तामाङ समुदायको सोनाम ल्होछार पर्वको अवसरमा हरिवन नगरपालिका कार्यालयले दुई दिन सार्बजनिक बिदा दिएको छ ।
समुदायले माघ ३० गते मुसा वर्षलाई बिदाई गर्दै गाई वर्षलाई स्वागत गर्ने २८५७ औं सोनाम ल्होछार पर्व मनाउँदै छन् । सोही पर्वका अवसरमा हरिवन नगरपालिकाले माघ २९ र ३० गते दुई दिन सार्बजनिक बिदा दिएको हो ।
यसअघि नेपाल तामाङ घेदुङ हरिवनले माघ २९, ३० र फागुन १ गते गरी तीन दिन सार्बजनिक बिदा दिन नगरपालिकालाई लिखित आग्रह गरेको थियो । संघीय सरकारले पनि ल्होछारकै अवसरमार देशभरी माघ ३० गते सार्बजनिक बिदा दिईसकेको छ ।
वर्षौंदेखि करोडौं रकम भुक्तानी नगरेर उखु किसानलाई ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी राकेश अग्रवालले सर्लाहीका उखु किसानको सम्पूर्ण रकम भुक्तानी गरेका छन् ।
बुधबार सम्म अग्रवालले उखु किसानको खातामा १७ करोड सातलाख १६ हजार ८५ रुपैंया ५६ पैसा किसानलाई खातामा भुक्तानी गरिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
हालसम्म जानकारीमा आएको तथ्यांक र कागजातका आधारमा किसानको बक्यौता भुक्तानी भईसकेको र थप कोही आए भनेपनि बैंक खातामा मौज्दात राखिएकाले अग्रवालको अदालती मुद्धा प्रकृया टुंग्याउनका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पठाईएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका मालिक (संचालक) अग्रवाललाई माघ १४ गते साँझ काठमाडौंको त्रिपुरेश्वर स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
यसैबीच सर्लाही प्रहरीको हिरासतमा रहेका राकेश अग्रवाललाई पुनः अर्को ठगी मुद्धामा कार्बाही प्रकृया अगाडी बढाउन पश्चिम नवलपरासी प्रहरीको जिम्मा लगाईने भएको छ । पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयको पत्राचारको आधारमा जिल्ला अदालत सर्लाहीबाट छुट्ने वितिकै अग्रवाललाई पुनः हिरासतमा लिएर सर्लाही प्रहरीले उतै पठाउने भएको उज्यालो अभियानमा खबर छ ।
सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन लागिएको जानकारी दिए ।
अभिव्यक्ति स्वतन्त्रताको नाममा सरकारले गरेका गलत कामको आलोचना, राष्ट्रपति र अदालतको विषयमा समेत टिकाटिप्पणी हुन लागेको भन्दै निर्देशिका ल्याउन लागेको हो ।
नेपालमा मंगलबार थप १६० जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । त्यस्तै थप दुई जनाको कोरोनाका कारण ज्यान गएको छ भने हालसम्म नेपालमा दुई हजार ४७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप १६५ जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ६८ हजार ४३१ जना निको भएका छन् ।
त्यस्तै हाल १७ सय ३७ जना आइशोलेशनमा र ८७ जना क्वारेन्टाइनमाा छन् । त्यस्तै हालसम्म २१ लाख १ हजार ५९ वटा पिसिआर गरिएको छ ।
अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालमाथि अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ ।
वर्षौँदेखि उखु किसानको करोडौँ रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई ठगी लगायत मुद्दामा अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले प्रहरीलाई पुन सात दिनको म्याद थपिदिएको हो । यसअघि माघ १६ गते पाँच दिन र थप सात दिनको म्याद दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका अग्रवाललाई अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले तेस्रो पटक सात दिनको म्याद दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । १४ गते साँझ काठमाडौँ त्रिपुरेश्वर स्थित आफ्नै निवासबाट पक्राउ परेका अग्रवाललाई आवश्यक कारबाहीका लागि १५ साँझ सर्लाही ल्याइएको थियो ।
अग्रवाल विरुद्ध सर्लाही प्रहरीमा जाहेरी परेकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्राचारका आधारमा उनलाई काठमाडौँ प्रहरीले सर्लाही पठाएको हो । अग्रवाल विरुद्ध सर्लाहीका किसानले वर्षौँदेखि उखुको भुक्तानी नदिएको भन्दै किटानी जाहेरी दिएको र त्यसैको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
अन्नपूर्णले दक्षिणी क्षेत्र स्थित बरहथवा, बसबरिया, धनकौल, बलरा, गोडैता, विष्णु, रामनगर लगायत पालिकाका हजारौँ उखु किसानको वर्षौँदेखिको भुक्तानी बाँकी राखेको छ ।
उद्योगले उपलब्ध गराएको तथ्याङ्क अनुसार त्यति देखिए पनि किसानहरूले दाबी गरेको अझै निकै रकम हुन सक्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
जिल्ला प्रहरि कार्यालय रौतहटले बिभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिवादिहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ ।
इलाका प्रहरि कार्यालय चन्द्रपुर र गरुडाबाट खटिएको प्रहरिको टोलीले लुकिछिपि बसिरहेका प्रतिवादिहरुलाई पक्राउ गर्न सफल भएको हो । अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हाल सम्म फरार रहेका प्रतिवादिहरु पक्राउ परेका जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ पर्नेहरुमा अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका साविक प्रतापपुर पल्टुवा गा.वि.स. वडा नं.९ हाल गुजरा नगरपालिका वडा नं.७ वस्ने बर्ष ३७ को महम्दीन अंसारी, खाद्य सम्बन्धी मुद्दामा रु.१,३२,२९४.६४÷– जरिवाना भएका फरार चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने वर्ष ५२ को गणेश घिमिरे, लागुऔषध मुद्दामा २ महिना कैद र रु.१४,४५०।– जरीवाना भएका चन्द्रपुर नगरपालिका वडा नं.६ वस्ने वर्ष ३० को संजिव ठोकर र लागु औषध मुद्दामै रु.१,२२५।– जरिवाना भएका चन्द्रपुर नगरपालिका वडा नं.६ वस्ने अर्जुन लामा भन्ने मंगल बहादुर लोप्चन रहेका छन ।
उनीहरुलाई पक्राउ गरि प्रहरिले जिल्ला अदालत रौतहटमा बुझाएको छ ।
सशस्त्र प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लागूऔषध तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीस्थित खाँडो खोला छेउबाट आइतबार दिउँसो लागूऔषध बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । भारतबाट नेपालतर्फ आइरहेका एक व्यक्तिको झोला चेक गर्ने क्रममा लागूऔषध बरामद भएको हो ।
ड्युटिमा खटिएको टोलीले झोला चेकजाँच गर्ने क्रममा लागूऔषध बोक्ने व्यक्ति भने भारततर्फ फरार भएको उनले बताए ।
झोलामा बुप्रेनोरफिन इन्जेक्सन ५९६ थान, डाइजेपाम इन्जेक्सन ६ सय थान, प्रोमेथाजाइन हाइड्राक्लोराइड इन्जेक्सन ५ सय ९९ थान र नाइट्राभेट ट्याब्लेट १२ सय थान लागूऔषध रहेको उपरीक्षक श्रेष्ठले बताए ।
नेपालमा आइतबार थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको ज्यान गएको छ भने हालसम्म २ हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २६० संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा २ लाख ६८ हजार ७२ जना संक्रमित निको भएका छन् । हाल १८ सय १५ जना आइशोलेशनमा छन् भने ९२ जना क्वारेन्टाइनमा छन् ।
नेपालमा हालसम्म २० लाख ९३ हजार ४१७ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारी चेकको भुक्तानी १५ दिनभित्र गर्न महालेखा नियन्त्रकको कार्यालयले सबैं कोष तथा लोखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।
साथै बैंकहरुलाई पनि सो व्यवस्था कार्यान्वयन गर्न महालेखाले भनेको छ । सरकारी कोषबाट जारी गरिएको चेक भुक्तानीको अवधि १५ दिनको हुने आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व बिनियमावली २०७७को नियम १३२ मा उल्लेख छ ।
सो नियम पालना गराउँन महालेखाले मातहतका कार्यालयलाई निर्देशन दिएको हो । १५ दिन नाघेको चेकको भुक्तानी नहुँने विनियमावलीमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ८७८ जनाको परीक्षण गर्दा ५९ जना महिला र ११२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६७ हजार २९२ जना संक्रमणमुक्त भएका छन् भने २०३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर २ हजार २७७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ७७० जनाको होम आइसोलेसनमा छन् भने ६१ जनाको आईसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।