२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

सर्लाहीमा संसद विघटन विरुद्ध २० वटै पालिकाको वडामा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । वर्तमान सरकारको असंवैधानिक, प्रतिगामी कदम विरुद्ध नेपाली कांग्रेसले बिहिवार सर्लाहीका २० वटै पालिकाको २ सय वटा वडामा प्रदर्शन गरेको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।सर्लाहीको लालबन्दी नगरपालिका, चन्द्रनगर गाउँपालिका, मलंगवा, बरहथवा, बागमती नगरपालिका लगायत सर्लाहीका २० वटै पालिकामा संसद विघटन विरुद्ध प्रदर्शन गरिएको नेपाली कांग्रेसका सभापती नागेन्द्र कुमार रायले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा कांग्रेसले गरेको चरणवद्ध आन्दोलनको घोषणा अन्तर्गत बिहिवार देश व्यापी कार्यक्रम अनुसार सर्लाहीका २० वटै पालिकाको वडामा विरोध प्रर्दशन गरिएको नेपाली कांग्रेस सर्लाहीका सभापती रायले बताए ।

संसद विघटनको कार्यलाई नेपाली काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । यस अघि कांग्रेसले गएको पुष १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुष २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको नेपाली कांग्रेसका नेता रामबाबु साहले जनाए ।

नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।

बर्दिबास : युवा व्यापारी तथा समाजसेवी ईन्जिनीयर कल्याण गौतमले बालउद्यान निर्माणमा आर्थिक सहयोग गरेका छन् । महोत्तरीको बर्दिबास –१४ का ईन्जिनीयर गौतमले दस हजार पाँच रुपौया नगद सहयोग गरेका हुन् ।

बिद्यालय निमार्ण, तपाईं हाम्रो अभियान भन्ने नारा साथ जनसहयोगी युवा सञ्जाल बर्दिबासले महोत्तरीको बर्दिबास नगरपालिका– ९ मा रहेको राष्ट्रिय माध्यमिक बिधालय पशुपतिनाथ बनरझुल्लामा निर्माण गरिरहेको गार्डेन तथा चिल्ड्रेन पार्कका लागि उनले सहयोग गरेका हुन् ।

युवा सञ्जालका अध्यक्ष परमेश्वर महतोले सुन्दर विद्यालय निर्माणमा सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गरेको छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज कांग्रेसले विरोध प्रदर्शन गरेको हो । प्रत्येक वडामा कांग्रेसको वडा ईकाई समितीका सभापतीहरुको अध्यक्षतामा बिरोध कार्यक्रम भएको हो ।

यसैबिच रौतहटको कटहरिया नगरपालीकाको नौ वटै वडामा पनी भब्य रुपमा बिरोधको कार्यक्रम सम्पन्न भएको कटहरिया नगरसभापती सर्फलाल प्रसाद गुप्ताले बताउनुभएको छ । वडा नम्बर १ अन्तर्गत भसेड्वाको रगेदी चोकमा वडासभापती दिपलाल यादवको अध्यक्षतामा बिरोधको कार्यक्रम भएको थियो ।

कटहरिया न.पा.को वडा नम्बर ४ र ५ को संयुक्त कार्यक्रम

त्यसैगरि वडा नम्बर २ को छेदिचोकमा राम बहादुर राय, वडा नम्बर ३ को बिर्ति टोलमा वडा अध्यक्ष उमेस राय यादव, वडा नम्बर ४ र ५ को संयुक्त रुपमा ५ नम्बरको कटहरिया बजारमा नगरसभापती एवं वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ता, वडा नम्बर ६ को फत्तेपुरमा बिक्रम राय यादव, वडा नम्बर ७ को बगहि टोलमा सत्यनारायण चौधरि, वडा नम्बर ८ को पोखरिया टोलमा हृदय नारायण यादव र वडा नम्बर ९ को डुमरिया टोलमा प्रमोद राय यादवको सभाध्यक्षतामा बिरोधको कार्यक्रम भएको हो ।

संबिधानसभा सदस्य एवं नेपाली कांग्रेस रौतहटका जुझारु युवा नेता तथा प्रखर बक्ता सुनिल कुमार यादव जितेन्द्र वडा नम्बर १ को भसेड्वा तथा अन्य वडाका बिरोध कार्यक्रमहरुमा सहभागी हुनु भएको क्षेत्रीय सचिवालय सचिव गनिलाल प्रसाद यादवले जानकारि दिनुभएको छ ।

कार्यक्रमका बक्ताहरुले नेकपा सरकारका प्रधानमन्त्री केपि शर्मा ओलीले देशमा तानाशाही प्रबृत्ति देखाएको, असंबैधिक रुपमा संसद बिघटन गरेको, लोकतान्त्रीक पद्धतीलाई कुल्चेर एकलौटी सासन गर्न खोजेको भन्दै प्रधानमन्त्रीको चर्को बिरोध गरेका थिए ।

कटहरिया न.पा.को वडा नम्बर ६ को बिरोधको कार्यक्रम

रौतहट सहित देशभरमै भएको कार्र्यक्रममा प्रधानमन्त्री ओलीको असंबैधानीक तथा प्रतिगमनकारि कदम सँगै नेकपाले देशमा गरेको लुटतन्त्रको चर्को बिरोध गरिएको छ । नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले गएको पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यहि माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ ।

केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो । सो खोप विमानस्थलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् ।

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । नगर प्रहरीले स्कर्टिङ गरी खोप टेकुसम्म पुर्याउने छ । त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

अमेरिकाको सत्तामा जो बाइडेन आए लगत्तै चीनले डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।

चीनले ट्रम्प प्रशासनमा विदेश मन्त्री रहेका माइक पोम्पेओसहित सो प्रशासनका २७ उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

चीनविरुद्ध पूर्वाग्रह र घृणा फैलाएको आरोप लगाउँदै चीनले पोम्पेओसहितका ट्रम्प प्रशासनका उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

बिहीबार बिहानै सार्वजनिक गरिएको वक्तव्यमा चीनको विदेश मन्त्रालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीलाई ‘चीन विरोधी राजनीतिज्ञ’ भनेको छ । उनीहरुले अमेरिका र चीनबिचको सम्बन्धलाई कमजोर पार्ने प्रयास गरेको पनि वक्तव्यमा उल्लेख छ ।

ट्रम्प प्रशासनमा अमेरिका–चीन सम्बन्ध खराब रह्यो । सो बिग्रिएको सम्बन्ध सुधारको जिम्मा बाइडेन प्रशासनलाई छ । बाइडेनले बुधबार अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिएका हुन् ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिंडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

दाङबाट काँकडभिट्टातर्फ हिँडेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफै अनियन्त्रित भई रोडदेखि १० मिटर तल पल्टिँदा बसमा सवार ३० जनामध्ये दुईको मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

चालकसहित पाँच जनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई न्युरो अस्पताल वीरगञ्ज उपचारका लागि पठाइएको छ । अरु तीन जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ । नौ जनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ४ः५० बजे भएको दुर्घटनामा मृत्यु हुनेमा दाङ राप्ती गापा–५ का ३६ वर्षीया राजकुमारी चौधरी र दाङ राप्तीका २३ वर्षीया की रीता चौधरी रहेको दुर्घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । उक्त यात्रु बसमा सवार बाँकी ११ जना सकुशल रहेको सर्लाही प्रहरीले जनाएको छ ।

तिब्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनी चालक फरार रहेकोले तत्कार केहि भन्न नसकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।

जो बाइडनले बुधबार ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन् । अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका बाइडनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराएका हुन् । सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो भने दुई साताअघि भएको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसपटकको शपथग्रहण समारोह भने यसअघिको भन्दा फरक देखिएको थियो । समारोहमा डोनाल्ड ट्रम्प सहभागी भएनन् । ट्रम्पले यसअघि नै यो समारोहमा सहभागी नहुने घोषणा गरिसकेका थिए । आगामी राष्ट्रपतिको शपथग्रहणमा सहभागी नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन् । पछिल्लो १५० वर्षको इतिहासमा भने उनी पहिलो राष्ट्रपति हुन् ।

बुधबार भएको शपथ ग्रहण समारोहमा लेडी गागाले अमेरिकाको राष्ट्रिय गान गाएकी थिइन् । जेनिफर लोपोजले पनि सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पछि पार्दै बाइडन विजयी भएका थिए । उक्त निर्वाचनको नतिजामा ट्रम्पले असन्तुष्टि जनाउँदै आएका थिए । तर ट्रम्पका समर्थकहरूको विरोधका बाबजुद अमेरिकी संसदले बाइडनलाई विजयी घोषणा गरेको थियो ।

बाइडनभन्दा पहिला उपराष्ट्रपतिमा कमलादेवी ह्यारिसले सपथ लिएको थिइन् । ह्यारिस अमेरिकाको पहिलो महिला एव‌ं अश्वेत उपराष्ट्रपति हुन् ।

सपथ ग्रहण समारोहमा बोल्दै बाइडनले यो दिन अमेरिकाको लागि इतिहास र आशाको दिन रहेको बताए । उनले आफू सबैको राष्ट्रपति बन्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले अहिले अमेरिकाले सामना गरिरहेको समस्या सबै मिलेर समाधान गर्ने बताए । उनले आफूले राष्ट्रपतिको रूपमा सकेसम्म राम्रो काम गर्ने बताए । उनले संविधान, प्रजातान्त्रिक पद्धति र अमेरिकाको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

माघ १ गते देखि घरबाट हराई रहेकी एक महिलालाई प्रहरीले फेला पारी परिवारको जिम्मा लगाएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंज बस्ने रमेश महतोको छोरा राकेश महतोसँग गत मंसीर २९ गते विवाह गरी आएकी ईश्वरपुर नगरपालिका ४ बस्ने रामनारायण महतोको २३ वर्षिया छोरी मौसमी महतो माघ १ गतेबाटै हराएकी थिईन । छोरी हराए पछि उनका बुवा रमेश महतोले छोरीको खोजतलास गर्नका लागि भन्दै मेचीमहाकाली बुहारी संयुक्त आवाज सर्लाही शाखा मार्फत ईलाका प्रहरी कार्यालय लालबन्दीमा निवेदन दिएका थिए ।

उनका वुवाका अनुसार मंसीर २९ गते मागि विवाह भएको छोरीको विहे भएको समय देखि नै ज्वाईले विभिन्न तवरले शारीरीक तथा मानसिक यातना दिने गरेको आफुलाई भनेको बताए । पिडितको निवेदनको आधारमा संयुक्त बुहारी आवाजले पनि प्रहरीमा मौसमीको खोजीका लागि अर्को निवेदन दर्ता गरेको थियो ।

प्रहरीले मौसमीले प्रयोग गरेको मोवाईल फोनको आधारमा विभिन्न व्यक्तिहरुलाई सोधपुछ गरी प्रहरीले युवतीको खोजविन गरेको थियो । उनको खोजी गर्ने क्रममा बुधबार लालबन्दीमा साथीसँग बसेको अवस्थामा प्रहरीले फेला पारी मेचीमहाकाली बुहारी संयुक्त आवाजका संयोजक रमा काफ्ले, सचिव अम्बिका राउत, उपाध्यक्ष मिना भन्डारी, सह-सचिव रोशनी कार्की, सह-कोषाध्यक्ष निसा बानीयाँ र सदस्य सर्मिला बानीयाँको रोहवरमा बुवा आमाको जिम्मा लगाईएको बुहारी संयुक्त आवाज सर्लाही प्रेस संयोजक अम्बिका बुढाथोकीले बताउनु भयो ।

भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानस्वरुप उपलब्ध गराएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी उक्त कुराको जानकारी दिएका हुन् । खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने पनि उनले जानकारी दिए ।

मन्त्री त्रिपाठीले आज ऐतिहासिक दिन भएको पनि बताएका छन् । उनले खोप ल्याउन कानुनी, प्राविधिक,आर्थिक रुपमा समस्या नभएको समेत जानकारी दिए ।

‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ’ उनले भने ।

मन्त्री त्रिपाठीले खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद पनि दिएका छन्। पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।

संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डको भनाइ छ ।

प्राइम टाइम्स टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले भने, ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’

प्रचण्डले अघि भने, ‘यो शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवा जी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा म उहाँलाई प्रधानमन्त्री वा उहाँले कोही भन्नुहुन्छ भने त्यसलाई पनि मान्न मलाई केही आपत्ती छैन ।’

आफूले प्रधानमन्त्री पदमा दाबी नगरेकोसमेत प्रचण्डले बताए । ‘नेकपाको संसदीय दलको नेता म पक्कै पनि हुँ अहिले, तर यसको अर्थ म प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री केपी ओलीले देशलाई डरलाग्दो संकटको भुमरीमा हाल्दिनुभाछ । यसबाट बचाउनु छ । मुख्य काम संविधान बचाउने, प्रणाली बचाउने र जनताको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो । त्यसको निम्ति फेरि पनि प्रधानमन्त्री म दाबी गर्दिनँ मैले भनेको छु ।’

उनले संविधानको रक्षा, प्रणालीको रक्षा, स्थायित्व र विकासको निम्ति नेकपा, नेपाली कांग्रेस र जसपाको बीचमा राम्रो राष्ट्रिय सहमति हुनुपर्यो भनेर छलफल गरेको जानकारी दिए । ‘हामी मिलेर नजाने हो भने संविधान बचाउन, प्रणाली बचाउन, जनताको विकास, समृद्धिको आकांक्षा सम्बोधन गर्न, राष्ट्रिय स्वाधिनता, यसको भौगोलिक अखण्डताको रक्षा गर्न गाह्रो हुने स्थिति आयो, त्यसकारण हामी एक ठाउँमा हुनुपर्यो भनेर भनेकै छौं हामीले ।’ अनलाईनखबरबाट…

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।