२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका सोना अमात्यको ‘मेरो माया करोडमा’ सार्वजनिक गरिएको छ । सोनाको स्वरसँगै अभिनय समेत रहेको गीतको भिडियो सार्वजनिक कार्यक्रम उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाको उपस्थितिमा गरिएको थियो ।

दीपक शर्माको शब्द र संगीत रहेको गीतमा सोनासँगै सुगम पोखरेलको स्वर रहेको छ । एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन् । उनले आउँदो दिनमा यसका गीतहरुलाई सार्वजानिक गर्दै जाने र एल्बममा संग्रहित गर्ने समेत बताएकी छिन् । ‘गीतमा न्याय गर्ने कोसिश गरेकी छुँ’ उनले भनिन् ।

गीत सार्वजानिक कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका अथितिहरु र मिडियाकर्मीले पनि सोनाको गायकीसँगै अभिनयको प्रशंसा गरेका थिए । उनिसँगै भिडियोमा देखिएका सागर लम्साल ‘बले’ ले पनि काम गर्न निकै सहज भएको बताए । उनले पहिलो सहकार्य भएता पनि नयाँ जस्तो नलागेको प्रतिक्रिया दिए । ‘भिडियोको रिहल्सलमा केहि नर्भस थिए यद्दपी छायांकनमा भने काम राम्रो हुन्छ भन्नेमा विश्वस्त भईसकेको थिए । हाम्रो मेहनतले गीत राम्रो बने जस्तो लागेको छ । सोनाजीसँग काम गर्दा निकै राम्रो भयो’ सागरले भने । उनले गीतमा माया निस्वार्थ हुन्छ भन्ने भावलाई देखाईएको बताए । सोनाले पनि टीमले राम्रो काम गरेकोमा जोड दिईन् । उनले को–स्टार सागरसँगै निर्देशक गम्भीर विष्टले निकै सहज वातावरण सिर्जना गरेको बताइन ।

‘गायन र नृत्यसँगै अभिनय पनि छ । यो सम्पूर्ण टीमको कारण सम्भव भएको हो’ सोनाले भने । शशी विक्रम थापासँग संगीतको औपचारिक शिक्षा लिएकी सोनाको गायन र अभिनयको प्रशंसा विशिष्ट अतिथि राणाले पनि गरिन् । ‘उहाँले गायन र अभिनय मार्फत आफ्नो कामलाई न्याय गर्नु भएको छ । आउँदा दिनमा अझै सफलताको शुभकामना’ राणाले भनिन् ।

भिडियोमा सागर र सोनासँगै गोविन्द सिंह विष्टको पनि अभिनय रहेको छ । गीतमा माया अमुल्य हुने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिश गरिएको छ । भिडियोमा शुभम भुजेलको कोरियोग्राफी , बुद्ध थापाको छायाँकन , नविन निरौलाको कलर र सम्पादन , दीपक आचार्यको भिडियो कन्सेप्ट रहेको छ भने भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् ।

गीत सार्वजनिक कार्यक्रममा टिकटक च्यालेन्ज पनि घोषणा गरिएको छ । सार्वजनिक गीतको उत्कृष्ट टिकटक बनाउने मध्ये तेस्रोलाई १० हजार नगद , दोस्रोलाई २० हजार नगदसँगै मोबाइल फोन र पहिलो हुनेलाई ५० हजार नगदसँगै मोबाइल फोन दिइने घोषणा गरिएको छ । यो पुरस्कार वितरण सोनाकै तीन सातापछी सार्वजनिक हुने नयाँ गीतको कार्यक्रममा गरिने बताइएको छ ।

लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले संचालन गर्नु भएको कार्यक्रममा लक्की ड्र मार्फत उपस्थित दुइ मिडियाकर्मीलाई मोबाइल सेट पनि प्रदान गरिएको थियो ।

किन मन अत्तालीन्छ
किन मुटु पोल्छ
भित्र भित्र दुख्छ कता
किन छाती पोल्छ ।

त्यो माया होईन
भन्थ्यौ स्वार्थ लुकेको छ
आँखामा आँसु छैन
तर मुटु जलेको छ ।

तिमी साथै थियौ
बुझ्न सकिन त्यो प्रेम
अहिले कहाँ छौ
झन बढ्दै छ प्रेम ।

तिमी महान थियौ
स्विकार्छु म आज
तिमी प्रेम थियौ
बुझ्दै छु म आज ।

किन पछुताउँ प्यारि
प्रेमको पाप लाग्ने छ
हालको हालत देख्छौ ?
तिम्लाई दया जाग्ने छ ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सर्बसम्मत निर्वाचित अध्यक्ष टंक बहादुर क्षेत्रीले सर्लाहीका पत्रकारहरुको हक हितका लागी आवाज उठाउने बताउनुभएको छ ।

आईतवार मलंगवामा भएको उम्मेदवारि दर्ता कार्यक्रममा सर्वसम्मत रुपमा क्षेत्रीको मात्रै उम्मेदवारि परेपछि उहाँ पत्रकार महासंघ शाखा सर्लाहीका लागी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित भएपछि क्षेत्रीले आफ्नो फेसबुकमा स्टाटस् लेख्दै अब महासंघ नेतृत्वको हिसाबले पत्रकारहरुको हकहितका लागि आवाज उठाउने मात्र नभएर क्षमता अभिवृद्दि गराउने र सर्लाहीको पत्रकारहरुलाई थप जिम्मेवार पत्रकारितामा उन्मुख गराउने दिशामा अथक प्रयास हुने बताउनुभयो ।

साथै उहाँले सर्लाही पत्रकारितामा पछिल्लो समय उत्तर-दक्षीण वा अन्य विभिन्न जातिय, क्षेत्रीय लगायत हिसाबले बन्दै गएको खाडल पुरेर सबै पत्रकार हौं भन्ने वातावरण निर्माण पहिलो प्राथमिकता हुने पनी उल्लेख गर्नुभएको छ ।

सर्लाहीको लालबन्दीमा रहेको अक्सफोर्ड एकेडेमीले शनिवार समाज रुपान्तरणमा महिला समुहको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

एकेडेमिका संस्थापक प्राचार्य निर्मल प्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा लालबन्दी नगरपालीका वडा नम्बर ८ का वडाध्यक्ष राजन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै एभरेष्ट एकेडेमी लालबन्दीका संस्थापक प्राचार्य गोपाल पंजियार, संस्थापीका अन्जना पंजियार तथा अक्सफेर्ड एकेडेमीको संस्थापिका सम्झना आचार्य बिशिष्ट आतिथ्यता रहेको कार्यक्रमको संचालन एकेडेमीका प्रिन्सिपल एवं लालबन्दी जेसिस बर्ष २०२१ का प्रेसिडेन्ट श्याम कुमार खड्काले गर्नुभएको थियो ।

कार्यक्रममा कमल सिलवालले आमाहरुको रुप, अवस्था तथा ब्यवहार र तिनले बाल बच्चामा पर्न सक्ने प्रभावका बिषयमा प्रस्ट्याउनुभएको थियो । सँगै अहिलको अवस्था र समस्या तथा आमाहरुले बच्चाहरुलाई गर्नुपर्ने बिशेष ख्यालका बिषयमा पनी सिलवाले कार्यक्रममा सहभागीहरुलाई जानकारि गराउनुभयो । कार्यक्रममा मेचि महाकाली बुहारि अभियानका पदाधिकारिहरु सँगै अन्य बिभिन्न संघ संस्थामा आवद्ध तथा बालवालीकाका अभिभावक महिलाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा कदर पत्र तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवं वडा नम्बर ८ का वडाध्यक्ष श्रेष्ठले अक्सफोर्ड एकेडमीले अत्यधिक राम्रो कार्यक्रम गरेको र आगामी दिनमा यस्तो कार्यक्रमको आयोजना गरोस भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।

उद्योग बाणिज्य संघ लालबन्दीको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काको विशिष्ट आतिथ्यतामा उद्योग बाणिज्य संघ लालबन्दीको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

लालबन्दी नगरपालिका ६ स्थित विणा चलचित्र मन्दीर (सिनेमा हल)मा भएको सातौँ वार्षिक साधारण सभामा छिमेकी उद्योग बाणिज्य संघका अध्यक्षहरु, करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख, लालबन्दी नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत उद्योग बाणिज्य संघ लालबन्दीमा आवद्ध निजि क्षेत्रका व्यापारी व्यासायीहरु र उद्योगपतिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाले उद्योग बाणिज्य संघ लालबन्दी र लालबन्दी नगरपालिकाको सम्बन्ध नङ्ग र मासुको जस्ते रहेको बताउनुभयो । उहाँले कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ लालबन्दीलाई लालबन्दी नगरपालिकाले सकेको सहयोग गर्ने बताउँदै उहाँले अहिलेको कार्य समितिले आफ्नै भवन निर्माण गरि कार्यालयको सेवा सुभारम्भ गरेको प्रति उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार ज्योशी र उहाँको टिमलाई बधाई तथा धन्यवाद समेत दिनुभयो ।

यसका साथै उद्योग वाणिज्य संघ लालबन्दीले आईतवारबाटै आफ्नो नयाँ भवनबाट कार्यालय सञ्चालन गरेको छ ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षतामा पत्रकार टंकबहादुर क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । आइतवार सदरमुकाम मलंगवामा भएको उम्मेदवारी दर्ता कार्यक्रममा सर्वसम्मत् रुपमा क्षेत्रीको मात्रै उम्मेदवारी परेपछि अध्यक्षमा निर्विरोध चुनिएका हुन् ।

यस्तै, कार्य समितिको उपाध्यक्षमा अनवर अहमद्, महिला उपाध्यक्षमा पुस्तिका के.सी. (पुष्पा), सचिवमा सुनिल कुमार ठाकुर, सहसचिवमा घनश्याम सिंह, समावेशी सहसचिवमा स्वस्तिमा अधिकारी, कोषाध्यक्षमा अच्यूतम सापकोटा, महिला सदस्यमा चाँदनी कुमारी कुशवाहा, दलित सदस्यमा क्षितिज विश्वकर्मा, आदिवासी जनजाति सदस्यमा घनश्याम बलम्पाकी, मधेसी सदस्यमा फेकन महतो, अन्य समावेशी सदस्यमा पंकजकुमार कर्ण (सन्जु) निर्विरोध चयन भएका छन् ।

उम्मेदवारी दर्ताका क्रममा खुल्ला सदस्यमा बाहेक अन्य पदमा एकल उम्मेद्वारी परेर निर्विरोध भएपनि चैत २५ गते निर्वाचनका दिन औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने छ । सोही दिन प्रदेश तथा केन्द्रीय समितिका पदाधिकारीहरुलाई जिल्लाबाटै मतदान हुने छ ।

लामो समयदेखि पत्रकारिता गर्दै आएका नव निर्वाचित अध्यक्ष क्षेत्री (हरिवन नगरपालिका–८, चापिनी निवासी पत्रकार) हाल नागरिक दैनिकका सर्लाही संवाददाता र उज्यालो अभियान दैनिकका अध्यक्ष हुन ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान भोलि (शनिबार) घोषणा गर्ने भएको छ । साथै राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने बताएको छ ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’लाई अगाडि बढाउने निर्णय गरेको छ ।

सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले वैदेशिक रोजगारको क्षेत्रमा गरिरहेको कामहरुकाबारेमा मंगलवार जिल्लाका संचारकर्मीहरुलाई जानकारी गराएको छ ।

संस्थाले लालबन्दीस्थित नमस्ते होटलमा एक कार्यक्रमका बीच सुरक्षित आप्रवासन परियोजना (सामी) को बारेमा संचारकर्मीहरुलाई जानकारी प्रदान गरेको हो । सामी परियोजना अन्तर्गत संस्थाले जिल्ला प्रशासन कार्यालय मलंगवा तथा हरिवन र बरहथवामा रहेका ईलाका प्रशासन कार्यालयहरुबाट ती कार्यालयहरुसँग समन्वय गरी सूचना केन्द्र संचालन गरिरहेको छ ।

सो सूचना केन्द्रबाट प्रशासनमा राहदानी बनाउन आउनेहरुलाई वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने सावधानी, सुरक्षितसँग जाने प्रक्रियालगायतबारे जानकारी प्रदान गर्दै आएको छ । तीन स्थानका सूचना केन्द्रबाट गत साउनदेखि पुस मसान्तसम्ममा राहदानी बनाएका २ हजार ९२६ जनामध्ये २ हजार २१८ जनाले सुरक्षित वैदेशिक रोजगारबारे सूचना लिएका परियोजनाकी कार्यक्रम संयोजक देविका कार्कीले जानकारी दिईन् ।

परियोजना संयोजक कार्की र संस्थाका दिवाकार झाले संयुक्त रुपमा संचारकर्मीहरुलाई परियोजनाका कामहरुकाबारेमा प्रष्ट पारे ।

सूचना केन्द्र संचालनका साथै सामी परियोजना अन्तर्गत वित्तीय साक्षरता कक्षा संचालन, व्यक्तिगत तथा तथा सामूहिक मनोसामाजिक परामर्श उपलब्ध गराउने, तरकारी खेती तथा विभिन्न व्यापार व्यवसायका लागि आर्थिक सहयोग गर्नेजस्ता काम गर्दै आइरहेकोको संस्थाले जनाएको छ ।

रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदै छ ।

पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।

होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।

होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । कोरोना संक्रमणको जोखिमका कारण भिडभाड नगरी होली पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा तीनजना घाइते भएका छन् ।

शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा उसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड परेको बताइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।