प्रदेश २ प्रहरी कार्यालयले गएको एक हप्तामा मास्क नलगाउनेहरुबाट जरिवानास्वरुप साढे तिन लाखभन्दा बढी राजस्व संकलन गरेको छ । कोरोनाको दोस्रो लहर महामारी फैलिँदै गएपछि स्वास्थ्य मापदण्ड पालना नगर्नेहरुलाई सो कारवाही गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयको सूचना संकलन तथा सम्प्रेषण शाखाका प्रवक्ता एवम् सूचना अधिकारी कृष्ण प्रसाईँका अनुसार जरिवानास्वरुप ३ लाख ५२ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरिएको हो । प्रहरीले कोभिड नियन्त्रणका लागि वैशाख १ गतेदेखि नै विशेषतः सार्वजनिक स्थान सवारी साधनहरुमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिहरुबाट उक्त राजस्व उठेको हो ।
लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् ।
साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या हाल पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म यो व्याधिले १९ जनाको ज्यान लिइसकेको छ ।
साउन ७ गते यता सङ्क्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) जारी गर्दैछन् ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमबार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू छ । त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि जिल्लाभरमै लागू गरेको छ ।
पूर्वको सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिनपूर्व नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ ।
लकडाउन हटेसँगै सबैतिर भीडभाड बढेको, शारीरिक (भौतिक दूरी) को ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुलासीमाबाट दोहोरो आवतजावत निकै बढेपछि महामारी सङ्क्रमण र थप जोखिम बढेको विज्ञ बताउँछन् । प्रदेशमा लकडाउन हटेयता महोत्तरी, पर्सा, सप्तरी र धनुषा बढी सङ्क्रमण जोखिममा देखिएका छन् ।
यसैबीच प्रदेश नं २ सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न नदिन आवश्यकतानुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, भारतसँगको सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पिसीआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् ।
यस क्रममा प्रादेशिक अस्पतालमा पिसीआर मेशिन थप गर्ने, प्रदेशका अस्पतालमा थप ५० भेन्टिलेटर बढाउने र ५०० श्ययाको आइसोलेसन अस्पताल थप्ने निर्णय गरिएको मन्त्री यादवको भनाइ छ। अब पिसीआर जाँच बढाउँदै दैनिक एक हजार स्वाब परीक्षण गरिने गरी प्रादेशिक अस्पतालको क्षमता पु–याइने मन्त्री यादवले बताएका छन् ।
प्रदेशभित्र हालसम्म ६२ हजार २८८ जनाको स्वाब परीक्षण गरिएको छ । यसमा ५४ हजार ७०५ को जाँच नतिजा नेगेटिभ छ। प्रयोगशालाबाट नतिजा आउन बाँकी दुई हजार ५३८ छन्। प्रदेशमा उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या तीन हजार २११ पुुगेको छ। अहिले दुई हजार २३७ आइसोलेसन श्यया छन् । यिनमा ६८० जनाको उपचार हुँदैछ। तीमध्ये ३६१ गम्भीर प्रकृतिका रहेका जनाइएको छ ।
हिन्दु राष्ट्र सहितको राजा हुनुपर्छ भन्दै अभियान चलाई रहेको वीर गोर्खाली (ATF)ले शनिवार मध्यान्ह चितवनको टाँडिमा राष्ट्रिय झण्डा सहित मोटरसाईकल ¥याली सम्पन्न गरेको छ ।
देश र श्रीपेच जोगाउने महाअभियान अन्तर्गत ¥याली गरिएको ¥यालीमा सहभागी भएका (ATF) सर्लाही संयोजक सिद्धार्थ सुवेदीले जानकारि दिए । संयोजक सन्तोष राजावादीको बिशेष उपस्थिती तथा वीर गोर्खाली चितवनको आयोजनामा ¥याली गरिएको हो । ¥यालीमा ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगाएतका बिभिन्न नारा लगाईएको थियो ।
¥यालीमा (ATF) रौतहट संयोजक प्रकाश राजावादी, (ATF) बारा संयोजक निश्चलराज अधिकारि सहित राष्ट्रिय शक्ति नेपाल सर्लाही कमिटीका सदस्यहरु लगाएत राजा ल्याउने अभियानमा आवद्ध बिभिन्न अभियानका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
¥याली चितवनको टाँडी बकुलर सहित आसपासका बिभिन्न ठाउँमा पुगेर कोण सभामा परिणत भएको थियो ।
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि नेपाल तथा भारतका नरनारीको घुइँचो छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ । रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पाइन्छ ।
रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने धार्मिक विश्वास छ ।
गत वर्षजस्तै यस वर्ष पनि कोरोना संक्रमणको जोखिम भएकाले मन्दिरहरुमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।
अयोध्यापुरीमा राम-सीताका मूर्ति प्रतिस्थापन गरिँदै
यसैबीच चितवनको माडीस्थित अयोध्यापुरीमा राम-सीताको मूर्ति आज प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापन गर्ने मूर्तिहरु मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारबाट रथयात्रासहित चितवन लगिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वको रथयात्रा समूह देवघाटमा बास बसेको थियो ।
बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ रथयात्रा अघि बढ्ने छ ।
राम-सीताका मूर्ति बुधबार मध्याहृन १२ः३० बजेको साइतमा प्रतिस्थापन गर्ने तयारी छ । मूर्ति प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको छ ।
प्रधानमन्त्री ओलीले गत असारमा रामको जन्म अयोध्यापुरीमा भएको दाबी गर्दै सो स्थानमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए । अनलाईनखबरबाट…
नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश पौडेल चयन भएका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित महासंघको पहिलो भेलाले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत, उपाध्यक्षमा सुभाष श्रेष्ठ, गोबिन्द भट्टराई, एकेन्द्र कुँवर, दिपेन्द्र दाहाल, प्रभात बिक्रम कटुवाल, मानदेव हजारा, भीम ओली, सुदर्शन गुरुङ, धुव्र आचार्य, ओम प्रसाई, चेतन राज गिरी चयन भएका छन् ।
महासचिवमा मेघराज पौडेल चुनिएका छन् भने सचिवमा वासु नेपाल, सन्तोष वान्तावालगायतका ७ जना छन् ।
महासंघको केन्द्रीय कमिटी ५५१ सदस्यीय बनाइएको छ । कमिटी पत्रकार सम्मेलन गरी घोषणा गर्ने तयारी रहेको बताइएको शिलापत्रमा समाचार प्रकाशित छ ।
फेसबुकले डेटा प्रोट्याबिलिटी अन्तर्गत थप नयाँ सुविधा प्रयोगकर्तालाई उपलब्ध गराएको छ । प्रयोगकर्ताले सहज रुपमा आफ्नो डेटालाई व्यवस्थित गर्न सकुन् भन्ने उद्देश्यका साथ फेसबुकमा गरिएका पोष्ट तथा नोटलाई सोझै गुगल डक्स, वर्डप्रेस, ब्लगरमा ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको हो ।
यसअघि कम्पनीले यो फिचर फोटाेको हकमा भने उपलब्ध गराउँदै आएको थियो । प्रयोगकर्ताले आफ्नो फेसबुकमा भएको फोटोलाई गुगल फोटोमा लगी सेभ गर्न मिल्ने सुविधा कम्पनीले यसअघि नै उपलब्ध गराइसकेको हो । उक्त फिचरमा प्रयोगकर्ताको आकर्षणलाई लिएर कम्पनीले नयाँ सुविधा थप गरेको जनाएको छ ।
‘हाम्रो पाटनर सर्भिससँग डेटा ट्रान्सफर गरी आफ्नो डेटालाई सुरक्षित गर्न सकुन् भन्ने उद्देश्यले यो नयाँ सुविधा उपलब्ध गराइएको हो,’ फेसबुकका प्राइभेसी तथा पब्लिक पोलिसीका प्रमुख स्टिभ स्याटरफिल्डले भने, ‘यो टुल निमार्ण गर्दा प्रयोगकर्ताको प्राइभेसी र सुरक्षालाई ध्यानमा राखी तयार पारिएको छ ।’
त्यसैले पनि डेटा ट्रान्सफर गर्नुअघि प्रयोगकर्ताले एक पटक पुनः फेसबुकको पासवर्ड प्रयोग गर्नुपर्ने प्रावधान फेसबुकले राखेको छ ।
पोष्ट तथा नोट कसरी ट्रान्सफर गर्ने ?
फेसबुकले यो फिचर फेसबुकको सेटिङमा उपलब्ध गराएको छ । त्यसका लागि सुरुमा फेसबुकको ‘सेटिङ एण्ड प्राइभेसी’ मा क्लिक गर्नुहोस् । त्यति गरेसँगै त्यहाँ पुनः छुट्टै ‘सेटिङ’ भन्ने अप्सन देखापर्छ । उक्त सेटिङमा क्लिक गर्नुहोस् ।
अब त्यहाँ विभिन्न विकल्पहरु देखा पर्नेछन् । त्यसमध्ये ‘योर फेसबुक इन्फरमेसन’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ पनि तपाईंले विभिन्न विकल्प देख्नुहुनेछ । त्यसमध्ये ‘ट्रान्सफर अ कपी अफ योर इन्फरमेसन’ भन्ने अप्सन रहेको छ ।
उक्त अप्सनमा क्लिक गर्दा त्यहाँ तपाईंलाई फोटो, भिडियो, पोस्ट, नोट लगायतका अप्सनहरु रहेका छन् । त्यसमध्ये फोटो र भिडियो यसअघि नै उपलब्ध भइसकेका फिचर हुन् । भने, पोस्ट र नोट नयाँ फिचर हो ।
तपाईं पोस्ट अथवा नोट कुन गुगल डक्स, वर्डप्रेस, ब्लगरमा ट्रान्सफर गर्न चाहनुहुन्छ, त्यसमध्ये एउटामा क्लिक गरी कहाँ ट्रान्सफर गर्ने हो छनोट गरी फाइल ट्रान्सफर गर्न सक्नुहुनेछ ।
(टेकपानाबाट)
सेवाग्राहीको बैंकिङ गुनासो सुन्न नेपाल राष्ट्र बैंकले अनलाइन पोर्टल जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट अनुमति लिएका बैंक तथा सम्पूर्ण वित्तीय सेवाप्रदायकका सेवाग्राहीहरुले उक्त पोर्टलमा आफ्नो गुनासो सुनुवाई तथा विवाद समाधानका लागि आफ्नो कुरा राख्नसक्ने छन् ।
वित्तीय संस्थाबाट असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैरजिम्मेवारी, लापरवाही, ठगी, झुटा तथा गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोबारजस्ता नकारात्मक व्यवहार भएको अवस्थामा पोर्टलमा उजुरी गर्नसक्ने छन् ।
पोर्टलले ग्राहकहरुको हित संरक्षण, संस्थाको जवाफदेहिता र पारदर्शिताजस्ता विषयहरुलाई सम्बोधन गर्न सहयोग गर्नेछ ।
यस्तो छ गुनासो दर्ता गर्ने तरिका
१. गुनासो दर्ता गर्नुहाेस्, यसका लागि यहाँ क्लिक गर्नुहाेस् ।
२. गुनासो दर्ता भएको जानकारी र दर्ता नम्बर ईमेलमार्फत प्राप्त हुनेछ ।
३. गुनासो दर्ता नम्बर पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिने छ ।
४. पोर्टल दर्ता भएको गुनासोको अन्तिम निर्णयको जानकारी ईमेलमार्फत हुनेछ ।
(टेकपानाबाट)
हिन्दु राष्ट्र सहितको राजा हुनुपर्छ भन्दै अभियान चलाईरहेको राष्ट्रिय शक्ति नेपाल सर्लाही जिल्ला कमिटिले बुधवार लालबन्दीमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । दिउँसो २ बजे लालबन्दी स्थित राष्ट्रिय शक्ति नेपालको कार्यालयमा नयाँ बर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
राष्ट्रिय शक्ति नेपालका जिल्ला संयोजक प्रकाश चन्द्र भट्टको संयोजकत्व तथा केन्द्रिय प्रतिनिधि केन्द्रिय सदस्य अंजु थपलियाको बिशेष उपस्थितीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्षद्वय चण्डिका पोखरेल र रामदरेस राय, सचिव केशव महत, कोषाध्यक्ष प्रदिप बराल, सह–सचिव गंगा प्रसाद पोखरेल, सह–कोषाध्यक्ष उत्तम थपलिया, अन्य सदस्यहरु तथा आमन्त्रित ब्यक्तिहरु सहित करिव ५० जनाको उपस्थिती रहेको राष्ट्रिय शक्ति नेपालका अध्यक्ष भट्टले जानकारि दिनुभयो ।
अध्यक्ष भट्टका अनुसार कार्यक्रममा सात जनालाई राष्ट्रिय शक्ति नेपालको सदस्यता प्रदान गरिएको र लालबन्दी नगरपालीका १६ परवानीपुरका सुमन थापालाई केन्द्रिय सदस्य बनाईएको छ । कार्यक्रममा लालबन्दी सहित चन्द्रनगर, पर्सा गाउँपालीका र अन्य पालीकाहरुबाट समेत मानीसहरु उपस्थित भएका थिए ।

राष्ट्रिय शक्ति नेपालका केन्द्रिय सदस्य थपलियाले हालसम्म यो कुनै पार्टिको रुपमा दर्ता नभएकोले यो हिन्दु राष्ट्र सहितको राजा हुनुपर्छ भन्ने अभियान मात्रै भएको बताउनुभयो । उहाँले अहिले सर्लाही जिल्लामा तिब्र रुपमा सदस्यता प्रदान तथा कमिटि बिस्तारको काम भईरहेको बताउँदै यो अभियान भोलीको दिनमा आवश्यकता अनुसार दलको रुपमा दर्ता भएर हिन्दु राष्ट्र र राज संस्था पुनस्थापना गर्न सक्रिय हुने समेत उद्घोष गर्नुभयो ।
आफु पदमा रहँदा तलव भत्ता नलिएर चर्चामा रहेका केशर बहादुर बिष्ट केन्द्रिय अध्यक्ष रहेको राष्ट्रिय शक्ति नेपालले हाल श्रमिक, पत्रकार, भुतपुर्व नेपाली सेना लगाएको कमिटि निर्माण तथा संगठन बिस्तारलाई तिब्रता दिईरहेको छ । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै केन्द्रिय सदस्य थपलियाले हिन्दु राष्ट्र र राजसंस्था बिना मुलुक टुहुरो भएको र जतातदै हत्या, हिंसा, बलात्कार, लुट, घुसखोरि र भ्रष्टाचार बढेको अहिलेको अवस्थाले पनी देशमा राजसंस्थाको आवश्यकतालाई प्रस्ट्याएको धारणा राख्नुभयो ।
कार्यक्रममा जिल्लाका बिभिन्न पालीकाबाट उपस्थित भएका सहभागीहरुले नयाँ बर्षको शुभकामना सहित देशमा राजसंस्था आवश्यकता भएको र जसरि पनी देशमा राजा ल्याएरै छाड्नुपर्ने बताएका थिए ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुको आइतवार सदरमुकाम मलंगवामा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष विश्वनाथ ठाकुरले नवनिर्वाचित कार्य समितिका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई नेतृत्व हस्तान्तरण गरेका छन् । सो अवसरमा निवर्तमान अध्यक्ष ठाकुरले निर्विरोध चयन भएको क्षेत्री नेतृत्वको कार्य समितिलाई बधाई एवं शुभकामना व्यक्त गरे ।
ठाकुरकै अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पौडेल, मलंगवा नगरपालिकाका मेयर निरसल साह, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, एमालेका जिल्ला अध्यक्ष रेवती पन्त, जसपाका जिल्ला अध्यक्ष वीरेन्द्र राय, नेपाली काँगे्रसका जिल्ला कार्य समितिका सदस्य जयप्रकाश मल्लिकलगायतले मन्तव्य राखे । उनीहरुले पनि कार्य समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष क्षेत्रीले आफू पत्रकारहरुको छाता संगठनको जिल्ला अध्यक्षमा रहुन्जेल पत्रकारहरुको हित र विकासमा काम गर्ने प्रतिवद्धता जनाए । उनले गलत मनासय राखेर पित पत्रकारिता गर्ने, तर्साउने, धम्काउने काम गर्न खोज्ने पत्रकारको कहिल्यै पनि पक्षपोषणा नगर्ने तर श्रमजीवी पत्रकारहरुलाई कुनै सारोगाह्रो तथा अप्ठेरो पर्दा सहयोग गर्ने बताए ।
नवनिर्वाचित कार्य समितिका सह–सचिव सत्यप्रकाश यादव (एसपी) ले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन निवर्तमान कार्य समितिका सचिव सिंहबहादुर थापा (श्रवण) ले गरेका थिए ।
स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सर्लाहीको चन्द्रनगरमा खेलकुद प्रतियोगीता सुरु भएको छ ।
सर्लाही स्थित चन्द्रनगर गाउँपालीकाको आयोजनामा दोश्रो राष्ट्रपती रनिंग शिल्ड प्रतियोगीता सुरु भएको हो । प्रतियोगीताको आईतवार प्रदेश सांसद उपेन्द्र महतोले उद्घाटन गर्नुभएको छ ।

पालीका अध्यक्ष महेन्द्र महतोको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच सांसद महतोले रिवन काटेर प्रतियोगीताको उद्घाटन गर्नुभएको हो ।