२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

काठमाडौं- नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। पूर्वराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ।स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको छ। उनको अवस्था अहिले सामान्य छ।यसैगरी, पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार आइरहेको अस्पतालले जनाएको छ।कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई त्यसको केही दिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। उनको अवस्थामा सुधार भएपछि केही दिनअघि आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ। साभार हाम्रो पात्रो

प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा २७ सांसद अनुपस्थित रहेका छन् । यस्तै एमालेका २८ सांसदले ओलीलाई भोट हालेनन् । आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त भयो भने
तटस्थ १५ जना रहे । सदनमा जम्मा २३२ सांसद उपस्थित रहे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मत नहाल्ने एमाले सांसदको सूची सार्वजनिक गरेका छन् ।

उनकाअनुसार नामावली यस्तो छः

१. योगेश भट्टराई
२. झलनाथ खनाल (अस्पतालमा)
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी )
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने

निजगढ : कोरोना संक्रमित अक्सिजनको अभावमा दैनिक ५० भन्दा बढीले ज्यान गुमाइरहेका छन् । निजगढमा पनि कोरोना संक्रमण बढ्दो छ तर यहाँका अस्पतालमा अक्सिजन छैन । निजगढ वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा हाल ४६ किलोको दुई वटा अक्सिजनको सिलिन्डर मात्र छ । बाकी सबै सिलिन्डर खालि रहेको छन् ।निजगढमा रहेका अस्पतालका बेडहरु क्रमश भरिंदै गएका छन् । अस्पताल पुग्ने ९० प्रतिशत भन्दा बढी संक्रमितलाई अक्सिजनको आवश्यकता पर्छ र अन्य बिरामीलाई समेत अति आवश्यक पर्ने अक्सिजन अस्पतालहरु मै अक्सिजन छैन ।अक्सिजन व्यवस्थापनतर्फ नगरपालिकाले ध्यानै दिएको पाइदैन । त्यसैले अस्पतालहरुमै अक्सिजनको अभाव भएको अस्पताल स्रोतले जनाएको छ ।संक्रमित मध्ये २० प्रतिशतलाई अक्सिजनको आवश्यकताकोरोना संक्रमित भएका मध्ये २० प्रतिशतलाई अक्सिजनको आवश्यकता पर्न सक्ने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। अधिकाश कोरोना संक्रमितलाई चाहिने पहिलो उपचार नै अक्सिजन हो ।

अधिकांश खाली सिलिन्डर:-

ईलाका प्रहरी कार्यालय निजगढको अगुवाईमा अक्सिजन संकलन अभियान सुरु भयो । प्रहरीले १० वटा सिलिन्डर संकलन गरेको छ । संकलित सिलिन्डर मध्ये ४ वटामा अक्सिजन भरिएको छ ।निजगढ नगरपालिकाले बेलैमा व्यवस्थापनमा ध्यान नदिने हो भने भयाभव अवस्था आउन सक्ने भन्दै सरोकारवालाले चिन्ता जनाएका छन् । नगरपालिकाको भूमिकालाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भईरहेको छ ।

ईलाका प्रहरी कार्यालय निजगढमा रहेको खाली अक्सिजनको सिलिन्डर:-

अक्सिजनको अभावमा विरामी तड्पिदैनिजगढ वडा नम्बर ९ मा रहेको निजगढ सामुदायिक अस्पतालमा भर्ना भएकी वडा नम्बर ९ की बिमला खड्कालाई अक्सिजनको आवश्यक भयो । अस्पतालले उनीलाई अक्सिजन लगाउनुपर्ने सुझायो । उनका पति केदार खड्का दिनभर अक्सिजनको खोजीमा थिए । उनले आफुले चिनेको र जानेका सबैलाई सहयोगको लागि गुहार गरे । हामीले सो कुराको जानकारी पाए लगत्तै निजगढ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश लामासंग सम्पर्क गरेका बेलिबिस्तार सुनाए पछि उनले प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रिन्स तिवारीले हाल स्वास्थ्य केन्द्रमा ४६ किलोको दुई वटा अक्सिजनको सिलिन्डर मात्र रहेको र सो अक्सिजनको सिलिन्डर केन्द्रमा आउने बिरामीलाई आवश्यक पर्ने भन्दै दिन नमिल्ले बताए ।यता अक्सिजनको अभाबमा खड्का अवस्था निकै बिग्रिएको थियो । सामुदायिक अस्पतालको निकै प्रयास पछि प्रहरीको सहयोगमा साझ ४ वटा अक्सिजन उपलब्ध गरायो । त्यसपछि उनको स्वास्थ्य अवस्था क्रमश सुधार हुदै आयो । यो एउटा प्रतिनिधि घटनामात्र हो ।केही दिन अगाडीमात्रै निजगढ नगरपालिकाले प्रहरीको सहयोगमा नगरभित्र रहेको सबै सिलिन्डर जम्मा गरेर आवश्यक परेकालाई दिने भन्दै राखेको छ तर एउटा पनि सिलिन्डरमा अक्सिजन भर्ने कार्य भने हुन सकेको छैन ।

राजनीतिक दलको विरोध:-

निजगढमा अक्सिजन सिलिन्डरको अभाव भएको खबर बिहिर आएसंगै निजगढमा रहेका राजनीतिकर्मीले समेत आवाज उठाएका छन् । निजगढ नगरपालिकाले नगरबासीको स्वास्थ्य माथि गैरजिम्मेवारीपन प्रदर्शन गरेको उनीहरुको आरोप छ ।कोरोना भाईरसको संक्रमण दिनानुदिन बढ्दो अवस्थामा नगरपालिकाले आवश्यक तयारी नगरेको र भन्दै उनीहरुले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । माओवादी केन्द्रका नेता रविराज दंगाल, राप्रपाका नेता शिव प्रसाद तिमल्सिना, राप्रपाका वासुदेव तिमल्सिना र राप्रपा कै खड्ग प्रसाद उप्रेती ले खबरदारी र सुझाव दिएका छन्।

कैलाली। कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जनाको ज्यान गएको छ। अस्पतालका मेसु डा रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की ५१ वर्षीया महिला, टीकापुर–७ की ६० वर्षीया महिला र ७ कै ६७ वर्षीय पुरुषको निधन भएको छ। त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षीय र बर्दगोरिया गाउँपालिका–४ का ४५ वर्षीय पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ।

उनीहरु सबैलाई कोरोनाको लक्षण देखिएको मेसु डा राईले जानकारी दिए। उनका अनुसार सबैमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिनाका साथै अक्सिजनको मात्रा कम हुँदै गएको थियो।

उनीहरुमध्ये कतिपयको कोरोना पोजेटिभ रिपोर्ट आएको र कतिपयको आएको छैन। अस्पतालमा बिरामीको चाप अत्यधिक बढेकाले उपचार गर्न कठिनाइ भइरहेको मेसु डा राईले बताए। उनका अनुसार अस्पतालका बरण्डामा राखेर पनि बिरामीको उपचार भइरहेको छ।

सर्लाहीको नवलपुरमा एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन । लालबन्दी नगरपालीका २ नवलपुर पुनर्वास घर भएका बिजयलाल कर्णले मसला पिध्ने सिलौटोले हानेर श्रीमती उशादेवी कर्णको हत्या गरेका हुन ।

आईतवार राती करिव साँडे ११ बजेतिरको समयमा घरायसि बिवादका बिच कर्णले श्रीमतीलाई सिलौटाले टाउकोमा प्रहार गरेका थिए । करिव ३५ बर्षका कर्णको सिलौटा प्रहारबाट बर्ष ३२ की श्रीमतीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

कर्णलाई प्रहरिले नियन्त्रणमा लिएको जिल्ला प्रहरि कार्यालयका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक मदन कुँवरले जानकारि दिए । कर्ण दम्पती हरिवन नगरपालीका ११ स्थित रामवली साह तेलीको घरमा डेरा गरि बस्दै आएको थियो ।

बाराको निजगढमा क्रियाशिल तीन वटा लायन्स क्लबले आईतबार निजगढ सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

निजगढ ९ देउरालीपथस्थित अस्पताल परिषरमा पुगेर लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ पीस, लायन्स क्लब अफ सिटीले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । क्लबले तीन सय २० थान मास्क र ४ सेट पीपीई अस्पताल सञ्चालन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा अस्पतालका सचिव सागर दाहाल, सदस्य जगतकुमारी अधिकारी, माधव न्यौपाने, अस्पतालका डा.सतिस निरौला, डा मुना साह लगायत स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

त्यसैगरि लायन्स क्लबका जोन चेयर पर्सन विनोद खरेल, पाष्ट जोन चेयर पर्सन दिपेन्द्र श्रेष्ठ,लायन्स क्लब अफ निजगढ पीसका प्रेसिडेन्ट पवन श्रेष्ठ, लायन्स क्लब अफ सिटीका प्रेसिडेन्ट मनोज रेग्मी, लायन्स क्लब अफ निजगढ पीसका पाष्ट प्रेसिडेन्ट विकास लामा, पाष्ट प्रेसिडेन्ट खड्गप्रसाद उप्रेती, लायन्स क्लव अफ निजगढ पिसका भाइस प्रेसिडेन्ट रंजन लामिछाने, लायन्स क्लव अफ निजगढ सिटी का थर्ड भाइस प्रेसिडेन्ट दिलीप यादव, सेक्रेटरी मोहन राउत, लायन्स क्लब अफ निजगढ पिस का सेक्रेटरी सुदिप तिमल्सिना सहभागि थिए साथै पत्रकार उमेश सुनार,महेश्वर अधिकारी र इन्दिप कोइराला लगायतको उपस्थिति रहेको थियो।

लायन्स क्लब ले पहिले चरण भएको कोरोना कहरमा पनि यस निजगढ सामुदायीक अस्पताल प्रसूति गृहलाई सामग्री पिपिई लगायतका सामाग्री वितरण गरेको थियो ।

बाराको निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कोरोना कहरमा आगामी जेठ र असार महिनामा बुझाउने महसुलमा छुट दिने भएको छ ।

संस्थाको आईतबार बसेको संस्थाको ४७ औं बैठकले निषेधाज्ञा अवधिमा महसुल बुझाउन कार्यालयमा सेवाग्राही पुग्न नसक्ने भएकाले दुई महिनाको जरिवाना नलिने निर्णय गरेको हो । सेवाग्राहीको भिडभाड हुन नदिन जेठ १ गतेबाट महसुल काउन्टर बन्द गर्ने समेत निर्णय गरेको छ ।

काउन्टर बन्द भएपनि सेवाग्राहीले मोवाईलबाटै ईसेवा, आइएमीपे र मोवाईल बैंकिङ्गबाट महसुल बुझाउन सक्ने अध्यक्ष सुदर्शनप्रसाद कोईरालाले जानकारी दिए । जेठ महिनामा मिटर रिडिङ्ग समेत नगर्ने भएको छ ।

घरबाटै सेवा
संस्थाले सेवा प्रवाहलाई निषेधाज्ञा अवधिमा समेत नियमित गर्न घरबाटै सेवा दिने व्यवस्था मिलाउने भएको छ ।

कार्यालयका व्यवस्थापकले घरबाटै समन्वय गरेर सेवा प्रवाह गर्ने भएको छ । सेवाग्राहीले ९८४५४९२६१३ मा सम्पर्क गरेर सेवा लिने सक्ने व्यवस्था मिलाईएको हो । अनिवार्य कार्यक्षेत्रमा खटिने प्राविधिक कर्मचारीलाई स्वास्थ्य सर्तकतासहित खटाउने र २० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको संस्थाका सचिव महेश्वर अधिकारीले जानकारी दिए ।

कार्यक्षेत्रमा खटिदा कोरोना संक्रमण भए रु. एक लाखसम्मको उपचार खर्च संस्थाले व्यहोर्ने समेत उनले जानकारी दिए ।

कोरोनाको दोस्रो भेरिएन्टको संक्रमण तीव्ररुपमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज २५ गते राति १२ बजेबाट जिल्लाभरी निषेधाज्ञा लगाउँदै छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले जिल्लाभरी शनिबार राति १२ बजेदेखि आउँदो शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३० र संक्रामक रोग ऐन २०२० को दफा ९२० बमोजिम निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

सोही बमोजिम अस्थायी प्रहरि चौकी परवानीपुरले पनी शनिवार अपराह्न आफ्नो क्षेत्रभित्र पर्ने बजार तथा पसलहरुमा निषेधाज्ञाको बारेमा जानकारि गराएको छ । प्रहरि चौकीका असई बाबुराम भारतीको नेतृत्वमा वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापा, स्थानिय राजनितिज्ञ प्रकाश थापा, जतन बुडाथोकी, पत्रकार क्षितिज बिश्वकर्मा, स्थानिय भद्रभलादमी तथा ब्यापारि बुद्धिजिवि लगाएतको सहभागीतामा परवानीपुर चोकका बिभिन्न पसलहरुलाई निषेधाज्ञाको बारेमा अवगत गराईएको हो ।

शनिवार बिहानै देखि लालबन्दी नगरपालीका वडा नम्बर १५ र १६ का बिभिन्न ठाउँमा पुगेर माईकिङ र सुचना टाँस गरिएको असई भारतीले जानकारि दिनुभयो । स्थानिय ब्यापारिबर्गलाई मैत्रीपुर्ण ढंगबाट निषेधाज्ञाको बारेमा जानकारि गराउँदै पसल बन्द राख्न र खोल्नुपर्ने पसलहरुमा भौतीक दुरि कायम राखेर बिहान ७ बजे देखि १० बजेसम्म संचालन गर्न अनुरोध गरिएको वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापाले बताउनुभयो ।

संक्रमितको संख्या ५ सय नपुगे पनि सर्वसाधारणको जनस्वाथ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मनन गरी कोभिड नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा लगाउनु परेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

नेपालमा कोरोनाभाइरसका नौ हजार २३ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा १९ हजार ९८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ७७ हजार ६०३ पुगेको जनाएको छ । मन्त्रालयले सोही अवधिमा ४९५ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १७३ जनामा पोजेटिभ पाइएको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ९०५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

हालसम्म कोरोनामुक्त हुने दुई लाख ९५ हजार ३९५ पुगेको छ । कोरोनाबाट निको हुने दर ७८.२ प्रतिशतमा झरेको छ । मन्त्रालयका अनुसार हाल ७८ हजार ६२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । त्यसैगरी, हाल ३८० जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५० जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म तीन हजार ५७९ जनाको मृत्यु भइसकेको छ | Gorkhapatraonline.com बाट…

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।