२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

रौतहट प्रहरिले बिहिवार साँझ सर्लाहीका एक जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । सर्लाहीको बागमती नगरपालीका वडा नम्बर ४ सुकदेव टोल निवासि बर्ष २७ का शेर बहादुर कुश्वारलाई बागमतीबाट चपुर तर्फ गईरहेको अवस्थामा रौतहटमा पक्राउ गरिएको हो ।

कुश्वार सवार बा९३प ८६१ नम्बर २२० सिसिको पल्सर मोटरसाईकललाई पुर्व पश्चिम लोकमार्ग अन्तर्गतको मंगलपुर चोकमा चेकजाँच गर्ने क्रममा शंका लागी चेकजाँच गर्ने क्रममा निजले प्लास्टिकको झोलामा सात वटा Nitrazepam Tablets IP NITRAVET-10 नामक लागुऔषध फेला पारि प्रहिरले नियन्त्रणमा लिएको हो ।

उनलाई ईलाका प्रहरि कार्यालय चपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा वीरगंजको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका कुश्वारलाई शुक्रवार जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।

रौतहट प्रहरिले बिहिवार करिव तिन लाख मुल्य बराबरको भन्सार छलिका समान गौर भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला मातहतका बिभिन्न प्रहरि ईकाइहरुबाट खटिएको प्रहरि टोलीले बिभिन्न मितीमा भारतबाट भन्सार छली चोरि पैठारि गर्दै गरेका समानहरु बरामद गरि भन्सारमा बुझाएको हो ।

दुई लाख नब्बे हजार चार सय तीस रुपैँया बराबरको गाडीको फिल्टर, खानेतेल, वेवी सुट, लेडिज, बच्चाको फ्रक, कुर्ता सुरुवाल, साडी, सोनाटा कम्पनीको घडी, घडी सर्फ, ठुलो जिन्स पाईन्ट, पेटीकोटको थान कपडा, ट्राउजर, चुरोट, राजनिवास, डटपेन, मोबाईल चार्जर, चिनी, लगायतका अन्य मालबस्तुहरु वेवारिसे अवस्थामा फेला पारी भन्सार दाखिला गरेको प्रहरिले जनाएको छ ।

रौतहट प्रहरिको सक्रिएतामा पछिल्लो समय अवैध सरसमान तथा मालबस्तु बरामद हुने क्रम बढ्दो छ ।

काठमाडौंमा आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा जनकपुरधामबाट एक व्यक्ति पक्राउ परेका छन् ।

गत माघ १३ गते आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा बस्ने एक व्यक्तिलाई बिहीबार जनकपुरधामको रमानन्द चोकबाट पक्राउ गरिएको छ । धनुषाको कमला नगरपालिका ५ स्थायी घर भएका उनले छोरीलाई कुटपिट गर्दै बलात्कार गरेर फरार भएको भन्दै बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएकी थिइन् ।

वृत्तले उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको आधारमा खोजतलास गरिएको थियो । खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरी प्रहरी वृत्त काठमाडौं पठाइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र मिश्रले बताए ।

सर्लाहीको चन्द्रनगर गाँउपालिका वडा न- ४ गरहाटोलमा भोर विधा सेतु सुरु भएको छ । गरिबीका कारण शिक्षाबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विषेश ट्यूशन सेन्टरको रुपमा भोर विधा सेतुको सुरुवात गरिएको हो ।

हरिपुरका समाजसेवी तथा शिक्षा प्रेमी अरविन्द चौधरीको सहयोगबाट भोर विधा सेतुको पहिलो टिउसन सेन्टरको शुभारम्भ भएको हो ।ग्रामिण क्षेत्रमा अहिले पनि दलित तथा विपन्न समुदायका बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट बन्चित रहेको तितो दुःखद यर्थाथलाई मनन गर्दे भोर विधा सेतुको अवधारणा अगाडी सार्दै भोरले यो सृजनात्मक पहल आरम्भ गरेको बताइएको छ । विगत १२ वर्ष देखिको शिक्षा क्षेत्रको अनुभव, उपलब्धी, सिकाई र चुनौती समाधानका ज्ञानका आधारमा भोरले यो अवधारणा अगाडी ल्याएको भोरका अध्यक्ष पचुलाल माझीले बताए ।

कक्षा १ मा भर्ना भएकका बालबालिका बडो मुस्किल र निकै कम अनुपातमा एसइई सम्म पुग्ने गर्दछ, भोरका कोषाअध्यक्ष उमेश कुमार साहले भने । त्यसैले दलित र विपन्न गैर दलित समुदायको सम्पूर्ण बालबालिकालाई औपचारीक शिक्षाको मुलधारमा ल्याउन, गुणस्तरीय शिक्षा प्राप्त गर्नमा मदत गर्न र अधिकतम बालबालिकालाई एसइई सम्म शिक्षा आर्जनमा सहयोग गर्न भोर विधा सेतु शुरुवात गरिएको भोरका महासचिव सरोज प्रसाद दुलालले बताए ।

यस टिउसन सेन्टरमा दलित र गैर दलित समुदायकै विपन्न क्षमतावान शिक्षकको माध्यमबाट टोल स्तरमा बच्चाहरुको सिकाईलाई अभिवृद्धि गराउन विषेश कक्षा, संस्कार ,असल सोंच र व्यवहारको लागि नैतिक ज्ञान र वर्तमान आधुनिक युग सित प्रतिशपर्धामा सफलता हासिल गर्न प्राविधिक सिप तथा शारिरीक स्वास्थ्य र मजबुतीको लागि व्ययाम जस्ता शिक्षा र सिपहरु सिकाइने महासचिव दुलालले जानकारी दिए ।

हुनेले नहुनेको लागि सहयोग गर्ने सामाजिक परोपकारको सिद्धान्तमा आधारीत विभिन्न मनकारी व्यक्तिहरुको आर्थिक तथा सामाग्री योगदानबाट मितव्ययी तवरले समुदायद्धारा अपनत्व ग्रहन गर्ने खालको दिगो सकारात्मक परिवर्तन ल्याउने भोर विधा सेतुको उदेश्य रहेको संस्थापक राज कुमार महतोले बताए ।

सेतुको पहिलो सेन्टरको संचालनमा अरविन्द चौधरीले शिक्षकको मासिक पारिश्रमिक नियमित रुपमा प्रदान गर्ने साथै विधार्थीहरुलाई आवश्यक स्टेशनरी तथा अन्य सामाग्री अन्य मनकारी व्यक्ति तथा संस्थाको सहयोगमा व्यवस्थापन गरिने बताइएको छ।

सर्लाही जिल्ला शिक्षक संघका अध्यक्ष सरोज सिंह, वडा कार्यालयका जनप्रतिनिधी शिवचन्द्र राय, दलित अगुवा राम केवल राम, प्रमिला देवी माझी, मंगली देवी माझी लगायतको उपस्थितिमा भोर विधा सेतुको उद्घाटन गरिएको छ ।

नेपालमा बिहीबार थप २१३ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । त्यस्तै थप २९६ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म २ लाख ६५ हजार ३६५ जना संक्रमणमुक्त भएका छन् । बिहीबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण २ हजार २० जनाको ज्यान गएको छ । हाल मुलुकभर ३२ सय ३ जना आइशोलेशनमा छन् भने ११३ जना क्वारेन्टाइनमा छन् । हालसम्म २० लाख ६० हजार ८६० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

रौतहटमा सञ्चालीत दुई ओटा स–मिलबाट प्रहरिले मध्यराती छापा मारि अवैध सालको काठ नियन्त्रणमा लिएको छ ।

जिल्लाको चन्द्रपुर १० बलुवामा बिश्वनाथ ठाकुरको स–मिल र बृन्दावन नगरपालीका ३ रामपुरटोलमा बिरेन्द्र ठाकुरले संचालन गरेको काठ मिलबाट अवैध सालको काठ लुकाई छिपाई राखिएको अवस्थामा प्रहरिले नियन्त्रणमा लिएको हो ।

यहि माघ १३ गते राती करिव साँडे ९ बजे र १४ गतेको बिहान करिव १ बजेको समयमा प्रहरिले ति २ काठ मिलमा सुचनाको आधारमा छापा मारेको थियो । ईलाका प्रहरि कार्यालय गरुडा बजारका प्रहरि निरिक्षक राम राजा केशरिको कमाण्डको टोली, प्रहरि चौकी बिश्रामपुरबाट प्रहरि सहायक निरिक्षकको टोली र डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले दुई काठमिलमा छापा मारेको हो ।

छापा मार्ने क्रममा बिश्वनाथ ठाकुरको चपुरको स–मिलबाट २२.०७ क्युफिट र बिरेन्द्र ठाकुरको बृन्दावन स्थित रामपुरको काठ मिलबाट १९.४८ क्युफिट सालको काठ बरामद भएको प्रहरिले बताएको छ ।

ति दुबै स्थानमा फेला परेको काठलाई आवश्यक कारवाहिका लागी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाईएको रौतहट प्रहरिले जनाएको छ ।

सर्लाहीको लालबन्दीमा सँस्कृत भाषाको संरक्षण तथा प्रवद्र्धनका लागि सँस्कृत विद्यालय सञ्चालनको तयारी भएको छ ।

लालबन्दी नगरपालिका–७, स्थित डुमडुमे मन्दीर प्रांगणमा नवनिर्मित राधाकृष्ण धर्मशालामा गएको सोमबार बसेको सरोकारवालाहरुको आम भेलाले संस्कृत गुरुकुल सञ्चालन गर्ने निर्णय गरेको हो । श्रीमद् भागवत प्रचार प्रसार संघको आयोजनामा भएको भेलामा नेपाल महर्षि फाउण्डेसन फर वैदिक कल्चरका प्रतिनिधि ध्यान गुरु विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष पण्डित नारायण शरण काफ्लेको अध्यक्षता रहेको थियो ।

भेलाले सोमबारबाटै विद्यार्थी भर्ना सुरु गर्नेे र फागुन १ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । गुरुकुलमा निःशुल्क रुपमा खाने बस्ने तथा पठनपाठनको व्यवस्था गरिएको र नयाँ शैक्षिक शत्रबाट कक्षागत रुपमा पढाउन शुरु गरिने प्रचार प्रसार संघका सचिव माधव खरेलले जानकारी दिनुभएको खबर उज्यालो अभियानमा छ ।

 सर्लाहीमा १२९ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान १० बजेबाट सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा सूरु भएको खोप लगाउने कार्यक्रममा साँझ ४ बजेसम्म १२९ जनाले सहभागिता जनाएका हुन् ।

जिल्ला अस्पताल मलंगवाका प्रमुख डा. संजिव सिंहले आफैलाई खोप लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए । लगतै जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधिवक्ता केशव गौतम, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकलले पनि खोप लगाएका छन् । खोप कार्यक्रम उद्घाटनका अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहित सुरक्षानिकायका प्रमुखहरु, विभिन्न सरकारी एवं गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बुधबार ४३ जना स्वास्थ्यकर्मी, २६ जना कार्यालय सहयोगि, भान्से र सफाई कर्मचारी, २० जना महिला स्वास्थ्य स्वयं सेविका, १ जना एम्बुलेन्स चालक र ३९ जना सुरक्षाकर्मीलाई खोप लगाईएको जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले जानकारी दिए । बुधबार १०० जनालाई खोप लगाउने लक्ष्य राखिएकामा २९ जना बढीलाई लगाईएको छ । नायकका अनुसार विहिबार मलंगवा नगरपालिका अन्तर्गत सम्पूर्ण महिला स्वास्थ्य स्वयं सेविका, निजी स्वास्थ्य क्लिनिकका सञ्चालक लगायतलाई खोप लगाईने छ ।

त्यस्तै विहिबार नै ब्रम्हपुरी, पर्सा, हरिपूर्वा, चक्रघट्टा, गोडैता र बसबरियाका स्वास्थ्यकर्मी सहित सरोकारवालालाई मलंगवामा बोलाएर खोप सम्बन्धि विस्तृत जानकारी गराईने जनस्वास्थ्य प्रशासक नायकले जानकारी दिए । नायकका अनुसार शुक्रबार ब्रम्हपुरी, पर्सा र हरिपूर्वा तथा शनिबार चक्रघट्टा, गोडैता र बसबरियामा जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिको उपस्थितीमा खोप कार्यक्रम संचालन गरिने छ ।

२० वटै पालिकाका स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, अग्रपंक्तिमा खटिने अन्य राष्ट्रसेवक कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविकालाई खोप लगाईने नायकले जानकारी दिए । नायकका अनुसार सर्लाहीमा ५३० भाईल अर्थात ५ हजार ३०० डोज खोप आएको छ । एउटा भाईलमा १० डोज खोप हुनेछ ।

अनुमानित तथ्यांक अनुसार जिल्ला स्थित २० पालिकामा फ्रण्टलाईनमा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना रहेका छन् । सोही तथ्यांंकका आधारमा जिल्लामा कोरोना विरुद्धको ७ हजार डोज खोप माग गरिएको थियो । तथापी ५ हजार ३०० डोजमात्र प्राप्त भएको छ ।

पहिलो पटक लगाएका व्यक्तिलाई पूनः ४ हप्तापछि दोस्रो डोज खोप लगाएपछि कोरोना भाईरस विरुद्धको खोप पूरा हुनेछ । १० दिन भित्र जिल्लाभर अग्रपंक्तिमा काम गर्ने सरकारी तथा गैरसकारी क्षेत्रका व्यक्तिहरुलाई पहिलो डोज दिईसक्ने लक्ष्य राखिएको नायकले जानकारी दिए ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप बुधबारबाट मुलुकभर लगाउन सूरु गरिएको हो । उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको उज्यालो अभियानमा खबर छ ।

सर्लाहीमा पनि कोरोना भाईरस बाट बच्न खोप लगाइने भएको छ ।

सर्लाहीमा पहिलो चरण अन्तर्गत फ्रण्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, सुरक्षा कर्मी, कर्मचारी, एम्बुलेन्स ड्राइवर, सरसफाईको काम गर्ने क्लिनर, कर्मचारी, महिला, गैर सरकारी संस्थका कर्मचारीहरुलाई कोरोना बाट बच्न खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख श्रवन कुमार नायकले बताए । मंगलवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला खोप समन्वय समितिको बैठक बसी भोलि(बुधवार) बिहान १० बजे जिल्ला अस्पतालको स्वास्थ्यकर्मीहरुलाई कोरोना बाट बच्न खोप लगाएर उद्घाटन गरिने स्वास्थ्य कार्यालय प्रमुख नायकले जानकारी दिए ।

कोरोना बाट बच्न खोप लगाउन पुरा तयारी भैसकेको छ, कोरोना खोप ५ हजार ३० भाइल सर्लाहीमा मंगलवार राति नै आइपुग्ने र बुधवार बाट खोप लगाउन कार्य हुने स्वास्थ्य कार्यालय प्रमुख नायकले बताए ।

हाल पहिलो चरणमा ५ हजार ३० भाईल खोप आएको र एक भाईल बराबर १० डोज हुने भएको हुदाँ एउटा व्यक्तिलाई १ डोज अर्थात शुन्य दशमलव ५ (०.५ एमएल) मिलिलिटर खोपको मात्र एक जनालाई दिइने सर्लाही स्वास्थ्य कार्यालय प्रमुख नायकले जानकारी दिएको छ । खोपको भ्याक्सिन स्वास्थ्य कार्यालयमा नै भण्डार गरेर रादिने छ ।

महामिलाई सर्लाहीका २० वटै पालिकाको सवैक्षण गरेका थियौँ, फ्रण्टलाईनमा काम गर्ने ६ हजार ६ सय ३९ व्यक्ति छानेर कोरोना विरुद्ध ७ हजार भाईल खोप मागेका थियौँ र हामिलाई ५ हजार ३० भाईल खोप प्राप्त भएको हुदाँ सोहि अनुसार पहिलो चरणमा खोप लगाइने स्वास्थ्य कार्यालय प्रमुख नायकले भने ।

पहिलो चरणको खोप लगाए पश्चात चार हप्ता पछि ७० प्रतिशत जनसंख्यालाई खोप दिने सरकारको नीति अनुसार १८ वर्ष वा सो भन्दा माथिको अन्य व्यक्तिलाई पनि खोप दिइने छ, स्वास्थ्य कार्यालय प्रमुख नायकले भने ।
स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाई मजदुर र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप दिइने छ ।

रौतहट प्रहरिले मंगलवार दिउँसो अबैध भैँसि नियन्त्रणमा लिएर भन्सार कार्यालय गौरमा बुझाएको छ ।

जिल्ला प्रहरि कार्यालय रौतहटको टोलीले जिल्लाको ईशनाथ नगरपालीका वडा नम्बर ५ मोतिपुरमा भारतबाट नेपाल तर्फ धपाएर ल्याउँदै गरेको १० ओटा भैँसि बरामद गरेको हो । भारतबाट भन्सार छल गरि नेपाल तर्फ ल्याउँदै गरेको ८ ओटा थारो भैँसि र २ वटा पाडो ल्याउँदै गरेका तस्करहरु भने प्रहरिलाई देखेपछि फरार भएका थिए ।

करिव दुई लाख पचास हजार मुल्य बराबरको भैँसि बरामद गरि मंगलवार नै आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

पछिल्लो समय जिल्लामा प्रहरिको सक्रियतामा अवैध सरसमान तथा पशुचौपाया बरामद हुने क्रम बढ्दो छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।