२०८३ भाद्र ५ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ५ शुक्रबार

२५६५ औं बुद्व जयन्तिको अवसर गौरीशंकर फाउण्डेशन ब्याच २०५७ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ४ जना महिला सहित ३० जनाले रक्तदान गरेका छन् ।

फाउण्डेशनले कोरोना माहामारिको अवस्थामा रक्त सञ्चार केन्द्रमा रगत अभाव भएकोले बिषम परिस्थितिमा पनि स्वाथ्य सतर्कता अपनाई कार्यक्रमको आयोजना गरिएको गौरी शंकर फाउण्डेशनका अध्यक्ष खड्ग राज मैनालीले जानकारी गराउनु भयो ।
यस रक्तदान कार्यक्रम निजगढ नगरपालिका वडा नं ९ शहीद चोकको निर्माणाधीन लक्ष्मीनारायण धर्मशालामा भएको थियो । कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र उपमेयर लीला देवि लामिछाने खनाल ले अवलोकन गर्नुभएको थियो ।
नेपाल रेडक्रस रक्तसन्चार केन्द्र बिरगन्जको प्राबिधि सहयोग तथा युथ अफ निजगढ र निजगढ युवा सञ्जाल द्वारा स्यंमसेवक गरिएको थियो ।

काठमाडौं : नेपाली कांग्रेसले कोरोना संक्रमणको आडमा सरकारले राजनीति गर्न खोजेको आरोप लगाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले  जनतामा आतंक फैलाएर स्वार्थ सिद्धि गर्ने काम गरेकोभन्दै सरकारको गतिविधिप्रति विरोध गरेको छ।

बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘महामारी नियन्त्रणको लागि हामीले प्रधानमन्त्रीलाई १५ बुँदे सुझाव दिएका थियौं, ती कार्यान्वयन गर्नुको सट्टा सरकार संक्रमणको आडमा राजनीति गर्न खोज्दैछ। अब दुई दिनभित्र किनमेल गर भन्ने किसीमका कुरा गरेर सरकारले जनतामा आतंक सिर्जना गरेको छ।’उनले भने, ‘सरकारले संक्रमणको आडमा जनतालाई आतंक फैलाएर स्वार्थसिद्धि गर्ने काम गरेको छ। यसबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

कांग्रेसले अस्पतालमा अक्सिजनको सुनिश्चितता, बेडको सुनिश्चितता र दुर्गममा पीसीआर परीक्षण पुर्‍याउने, कोरोना नियन्त्रणतर्फ ध्यान नदिएएको जनाएको छ। महामारीले दैनिक ज्यालादारीदेखि साना लगानीका उद्यमहरू संकटमा परेकोले जीविकोपार्जनका लागि सरकारले राहतको व्यवस्था गर्नुपर्ने कांग्रेसको माग छ। 
सहमहामन्त्री महतले प्रतिनिधि सभा विघटन गर्ने सरकार र राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानूनी लडाईंलाई निरन्तरता दिने निर्णय गरेको बताए। 

काठमाडौं । विपक्षी गठबन्धन आबद्ध १ सय ४६ पूर्वसांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभा पुनस्र्थापना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रतिनिधि सभा पुनः स्थापना गर्न माग

सोमबार दिउँसो नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र–बाबुराम समूह, नेकपा एमालेको माधव–झलनाथ समूह र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिनुपर्ने र प्रतिनिधिसभा विघटन खारेज हुनुपर्ने माग गरिएको छ । संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दाबी वैधानिक रहेको भन्दै समर्थन गरेका सांसदहरू सर्वोच्च अदालतमा सशरीर हाजिर भएर रिट दर्ता गराएका हुन् ।

कांग्रेस नेता रमेश लेखकले विपक्षी पाँच दल आबद्ध १ सय ४६ सांसदहरू नागरिकतासहित सशरीर सर्वोच्च अदालतमा हाजिर भएर रिट दायर गरेको जानकारी दिए ।

‘विपक्षमा गठबन्धनमा रहेका पाँच दल आबद्ध १ सय ४६ सांसदहरू सशरीर अदालतमा आएर रिट दायर गरिएको छ, सम्मानित अदालतले संविधान र लोकतन्त्रका पक्षमा निर्णय गर्नेछ,’ रिट दायर गरेपछि कांग्रेस नेता लेखकले राजधानीसँग भने ।

उनले रिटमा मुख्य दुई विषयलाई समावेश गरिएको बताए । रिटमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा बहुमत पु¥याएर माग दाबी गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभा पुनस्र्थापनाको आदेश माग गरिएको हो । रिटमा राष्ट्रपतिबाट गरिएको निर्णयलाई उत्प्रेषणको आदेशबाट बदरको माग गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीबार संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको पदमा दाबी गर्न आह्वान गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै देउवाले पनि दाबी गरेका थिए ।

तर, राष्ट्रपति भण्डारीले भने शुक्रबार राति ओली र देउवा दुवैको माग दाबीमा केही सांसदको हस्ताक्षर दोहोरिएको भन्दै अस्वीकार गर्ने निर्णय गरेकी थिइन् । त्यसलगत्तै मन्त्रिपरिषद्ले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो भने राष्ट्रपतिले प्रतिनिधि सभा भंग गरेकी थिइन् । त्यसपछि राष्ट्रपतिले २६ कात्तिक र ३ मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट चालिएको सो कदमलाई विपक्षी दल आबद्ध गठबन्धनले असंवैधानिक र अलोकतान्त्रिक भन्दै आइरहेका छन् ।

रिट दायर गर्न पाँचै दलबाट शीर्ष नेता कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव तथा बाबुराम भट्टराई, एमाले वरिष्ठ नेता माधव नेपाल र राजमोबाट दुर्गा पौडेलले नेतृत्व गरेका थिए ।साभार राजधानी

राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने बताएका छ । राप्रपाले उक्त अध्यादेश राष्ट्रहित विपरीत भएको भन्दै फिर्ता हुनुपर्ने बताएको हो । 

नागरिकता सम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको अवस्थामा अध्यादेश आउनु गलत भएको राप्रपाको धारणा छ । 

राप्रपाका अध्यक्ष कमल थापाले उक्त अध्यादेश राष्ट्रहित विपरीत र आपत्तिजनक भएको भन्दै फिर्ता हुनुपर्ने बताए । 

सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले जारी गरेको अध्यादेशको थापाले भत्र्सना गरेका छन् । 

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा आजबाट अक्सिजन उत्पादन सुरु गरिएको छ। हेटौंडा उपमहानगरपालिकाको सहयोगमा अस्पतालमा अक्सिजन प्लानट स्थापना गरिएको हो। उपमहानगरका प्रमुख हरि बहादुर महतले आज अक्सिजन उत्पादनको उद्घाटन गरेका हुन्।

कोरोना भाइरसको संक्रमण बढेसँगै आइसीयु तथा भेन्टिलेटरमा राखेर उपचाररत् बिरामीलाई अक्सिजनको समस्या भएपछि उपमहानगरपालिकाले प्लान्ट स्थापना गरेको हो।

‘संक्रमण बढेसँगै हेटौंडामा अक्सिजन आवश्यक पर्ने संक्रिमितहरु बढे। अक्सिजन अभावकै कारण बिरामीहरुले अकालमा ज्यान गुुमाउने अवस्थाको सिर्जन नहोस् भनेर अन्य विकास बजेट कटौती गरेरै तत्काल प्लान्ट स्थापना गरेका हौं’ प्रमुख महतले भने।

काठमाण्डौं लैजानका लागि रक्सोल भन्सारमा रहेको अक्सिजन प्लान्ट उपमहानगरपालिकाको समन्वयमा हेटौंडा अस्पतालमा जडान गरिएको हो। हेटौंडाका व्यावसायी दिपक खनालले भारतबाट ल्याएको अक्सिजन प्लान्ट काठमाण्डौं लैजाने तयारी गरेका थिए। उपमहानगरपालिकाले ३८ लाख रुपैयाँको लागतमा उक्त प्लान्ट खरिद गरि अस्पतालमा जडान गरिएको महतले बताए।

अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक १५ देखि २० वटासम्म सिलिन्डरमा अक्सिजन भर्न सकिने बताइएको छ। अक्सिजनको हाहाकार भएको समयमा यस प्लान्टको प्रयोगले धेरै राहत प्रदान गर्ने उनले बताए ।

अहिले हेटौंडा अस्पतालमा ५४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। सबै बिरामीलाई अक्सिजन दिएर उपचार भइहेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए। उपमहानगरपालिकाको पहलमा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछी धेरै सहज भएको उनले बताए। 

बारा /

निजगढ नगरपालिका वडा नं १० लाल मा भएको आगलागी पीडित मोती माया स्याङ्तान लाई युथ अफ निजगढ ले रु १११११/- आर्थिक सहयोग गरेको छ ।

जेठ ३ गते राति विद्युत सर्ट भई लागेको आगो ले घर सहित घरमा भएको किराना पसल समेत खरानी पारेको थियो । उक्त आगलागी बाट लगभग ८ लाख बराबरको धनमाल नष्ट भएको र २ तोला सुन पनि भित्रै परेको थियो पछि जलिसकेको ठाउँमा गलेको अवस्थामा फेला परेको स्थानिय समाजसेवी कुमार मोक्तानले बताउनु भयो।

घर जल्ने बित्तिकै रेडक्रस सोसाइटी निजगढ शाखा ले एक सेट बन्दबस्तिका सामान हस्तान्तरण गरिएको थिए।त्यसैगरी दीनानाथ शाहले चामल, नुन,तेल गरी ४०००/- बराबरको सामान हस्तान्तरण गर्नुभएको थियो।

उक्त हस्तान्तरण वडा अध्यक्ष पदम बहादुर मोक्तान को रोहबरमा युथ अफ निजगढ का अध्यक्ष इराज कोइरालाले नगद रु १११११/- हस्तान्तरण गर्नुभएको थियो ।उक्त हस्तान्तरण कार्यक्रममा युथ अफ निजगढ का संस्थापक अध्यक्ष खड्ग राज मैनाली , उपाध्यक्ष उषा थापा मगर , सल्हाकार भाइकाजी श्रेष्ठ ,सचिव प्रकाश काफ्ले , पत्रकार मनिता पाण्डे लगायत को उपस्थिति रहेको थियो।

विपद्को समयमा जहिले पनि यूथ अफ निजगढ ले सहयोग गर्दै आइरहेको छ र अन्य सामाजिक सेवामा जहिले पनि अग्र पङ्तिमा रहने कल्बका अध्यक्ष इराज कोइरालाले बताउनुभयो ।

काठमाडौँ । एक सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या स्थिर छ। दुई साताअघिको तुलनामा घटेर २ हजार ५ सयजनाको सेरोफेरोमा संक्रमण चक्र घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५ सय २३ नयाँ संक्रमित थपिएका थिए। उपत्यकाको मात्र तथ्यांकलाई विश्लेषण गर्दा भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा चौगुना बढी संक्रमित थपिएका छन्।एक सातायता संक्रमणको चक्र उपत्यकाबाहिरका गाउँगाउँमा तथा एक प्रदेशबाट अर्को प्रदेशमा बढेर गएको मन्त्रालयको तथ्यांकले औंल्याएको छ। दुई साताअघिसम्म वाग्मती, लुम्बिनी र गण्डकीमा तीव्र रूपमा फैलिएको संक्रमण अहिले सुदूरपश्चिम, प्रदेश १ र २ मा बढ्दो क्रममा छ। त्यसैगरी सहरमा घरपरिवारभित्रै र गाउँमा समुदायमै कोरोना संक्रमण फैलिने क्रम जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ।‘अहिले संक्रमण वाग्मती र लुम्बिनी प्रदेशमा घट्दै गएको तर प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने। गाउँमा संक्रमण बढ्दा उपचारमा प्राविधिक हिसाबले कठिनाइ हुने भएकाले क्षति बढ्न सक्ने उनको आँकलन छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारीको समयमा भएको संसद विघटन र मध्यावधि निर्वाचनको घोषणालाई असामयिक राजनैतिक जालझेलको संज्ञा दिनुभएको छ ।

उहाँले उक्त कार्य महामारीमा पूरा गर्नुपर्ने दायित्वबाट राज्य पन्छिन खोजेको भन्दै यस्तो कदमलाई जनताले कहिल्यै माफी नदिने बताउनुभएको छ ।

प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि शनिबार ट्वीट गर्दै शाहले ‘यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी,जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्,’ भन्नुभएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई तोकिएको समयमा निर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् ।

राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि शनिबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसँग छलफल गर्दे यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमत्री ओलीले संसद विघटन गरेको केहिसमयमै कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन आयोगका पधादिकारीहरुसंग छलफल गरेका हुन् ।

पधादिकारीहरुसंगको छलफलमा प्रधामन्त्री ओलीले निर्वाचन निकास अपरिहार्य भएकाले मुलुक निर्वाचनतर्फ अघि बढेको प्रधानमत्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमत्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकेकी छिन् ।

७ जेठ, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वभाविक हो । हामीसँग १२१ छ, जसपाका १६ जनाले साथ दिएपछि बहुमत पुग्यो’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।