहरामा मोवाइलमा नै हराउन थालेका छन, मानव समुदाय एकाङ्कीक र अन्र्तमूखि बन्दै गएको छ । घरमा आउने पाहुनाले सन्चो विसन्चो, घर व्यावहार सोध्दैन्न वाइफाईको पासवर्ड सोध्दछन ! छोरा–छोरी, श्रीमतिले काममा गएको बाउ नआए त्यति सारो वास्ता गदैन्न जति वाईफाईको लाइन नआउदाँ गर्दछन ! सँगै बसे नबसेको खासै अनुभूति हुदैन किन की कुराकानी हुँदैन, भई हाले पनी औपचारिकता मात्रै हो । खुसि बाँड्ने दुःख साट्ने, पिडा पोख्ने पनि फेसबुकमा नै हुन थालेको छ । सामाजिक सञ्जालका भित्ताहरु बिरुप हुने गरी गाली–गलौज, हाँसो, रोदन, अर्ति उपदेश, सूचना र व्यापारका विज्ञापनले लतपतिएका छन । आफूले गर्ने काम नजान्ने अरुले गर्ने काम जान्ने त्यही काम गर्नु प¥यो भने नजान्ने मनरोगबाट हाम्रो सिँङ्गो समाज नै ग्रसित हुदै गइरहेको छ ।

समाज संवादहिनतामा गइरहेको छ भन्दा फरक नपर्ला यही अवस्थाबाट गुज्रिने हो भने भोलीको समाज कस्तो होला ? कल्पना गर्न पनि गाह्रो छ । हाम्रो समाजलाई एकाङ्कीक हुनबाट बचाउन र शान्ति निर्माण गर्नको लागि घर परिवार तहदेखि नै संवादको थालनी गर्नुपर्दछ । बाउ–आमाले पारिवारको अवस्थाको बारेमा छोरा–छोरीलाई जानकारी गराई उनिहरुको भूमिकाको बारेमा सचेत गराउने । छोरा–छोरीको इच्छा, चाहना, रुची, आवश्यकताको बारेमा छलफल गर्ने । टोल–टोलमा टोलको अवस्था विश्लेषण टोलको सुधार र विकासका योजना तर्जूमा कार्यान्वयन आम सहभागिता कामको समिक्षा गर्र्ने परिपाटिको विकास गर्ने ।

टोल–टोलमा बाचानालय,सार्वजनिक बहस,कम्तिमा वर्षको एकपटक टोलवासीको सहभागितामा एउटा पिकनिक, पाक्षिकरुपमा छोटो समयको घुम्ती टोलभेला, आय–आर्जन गर्ने सिप र अनुभव आदन–प्रदान, गाउँ, टोल विकास संस्था स्थापना परिचालन, टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागितामा वडाको विकास, सम्बृद्धिको लागि सहजिकरण गर्न संवाद समूह गठन परिचालन, मेलमिलाप केन्द्रको प्रभावकारी सञ्चालन, गाउँ, टोलमा हुने विकास निर्माण कार्यका तथा सामुदायिक संस्थाहरु (विद्यालय, खानेपानी, सिंचाई, सामुदायिक वन, धार्मिक वन, क्लव आदी) को आम्दानी खर्चको सार्वजनिक लेखा परिक्षण, सार्वजनिक सुनुवाई प्रत्येक कार्यालयमा नागरिक वडापत्र जारी गर्ने र कडाईपूर्वक लागु गर्ने । पालिका स्तरमा सवै राजनीतिक दलहरुका प्रतिनिधिहरुको प्रतिनिधित्व र आलो पालो नेतृत्व हुने गरी संवाद समूह गठन, संवाद समूहको परामर्शमा पालिका स्तरीय शान्ति, सम्बृद्धि र विकासका योजना तर्जूमा, कार्यान्वयनमा आउन सक्ने अवरोधमा संवाद समूहबाट सहजिकरण, संवादलाई संस्कृतिको रुपमा विकास गर्न पूरा गर्नुपर्ने आधारहरुको बारेमा कार्यशाला गोष्ठी र सार्वजनिक वहस (मिडिया र सामाजिक सञ्जाल) मा अगाडी बढाउने धार्मिक–साँस्कृति रुपान्तरणको लागि पुरोहितहरुबाट मानवता, भातृत्व, समानता जस्ता विषयमा प्रवचण दिने धार्मिक ग्रन्थहरुमा विभेद नभएको स्पष्ट पार्ने व्याबहारिकरुपमा विभेद नगर्ने ।

पाठ्यक्रममा सवैखाले विभेद इश्वरीय देन होइन मानव सिर्जित भएको तथ्य बोध गराउने तथा मानविय सदभावको पाठहरु तयार गर्ने विभेद गर्नेलाई कानूनी सजाय हुने कुराको बोध गराउने, विशेष गरी पंण्डीत पुरोहितरुको सहभागितामा सहभोजको आयोजना गर्ने सवै जाती, भाषीहरु भाषा, सँस्कृतिको बारेमा बहस, छलफल, अन्र्तक्रियाको थालनी गर्न सके संवाद सँस्कृतिको विकास हुने र विवादले निकास पाउनेमा ढुक्क हुन सकिन्छ ।

शान्ति निर्माणको आधार तयार पार्न सवैले आ–आफ्नो ठाउँबाट प्रयत्न गरौ यही नै आजको युगको माग हो सवैलाई चेतना भया ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजानु अघि शान्ति सम्झौता गर्नुपर्ने बताएका छन्।

अमेरिकी न्युज प्लेटफर्म एक्जियोसको अन्तरवार्तामा बोल्दै प्रधानमन्त्री खानले अमेरिकाले राजनीतिक सम्झौता नगराएमा अफगानिस्तानमा गृहयुद्ध हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

विगत २१ वर्षदेखि अमेरिका र अफगानिस्तानी सङ्गठन तालिवानबीच युद्ध चलिआएको छ । तर, आउँदो सेप्टेम्बर ११ मा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजाने घोषणा गरेको छ ।

अफगानिस्तानको करिब आधा भूभाग अहिले पनि तालिबानको नियन्त्रणमा रहेको बताइन्छ । तर, अहिले अफगान सरकारमा तालिबानको संलग्नता छैन ।

अमेरिकाले कुनै सम्झौता बिना नै आफ्नो सेना फिर्ता लैजाँदा तालिवान सत्ता साझेदारीमा जाने र यसले अफगान सरकार र तालिवानबीच युद्ध निम्त्याउने चिन्ता रहिआएको छ ।

यस्तोमा पाकिस्तानी प्रधानमन्त्री खानले अमेरिकाले तालिवान र अफगान सरकारबीच एक राजनीतिक सम्झौता गराउनुपर्ने बताएका हुन् ।

यसबाहेक उनले अमेरिकालाई आफ्नो भूमिमा सैन्य स्थापना गर्न नदिने स्पष्ट पारेका छन् । विवादका लागि पाकिस्तानले कुनै पनि देशलाई सैन्य स्थापना गर्न नदिने भन्दै आफूहरू शान्तिको पक्षमा रहेको प्रधानमन्त्री खानको भनाइ छ ।

यसअघि सन् २०११ मा अमेरिकालाई ड्रोन आक्रमण गर्नका लागि पाकिस्तानी भूमिको प्रयोग गर्न दिएको बताइन्छ ।

पवन प्रसाद साह, वीरगंज – आन्तरिक श्रोत न्युन भएपनि कालिकामाई गाउंपालिकामा विकाश कार्यले गति लिएको छ । शनिवार पालिकाका विभिन्न वडामा संचारकर्मीहरुको टोलीले स्थलगत अनुगमन गर्दा विकाश निर्माणका योजना धमाधम अगाडी बढेको तथा अधिकांश योजना सम्पन भइसकेको देखिएको छ ।

गाउंपालिका भित्रका वडाहरुमा मुख्यतः प्रमुख तथा सहायक सडक ढलान, आवश्यक्ता अनुसार नाला निर्माण, विधालय पुरर्वाधार, सामुदायिक भवन निर्माण , पैराणिक कालिकामाई र भवानी मन्दीरको संरक्षण, कृषककोलागि बोरि¨ जडान , स्प्रे टंकी वितरण , दुध उत्पादन बृद्धी तथा स्वरोजगारको लागि पाडी, बाख्रा वितरण लगायतका योजना सम्पन भएका छन ।

त्यसतै पालिका भवन निर्माण , प्रत्येक वडामा पार्टी पैलेस हेर्ने लायक र लाभकारी अन्य दजनौ योजना उदाहरणियरुपमा अगाडी बढेका छन । तर गाउपालिका भित्र कै केहि व्यक्ति जो गैरसरकारी संस्थाको लेउदेउ कार्यक्रम गरि आयआर्जन गर्छन उनीहरु अहिले पालिकालाई एकहरो रुपमा बदनाम गर्न पेशा अंगालेको पालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पवन तिवारीले बताउनु भयो ।

जनताले भएको विकाशको अनुभूती गरिरहेको बेला गैर नाफा मुलक उदेश्यले संचालन हुने एनजिओको कारोबार गरि राम्रो आमदनी आर्जन गरेका र कालिकामाई गाउपालिकामा त्यस्तो नहुने हुदा उनीहरु रिसाएर बदनाम गर्न कार्यमा जुटेको तिवारीले बताए । पालिका अन्तर्गतको वडा नम्बर ५ मा तिन दिन अगाडी उनीहरु गएर कता हिलो छ ,भनेर खोज्नु परेको र नपाएपछि बाटो नभई दशै मेला लागने सार्वजनिक जग्गाको फोटो राखि भ्रम फैलाउन समाजिक संजालमा फोटो राखेको प्रति वडावासी आक्रोशित भएको स्थानिय बागड राउतले बताउनु भयो ।


कुरा दुई वर्ष अगाडीको हो , कालिकामाई गाउपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत संन्देश यादवलाई प्रभावमा पारि गोप्यरुपले कालिकामाई गाउपालिका २ गदीयानी स्थित ब्रिलियन्ट युवा कल्बले स्कुलका वालवालिकालाई जनचेतना कार्यक्रम गर्न ६ लाखको सम्झौता गरिसकेको थियो । त्यसपछि केहि दिन नवित्दै यादवको सरुवा भयो र गोप्य सम्झौताको पोल खुल्यो । ६०/४० को भागबण्डामा तय भएको सम्झौता विशेष सभागरि जनप्रतिनिधीले रदगरि सो रकम वैकल्पिक उर्जा प्रवर्धनमा खर्चगरे त्यस यता ब्रिलिएण्टका कल्बका संचालकहरु समाजिक संजाल तथा आफैले संचालन गरेको मिडियाबाट गाउपािलकाबारे भ्रम फैलाउन सकृय रहेको वडा अध्यक्ष तिवारीले बताए ।

अहिले प्राप्त समाचार अनुसार हाल सन्देश यादव प्रशासकिय अधिकृत रहेको सखुवा प्रसौनी गाउपालिकामा फेरी १० लाख भन्दा बढीको योजना सम्झौता गरिएको छ । कल्ब संचालकहरुले पत्रिका र एउटा आनलाईन पनि संचालन गरेका छन । त्यसमा कामनदिने पालिकाको नियतसव भ्रामक समाचार तथा ६०÷४० को काम गर्नेको अनावश्यक प्रचार हुने गरेको कालिकामाई गाउपालिका वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले बताए ।

मुख्य पेशा कल्बबाट आमदनी गर्ने व्यक्तिहरु अहिले आक्रोशित भएर बदनाम गर्दा पनि कुनै फरक नपर्ने वडा नम्बर ५का अध्यक्ष तिवारी बताए । उनले भर्ने मंदिरको गजुरमा चराले दिशा गर्दा मन्दीर भित्रको भगवान मन्दीर छोडी जादैन्न , तस्र्थ आलोचना बाट हामी कुनै हालतमा विचिलीत हुदैनौ’ । जसले आफनो प्रतिनिधी छान्यो ती जनताको लागि विकाश निर्माण गरेको दाबी गर्दै उनले जनता खुस छन अरु रिर्सार केहि फरक नपर्ने बताए ।

बागमतीमा शनिवार बिहान बाढी तथा डुबानको समयमा गरिने उद्धार कार्यको प्रदेश २ स्तरीय संयुक्त अभ्यास गरिएको छ ।

प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनकपुरधामले बागमती नगरपालिकाद्वारा निर्माणाधीन १२१ बिघाको तालमा संयुक्त अभ्यास कार्य सम्पन्न गरेको हो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबान हुँदा गरिने उद्धारबारे संयुक्त रुपमा अभ्यास प्रस्तुत गरेका थिए ।

त्यहाँ बोटबाट गरिने उद्धार र डोरी तानेर गरिने उद्धारको अभ्यास देखाइएको थियो । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रदेशभित्रका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला मन्त्री यादवले बर्षायाममा प्रदेशका सबै जिल्लामा बाढी तथा डुबानको समस्या हुने भएकाले प्रभावितहरुको उद्धार र सुरक्षित बसाईको व्यवस्थापनमा जुट्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

केही दिन पहिले सर्लाहीका सुरक्षा निकायले बागमतीको सोही तालमा जिल्ला स्तरीय बाढी तथा डुबानको पूर्व तयारी अभ्यास गरेका थिए ।

जितेश यादव, रौतहट – प्रदेश नम्बर २ का भूमि व्यवस्था तथा कृषि राज्य मन्त्री योगेन्द्र यादवले रौतहटका ३ विद्यालयका १०६ छात्रालाई साईकल बितरण गरेका छन ।

मन्त्री यादवले ‘बेटी बचाउ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत रौतहटको यमुनामाई गाउँपालिका स्थित जेठ्रहिया माध्यमिक विद्यालयका ७७, सोही गाउँपालिका स्थित जगदम्बा आधारभुत विद्यालयका ११ र माधव नारायण नगरपालिकामा रहेको बालविकास आधारभुत विद्यालयका १८ गरी १०६ छात्रालाई साईकल वितरण गरिएको छ ।

मन्त्री यादवले प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपंतिमा राख्ने कार्यमा अघि बढेको समेत बताए ।

विद्यालयमा छात्राहरुलाई पढाईप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम ल्याएको यादवको भनाई छ ।

जितेश यादव, रौतहट – जिल्ला अस्पताल रौतहटमा कार्यरत डा.कृष्ण साहले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्दै आएको गौर अस्पतालका व्यवस्थापन तथा संचालक समितिका सदस्य ओमप्रकाश साहले आरोप लगाएका छन ।

जिल्ला अस्पतालाई यस आर्थिक वर्षमा प्रदेश सरकारले करिब १ करोड ७० लाख बराबरको टेण्डर दिएको छ । तर प्रक्रियामा नगई आफ्नो निजि स्वार्थ पूरा गर्न खोजेको र कार्यालय मातहत खर्च गरिने रकमको सम्पुर्ण कागजातहरु डा. साहले स्वंम राखि कार्यालयमा समेत नराखेको सदस्य साहको आरोप छ ।

कुनै पनि कार्यालयको प्रमुखले स्वंम प्रत्यक्षरुपमा सम्पुर्ण कार्य गर्न सक्दैन तर डा.साहले आफ्नो कार्यमाथि पर्दा राख्न फोकल पर्सन एवंम कार्यसम्पादनको जिम्मेवारी लिएका छन् । कर्मचारीहरुको काम आफै गर्दै आएका साहसँग कार्यहरुको योजना बारे समिक्षा बैठक बस्दा समेत डा. साहको अनुपस्थित रहेको र भ्रष्टचार रोक्नका लागि व्यवस्थापन समितिले पटकपटक पत्र पठाए पनि डा.साह अटेरी गरेको व्यवस्थापन समितिका सदस्य साहले गुनासो गरे ।

औषधी लगायत विभिन्न सम्राग्री खरिद गर्न प्रदेश २ सरकारबाट आएको १ करोड ५० लाख रकमको हिसाब जिल्ला अस्पतालका मेसु डा. साहले पारदर्शी नगरेको व्यवस्थापन तथा संचालक समितिका सदस्य साहले बताए ।

गौर अस्पतालका व्यवस्थापन तथा संचालक समितिले प्रदेश एंवम केन्द्र सरकारबाट आएको रकम बारे औषधी खरिद भएको विवरण देखाउन माग गर्दा डा. साहले ईन्कार गर्दै आएको सदस्य साहले प्रस्ट पारेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको दोश्रो भेरियन्ट नियन्त्रण तथा रोकथामका लागि रौतहटका प्रत्येक पालिकालाई ५ लाखको दरले रकम हस्तान्तर गर्नु पर्नेमा डा.साहले केहि विवरण नदिएको सदस्य साहले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।