२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

नेपाल आयल निगमले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यअनुसार निगमले मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२३ र डिजेल र मटीतेल १०६ रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र हवाई इन्धन मूल्य भने यथावत् छ । मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल प्रतिलिटरमा ८ रुपैयाँ ५६ पैसा, डिजेल प्रतिलिटरमा ४ रुपैयाँ ४६ पैसा घाटा रहेको छ । यस्तै ग्यासमा ३ सय ७५ रुपैयाँ घाटा रहेको निगमले जानकारी दिएको छ । मूल्य बढाउँदा पनि १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा रहेको निगमले जानकारी दिएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। भण्डारीको रिटमा पुर्‍याउनु पर्ने रित पूरा नभएको र ज्ञवालीको रिट अध्ययनकै क्रममा रहेकाले आज दर्ता गर्न नसकिएको सर्वोच्चको रिट महाशाखाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश छुटाएका थिए ।

मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाउनु भएको थियो । प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएका थिए । ओलीले भने यो पर्दैन भन्दै शपथग्रहण अगाडि बढाए । उनको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हांसेकी थिईनन् । त्यसपछि ओलीले शपथमा प्रयोग भएको ईश्वर भन्ने शब्द पनि उच्चारण गरेका थिएनन् ।

शपथ ग्रहणका वाक्यांश जानाजान छुटाएर प्रधानमन्त्री ओलीले शपथको गरिमा लत्याएको र राष्ट्रपतिको समेत मानमर्दन गरेको एक पूर्वप्रधानन्यायाधीशले बताए । शपथ लिने भनेको संविधान र कानुनमा जे छ त्यही हो । आफूलाई जे मन लाग्छ त्यही भन्ने भए त शपथ नै किन लिनुपर्‍यो ? म संविधान र कानुनको अधिनमा छु भन्ने कुरा मान्नेले एकशब्द यताउता गर्न पाइन्न । त्यो नमान्ने हो भने अर्कै कुरा हो, उनले भने उनले शपथका क्रममा यो पर्दैन भनेर आदेशात्मक भाषामा जसरी भने, त्यो त सरासर राष्ट्रपतिको अनादार गर्नु हो । अमेरिकामा सन् २००८ मा पहिलोपटक राष्ट्रपति बनेका बराक ओबामाले भूलवश एउटा वाक्यांश यताउता पारेर पढेपछि दोहोर्‍याएर शपथ लिनुपरेको थियो ।

अमेरिकी संविधानअनुसार शपथको भाषा तोकिएको हुन्छ। ओबामाले आफ्नो शपथको महत्वपूर्ण अंश मैले निष्ठापूर्वक भन्ने वाक्यांश अघि नै बोल्नुपर्नेमा पछाडि बोलेका थिए । शपथको भाषा क्रम अनुसार नपढेको भन्दै उनले शपथ दोहोर्‍याएर लिनुपरेको थियो । नेपालमै पनि २०६५ साउन ८ गते पूर्वउपराष्ट्रपति परमानन्द झाले लिएको शपथ विवादमा आएका थिए ।

तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालीमा शपथ खुवाए पनि झाले हिन्दीमा उल्था गरेर पढेपछि विवादित भएको थियो। राष्ट्रपति, उपराष्ट्रपतिले लिने शपथको व्यहोरा संविधानमै लेखिएको थियो । यो विवाद सर्वोच्च अदालतसम्मै पुग्यो । तत्कालीन प्रधानन्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश बलराम केसीको इजलासले उक्त शपथ संविधानसम्मत नभएको भन्दै बदर गरिदिएको थियो।उक्त इजलासले बराक ओबामाको शपथग्रहण दोहोरिएको घटनालाई पनि फैसलामा उदाहरणको रूपमा उद्धृत गरेको छ। तत्कालिन संविधानले उपराष्ट्रपतिलाई हिन्दी भाषामा शपथ लिन छुट नदिएको उक्त इजलासले बताएको थियो।

शपथ पूरा हुन कानुनले तोकेको अधिकारीसमक्ष वाचन अनि संविधानमा तोकिएअनुसार भाषा प्रयोग गर्न आवश्यक हुने फैसला उक्त इजलासले गरेको थियो। उपराष्ट्रपति झाको शपथग्रहणमा यी दुवै कुरा पूरा नभएकाले नेपालको अन्तरिम संविधान प्रतिकूल हुनुका साथै अन्तरिम संविधानको भावनाविपरीत रहेको उक्त इजलासको फैसलामा उल्लेख छ, यस्तो संविधानविपरीत कार्यले संवैधानिक मान्यता पाउन नसक्ने हुँदा उपराष्ट्रपतिद्वारा गरिएको असंवैधानिक शपथ उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ।

शपथ लिएको झन्डै एक वर्षपछि अदालतले बदर गरिदिएपछि नेपाली र आफ्नो भाषा दुवैमा शपथ लिन सक्ने गरी संविधान संशोधन गरिएको थियो।अहिले प्रधानमन्त्रीले लिनुपर्ने शपथको भाषा यस्तो छ – म ‘‘‘‘‘।।, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि, ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रधानमन्त्री पदको कामकाज प्रचलित कानुनको अधिनमा रही, मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई, इमानदारिताका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा जानकारीमा आएको कुरा पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दाबाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन।’

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओलीलाई ४२ औं प्रधानमन्त्री नियुक्त गरेकी हुन् । यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण दर र कोरोनाका कारण मृत्युदर भारतको भन्दा दोब्बर रहेको जनाएको छ ।

नेपालमा परीक्षण गरिएकामा संक्रमण देखिने दर ४६.७ प्रतिशत रहेको छ भने भारतमा २०.२ प्रतिशत रहेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा डा. विराज कर्मचार्यले बताए।

त्यस्तै, नेपालमा मृत्युदर पनि भारतको भन्दा बढी रहेको छ । भरतमा २.५ प्रतिशत रहेको मृत्युदर नेपालमा ६ प्रतिशत रहेको छ ।नेपालमा अहिले कोरोना संक्रमितको संख्या प्रति १० लाखमा ३०३.१ जना रहेको छ, जुन भारतमा २१५ जना प्रति १० लाख रहेको छ ।

सामूदायमा कोरोना फैलने दर नेपालमा प्रतिव्यक्ती १.१ प्रतिशत रहेको छ भने भारतमा १.४ प्रतिशत रहेको छ ।

पछिल्लो हप्ताको तुलनामा सातै प्रदेशमा संक्रमितको संख्या १४ प्रतिशतले बढेको छ । नेपालका ४४ जिल्लामा संक्रमण व्यापक भएको र अधिकांश जिल्लामा अधिक रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ ।जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ८०८ र होम आइसोलेसनमा १ लाख दुई हजार ४५५ जना रहेका छन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमण सहरमा भन्दा गाउँमा बढी फैलिएको र सामूदायमा असर गरेको छ । लकडाउनको पालना नभएका कारण गाउँघरमा कोराना जोखिम बढेको हो ।

बाराको निजगढ १० का संक्रमित जनप्रतिनिधि नै बेकाममा गाउँघर डुल्दै हिँडेपछि स्थानीय आतंकित बनेका छन् ।

त्यहाँका वडा अध्यक्ष पदमबहादुर मोक्तान कोरोना संक्रमण पुष्टि भएपनि व्यक्तिगत कामले गाउँ डुलिरहेका छन् ।

शनिबार विहान दुध बेच्न आफै डेरी पुगे । त्यहाँ उनी संक्रमण भएको बारेमा सोध्दा टाईफाइड भएर निको भईसकेको बताएको स्थानीय बताउँछन् । त्यसपछि उनी चिया पसल पुग्छन् । चिया खान जम्मा भएर बसेका स्थानीयको बिचमा पुग्छन् ।

चिया मगाएर खाएर हिड्छन् ।

कोरोना बारेमा सोध्दा आफुलाई ठिक भईसकेको बताउँछन् ।

वडा अध्यक्ष मोक्तान लक्षणसहितको कोरोना संक्रमित हुन् । उनी विरामी भएर औषधि समेत सेवन गरेका थिए ।

उनको निजगढमा गरिएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ रिर्पोट आएको निजगढ नगरपालिकाका स्वास्थ्य संयोजक रमेश लामाले बताए । स्थानीय त्रसिद वडा अध्यक्षको अराजक शैलीले स्थानीयवासी त्रसिद भएका छन् ।

कोरोना मुक्त नहुदैँ पसलमा गएर चिया मगाएर खाएको स्थानीय माया लिम्बुले बताईन् । उनले कोरोना संक्रमण भएको व्यक्ति गाउँमा अनावश्यक काममा डुल्दा गाउँमा त्रास फैलिएको बताईन् ।

वडा सदस्य जमानसिंह घलानले कोरोना संक्रमित भएको व्यक्ति गाउँमा हिड्दा गाउँमा त्रास फैलिएकाले घरमै बस्नुपर्ने बताउँछन् । नेकपा (माओवादी केन्द्र) का नेता कुमार मुक्तानले कोरोना संक्रमित वडा अध्यक्ष नै लापरवाही गर्दा अचम्म लागेको लीड न्युज लाई बताउनुभयो ।

उनले नगरपालिकाका मेयर सुरेश कुमार खनाल र स्वास्थ्य संयोजक रमेश लामालाई जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले कोरोना महामारीको नियन्त्रणमा सरकार गम्भीर हुन आग्रह गरेको छ।  कोरोना संक्रमण दिन प्रतिदिन  वृद्धि हुँदै गएको परिस्थितिमा  राज्यले  सम्पुर्ण श्रोत साधन जनताको स्वास्थ्य सुरक्षामा लगाउन राप्रपा झापा द्वारा आग्रह गरिएको हो।   
शुक्रबार जिल्ला अध्यक्ष केशब ओझा द्वारा हस्ताक्षरित प्रेश विज्ञप्ति जारि गर्दै राप्रपा झापाले  दैनिक दशौं हजारको संख्यामा संकैमित भईरहेको र दैनिक मृत्यू हुने नेपालीहरुको संख्यासमेत कहाली लाग्दो रुपमा बढ्दै गएको,  स्वास्थ्य जस्तो विषयमा ध्यान नदिदा मौलिक  हक हनन् भएको, विषम परिस्थितिको फाइदा उठाउदै उपचार महँगो हुदै गएको भन्दै सरकारलाइ तत्काल कदम चल्न भनिएको छ। 
चित्र:Logo RPP, Nepal.png - विकिपिडिया
 ‘ दैनिक उपभोग्य बस्तु लगायत औषधीजन्य सामग्रीमा भएको कालाबजारी र अनावस्यक मूल्य बृद्धि जस्तो कार्यलाई निरुत्साहित गर्न तथा कारवाहीका दायरामा ल्याउन सम्बन्धित निकायसँग राप्रपा झापा जोडदार माग गर्दछ ।’, विज्ञप्तिमा भनिएको छ।  
        
विज्ञप्तिमा भनिएको छ, ‘महामारीका कारण ज्यान गुमाउनु हुने सम्पुर्ण नेपालीहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै लाखौको संख्यामा संक्रमित भई उपचार तथा एकान्तबास रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा राप्रपा झापा शिघ्र स्वास्थ्यलाभको कामना गर्द साथै संक्रमित भई संक्रमण मुक्त हुनु भएका सम्पुर्णमा पुर्ण स्वास्थ्यलाभको कामना सहितबधाई ज्ञापन गर्दछौं ।’
 विज्ञप्तिको पूर्ण पाठ:
महामारीका रुपमा फैलिएको कोभिड १९ दोश्रो भेरियन्टको संक्रमण दिनानुदिन नेपालमा वृद्धि हुँदै दैनिकदशौं हजारको संख्यामा संकैमितभईरहेको र दैनिक मृत्यूहुने नेपालीहरुको संख्या समेत कहालीलाग्दो रुपमा बढी रहेको वर्तमानअवस्थामा स्वास्थ्य सुरक्षा जस्तो नागरिकहरुको मौलिकहकप्रति राज्यको सम्पुर्ण श्रोत साधनजनताको स्वास्थ्य सुरक्षामा लगाउन ध्यान जाओस भनि जोडदार माग गर्दछौं ।
यस्तो विषम परिस्थितीमा एकातिर महंगो उपचार त छदैंछ । दैनिक उपभोग्य बस्तु लगायत औषधीजन्य सामग्रीमा भएको कालाबजारी र अनावस्यक मूल्य बृद्धि जस्तो कार्यलाई निरुत्साहित गर्न कारवाहीका दायरामा ल्याउन सम्बन्धित निकायसँग राप्रपा झापा जोडदार माग गर्दछ ।
यस महामारीकाकारण ज्यानगुमाउनु हुने सम्पुर्ण नेपालीहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै लाखौको संख्यामा संक्रमित भई उपचार तथा एकान्तबास रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा राप्रपा झापा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ साथै संक्रमित भई संक्रमण मुक्त हुनुभएका सम्पुर्णमा पुर्ण स्वास्थ्यलाभको कामना सहित बधाई ज्ञापन गर्दछौं ।
यस विषम परिस्थितीमा महामारी विरुद्ध सचेतना फैलाउने तथा संक्रमितहरुको आत्मबल बढाउने र असहजतामा रहेका दाजुभाई, दिदीबहिनीहरुलाई सहयोग गर्ने कार्यमा पार्टी संम्बद्ध सबै इकाईका साथीहरुको कृयाशिलतालाई सम्मान गर्दै आगामी दिनमा समेत आफु सुरक्षित रहदैं परिचालित हुन आव्हान गरिन्छ ।
        सरकार, सरकारका निकाय, विभिन्न सामाजिक संघ संस्था, स्थानिय निकाय तथा नागरिक समाजसँग महामारि विरुद्धका हरेक अभियानमा राप्रपा झापा सहकार्यको निमित्त प्रतिवद्ध रहेको जानकारी गराउँदै आमनागरिकहरुमा समेत यो महामारि विरुद्धको अभियानलाई सफलबनाउँन केहि हप्ता घरमै बसी संक्रमण न्यूनगर्ने कार्यमा सहयोग गरिदिन हुन अपिल गर्दछौं ।
    अन्यमा:-  पुन:  नागरिकको स्वास्थ्यको अधिकार सुनिस्चितगर्ने कार्यमा सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै महंगी, कालाबजारी, औषधीजन्य बस्तुको अभाव नियन्त्रण गर्ने कार्यमा ध्यान केन्द्रित गर्दै खोप तथा अक्सिजन जस्ता सामाग्रीको आपुर्तीमा सहजताकालागी यसै विज्ञप्ती मार्फत अनुरोध गर्दछौं ।
No description available.

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सबै मन्त्री पुरानै दोहोरिएका छन् ।

१. श्री केपी शर्मा ओली प्रधानमन्त्री/रक्षा
२. श्री ईश्‍वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. श्री रामबहादुर थापा मन्त्री गृह
४. श्री टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई
५. श्री विष्णुप्रसाद पौडेल मन्त्री अर्थ
६. श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र
७. श्री हृदयेश त्रिपाठी मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
८. श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
९. श्री कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
१०. श्री प्रभु साह मन्त्री सहरी विकास
११. श्री भानुभक्त ढकाल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१२. श्री मणिचन्द्र थापा मन्त्री खानेपानी
१३. श्री पद्माकुमारी अर्याल मन्त्री कृषि तथा पशुपन्छी विकास
१४. श्री वसन्तकुमार नेम्वाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात
१५. श्री गौरीशंकर चौधरी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. श्री पार्वत गुरुङ मन्त्री सञ्‍चार तथा सूचना प्रविधि
१७. डा. शिवमाया तुम्बाहाङफे मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१८. श्री लिलानाथ श्रेष्ठ मन्त्री कानून, न्याय तथा संसदीय मामिला
१८. श्री गणेशसिंह ठगुन्ना मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
२०. श्री प्रेमबहादुर आले मन्त्री वन तथा वातावरण
२१. श्री जुलीकुमारी महतो मन्त्री महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक
२२. श्री दावा लामा तामाङ मन्त्री युवा तथा खेलकुद
२३. श्री नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
२४. श्री रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास
२५. श्री विमला वि.क. राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

प्यालेस्टीन

इजरेल र प्यालेस्टीनको उग्रवादी समूहबीच हवाई आक्रमण चर्किँदा इजरेलमा रहेका नेपालीहरूले त्रासमा बङ्करमा रात कटाइरहेको अनुभव सुनाएका छन्।

इजरेलमा गाजाबाट रकेट आक्रमण हुन थालेपछि आफ्ना पछिल्ला रात बङ्करमा बितिरहेको त्यहाँ एक दशकदेखि कार्यरत बर्दियाकी जानुका घर्ती क्षेत्री बताउँछिन्।

इजरेल र प्यालेस्टीनी विद्रोहीहरू बीचको पछिल्लो आक्रमणको शृङ्खलालाई सन् २०१४ यताकै सबैभन्दा खराब हिंसा भनिएको छ।

गाजा नजिक इजरेलको दक्षिण क्षेत्रमा केअर गिभर रूपमा कार्यरत क्षेत्री जतासुकै खतराको अवस्था भएकाले छिनछिनमै डर लागिरहेको बताउँछिन्।

‘पसिनै पसिना भए’

उनले बीबीसीसँग भनिन्, “पहिला म सहरतिर थिएँ, यस्तो सुनिँदैन थियो। तर अहिले सीमा नजिकै छु र छिनछिनै विस्फोटनको आवाज सुनिएकाले डर लागिरहेको छ।”

उनले थपिन्, “मैले हेरचाह गर्ने ८५-८६ वर्षकी आमा हुनुहुन्छ। उहाँलाई नुहाइदिँदै गर्दा चेतावनी दिने साइरन बज्यो अनि पड्कियो। म डरले पसिनै पसिना भएँ।”

आफू चार दिनदेखि बङ्करमा बसेको उल्लेख गर्दै उनले बाहिर निस्कने स्थिति नभएको बताइन्।

घर्ती भन्छिन्, “गाजा क्षेत्र नजिकै भएकाले म काम गर्ने निजी घरभित्रै बङ्कर छ। हामी बङ्करमा नै सुत्ने र भान्सामा खाना बनाएर त्यही लगेर खाने गरिरहेका छौँ।”

घर्तीजस्ता झन्डै दुई हजार नेपाली वैधानिक रूपमा हाल इजरेलमा रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

अरू करिब ८०० नेपाली गैरकानुनी रूपमा इजरेलमा बसिरहेको हुनसक्ने नेपाली अधिकारीहरू बताउँछन्।https://bbc.com/ws/av-embeds/cps/nepali/news-57112346/p09hkjwk/neभिडिओ क्याप्शन सुरु हुँदैछ,

इजरेल-गाजा हिंसाः टीभीको प्रत्यक्ष प्रसारणमा एउटा भवन यसरी ध्वस्त भएको देखियो

‘नेपाली सकुशल’

तेल अभिभस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख अर्जुन घिमिरेले हालसम्म सबै नेपाली सकुशल नै रहेको उल्लेख गर्दै सावधानी अपनाउन भनिएको जानकारी दिए।

उनी भन्छन्, “हामी यहाँ भएका नेपालीहरूसँग निरन्तर सम्पर्कमा नै छौँ र राजदूतावासले उहाँहरूलाई सूचना पनि दिइरहेकै छ। अहिलेसम्म कतै पनि नेपालीहरूलाई समस्या नपरेको बुझिएको छ।”

उनले पछिल्लो द्वन्द्वबाट बढी प्रभावित दक्षिणी इजरेलमा कृषिसम्बन्धी अध्ययन र आयआर्जनका लागि लगभग डेढ सय विद्यार्थी आएको र उनीहरूको अवस्था पनि सुरक्षित रहेको जनकारी दिए।

घिमिरे भन्छन्, “त्रासमा हामी सबै छौँ किनभने चेतावनी दिने साइरन राति पनि दुई-तीन पटक सम्म बज्ने गर्छ। म पनि आफ्नो सानो छोरा च्यापेर साइरन बज्ने बित्तिकै सुरक्षित ठाउँतर्फ दौडिने गरेको छु।”

प्यालेस्टीन

लगातार खतराको घण्टी

घिमिरेले इजरेलमा लगभग सबै घरमा त्यस्ता सुरक्षित बङ्कर हुने भन्दै उनले खतराको सङ्केत दिँदै साइरन बजेको डेढ मिनेटभित्र त्यहाँ गइसक्नुपर्ने बताए।

प्यालेस्टीनी विद्रोही र इजरेलबीचको पछिल्लो आक्रमणमा गाजा र इजरेलका लगभग सबै क्षेत्रमा हवाई आक्रमणहरू भइरहेका छन्।

गाजातर्फबाट आफ्नो भूमिमा प्रहार हुने अधिकांश रकेट इजरेलको आफ्नो आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमार्फत निष्क्रिय तुल्याउने गरेको छ।

उक्त प्रणालीका कारण रकेट भुइँमा खस्न नपाउने भएकाले इजरेलतर्फ मानवीय क्षति कम भएका विवरणहरू आएका छन्।

गाजा

नेपाल सरकार के गर्दै छ?

रकेट खस्ने अवस्थामा पनि बङ्करमा जान पूर्वचेतावनी दिने साइरन बज्ने भएकाले त्यसैअनुसार सावधानी अपनाउन सर्वसाधारणलाई अपिल गरिएको छ।

बुधवार राजदूतावासले विज्ञप्ति जारी गर्दै जेरूसेलम र दक्षिण इजरेली क्षेत्रमा सयौँ रकेट आक्रमण भइरहेकाले सबैलाई त्रसित तुल्याएको जनाएको थियो।

नेपाली राजदूत अन्जान शाक्यद्वारा जारी गरिएको सन्देशमा सम्भव भएसम्मका सुरक्षा उपाय अपनाउन र साइरन बज्ने बित्तिकै बङ्कर, वा अन्य सुरक्षित स्थानमा जान अनुरोध गरिएको थियो।

घिमिरेका अनुसार इजरेलको परराष्ट्र मन्त्रालयले दूतावासहरूलाई नियमित रूपमा अवस्थाको जानकारी उपलब्ध गराइरहेको छ।

रकेट

उनले भने, “हामीले आफ्नो तर्फबाट सबैलाई भनेका छौँ। जहाँसम्म स्थिति बिग्रन्छ कि भन्ने कुरा छ त्यसमा अहिले त्यति अघि पुगेर कुराकानी भएको छैन। इजरेलमा सबै कुरा व्यवस्थित भएका हुनाले डराइ हाल्नुपर्ने अवस्था छैन।”

दुई दिनअघि नेपालको परराष्ट्र मन्त्रालयले इजरेल र प्यालेस्टीनबीच चुलिएको तनावलाई लिएर नेपाल चिन्तित रहेको भन्दै दुवै पक्षलाई अत्यधिक संयम अपनाएर जनधनको थप क्षति रोक्न अपिल गरेको थियो।

नेपालले शान्तिपूर्ण रूपमा समस्याको समाधान खोज्न पनि भनेको थियो।

गएको सेप्टेम्बरमा थप पाँच सय नेपाली कामदारलाई रोजगारी दिने विषयमा नेपाल र इजरेलबीच सम्झौता भएको थियो।

त्यस बेला हिउँद महिनामा नै कामदारहरू लैजाने र यो कार्यक्रमलाई निरन्तरता दिने सहमति भएको भए पनि कोरोनाभाइरसको महामारी सहितका कारणले कार्यान्वयन अघि नबढेको बताइन्छ।

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको बहुमतका आधारमा सरकार गठन प्रयास असफल बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखमा बहुमतीय सरकार गठनका लागि गरेको आह्वानअनुसार कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । गत २७ वैशाखमा संसद्बाट विश्वासको मत लिन नसक्दा पदमुक्त भएका ओली तीनदिनमै पुनः प्रधानमन्त्री बनेका हुन् ।


ADVERTISEMENT


‘सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३)बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव समूहको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने तयारी गरिए पनि बहुमत संख्या नपुग्ने भएपछि विपक्षी दलले प्रधानमन्त्रीका लागि दाबी पेसै गरेनन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायाण भट्टराईले बहुमतका लागि निर्धारण गरेको समयभित्र प्रधानमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि कसैको पनि दाबी पेस नभएको जनाएका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतीय आधारमा सरकार गठनका लागि दिएको तीन दिनको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो । समयसीमाभित्र कसैले पनि बहुमतीय आधारमा सरकार गठनका लागि दाबी नगरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३)बमोजिम पहिलो दलको हैसियतमा एमाले अध्यक्ष तथा काम चलाउ सरकारका प्रधानमन्त्री ओलीलाई नै पुनः प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

संविधानको धारा ७६ उपधारा ३ बमोजिम बनेको सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । को हुन् ओली ? पूर्वी पहाडी जिल्ला तेह्रथुममा ११ फागुन २००८ मा जन्मिएका ओली तेस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त हुने तर्खरमा छन् । २०२० सालमा झापामा बसाइँ सरेका उनी १४ वर्ष लामो जेल जीवन बिताएका व्यक्ति हुन् ।

उनी बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो आमनिर्वाचनमा झापा–६ बाट संसद् तल्लो सदन, प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधिसभामा पुनः निर्वाचित भए । १४ मंसिर २०५१÷५२ मा कम्युनिस्ट पार्टीका प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो तथा लोकप्रिय सरकारको उनी गृहमन्त्री हुन् ।

२०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा पुनस्र्थापित संसद्मा उनी उपप्रधान तथा विदेशमन्त्रीसमेत नियुक्त भए । तर, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पराजित हुन पुगे । २०७० सालको निर्वाचनमा भने उनी झापा ७ बाट निर्वाचित बने ।

त्यसो त, एमाले नवौं राष्ट्रिय महाधिवेशनबाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भए । २०६५ सालमा सम्पन्न आठौं महाधिवेशनमा भने अध्यक्षका प्रत्यासी झलनाथ खनालसँग पराजित बने ।

ओलीले २०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर पाए भने ३ फागुन २०७४ मा दोस्रोपटक प्रधानमन्त्री बन्दै ४१औं प्रधानमन्त्रीका रूपमा शपथ लिए । गत २७ वैशाखमा संसद्मा विश्वासको मतका लागि भएको निर्वाचनमा उनको प्रस्ताव असफल भएसँगै पदमुक्त भएका उनी पुनः संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त हुनेछन् । तेस्रोपटक देशको ४२ औं प्रधानमन्त्रीका रूपमा उनले आजै दिउँसो शपथ लिने जनाइएको छ । राजधानी दैनिकमा टेनिस रोकाले खबर लेखेका छन् ।

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बूढानीलकण्ठमा सभापति देउवाले बिहीबार दिउँसो चार बजे पदाधिकारी बैठक बोलाएका छन् ।

पदाधिकारी बैठक बोलाउनुअघि देउवाले जनता समाजवादी पार्टी (जसपा) का नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए । भेटपछि ठाकुर र महतोले पनि आफ्नो समूहका सांसदहरुसँग छलफल गरेका छन् ।जसपासँगको भेटवार्तामा भएको कुराकानी र अन्य दलहरुसँग भइरहेको वार्ताबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेसका एक नेताले बताए ।

ठाकुर र महतोसँग नयाँ सरकार निर्माणबारे छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको स्रोतले जनाएको छ । ‘थप छलफल गर्ने कुरा भएको छ, तर बैठकमा कुनै ठोस सहमति भने हुनसकेको छैन’, स्रोतले भन्यो ।

निजगढ/बारा

कोरोना भाइरस को दोस्रो लहर मा अग्र पङ्तिमा खटिने प्रहरी र पत्रकारलाई स्थानीय दिनेश शर्मा ले माक्स र सेनिटाइजर सहयोग गरेका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढको प्राङ्गणमा प्रहरी इनिस्पेक्टर शंकर चौधरी लाई र पत्रकार हरुलाई माक्स २५०० थान र सेनिटाइजर ठूलो मा २ थान, सानोमा ३५ थान गरि रु. २१०००/- बराबरको सामान हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा पत्रकार गोकुल घोर्साइने,उमेश सुनार,महेश्वर अधिकारी, इन्दिप कोईराला,लक्ष्मी पाण्डे,शान्त सापकोटा,शिवराज अधिकारी लगायत समाजसेवी खड्गराज मैनालीको उपस्थिति रहेको थियो ।

निजगढ नगरपालिका वडा नं १,२,३ सिङ्गोल र 10,11,12,13 लाल,रतनपुर मा खटिने प्रहरीहरूको लागि विशेष फोकस गरेर सहयोग गरेको दिनेश शर्मा ले बताउनु भयो । दिनेश शर्मा निजगढ सिङ्गोल निवासी समाजसेवी भावनाका तेक्वान्दोका राष्ट्रिय स्तरका खेलाडी पनि हुन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।