मेलम्ची : गत असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीबाट सयौँ नागरिकहरू घरवारविहीन भएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका क्षेत्र तहसनहस भएपछि बेघर भएका नागरिकलाई बासको समस्या छ ।
बाढी घटेपछि पनि नागरिकको घर नै बालुवाले पुरिएको छ । केहीँ स्थानीयले पुरिएका घरबाटै बचेका सामान निकालेका छन् । बाढीका कारण बजार नै बालुवाले पुरिएपछि स्थानीयको जनजिवन सहज हुन निकै समय लाग्ने देखिएको छ ।
बाढीपछि बेपत्तामध्ये अहिलेसम्म ४ जना मात्र सम्पर्कमा आएका छन् भने ३ जना मृत भेटिएका छन् । अझै दर्जनबढीको अवस्था अज्ञात छ । अहिले पनि सो क्षेत्रमा सुरक्षाकर्मीले उद्धार र खोजीकार्य जारी नै राखेका छन् । पुरिएका क्षेत्र र घरबाट बालुवा र लेदो हटाउने प्रयास पनि भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
आज लायन्स क्लव अफ निजगढ सिटीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा गएको बाढीपीडितको लागि खाद्यान्न सहयोग गरेको छ ।
लायन्स क्लव इन्टरनेसनल 325 A2 अन्तर्गत रहेको निजगढ नगरपालिकाको लायन्स क्लब अफ निजगढ सिटीका पदाधिकारीको आन्तरिक सहयोगबाट २५के. जी. को चामल ७० बोरा (१७.५० क्यून्टल) र निजगढका समाजसेवी प्रमोद सिग्देलबाट २५के.जी. को ५ बोरा (१.२५ क्यून्टल) गरी जम्मा १८.७५ क्यून्टल चामल हेलम्बु गाउँपालिकाको लागि मेलम्ची पुगि सहयोग गरिएको छ । नेपाल सरकारले राहत एकद्वार प्रणाली द्वारा गरिएकोले आज मेलम्चीको नेपाली सेनाको ब्यारेकमा पुगि मेलम्ची नगरपालिका वडा नं ११ का वडा अध्यक्ष रुद्र प्रसाद दुलाल रोहबरमा हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट मनोज रेग्मीको नेतृत्वमा लायन्स क्लव अफ निजगढ सिटीका सदस्यहरू उक्त मेलम्चीमा पुगि स्तलगत निरीक्षण समेत गरेका थिए । क्लबका पास्ट प्रेसिडेन्ट खड्ग प्रसाद उप्रेती क्लबका सेकेन्ड भाइस प्रेसिडेन्ट विष्णु गोपाल रिसाल, सेक्रेटरी दिलीप यादव, सदस्य खड्ग राज मैनाली,नवीन खनाल, मुकुन्द विष्ट, अनिस पोख्रेल, प्रमोद सुवेदी,राजेश चौधरी समेत उक्त हस्तान्तरण कार्यक्रममा उपस्थित रहेका थिए ।
लायन्स क्लव अफ निजगढ सिटीले निजगढ नगरपालिकामा विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको र अहिले पनि यस दुःखद घडीमा सहयोग गरी ” पहाडमा बाढी आउँदा मधेशले देख्नुपर्छ, मधेशमा हुरी आउँदा पहाडले छेक्नु पर्छ ” भन्ने कुरा चरितार्थ गरेको छ।
चुरे उत्खनन् तथा ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ ।
प्रतिनिधिसभा विघटन गरेर अध्यादेशमार्फत बजेट ल्याएको सरकारले व्यापार घाटा कम गर्न भन्दै बालुवा, गिट्टी, ढुंगा उत्खनन् र निकासी गर्ने कार्यक्रम राखेको छ ।
बजेटमा समेटिएको उक्त कार्यक्रमले चुरे विनाश गर्नुका साथै तराई मधेसको उर्वरभूमी विनाश हुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्चमा सातवटा रिट निवेदन दायर गरेका छन् ।
रिटमा अन्तरिम आदेशमार्फत् तत्काल कार्यान्वयनमा रोक लगाई अन्तिम आदेशमार्फत सरकारलाई भोलिका दिनमा पनि यस्ता राष्ट्रहित विपरितका काम नगर्न नगराउन आदेश मागिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको रिटमा निवेदकले अध्यादेशमार्फत ल्याइएको बजेटको वैधताको व्याख्या गर्न समेत माग गरेका छन् ।
उक्त रिट सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा संवैधानिक इजलास गठन गरिएको छ । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ हुनुहुन्छ ।
निजगढ : नेपाली काग्रेस बारा जिल्ला संगठन विभाग प्रमुख शम्भु बहादुर बुढाथोकीले आफ्नो पहलमा स्वास्थ्य सामाग्री वितरण गरेका छन् । दोस्रो सविधान सभा सदस्यका निर्वाचनका प्रत्याशि समेत रहेका बुढाथोकीले बुधबार विभिन्न क्षेत्रको लागि करिब ६ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
निजगढ नगर उद्योग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रममा निजगढ नगरपालिका भरिका २७ विद्यालय, तीन वटै सुरक्षा निकाय र सञ्चारकर्मीको लागि सेनिटाईजर, मास्क, ग्लोब्स, थर्ममिटर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।
कार्यक्रममा नेता बुढाथोकीले विद्यालयका प्रअ, ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख, बारा जिल्ला ट्राफिक प्रहरी कार्यलय निजगढका प्रमुख तथा सशस्त्र प्रहरी बेश क्याम्प निजगढका प्रमुख, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारी लगायतलाई हस्तान्तरण गरेका हुन् ।
उनले यसअघि बारा जिल्ला क्षेत्र नम्बर १ का सबै स्थानिय तहहरुलाई यो भन्दा अगाडि नै कोरोना सक्रमणबाट बच्नको लागि करिव १० लाख बराबरको स्वस्थ्य सामाग्री वितरण गरेका थिए । जनताको सेवामा सदैव तत्वर रहेको बताउँदै बुढाथोकीले विद्यालय खुल्नै लाग्दा विद्यालय जस्तो भिडभाड हुने स्थानमा कसैले पनि ध्यान नदिएको भन्दै निजि पहलमा स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
उनले यो माहामारिमा अग्रपंक्तिमा खटेर काम गर्ने सुरक्षा निकाय र सञ्चारकर्मीलाई समेत स्वास्थ्य सामाग्री वितरण गरेका छन् । राज्यले नै गर्न पर्ने यस्तो काम राज्य सञ्चालनको जिम्मा लिगेकाहरु निजि स्वार्थमा लागेकोले आफुले हेरेर बस्न नसकेकोले आफुले सकेको सहयोग गरेको नेता बुढाथोकीले बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस निजगढ नगर सभापति महेशी कुवर नगर उद्योग वाणिज्य सघ निजगढका संयोजक रामकृष्ण नेपाल, लाईन्स क्लब अफ निजगढका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, नेपाल शिक्षक संघका सियाराम कुमर लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेपाल चलचित्र विकाश बोर्ड समितिका सदस्य भाईकाजि श्रेष्ठले गरेका थिए ।
सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ मा मंगलवार कोरोनाबाट प्रभावित १०० बिपन्न परिवारका लागी खाद्यान्न सहयोग गरिएको छ ।
चाईना फाउन्डेसन फर प्रोभर्टि एलिभेसन CFPA र ड्रप अफ लाईफको सहयोगमा ट्रान्सफर्म नेपालले १५ नम्बर वडाको कटहरबोट र सतभैयाका १०० परिवारलाई खाद्यान्न सहयोग गरेको हो । कोरोना भाईरस (कोभिड १९) प्रभावित परिवारका लागी संस्थाले २ केजी दाल, खाने तेल तथा साँडे १२ केजि चामल सहितको खाद्यान्न राहत स्वरुप प्रदान गरेको हो ।
राहत पाएपछि कटहरबोटकी बिन्दा कार्किले काम गर्ने वातावरण नभएर समस्यामा परेको बेला संस्थाले सहयोग गरेको भन्दै सहयोगी संस्थालाई धन्यवाद प्रकट गरेकी थिईन ।
संस्थाले लालबन्दी नगरपालीकाको कार्यपालीका सदस्य सरिता थामिको उपस्थितीमा राहत स्वस्प बिपन्न परिवारका लागी खाद्यान्न सहयोग गरेको ट्रान्सफर्म नेपालका नहकुल राईले जानकारि दिनुभयो ।
उहाँका अनुसार लालबन्दी नगरपालीका वडा नम्बर ३ को ४०, वडा नम्बर ९ को ८०, वडा नम्बर १४ को ३० र १५ को १०० परिवार गरि जम्मा २५० बिपन्न घर परिवारका लागी संस्थाले सहयोग गरेको छ ।
क्षितिज बिश्वकर्मा, सर्लाही – निरन्तरको बर्षाले अहिले तराईका आँगन, सडक तथा खाली जमिनमा पानी जमिरहेका छन ।
जसको कारण साना केटाकेटीका लागी जोखिम बढेको छ । बर्षाको समय सुरु भए सँगै हामिले बालबालीका पोखरि, खाल्डो र खोलाहरुमा डुबीरहेका खबरहरु सुनिरहेका छौँ ।
यसै बिच सर्लाहीको बरहथवामा २ बर्षिय बालक आफ्नै घरको चापाकलको फोहोर पानी जम्ने खाल्डोमा डुबेका छन । बरहथवा नगरपालीका ५ बस्ने मुकेश गुप्ताको अन्दाजी २ बर्षका छोरा फोहोर पानी जम्ने खाल्डोमा डुबि बेहोस भएकोमा उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक बालकको शव पोस्टमार्टम पश्चात परिवारले बुझेका जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।
बर्षाको समयमा बालबालीकाको ख्याल नगर्ने, जथाभावि जान दिने तथा घर वरिपरिको पानी जम्ने खाल्डोहरुको उचित ब्यवस्थापनमा ध्यान नदिँदा अवोध बालबालीकाले अकालमा ज्यान गुमाईरहेका छन ।
नेकपा(माओवादी) केन्द्र सर्लाही र सर्लाही काठमाडौ सम्पर्क मन्चद्वारा लालबन्दी प्राथमिक स्वास्थ केन्द्रलाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ ।
स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, नेकपा माओवादि सर्लाही जिल्लाका सचीव कमल बुढाथोकी लगाएतका जिल्ला नेता तथा कर्याकर्ताहरुको उपस्थितीमा रहेको थियो । स्वास्थ्य सामाग्रीहरुमा (पीपीई) १५ थान थर्मल गन ५ वटा पल्स अक्सो मिटर १० वटा कोभिड एजी किट २५० वटा फेस माक्स ५०० वटा र एन ९५ मास्क ८०० वटा रहेका छन् ।
त्यस्तै प्राथमिक स्वास्थ केन्द्रले सहयोग गर्नुहुने सबैलाई एक बिज्ञप्ती निकालि धन्यवाद ज्ञापन गरि आउँदादिनहरुमा अझ सहयोग आउने अपेक्षा गरेको छ ।
त्यसैगरी आवश्यकताको आधारमा इश्वरपुर, हरिपुर, चक्रघट्टा नगरपालिकाको स्वास्थ शाखालाई पनि आजैको दिन स्वास्थ सामाग्री हस्तान्तरण गरिएको युवा समाजसेवी तथा माओवादी केन्द्रका नेता श्याम श्रेष्ठले बताउनु भयो । श्रेष्ठले आफुहरु सहयोग गर्न जहिले पनि तयार रहेको बताउदै भोलि पनि बाग्मती, हरिवन र बरहथवा नगरपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।
स्वास्थ सामग्री नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं नेता नारायणकाजी श्रेष्ठ र सर्लाही काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष दाहाल लगायतका नेताले सर्लाही सम्म ल्याउनु सहयोग गर्नुभएको थियोे ।
विभिन्न माग राख्दै विरोध प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरु पक्राउ परेका छन् । .
मंगलबार दिउँसो काठमाडौंको नयाँबानेश्वरस्थित निषेधित क्षेत्र नजिकै प्रदर्शनमा उत्रिएका नेविसंघ सर्लाहीका नेता एवं जीपी कोइराला अध्ययन केन्द्र सर्लाही शाखाका अध्यक्ष मनिष रायमाझी, मनिष सिंखडा, अन्जनराज खतिवडा, सञ्जिव ढकाल, सुवर्ण गौतम, मनिष खड्का, रमित खड्का लगायत विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौं स्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।
संसद पुनःस्थापना गर्नुपर्ने, कोरोना खोपको ग्यारेन्टी गर्नुपर्ने, विद्यार्थीलाई पढ्ने विकल्प दिनुपर्ने माग सहित नेविसंघका विद्यार्थी नेताहरुले प्रदर्शन गरेका थिए ।
नेविसंघमा क्रियाशिल रहँदै आएका हरिवन नगरपालिका–९ नयाँरोड निवासी मनिष रायमाझी जीपी कोइराला अध्ययन केन्द्र सर्लाही शाखाको अध्यक्षमा केही समय अघि मनोनित भएका हुन् ।
क्षितिज बिश्वकर्मा, लालबन्दी : सर्लाहीको परवानीपुरमा रहेको स्वास्थ्यचौकी परवानीपुरलाई आईतवार काठमाण्डौँमा बस्दै आएका युवाहरुले स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेका छन ।
लालबन्दी नगरपालीका वडा नम्बर १६ मा रहेको स्वास्थ्य चौकीमा सर्लाही घर भई काठमाण्डौँ बस्दै आएका युवा संघका केन्द्रिय सदस्य भुवन बिक्रम पाण्डे र उमेश बलले स्वास्थ्य सामाग्री प्रदान गरेका हुन । स्वास्थ्य चौकीका लागी युवाद्वय पाण्डे र बलले डिस्पोजेबल मास्क ९०० थान, स्यानिटाइजर ५ लिटर, स्यानिटाइजर ५०० मी.ली. सहितको स्प्रे १ थान, अक्सीमिटर १ थान, पी.पी.ई. १ थान, पी.पी.ई. गाउन २ थान, फेस शिल्ड १० थान, इन्फ्रारेड थर्मोमिटर १ थान, लूज ग्लोभ्स १ बक्स, गम बूट २ जोर र १ थान ह्वील चेयर प्रदान गरेका हुन ।
स्वास्थ्य चौकीको प्रांगणमै पुगेर युवाद्वयले वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापा तथा स्वास्थ्य चौकी प्रमुख हिमांसु शेखर कर्णलाई सो सामाग्री प्रदान गरेका हुन ।
उनिहरुले दिएको जानकारि अनुसार क्यानडा बस्दै आएका कृस शर्माको समेत ब्यक्तिगत सहभागीतामा उक्त स्वास्थ्य सामाग्री स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै वडाध्यक्ष थापा र स्वास्थ्य चौकी ईन्चार्ज कर्णले कोरोना कोभिड १९ महामारिको समयमा स्वास्थ्य चौकीलाई अति आवश्यक सामाग्रीहरु सहयोग गरेकोमा युवाहरुलाई धन्यवाद दिएका थिए ।
सहयोगी युवाहरु पाण्डे र बलले अन्य दिनमा पनी स्वास्थ्य चौकीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु सहयोग गर्न आफुहरु तयार रहेको बताएका थिए ।
काठमाडौं : कोरोना संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले असार छ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघि वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो i
निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ। बिहान ११ बजेसम्म खाद्यान्न पसल र पुस्तक पसल खोल्ने पाइनेछ। यस्तै हाडवेयर पसल अपरान्ह ४ बजेपछि खुला हुनेछन्। अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।
निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।डौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या ६ लाख ६७ हजार ७८ पुगेको छ। कोरोनाबाट ८ हजार ३६६ जनाले ज्यान गुमाइसकेका छन्। annapurna



