नेपालमा कोरोनाभाइरसका नौ हजार २३ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा १९ हजार ९८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ७७ हजार ६०३ पुगेको जनाएको छ । मन्त्रालयले सोही अवधिमा ४९५ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १७३ जनामा पोजेटिभ पाइएको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ९०५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।
हालसम्म कोरोनामुक्त हुने दुई लाख ९५ हजार ३९५ पुगेको छ । कोरोनाबाट निको हुने दर ७८.२ प्रतिशतमा झरेको छ । मन्त्रालयका अनुसार हाल ७८ हजार ६२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । त्यसैगरी, हाल ३८० जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५० जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म तीन हजार ५७९ जनाको मृत्यु भइसकेको छ | Gorkhapatraonline.com बाट…
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
सर्लाहीको लालबन्दीमा साताको २ पटक लाग्दै आएको हाट बजार बन्द हुने भएको छ । बिश्वमा कोरोनाको दोश्रो लहर देखिएको र धेरैको मृत्यु भईसकेको अवस्थामा नेपालमा पनी त्यसको संक्रमण तिब्र रुपमा बढिरहेको भन्दै बजार बन्द गरिएको हो ।
सोमबार लालबन्दी नगरपालीकाले नगरस्तरिय बैठक बसेर बैशाख २१ गत्ते मंगलवारबाट २४ गत्ते शुक्रवारसम्म नगरपालीकाको कार्यालय अन्तर्गतका शाखा कार्यालयहरु र वडा कार्यालय सँगै लालबन्दी बजार बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालीकाले एक सुचना जारि गर्दै नगरपालीका कार्यालय सँगै सोमवार र बिहिवार लाग्दै आएको लालबन्दी बजार बन्द गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस लालबन्दी नगरपालीकाले जारि गरेको बन्दको सुचना…

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा सोमवार बिहान एक जना पुरुषमाथि पेट्रोल छर्केर आगो लगाइएको छ ।
घारिबथानस्थित नयाँटोलका ५८ वर्षीय शियाशरण रायलाई त्यही ठाउँका अन्दाजी ३५ वर्षीय शिवजी साहले शरीरमा पेट्रोल छर्केर आगो लगाएर हुन् । आगोले जलेर गम्भीर घाईते भएका शियाशरणलाई उपचारका लागि तत्कालै धनुषाको लालगढ पु¥याइएको थियो ।
उनलाई त्यहाँ सामान्य उपचारपश्चात थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । पेट्रोल छर्केर आगो लगाउने शिवजी साह फरार भएका छन् । शिवजी आईतवार मात्रै दुबईबाट घर आएका थिए । उनको खोजी तीव्र पारिएको केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताएका छन ।
प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिईबीका कारण शिवजीले शियाशरणको ज्यानै लिने हिसाबले घटना गराएको पाइएको प्रहरीले जनाएको छ । उज्यालो अभियानबाट…
लायन्स क्लव अफ निजगढ सिटी को मिति २०७८ वैशाख १७ गते शुक्रबार पहिलो अधिवेशन होटल रुद्राक्ष मा सम्पन्न भएको छ ।
अधिवेशनबाट प्रेसिडेन्ट मणि घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् भने फस्ट भाइस प्रेसिडेन्ट गोपाल रिसाल, सेकेन्ड भाइस प्रेसिडेन्ट राजेन्द्र सापकोटा र थर्ड भाइस प्रेसिडेन्ट दिलीप यादव, सेक्रेटरी मोहन राउत र ट्रेजर मुन्ना (कृषा) बुढाथोकी चयन भएका हुन् । सन् २०२१/२२ को लागि गरिएको अधिवेशबाट निर्बाचित पदाधिकारीको कार्यकाल जुलाई देखि शुरू हुने र एकबर्षको कार्यकाल रहने छ।
कार्यक्रमको अध्यक्षता चाटर प्रेसिडेन्ट लायन मनोज रेग्मीले गरेका थिए भने बोल्दै उहाँले यस क्लबले गरेका कामको विश्लेषण गरेका र अथिति मा यस क्षेत्रका जोन चियर पर्सन बिनोद खरेल रहनु भएको थियो। कार्यक्रम बोल्दै जोन चियर्स पर्सन बिनोद खरेलले खादा ओढाएर शुभकामना व्यक्त गरेका थिए ।
पास्ट जोन चियर्स पर्सन महेश न्यौपाने , पाष्ट प्रेसिडेन्ट खड्ग प्रसाद उप्रेती लगायतले मन्तव्य राखेका थिए।
१२ दिनअघि एक जनाको ज्यान जाने गरी दुर्घटना गराएर फरार भएको ट्रक र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
यही बैशाख ५ गते राती सबा १ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–७, डुमडुमेमा पश्चिमतर्फ आइरहेको लु १ ख ८५३८ नम्वरको ट्रकले पूर्वतर्फ हिँडेको प्रदेश–२ ०२००३ प ४९८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु र अर्का एक जना गम्भीर घाईते भएका थिए ।
दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१८, का २८ वर्षीय संजित दासको मृत्यु भएको थियो भने सोही ठाउँका २८ वर्षकै सुनिल गिरी घाईते भएका थिए । घाईते गिरीको अहिले पनि जनकपुरधाममा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको अनुसन्धान गर्ने शिलशिलामा लालबन्दी प्रहरीले पूर्व कोशी ब्यारेजदेखि पश्चिम चन्द्रनिगाहपुरसम्म राजमार्ग क्षेत्रमा जडित सीसी क्यामेराले कैद गरेका फूटेजहरु हेरेको थियो । सोही फूटेजहरुका आधारमा ट्रक नम्वर पत्ता लगाएर ट्रक र त्यसका चालकलाई १२ दिनपछि नियन्त्रणमा लिन सफल भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक निर्मल थापाले बताए ।
ट्रकका चालक चन्द्रपुर नगरपालिका रौतहटका ५० वर्षीय कृष्णबहादुर लामिछानेविरुद्ध सवारी ज्यान मुद्वामा कारवाही समेत सुरु गरिसकिएको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालीका बस्ने १८ बर्षिय मुकेश राउतको दुबै मृगौलाले काम गर्न छोडेपछि परिवार समस्यामा परेको छ । चन्द्रनगर २ बबरगञ्ज निवासि रुदल राउतका छोरा मुकेशको दुबै मृगौला फेल भएपछि यतिबेला भरतपुर हस्पिटल छन ।
आमाले सानैमा छोडेर टुहुरो भएका मुकेशलाई दैवले पुनः एक पटक मृत्यु सँग जुधाईरहेको छ । ज्याला मजदुरि गरेर जसो तसो जिवीकोपार्जन गर्दै आएको राउत परिवार छोरोको अवस्था देखेर अत्ताल्लिएको छ । पुरानो हस्पिटलको २०९ नम्बरको बेडमा छटपटाई रहेका मुकेशको केहि दिन पछि शल्यकृया गर्नुपर्छ भनेर चिकित्सकले भनेका छन तर पैसा कसरि जुटाउने ठेगान छैन ।
करिव ३ धुर घडेरि भएको राउत परिवार यतिबेला समस्यामा परेको छ । मानवताको नाताले भएपनी मृत्युसँग लडिरहेको आफ्नो छोराको ज्यान बचाउन सहयोग गरिदिनका लागी राउत परिवारले दयालु मनहरुसँग बिन्ति गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल स्याङ्जाले सोमबार वालिङ् नगरपालिका को बायखोला स्थित सहिद स्मृति भवनमा आफ्नो जिल्ला भेला सम्पन्न गरेको छ। त्यस्तै उक्त भेला मा स्याङ्जा जिल्ला इन्चार्ज रुबेल, युवा संगठन नेपाल गण्डक धौलागिरी संयोजक बिजय स्याङ्जा जिल्ला सेक्रेटरी सागर लगायतले आफ्नो महत्त्वपुर्ण मन्तव्य राख्नु भएको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अथिती तथा गण्डक ब्युरो सदस्य रुपेश ले नेपालमा सम्सदिय ब्यवस्था पुर्ण रुपमा असफल भएको भन्दै अब नेपालमा बैज्ञानिक समाजबाद तर्फ रुपान्तरण गर्नु पर्ने भएको र त्यसको निमित्त नेपालका सम्पुर्ण प्रगतिशील युवाहरुको महत्त्वपुर्ण भुमिका रहने हुँदा सम्पुर्ण युवाहरूलाई यस संगठन मा आबद्ध रहेर बैज्ञानिक समाजबादको बाटाेमा लामबद्ध भएर अगाडि बढन आग्रह गर्नु भएको थियो। यस्तै भेलाले मक्कन गुरुङको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटि समेत घोषणा गरेको छ।
युवा संगठन स्याङ्जा आयोजक कमिटीका संयोजक मक्कन गुरुङको अध्यक्षता मा संचालक भएको उक्त कार्यक्रममा प्रमुख अथित्यता नेकपा गण्डक ब्युरो सदस्य रुपेश ले गर्नु भएको थियो । त्यस्तै अथितीहरुमा नेपाल कम्युनिस्ट पार्टी का स्याङ्जा जिल्ला इन्चार्ज क. रुबेल, युवा संगठन नेपाल गण्डक ब्यूरो इन्चार्ज बिजय, नेपाल कम्युनिस्ट पार्टी स्याङ्जा सेक्रेटरी क. सागर, जनपत्रकार संगठन स्याङ्जा का संयोजक सुदिप भट्टराई लगायत महान जनयुद्धको क्रममा स्याङ्जा जिल्ला बाट सहिद हुनु भएका महान सहिद तथा बेपत्ता योद्धाका परिवार जनको समेत उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन अखिल क्रान्तिकारी स्याङ्जाका संयोजक अमृतले गर्नु भएको थियोे ।
सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गरिएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले आईतवार गरेको निर्णयानुसार नगरपालिकाभित्रका विद्यालयमा मंगलवार (बैशाख १४) देखि अर्को आदेश नहुन्जेलसम्मका लागि भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गर्ने निर्णय गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिए । उनले विद्यालय बन्द भएपनि भर्चुअल र अन्य माध्यमबाट भने पठनपाठन गराइने बताए ।
उनले नगरपालिकाको निर्देशन विपरीत कुनै पनि विद्यालयले पठनपाठन सञ्चालन गरे त्यसबाट कुनै क्षति भए त्यसमा विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सीपल जिम्मेवार हुने बताए । जिल्लाका २० स्थानी तहमध्ये लालबन्दी नगरपालिकाले आज पहिलो निर्णय गरेर विद्यालय बन्द गर्ने निर्णय गरेको उज्यालो अभियानमा समाचार प्रकाशित छ ।
जंगली हात्तीको समूहले आइतवार राती सर्लाहीको लालबन्दी नगरपालिका ११ बाहुनी भन्ने स्थानमा तीनवटा घरमा सामान्य क्षति पु¥याएको छ ।
शनिवार राती लालबन्दी नगरपालिकाको वडा नं. १६ तिनघरे क्षेत्रमा एक्कासी देखा परेका जंगली हात्तीको समूह गतराती बाहुनी क्षेत्रमा देखा परेका हुन् । राती अचानक हात्ती आएर घरमा क्षति पु¥याउन थालेपछि स्थानीयमा भागाभाग मच्चिएको थियो ।
स्थानीयले खबर गरेपछि प्रहरी र वनका कर्मचारी राती नै घटनास्थलमा पुगेर हात्ती धपाउन सहयोग गरेका थिए । हात्तीले यसअघि तिनघरे क्षेत्रमा पनि केही घर, केरा बगैंचा र फुटबल चौरमा गाडिएको पोलमा क्षति पु¥याएको थियो ।