काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको तस्वीर सामजिक सञ्जालमार्फत सार्वजनिक भएपिछ भाइरल भएका कैलालीका अर्जुन विक बलात्कार आरोपमा पक्राउ परेका छन् ।
घोडाघोडी नगरपालिका-२ सानेपानी घर भएका अर्जुनलाई अपहरण तथा शरीर बन्धक गरी बालिका बलात्कार गरेको जाहेरीको आधारमा पक्राउ गरिएको कैलालीका एसपी अनुप जबराले बताए ।
प्रहरीका अनुसार विकले गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।
उनले भने ती बालिकालाई आफ्नो श्रीमती बताउने गरेका छन् । तर कानुनत १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबरजस्ती करणी मानिने भएकोले उनी पक्राउ परेका हुन् । बच्चा जन्माएपछि आफ्नो श्रीमती अरुसँगै पोइला गएको भन्दै उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता समेत दिएका थिए ।
काठमाडौंको तीन कुनेबाट पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतमा उपस्थित गराई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । अनलाईन खबरबाट…
सर्लाहीको कौडेना गाउँपालिकास्थित एक कुखुरा फर्ममा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागीमा परेर ३ हजार चल्ला र २ सय कुखुरा जलेर नष्ट भएको छ ।
कोडैना गाउँपालिका वडा नम्बर ३ स्थित केबल साहको मंगलबाबा पोल्ट्री फर्ममा सोमबार बिहान विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीमा २ सय खुकुरा, ३ हजार चल्ला, दाना र फर्मको कच्ची घरसमेत जल्दा रु ९ लाख ५० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।
उनका अनुसार आगोलाइ स्थानीयबासी र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।
प्रदेश २ मा बुधबारदेखि सुरु हुने कोरोनाविरुद्वको खोप अभियान आठै जिल्लामा एकैसाथ सुरु गरिने भएको छ । प्रदेश २ मा ३४ हजार ८ सय ४ जनालाई खोप लगाउने तयारी गरिएको छ ।
प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आठवटै जिल्लाबाट एकै साथ अभियान सुरु गर्ने निर्णय गरेको छ । अभियानमा मुख्यमन्त्री र मन्त्रीले सहभागिता जनाउने निर्णय बैठकले गरेको छ ।
वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत, अस्थायी राजधानी जनकपुरधाममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र राजविराजमा सामाजिक विकास मन्त्री नलवलकिशोर साहले सहभागिता जनाउँदै खोप अभियान शुभारम्भ गर्ने निर्णय बैठकले गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पताल, जनकपुरधामस्थित प्रादेशिक अस्पताल, राजविराजस्थित गजेन्द्रनारायण सिंह तथा अन्य जिल्लामा जिल्ला अस्पतालबाट अभियान प्रारम्भ गरिनेछ ।
मुख्यमन्त्री र मन्त्रीहरु खोप शुभारम्भ गराउने कार्यक्रममा सहभागिता जनाए पनि उनीहरुले खोप नलगाउने भएका छन् । निर्देशिकामा फ्रन्टलाइनमा रहेका व्यक्तिलाई खोप दिइने उल्लेख रहेकाले पहिला फ्रन्टलाइनरलाई मात्रै खोप दिइने विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ ।
सप्तरीका लागि ३ हजार ७ सय ५४, सिराहाका लागि ३ हजार ९ सय ३०, धनुषाका लागि ९ हजार १ सय ८२, महोत्तरीका लागि २ हजार १ सय ९१, सर्लाहीका लागि ४ हजार ७ सय ७२, रौतहटका लागि ३ हजार ६ सय ९, बाराका लागि २ हजार ३ सय ९५ र पर्साका लागि ४ हजार ९ सय ७१ डोज कोरोना खोप आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको आगामि फागुन २१ र २२ गते हुुने राष्ट्रिय सम्मेलनको तयारी शुरु भएको छ । केन्द्रीय समितिको बैठकको निर्णय अनुसार गठित सम्मेलन व्यवस्थापन समितिको बैठकले सम्मेलनलाई सफल बनाउनका लागि तयारी शुरु गरेको हो । आईतबार बुटवलमा बसेको बैठकले व्यवस्थापन समितिमा सदस्य विस्तार गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीको प्रमुुख आतिथ्यतामा सम्पन्न भएको बैठकले बुुटवलमा हुने सम्मेलनलाई पत्रकारिता र दलित आन्दोलनको ऐतिहासिक अवसरका रुपमा सफल बनाउने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पहाडीले प्रथम राष्ट्रिय सम्मेलन ऐतिहासिक नगरी बुटवलमा गर्ने निर्णय भएकाले यसलाई पत्रकारिता र दलित आन्दोलनले अपनत्व हुने गरि अघि बढ्ने प्रतिबद्धता जनाए ।
उनले सम्मेलन सफल बनाउन प्रदेश, जिल्ला समिति, पत्रकार, स्थानीय, प्रदेश र संघीय सरकार एंव सामाजिक संघसंस्थाहरुलाई सहयोगका लागि अपिल गरे । सम्मेलनका अवसरमा देशभरबाट करिव २ सय प्रतिनिधिहरु बुटवलमा भेला हुने केन्द्रीय सदस्य विनोद परियारले जानकारी दिए ।
संघका रुपन्देही शाखा अध्यक्ष टंक सुनारको अध्यक्षतामा बसेको बैठकमा संघका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार, सचिव सञ्जय सौगात, संघका रुपन्देही उपाध्यक्ष शसि सिंह परियार, कोषाध्यक्ष कृष्ण रणपाल, प्रदेश सदस्य फूलू सुनारको उपस्थिती थियो ।
मध्य माघको बेला मध्यतराईका जिल्लामा बाक्लो हुस्सु, शितलहर तथा चिसो हावाले जनजीवन अध्यधिक प्रभावीत भईरहेको छ । यो बेला दैनिक ज्याला मजदुरि गरेर जीवन निर्वाह गर्ने बिपन्न तथा गरिव परिवारलाई अत्यधिक समस्या भईरहेको छ ।
मुटु कठ्यांग्रीने चिसोले यस बर्ष पनी प्रदेश २ अन्तर्गतका मध्य तराईका जिल्लाहरुमा करिव ५ जनाको ज्यान गईसकेको छ । अत्यधिक चिसोले जिवन बिताउन समस्या भईरहेका बेला चन्द्रनगर गाउँपालीकाका केहि जागरुक युवाको सक्रिएतामा पालीकाका ९० परिवारलाई न्यानो कम्बल बितरण गरिएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालीका वडा नम्बर ७ नाढीटोलका ९० बिपन्न परिवारले न्यानो कम्बल पाएका हुन । स्थानिय समाजसेवि युवाहरु शिवनाथ राउत, भाग्य नारायण गुप्ता र सन्तोष पुरवेको बिशेष पहलमा दौँतरि नेपाल काठमाण्डौँले त्यहाँका बिपन्न परिवारका लागी न्यानो कम्बल बितरण गरेको हो ।
जाडो रात कटाउन समस्या भोगीरहेका बिपन्न दलित परिवार न्यानो कम्बल पाएपाछि राहत महसुस गरेका छन भने खुसि हुँदै स्थानिय समाजसेवि युवाहरुलाई धन्यवाद ब्यक्त गरेका छन ।
नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको १० औँ साधारणसभा शनिवार सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य रहनुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेल, केन्द्रीय सचिव सितल महतो, केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, प्रदेश कमिटी अध्यक्ष दिपेन्द्र चौहान, विघटित प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सांसद अशोक यादव, संजय यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक संतोष सिंह राठौर, शसस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, मलंगवा नगरपालिकाका नगरप्रमुख निरसल साह, उप-प्रमुख सबनम मिकरानी, गोडैता नपा प्रमुख देवेन्द्र यादव, वसवरीया गाउँपालिका प्रमुख, जिल्ला समन्वय समितीका सभापती मेथुर चौधरि सहित जिल्लाका उच्च ओहदाका ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

साधारणसभालाई औैपचारिक रुपमा उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष आचार्यले जनताको हक अधिकार र समाजमा घटेका यथार्थ घटनाको समाचार बनाएकै कुरालाई लिएर पत्रकारलाई जेल सजाय र दण्ड जरिवाना गराउने खालका कानुन समाप्त गरि प्रेस पुर्ण रुपमा स्वतन्त्र नभए सम्म देशमा संघीयता र लोकतन्त्र स्थापित नहुने बताउनुभएको थियो । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष पोखरेल, केन्द्रीय सचिव महतो, केन्द्रीय कोषाध्यक्ष मिश्र, प्रदेश कमिटी अध्यक्ष चौहान लगायतका अतिथीहरूले पनि प्रेस स्वतन्त्रताको वकालत गर्दै पत्रकारहरूको हक–अधिकारको बारेमा आ–आफ्नोे धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सर्लाही शाखाको वर्तमान जिल्ला कार्यसमितिको तर्फबाट शाखाको स्थापनाकाल देखिका ५ जना पुर्व अध्यक्षहरु क्रमश: चुडामणि वाग्ले, शंकर श्रेष्ठ, कृष्ण एस्माली, रोशन न्यौपाने र अमन कोइरालाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको थियो। उहाँहरुले आ–आफ्नो कार्यकालमा जिल्लाका श्रमजीवी पत्रकारहरुको हकहित र पत्रकारिता विकासको लागि खेल्नु भएको भूमिकाको कदर गर्दै सम्मान गरिएको हो ।
साथै महासंघ सर्लाही शाखाको आफ्नै भवन नभएको अवस्थामा निजी भवन निर्माणका लागि जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको अर्धनिर्मित भवनसहित जग्गा महासंघ शाखा सर्लाहीको नाममा हस्तान्तरण गरेर सहयोग पु¥याएको भन्दै जिल्ला समन्वय समितिका सभापति चौधरीलाई समेत कार्यक्रममा सम्मानित गरिएको थियो ।

साधारणसभामा अध्यक्ष ठाकुर, सचिव श्रवण थापा, उपाध्यक्ष बख्तियार अलिले बन्दसत्रमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो भने कोषाध्यक्ष राम गोबिन्द यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदमा सर्बसहमती पछि कार्यक्रम सौहार्दपुर्ण वातारणमा सम्पन्न भएको महासंघका सर्लाही जिल्ला सह–कोषाध्यक्ष अर्चना झाले बताउनुभयो ।
चर्चित भोजपुरी गायक एवं नेपाली चलचित्रका नायक श्याम कुमार मिश्रालाई शुक्रबार ‘वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपाल’ले राजधानीमा आयोजना गरेको कार्यक्रम ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत गरेको छ ।
उहाँले भोजपुरी गीतबाट सर्वोत्कृष्ट अवार्ड पाउनु भएको हो । निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कला, साहित्य जगतका बिशिष्ट ब्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कपिलवस्तुको कृष्णनगर निवासी श्याम भोजपुरी तथा नेपाली गीत, सङ्गीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ब्यक्तित्व हुनुहुन्छ ।
नेपाल मुक्ति मञ्च कपिलवस्तुका जिल्ला अध्यक्ष रहनुभएका मिश्रा गत स्थानीय निर्वाचनमा उहाँ कृष्णनगर नगरपालिकाको मेयरको उम्मेद्वार समेत हुनुभएको थियो ।
कलाकारितासँगै सामाजिक, राजनीतिक र व्यवसायलाई समेत सँगसँगै लिएर अगाडि बढ्ने सोच बनाएका मिश्रा यस्ता खाले सम्मानले आफुलाई थप उर्जा मिल्ने बताउनु भएको तेजनेपालमा खबर छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले आफनोे ११ औँ साधारण सभा शुक्रवार सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति रौतहटको सभा हलमा सभा सम्पन्न भएको हो । सधारण सभाको महासंघका केन्द्रीय महासचिव रमेश विष्टले उद्धघाटन गर्नुभएको थियो ।
महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र साहको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाई, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, महासंघका प्रदेश नं. २ का सदस्य शैलेन्द्र झा, विजेन्द्र पासवान, प्रेस युनियनका संजय कार्की,प्रेस संगठनका फनि महत, महिला पत्रकार प्रभा सिंह, विना राउत, वरिष्ठ पत्रकार विनय लाल दास, महासंघका संस्थापक अध्यक्ष शिव पुरि, गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, दुर्गा भगवती गाउँ पलिकाका अध्यक्ष अरुण साह, देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादव लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
साधारणसभाको उद्घाटनका क्रममा बोल्दै महासचिव बिष्टले विभिन्न काल खण्डमा पत्रकारिता माथि अंकुश लगाउने प्रयत्न भएका भए पनी महासंघको अगुवाईमा प्रेस सवतन्त्रता कायम हुदैँ आएको बताउनुभयो । पत्रकारितालाई मर्यादित बनाउन महासंघले आफनो आचार संहिता लागु गर्दै आएको अवस्थामा कतिपय सञ्चार उद्यमि र संचारकर्मीले मनन् नगरेको कारण पत्रकारिता पेशाले विभिन्न चुनौतिको सामना गर्दै आएको महासचिव विष्टको भनाई थियो ।

रौतहट शाखाको आउँदो अधिवेशनमा सक्षम नेतृत्व चयन गर्न सुझाव दिदैँ महासचिव बिष्टले विगतको कमी कमजोरीलाई हटाउदैँ एक जुट हुन आग्रह गर्नुभयो ।
त्यसैगरि महासंघका केन्द्रीय सचिव सितल महतोले पत्रकारको हकहितको लागी माहासंघ लडदै आएको बताउँदै पत्रकारहरुलाई संख्यात्मकको सट्टा गुणात्मक मजबुती निर्माण गर्न आग्रह गर्नुभयो ।
त्यस्तै महासंघका प्रदेश २ अध्यक्ष दिपेन्द्र चौहानले राजाको शासनमा संचारकर्मीलाई दण्ड सजाय दिने व्यवस्था कायम गरेको सरह नै वर्तमान सरकारले संचारकर्मीलाई जरिवाना कैद गर्ने व्यवस्था ल्याउने प्रयास गरेको प्रति दुःख व्यक्त गरेका गर्नुभएको थियो ।
कार्यक्रममा महासचिव बिष्टले पत्रकार महासंघ रौतहट शाखासँग आवद्ध रहि २० वर्ष पत्रकारिता गरेका पत्रकार शैलेन्द्र झा, शैलेन्द्र गुप्ता, प्रभात झा, रविन्द्र साह, शिव पुरि, रत्न अधिकारी, गोपाल अर्चाय, प्रेम चन्द्र झा, श्रीमन नरायण मिश्र, रमेश सिंह, रविन्द्र मण्डल, आन्नद खनाल, विनय कुमार लाल दास लगायतका पत्रकारलाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो ।
त्यसैगरि कार्यक्रममा उपस्थित गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, दुर्गा भगवती गाउँ पलिकाका अध्यक्ष अरुण कुमार साह, देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, वृदावण नगरपालिकाका मेयर रामस्नेही यादव, प्र.जि.अ. इन्द्रदेव यादव, प्रहरी उपरिक्षक सिद्धि विक्रम शाह, राष्ट्रिय अनुसन्धान विभागका एसपी, शस्त्र प्रहरीका डिएसपी लगायतका ब्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ ।
आयोगले आज सार्वजनिक सूचना जारी गर्दै जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फारम भरी ३५ दिनभित्र स्थानीय तहमा बुझाउन भनेको हो ।
फारममा उल्लेखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेस गर्न आयोगले भनेको छ । जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा सीधै बुझाउन सकिने छ ।
आयोगले निवेदन बुझाउनका लागि सातवटै प्रदेशमा स्थानीय तहहरु तोकेको छ ।
धनुषामा एक जना वडा अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो ।
५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर निधन भएको गाउँपालिकाका उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।
निधन भएका वडा अध्यक्ष पाठकलाई यसअघि आरडिटी पोजेटिभ देखिएपछि गत चैतको अन्तिम साता गाउँकै क्वारेन्टिनमा राखिएको थियो ।
२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा पाठक नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।