२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान अन्तर्गत बिहीबारसम्म देशभर १ लाख ५८ हजारभन्दा बढीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख ५८ हजार ४८७ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् ।

प्रदेश १ मा २१ हजार ७५४, प्रदेश २ मा २१ हजार १८५, बागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

माघ १४ गतेबाट सुरु भएको खोप अभियान शनिबारसम्म चल्ने भन्दै मन्त्रालयले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल अयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचयपत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन समेत सूचित गरेको छ ।

नेपालमा ६ लाख भारतीय नागरिक रहेको एक तथ्यांकले देखाएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको माथिल्लो सभा राज्य सभामा पेस गरेको विवरणमा सो तथ्यांक उल्लेख छ ।

सो तथ्यांक अनुसार विश्वका २०० सयभन्दा बढी मुलुकहरुमा भारतीय नागरिकहरु गैरआवासीयको हैसियतमा बसिरहेका छन् । पछिल्लो समयमा कोभिड–१९ का कारण भारतले विभिन्न देशहरुबाट आफ्ना नागरिकहरु उद्धार गरिरहेको छ ।

सो तथ्यांक अपडेट गरेर भारतीय विदेश मन्त्रालयले विभिन्न देशमा रहेका आफ्ना नागरिकहरुबारे त्यहाँको संसदलाई जानकारी गराएको हो । विभिन्न देशमा भारतका १ करोड ३० लाख भन्दा बढी व्यक्तिहरुको बसोबास रहेको छ ।

नेपालमा रहेका भारतीय नागरिकको बारेमा भारतले यकिन तथ्यांक राखेपनि भारतमा नेपाली नागरिकहरु कति छन् भन्ने यकिन छैन् । केही वर्ष अगाडि गठन भएको नेपाल–भारत प्रबुद्ध समूहले ७ देखि १० लाख नेपाली भारतमा रहेको दाबी गरेको थियो ।

भारतमा रहेका नेपालीको गणनाका सम्बन्धमा वेला वेलामा बहश भएपनि कुनै प्रक्रिया अगाडि बढेको छैन ।

रौतहटको चन्द्रपुरमा आज नागरिक सम्मान कार्यक्रम गरिएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ ले बिहिवार आफ्नो वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग तथा दुष्टिबिहीनहरुलाई सम्मान गरेको छ ।

जनज्योति बहुमुखी क्याम्पसमा गरिएको सम्मान कार्यक्रममा चन्द्रपुर नगरपालिकाको सामाजिक बिकास फाँटका सभापति सरस्वती खुलालले नगर भित्र बसोबास गर्ने जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग तथा दुष्टिबिहीनहरुलाई सम्मान गर्ने कार्यक्रम कै निरन्तरतास्वरुप कार्यक्रम गरिएको बताउनुभयो ।

लक्षित बर्गले सम्मान तथा सहयोग सामाग्री पाएपछि खुसि ब्यक्त गर्दै वडा कार्यालयलाई धन्यवाद प्रकट गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल (सदरमुकाम) मलंगवा लगिएको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज वाग्लेको बुधबार राती दुर्घटनामा मृत्यु भएको थियो ।

बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा वाग्लेलाई स्थानीयले देखेका थिए । स्थानीयको खबर अनुसार प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार वाग्ले ज. १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै थिए ।

बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले वाग्लेको मृत्यु भईसकेको बताएका थिए ।

हरिपुर नगरपालिका–१, हजारबिगाह निवासी वाग्ले बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागि भई पार्टीले नै बुधबार साँझ आयोजना गरेको मसाल जुलुसको नेतृत्व गर्न बरहथवामा बसेका नेकपा जिल्ला अध्यक्ष रेवती पन्तले बताउनुभयो ।

विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बुधबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा शपथ ग्रहण गराउने तयारी भएको जानकारी दिए ।

राष्ट्रपतिको उपस्थितिमा संवैधानिक आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने उनले जानकारी दिए । आयोगका सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराउनेछन् ।

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूलाई शपथ ग्रहण गराउन लागिएको कान्तिपुरमा खबर छ ।

ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ ।

सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो । अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ ।
महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ ।

सर्लाहीमा पछिल्लो समय बिभिन्न सामाजिक कुरितीलाई रोक्दै पारिवारिक पुनर्मिलनमा समेत अग्रसर हुँदै आएको मेचि महाकाली संयुक्त बुहारि आवाजले ईश्वरपुरमा हुनै लागेको वाल बिवाहलाई रोक्ने प्रयास गरेको छ ।

ईश्वरपुर नगरपालीका ७ स्थित आफ्नो हजुरबुवाकोमा बस्दै आएकी एक १४ बर्षकी बालीकाको परिवारकै सहमतीमा एक भारतीय युवक सँग बिवाहको तैयारि गरिएको थियो । बिपन्न पारिवारिक पृष्ठभुमि भएकी बालीकालाई करकापमा पारेर बिवाह गर्ने तयारि भईरहेको थाहा पाएको बुहारि आवाजले स्थानिय प्रसासनसँगको सहकार्यमा वाल बिवाह रोक्नका निम्ति परिवारलाई राजि बनाएको बुहारि आवाज सर्लाहीले जनाएको छ ।

आमा नभएकी बालीका हजुरबुवाले आफ्नो उमेर पनी अव गईसकेको भन्दै बिवाह गर्न भनेकोले आफुले बिवाह गर्न मानेको बताउँदै आफुलाई पढ्ने ठुलो रहर रहेको बताएकी थिईन । बुहारि अवाजले अव उनको पढ्ने रहर पुरा गर्नका निम्ति पनि वातावरण सिर्जना गर्ने बताईएको छ ।

बुहारि आवाजकी प्रेस संयोजक अम्बिका बुढाथोकीका अनुसार हजुरबुवा ठगाहा पुर्वे महतोलाई वालबिवाह गैर कानुनी काम भएको र बाल बिवाह गराउनेलाई कानुन अनुसार कारवाही हुने कानुनमा उल्लेख रहेको बताउँदै वालबिवाहबाट हुने बेफाईदाका बिषयमा पनी जानकारि गराईएको छ ।

बुहारि आवाज र स्थानिय प्रहरि सहित १० जनाको टोली सहित पुगेको टोलीले वालबिवाह नगराउने सर्त गराएर फर्किएको बुहारि आवाज सर्लाहीकी संयोजक रमा काफ्लेले जानकारि दिनुभयो ।

सर्लाहीमा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मलंगवा नगरपालीका वडा नम्बर ११ गम्हरिया बस्ने बर्ष ३८ का सरोज यादव रहेका छन ।

यादवलाई शुक्रवार साँझ भारततर्फबाट लागुऔषध सहित मोटरसाईकलमा आउँदै गर्दा सशस्त्र प्रहरिको टोलीले पक्राउ गरेको हो । यादवलाई डाईजेपाम १८४ एम्पुल, नुफ्रिन ३०० एम्पुल, फेनरागन २९२ एम्पुल र डाईजिल्याव ८४ एम्पुल सहित जिल्ला सुरक्षा बेस क्याम्प मलंगवाबाट सशस्त्र प्रहरि निरिक्षक मनोज चन्दको कमाण्डमा खटिएको टोलीले पक्रा गरेको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

यादवलाई बरामद लागुऔषध र मोटरसाईकल सहित जिल्ला प्रहरि कार्यालय मलंगवामा बुझाईएको छ ।

वीरगंजमा पनी शुक्रवार शहिद दिवस एक कार्यक्रम गरि मनाईएको छ । पर्सा जिल्ला स्थित नारायणी उप–क्षेत्रिय अस्पतालको परिसरमा रहेको शहिद थिरबम मल्लाको शालिकमा माल्यार्पण गरि दिवस मनाईएको हो ।

त्यस्तै गण्डकचोकमा रहेको शहिद तेज बहादुर अमात्यको शालिकमा समेत माल्यार्पण गरिएको छ । बिपि कोईराला युवा नेतृत्व बिकाश मञ्च पर्साद्वारा ति दुई शहिदको शालिकमा माल्यार्पण गरिएको हो । मोटरसाईकल ¥याली सहित गरिएको माल्यार्पण कार्यक्रममा मञ्चका पर्सा जिल्ला अध्यक्ष हरिन्द्र प्रसाद यादवको अध्यक्षता रहेको थियो ।

त्यसैगरि प्रमुख अतिथिमा नेपाली कांग्रेसका जिल्ला सभापति अजय कुमार दुबेदी सहित नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवं पूर्व मन्त्री सुरेन्द्र प्रसाद प्रसाद चौधरी, पूर्व पार्टी सभापति एवं संबिधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, संबिधानसभा सदस्य अनिल रुंगटा, महासमिति सदस्य बिजय कर्ण, उत्तम प्याकुरेल, महाधिबेश सदस्य मनोज यादव, किरण सरकार, प्रेमचंद दुबे, रामनारायण कुर्मी, नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष दिना गुप्ता, सचिव श्याम पटेल, सह–सचिव रोशन लामिछने, जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव, मो.शहाबुदिन, वड़ा अध्यक्ष दशरथ पटेल, स्थानीय नेता समसाद अली, युवा नेता मनोजश राउत, ने.बि संघका पूर्व जिल्ला अध्यक्ष संतोष गुप्ता, युवा नेता बाबुनंद पटेल, बि.पि.कोइराला युवा नेतृत्व मंचका जिल्ला सदस्य राहुल गुप्ता लगाएतका युवा नेता तथा कांग्रेस कार्यकर्ताहरुको आतिथ्यता रहेको थियो ।

रौतहटमा शिक्षक, बिद्यार्थी तथा प्रहरिको समेत संलग्नतामा स्थानिय एक बजारको सरसफाई गरिएको छ ।

शुक्रवार जिल्लाको यमुनामाई गाउँपालीका वडा नम्बर १ को सुकदेवचोक बजारमा सरसफाई गरिएको हो । स्थानिय हिमालय पब्लिक बोर्डिङ स्कुल यमुनाईमाईका शिक्षक, बिद्यार्थी तथा प्रहरि र स्थानिय गरि करिव साँडे तिन सय जनाको सहभागीतामा बजार सरसफाई गरिएको हो ।

स्कुलका प्रधानाध्यापकको संयोजकत्वमा प्रहरि चौकी सुकदेवचोकका प्रहरि सहायक निरिक्षक ‘सई’ नरेश प्रसाद यादवको कमाण्डका आठ जना प्रहरि सहितको टोलीले सरसफाई गर्नुका साथै सचेतनामुलक अन्तरत्र्रmया समेत गरिएको ईलाका प्रहरि कार्यालय गरुडा रौतहटले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।