२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको छ ।

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको  पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । बुधबार भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ६९२ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ५८ जना पुरुष गरी कुल ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार १३९ जना संक्रमणमुक्त भएका छन् भने कुल २६८४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | अनलाईन खबरबाट…

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् ।

अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको चेतावनी छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कानुनी राज्य र लोकतन्त्रको पक्षमा फैसला गरेको बताएकी छन् ।

संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गरे लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले अनलाइनखबरसँग भनिन्, ‘सर्वोच्च अदालतको आजको फैसला समग्रमा जनताको जित हो ।’

संसद विघटन विरुद्धको रिटमा निवेदक समेत रहेकी नेतृ झाँक्रीले आफ्नो पक्षमा बहस पैरवी गर्ने कानुन व्यावसायीलाई धन्यवाद समेत दिएकी छन् ।

‘प्रधानन्यायाधीश सहित माननीय न्यायाधीशज्यूहरू प्रति हार्दिक धन्यवाद,’ झाँक्रीले भनेकी छन्, ‘हाम्रो रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्धान वरिष्ठ कानुन व्यावसायी मित्रहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

बैजुनाथ सुगर मिलमा च्यापिएर एक ट्रयाक्टर चालकको मृत्यु भएको छ ।

सर्लाहीको बलरा नगरपालीका ५ फुलवरियामा रहेको मिलको धर्मकाँटाबाट ट्रयाक्टर निकाल्ने क्रममा चालकको मृत्यु भएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रहरि नायव उपरिक्षक एवं सुचना अधिकृत मदन कुवंरले जानकारि दिए ।

मिलको धर्मकाँटाबाट ना२त ६९३४ नम्बरको ट्रयाक्टर निकाल्ने क्रममा रौतहटको गढिमाई नगरपालीका ८ विनगरा बस्ने बर्ष १८ का अवधेश पटेलको स्टेरिङ्गमा च्यापिएर मृत्यु भएको हो ।

घट्नास्थलमै मृत्यु भएका पटेलको शव पोस्टमार्टमका लागी जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरिले जनाएको छ ।

नेपालि कांग्रेस चितवनका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाट ६६ वर्षको उमेरमा निधन भएको छ ।

उपचारका क्रममा (आज) सोमबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

रानाभाटको पार्थिक शरीरलाई भोलि मंगलबार बिहान ८ः३० देखि ९ः३० सम्म अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा राखिने र त्यसपछि देवघाटमा अन्तेष्टी गरिने जनाइएको छ ।

रौतहट प्रहरिले बेवारिसे अवस्थामा फेला पारेको समानमा कसैको पनी दाबि नपरेपछि भन्सार कार्यालयमा बुझाएको छ ।

शनिवार बिहान ५ बजेतिर प्रहरिले गरुडा ४ मेथुरचोकमा भारतबाट भन्सार छलि भित्र्याईएको सुर्ति र सोही दिन बेलुकी ५ बजेको समयमा यमुनामाई गाउँपालीका १ को सुकदेवचोकमा रेडिमेड लेहंगा र मोटरसाईकल पार्ट्सहरु बेवारिसे अवस्थामा फेला पारेको थियो ।

करिव ६ हजार चार सय बराबरको सुर्ति र त्रिचालिस हजार बराबरको कपडा तथा मोटरसाईकलका पार्ट्सहरु स्थानियलाई सोधखोज गर्दा कसैले पनी दाबि नगरेकोले भन्सार चलान गरिएको ईलाका प्रहरि कार्यालय गरुडा बजार रौतहटले जनाएको छ ।

लालवन्दी जेसीज वर्ष २०२१ ले मिति २०७७ फाागुन ८ गतेका दिन Reprogram your Mind and Redesigned your Life तालिम नेपाल जेसीजका चर्चित ट्रेनर जेसीआई सिनेटर राजा वावु साह बाट सम्पन्न गरेको छ ।

उक्त तालिम कार्यक्रमको अध्यक्षता लालवन्दी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी श्याम कुमार खड्काले गर्नु भएको थियो भने प्रमुख अतिथि लालवन्दी नगरपालिकाका उप प्रमुख शान्ती लामा रहनु भएको थियो । तालिममा लालवन्दी जेसीजका ३० जना र चन्द्रपुर जेसीजका ११ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा लालवन्दी वडा नं. ६ का वडाअध्यक्ष उज्वल कुमार कार्की, वडा नं. ५ का वडा अध्यक्ष मोहनहरी भण्डारी, उ.वा.स. लालबन्दी का अध्यक्ष कल्याण कु. जोशी, लालवन्दी जेसीजको संस्थापक अध्यक्ष जेसी किरण घिमिरे, चन्द्रपुर जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी लोकेन्द्र खड्का, मातृ शाखाका संस्थापक अध्यक्ष जेसी वालकृष्ण श्रेष्ठ, हिमवन्ती नेपाल प्रदेश नं. २ का संयोजक रमा पौडेल, शिशुकल्याण जनता मा.वि. का प्र.अ. नरहरी धामि, जनज्योती भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष कृष्ण भण्डारी, क्याम्वरवेल बोर्डिङका संचालक विनोद थापाको उपस्थीती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य तालिम संयोजक जेसी प्राप्ती उप्रेतिको रहेको थियो । कार्यकारिणी उपाध्यक्ष जेसी सरोज न्यौपाने संयोजक रहनु भएको उक्त कार्यक्रमको संचालन जेसी राजकुमा र सिंहले गर्नु भएको लालबन्दी जेसीज वर्ष २०२१ का कोषाध्यक्ष जेसी कोमल हरि गौतमले जानकारी दिनुभयो ।

नेपालले खरिद गरेको कोरोना खोपमध्ये १० लाख डोज भोलि आइतबार काठमाडौं आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप आइतबार काठमाडौं आइपुग्नेछ । भण्डारण लगायतमा समस्या नहोस् भनेर पहिलो खेपमा १० लाख ल्याउन लागिएको डा. गौतमले बताए ।

मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनमा संशोधन गरेपछि खोप खरिदको बाटो खुलेको थियो । मन्त्रालयका अनुसार सेरम इन्स्टिच्युटले सुरुमा सबै भुक्तानी मागेको थियो । तर खरिद ऐनले त्यसो गर्न नहुने भएपछि एक पटक लागि संशोधन भएको हो ।

शनिबार बिराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खोप आउने बताएका थिए । चीनबाट पनि खोप ल्याउने उनले बताएका छन् ।

चीनले नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिएको छ र यो नेपालमा आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छ ।

यसअघि भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो र, १४ माघबाट खोप अभियान सुरु भएको थियो । यो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई दिइएको थियो भने २३ फागुनबाट ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई दिइनेछ ।

प्रदेश २ प्रमुख तिलक परियार पदमुक्त गरिएका छन । उनको ठाउँमा राजेश झालाई नियुक्त गरिएको छ । उनले शुक्रवार नै शपथ पनि लिईसकेका छन ।

तर उक्त सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भए । झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरे ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

किन हटाईए तिलक परियार ?

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएसँगै हटाइनुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्।

पुर्व प्रदेश २ प्रमुख तिलक परियार

बाँकेका परियार माओवादीको कोटाबाट प्रदेश प्रमुख बनेका हुन्। कतिपयले परियारको बहिर्गमनलाई उनका स्वकीय र सचिव र नेपाल रेल्वेका महाप्रबन्धकबीचको आपसी विवादलाई पनि हटाइनुको कारण जोडेका छन्।

राजनीतिज्ञहरुले भने संघीय मन्त्रिपरिषद् र राष्ट्रपतिलाई निरंकुशताको संज्ञा दिँदै केपी शर्मा ओली नेतृत्वको सरकारमा यस्ता सरप्राइज भइरहने टिप्पणी गरेका छन्।

प्रजातन्त्र दिवसको अवसरमा प्रदेश प्रमुख परियारले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि चालेको कदमविरुद्ध दिएको अभिव्यक्तिलाई पनि पदमुक्तसँग जोडेर हेरिएको छ ।


को हुन राजेश झा ?


सर्लाहीको मलंगवा निवासी पत्रकार एवं राजनैतिक विश्लेषक हुन राजेश अहिराजले परिचित डा. राजेश झा । हाल मलंगवा नगरपालिका–८ निवासी झा पहिला रौतहट बस्दथे । उनले मलंगवाबाटै पत्रकारिता क्षेत्रको सूरुवात गरेका थिए ।

नवनियुक्त प्रदेश २ प्रमुख राजेश झा

२०६२/०६३ देखि केही वर्षसम्म काठमाडौंको अनामनगरमा मधेश मिडिया हाउस सञ्चालन एवं मधेशवाणी साप्ताहिक प्रकाशन सूरु गरेर मधेशवादी दलको मुद्धा उठानमा सकृय डा. झाले केही वर्षयता भने संघीयताको विरुद्धमा समेत आफ्ना विचारहरु राख्दै आएका थिए ।

पछिल्लो समय भने उनी मधेश मिडिया हाउस एवं मधेशवाणी साप्ताहिकमा निश्कृय भएका छन् । मधेश मामिलामा विद्यावारिधी गरेका डा. झाले पछिल्लो समय मधेशवादी दलका नेता विरुद्ध कटाक्ष गर्दै राष्ट्रिय एकताको पक्षमा आवाज उठाउँदै आएका थिए ।

पछिल्लो केही वर्षयता राष्ट्रिय एकताको पक्षमा मात्र हैन नेपालमा धेरै प्रदेश हुनुहुदैन लगायत आवाज उठाईरहेका झाले प्रधानमन्त्री ओलीबाट उच्चस्तरीय पुरस्कारको रुपमा प्रदेश प्रमुखको पद हात पारेका बुझिएको छ ।

मोटरसाईकल दुर्घटनामा मृत्यु भएका नेकपा सर्लाहीका ईन्चार्ज डाचाराज वाग्लेको १३ औँ दिनको पुण्य तिथिमा बिहिवार हजारविगाहमा बृहत श्रद्धाञ्जली सभा सम्पन्न भयो । हरिपुर नगरपालीका १ हजारविगाह स्थित पाँचकुमारि माबिको प्रांगणमा भएको कार्यक्रममा नेकपाका नेता तथा पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल सहितका केन्द्रिय तथा अन्य नेताहरुको उपस्थिती रह्यो ।

कार्यक्रममा उपस्थित हजारौँ भिडलाई सम्बोधन गर्दै आतिथ्यता ग्रहण गरेका नेताहरुले स्व.वाग्ले प्रति श्रद्धाञ्जली अर्पण गरे । सोहि क्रममा बोल्दै स्व.वाग्लेकी श्रीमती सरस्वती मिश्र वाग्लेले आफु स्व.वाग्लेको सपना र उद्देश्य पुरा गर्न राजनितिमा सक्रिय रुपमा लाग्ने उद्घोष गरिन् । हेर्नुहोस उनको पुरा सम्बोधन…

https://www.youtube.com/watch?v=RCq3EbVLhTc&t=609s

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।