नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व. डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमा बिहिवार हजारबिगाहमा बृहत श्रद्धाञ्जली सभा गरिएकोे छ ।
हरिपुर नगरपालिका–१, हजारविगाह स्थित पाँचकुमारी मा.वि. परिसरमा नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षतामा श्रद्धाञ्जली सभा गरिएको हो । सभामा प्रमुख अतिथिको रुपमा नेकपा अध्यक्षद्वय एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सोही समूहका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल रहेका थिए ।

कार्यक्रममा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य लिलामणि पोखरेल लगायत सर्लाही जिल्ला तथा छिमेकी जिल्ला समेतबाट सांसद, मेयर, उप–मेयर लगाएत अन्य पार्टिका नेता तथा कार्यकर्ताहरु समेतको उपस्थिती रहेको थियो ।
सभामा उपस्थित भएका जसपाका नेता एवं सर्लाहीका चर्चित ब्यक्तित्व महेन्द्र रायको उपस्थिती तथा श्रद्धाञ्जली अर्पणलाई उपस्थित प्रमुख ब्यक्तित्वहरुले स्वागतयोग्य भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै स्व.वाग्ले पत्नि सरस्वती मिश्र वाग्लेले श्रीमान स्वर्गीय वाग्लेको सपना तथा उद्देश्य पुरा गर्न आफु राजनितिमा सक्रिय रुपमा लाग्ने उद्घोष गर्नुभएको थियो ।









लालबन्दीमा संचालन भएको खानेपानी, सरसफाई तथा स्वच्छता (खासस्व) बिकाश कार्यक्रमको तथ्यांक संकलकका लागी N-WASH Applications सम्बन्धि ३ दिने तालीमको बुधवार समापन गरिएको छ ।
सर्लाहीको लालबन्दी स्थित थकाली होटल एण्ड रेष्टुरेन्टमा संचालीत ३ दिने तालीमको एक कार्यक्रमका बिच समापन गरिएको हो । युनिसेफ नेपालको आर्थीक सहयोग, छाया नेपालको प्राबिधिक सहयोग र लालबन्दी नगरपालीकाको सहजीकरणमा तालीम संचालन गरिएको हो ।
तालीम पश्चात लालबन्दी नगरपालीकाको खानेपानी तथा सरसफाई सम्बन्धि मोबाईल एप्लिकेशन मार्फत तथ्यांक संकलन गरिने छ ।
तालीममा नगरभित्रका १७ वटै वडाका एक/एक जना सहभागी रहेका थिए ।
रौतहट प्रहरिले बुधवार डेढ लाख माथीको अवैध सरसमान तथा मदिराजन्य पदार्थ भन्सार कार्यालयमा बुझाएको छ ।
रौतहट प्रहरि मातहतका ईकाईबाट खटिएका प्रहरि टोलीले बिभिन्न मितिमा भारतवाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको बैसठ्ठी हजार चार सय बराबरको चिनी, अण्डर वेयर, सेण्डो गंजी, सर्फ, सर्ट, खैनी, राजनिवास, धुप लगायतका समान बरामद गरेको थियो ।
त्यस्तै नेपालबाट भन्सार छली चोरी निकासी गरी मोटरसाईकल र साईकलहरुमा लोड गरी सोफी रक्सी, पेट्रोल, डिजेल भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरिले बेवारिसे अवस्थामा फेला पारेको थियो । एक लाख एक हजार तिन सय मुल्य बराबरको उक्त समानहरु लैजाँदै गरेका तस्करहरु प्रहरिलाई देखेपछि समान छोडेर फरार भएका थिए ।
ति दुबै एक लाख त्रिसठ्ठी हजार सात सय मुल्य बराबरको मालसमान तथा २ वटा मोटरसाईकल र एउटा साईकल आवश्यक कारवाहीको लागि बुधवार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।
सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणमा पक्षपात गरेको भन्दै नेपाल पत्रकार महासंघ बारा शाखामा तालाबन्दी गरिएको छ ।
बारामा क्रियाशील पत्रकारहरुको एक टोलीले बुधबार महासंघको कलैयास्थित कार्यालयमा तालाबन्दी गरिएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद संजय तिवारीको नेतृत्वमा रहेका पत्रकारहरुको टोलीले तालाबन्दी गरेको हो ।
जिल्लामा क्रियाशील करिब २ दर्जन पत्रकारहरुलाई सदस्यताबाट वञ्चित गर्न बिना सूचना महासंघ बाराले एक क्षेत्र विशेषका व्यक्तिहरुलाई मात्र सदस्यता दिएको र राजनीतिक रुपमा अलग विचार राख्ने सदस्यहरुको नवीकरण नगरेको भन्दै पत्रकारहरुले तालाबन्दी गरेको तिवारीले बताए ।
तालाबन्दी गर्न मधेशी पत्रकार समाज नेपाल बाराका अध्यक्ष अमरेश कुमार पाण्डेय, नेपाल प्रेस मञ्च बाराका अध्यक्ष अनिल वर्मा लगायतको सहभागिता रहेको थियो । आफ्नो माग पूरा नभए तालाबन्दी जारी रहने तिवारीले जनाए ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको छ ।
प्रादेशिक अस्पताल परिसरभित्र अवस्थित भवनमा स्थापना गरिएको प्रतिष्ठानको मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
प्रतिष्ठानको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रष्ठिानलाई प्रदेश सरकारले प्रादेशिक गौरवको रुपमा अगाडि बढाउने बताए ।
प्रदेशमा स्वास्थ्यको हिसाबले जनताको सहज किसिमले सबै रोगको उपचार यही अस्पतालभित्र गर्ने वर्षैंको आकांक्षालाई पूरा गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्रदेश सरकारले यसअघि १८ माघमा प्रतिष्ठानको उपकुलपतिमा डा. राम केवल साह, रजिस्ट्रारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिसकेको छ ।
अस्पतालले आफूखुसी दिएको तलब बुझिरहेका निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को आज बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो ।
निजी अस्पतालमा काम गर्नेहरूले पनि सरकारी सरहको सुविधा पाउन सकून भनेर न्यूनतम तलब तोकिएको संघका अध्यक्ष डाक्टर लोचन कार्कीले जानकारी दिए । उनका अनुसार यसअघि निजी संस्थामा न्यूनतम तलबमा एकरूपता थिएन ।
धेरैले निकै कम तलब दिने गरेको संघमा उजुरी परेको थियो । त्यसकारण न्यूनतम शुल्क तोक्नु परेको हो ।
संघ र अफिनको आज बसेको बैठकले डाक्टरहरूको परामर्श शुल्क बढाउने निर्णय समेत गरेको छ ।
बैठकले आजैको मितिदेखि लागू हुने गरी ओपीडीमा काम गर्ने चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरेको छ । अफिन र चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माघ ४ गते भएको सहमतिका आधारमा शुल्क बढाएको जनाएको छ ।
सरकारले आगामी २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ ।
बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो ।
यसअघि मन्त्रालयले ५५ वर्षमाथिकालाई खोप दिने योजना अनुरूप आन्तरिक तयारी गरेको थियो ।
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आˆना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सरस्वतीको पूजा गर्नाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ ।
आजको दिन काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।
आजको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन ।
आजैको दिन अभिभावकहरुले आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरिदिएर अक्षरआरम्भ गराउने र नाक-कान छेडिदिने गर्दछन् ।
लाटोले लाटोकै भाषामा बोल्छ मुखमा बुझो लाउन नखोज्नु
यो स्वार्थी दुनियाँमा कहीँ कसैबाट माया प्रेम पाउन नखोज्नु !
इर्ष्या लोभ घमण्ड र अहमको विचित्र संसारमा रुमलिएको छ
अरुको सपनाको महल देखेर आफुपनि सपना सजाउन नखोज्नु !
मलाई यो शहर मान्छेको रहरले उजाडिएको वन जस्तो लाग्छ
इच्छा चाहाना र तृष्णाले गर्दा मान्छेको घृणित मन जस्तो लाग्छ
किन हो हिजो आज एकान्तमा आफुले आँफैलाइ सोचि रहन्छु
म आँफैलाई एक मौनतामा अल्झिएको जीवन जस्तो लाग्छ !
त्यो नदिमा जस्तै मन बग्ने कुनै नाउ भेटिएन
अविरल बग्यो नदी झैं पुग्ने कुनै ठाउँ भेटिएन
कछुवाको चालमा सुस्त सुस्त हिंडी नै रहेको छु
मनको भारी बिसाएर बस्ने कुनै गाउँ भेटिएन !
गरिबको पैतला खुकुरीको धारमा टेकिनु पर्छ
उ साबुन हो अरुलाई चम्काउनलाई मेटिनु पर्छ
सधैं आयो मजदुर दिवस मजदुरको दिन आएन
जसरी मालिकलाई मनाउन मजदुर रित्तिनु पर्छ !
अनौठो मौनताको संम्वादले पनि बिथोल्ने रहेछ यो मन
यो चिसो हावाको उन्मादले पनि बिथोल्ने रहेछ यो मन
म आफुले आफैँलाई नियाल्दा पत्थर हुँ जस्तो लाग्थ्यो
तर किन अचेल तिम्रो यादले पनि बिथोल्ने रहेछ यो मन !
बारामा ७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कोल्हवी नगरपालिका-८ बस्ने ३९ वर्षीय दलबहादुर लामा पक्राउ परेका हुन् ।
दलबहादुरले वृद्धालाई मकै बारीमा लगेर आइतबार बिहान जबरजस्ती करणी गरेको अभियोग लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
दलबहादुरविरूद्ध जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट पहिलो पटक ५ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।