सर्लाहीको मलंगवाबाट बुधवार बेलुकी टेम्पोमा लागु औषध ओसार्दै गरेका एक जना पक्राउ परेका छन । करिव साँडे ६ बजेको समयमा मलंगवा नगरपालीका ८ भगवती मन्दिर नजिकबाट टेम्पो रोकी चेक जाँच गर्ने क्रममा प्रहरिले सिटमुनी प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध फेला पारेको हो ।
जिल्ला प्रहरि कार्यालय सर्लाहीबाट प्रहरि नायव निरिक्षक जितेन्द्र कुमार चौधरिको कमाण्डमा खटिएको टोलीले ज१ह २८१४ नम्बरको टेम्पो रोकी जाँच गर्ने क्रममा यात्रु बस्ने सिटमुनि बिभिन्न नामका ७२ एम्पुल लागुऔषध फेला पारेको हो । प्रहरिले लुपिजेसिक ९१ पिस, फेनेरागन ९३ पिस र डाईजेपाम ८८ पिस सहित नेपाली ४,५०० र २८० भारतीय रुपैयाँ समेत फेला पारेको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेको टेम्पो, मलंगवा ९ बस्ने ३५ बर्षका दुखा रायलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक मदन कुंवरले जानकारि दिनुभएको छ ।
यही चैत ९ गतेदेखि सुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुरु गरिँदै छ ।
पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना सुरु गरिने छ । गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ ।
चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ । गैँडा रहेका अन्य दुई राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना सुरु गरिँदै छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हात्ती र गणकहरु छनोटको काम थालिएको छ ।
गणनामा ४० वटा हात्ती प्रयोग गरिँदै छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिने छ । कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिने छ ।
बरालका अनुसार ४० जना मुख्य गणक र वैकल्पिक २० जनालाई गणनामा खटाइँदै छ । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिने छन् । गणनामा खटिनेका लागि यही चैत ६ र ७ गते सौराहामा तालिम दिइँदै छ । बरालले भने, ‘गणनामा ध्यान दिनुपर्ने विषयमा छलफलसँगै तालिम दिइने छ ।’ गणनाका समयमा आवश्यक पर्ने सामग्री खरिद, फारम छपाइको काम यतिबेला भइरहेको उनले जानकारी दिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार गणनामा खटिने कर्मचारी, हात्ती छनोटसँगै उनीहरुको बासस्थानको व्यवस्थापनलगायतका तयारी भइरहेको छ । निकुञ्जको गणना गर्नुपर्ने क्षेत्रको अध्ययन भइरहेको उनले जानकारी दिए । लामिछानेले भने, ‘हामी अन्तिम तयारीमा छौँ ।’ यहाँका दुई निकुञ्जमा गैँडा गणना गर्न २० दिन हाराहारी लाग्ने उनले बताए ।
गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुँदैछ । विभागका दुई कर्मचारी तयारीका लागि यहाँ आइसकेका छन् । विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाको उद्घाटन वन तथा वातावरणमन्त्री प्रेम आलेले गर्ने कार्यक्रम छ ।
बाराको निजगढमा आईतवार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको वडा अधिवेशन सम्पन्न भएको छ । वडा नम्बर ४ को अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट शेषा सापकोटाको अध्यक्षतामा १५ सदशिय वडा कार्यसमिती चयन गरिएको छ ।
नवगठित कार्य समितीको उपाध्यक्षमा लक्ष्मण कुमार, सचिवमा कुमार अधिकारि, कोषाध्यक्षमा श्याम पाण्डे सहित अन्य रहेका छन । निवर्तमान कार्य समितीका अध्यक्ष मोह बट धामिको संयोजकत्वमा भएको अधिवेशनको प्रमुख अथिति केन्द्रिय कार्य सम्पादन समितिका सदस्य बिनोद कुमार भारती, केन्द्रिय सदस्य सावित्री देवि भारती, नेता शिव प्रसाद तिमल्सिना, क्षेत्रीय अध्यक्ष वासुदेव तिमल्सिना, नगर अध्यक्ष खड्ग प्रसाद उप्रेती, वडा नं ५ का वडा कार्य समितिका अध्यक्ष शिव कुमार प्रधान लगायत रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केन्द्रिय कार्य सम्पादन समितिका सदस्य बिनोद भारतीले अबको विकल्प कम्युनिस्ट, कांग्रेस नभई राप्रपा भएको र पार्टीको एजेन्डा हिन्दूराष्ट्र नेपाल, राजसंस्था पुनः स्थापना, सुशासन, भ्रष्टाचारको अन्त्य राप्रपाको मात्र नभएर आम जनताको अजेन्डा भएकोले सबै जनताको आकर्षण राप्रपामा भएको र स्वस्फूर्त रूपमा प्रवेश गरिरहेको समेत बताउनुभयो ।
कार्यक्रमको सञ्चालन नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीले गर्नुभएको थियो ।
यदि तपाइँ ब्लड प्रेसर कन्ट्रोल गर्न औषधी खाइरहनु भएको छ र यसले गर्दा तनावमा हुनहुन्छ भने यी निम्न १० घरेलु तरिका अपनाउनुस् । जसले औषधी बिना नै तपाइँको ब्लड प्रेसर कम गर्न मद्दत गर्छ ।
खाना खाँदा धेरै सलाद खाने गर्नुपर्छ । यसले नुनको सकसक कम गर्छ र ब्लड प्रेसर कम हुन्छ ।
हरेक दिन कम्तीमा एक गिलास कागती पानी खानुपर्छ । यसमा रहेको एन्टीअक्सीडेटसले रक्तसञ्चार सुधार्छ । र ,यसमा रहेको भिटामिन सी रहन्छ ।
नुनमा सोडियमको मात्रा धेरै हुनेगर्छ । यसले रक्तचाप बढाउँछ । त्यसैले दिनको ३ ग्रामभन्दा बढी नुन खानु हुँदैन ।
पर्याप्त निन्द्राको कमीको कारण पनि तनाव बढ्ने गर्छ । त्यसैले उच्च रक्तचापबाट बच्न दिनको ७ देखि ८ घण्टासम्म सुत्नु आवश्यक रहन्छ ।
अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ । यसमा भएको एन्टी अक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ ।
हरेक दिन ३० मिनेटसम्म योग गर्नुपर्छ । यसले शरीरमा रहेको अक्सीजन इन्टेक बढाउँछ ।
जंक फूड र फास्टफूडबाट प्रेसर बढाउँछ । त्यसैले यस्ता खानेकुरा सकेसम्म कम खानेगर्नुपर्छ ।
संगीत सुन्दा शरीरमा आनन्द महशुस हुन्छ ।र, यसले तनाब घटाउँछ । दिनको २० देखि ३० मिनेटसम्म गीत संगीत सुन्दा प्रेसर घट्छ ।
नियमित शारीरिक अभ्यास र मर्निङ वाक गर्दा ब्लड सर्कुलेसन ठीक हुन्छ र यसले उच्च रक्तचाप घटाउँछ ।
धूम्रपान र मद्यपानले शरीरमा रहेको कार्टिसोल नामक स्ट्रेस हर्मोन बढाउँछ र प्रेसर बढाउने गर्छ । त्यसैले धूम्रपान र मद्यपान नगर्नु नै प्रेसर घटाउने उपाय हो ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालमा संघीयता आउनुको मुख्य कारण मधेश आन्दोलन भएको बताएका छन् । संघीयताको लागि थुप्रै मधेशका व्यक्तिहरुले ज्यानको बलिदानी दिएको बताउँदै उनले संघीयताको कार्यान्वयन सहि तरिकाले नभएको बताए ।
कर्णाली उत्सव कुडा कर्णालीको शनिबार अन्तिम दिन ‘मुख्य मान्ठ मुल कुडा’ विषयमा वक्ताको रुपमा कर्णाली आएका मुख्यमन्त्री राउतले सिंहदरबारको प्रदेश २ र कर्णालीलाई हेर्ने दृष्टिकोण फरक रहेको टिप्पणी गरे । मुख्यमन्त्री राउतले पुरै समय केन्द्र सरकारको विरुद्धमा नै बोलेका थिए । केन्द्र सरकारले हामीलाई हेपेको छ,’ उनले भने, ‘संघीयता जादुको क्षणी होइन् । सिस्टममा जाने वित्तिकै सबै काम पुरा हुन्छ भन्ने पनि हैन । हामी भर्खरै जन्मेको बच्चालाई हुर्काउँदैछौँ । संघीयता भनियो तर, अधिकार सबै संघीय सरकारको हातमा छ ।’
राउतले संघीयताको कार्यान्वयन गर्न सक्ने केन्द्रीकृत नेतृत्व नभएको बताए । संघीयताप्रतिको सोच जबसम्म परिवर्तन हुँदैन तबसम्म संघीयताको कार्यान्वयन हुन सक्तैन,’ उनले भने । अहिले सम्म संघीय सरकारका विरुद्ध ७/८ वटा मुद्धा दिएको जानकारी गराउँदै मुख्यमन्त्री रावतले त्यी सबै संघीयताको सबलीकरण अथवा कार्यान्वयनको पक्षमा भएको दावी गरे ।
‘प्रदेशमा समस्या, कठिनाइहरू थुप्रै छन् । तर, सबै मुख्यमन्त्रीहरू आफ्ना समस्याका बारेमा केन्द्र सरकार समक्ष कुुरा राख्दैनन्, राउत भन्छन् , ‘अरु बन्द कोठाभित्र राख्छन् म कोठा बाहिर राख्छु । जहिले पनि आफू संविधानको पक्षमा छु ।’ राउतले संविधानमा उल्लेख गरिएका सबै कुरा आफुहरु मान्न तयार रहेको पनि बताए ।
‘समानुपातिक समावेशीता छैन्,’ रावतले भने, ‘त्यस्ता धेरै घाउहरू छन् । चाहे नागरिकताकै विषय किन नहोस । हामी कुनै पनि विदेशी नागरिकलाई नागरिकता दिनुहोस् भनेर भन्दैनौँ । यो मुलुकमा अझै पनि कतिपय नागरिकले सहज रुपमा नागरिकता पाउन सकिरहेका छैनन् । तिनीहरुलाई त सहज रुपमा नागरिकता पाउने व्यवस्था हुनुप-यो ।’
राउतले नागरिकता नदिनु भनेको राष्ट्रिय अपराध भएको टिप्पणी गरे । मुख्यमन्त्री राउतले आफ्नो प्रदेशले सञ्चालनमा ल्याएका केही लोकप्रिय कार्यक्रमको बारेमा पनि चर्चा गरे ।
‘बेटी पढाउ र बेटी बचाउ’ कार्यक्रम निकै महत्वपुर्ण र सान्दर्भिक भएको तर्क राखे । चाहे धनी परिवार होस चाहे गरिव, जुनसुकै परिवारमा छोरी जन्मिने वित्तिकै उसको नाममा ३ लाखको बीमा गरिदिन्छौँ,’ राउतले भने , ‘यो बर्ष अर्काे एउटा कार्यक्रम ल्याउँदै छौँ १० कक्षा पास भएका छोरीहरुलाई ल्याप्टव दिने । जसको मुख्य कारण अबको १५ बर्षमा प्रदेश २ का हरेक कार्यालयहरूमा महिला अफिसरहरू हुनेछन् ।’
आजको कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र २ नम्बर प्रदेशका मुख्यमन्त्रीबीच वहस हुने भनिएपनि कर्णालीका मुख्यमन्त्री भने कार्यक्रममा सहभागी भएनन् ।
कारणबस उनी पार्टीको कामका लागि काठमाडौँ गएको आयोजक समितिले बतायो । कार्यक्रमको सहजीकरण पत्रकार पत्रकार दिलभुषण पाठकले गरेका थिए ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष बख्तियार अलीमाथि सांघातिक आक्रमण भएको छ ।
अलीमाथि गएसाँझ मलंगवा नगरपालिका १० स्थित घर अगाडि आफ्नै कान्छो भाईले आक्रमण गरेका हुन् । एभिन्युज टेलिभिजनका सर्लाही संवाददाता समेत रहेका अली उपचारपछि शुक्रवार बिहान घर फर्किएका छन् । हाल खुट्टामा गहिराे चाेट तथा शरिरका विभिन्न भागमा हम्मरले हिर्काएका कारण बाहिर लैजान साह्रै कठिन अवस्था भएकाले केही दिन घरमै आराम गराएर थप उपचारका लागि बाहिर लैजाने अलिका भाइ पत्रकार समेत रहेका अनवर अहमद्ले जानकारी दिए ।
हथौडाले आक्रमण हुँदा पत्रकार अलीको खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको छ । सो घटनाप्रति पत्रकारहरुको विभिन्न संगठनहरुले दुःख व्यक्त गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आक्रमणमा संलग्न अलीका भाईको खोजी भइरहेको जनाएको छ ।
बिहिवार दिउँसो अनटेस्ट ट्रयाक्टरको ठक्करबाट हरिवन ७ बस्ने बिजय पटेल र राम दरेस राय मध्यम घाईते भएका छन ।
करिव साँडे ३ बजेको समयमा सर्लाहीको कबिलासि नगरपालीका १० सलेमपुर स्थित नवलपुर मलंगवा सडक खण्डमा मलंगवा तर्फ जाँदै गरेको अनटेस्ट ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालक अन्दाजी ३५ बर्षका पटेलको टाउको र मुखमा चोट लागेको छ भने रायको दाहिने खुट्टाको तिघ्रामा चोट लागेको छ ।
उनिहरुलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार पश्चात थप उपचारका लागी बिएनबि हस्पिटल काठमाण्डौँ रेफर गरिएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक मदन कुंवरले जानकारि दिनुभएको छ ।
ट्रयाक्टर, चालक र मोटरसाईकल प्रहरिको नियन्त्रणमा रहेका छन ।
रंगको छनौटले पनि थाहा हुन सक्छ तपाईँको स्वभाव, बानी व्यहोरा । ज्योतिष शास्त्रका अनुसार जस्तो हाम्रो स्वभाव छ हामीलाई त्यस्तै रंग मनपर्ने गर्छ ।
रंग र ग्रहकोबीचमा गहिरो सम्बन्ध हुने गर्छ । ग्रहको दोषबाट मुक्ति पाउनको लागि फरक–फरक रंगका वस्तुहरु लगाउनु पर्दछ । हाम्रो कुण्डलीमा जुन ग्रह अधिक हाबी भएको हुन्छ हाम्रो स्वभाव र मनपर्ने कुराहरु पनि त्यसबाट नै निर्धारण हुन्छ ।
जान्नुहोस् कुनैपनि व्यक्तिको रंगसँग सम्बन्धित व्यक्तिगत स्वभाव कस्तो हुन्छ :
- गुलाबी रंग
जसलाई गुलाबी रंग मन पर्छ ऊ जीवनप्रति अति भावुक हुने गर्दछ । धेरै साथी हुने र साथीहरुको ख्याल राख्ने प्रकृतिका हुन्छन् । यस्ता व्यत्तिहरुले पनि साथीहरुबाट प्रसस्त माया प्राप्त गर्छन् । यस्ता व्यक्ती रोमान्टिक हुने र अरुको खराब बानीलाई बेवास्ता गर्ने, कहिलेकहीँ अति लजालु, सुन्दरताप्रति चाँडै आर्कषित हुने हुन्छन् । हिंसा मननपर्ने र शान्तिपूर्ण तरिकाले वादविवाद गर्न मनपराउँछन् ।
- हरियो रंग
जसलाई हरियो रंग मन पर्छ उनीहरु डाउन टू अर्थ स्वभावको हुन्छन् । सफलताको शिखरमा पुगेपनि उनीहरु सामान्य स्वभावका हुन्छन् । यस्ता मानिसहरु अरुको दुख देख्न सक्दैनन् । उनीहरुको वरिपरी कोही दुखी व्यक्ति भएको खण्डमा दुख साटासाट गर्न मन पराउँछन् । लडाईँ झगढा मन नपराउने शान्तिप्रिय हुने गर्दछन् । जसरी हरियो रंगले आँखालाई सुखद महशुुस गराउँछ त्यसैगरी उनीहरु पनि खुशी महशुस गराउने हुन्छन् । यस्ता व्यक्तिहरुले आफ्ना प्रिय व्यक्तिहरुबीच महत्व राख्दछ ।
- निलो रंग
जसलाई निलो रंग मन पर्छ उनीहरु स्वाभिमानी, विश्वाशिलो हुन्छन् । यदि कसैले विश्वाश तोडेमा फेरी दोहो¥याएर विश्वास गर्दैनन् । विचार पु¥याएरमात्र मित्रता गाँस्दछन् । आफ्नो जिम्मेवारी आफ्नै तरिकाले पुरा गर्ने हुन्छन् ।
- कालो रंग
जसलाई कालो रंग मन पर्छ उनीहरु रुढीवादी हुन्छन् । चाँडै रिसाउने, परिवर्तन खासै मन नपराउने, अरुबाट सम्मान खोज्ने हुन्छन् । यिनीहरुलाई मानिसहरुसँग निश्चित दुरी बनाउन चाहन्छन् । कसैले आफ्नो काममा हेरफेर गरेको मन पराउँदैनन् । यिनीहरु आफ्नो शक्ति बढाउन मन पराउँछन् । अरुसँग साह्रै नजिक हुन चाहाँदैनन् ।
- सेतो रंग
सेतो रंग मनपराउने मान्छेहरु दुरदर्शी, आशावादी, कुशल योजनाकार र सफल तर लजालु हुन्छन् । घर परिवार र अन्य क्षेत्रमा सन्तुलन बनाईराख्ने हुन्छन् । कहिलेकाहीँ घमण्ड पनि गर्छन । सेतो रंग शान्तिको प्रतिक भएकाले यस्ता व्यक्तिहरुले शान्ति मन पराउँछन् । नँया व्यक्तिहरु संग चाँडै घुलमिल नहुने, नयाँ ठाँउमा सहज नहुने हुन्छन् ।
- रातो रंग
रातो रंग मनपराउने व्यक्तिहरु सावधान, प्रेमलाई महत्व दिने राम्रो पे्रमी, आफ्नो काम पुरा जोशका साथ गर्ने जोशिलो र हरेक काम उत्साहका साथ गर्ने उत्साही हुन्छन् । यस्ता मान्छेहरु अरुको स्वभाव चिन्न माहिर हुन्छन् ।
- बैजनी रंग
बैजनी मन पराउने व्यत्तिहरु दुरदर्शी नाफा घाटाप्रति सचेत रचनात्मक, हरेक काम आफ्नो तरिकाले गर्ने, घर सजावट र ड्रेस डिजाईनमा रुची राख्ने प्रकृतिका हुन्छन् । धेरै जिम्मेवारीसँग डराउने भएकाले कहिले काहि असफल पनि हुन्छन् । अरुको नक्कल नगर्ने र आफ्नो पनि अरुले नक्कल गरेको मन नपराउने एकान्तमा काम गर्न मन पराउने हुन्छन् ।
- पहेलो रंगल
पहेलो रंग मन पराउने व्यक्तिहरु हसिलो, सकरात्मक सोच भएको, नयाँ विचारका साथ अघि बढेर काममा सफल हुने प्रकृतिका हुन्छन् । अरुलाई सहि मार्ग दर्शन दिने, सधै खुसीहुने हुन्छन् । हरेक चुनौतीमा इमान्दारीका साथ कडा मेहनत गरेर सफलता हात पार्ने स्वभावका हुन्छन् ।
- खैरो रंग
यो रंग मन पराउने व्यक्तिहरु आर्कषक व्यक्तित्वका, घमण्ड नगर्ने, सबैलाई मित्रवत व्यवहार गर्ने, सहयोगी, भावुक हुन्छन् । अरुको दुख निवारण गर्न खोज्ने, धैर्य परिश्रमी हुन्छन् । कठिन परिस्थितिको सजिलै सामना गर्ने प्रकृतिका हुन्छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश २ सहित ५ ओटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरको छ । प्रदेश २ को अध्यक्ष पदमा सर्लाहीका पुर्व सांसद रामचन्द्र राय चयन हुनु भएको पार्टीले जनाएको छ।
पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीले पार्टीको विधानअनुसार प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका हुन । उपाध्यक्षमा सिरहाका महेशलाल महासेठ चयन भएका छन् ।
त्यस्तै प्रदेश १ मा झापाका रामकुमार थापालाई अध्यक्ष र पाँचथरका सगुनसुन्दर लावतीलाई उपाध्यक्ष तोकिएको छ ।
गण्डकी प्रदेशमा हेमजंग गुरूङ (लमजुङ) अध्यक्ष र गोरखाका महेश्वर रोका उपाध्यक्ष छन् । यस्तै लुम्बिनी प्रदेशमा प्रदीपकुमार उपाध्यय (रूपन्देही) अध्यक्ष हुन् भने रूपन्देहीकै कैलाश गुरूङ उपाध्यक्ष छन् । यस्तै कालिकोटका दिपबहादुर शाही कर्णाली प्रदेशका अध्यक्ष र सुर्खेतका जनकसिंह ठकुरी उपाध्यक्ष छन् ।
राप्रपाले बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा मनोनयन गर्न बाँकी राखेको जनाएको छ ।
चन्द्रनिगाहपुरबाट अवैध चिरानी काठ सहित २ जनालाई बन कर्मचारिले नियन्त्रणमा लिएका छन । रौतहटको चन्द्रनिगाहपुरबाट बुधवार राती करिव ८ बजेको समयमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला बन कार्यालय चन्द्रनिगाहपुर रौतहटले जनाएको छ ।
चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारबाट अबैध रुपमा लुकाइ छिपाइ सालको चिरान काठ ८८ थानसहित उनीहरु पक्राउ परेको हुन । पक्राउ पर्नेमा चन्द्रपुर—३ गैडाडारका चन्द्र बहादुर थिङ र दुध बहादुर थिङ छन ।
उनिहरुले वडा नम्बर ४ का सहदेव हुमगाइको घरमा चिरान काठ झादै गर्दा वन गस्ति टोलीको नियन्त्रणमा परेका हुन । सो सालको चिरान थान ८८ को अन्दाजी १०५ क्यु.फिट काठसहित डिभिजन बन कार्यालय रौतहटबाट खटिगएका सव बन अधिकृत अमरदेब प्रसाद यादबको कमाण्डमा गएको गस्ती टोलिले बरामद गरेको हो ।
उक्त घटनास्थलबाट पक्राउ परेका २ तस्कर आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय रौतहटमा राखिएको प्रमुख वन अधिकृत विनोद सिंहले जानकारि दिए ।